Showing posts with label Federalism. Show all posts
Showing posts with label Federalism. Show all posts

Tuesday, June 27, 2017

राज्यले कर्मचारीलाई खटाएपछि जान्नौँ भन्न पाइन्छ र ?

निजामती सेवाका कर्मचारीहरू स्थानीय र प्रदेशको मातहत रहेर काम गर्न नमान्दा कर्मचारी समायोजनको विषय जटिल बनेको छ । यसले संघीयता कार्यान्वयनमा कर्मचारी प्रशासन बाधक बन्ने त होइन भन्ने आशंका पनि उब्जाएको छ । यही सेरोफेरोमा नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीसँग रामबहादुर रावलको कुराकानी:


कर्मचारीतन्त्रमा संघीयताप्रति कत्तिको लगाव देखिन्छ ?

यसमा दुई खालको सोच छ । संविधानको भावनाअनुरूप हुबहु कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यतामा एकदम कम मान्छे छन् । राजनीतिक नेतृत्वमा पनि यो समस्या छ । म त्यो मानसिकतालाई पन्छाउँदै काम गरिरहेको छु । संविधानबमोजिम कानुन बनाउनुपर्छ, प्रस्ताव मिलेको छैन भन्दा देशैभरिका केही जनशक्तिले मलाई गाली गरिरहेका छन् । यसले के देखाउँछ भने संघीयता कार्यान्वयनका लागि हामीलाई सहयोगी वातावरण छैन । किनभने, परिवर्तन भन्ने कुरा संविधानमा भए पनि व्यवहारमा कार्यान्वयन गराउन गाह्रो रहेछ ।

मुख्यसचिवले नै गाह्रो भनेपछि कसले गर्ने त यो काम ?

सचिवको दरबन्दी बढाउने कुरामा मेरो कुरा मिलेन, मैले रोकेँ । अहिलेसम्म म रोक्न सफल भएको छु । त्यसमा मेराविरुद्ध अनावश्यक सिकायत पनि भए । मिडियाबाजी पनि भए । विभिन्न कोणबाट कुरा आए । तर, दरबन्दी बढ्न दिइएन । कृषि, पशुविकासका तीन–तीन हजार प्राविधिक सहायक दरबन्दी थप्ने प्रस्ताव आएको थियो, त्यसलाई रोकेर १२–१५ सयमा सीमित गर्दा मलाई भयंकर दुःख भयो । माननीय मन्त्रीज्यूहरूले असहयोग गरेको आरोपसमेत लगाउनुभयो । प्रधानमन्त्रीले समेत ‘यो गर्नैपर्छ, असन्तुष्टि बढी आयो’भन्दा मैले होइन, त्यसो गर्नुहुन्न भनेर अडान लिएँ ।


अहिले दरबन्दी बढाउन नहुने कारणचाहिँ के हो ?

संघीयतामा नगएसम्म हामीले दरबन्दी थप्नुहुँदैन । जुन तहमा जुन खालको जिम्मेवारी जान्छ, त्यसैअनुरूपका कर्मचारी अहिले समायोजन हुन्छन् । जुन तहमा जनशक्ति पुग्दैन, त्यो भर्ना गर्ने जिम्मेवारी उही तहको हो । अहिलेदेखि नै हामीले फादरसिप चलाउनु हुँदैन भनेर मैले रोकेँ ।

सिंहदरबार छाड्न कर्मचारीतन्त्र अनिच्छुक

पुरानो निजामती कर्मचारी संयन्त्रलाई संघ, प्रदेश र स्थानीय तहमा विभाजित गर्नै गाह्रो


  • रामबहादुर रावल
सामान्य प्रशासन मन्त्रालयले ५ असारमा स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी एक आदेश जारी गर्दै अन्तरिम व्यवस्थापनको ढाँचा सार्वजनिक गरेको छ । त्यसमा नयाँ गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र तिनका वडामा रहने कर्मचारीको विवरण उल्लेख गरिएको छ । नयाँ गाउँपालिकामा उपसचिव वा शाखा अधिकृतस्तरका एक कार्यकारी प्रमुखसहित न्यूनतम ९ जना कर्मचारी तोकिएको छ । तीबाहेक विभिन्न सेवा, परियोजना एवं कार्यक्रमका कर्मचारीहरू रहनेछन् ।


आदेशअनुसार कृषि सेवा केन्द्र÷उपकेन्द्र, पशु सेवा केन्द्र÷उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी÷उपचौकी, आयुर्वेद औषधालय, शिक्षा स्रोत केन्द्र आदि स्थानीय सरकारमा गाभिनेछन् । त्यसैगरी सामुदायिक सूचना केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक भवन, सरकारी वृद्धाश्रम, खेलकुद सम्बन्धी कार्यालय पनि स्थानीय तहको सरकारअन्तर्गत सञ्चालन हुनेछन् । विभिन्न योजना वा कार्यक्रमबाट सम्पन्न खानेपानी र सिँचाइ पनि अब स्थानीय सरकारले हेर्नेछ । महिला विकास, वन, भूसंरक्षण, घरेलु उद्योग, भवन तथा सहरी विकास, नगर विकास समिति, सडक, श्रम, पर्यटन, वाणिज्य, सहकारी र युवा कार्यालय पनि स्थानीय सरकारले सञ्चालन गर्नेछ ।

यी सम्पूर्ण कार्यालय, तिनको सम्पत्ति र कर्मचारीसमेत हस्तान्तरण गर्न असार मसान्तसम्मको समयसीमा तोकिएको छ । यही अवधिभित्र जिल्ला, नगर र गाउँस्तरका सरकारी स्वामित्वका संघ, संस्था, समिति, संरचना वा निकाय स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने आदेशमा उल्लेख छ । १ साउनबाट नयाँ आर्थिक वर्षको बजेट निकासा र कार्यान्वयन हुने भएकाले यो समयसीमा दिइएको नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी बताउँछन्  ।


समायोजन गर्न एक वर्ष

हुन त अहिले सरकारले सधैँका लागि सरुवा नगरी तत्कालका लागि कर्मचारीलाई काजमा खटाउन लागेको हो । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्नका लागि सरकारले संसद्मा समायोजनसम्बन्धी विधेयक दर्ता गरेको छ । उक्त विधेयक पारित भएपछि कुन एकाइमा कति कर्मचारी आवश्यक पर्छन् भनेर संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गरिनेछ । 

Thursday, March 9, 2017

ट्रयाक १.५: राजनीतिको परनिर्भर बाटो

शान्ति प्रक्रियाका नाममा दातृ निकायहरूले आ–आफ्नै स्वार्थमा बेग्लाबेग्लै पसल खोले । हाम्रा राजनीतिक र जातीय संगठनका नेताहरूलाई ती पसलमा आ–आफ्नै तरिकाले स्वागत गरियो । देश–विदेश घुमाइयो । 

यसबाट ती पसलका कामदारको आर्थिक र व्यावसायिक वृत्तिविकास त भयो होला तर तिनले राष्ट्रिय स्वार्थमा काम गरे कि ती पसलका मालिकहरूको स्वार्थमा नाचे ? राजनीतिका यी परनिर्भर औजारहरूले राज्यलाई बलियो बनाए कि कमजोर ? ट्रयाक १.५ नाम दिइएको राज्यका औपचारिक संस्था र संगठनलाई छल्ने विधि हो । 

शान्ति प्रक्रियालाई सघाउने नाममा थापिएका यस्ता अवैध पसलहरूको एउटा विवरण :

Sunday, January 3, 2016

अदालतमा संवैधानिक संक्रमण

नयाँ संविधानको कार्यान्वयनमा न्यायपालिकालाई यस्तो छ अड्चन 


- रामबहादुर रावल


संविधानसभाबाट नेपालको संविधान जारी भएपछि २२ मंसिरमा पहिलोपल्ट न्यायपरिषद्को बैठक बस्यो । बैठकले संवैधानिक इजलास गठन गर्न न्यायाधीशहरू गिरीशचन्द्र लाल, सुशीला कार्की, वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीलाई सिफारिस गर्‍यो । यो निर्णयसँगै मुलुकको न्यायपालिका आफ्नो संरचनालाई नयाँ संविधानको व्यवस्था अनुरूप ढाल्न र संविधान कार्यान्वयन गर्न अग्रसर त भयो तर सँगसँगै उसले केही संवैधानिक अड्चन र रिक्तताहरूको सामना गर्नुपरेको छ, जसका लागि राजनीतिक नेतृत्वको मुख ताक्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसले प्रधानन्यायाधीश कल्याण श्रेष्ठको न्यायपालिका सुधारको प्रतिबद्धता र न्याय सम्पादनको प्रभावकारितामा प्रत्यक्ष प्रभाव पारेको छ ।

Wednesday, October 14, 2015

दुई महिने बन्द निकासको बाटोमा

  • प्रदर्शनसँगै भएका केही हिंसात्मक घटना र उनीहरूका मागमा बाह्य पक्षले देखाएको अधिक चासोले आन्दोलनलाई झनै कमजोर बनाएको मोर्चाकै नेताहरूको ठम्याइ रहेको छ ।
आश्विन १८, २०७२- ‘अधिकांश माग संविधानमा सम्बोधन भइसकेका छन् । बाँकी गुनासा छन् भने सम्बोधन गर्न सरकार तयार छ । अब आन्दोलन फिर्ता लिनूस् ।’

Thursday, October 8, 2015

कसले भन्छ, यो संविधान असमावेशी ?


