माधव बस्नेत
प्रचण्डका तीस तिकडम
पुष्पकमल दाहाल 'प्रचण्ड' १० वर्षे सशस्त्र द्वन्द्वका योजनाकार र कमान्डर दुवै हुन् । उनको व्यक्तित्व आकर्षक छ, बोलीमा जादु छ । नेताका रूपमा उनको फरक पहिचान छ भने आजको नेपाल निर्माणमा उनको योगदान अमूल्य । भन्नेहरूले भन्छन्, प्रचण्डजस्तो नेता जन्मेको छैन र कतिपयले अब त्यस्तो नेता जन्मिँदैन पनि भन्छन् । तैपनि, सम्भवतः मानवीय प्रवृत्ति नै होला, उनी पनि सम्पूर्ण छैनन् । कमजोरी उनमा पनि छन् र उनलाई बुभmनेहरू भन्छन्, उनको सबैभन्दा ठूलो कमजोरी तिकडमबाजी हो । जस्तो कि माओवादी पूर्वपोलिटब्युरो सदस्य मणि थापा भन्छन्, "प्रचण्डको मुख्य प्रवृत्ति विचार र राजनीतिलाई केन्द्रमा राखेर पार्टी, सत्ता, संगठन सञ्चालन गर्नेभन्दा पनि षड्यन्त्रको सिद्धान्तलाई मुख्य बनाउँदै आफूलाई केन्द्रमा राख्ने हो । उनी मालेमावादी नभएर कुशल व्यवहारवादी हुन् । यही नै उनको आदर्श हो ।" अर्थात्, प्रचण्डको छवि यतिखेर कदम-कदममा तिकडम गरेर अगाडि बढ्ने बनिसकेको छ । कस्ता छन् त उनका ३० तिकडम ?
तिकडम १ ः ६ मंसिर २०६८ मा राज्य पुनःसंरचनाका लागि आयोग गठन गर्न दलहरू सहमत भए । आ-आफ्ना पार्टीका तर्फबाट आयोगमा रहने सदस्यहरूको नामावली पनि उनीहरूले टुङ्ग्याए । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड'का कारण आयोगको अध्यक्ष छनोट हुन सकेन । नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोगको अध्यक्षमा राजनीतिशास्त्री कृष्ण खनालको नाम स्वीकार गरेका थिए । प्रचण्डले आयोगको अध्यक्ष जनजातिबाट बनाइनुपर्ने अडान राखे । तर, उनले अध्यक्ष बन्न योग्य जनजातिको नाम सिफारसि गरेनन् । फलतः अध्यक्षबिनाको आयोग बन्न पुग्यो । भनिन्छ, यहीँनिर उनले एक तीरले धेरै सिकार गर्न खोजेका हुन् ।
तिकडम २ ः ४ मंसिर ०६८ मा सशस्त्र युद्धकालदेखि अहिलेसम्म माओवादीले कब्जा गररिहेको सम्पत्ति फिर्ताको नेतृत्व गर्दै प्रचण्ड बर्दिया पुगे । साथमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि थिए । तर, त्यहाँ पुगेपछि प्रचण्डले 'सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने' भन्ने उखानजस्तै खेल खेले । प्रचण्डले सार्वजनिक रूपमै भनिदिए, "दलहरूबीचको सहमति कार्यान्वयन् होस भन्ने हाम्रो उद्देश्य हो । तर, जग्गा फिर्ता गर्दा बस्दै आएका परविारलाई जबरजस्ती हटाउनु हँुदैन । एक समूहले जग्गा प्राप्त गर्दा अर्को समूहले खोसिएको महसुस गर्नु हुँदैन ।" प्रचण्डको भाषणले जग्गाधनीहरूमा थप अन्योल सिर्जना गररिहेको छ । फलतः कब्जा जग्गा फिर्ताको प्रश्न समस्या बन्दै गइरहेको छ । यहाँनिर उनले वैद्य पक्षसँग सहकार्यको सम्भावना राखेका छन् ।
