Showing posts with label Nepal India. Show all posts
Showing posts with label Nepal India. Show all posts

Thursday, October 29, 2020

कालापानीमा चीनतर्फ लक्षित भारतीय सैन्य तयारी

सेना, ब्यारेक र बंगर कहाँ कति ?

  • रामबहादुर रावल 

नेपाली भूमि लिपुलेकलाई मानसरोवरसम्मको तीर्थयात्रा र दुई देशीय व्यापारका लागि प्रयोग गर्ने भन्दै भारतले चीनसँग दुईपटक सम्झौता गरिसकेको छ । तर, उसले अतिक्रमण गरेर कालापानी र लिपुलेक क्षेत्रमा जुन प्रकारको फौजी तयारी गरिरहेको छ, त्यसले व्यापार र धार्मिक प्रयोजन मात्र हो भन्ने देखाउँदैन । असामान्य तवरले सुरक्षा फौज तैनाथ गरी भारतले कालापानी क्षेत्रमा भौतिक संरचना समेत विस्तार गरिरहेको छ । हेरौँ,  सुरक्षा संयन्त्रले हालै सरकारलाई बुझाएको एक प्रतिवेदन समेतलाई आधार मानी तयार पारिएको यो रिपोर्ट ।



Friday, November 8, 2019

कालापानी अतिक्रमण कसरी गरियो ? प्रमाणले के भन्छ ?



बेलाबेला बल्झिरहने कालापानीको घाउ यसपटक भारतले नया राजनीतिक नक्सा सार्वजनिक गरेर फेरि बल्झाइदिएको छ । र, दशकौँदेखि आफूले ओगटिरहेको भूमि नेपालको हुन नसक्ने तर्क भारतीय अधिकारीहरुले गरिरहेका छन् । खासमा के हो कालापानी अतिक्रमण ? यसै विषयमा अनुसन्धान गरी पुस्तक समेत लेखेका अन्वेषक रतन भण्डारी यसरी व्याख्या गर्छन् ।

Wednesday, February 1, 2017

कूटनीतिक महारथी


वर्षको मध्यतिर पदभार ग्रहण गर्न पुगेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री दुइटा महत्त्वपूर्ण घटनाका कारण चर्चामा रहे ।

एक, भारतीय नाकाबन्दीकै बीचमा भारत भ्रमणमा जाँदा आलोचना खेपेका क्षत्री स्वदेश फर्कंदा भने फरक माहोल बन्यो । कारण, उनले दुई मुलुकबीचको सैन्य सम्बन्धको उपयोग गर्दै नाकाबन्दी फिर्ता लिन भारतीय पक्षलाई मनाउन भूमिका खेले । भारतीय प्रधानसेनापति, रक्षामन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारलाई उनले नेपालविरुद्धको नाकाबन्दी कसरी भारतकै सुरक्षाका लागि घातक छ भन्ने विश्लेषण प्रस्तुत गरे ।

प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरेर उनले खेलेको भूमिका सैन्य कूटनीतिमा नयाँ आयाम साबित भयो । यसै गरी, उनले नेपाली सेना दिवस र पृतनापतिहरूको सम्मेलनमा मुलुकको समसामयिक अवस्थाका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गरे । मुलुकमा पृथकतावादी गतिविधि भइरहेको तर्फ संकेत गर्दै उनले राजनीतिक नेतृत्वलाई चनाखो रहन ध्यानाकृष्ट मात्र गरेनन्, सरकारले चाहेमा संवैधानिक तवरले परिचालित हुन सेना तयार रहेको अभिव्यक्तिसमेत दिए ।

http://nepal.ekantipur.com/news/2016-04-17/20160417151346.html