संविधानसभाको चुनावमा ७८ प्रतिशत मतदाताले भाग लिए । जबकि, आमनिर्वाचनमा संसारभरको औसत प्रवृत्ति भनेको ५५ प्रतिशत हो । 

Thursday, October 1, 2015

शान्ति प्रक्रियामा दिल्ली : सुरुमा खुसी, अन्त्यमा बेचैन

संविधान जारी हुँदा दिल्ली किन बेखुसी ? परिणाम के होला ?

९ वर्ष १० महिनाअघि १२ बुँदे समझदारी हुँदा सहजीकरण गरेको दिल्लीले १६ बुँदे सहमति र त्यसपछिको राजनीतिक विकासप्रति खुसी व्यक्त गर्न सकेको छैन । ३ असोजमा संविधानसभाबाट संविधान जारी भएपछि उसले चिसो प्रतिक्रिया जनायो । ‘नेपालमा भइरहेको विकासलाई जानकारीमा राखेको’ भन्दै विज्ञप्ति जारी गरेको २४ घन्टाभित्र अर्को विज्ञप्ति आयो, आफनो सीमा क्षेत्रमा भइरहेका आन्दोलन र हिंसाका घटनाप्रति सरोकार व्यक्त गर्दै ।

त्यही दिन काठमाडौँस्थित राजदूत रणजित राय नेपालको राजनीतिक विकासक्रमबारे जानकारी दिन दिल्ली पुगेका थिए । दिल्लीबाट फर्केर आएपछि पनि उनले भारतीय अधिकारीहरूले त्यसअघि अघि सार्दै आएका धारणा नै दोहोर्‍याएका छन् ।

Wednesday, September 30, 2015

संक्रमणको समापन

  • संविधान जारी भएसँगै मुलुकमा नयाँ राजनीतिक अध्याय थालनी
आश्विन १०, २०७२- वर्ष ०७२ को आगमनसँगै १२ वैशाखमा ७.६ रेक्टर स्केलको भूकम्पले नेपाल र नेपालीलाई ठूलो विपत्ति ल्याइदियो । ८ हजार ९ सयभन्दा बढीको ज्यान लिने त्यस विनाशकारी प्रकोपले कैयौँ सरकारी तथा निजी संरचनालाई समेत तहसनहस बनायो । सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा समेत नराम्रोसँग धक्का पुग्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालयजस्ता राज्यका महत्त्वपूर्ण संरचना विस्थापित भए । तर, त्यही सिंहदरबारमा रहेको संविधानसभा/व्यवस्थापिका–संसद सचिवालयका काठका घरहरु दुरुस्त रहे ।
तिनै घरमा बसेर दलहरू एउटा यस्तो सहमतिमा पुगे, जसकारण प्राकृतिक विपत्तिले निराश र हतास भएको जनमानसलाई केही उत्साह दिन सफल भए । त्यही सहमतिका आधारमा ३ असोजमा जनताका प्रतिनिधिद्वारा लिखित संविधान राष्ट्रपति रामवरण यादवले जारी गरेसँगै संविधानसभा स्वत: विघटन भएको छ । र, संक्रमणको यो लामो अध्याय समाप्त भएको छ ।

Sunday, September 20, 2015

कस्ता थिए यसअघिका संविधान ?







नेपाल सरकार वैधानिक कानुन, २००४



तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरद्वारा घोषणा गरिएको यो पहिलो लिखित संविधान मानिन्छ । यसमा मौलिक हकको व्यवस्था थियो, जस अन्तर्गत वैयक्तिक स्वतन्त्रताको हक, वाक् स्वतन्त्रताको हक, प्रकाशन स्वतन्त्रताको हक, लेख्ने स्वतन्त्रताको हक, धार्मिक स्वतन्त्रताको हक, कानुनी दृष्टिमा पूर्ण समानताको हक, छिटो र सुलभ न्याय प्राप्त गर्ने हक, अनिवार्य नि:शुल्क प्रारम्भिक शिक्षाको हक, मताधिकार र सम्पत्तिको हक थिए । राणाहरूको आन्तरिक कलह र द्वन्द्वका कारण यो प्रयोगमा आउनुपूर्व नै समाप्त भयो ।

Friday, September 18, 2015

अब सरकार परिवर्तन कहिले र कसरी हुन्छ ? को बन्छन् प्रधानमन्त्री ?

संविधानको टुंगोसँगै उब्जिएका ६ प्रश्न

भाद्र ३१, २०७२-
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पारित भएसँगै शान्ति प्रकृया एउटा तार्किक निश्कर्षमा पुगेको छ । मानिसहरुका मनमा उब्जिएका थुप्रै आशंकाले एउटा जवाफ पाएका छन् । नेताहरु भन्छन्, 'देशले अब नयाँ कोर्स समातेको छ ।' यद्यपि जनताका प्रश्नहरु भने अझै सकिएका छैनन्  ।

Tuesday, September 8, 2015

सीमांकनमा सुधार : लहरो तान्दा पहरोको डर


थरूहट बनाउने वा कुनै एक जातिले पहिचान पाउनेबित्तिकै मुलुकका अन्य भागमा पनि त्यस खालका आवाज मुखर हुने सम्भावना उत्तिकै छ । पश्चिम पहाडमा मगरात र पूर्वी पहाडमा लिम्बुवानका नाममा प्रदर्शनको तयारी भइरहेको छ । कुनै बेला पूर्वाञ्चलका १६ वटै जिल्लाको एउटा प्रदेश हुनुपर्ने र राजधानी विजयपुर (हालको धरान)लाई मान्नुपर्ने माग राखेका लिम्बुवान पक्षधर अहिले १४ जिल्लाको भूगोल पनि बढी भयो भन्दै छन् । र, अरुणपूर्वका नौ जिल्लाको मात्र लिम्बुवान प्रदेश हुनुपर्ने माग राखी हालको रेखांकनको विरोध गर्दै छन् ।


१६ बुँदे सहमतिलाई उछिनेर सीमांकन गर्दा कर्णाली र भेरी उत्तेजित भयो । त्यहाँको माग सम्बोधन गर्दा टीकापुर नरसंहार बेहोर्नुपर्‍यो । सुदूरपश्चिमका थारू समुदायको गुनासोबारे शीर्ष राजनीतिक तहमा छलफल चलिरहँदा मध्य तथा पूर्वी क्षेत्रको तराई अशान्त बन्यो । मधेसवादी दलका नेताहरूसँग प्रधानमन्त्रीदेखि अन्य राजनीतिक दलका नेताहरूले वार्ताको प्रयास थाल्दा मगरात र लिम्बुवानका नाममा आन्दोलनका कार्यक्रम सार्वजनिक हुन थालेका छन् । एउटाको माग सम्बोधन गर्न खोज्दा एकपछि अर्को गरी मागपत्र तेस्र्याउने र सडकबाट दबाब दिने अन्त्यहीन शृंखला चल्न सक्ने भय निर्णायक राजनीतिक तहमा रहेको छ ।

संविधान निर्माणमा भट्टराईको दोहोरो भूमिका


आन्दोलनमा जानुअघि मधेस राजनीति राष्ट्रिय दलहरूको पकडबाट बाहिर जान लागेको, मधेसी जनताको भावनालाई गलत तत्त्वहरूले भड्काइरहेको र आफ्नो पार्टीले संविधान निर्माणमा राखेको नोट अफ डिसेन्टबारे जानकारी दिनु आवश्यक रहेको भन्दै एमाओवादीका मधेसी नेताहरूले नेतृत्वसामु आन्दोलनमा जानुपर्ने आवश्यकता औँल्याएका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नै दलका नेता वा मोर्चा आन्दोलनमा सहभागी हुँदा त्यसले संविधान निर्माणको बाटो बिथोलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर, अर्का नेता बाबुराम भट्टराईले मधेसी मात्रै होइन, आदिवासी जनजाति, महिला, दलितलगायत सबै आन्दोलनमा जानुपर्ने राय दिएका थिए ।

उपेन्द्र र गच्छदारको टक्करले मधेस राजनीति उग्रतातिर


मधेसमा जुन हदसम्मको आन्दोलन र क्षति भइरहेको छ, त्यसअनुरूपको राजनीतिक एजेन्डा देखिँदैन । (हेर्नुहोस्, के हो मधेसको माग ?) तैपनि, मधेस जलिरहेको छ, किन ? दुई नेताको टकराव र ०७० को निर्वाचन परिणाम नै प्रमुख कारण देखिन्छन् ।

पहिलो संविधानसभा निर्वाचनमा चौथो ठूलो शक्ति बनेर उदाएको मधेसी जनअधिकार फोरम (नेपाल) सत्ता राजनीतिको खेलमा धेरै टुक्रामा विभाजित भयो । उनको पार्टी चौथो शक्तिका रूपमा त रहन सकेन नै, त्यहीँबाट फुटेर बनेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सभासद् संख्यामा ठूलो भएर निस्कियो । दोस्रो संविधानसभा निर्वाचन, ०७० मा त यादवले अरू सिट गुमाए । फोरमबाट जम्मा दुई जना मात्र प्रत्यक्ष निर्वाचित भए र समानुपातिक समेत जोड्दा १० सिट भए । जबकि, गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक)ले १० सिट समानुपातिकबाट मात्र प्राप्त गर्‍यो र चार सिटमा प्रत्यक्ष जित्यो ।


त्यही इखका कारण फोरम नेता यादवले समानुपातिकबाट पाँच सिट मात्रै जितेको संघीय समाजवादी पार्टीसँग एकता गरी संघीय समाजवादी फोरम नामको पार्टी गठन गरे र अध्यक्ष आफैँ बने, जुन गच्छदारको पार्टीभन्दा एक सिटले ठूलो हुन पुगेको छ । रोचक पक्ष त के छ भने गच्छदारले आफ्नो पार्टीका नामबाट मधेसी शब्द हटाउने तयारी गरिरहेको चाल पाएर यादवले आफ्नो पार्टीका केही आन्तरिक भेलाहरूमा त्यसबारे चर्चा गरेका थिए । एक फोरम सभासद्का भनाइमा त्यतिखेर यादवले गच्छदारलाई मधेस पक्षधर नेता नभएकाले आफ्नो पार्टीको नामबाट मधेसी शब्द हटाउन खोजेको आरोप लगाएका थिए । अहिले तिनै यादव गच्छदारलाई उछिनेर पार्टीको नामबाट मधेसी शब्द हटाउने पहिलो नेता बनेका छन् । र, पहाडका आदिवासी जनजातिलाई आफ्नो मताधार ठानेको पार्टीसँग उनले एकता गरेका छन् । दुई फोरमको यो प्रतिद्वन्द्विताले पनि संविधान निर्माण र सीमांकनको विषयलाई पेचिलो बनाएको छ ।

के हो मधेसको माग ?