तिकडम ३ ः १५ कात्तिक ०६८ को राती प्रधानमन्त्रीनिवास बालुवाटारमा दलहरूले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै संघीय राज्यको खाका तयार पार्न संविधानसभाबाट विशेषज्ञ समिति गठन गर्ने निर्णय गरे । त्यसलाई पूर्णता दिन २ मंसिर बिहान ११ बजे सिंहदरबारमा तीन दलको बैठक बस्यो । दलहरू र प्रधानमन्त्री बाबुराम भट्टराई विशेषज्ञ समिति गठन गर्ने पक्षमै थिए । त्यसका लागि एकीकृत माओवादी संसदीय दलमा ह्वीप लगाएरै जानुपर्ने भएमा पनि पछि नहट्न उनीहरूले प्रचण्डलाई सुझाव दिएका थिए । सुरुमा प्रचण्ड सहमत नै थिए । तर, अन्तिम समयमा उनी 'पार्टी फुट्न सक्छ' भन्दै पछि हटे । फलतः दलहरू आफ्नै पूर्ववत् निर्णयलाई उल्ट्याउँदै त्यही दिन राती ११ बजे दुईबुँदे सहमति गरेर राज्य पुनःसंरचना आयोग बनाउने निर्णयमा पुगे । उनका आलोचकहरू भन्छन्, यो प्रधानमन्त्री भट्टराईलाई प्रचण्डको चेतावनी हो ।
तिकडम ४ ः २५ कात्तिक ०६८ मा अमेरकिाबाट प्रचण्ड सुटुक्क लन्डन गए । अमेरकिा प्रस्थान गर्दा त्यहीँबाट र्फकने जानकारी दिइएको थियो । प्रचण्ड लन्डन आउने जानकारी पाएपछि बेलायतस्िथत नेपाली राजदूत सुरेशराज चालिसे उनलाई स्वागत गर्न हिब्रो विमानस्थल पुगेका थिए । तर, प्रचण्डले दूताबासको गाडीमा चढ्न मानेनन् । त्यसपछि कहाँ गए ? कसलाई भेटे ? अहिलेसम्म थाहा हुन सकेको छैन । फलतः उनको लन्डन यात्रा रहस्यमयी बनेको छ ।
तिकडम ५ ः २२ कात्तिक ०६८ मा प्रधानमन्त्री बाबुराम भट्टराईले इतिहासकै जम्बो मन्त्रिपरष्िाद् विस्तार गरे । खासमा आफू अमेरकिा उड्नुअघि मन्त्रिपरष्िाद्मा क-कसलाई सामेल गराउने भन्ने टुंगो लगाएका थिए प्रचण्डले । उनकै सिफारसिमा सत्या पहाडी शान्ति तथा पुनःनिर्माण, लोकेन्द्र विष्ट पर्यटन तथा नागरकि उड्डयनमन्त्री बनेका थिए । तर, नेपाल फर्किएलगत्तै उनले भट्टराईले आफूलाई जानकारी नदिई मन्त्रिपरष्िाद् विस्तार गरेको जवाफ दिए । फलतः जम्बो मन्त्रिपरष्िाद् बनाएको आक्षेप बेहोर्न बाध्य छन् प्रधानमन्त्री भट्टराई ।
तिकडम ६ ः ३ कात्तिक ०६८ देखि प्रधानमन्त्री बाबुराम भट्टराईले भारतको चारदिने भ्रमण गरेका थिए । त्यस क्रममा उनले द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता -बिप्पा) गरे । पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरी उनको स्वीकृति लिएरै प्रधानमन्त्री भट्टराईले सम्झौता गरेका थिए । तर, पार्टीभित्रको वैद्य समूहले विरोध गर्न थालेपछि बिप्पा सम्झौताको समीक्षा गर्न सकिने भन्दै प्रचण्डले दोष भट्टराईको टाउकोमा खन्याउने प्रयास गरे । फलतः प्रधानमन्त्री एक्लैले बिप्पाको बचाउ गर्नुपरेको छ ।
तिकडम ७ ः २८ असोज ०६८ मा चितवनको भरतपुरमा वामपन्थी अगुवा तथा एकीकृत माओवादीका सल्लाहकार खम्बसिंह कुँवरलाई अभिनन्दन गर्दै प्रचण्डले जनवादी क्रान्ति तत्काल असम्भव रहेको उद्घोष गरे । तर, त्यही दिन बिहान भरतपुरको चौबीसकोटस्िथत आफू बसेको होटलमा कार्यकर्ताहरूसँग आफ्नै नेतृत्वमा जनवादी क्रान्ति हुने भएकाले तयार रहन निर्देशन दिएका थिए । फलतः दुवै कार्यक्रममा उपस्िथत कार्यकर्ताहरू रनभुल्लमा परे ।
तिकडम ८ ः बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउन मधेसी मोर्चासँग गरएिको चारबुँदे सहमतिमा प्रचण्डले आफैँ हस्ताक्षर गरे । तर, उपाध्यक्ष मोहन वैद्य समूहको विरोध बढेपछि उनले २६ असोज ०६८ मा पत्रकार सम्मेलन गरी १० भदौ राती भएको चारबुँदे सम्झौताको समीक्षा गर्न सकिने बताए । फलतः सत्तासाझेदार मधेसी मोर्चासँगको सम्बन्धमा चिसोपन बढ्यो ।
