Sunday, October 14, 2012

दमदार १० गाउँ

नेपाली ग्रामीण बस्तीका समृद्धि कथा

In English (Summary) Moving up the ladder




कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति।
          . . .
भाग्य लहरमा लहरी लहरी
पुगेँ यस मरुस्थलमा कसरी ?

गाउँ र सहरलाई कवि सिद्धिचरण श्रेष्ठले स्वर्ग र मरुभूमिसँग तुलना गरेका छन्। र, ओखलढुंगाजस्तो सुन्दर गाउँमा जन्मेको व्यक्ति कसरी काठमाडौँजस्तो मरुस्थलमा आइपुगियो भनेर उनले खेद व्यक्त गरेका छन्। गाउँप्रति यस्तै आस्था महाकवि लक्ष्मीप्रसाद देवकोटामा पनि थियो। उनीहरूले गाउँलाई सुख, हर्ष, सन्तुष्टि, निर्दोषपना, ईश्वर बस्ने ठाउँ, स्वर्ग आदिका रूपमा व्याख्या गरेका छन्। 

तस्बिर र साहित्यमा देखाइने गाउँका सुन्दर दृश्यभित्र कष्टकर जीवनको अर्को पाटो पनि छ। कविहरूका यी रुमानी वर्णनभित्र कैयौँ नेपालीले आधारभूत सुविधाबाट वञ्चित भएर जीवन बाँचे। कैयौँ नेपाली आफ्नो गाउँ अर्थात् थातथलो छाडेर नयाँ अवसरको खोजीमा भौँतारएि। 

अब गाउँमै समृद्धि, सुख र खुसी खोज्ने क्रम सुरु भएको छ। कतिपय यस्ता गाउँ छन्, जसले गाउँमै सुख र समृद्धि सम्भव छ भन्ने प्रमाणित गरििदएका छन्। धेरै गाउँ र गाउँलेहरू आफ्नो जीवनलाई समृद्ध बनाउन जुर्मुराएका छन्। सहरका सुविधालाई गाउँमा पुर्‍याउन तम्सिएका छन्। प्राकृतिका मनोरम दृश्यहरूलाई जोगाइराख्ने, समाज र संस्कृतिका मौलिकताको संवर्द्धन र परष्िकार गर्ने धुनमा लागेका छन्। आफूसँग भएका प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दैै तिनलाई आर्थिक उपार्जनको माध्यम बनाउन तल्लीन छन् उनीहरू। 

वनका फूल, लहरा, पहरा र छहराले आज कविहरूलाई मात्रै होइन, सात समुद्रपारकिा पर्यटकलाई बोलाइरहेका छन्। र, ती पाहुनालाई स्वागत गर्न गाउँलेहरू एकजुट भएका छन्, कतै होमस्टे बनाएर, कतै पुराना पोसाक र नृत्यहरू चलाएर त कतै गैँडाका वासस्थान जोगाएर। 

असोजको पहिलो साता सिंहदरबारस्थित स्थानीय विकास मन्त्रालयमा भेटिएका सिन्धुपाल्चोक, धुस्कुन गाउँका अगुवा आफ्नो गाउँको विकास कसरी गर्न सकिन्छ भनेर मन्त्रालयका पदाधिकारीसँग राय-सल्लाह माग्दै थिए। आफैँ सक्रिय नभएसम्म र मिलेर काम नगरेसम्म आफ्नो गाउँको विकास गर्न सकिन्न भन्ने निष्कर्षमा पुगेका धुस्कुनवासीले अहिले गाउँको विकास गर्न विभिन्न संरचना बनाएका छन्। पशु समिति, सडक समिति, शिक्षा समिति, यातायात समिति, सहकारी अभियान समिति, सिँचाइ समिति, विद्युतीकरण र सञ्चार समिति, वन तथा वातावरण समिति ।