तराईमा प्रदर्शनरत पक्षहरूले विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका १३ भदौ ०६४ मा मधेसी जनअधिकार फोरम (नेपाल)सँग र १६ फागुन ०६४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका समझदारी प्रमुख रूपमा उठाउने गरेका छन् । ०६३ मा मधेसवादी नेताहरूको नारा थियो, तराईका २० जिल्लाको एउटै मधेस प्रदेश बनाउने । तर, अहिले तराईका आठ जिल्ला मात्र मधेस प्रदेशमा र बाँकी १२ जिल्ला पहाडमा पारियो भन्ने मधेसवादीको आरोप छ । साथै, सामथ्र्यका दृष्टिले पनि आठ जिल्ला कमजोर रहेका कारण चुरेको केही भाग र पूर्वमा कोसी नदीसमेत मधेस प्रदेशमा हुनुपर्ने उनीहरूको दाबी छ ।

मधेसवादी दलहरूको अर्को आपत्ति निर्वाचन प्रणालीमा छ, जहाँ संघीय व्यवस्थापिकामा सदस्य संख्या हालको संविधानसभाको भन्दा घटाइएको छ । र, समानुपातिक प्रणालीको अनुपात पनि कम गरिएको छ । यसले यसअघिको ५० प्रतिशत तराईबाट र ५० प्रतिशत पहाडबाट प्रतिनिधित्व हुने अनुपात भत्कन सक्ने अनुमान छ । “फेरि संघीय जनप्रतिनिधिमूलक संस्थामा आफ्नो प्रतिनिधित्व घट्छ कि भन्ने आशंका मधेसी समुदायमा छ,” मधेस मामिलाका जानकार तुलानारायण साह भन्छन्, “आफ्नो प्रतिनिधित्व घट्ने र राजनीतिमा आकार खुम्चने अवस्थाप्रति मधेस सचेत छ ।”

Saturday, February 28, 2015

विरोधाभासका पुलिन्दा

रामबहादुर रावल




'राज्यको पुनःसंरचना गर्दा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्ततायुक्त प्रदेशहरूसहितको संघीय शासन प्रणालीको व्यवस्था गरिनेछ । उक्त स्वायत्तताको अधिकार, प्रकृति र सीमा संविधानसभाले निर्धारण गरेबमोजिम हुनेछ ।'

१३ असोज ०६४ मा मधेसी जनअधिकार फोरम, नेपालसँग सरकारले यस्तो सहमति गर्दा अन्य त्यस्ता जातीय र क्षेत्रीय प्रकृतिका संगठनसँगका पूर्वसहमति थिएनन्, विशेष गरी राज्यको पुनःसंरचनाका सवालमा । त्यसअघि २२ साउन ०६४ मा आदिवासी जनजाति महासंघ तथा आदिवासी जनजाति संयुक्त संघर्ष समिति,  नेपालका प्रतिनिधिबीच वार्ता भएको थियो, जुन संविधानसभाको आसन्न निर्वाचनमा हुने प्रतिनिधित्वमै केन्दि्रत थियो । राज्य पुनःसंरचनाको विषय विशेषज्ञ आयोगले टुंग्याउने र आयोग समावेशी बनाउने सहमतिमा त्यो वार्ता टुंगिएको थियो ।

फोरमसँग भएको २२ बुँदे सहमतिले तराईमा जारी एकथरी आन्दोलनलाई त मत्थर पार्‍यो । लामो समय तनावग्रस्त बनेको तराईमा तत्कालका लागि राहत पनि दियो । मधेस राजनीतिमा उठिरहने मुद्दाहरू सम्बोधन गर्न सरकार राजी भएपछि मधेसी समुदायसमेत आश्वस्त भयो । 

त्यसपछि विभिन्न समूह पहिचान, स्वायत्तता, सुरक्षा, सम्मान र अखण्डताको माग गर्दै सडकमा उत्रिए । भूगोलका कक्षाहरूमा मात्रै चर्चा हुने चुरे र भावरजस्ता शब्दहरूसमेत ०६४ पछि राजनीतिक पदावलीमा रूपान्तरित भए । सामाजिक संघसंस्थाका नाममा टाँगिएका ब्यानरहरू पनि एकाएक पार्टीका झन्डामा परिवतर् न भए । ती सबैसँग सरकारले सम्झौता गर्‍यो । सबैका माग पूरा गर्ने प्रतिबद्धता जनायो । विभिन्न समूहसँग गरेका सम्झौता अध्ययन गर्न सरकारद्वारा गठित आयोगका सदस्य दीपेन्द्र झा भन्छन्, "प्रायः एउटा समूहसँगको सम्झौताप्रतिको असन्तुष्टि र असुरक्षाभावबाट जन्मेका आन्दोलनहरू स्थगित गर्न सरकारले अरू  विभिन्न थरीका समूहसँग सम्झौता गरेको देखिन्छ । यसको अर्थ सबैले आपसी सद्भाव, सहअस्तित्व र समन्वय खोजेका छन् ।"

जे माग्यो, त्यसैमा सहमति 
जातीय-क्षेत्रीय सद्भाव र एकताको नारा दिएर चुरे भावर प्रदेश एकता समाज, नेपालको नामबाट गरिएको आन्दोलन कुनै एक समुदायको नाममा प्रदेशको नामकरण र अधिकारको सुनिश्चितता गर्दा अर्को समुदाय असुरक्षित नहोस् भन्नेतर्फ लक्षित थियो । त्यो आन्दोलन मत्थर पार्न सरकारले २८ असोज ०६४ मा  आन्दोलनरत पक्षसँग सहमति गर्‍यो, 'राज्यको पुनःसंरचना राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ हुने गरी संविधानसभाले निर्धारण गरेबमोजिम हुने -बुँदा ३) । तराई मधेस, पहाड, हिमाल सबै क्षेत्रका जनताबीच आपसी सद्भाव खलबलिन नदिन र आपसी समझदारी विकसित गराई राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ  गराउन सबै पक्ष क्रियाशील रहने -बुँदा ८) ।'

त्यसलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा मधेसमा पुनः आन्दोलन चल्यो । पटकपटक सर्दै आएको संविधानसभा निर्वाचन नै पुनः जोखिममा पर्ने सम्भावना देखियो । त्यो जोखिम टार्नका लागि १६ फागुन ०६४ मा स्वायत्त मधेस प्रदेश किटान गरी सहमति गर्न सरकार बाध्य भयो । तत्कालीन प्रधानमन्त्री  गिरिजाप्रसाद कोइराला र फोरम अध्यक्ष यादवद्वारा हस्ताक्षरित आठबुँदे सहमतिको दोस्रो बुँदामा लेखियो, 'मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ ।' 

त्यसपछि धार्मिक अल्पसंख्यक मुस्लिम, आदिवासी थारू, थारूभित्रको पनि एउटा वर्ग रानाथारू, मध्य तराईमा मैथिलभाषीहरू एकपछि अर्को गरी प्रादेशिक स्वायत्तताको नारा दिएर आन्दोलनमा होमिए । पूर्वी पहाडमा किराँत प्रदेशले मात्र सबैलाई नसमेट्ने भयो । लिम्बुवान र खुम्बुवानको माग उठ्यो । उनीहरूको  आन्दोलन पहाडमा मात्र केन्दि्रत भएन, झापा र सुनसरीका घना नगर बस्तीहरूसम्म आइपुग्यो । कणर्ाली अञ्चललाई छुट्टै स्वायत्त प्रदेश बनाउने सहमतिमा समेत सरकारले हस्ताक्षर गर्‍यो । खसान क्षेत्रको माग गर्नेहरूलाई सीमा क्षेत्र नतोके पनि आश्वासन दिन कन्जुस्याइँ गरेन । स्मरणीय छ, खस सभ्यताको उत्पत्ति र  विस्तारका हिसाबले कणर्ाली प्रदेश र खसान भनिने क्षेत्र समान छ । 

जसले जे माग गरे पनि वार्ता टोली गठन गर्ने र सहमति गरिहाल्ने बाटोमा सरकार अग्रसर किन भयो त ? संविधानसभा, संवैधानिक समितिका पूर्वसभापति नीलाम्बर आचार्य भन्छन्, "संक्रमणकालीन सरकारले आफ्नो क्षमता देखाउन नसक्दा जसले जे नाममा आन्दोलन गरे पनि सहमति जनाउने अवस्थामा पुग्यो ।  यति धेरै समूहसँग सहमति गर्‍यो कि एकअर्कामा परस्पर बाझिएको कुरा हेर्नै भ्याएन ।" बारम्बार सरकार र मन्त्रीहरू फेरिने क्रम चलेकाले पनि सरकारको अडान, आन्दोलनकारीप्रतिको प्रस्तुतिमा स्थायित्व नभएको उनको विश्लेषण छ ।