तिकडम ९ ः ८ असोज ०६८ मा भारतीय राजदूत जयन्तप्रसाद सहभागी एक कार्यक्रममा प्रचण्डले शान्ति र संविधान निर्माण प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन फेर िएकपटक भारतको सहयोग आवश्यक भएको बताए । "भारतसँग नेपालका राजनीतिक दल र माओवादीको सुमधुर सम्बन्ध नभएको भए १२ बुँदे समझदारी सम्भव थिएन । समझदारी बनाउन भारतले जुन भूमिका निर्वाह गरेको थियो, परविर्तित सन्दर्भमा एकपटक त्यही भूमिका खेलिदेओस्," प्रचण्डले भनेका थिए । तर, त्यसअघि उनले दर्जनौँपटक सार्वजनिक समारोहहरूमा १२ बुँदेमा भारतको खास भूमिका नभएको बताउँदै आएका थिए । फलतः उनले भारतप्रतिको आपmनो दृष्टि फेरेको स्पष्ट भयो ।
तिकडम १० ः २३ भदौ ०६८ मा प्रचण्ड र प्रधानमन्त्री भट्टराई पूर्ववैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले 'वासु'को स्मृति सभामा भाग लिन गोरखा गए । त्यसपछि प्रचण्ड काठमाडौँ फर्किएर हवाईजहाजमार्फत सीधै विराटनगर पुगे । त्यहाँबाट उनी कहाँ गए ? कसैले सुइँको पाउन सकेन । दुई दिनपछि २५ भदौ अपरान्ह उनी पुनः विराटनगर विमानस्थलमा देखा परे । वैद्य समूहले उनी सिलिगुडीमा भारतीय गुप्तचर संस्था 'र'का एजेन्टलाई भेट्न गएको आरोप लगाइरहेका छन् । तर, त्यति ठूलो आरोप लाग्दा पनि प्रचण्डले मुख खोल्न आवश्यक ठानेनन् । फलतः वैध पक्षको आरोपमा वजन देखियो ।
तिकडम ११ ः १५ भदौ ०६८ मा शिविरमा लडाकूका हतियार राखिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाइयो । साँचो बुझाउनुअघि प्रचण्डकै निवासमा राखिएको बैठकमा उनले महासचिव रामबहादुर थापालाई बोलाएनन् । उपाध्यक्ष मोहन वैद्यलाई मात्र बोलाइएको थियो । वैद्य पुग्दा बैठक सकिइसकेको जानकारी दिइयो । तर, वैद्य-थापा दुवैले प्रत्यक्ष कुराकानी र फोनमार्फत साँचो बुझाउन लागिएको बारे सोद्धा प्रचण्डले 'होइन' भन्ने जानकारी दिए । फलतः माओवादीभित्र गुटबन्दीले झन् चर्को रूप लिन थाल्यो ।
तिकडम १२ ः १० भदौ ०६८ को मध्यराति प्रचण्ड र भट्टराईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग चारबुँदे सम्झौता गरे । उनले पार्टी पंक्तिभित्र त्यो सम्झौता गर्दा वैद्य र महासचिव थापाको पनि समर्थन रहेको भनेर मधेसी मोर्चाका नेताहरूलाई भनेका थिए । तर, वैद्य पक्षले सम्झौताको चर्को विरोध गरेपछि भने उनले साउन पहिलो साता बनेको धोबीघाट गठबन्धन तोड्न आफूले चारबुँदे सम्झौता गरेको बताए । फलतः प्रधानमन्त्री बाबुराम भट्टराईको मनमा चिसो पस्यो ।
तिकडम १३ ः २२ साउन ०६८ मा आफ्नै निवास नयाँबजारमा पत्रकार सम्मेलन गरी माओवादी नेताहरूको सुरक्षार्थ खटेका 'जनमुक्ति सेना'लाई शिविरमा फिर्ता पठाएको घोषणा गरेका थिए प्रचण्डले । तर, त्यसको झन्डै डेढ महिनापछि राष्ट्रसंघीय मिसन अनमिनद्वारा प्रमाणित लडाकू कुमार विकले प्रचण्डको गाडी चलाइरहेका पाइयो । फलतः सबै लडाकू फिर्ता गरएिको दाबी नाटक मात्रै भएको आरोप लाग्यो ।