मोटरबाटो पुगेका कतिपय गाउँका बासिन्दाले त्यसको फाइदा लिन नसक्दा योजनाविद् पीताम्बर शर्मालाई चिन्तित बनाइरह्यो। यो केही वर्षअघिको कुरा थियो। तर, अहिले जहाँजहाँ मोटरबाटो पुग्छ, त्यहाँ झुप्प बस्ती बस्न थाल्छ। बाटोका दायाँबायाँ घर बन्न थाल्छन्। करेसाबारीले व्यवसायको रूप लिन्छ। विद्यालयमा चहलपहल बढ्न थाल्छ। "यसबाट के बुझिन्छ भने आज हरेक गाउँ सहरसँग जोडिन खोजिरहेको छ," शर्मा भन्छन्, "नयाँ सम्भावना र सुविधाका लागि गाउँ छटपटाइरहेको छ।" समग्र मानवीय र सामाजिक विकासका लागि जागेको यो गाउँले हुटहुटी राष्ट्रिय समृद्धिका लागि महत्त्वपूर्ण ऊर्जा साबित हुन सक्छ।

आफ्नो गाउँ बनाउन आफँै कस्सिने लहर धेरैतिर फैलिएको छ। आफ्नै प्रयासमा समृद्ध बनाउने अभियानहरू सुरु भएका छन्। रैथाने सम्भावनाहरूको खोजी गर्ने, स्थानीय उत्पादनलाई बजारमुखी बनाउने र सामूहिक प्रयत्नद्वारा गाउँको अनुहार फेर्न थालिएका स्थानीय प्रयासमा केही गाउँले आफूलाई अब्बल साबित गरसिकेका छन् -हेर्नूस्, केही नमुना गाउँ)। 

गाउँमै अर्थोपार्जनका नयाँ सम्भावना खोज्ने प्रयासकै कारण नेपाली गाउँहरूमा गजबको परविर्तन भित्रिएको छ। त्यस्ता परविर्तनले नेपाली गाउँहरू आशाका केन्द्र मात्रै बनेका छैनन्, राष्ट्रिय विकासमा समेत उनीहरूले योगदान पुर्‍याएका छन्।

पूर्वमुख्यसचिव विमल कोइराला गाउँहरूकै कारण नेपाल असफल राष्ट्र बन्नबाट जोगिएको बताउँछन्। भन्छन्, "सहरले ठूला र राजनीतिक परविर्तनका कुरा गर्लान् तर सानो परविर्तनले समुदायको आर्थिक र सामाजिक अवस्थामा परविर्तन ल्याउने काम भने गाउँहरूले नै गररिहेका छन्।" धुस्कुन गाउँलाई हेर्ने हो भने कोइरालाको भनाइमा विमति राख्ने ठाउँ छैन।

गाउँमा धारा, बिजुली, शिक्षा र स्वास्थ्यका पूर्वाधार बढ्दै छन्, ती पनि समुदायकै प्रयासमा। यसले ग्रामीण अर्थतन्त्र माथि जाने बाटो मात्र छ, तल कुनै हालतमा जान सक्दैन भन्नेमा अर्थशास्त्रीहरू ढुक्क छन्। नमुना गाउँ निर्माणको अभियानमा रहेका मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराल पनि नेपालका गाउँहरू सम्भावनाका खानी भएको बताउँछन्। भन्छन्, "स्थानीय सम्भावनालाई चिनाउने र त्यसबाट अर्थोपार्जन गर्न सकिन्छ भनेर बुझाउन मात्रै सकियो भने गाउँहरू आफैँ परविर्तनको बाटो पहिल्याउन सक्छन्।" 