प्रदेशभित्रै प्रदेशहरू ?
स्वायत्त मधेस प्रदेशको मागमा सरकारी सहमति जनाएपछि थारू र अन्य आदिवासी जनजाति संगठनले विभिन्न तरिकाले असहमति राखे । उनीहरूको संघर्ष चर्किंदै गएपछि अर्को सहमति गरियो, १ चैत ०६५ मा । लक्ष्मण थारू, पासाङ शेर्पालगायत आदिवासी थारू समुदाय तथा आदिवासी जनजाति महासंघका प्र तिनिधिबीच सहमति हुँदा पहिलो बुँदामा लेखियो, 'तराईका आदिवासी थारूलगायत देशका सम्पूर्ण आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक समुदायको आ-आफ्नै पहिचान छ भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ । तसर्थ, उनीहरूको स्वतन्त्र पहिचानमा बाधा पुर्‍याउने वा ओझेलमा पार्ने विद्यमान संवै धानिक तथा कानुनी व्यवस्थालाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गरिनेछ ।'

यस्ता सहमति हुँदै जाँदा धार्मिक अल्पसंख्यकले आफ्ना सरोकार व्यक्त गरे । आयोग सदस्य झाकै शब्दमा, उनीहरूका सरोकार पनि एउटा समुदायलाई विशेष व्यवहार गर्दा अर्को समूहको अधिकार र सम्मानमा दखल नपुगोस् भन्नमै केन्दि्रत छन् । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आन्दोलन चर्काएपछि सरकारले गरे को ७ जेठ ०६९ को ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्‍यो । सहमतिको बुँदा नं ६ मा लेखियो, 'नयाँ संविधानमा तराई मधेसमा बन्ने प्रदेशको नामकरण गर्दा मुस्लिमको पहिचान हुने शब्द राखी नामकरण गरिनेछ ।' यति मात्र होइन, सरकारले मध्य तराईमा मिथिला राज्यको माग गर्नेसँग त्यसैमा सहमति जनाएको छ ।  पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सम्पूर्ण भूभागलाई थरुहट कायम गर्नुपर्ने मागदेखि पूर्वमा एउटा र पश्चिममा अर्को गरी दुईवटा थरुहट हुनुपर्नेसम्मका मागप्रति सरकारले पहलकदमी लिने प्रतिबद्धता जनाएको छ ।

सुदूरपश्चिमको बेग्लै चित्र 
सुदूरपश्चिम क्षेत्रमा मात्र हेर्ने हो भने परस्पर विरोधी मागप्रति सरकारले गरेका सहमति र प्रतिबद्धताको झन् जटिल चित्र प्रस्तुत गर्छ । सुदूरपश्चिमको हिमालदेखि तराईसम्मका नौवटै जिल्ला एउटै प्रदेशमा राख्नेदेखि कैलाली र कञ्चनपुरलाई अलग स्वायत्त क्षेत्र बनाउनेसम्मका मागमा सरकारले आश्वासन बाँडेको छ ।  सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लालाई कुन प्रदेश अन्तर्गत राख्ने भन्ने विवाद मूलतः पहिचान र सामथ्र्यको आधारका पक्षधरबीच देखिन्छ । तर, पहिचानकै आधारमा गरिएका माग र सरकारले जनाएका सहमतिभित्र पस्ने हो भने थप विभिन्नता पाइन्छ ।

सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म एउटै प्रदेश हुनुपर्ने माग राखेका दुईवटा समूहसँग सरकारले अलगअलग सहमति जनाएको छ । ती दुवै समूहले प्रदेश निर्माणको आधार जातीय पहिचान हुनुपर्ने भनेका छन् । तर, समस्या के भने एउटाले पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण तराई भूभाग थरुहट हुनुपर्ने भनेको  छ भने अर्कोले मधेस प्रदेश । 

एक मधेस पक्षधर दलहरू आफ्नो दाबीका पक्षमा १३ असोज र १६ फागुन ०६४ मा सरकारसँग भएका सहमतिलाई देखाउँछन्, जुन सहमतिमा स्वायत्त मधेस प्रदेशको आकांक्षालाई स्वीकार गर्ने भनिएको छ । भलै, उक्त सहमतिमा मधेस प्रदेशको सिमाना स्पष्ट पारिएको छैन । थरुहट पक्षधर समूह सरकारसँग भएको  १३ जेठ ०६९ को सहमति अघि सार्छन् । संयुक्त लोकतान्त्रिक थारू मोर्चासँग सरकारले 'तराईको कुनै पनि भूभाग पहाडमा नमिलाउने, तराई र भित्री मधेससमेत गरी कञ्चनपुरदेखि झापासम्मलाई थरुहट मान्ने' विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संविधानसभामा प्रवेश गराउने सहमति गरेको छ ।

१० जेठ ०६९ मा थारू संयुक्त संघर्ष समितिसँग १० बुँदे सहमति गर्दै पहिलो बुँदामै लेखियो, 'कञ्चनपुरदेखि चितवनसम्म थारूवान/थरुहट प्रदेश, पर्सादेखि धनुषासम्म मध्य तराई सिम्रौनगढ प्रदेश र सिरहा-उदयपुरदेखि झापासम्म थारूवान/थरुहट कोचिला प्रदेशसहितको मागमा सरकारको गम्भीर ध्यानाकर्षण भयो ।'  तत्कालीन शान्तिमन्त्री टोपबहादुर रायमाझीले सहमतिमा सही गरेका थिए । यी सबै प्रस्ताव र सहमतिप्रति असहमति राख्दै थारूभित्रकै अर्को राना थारू संयुक्त संघर्ष समिति आन्दोलनमा उत्रियो । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा रहेका रानाथारूहरूका लागि छुट्टै प्रदेश हुनुपर्ने उसको माग थियो । त्यसलाई पनि  सरकारले निराश बनाएन । १४ जेठ ०६९ मा उक्त समूहको मागमा सहमति जनाउँदै सरकारले आन्दोलन फिर्ता गर्न लगायो । संघर्ष समितिका संयोजक एवं सभासद् प्यारेलाल राना भन्छन्, "अखण्ड सुदूरपश्चिम र अखण्ड थारूवान दुवै अवधारणा अवैज्ञानिक छन् । कैलाली-कञ्चनपुरका जनतालाई आफ्नो राजधानी  खोज्न दीपायल वा वीरगन्ज पुर्‍याउनु संघीयताकै भावनाविपरीत हुन्छ ।"

यसअघि अखण्ड सुदूरपश्चिमको आन्दोलन मत्थर पार्न उत्तरका सात जिल्लासँगै कैलाली र कञ्चनपुरलाई राखेर एउटै प्रदेश बनाउन पहल गर्ने प्रतिबद्धतामा सरकार मात्र होइन, शीर्ष राजनीतिक दलका तीन नेताहरूले संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । 

सरकारले एकअर्कामा स्पष्टतः बाझिएका, एउटा सहमति कार्यान्वयन गर्दा अरू धेरै पक्ष आक्रोशित बन्ने र सबैको चित्त बुझाउनै नसक्ने गरी यति धेरै सहमति गरेको छ कि अहिले तिनै सहमतिमध्ये कुन पालना गर्ने र कुन नगर्ने भन्नेमा राजनीति जकडिएको छ । धेरै संगठन र समूहको दाबी रहेका ठाउँमै गएर राज्य  पुनःसंरचनाको विषय अड्किएको छ । एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरिरहेका छन् । र, नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलहरूले विरोध गरिरहेका छन् । अधिकारकर्मी संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले समेत विगतका सम्झौ ता-सहमतिहरूको पालना गर्नुपर्ने सुझाव दिइरहेका छन् । तर, ती सम्झौता नै परस्पर विरोधाभासी भएपछि प्रश्न उठ्छ, कुन पालना गर्ने र कुन नगर्ने ? "परस्पर विरोधी सहमति सबै कार्यान्वयन सम्भव छैन," एमाले नेता शंकर पोखरेल भन्छन्, "विगतमा भएका सम्झौतालाई सरकारले संविधानसभालाई जिम्मा  लगाएको छ । सार्वभौम संविधानसभाले आफ्नो प्रक्रिया र विवेकका आधारमा निर्णय गर्छ ।"

पूर्वमा पनि रस्साकसी
पूर्वमा अरुणपारिका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने मागसहित आन्दोलन गर्ने समूहसँगको सहमति गर्दा स्वायत्ततासहितको प्रदेश दिने भनिए पनि त्यसको सिमाना तोकिएको थिएन । तैपनि, त्यस क्षेत्रमा क्रियाशील विभिन्न संगठनले दुईवटा सम्झौतालाई आधार मानी आ-आफ्नै तरिकाले व्याख्या गरिरहेका  छन्, संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालसँगको १८ फागुन ०६४ को र ६ चैत ०६४ मा भएको संघीय लिम्बुवान राज्यपरिषद्सँगको । तीमध्ये केही संगठन ऐतिहासिक निरन्तरता, एकता र अखण्डताको चर्चा गर्दै पूर्वका नौवटै जिल्लालाई एक प्रदेश बनाउनुपर्ने दाबी गर्छन् । यो दाबी यी तीन जिल्लालाई मधेस प्र देशमा समाहित गर्ने अवधारणासँग स्पष्ट रूपमा बाझिन्छ । अहिले त्यस्तै दाबीका कारण झापा, मोरङ र सुनसरी जिल्लालाई उत्तर-दक्षिण प्रदेशमा पार्ने कि पूर्व-पश्चिमको प्रदेशमा भन्ने विवाद बल्भिmएको छ ।