तिकडम १४ ः प्रचण्डले २८ साउन ०६८ भित्र प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारलाई नै निरन्तरता दिन सेना समायोजनमा लचिलो भएर खाका दिने वाचा गरेका थिए । त्यही आश्वासनमा परेर खनालले २८ साउनभित्र शान्ति प्रक्रिया अघि बढाउने र समायोजनको खाका ल्याउन नसके राजीनामा दिने भनाइ सार्वजनिक गरे । तर, निर्धारति मितिमा प्रचण्डले त्यो खाका दिएनन् । फलतः बाध्य भएर २९ साउनमा खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
तिकडम १५ ः मंसिर ०६७ को पालुङटार बैठकपछि उनले २ पुसमा मोहन वैद्यसँग मिलेर विद्रोह गर्ने लाइन लिएका थिए । तर, ८ वैशाख ०६८ मा बसेको माओवादी पोलिटब्युरो बैठकमा प्रचण्डले जनविद्रोहको लाइन तत्काललाई स्थगित गरेको घोषणा गरे । र, शान्ति प्रक्रियामा आएयता निरन्तर शान्ति र संविधानको पक्षमा उभिँदै आएका भट्टराईसँग मिलेर संविधानलाई तार्किक निष्कर्षमा पुर्याउन लागिपर्ने बताए । तर, फलतः बाबुराम भट्टराई फेर िबलिया भए ।
तिकडम १६ ः विद्रोह गर्ने आपmनो चेतावनी बिसर्ंदै प्रचण्डले ८ माघ ०६७ मा चितवनस्िथत तेस्रो डिभिजन मुख्यालयमा आयोजित भव्य कार्यक्रममा 'जनमुक्ति सेना' तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल संयोजक रहेको सेना समायोजन विशेष समिति मातहत आएको घोषणा गरे । तर, पछि उनले सञ्चारमाध्यमहरूमा सरकार मातहत गए पनि जनमुक्ति सेनाको नियन्त्रण आपmनै पार्टीको हातमा रहेको बताए । फलतः समायोजनको विषयले लामो समयसम्म गति पाउन सकेन ।
तिकडम १७ ः १७ माघ ०६७ मा प्रचण्डले प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा उम्मेदवारी दिए । उनीसँगै कांग्रेस उपसभापतिसमेत रहेका संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका थिए । तर, २० माघमा प्रधानमन्त्री निर्वाचन हुनुभन्दा एक घन्टाअघि मात्र प्रचण्डले अचानक आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेका अध्यक्षसमेत रहेका खनाललाई समर्थन गर्ने घोषणा गरे । फलतः खनालविरुद्ध रहेको माओवादीभित्रको भट्टराई समूह चिढिन पुग्यो ।
तिकडम १८ ः १८ वैशाख ०६७ देखि जनविद्रोह गर्ने भन्दै माओवादीले आमहडताल सुरु गर्यो । अन्ततः ६ दिनपछि आमहडताल फिर्ता लिन बाध्य भयो । त्यसका लागि चार/पाँच महिनाअघिदेखि नै माओवादीले यति ठूलो प्रचार र तयारी गरेको थियो कि भिडन्तको भय व्याप्त थियो । विद्रोहका लागि भन्दै ठाउँ-ठाउँमा युवालाई फौजी तालिम दिइएको थियो । आमहडतालको तेस्रो दिन राजधानीको बानेश्वरमा आयोजित सभामा प्रचण्डले राष्ट्रिय स्वाधीनताका लागि भारतविरुद्ध युद्ध सुरु गरेको घोषणा गरेका थिए । तर, भर्खरै आफूनिकट क्रमभंग द्वैमासिकलाई अन्तर्वार्ता दिँदै प्रचण्डले भित्रैदेखि चाहेर आफूले विद्रोहको तयारी नगरेको बताएका छन् । फलतः माओवादी कुनै पनि हालतमा विद्रोहमा जान सक्दैन भन्ने मत बलियो भएको छ ।