नेपाली समाजमा सामुदायिक संगठनहरूको भूमिका थप प्रभावकारी देखिएको छ। प्राकृतिक स्रोतको संरक्षणमा सामुदायिक वन उपभोक्ता समितिले देखाएको उदाहरण, सहकारी संस्थाहरूले कृषिमा पुर्‍याएको योगदान, आमा समूहले रोकेको सामाजिक विकृति, कतिपय विद्यालय व्यवस्थापन समितिले शैक्षिक गुणस्तर सुधार र सुलभ आधुनिक शिक्षाका निम्ति देखाएको पहलकदमीले समेत हाम्रा गाउँहरूको शक्ति र सामथ्र्य देखाएका छन्। आमा समूह, महिला सहकारी, सामुदायिक वनजस्ता अभियानहरूले परम्परागत गाउँका अनुहार फेरििदएको छ। महिलाहरूको सामूहिक सक्रियता, संगठन र रैथाने ज्ञानको उपयोगद्वारा गाउँहरू गतिशील बनेका छन्। गाउँ समृद्ध र विकसित भएपछि सहर बन्ने हो। तर, गाउँको मौलिकता कायमै राखेर स्थानीय कला, संस्कृति र परम्परामै समृद्धि खोज्न सक्ने सामथ्र्य पनि नेपाली गाउँहरूले प्रमाणित गरििदएका छन्। यसले नेपाली गाउँको शक्ति र सामथ्र्य प्रदर्शन गरििदएको छ। तर, सबै गाउँ यस्तै छैनन्। यी उदाहरणलाई अरूले पनि पछ्याउने हो भने गाउँबाटै राष्ट्रिय समृद्धिको धुन बज्ने दिन धेरै टाढा छैन। 

जस्तो नारा, उस्तै काम : डल्ला (बर्दिया)
गाउँको नारा छ, सबै घरपरविार, एक न एक रोजगार। नारालाई सार्थक बनाउन बेरोजगारलाई आयमूलक र सीपमूलक तालिम दिइन्छ। दुई वर्षदेखिको यो अभ्यास यति प्रभावकारी बनेको छ कि गाउँमा कोही बेरोजगार बस्नुपरेको छैन। रोजगारीका लागि गाउँ छाड्नुपरेको छैन। १ सय ५ घरपरविार भएको डल्ला गाउँमा महिला र पुरुष हेयर कटिङ्, ढकिया बुनाइ, पर्यापर्यटन, माछा पालन, कुखुरा पालन, ब्युटीपार्लर, सिकर्मी र डकर्मी तालिम बेलाबेला भइरहन्छन्। 

कुनै बेला दिनदहाडै भट्टी पसल चहार्ने र बाटामा डुक्रँदै हिँड्ने पुरुषहरू यस गाउँका परचिायक थिए। अचेल सबै आ-आफ्नो व्यवसायमा व्यस्त हुने भएपछि तास र रक्सीमा जम्ने फुर्सद कसलाई ? त्यसमाथि गाउँलेले नियमै बनाएका छन्, रक्सी र जुवाको कुलतमा लागेको कोही भेटिए ठाडै सामूहिक कारबाही गर्ने। काम नगरी बस्ने, अनुत्पादक काममा समय खेर फाल्नेहरू आफैँ लजाउनुपर्ने अवस्था छ गाउँमा। बालबालिकालाई चिटिक्क पारेर स्कुल पठाउने होड नै चलेको छ। यहाँका शतप्रतिशत बालबालिका विद्यालय जान्छन्।

बर्दियाको सूर्यपटुवा-४, डल्लागाउँको कथा हो यो। छिमेकका अरू गाउँभन्दा यसको रूपरंगै फरक छ। बाटोमा फोहोरका नाममा एक टुक्रा कागज भेटिँदैन। कसैले भूलवश फाले पनि तत्कालै उठाएर फोहोर संकलन गर्ने बाल्टिनमा राख्ने बानी नै परेको छ, यहाँका बासिन्दामा। चोरीसिकारी नियन्त्रणका लागि २४सै घन्टा पहरा दिन्छन्। त्यसका लागि आफैँ सुरक्षादस्ता तयार गरेका छन्।