यिनै तीन जिल्लाको अलग प्रदेश बनाउने कि केन्द्रशासित क्षेत्र मान्ने भन्ने विवाद पनि राजनीतिक तहमा जारी छ । सिंगो संघीयताको विवाद पूर्वी तराईका तीन र सुदूरपश्चिमका दुई जिल्लामा गएर अड्किएको छ । यी तीन जिल्लाको भू-स्वरूप तराईका अरू जिल्लासँग मिले पनि जनसंख्या एकदमै विविध, सघन र  मिश्रति प्रकारको रहेकाले एकल पहिचानयुक्त सम्भव नहुने एकथरीको मत छ । कांग्रेस नेता शेखर कोइरालाका अनुसार कांग्रेस-एमालेले अघि सारेको सात प्रदेशको साझा खाका पनि यही मतमा आधारित छ । भूराजनीतिक संवेदनशीलताका कारण पनि उत्तर-दक्षिण प्रदेश हुनुपर्ने कांग्रेस-एमालेको दाबी छ । तर, एमाओ वादी र मधेसवादी दलहरू विगतका सहमति र सम्झौतालाई उद्धृत गर्दै मधेस प्रदेशमा रहनुपर्ने माग गरिरहेका छन् । नेताहरूका अनुसार विगतका सहमति, सम्झौता अनुसार अघि बढ्नुपर्ने बाह्य जगत्को सुझाव र दबाबले झन् अप्ठ्यारो पारेको छ । त्यसो भए कुनचाहिँ सहमति मान्ने र कुन नमान्ने त ? आयोग  सदस्य झाका शब्दमा, सहमतिका बुँदाहरूलाई बाझिएको -कन्ट्राडिक्टरी) भन्दा पनि एकअर्काका पूरक -कम्प्िलमेन्टरी) रूपमा हेर्ने हो भने समाधान आफँै निस्कन्छ । "सबैको बीचमा समन्वय खोज्नु संविधानसभाको दायित्व हो," झा भन्छन्, "सहअस्तित्व सुनिश्चित गरी सबैलाई विश्वासमा लिने काम राजनीतिक नेतृत्वले  गर्नुपर्छ । विविधता पनि हुने र एकता पनि हुने स्वरूपको खोजी आजको आवश्यकता हो । तर, अहिलेको विवाद सकारात्मक दिशातर्फ गइरहेको छैन ।" 

मधेसमा कति प्रदेश ?

एक मधेस प्रदेश र सिंगो थरुहट प्रदेशका अवधारणा र तिनमा सरकारले जनाएका सहमति त छँदै छन् । तीबाहेक सरकारले यस्ता सहमति पनि गरेको छ, त्यस अनुसार राज्यको पुनःसंरचना गर्ने हो भने तराईमै अरू स-साना प्रदेश पनि बन्नेछन् । मिथिला संघर्ष समितिसँग १२ जेठ ०६९ मा अलग प्रदेशको मागमा  सरकारले ध्यानाकर्षण भएको भन्दै उचित पहलकदमी लिने सहमति गरेको छ । मधेस प्रदेश क्षेत्रीय पहिचानको अवधारणा मान्ने हो भने मिथिला प्रदेशले भाषिक एकाइको प्रतिनिधित्व गर्छ । मधेस प्रदेशको अवधारणाले पूर्वदेखि पश्चिमको सम्पूर्ण तराई भूभागलाई सके एक, नत्र बढीमा दुइटा प्रदेशको प्रतिनिधित्व गर्छ । 

तराईमै मुस्लिम समुदायको पहिचान झल्किने गरी प्रदेशको नामकरण गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ । ७ जेठ ०६९ मा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सरकारले बुँदा नं ६ मा लेखेको छ, 'नयाँ संविधानमा तराई मधेसमा बन्ने प्रदेशको नामकरण गर्दा मुस्लिमको  पहिचान हुने शब्द राखी नामकरण गरिनेछ ।' 

अलगअलग थारू समुदायसँग गरेका अलगअलग सहमतिले तराईमा थप अरू प्रदेशको माग गर्छन् । यस्ता एकअर्कामा बाझिएका सहमति कसरी कार्यान्वयन हुन्छन्, हिजो राज्यका अधिकारी बसेर गरेका हस्ताक्षरको अवस्था के हुन्छ ? ती पालना नहुँदा कस्तो अवस्था सिर्जना हुन्छ ? अहिल्यै भन्न नसकिने अवस्था छ ।  तर, यसले संघीयताको विषयलाई झन् जटिल र संविधान निर्माणको कामलाई अनिश्चयपूर्ण भने बनाइरहेकै छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग १६ फागुन ०६४ 
मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गर्ने ।

अखण्ड सुदूरपश्चिम संघर्ष समितिसँग १ जेठ ०६९

कैलाली र कञ्चनपुरसमेत सबै नौ जिल्लामा एउटै प्रदेश रहने मागका सम्बन्धमा आवश्यक भएमा जनमत संकलन गरी निर्णय गरिने प्रतिबद्धता  

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनसँग ७ जेठ ०६९
तराई मधेसमा बन्ने प्रदेशको नामकरण गर्दा मुस्लिमको पहिचान हुने शब्द राखी नामकरण गरिने ।

 मिथिला राज्य संघर्ष समितिसँग १२ जेठ ०६९
मिथिला प्रदेशको मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको र संविधानसभामा प्रवेश गराउने । 

संयुक्त लोकतान्त्रिक थारु मोर्चासँग १३ जेठ ०६९
तराई र भित्री मधेससमेत गरी कञ्चनपुरदेखि झापासम्मलाई थरुहट मान्ने, कञ्चनपुर-चितवन एउटा र पर्सा-झापा अर्को प्रदेश बनाउने ।

रानाथारु संयुक्त संघर्ष समितिसँग १४ जेठ ०६९ 
राना स्वायत्त क्षेत्र -कैलाली-कञ्चनपुर) घोषणाको मागप्रति सरकारको ध्यानाकर्षण भएको छ । सो माग संविधानसभामा प्रवेश गराउने । 


सहमतिको खात
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको अभिलेख अनुसार विभिन्न राजनीतिक, सामाजिक, धार्मिक, पेसागत र सशस्त्र समूहसँग १ सय २ वटा सहमति भएका छन् । ती सबै सहमतिमा बुँदागत गन्ती गर्ने हो भने ८ सय २३ वटा सहमति हुन्छन् । यीमध्ये कतिपय बुँदा दोहोरिएका छन् भने कतिपय कार्यविधि, प्रक्रिया र  परिभाषासँग सम्बन्धित छन् । सहमतिका उपशीर्षक र तीअन्तर्गतका बुँदा-उपबुँदा एकएक गरी गन्ने हो भने अझ बढी हुन्छन् । उच्च राजनीतिक तहमा भएका सम्झौताबाहेक अर्थात् सरकारले मात्र ५६ समूहसँग ७२ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

सशस्त्र समूहसँग भएका सहमतिमा धेरैजसो मुद्दा फिर्ता र सजाय माफीसँग सम्बन्धित बुँदा छन् । १४ वटा सशस्त्र समूहका ३ सय ८७ जनाविरुद्धका मुद्दा फिर्ता र सजाय माफी हुनुपर्ने मागमा सरकारले सहमति जनाएको छ । हलिया मुक्ति, राहत, क्षतिपूर्ति, जागिरमा पुनःस्थापनाजस्ता विषयमा पनि सरकारले सहमति  गरेको छ । "सरकारले गर्न सक्ने धेरै काम पूरा पनि भइसकेका छन् । कतिपय पूरा हुने क्रममा छन्," मन्त्रालयका प्रवक्ता लक्ष्मीशरण घिमिरे भन्छन्, "संविधान र राज्य पुनःसंरचनासम्बन्धी सहमति कार्यान्वयन हाम्रो काबुमा छैनन् । तिनलाई संविधानसभामै पठाएका छौँ ।"


नछुट्टनिे चाहना
राज्य पुनःसंरचना दुर्गमलाई सुगममा ल्याउने, पहुँचहीनलाई पहुँचमा पुर्‍याउने र विगतको संरचनाका कमीकमजोरी सच्याउने अवसर पनि हो । तर, संघीयताको खाका कोर्दै जाँदा केही यस्ता भावना व्यक्त भएका छन्, जहाँ आफ्नो जिल्ला र क्षेत्रलाई टुक्र्याउन नहुने भन्दै आन्दोलन चर्काइएको छ । त्यस्तै एउटा आन्दो लनलाई मत्थर पार्न सरकारले लिखित सहमति नै गर्नुपरेको छ । 

प्रसंग हो, संखुवासभाको । जेठ ०६९ मा सिंगो मुलुक संविधान आउँछ कि आउँदैन, संविधानसभा रहन्छ कि रहँदैन भन्ने अन्योलमा डुबिरहेका बेला संखुवासभावासी भने नयाँ संविधान जारी भएपछि अलग-अलग प्रदेशमा परिने हो कि भन्ने चिन्तामा थिए । राजनीतिक दल, नागरिक संगठनहरू संयुक्त रूपमा आन्दोलनमा  होमिएका थिए । उनीहरूको चिन्ता दूर गर्न सरकारले संखुवासभा एकता संघर्ष समिति र सिंगो संखुवासभा जिल्ला सरोकार समितिसँग १४ जेठ ०६९ मा यस्तो सहमति गर्‍यो, 'राज्य पुनःसंरचना गर्दा संखुवासभा जिल्लालाई अखण्ड रूपमा एउटै प्रदेशमा समावेश गरियोस् भन्ने मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण  भएको छ । प्रस्तुत माग संविधानसभामा प्रवेश गराई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरियो ।'