तिकडम १९ ः ५-११ मंसिर ०६५ मा भक्तपुरको खरपिाटीमा माओवादीको राष्ट्रिय भेला भयो । प्रधानमन्त्री भएकै अवस्थामा प्रचण्डले मोहन वैद्यले पेस गरेको दस्तावेजलाई स्वीकार गर्दै जनविद्रोहको लाइनलाई पारति गरे । तर, त्यसको तीन महिना नबित्दै माघ महिनामा उनले शान्ति र संविधानलाई नै तात्कालिक कार्यनीति बनाउने उद्घोष गरे । त्यति मात्रै नभई जेठ ०६६ मा सरकारबाट हटेपछि उनले फेर िजनविद्रोहको लाइन समाते । फलतः उनको वैचारकि लाइनबारे जनमानसमा झन् अन्योल बढ्यो ।
तिकडम २० ः ३१ साउन ०६५ मा प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए । त्यसको छ दिनपछि उनी ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिन चीन प्रस्थान गरे । तर, र्फकने क्रममा पहिलो 'राजनीतिक भ्रमण' भारतबाटै सुरु गर्छु भने । फलतः उनको कूटनीतिक कौशल आलोचनाको विषय बन्यो ।
तिकडम २१ ः नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार प्रचण्डले आफू प्रधानमन्त्री हुनुअघि तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालासँग ५ देखि ६ हजार लडाकू मात्र सेनामा समायोजन गर्न तयार रहेको प्रतिबद्धता गरेका थिए । त्यो प्रतिबद्धता नगरेका भए गिरजिाप्रसाद कोइराला प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नहुने सिटौलाको दाबी छ । तर, कोइरालाको निधनपछि भने प्रचण्डले कोइरालासँग ९/१० हजार सेना समायोजन गर्ने सल्लाह भएको बताए । फलतः समायोजन हुने लडाकू संख्याको विवाद लामो समयसम्म रह्यो ।
तिकडम २२ ः असार ०६५ मा राष्ट्रपति निर्वाचनका क्रममा प्रचण्डले एमालेका वरष्िठ नेता माधवकुमार नेपाललाई समर्थन गर्ने जनाउ दिए । तर, निर्वाचनको मुखैमा बाबुराम भट्टराई र मोहन वैद्यले मानेनन् भन्दै उनले रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाए । फलतः नेपाली कांग्रेसका उम्मेदवारले राष्ट्रपति निर्वाचन जिते ।
तिकडम २३ ः संविधानसभा निर्वाचनअघिदेखि नै गणतन्त्र घोषणापछि स्व गिरजिाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने भन्ने विश्वास दिलाएका थिए प्रचण्डले । त्यही प्रलोभनमा १५ जेठ ०६५ मा कोइराला गणतन्त्र घोषणा गर्न तयार भएका कांग्रेस र माओवादी दुवैथरी नेताहरूको दाबी छ । तर, संविधानसभा निर्वाचनमा माओवादी ठूलो दलका रूपमा उदाएर आफू प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले कोइरालालाई राष्ट्रपति बनाउँदा सत्ताको केन्द्र दोहोरो हुन्छ भन्दै अस्वीकार गरे । फलतः संविधानसभाको निर्वाचनपछिका चार महिनासम्म पनि प्रचण्ड प्रधानमन्त्री बन्न सकेनन् ।
तिकडम २४ ः असोज-कात्तिक ०६२ चुनबाङ बैठकअघि नङमासुको सम्बन्ध थियो प्रचण्ड र माओवादीका पोलिटब्युरो सदस्य रवीन्द्र श्रेष्ठको । प्रचण्डले श्रेष्ठलाई बाबुराम भट्टराईविरुद्ध सकेजति प्रयोग गरेका माओवादी नेताहरू नै बताउँछन् । चुनबाङ बैठकमा भट्टराईमाथिको कारबाही फिर्ता भएपछि श्रेष्ठले कारबाही फिर्ताको विरोध गरे । तर, प्रचण्डले उल्टै श्रेष्ठमाथि डन्डा बर्साए । फलतः श्रेष्ठले पार्टी नै छोड्नुपर्यो ।