अरूको मुख ताक्नु नपरोस् भनेर गाउँलेले शिवहर िऋण सहकारी संस्था खोलेका छन्। "कम ब्याजमा सजिलै ऋण पाउने भएपछि कसैले पनि सदरमुकामका बैंक र वित्तीय संस्था धाउनुपरेको छैन," स्थानीय शालिकराम थारू भन्छन्। जंगली जनावरले बाली खाइदिनाले हैरानी खेप्दै आएका यहाँका किसानले २० बिघा खेतमा मेल्था खेती गर्न थालेका छन्। क्यामोमाइल खेती पनि उत्तिकै फस्टाएको छ, जसबाट स्याम्पु, अत्तरलगायत शृंगार प्रसाधन र औषधी बनाइन्छन्। जडीबुटीलगायत यहाँ उत्पादित सामान खरदि गर्न काठमाडौँदेखिका व्यापारी आउने गरेको अध्यक्ष मंगल थारू बताउँछन्।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत १ सय ३ हेक्टर क्षेत्रफलमा फैलिएको शिव सामुदायिक वन उपभोक्ता समूहले दुई वर्षअघि व्यावसायिक तालिम थालेको हो। समूहले होमस्टे व्यवस्थापन गर्दै आएको छ। समूहका सदस्य परशु थारूका अनुसार होमस्टेमा स्वदेशी र विदेशी गरी दैनिक ३० जनाभन्दा बढी पाहुना आउँछन्। नेपाली चलचित्रका नायक राजेश हमालदेखि विश्वप्रसिद्ध चलचित्र टाइटानिकका हिरो लियोनार्दाेसमेत यहाँ रमाएर फर्केका छन्। हमालले त थारू संस्कृतिमाथि चलचित्र नै निर्माण गर्ने उद्घोष गरेका छन्। अध्यक्ष थारू भन्छन्, "हाम्रो परम्परा, संस्कृति र संस्कारबाट जोकोही पनि प्रभावित हुन्छन्।" 

९८ प्रतिशत थारू समुदाय रहेको यस बस्तीमा १८ वटा होमस्टे सञ्चालित छन्। पाहुनाको स्वागतमा भ्याइनभ्याइ छ। होमस्टेमा रहने पर्यटकका लागि समूहको सभाहलमा दिनहुँ सांस्कृतिक कार्यक्रम हुन्छ। पहिला सदरमुकाममा हुने सरकारी तथा गैरसरकारी संस्थाका सभा, सम्मेलन, तालिम, गोष्ठीसमेत अहिले यहीँ गर्न थालिएको छ। "यसले पनि डल्लामा चहलपहल थपेको छ र समुदायको आर्थिक अवस्थासमेत बलियो हुँदै छ," बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार थापा भन्छन्। 

थारू समुदायका घरेलु उत्पादनले राम्रो बजार र मूल्य पाएका छन्। यहाँ उत्पादित ढकिया, जडीबुटी, मेल्थाको तेलबाट किसानहरू बर्सेनि लाखौँ कमाउँछन्। वन संरक्षणसँगै गैँडा, हात्ती, बाघ, चित्तललगायत लोपोन्मुख वन्यजन्तु सहजै देख्न सकिने स्थानीय कृष्ण परयिार बताउँछन्। भन्छन्, "अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले पनि पर्यटकबीच यो क्षेत्र लोकपि्रय बनेको छ।" सामुदायिक वनले गाउँको जीवनस्तर फेरएिको भन्दै गत वर्ष बीबीसीले यही गाउँलाई विश्वका १२ मुलुकका जीवनस्तर सुधारएिका गाउँका रूपमा छानेर सम्मान दिएको थियो। 

नाम्जेको नाम : नाम्जे (धनकुटा)

ढुंगा माटोका स-साना चिटिक्क परेका घर। उत्तरतर्फ हिमालको लहर। कोसी राजमार्गको धरान-धनकुटा सडकखण्ड अन्तर्गत भेडेटारबाट साढे तीन किलोमिटर पूर्वमा छ, भेडेटार-७, धनकुटाको नाम्जे गाउँ। यसलाई सुन्दर रूपमा सजाउन प्रकृतिको जति योगदान छ, कम छैन स्थानीय बासिन्दाको पनि। 