सहमतिको गणित
जम्मा सहमति १०२
सहमतिका बुँदा ८२३
सरकारले विभिन्न समूहसँग गरेका सहमति ७२
शीर्ष राजनीतिक तहमा भएका सहमति  ३०

सशस्त्र समुह  - १४
बन्दी रिहा/मुद्दा फिर्ता गर्नुपर्ने संख्या ) ३८७
मुद्दाका प्रकृति
हत्या, अपहरण तथा शरीर बन्धक, डाँका, चोरी, हातहतियार, खरखजाना, जेल ब्रेक, वन्यजन्तु, ठगी, लागूऔषध, चोरी, चन्दा आतंक, अवैध मानव ओसारपसार तथा बेचबिखन, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ


कार्यान्वयन हुन नसक्ने कारण
पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश केशवप्रसाद मैनालीको अध्यक्षतामा गठित शान्ति तथा पुनःनिर्माण मन्त्रालय स्थापनापश्चात् भएका सहमति, सम्झौता कार्यान्वयन सिफारिस आयोग, २०७१ ले सहमति कार्यान्वयन हुन नसक्नु र कार्यान्वयन गर्दाका जटिलताबारे निम्न निष्कर्ष प्रस्तुत गरेको छ ः 

#    धेरै बुँदा नयाँ संविधानसँग सम्बन्धित भएको ।

#    संविधानसम्बन्धी बुँदाहरू आपसमा बाझिएको ।

#    केही बुँदा पूरा गर्न विद्यमान ऐन परिमार्जन तथा नयाँ ऐन बनाउनुपर्ने । 

#    छिटोछिटो सरकार परिवर्तन । 

#    वार्तामा बस्ने कर्मचारी र पदाधिकारी परिवर्तन । 

#    वार्तामा बस्ने समूहहरू नै आपसमा टुटफुट । 

#    सरकारकै विभिन्न निकायबीच समन्वयको अभाव ।

#    सरकारका तर्फबाट वार्तामा बस्नेहरूबीच आवश्यक गृहकार्य र छलफल नभई हतारमा सम्झौता हुनु । 

#    केही सम्झौता तत्काल कार्यान्वयन गर्न सकिने भए पनि सरकारी निकायहरूको उदासीनता । 

#    केही सम्झौता तत्कालीन तातिएको अवस्थालाई थामथुम पार्न गरिएजस्तो देखिएको ।


टिप्पणी
पछाडि र्फकने कि अगाडि बढ्ने ?
  • नीलाम्बर आचार्य
सहमतिको कुरा गर्ने हो भने विगतको मात्र होइन, तत्कालका सहमतिको पनि गर्नुपर्छ । जो भर्खरैका सहमति मान्न आनाकानी गरिरहेका छन्, तिनैले विगतका सहमतिको दुहाई दिइरहेका छन् । संविधानसभाले विधिवत् रूपमा गरेका सहमति तोड्ने अनि आफू अनकूल विगतका सहमतिका बुँदा खोज्दै जाने हो भने कहिल्यै  प्रक्रिया टुंगिँदैन । 

अहिले सहमतिको कुरा गर्नेहरूले किन २ जेठ ०६९ को सहमति तोडे ? किन ५ माघको सहमति तोडे ? किन ६ महिनासम्म सहमतिको प्रयास गर्ने, त्यसपछि प्रक्रियाबाट अघि बढ्ने भन्ने आफ्नै प्रतिबद्धताबाट पछि हटे ? संविधानसभाको पूर्ण बैठकले दिएका निर्देशन र आफँैले गरेका सहमतिलाई किन बारम्बार कुल्चेर  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई निर्णयहीन बनाइयो ? त्यसैले अहिले विगतका सहमति अनुसार हुनुपर्‍यो भन्नुको अर्थ एमाओवादीले भनेजस्तो उसको सुविधा अनुसार हुनुपर्‍यो भनेको हो । एमाओवादीभित्रैबाट नेतृत्वलाई असफल बनाउने खेल अन्तर्गत यस्तो स्वरलाई झन्झन् चर्काइँदै छ । 

संविधान बनाउने सरकारले होइन । संविधानसम्बन्धी सहमति सरकारले गरेको छ भने त्यो संविधानसभालाई जानकारीका लागि मात्र हुन्छ । सार्वभौम संविधानसभाले स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । हिजो अन्तरिम संविधान बनाउँदाखेरि नै आगामी संविधानका मूलभूत सिद्धान्तमा सहमति गरौँ अनि मात्र स ंविधानसभाको निर्वाचनमा जाऔँ भन्दा पनि यस्तै तर्क गरिएको थियो । निःसर्त संविधानसभाको निर्वाचन गर्नुपर्ने नारा नै बनाइएको थियो । संविधानसभाजस्तो सार्वभौम संस्थालाई निर्देश गर्न मिल्दैन भनिएको थियो । त्यसो हो भने अहिले किन संविधानसभालाई सर्तहरू लाद्ने ? किन बाहिरबाट निर्देश गर्ने ? किन स ंविधानसभाबाट निर्णय गर्न नदिने ? 

त्यसैले अब ०६२ को सोचबाट होइन, ०७२ को सोचबाट हेर्नुपर्छ । विगतकै कुरामा रुमलिने हो भने त्यो यथास्थितिवादी सोच हुन्छ । नेपाली समाजको चरित्र र गतिशीलता हेर्ने हो भने हरेक १० वर्षको अन्तरालमा नयाँ आन्दोलन र परिवर्तनका माग भएका छन् । त्यसैले अब पछाडि र्फकने कि ०७२ सालभन्दा अगाडि  हेर्ने ? अन्तर्राष्ट्रिय क्षेत्रमा दीर्घकालीन सन्धिसम्झौता सरकारले नै गरेको रहेछ भने पनि संसद्बाट अनुमोदन गराउनुपर्छ । फेरि घरभित्रैका विषयमा भएका सहमति र सम्झौताहरूमा त झन् आफ्नो सार्वभौम संविधानसभालाई किन निर्णय गर्न नदिने ? हतारमा, अप्ठ्यारोमा पारेर, पर्याप्त गृहकार्य नगरी, अन्य सरो कारवालाको मत नबुझी पनि सहमति गरिएको छ । के ती सबै सहमति कार्यान्वयन गर्न सम्भव छ ? पक्कै छैन । त्यसैले विगतका सहमतिलाई सन्दर्भ सामग्रीका रूपमा लिएर संविधानसभाको सार्वभौमसत्ताको सम्मान गर्दै स्वविवेकले निर्णय गर्न दिनुपर्छ ।
(आचार्य पहिलो संविधानसभाको संवैधानिक समिति सभापति हुन् ।) अंक ६३४ | २०७१ फाल्गुन १०

Sunday, September 18, 2011

मधेसमा डलर वर्षा

राज्यलाई बाइपास गरी चलाइँदै छन् परियोजना

रामबहादुर रावल


डेनमार्कको अन्तर्राष्ट्रिय विकास नियोगद्वारा सञ्चालित मानव अधिकार तथा सुशासन (डानिडा-ह्युगो) कार्यक्रम अन्तर्गत तराईलाई लक्षित गरेर ६० लाख युरो अर्थात् ६२ करोड ४० लाख रुपियाँको परयिोजना पाएको छ, मधेस इनिसिएटिभ नामक परयिोजनाले। तराई/मधेसलाई लक्षित गरेर विदेशी दातृ नियोगले ल्याएको अहिलेसम्मकै ठूलो कार्यक्रम हो यो। मधेसी मूलका नागरकिले नेतृत्व गरेका गैरसरकारी संस्थालाई मात्रै सहयोग र प्रवर्द्धन गरनिे यस कार्यक्रमको मूल लक्ष्य मधेसमा सशक्त नागरकि समाज अर्थात् 'क्रिटिकल मास' तयार गर्नु रहेको छ। त्यसका लागि सरकार र राजनीतिक दलहरूका नीति तथा कार्यक्रममा समेत 'नागरकिका तहबाट हस्तक्षेप' गरनिेछ। यद्यपि, यस परयिोजनाबारे औपचारकि जानकारी दातृ निकाय र कार्यान्वयन गर्ने संस्थाका तर्फबाट सार्वजनिक गरिएको छैन।

दुई वर्षअघि नै यस परयिोजनाको सोच बनाइए पनि मधेसी नेतृत्वकै गैरसरकारी संस्था -एनजीओ)को खोजीमा डानिडा-ह्युगोले लामो समय खर्च गर्‍यो। डेढ वर्षअघि नेपाल मधेस फाउन्डेसन -नेमाफ)सँग सम्पर्क भएपछि उसले त्यस फाउन्डेसनलाई आवश्यक कागजात तयार गर्न सिकाइदियो। मधेसका मुद्दा पहिचान गर्न र तिनलाई सम्बोधन गर्ने कार्यक्रम सिफारसि गर्ने जिम्मा पनि नेमाफलाई नै दियो। मुद्दा पहिचान गरी मधेसी नेतृत्वका हरेक जिल्लाका दुईदेखि तीन गैरसरकारी संस्था -एनजीओ)मार्फत काम गर्न सुझाव नेमाफले दियो। नेमाफले अन्य सात एनजीओलाई स्थानीय साझेदार बनायो। यस परयिोजना अनुसार मधेसी मूलका नागरकिले नेतृत्व गरेका सातवटा स्थानीय एनजीओहरूलाई सुरुमा सात-सात लाख रुपियाँका दरले बाँडिनेछ। सामाजिक सद्भाव, सुशासन र सुरक्षा गरी तीनवटा विषयगत क्षेत्रमा ती एनजीओहरूले बहसपैरवी गर्नेछन्।