तिकडम २५ ः १८ माघ ०६१ मा रुकुमको लाबाङमा सम्पन्न पोलिटब्युरो बैठकमा रामबहादुर थापाको समेत साथ लिएर प्रचण्डले बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरे । तर, त्यसको नौ महिनापछि कुनै कारण नदेखाई उनले कारबाही फिर्ता गरे । फलतः थापासँगको सम्बन्धमा थप तिक्तता आयो ।
तिकडम २६ ः असोज ०६१ मा फुन्टीबाङमा केन्द्रीय समिति बैठक बस्यो । पार्टी, मोर्चा, सेनाको नेतृत्व आफैँले लिने प्रचण्डको तयारीविरुद्ध उभिँदै भट्टराईले राजीनामा दिए । नेतृत्व केन्द्रीकरणको औपचारकि घोषणा पनि नगर्ने, मोर्चाका तर्फबाट भट्टराईले विज्ञप्ति पनि ननिकाल्ने सहमतिपछि तत्काललाई विवाद मत्थर भयो । तर, त्यसको तीन महिनामै प्रचण्डले भट्टराईलाई साधारण सदस्य मात्र रहने गरी माओवादी सेनाको हिरासतमा पुर्याए । फलतः पार्टी एकतामा असर पुग्दा माओवादीले खारा आक्रमणमा ठूलो क्षति भोग्नुपर्यो ।
तिकडम २७ ः प्रचण्डले तत्कालीन पूर्वी कमान्ड इन्चार्ज यानप्रसाद गौतम 'आलोक'लाई भट्टराई र रामबहादुर थापाविरुद्ध उपयोग गरे । तर, भदौ ०५५ मा भएको चौथो विस्तारति बैठकलगत्तै स्वयं प्रचण्डले आलोकमाथि कारबाही गरे । फलतः कारबाहीकै दौरानमा चैत ०५८ मा आलोक रोल्पाको कुरेलीमा मारएि ।
तिकडम २८ ः माघ-फागुन ०५७ मा भारतको भटिन्डामा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भयो । त्यसबेला प्रचण्ड पार्टीमा बलिया थिए । त्यही बलियोपनको फाइदा उठाउँदै उनले सम्मेलनमा आफ्नो नामबाट नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त भन्दै प्रचण्डपथ पारति गराएर सबै शीर्षस्थ नेताहरूलाई त्यसको पक्षमा जोडदार प्रचार गर्न लगाए । तर, शान्ति प्रक्रियामा सामेल भएपछि उनी अल्पमतमा पर्दै जाँदा बहुमत जुटाउन विभिन्न कम्युनिस्ट घटकहरूसँग एकीकरण गर्ने योजना बनाए । जसका लागि एकताकेन्द्र मशाललगायतका कम्युनिस्ट घटकसँग एकता गर्न उनले प्रचण्डपथ समेत स्थगित गर्न पुगे । फलतः उनले आफ्नो पक्षमा बहुमत पुर्याइरहेका छन् ।
तिकडम २९ ः तत्कालीन पश्चिम कमान्ड इन्चार्ज रामबहादुर थापाको लोकपि्रयता बढ्दै जाँदा थापा र नेतृ पम्फा भुसालबीचको सम्बन्ध-प्रकरणले पार्टीमा प्रवेश पायो । सुरुमा प्रचण्ड मौन रहे । पछि बाल्यकालदेखिको साथीका हैसियतले सत्य बताउन अनुरोध गरेपछि थापाले सत्य कुरा खोलिदिए । तर, असार ०५४ मा भारतको फरदिावादमा बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले सांस्कृतिक विचलनमा परेको भन्दै थापा र भुसाल दुवैलाई कारबाही गरे । फलतः दुवैले श्रमशिविर पुग्नुपर्यो ।
तिकडम ३०ः चैत ०४३ मा राजधानीका केही प्रहरी सेक्टरमाथि भएको आक्रमण र त्यसबाट भएको क्षतिबारे दुई वर्षपछि समीक्षा भयो । बैठकले महाधिवेशनबाट निर्वाचित महामन्त्री मोहन वैद्य, पोलिटब्युरो सदस्य सीपी गजुरेल र खम्बसिंह कुँवर, उपत्यका ब्युरो इन्चार्ज देव गुरुङलाई एक-एक तह घटुवा गर्यो । तर, उक्त काण्ड हुँदाका सैन्य ब्युरो इन्चार्ज र वैकल्पिक पोलिटब्युरो सदस्य प्रचण्ड भने एक तह बढुवा भएर महामन्त्री बन्न सफल भए । फलतः माओवादीभित्र गुटबन्दीको बीजारोपण भयो ।
No comments:
Post a Comment