मगर बहुल नाम्जेका समान आकर्षण हुन्, संस्कृति र भौगोलिक दृश्य। करबि चार वर्ष नाम्जेमा बसेर फर्किएका अमेरकिी नागरकि राजीव गोयलको योगदान पनि बिर्संदैनन्, यहाँका गाउँले। जसले होमस्टे, अतिथि सत्कार, आत्मा चौतारो, जैविक खेती र शैक्षिक चेतनाका लागि उल्लेख्य योगदान गरे।

गाउँसम्मै पक्की बाटो बनेको छ। होमस्टेका साथै आधुनिक सुविधासम्पन्न पर्यटक होटल पनि सञ्चालनमा छन्। गाउँको सरसफाइप्रति सबैलाई उत्तिकै चिन्ता छ। मगर जातिको हुर्रा, मारुनी, लिम्बू जातिको च्याब्रुङलगायतका नृत्य पर्यटकका लागि थप आकर्षण हुन्। झ्याली, जोर मादल र बाँसुरीको साथ हुर्रामा रमाउने पर्यटकहरू केही क्षणलाई संसार भुल्ने गरेको अनुभव सुनाउँछन्।

गाउँको थुम्कीडाँडामा चिहान छ। विश्वमै नाम चलेका आर्किटेक्चर र स्थानीयवासीको उत्साहले २ सय १३ चिहानको सामूहिक आत्मा चौतारा निर्माण गरएिको छ। मानव बस्तीनजिकैको यस ठाउँमा शताब्दीऔँदेखि स्थानीयवासीले हरेक मृतकको चिहान राख्दै आएका थिए। यत्रतत्र चिहानले भरएिको डाँडामा जान डराउने गाउँले अहिले त्यसैलाई आम्दानीको स्रोत बनाउन सफल भएका छन्। त्यही डाँडा अवलोकनका लागि दैनिक दर्जनौँ पर्यटक आइपुग्छन्। यहाँबाट भेडेटार, धरान, धनकुटा, भोजपुरलगायत पूर्वाञ्चलका मुख्य सहर र हिमशृंखला हेर्न सकिन्छ। अमेरकिी समाचार संस्था सीएनएनले विश्वकै प्रमुख आकर्षक गन्तव्यको सूचीमा नाम्जेलाई राखेपछि यो गाउँ विश्वमाझ चर्चित बन्नुका साथै पर्यटकको ओइरो लागेको स्थानीय दिलीप रानामगर बताउँछन्। घरैपिच्छे रहेका होमस्टेले घरघरमा समृद्धि पुर्‍याइदिएको छ। गाउँले जागे के सम्भव हुँदैन भन्ने उदाहरण यो गाउँले विश्वमाझ देखाइदिएको छ। 

तरकारी गाउँ : बगरकोट (डडेलधुरा)
दस वर्षअघिसम्म गाउँमा मोटरबाटो, बिजुली, फोन, माध्यमिक विद्यालय र इन्टरनेट सुविधाको कसैले कल्पना पनि गरेका थिएनन्। तर, अहिले सदरमुकाम जोड्ने १९ किलोमिटर मोटरबाटो, बिजुली, खानेपानी, घरघरमा टेलिफोन र टेलिभिजन बगरकोट, डडेलधुराको चिनारी भएको छ। एउटा उच्च माध्यमिक विद्यालय, तीनवटा माध्यमिक विद्यालय र वडावडामा प्राथमिक विद्यालय खुलेका छन्। सबै वडामा कृषि सडक पुगेको छ।

सदरमुकामसँग जोडिएको बगरकोटका ६ सय घरपरविारमध्ये तरकारी खेती नगर्ने नगण्य छन्। यसका साथै बीउबिजन, मौसम, सुन्तलालगायत अमिला फलफूल पनि उत्पादन हुन्छन्। "बगरकोट सुदूरपश्चिमकै तरकारी गाउँ हो," वरष्िठ कृषि विकास अधिकारी राजेन्द्र मिश्र भन्छन्, "यहीँबाट आठ करोड रुपियाँभन्दा बढीको तरकारी निर्यात हुन्छ।"

