Showing posts with label Tourism. Show all posts
Showing posts with label Tourism. Show all posts

Friday, April 3, 2015

पर्यटन बोर्डमा बाहुबल

  •  रामबहादुर रावल
प्रमुख कार्यकारी नियुक्तिमा ढिलाइले पर्यटन बोर्डमा प्रशासनिक र आर्थिक विशृंखलता



काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परसिरमा अचेल बिहान १० नबज्दै चहलपहल सुरु हुन्छ। कालो धर्के सर्ट र कालै पाइन्ट तथा केही सादा पोसाकका करबि दुई दर्जन युवा आउँछन्। कार्यालयभित्र-बाहिर सबैतिर जाँच गर्छन्। आ-आफ्नो ठाउँमा 'पोजिसन' लिन्छन्। दुई जना प्रवेशद्वारमै बस्छन्, जसले कार्यालय प्रवेश गर्न चाहनेको नकीवेदी लिन्छन्। १० नबजेसम्म बोर्डको प्रवेशद्वारमा कसैलाई छिर्न दिँदैनन्। १० बज्नुअगावै पुग्ने बोर्डका कर्मचारीलाई समेत गेटमै रोक्छन्।

Sunday, September 18, 2011

आफ्नै हात जगन्नाथ


पर्यटन वर्षका नाममा मनोमानी खर्च



- अभियानको प्रचारप्रसारका लागि : ८ लाख ५० हजार रुपियाँ

- सैनिक मञ्च टुँडिखेलमा आयोजन गरिने कार्यक्रम

व्यवस्थापनका लागि : १५ लाख रुपियाँ

- लुम्बिनी शान्तिदीप प्रज्ज्वलन कार्यक्रम : १ लाख ५० हजार रुपियाँ

- प्रज्ञा प्रतिष्ठानको प्रांगण : दुई लाख रुपियाँ

- दशरथ रंगशाला : चार लाख रुपियाँ

- वसन्तपुर क्षेत्र : चार लाख रुपियाँ

- नेपाल स्काउट प्रांगण : दुई लाख रुपियाँ

- राष्ट्रिय सभागृह परिसर : दुई लाख रुपियाँ

- कार्यक्रमको छायांकनका लागि : दुई लाख रुपियाँ

- पर्यटन गीतको छायांकनका लागि : एक लाख रुपियाँ

- कार्यक्रम प्रत्यक्ष प्रसारण : तीन लाख रुपियाँ

नेपाल पर्यटन वर्ष २०११ को औपचारकि शुभारम्भ कार्यक्रमको रकम बाँडफाँटको विवरण हो यो। पर्यटन वर्ष अभियानको सचिवालय अन्तर्गत गठित कार्यक्रम कार्यान्वयन उपसमितिको २० फागुन ०६६ मा बसेको बैठकले यसरी रकम बाँड्ने निर्णय गरेको थियो।

यस्तो खर्चको प्रभावकारतिा र उपलब्धि छुट्टै मूल्यांकनको विषय हुनसक्छ। तर, पर्यटन वर्ष अभियानको मूल जिम्मेवारी बोकेको संस्था सुरुबाटै अनियमित तरिकाले चलेको उदाहरण हो यो। यो निर्णय गणपूरक संख्या नै नपुगेको बैठकबाट गराइएको छ। १५ सदस्यीय समितिको बैठकमा पाँच सदस्य मात्रै उपस्थित रहेको निर्णयपुस्ितकामा देखिन्छ। दुईतिहाइ सदस्य अनुपस्थित रहेको बैठकको वैधानिकतामा प्रश्न उठेपछि अहिले सचिवालयका कर्मचारीलाई कागजात मिलाउन हम्मेहम्मे परेको छ।

यसैगरी, ९ मंसिर ०६६, १४ जेठ ०६७, २१ जेठ ०६७, २८ जेठ ०६७, ३ असार ०६७ का बैठकमा पनि गणपूरक संख्या नै उपस्थित नभई महत्त्वपूर्ण निर्णय गरिएका छन्। कतिपय बैठकमा उपस्थिति नै नउठाई, बैठकका मिति नै उल्लेख नगरी निर्णय मात्रै लेखिएको छ। केही बैठकमा सदस्यहरूको उपस्थिति वा अनुपस्थिति केही नजनाई सदस्यहरूलाई नै गुमराहमा राखिएको छ।