मधेसी समुदायको सशक्तीकरण, सुरक्षा, द्वन्द्व समाधान, आर्थिक विकासलगायतका नाममा आएको यो परयिोजना एक्लो भने होइन। केही समययता तराईमा विदेशी दातृ नियोग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था -आईएनजीओ)हरूले आफ्नो सक्रियता बढाएका छन्। नेपालको दातृसमुदायको कुनै पनि त्यस्तो सदस्य छैन, जसले तराई/मधेसमा चासो नदेखाएको होस्। अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखाका एक अधिकारीका भनाइमा, अहिले सबै दातृ निकायको 'फोकस' तराई हुने गरेको छ। त्यसैले उनीहरू हरेक सहायता सम्झौताका क्रममा आफ्नो दातव्यलाई तराईमा लगाउन जोड दिने गरेका छन्। सरकारले प्रस्ताव गरेको कार्यक्रममा समेत उनीहरूले पहिला तराईमा लगानीको प्रस्ताव छ/छैन भनेर हेर्छन्।

स्वीट्जरल्यान्ड, नर्वे, डेनमार्क, अमेरिकालगायत मुलुकका नेपालस्थित दूतावासले तराईका विभिन्न संस्था र व्यक्तिहरूलाई आर्थिक अनुदान दिएर मानव अधिकार, सशस्त्र द्वन्द्व, संघीयता, सामाजिक सद्भाव, शान्ति, सुरक्षाजस्ता विषयमा बहस पैरवी गर्न लगाएका छन्। जस्तो : स्वीस दूतावासले तराई ह्युमन राइट डिफेन्डर एलाइन्स नामक संस्थालाई अनुसन्धान र तीन-तीन दिनका दुईवटा तालिम आयोजन गर्न भनेर ३४ हजार २ सय २२ अमेरिकि डलर अर्थात् करिब २५ लाख रुपियाँ सहयोग दिएको थियो। त्यस्तै, स्वीसलगायत अन्य दूतावासहरूले लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्थालाई मानव अधिकारसम्बन्धी प्रतिवेदन निकाल्न बेलाबेलामा आवश्यकता अनुसार सहयोग गर्दै आएका छन्।

बेलायतको एक अनुसन्धाता कम्पनी केएआईले पनि तराईलाई नै रोजेको छ। उसले तराईका २० जिल्लामा बृहत् अनुसन्धान गर्दैछ। त्यसका लागि ऊ स्थानीय साझेदारको खोजीमा छ। स्वीट्जरल्यान्डको स्मल आम्र्स सर्भे नामको एनजीओ पनि तराई क्षेत्रको द्वन्द्व र साना हतियारबारे अनुसन्धानको काम गररिहेको छ। नेपालस्थित कुनै पनि विदेशी दूतावास तराई क्षेत्रमा आफ्नो उपस्थिति जनाउन पछि परेको छैन। अमेरिकाले तराई क्षेत्रमा सशस्त्र प्रहरीलाई चौकी बनाउन सहयोग गररिहेको छ।

०६३ को मधेस आन्दोलनपछि दातृ समुदायको ध्यान तराईमा बढी केन्दि्रत भएको हो। मधेसी जनअधिकार फोरम नामक एनजीओको नेतृत्वमा उठेको उक्त आन्दोलन सम्भवत: नेपालकै इतिहासमा पहिचानको मुद्दा उठाएर गरिएको सबैभन्दा ठूलो आन्दोलन थियो। उक्त आन्दोलनपछि उदाएका करबि एक सयवटा फरकफरक नाममा सशस्त्र समूहहरूको गतिविधिले असुरक्षा बढ्दा झन् ध्यानाकर्षण गर्‍यो। नेमाफका कार्यकारी निर्देशक तुलानारायण साहको भनाइमा मधेस आन्दोलनपछि सरकारी नीति निर्माता र दातृ समुदायको मधेसप्रति हेर्ने दृष्टिकोण नै फेरिएको छ। "राष्ट्रिय योजना आयोगले अन्तरमि योजनामा मधेसका लागि छुट्टै परच्िछेद राखेको छ," मधेस आन्दोलनको सकारात्मक प्रभाव उल्लेख गर्दै साह भन्छन्, "मधेसका मुद्दालाई योजना आयोगले मसिनो तरिकाले केलायो। मधेसी विज्ञ र प्रतिनिधिसँग छुट्टै छलफल गर्‍यो। विकास मञ्चमा मधेसी प्रतिनिधि राख्न थालियो।"

मधेसीको पहिचान र विकासतर्फ विदेशी नजरहरू केन्दि्रत हुन थालेका हुन्। एक हिसाबले तराईमा विदेशी सहायताको ओइरो नै लागेको छ र यसलाई तराईमा विदेशीको बढ्दो उपस्थितिका रूपमा पनि हेर्न सकिन्छ। वैदेशिक सहायताको बढ्दो परिमाणसँगसँगै यसले राज्यका विधि, व्यवस्था र नीतिलाई चुनौती दिएको छ। यसको दीर्घकालीन प्रभावबारे पर्याप्त अध्ययन र बहस भने भएको छैन।


राज्यलाई बाइपास
बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग -डीएफआईडी)ले पूर्वी तराईका छ जिल्लामा मधेस कम्युनिटी मेडिएसन नामक परयिोजना सञ्चालन गररिहेको छ। इनेबलिङ् स्टेट प्रोग्राम -ईएसपी) अन्तर्गत सञ्चालित यस परयिोजनालाई अल्टरनेटिभ डिस्प्युट रजिोलुसन -एडीआर) बेन्चसमेत नाम दिइएको छ। समुदायमा हुने सानाठूला झैझगडादेखि आपराधिक घटनासम्म गाउँमै मेलमिलाप गराउनु, प्रहरी र अदालतमा यो कुरा पुग्न नदिनु नै यसको मूल उद्देश्य हो। तराई क्षेत्रमै कार्यरत कतिपय मानव अधिकारकर्मीले यसलाई 'एनजीओको जनअदालत'समेत भन्ने गरेका छन्।

सर्वोच्च अदालतलगायत मुलुकका ७९ वटा अदालतका परसिरभित्रै मेलमिलाप केन्द्र सञ्चालन भइरहेका बेला विदेशी दातृ निकायले बाहिरै जनअदालत शैलीमा न्यायप्रणाली सञ्चालन गर्न खोज्नुलाई समानान्तर राज्यको अभ्यास भन्दै न्याय क्षेत्रबाट धेरैपटक आलोचनासमेत भएको छ। यस कार्यक्रमको समीक्षा र मूल्यांकनमा संलग्न स्रोतका अनुसार धेरै ठाउँमा यसका लागि आउने रकम दुरूपयोग भएको पाइएको छ। सशस्त्र समूहहरूसम्म पनि रकम पुग्ने गरेको देखिएको स्रोतको भनाइ छ। सप्तरी, सिराहा, महोत्तरी, धनुषा, रौतहट र सर्लाही जिल्लामा सञ्चालित यस परयिोजनालाई मानव अधिकार तथा समुदाय विकास प्रतिष्ठान, नेपाल -हुकोडान)मार्फत लागू गरिएको छ। हुकोडानले अरू पाँचवटा स्थानीय एनजीओलाई साझेदार बनाएको छ। नौ करोड रुपियाँभन्दा बढी बजेट रहेको यस परयिोजनामा तीन वर्षको अवधिमा ७ करोड ६० लाख रुपियाँ खर्च भइसकेको छ।

डीएफआईडीले भने सर्वोच्च अदालतको रणनीतिक योजनालाई सघाउ पुर्‍याउन र स्थानीय स्वायत्त शासन ऐनसमेतका आधारमा यो परयिोजना सञ्चालन गरेको लिखित जवाफ नेपाललाई पठाएको छ। नेपाललाई पठाइएको प्रतिक्रियामा 'औपचारकि न्यायप्रणाली सुस्त तर खर्चिलो भएकाले त्यसमा सुधार नआउन्जेल समुदायमै छिटाछरतिो समस्या समाधान गर्न' यो परयिोजना लागू गरिएको उल्लेख छ। सर्वोच्च अदालतबाट हालै निवृत्त भएका रजिस्ट्रार रामकृष्ण तिमल्सेना भने यो परयिोजना र मुलुकको न्यायप्रणालीबीच कुनै तारतम्य नरहेको बताउँछन्। भन्छन्, "हामीसँग कहिल्यै पनि छलफल र समन्वयको प्रयास गरिएको छैन। हाम्रो रणनीतिक योजनालाई सघाउने हो भने त हाम्रो सल्लाहमा काम हुनुपथ्र्यो।"

उल्लंघन नै उल्लंघन

वैदेशिक सहायतासम्बन्धी राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मान्यतालाई समेत लत्याएर केही दातृ निकाय र आईएनजीओहरू तराईमा पसेका छन् भने कतिपय पस्ने क्रममा छन्। यसको ताजा उदाहरण हो, बेलायती एनजीओहरू सेफरवल्र्ड र इन्टरनेसनल अलर्टले सुरु गरेको न्याय र सुरक्षा प्रणाली सुधारमा योगदान पुर्‍याउनका लागि नागरिक समाजको सशक्तीकरण परयिोजना। बेलायत सरकारले नेपाल सरकारसँग औपचारकि रूपमा सम्झौता गरी सहयोग गर्ने घोषणा गरेको रकम कटाएर डीएफआईडीले आफ्नै देशका दुई एनजीओलाई दिने भएको छ। यसरी सरकारसँग सम्झौता गरसिकिएको -जसलाई इयर माक्र्ड मनी भनिन्छ) रकम विदेशी संस्थालाई दिनु सरकारको वैदेशिक सहायता नीतिको मात्रै उल्लंघन होइन, वैदेशिक सहायतासम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरू आक्रा एजेन्डा फोर तथा पेरसि पि्रन्सिपल डिक्लारेसनको समेत उल्लंघन मानिन्छ। नेपाललाई दिने भनेर प्रतिबद्धता जनाइएको रकम नेपालकै सरकारी वा गैरसरकारी निकायमार्फत खर्च गरनिुपर्नेमा डीएफआईडीले विदेशी संस्थालाई दिने भएको हो। तराईको नागरकि समाजलाई सशक्त बनाएर सुरक्षा तथा न्यायप्रणालीलाई सहयोग गर्ने भन्दै ल्याइएको यस परयिोजनामा सुरुको चरणमा ९ करोड ४० लाख रुपियाँबराबर बजेट खर्चिने भएको छ।