दस वर्षअघि आफ्नै विवाहमा भरयिा लगाएर सदरमुकामबाट तरकारी किनेर ल्याएका मुकुन्द सिंह अहिले एक सिजनमा दुई लाखभन्दा बढीको तरकारी बेच्छन्। उनीजस्तै उच्च शिक्षा अध्ययन गरेपछि तरकारी खेतीमा लागेका दर्जनौँ सफल युवा गाउँमा छन्। आफ्ना उत्पादन कैलाली, कञ्चनपुर हुँदै भारतको राजधानी दिल्लीसम्म पुग्न थालेपछि उनीहरू झनै उत्साहित छन्।

सुदूर र मध्यपश्चिमका जिल्ला र सीमानजिक रहेका भारतीय बजारमा बगरकोटको तरकारी पुग्छ। गरबिी निवारण कोषका पोर्टफोलियो म्यानेजर तारा जोशी विकास बाहिरबाट आएर होइन, आफूसँग भएको सीपको आधुनिकीकरण र मिहिनेतले आउँछ भन्ने उदाहरण बगरकोटले दिएको बताउँछन्। तरकारीले दिएको समृद्धिसँगै छुवाछूतजस्ता रूढीवादी प्रथा हट्न थालेका छन्। 

जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार बगरकोटमा विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर छैनन्। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा अधिकांशको जनताको पहुँच छ। त्यसैले बालमृत्युदर र मातृमृत्युदर अत्यन्त न्यून छ। महिला र बालबालिकाको स्वास्थ्य सूचकांकमा केही वर्षयता उल्लेख्य सुधार भएको छ। "यहाँका किसानले थालेको आधुनिक तरकारी खेती नै यी सबै परविर्तनको आधार हो," जिविसका पूर्वसभापति रघुवर भट्ट भन्छन्, "तरकारी खेतीले सर्वसाधारणको हातमा पैसा आयो, भोकमरी रहेन। सूचना-प्रविधिसँग स्थानीय जोडिए। जसले आर्थिक विकाससँगै मानवीय विकास पनि सम्भव भयो।"

नगदेबालीमै नगद : भुजुङ (लमजुङ)

झुरुप्प परेको गुरुङ बस्ती। जता हेर्‍यो, उतै सुन्दर दृश्य। सफासुग्घर घर, आँगन र टोल। बाटोघाटो, खानेपानी, बिजुली, टेलिफोनजस्ता आधारभूत सुविधामा कमी छैन। सामूहिक काममा सबै गाउँले जुट्छन्। गाउँलेले आफ्नै प्रयासमा गाउँलाई झिलिमिली पारेका छन्। मिदिम खोलामा ८० र २० किलोवाटका दुई लघु जलविद्युत् आयोजना बनेका छन्। 

सहरका उपभोक्ताले दैनिक लोडसेडिङ् र चर्को महसुलको मार खेपिरहँदा यहाँका स्थानीय भने चौबीसै घन्टा बिजुली उपभोग गर्छन्, त्यो पनि निकै कम महसुलमा। उनीहरू बिजुलीबाटै खाना पकाउँछन्। मिल चलाउँछन्। सञ्चार सुविधा प्रयोग गर्छन्। बिजुलीबाटै चल्ने तीनवटा रोपवे छन्, घाँस, दाउरा, अन्नबाली, मललगायत सामान ओसार्नका लागि। स्थानीय कालीमाया गुरुङ भन्छिन्, "रोपवे बनेपछि वनबाट तीन/चार घन्टा टाउकाको खालो जाने गरी सामान बोक्नुपर्ने बाध्यता हटेको छ।"

