Showing posts with label Army. Show all posts
Showing posts with label Army. Show all posts

Thursday, October 29, 2020

कालापानीमा चीनतर्फ लक्षित भारतीय सैन्य तयारी

सेना, ब्यारेक र बंगर कहाँ कति ?

  • रामबहादुर रावल 

नेपाली भूमि लिपुलेकलाई मानसरोवरसम्मको तीर्थयात्रा र दुई देशीय व्यापारका लागि प्रयोग गर्ने भन्दै भारतले चीनसँग दुईपटक सम्झौता गरिसकेको छ । तर, उसले अतिक्रमण गरेर कालापानी र लिपुलेक क्षेत्रमा जुन प्रकारको फौजी तयारी गरिरहेको छ, त्यसले व्यापार र धार्मिक प्रयोजन मात्र हो भन्ने देखाउँदैन । असामान्य तवरले सुरक्षा फौज तैनाथ गरी भारतले कालापानी क्षेत्रमा भौतिक संरचना समेत विस्तार गरिरहेको छ । हेरौँ,  सुरक्षा संयन्त्रले हालै सरकारलाई बुझाएको एक प्रतिवेदन समेतलाई आधार मानी तयार पारिएको यो रिपोर्ट ।



Wednesday, February 1, 2017

कूटनीतिक महारथी


वर्षको मध्यतिर पदभार ग्रहण गर्न पुगेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री दुइटा महत्त्वपूर्ण घटनाका कारण चर्चामा रहे ।

एक, भारतीय नाकाबन्दीकै बीचमा भारत भ्रमणमा जाँदा आलोचना खेपेका क्षत्री स्वदेश फर्कंदा भने फरक माहोल बन्यो । कारण, उनले दुई मुलुकबीचको सैन्य सम्बन्धको उपयोग गर्दै नाकाबन्दी फिर्ता लिन भारतीय पक्षलाई मनाउन भूमिका खेले । भारतीय प्रधानसेनापति, रक्षामन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारलाई उनले नेपालविरुद्धको नाकाबन्दी कसरी भारतकै सुरक्षाका लागि घातक छ भन्ने विश्लेषण प्रस्तुत गरे ।

प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरेर उनले खेलेको भूमिका सैन्य कूटनीतिमा नयाँ आयाम साबित भयो । यसै गरी, उनले नेपाली सेना दिवस र पृतनापतिहरूको सम्मेलनमा मुलुकको समसामयिक अवस्थाका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गरे । मुलुकमा पृथकतावादी गतिविधि भइरहेको तर्फ संकेत गर्दै उनले राजनीतिक नेतृत्वलाई चनाखो रहन ध्यानाकृष्ट मात्र गरेनन्, सरकारले चाहेमा संवैधानिक तवरले परिचालित हुन सेना तयार रहेको अभिव्यक्तिसमेत दिए ।

http://nepal.ekantipur.com/news/2016-04-17/20160417151346.html

Wednesday, September 14, 2016

सैन्य आँखामा इतिहास

ती सैनिक 
लेखक : मोहन थापा 
प्रकाशक : शारदादेवी खड्का 
पृष्ठ : ३४८ 
मूल्य : ४५० रुपैयाँ
  • रामबहादुर रावल
 
मंसिर १२, २०७१-ज्ञानको दुनियाँमा जर्साबहरूले बजार पिटिरहँदा मामुली सैनिक अधिकृत ओझेल पर्नु कुनै ठूलो कुरो भएन । सेनाका उपल्लो दर्जामा बसेका, सनसनीपूर्ण घटनामा सामेल भएकाहरूले चर्चाको शिखर चुम्नु नौलो भएन ।
 
मोहन थापा कुनै ठूलो ओहोदाधारी होइनन् । ठूला राजनीतिक र सनसनीपूर्ण घटनासँग जोडिएका पनि छैनन् । त्यसैले यो चिनाउनुपर्ने नाम हो । नेपाली सेनाका मामुली अवकाशप्राप्त अधिकृत । अर्थात्, निवृत्त सुबेदार । सेनाको पद सोपानमा पछाडिबाट पाँचौँ तहका बेतनभोगी । उनीमाथि ११ तह अझै छन् । त्यसैले यी 'लो प्रोफाइल'का लेखकको कृतिले कम चर्चा पाउनु कुनै आठौँ आश्चर्य भएन । 
 
यद्यपि, यसको विषयवस्तु, संगठन, प्रस्तुति र भाषाशैली हेर्दा बजारमा आएका अरू कुनै पनि पुस्तकको दाँजोमा कम छैन । विषयवस्तुप्रतिको उच्च समझ, मेहनत, इतिहास लेखनको कारिगरी कुनै पनि हिसाबले यो पुस्तक उम्दा छ । ज्ञानमूलक छ । रोचक छ । यो पुस्तक मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका नेपाली सैनिकका मृत्युकथाहरूको संग्रह हो । ३ सय ४८ पृष्ठ लामो यो पुस्तक पढ्दा हत्याहिंसाले भरिएका, षड्यन्त्र र जालझेलहरूले जेलिएका कौतूहलपूर्ण कथा-उपकथाहरूले भरिएको चलचित्र हेरेको अनुभूति हुन्छ । यसमा रोचक र मार्मिक कथाहरू छन् । लडाइँ छन् । संघर्ष छन् । वीरताको इतिहास छ । घातप्रतिघातपूर्ण सम्बन्धहरूको चित्रण छ । प्रेम र युद्धले राजनीतिलाई अनपेक्षित मोड दिन्छन् । शासकका आशंका र भयले सच्चरित्रहरू सुलीमा चढ्छन् । चाटुकारहरूलाई चौतारो मिल्छ । जासुसीहरू, युद्धहरू, भोगविलासहरू, रासलीलाहरू त्यसै पनि आममानिसका पठन रुचिमा पर्छन् ।