अझ यी आईएनजीओले नेपालमा आएर बजेट संकलन गर्न नपाइने, विदेशबाटै कम्तीमा एक लाख अमेरिकि डलरबराबर रकम वाषिर्क रूपमा ल्याउनुपर्ने नियमको समेत उल्लंघन गर्दै आएका छन्। सेफरवल्र्डलाई नै उदाहरणका रूपमा लिने हो भने वाषिर्क कम्तीमा १२ लाख अमेरिकि डलरबराबरको बजेट नेपालमै उठाएर तराई क्षेत्रमा विभिन्न परयिोजना सञ्चालन गररिहेको देखिन्छ। सामुदायिक सुरक्षा र प्रहरी सुधार परयिोजनामा मात्रै उसले स्वीस अन्तर्राष्ट्रिय विकास नियोग -एसडीसी) बाट तीन लाख युरो, डीएफआईडीबाट चार लाख पाउन्ड र नर्वेले एक लाख युरो सेफरवल्र्डलाई दिएको छ। यो संस्था बढीजसो तराईको द्वन्द्व, सुरक्षालगायत विषयमा अनुसन्धानका काममा बढी केन्दि्रत छ।

यसरी संकलन गरिएको विदेशी सहयोगको निश्चित प्रतिशत ती संस्थाले आफ्नो मुख्यालयमा पठाउने गरेका छन्। जबकि, कुनै पनि आईएनजीओ वा विदेशी संस्थाले नेपाललाई घोषणा गरसिकेको रकम यसरी विदेश पठाउन बर्जित छ। त्यस्तो रकम विदेशी नागरकिलाई तलब खुवाउनका लागि समेत खर्च गर्न नपाइने सम्झौतामा सही गरेर मात्रै यस्ता परयिोजना लागू हुन्छन्। तर, व्यवहारमा यो लागू हुन सकेको छैन। तराई लक्षित कार्यक्रममा यो प्रवृत्ति अझ कहालीलाग्दो स्वरूपमा देखिएको यस क्षेत्रका विज्ञहरू बताउँछन्।

विदेशीलाई नै विज्ञका रूपमा बोलाउने, उनीहरूले नै गाउँगाउँमा गएर तालिम दिने, परयिोजना म्यापिङ्, डिजाइन र मूल्यांकन गर्ने प्रवृत्ति पनि उत्तिकै छ। विदेशीसँग अन्तर्वार्ता गर्दा नेपालीले अतिरञ्जित अवस्था देखाउने, दोहोरो संवाद नहुने कारणले यथार्थभन्दा बढी भयावह चित्र विदेशीका रपिोर्टमा देखिने, ती विज्ञमार्फत विदेशी सहायता विदेशमै फर्किने समस्या छ। अर्कोतिर विभिन्न बहानामा तराई क्षेत्रमा विदेशीहरू किन ओइरो लाग्दै छन् भन्ने प्रश्न पनि निरुत्तरति छन्। "जहाँ द्वन्द्व हुन्छ, त्यहीँ बढी दाताहरू ओइरिन्छन्। बढी बजेट खर्च गर्नुपर्‍यो, काम देखाउनुपर्‍यो," राजनीतिशास्त्रका सह-प्राध्यापक लालबाबु यादव भन्छन्, "यस्ता ठाउँमा राज्यको अनुगमन र नियन्त्रण कम हुने भएकाले मन लागेको गर्न पाइन्छ।" कतिपय परयिोजना र क्रियाकलाप हेर्दा यादवको भनाइलाई नकार्न सकिने अवस्था पनि छैन।

यस्तो पनि ...

राजनेता कसरी बन्छ, कसले बनाइदिन्छ भन्नेबारे राजनीतिशास्त्रमा अनेकथरी अवधारणा छन्। तर, नेपालमा दातृ निकायहरूले फरक मान्यता स्थापित गर्न खोज्दै छन्, नेतृत्वको विकासबारे। जस्तो कि मुलुकका सबैजसो वैदेशिक सहायता नियोगहरूको सामूहिक पहलमा 'ज्वाइन्ट मेकानिज्म फर पोलिटिकल पार्टी सपोर्ट इन नेपाल' अर्थात् राजनीतिक दललाई सहयोग गर्ने संयुक्त संयन्त्र निर्माण गरिएको छ। र, पार्टीहरूलाई समावेशी बनाउने भन्दै जातीय-क्षेत्रीय उत्पीडनमा रहेका समुदायबाट उनीहरूले सक्षम नेता उत्पादन गरििदनेछन्। यस्तो समुदायको आकार ठूलो रहेको क्षेत्रबाट यो कार्यक्रम सुरु गरनिेछ।

जुनसुकै पार्टीका कार्यकर्ता भए पनि जातीय/जनजातीय पहिचानका आधारमा छनोट गरी तालिम दिइने भएको छ। सुरुमा साढे ३ करोड डेनिस क्रोनर अर्थात् हालको विनिमय दर अनुसार ४० करोड रुपियाँ बजेट डेनिस इन्स्िटच्युट फर पार्टिज् एन्ड डेमोक्रेसी नामक संस्थामार्फत खर्च गरिंदैछ। यसमा विस्तारै अन्य दातृ नियोगहरूले पनि आर्थिक योगदान गर्ने सहमति भएको स्रोतको भनाइ छ। जातीय आधारमा छानीछानी नेता बनाउने विदेशी दाताहरूको योजनाप्रति यहाँका राजनीतिक दल वा सरकारी अधिकारीको प्रतिक्रिया के हुन्छ, हेर्न बाँकी छ।

जातीय मूल हेरेरै वैदेशिक सहयोग बाँड्ने चलन भने यसअघि नै बसिसकेको छ। जस्तो कि, यूएनडीपीको सहभागितामूलक संविधान निर्माण परयिोजना अन्तर्गत 'डेमोक्रेसी डाइलग' नामको अन्तरक्रिया गराउन मुलुकका १५ वटा गैरसरकारी संस्थाहरूका जातीय/क्षेत्रीय सञ्जालहरूलाई करबि साढे दुई करोड रुपियाँ बाँडिएको थियो भने क्यानाडाली अन्तर्राष्ट्रिय विकास नियोग -सिडा)ले नेपालमा लोकतान्त्रिक विकास सहयोग कोष अन्तर्गत करबि १२ करोड रुपियाँ नेपालकै विभिन्न १९ वटा जातीय/क्षेत्रीय र पेसागत एनजीओका सञ्जाललाई बाँडेको थियो। त्यसबाहेक एसडीसीले मधेसी एनजीओ फेडरेसनलाई छुट्टै एक करोड रुपियाँबराबर सहयोग दियो। त्यस बजेटबाट फेडरेसनले सुझाव संकलन गरी मधेसी सभासद्हरूको समूह -ककस)लाई पेस गरेको थियो। त्यही कार्यक्रममा मधेसी सभासद् समूहका १९ सभासद्लाई आफ्ना मुद्दामा एकमत हुन हस्ताक्षर गराइएको उक्त फेडेरेसनको आधिकारकि वेबसाइटमा उल्लेख छ।

विदेशी दाताहरूको नियतमा तुरुन्त शंका गरहिाल्नु उचित हुँदैन। तर, राज्यलाई नै बाइपास गरेर प्रचलित अन्तर्राष्ट्रिय मान्यतालाई समेत ध्यान नदिई कार्यक्रमहरू सञ्चालन गर्नु भने सोचनीय कुरा हो। विदेशी दातृ निकाय र आईएनजीओहरूले यसतर्फ ध्यान दिए उनीहरूले चाहेको प्रतिफल अझै सुनिश्चित हुने पक्का छ। 



तराईमा सक्रिय विदेशी संस्था

- संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीहरू

- बेलायती नियोग -डीएफआईडी)

- अमेरिकी नियोग -यूएसएआईडी)

- डेनिस नियोग -डानिडा)

- फिनिस नियोग -फिनिडा)

- नर्वेली नियोग -नोराड)

- क्यानाडाली नियोग -सिडा)

- स्वीस नियोग -एसडीसी)

- जर्मन सहयोग नियोग -जीटीजेड, हाल

जीआईजेड)

- युरोपेली युनियन

- इन्टरनेसनल बार एसोसिएसन

- इन्टरनेसनल कमिसन अफ जुरिस्ट

- सेफरवल्र्ड -बेलायती आईएनजीओ)

- इन्टरनेसनल अलर्ट -बेलायती

आईएनजीओ)

- एसिया फाउन्डेसन -अमेरिकी

आईएनजीओ)

- यूएसआईपी -अमेरिकी आईएनजीओ)

- ट्राइल -स्वीस एनजीओ)

- स्मल आम्र्स सर्वे -स्वीस एनजीओ)

- केएआई -बेलायती रिसर्च कम्पनी)