यो त्यही गाउँ हो, जहाँ केही वर्षअघि बाटाघाटामा जताततै दिसापिसाबको थुप्रो हुन्थ्यो। मानिसहरू सरसफाइमा ध्यान दिँदैनथे। १२ महिना काम गरेर ६ महिना पनि खान नपुग्ने अवस्था थियो। अहिले यहाँ नगदेबालीको लहर चलेको छ, जसले गर्दा भोक र अभावले डाँडो काटेको छ। करबि १ सय ५० रोपनी जग्गामा सामूहिक चियाखेती गरएिको छ। त्यसैले बाहिरको चिया त ल्याउनुपरेको छैन नै, केही आम्दानी पनि दिएको छ। यहीँको चिया अहिले कोसेलीका रूपमा देशविदेश पुग्छ। चिया खेती अझ विस्तार गर्ने सोच उनीहरूको छ। 

पुख्यौैली पेसाजस्तै रहेको भीरमौरीको महको सिकार यहाँको अर्काे पहिचान हो। कयु, फन्यु, ग्युम्चे, नेडी, लेगा, ल्यागाजस्ता भीरहरूमा बर्सेनि जेठ र असोजमा मह सिकार गरन्िछ। त्यसबाट उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन्। यसलाई महसिकार गर्ने ठाउँका रूपमा परििचत गराउने योजना रहेको गाविसका पूर्वअध्यक्ष नरबहादुर गुरुङको भनाइ छ। 

जातिभेदले गहिरोसँग जरा गाडेको यस गाउँमा पहिला कथित माथिल्लो जातिकाले मात्र पढ्न पाउँथे। अहिले परििस्थति निकै अगाडि बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप)का कृषि सहायक शेरबहादुर घिमिरेको भनाइ छ। गाउँको रीतिथिति व्यवस्थित गर्न हरेक वर्ष भदौमा सभा गरी नियम बनाउँछन्। विगतमा मुखिया र भारदारका अनुकूलमा नालसभा गरी नीति बनाउँथे भने अहिले प्रत्येक वडाका प्रतिनिधि, आमा समूह, क्लब तथा विभिन्न समूहका अगुवाहरूको बृहत् भेलाले मानापाथीको मोल, दण्ड-जरविानादेखि वर्षभर िगरनिे रीतिथितिको नियम बनाउँछ। यसले विकास गरेको सभ्यता र अनुशासनका कारण गाउँको विकास गर्न मद्दत मिलेको गाउँका अगुवा तुलबहादुर गुरुङ बताउँछन्। रोधी विकृत बन्दै गएपछि हटाइएको छ।


बीउले विकास : कर्नास (पर्वत) 

छोटो समयमै उनीहरूको खेतीले फसल दिन्छ। न बाँदरको डर, न बिक्री नहोला भन्ने डर। न त भण्डारणको समस्या नै। धेरै जग्गा पनि नचाहिने। अरू खाद्यान्न लगाउने हो भने मुस्किलले केही महिना खान पुग्दो हो। तर, यहाँका किसानको अक्कलले एक सिजनमा एकदेखि डेढ लाख रुपियाँ कमाइ हुन्छ। त्यस्तो खेती अरू केही नभई बीउ उत्पादन हो। 

पाङराङ-५ र ६, पर्वतको कर्नास गाउँ मुलुकभर बीउबिजनको 'हब'का रूपमा परििचत छ। गाउँलेले मूला, लप्सी -सीएल र बीएल जातका), गोलभेँडा, भक्तपुरे लोकल काँक्रो, चम्सुरलगायतका बीउ उत्पादन गर्दै आएका छन्। यसै वर्षदेखि चौमासे सिमी र सिर्जना जातको हाइबि्रड गोलभेँडाको बीउ उत्पादन गरी थप ४० लाख रुपियाँ आम्दानी लिने तयारीमा छन्। साथै, मिहिनेत र जाँगरसाथ काम गरे गाउँमै मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसमेत यहाँका किसानले दिएका छन्।

पहिले निर्वाहमुखी खेती थियो। धान, कोदो, मकैजस्ता अन्नबाली बाँदरले खाएर हैरान पार्थे। "तर, अहिले बीउकै कारण गाउँलेको जीवनमा कायापलट भएको छ," बीउ उत्पादन समूहका उपाध्यक्ष बाबुराम भुसाल भन्छन्। गाउँलेहरू समूहमा बसेर खेती, प्रविधि र बजारबारे छलफल गर्छन्। सहकारीमार्फत बीउ उत्पादन थालिएपछि सहकार्य र समन्वयको भावना विकास भएको छ। आर्थिक रूपमा जीवनस्तर माथि उठेपछि शिक्षा र चेतनामा पनि सुधार भएको सिद्ध माविका प्रधानाध्यापक चित्रबहादुर पाठक बताउँछन्। यसले सामाजिक सद्भाव बढाएको उनको भनाइ छ। 


पशुपालनले परिवर्तन : डुमरवाना (बारा)

बाराको डुमरवानामा अहिले दैनिक ३ हजार २ सय लिटर दूध संकलन हुन्छ। गाउँलेले वाषिर्क चार करोड रुपियाँ आम्दानी गर्छन्। गाई, भैँसी, बाख्रा, कुखुरा नभएको घर बिरलै फेला पर्छन्। "व्यावसायिक पशुपालन यहाँको पहिचान बनेको छ," साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक नारायण क्षेत्री भन्छन्। 

संस्थाले टोलटोलमा दूध संकलन केन्द्र खोलेको छ। संकलित दूध नारायणघाट, हेटाँैडा र वीरगन्ज पुग्छ। व्यावसायिक पशुपालनमा संस्थाले पाँच करोड रुपियाँ सहुलियत ऋण लगानी गरेको छ। यहाँ २१ वटा सामुदायिक विद्यालय छन् भने तीन उच्च माध्यमिक विद्यालय। सबै सामुदायिक विद्यालयका पक्की भवन छन्, बरू निजी विद्यालय टायलको छानामुनि छन्। गाउँमा ८० प्रतिशत घर पक्की छन्। सरसफाइमा स्थानीय आफैँ अग्रसर हुन्छन्। उपस्वास्थ्य चौकीमा २४ घन्टे प्रसूतिसेवा उपलब्ध छ। "डेढ वर्षदेखि कोही पनि सुत्केरी सेवाका लागि वीरगन्ज जानुपरेको छैन," डुमुरवाना-३ की निर्मला तामाङ भन्छिन्। 

सबैजसो घरमा चर्पी छन्। "कम आर्थिक हैसियत भएका परविारलाई चर्पी बनाउन तीन हजार रुपियाँ गाविसले दिने नीति बनाएका छौँ," गाविस सचिव कमल भूर्तेल भन्छन्। १० देखि १५ घरको बीचमा सार्वजनिक शौचालय छन्। सिंगो गाविसमा ग्राभेल सडक छ। फराकिला सडकछेउमा नाला छन्। "गाउँका सबै घरसम्म ट्रक सजिलै पुग्छ," डुमरवाना-४ का विष्णु अधिकारी भन्छन्। गाविसमा हजारभन्दा बढी स्नातक छन्। पढालेखा युवा पनि कृषिकर्ममा धक फुकाएर लागेका छन्। उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका सचिव विष्णु भट्टराई बेरोजगार महिलालाई सिलाइ प्रशिक्षण दिएर रोजगार दिएको बताउँछन्। 


उत्पादनले उन्नत : भुल्के (सुर्खेत)
भेरी नदी किनारमै छ, सहारे-९, सुर्खेतको भुल्के गाउँ। मगरबहुल यस बस्तीका हरेकजसो घरको छाना टलक्क टल्कने र चिटिक्क मिलेका टिनले सजिएका छन्। पहाडको फेदीमा खरले छाएका घरमा टिन लगाएको धेरै भएको छैन। केही वर्षअघि एक जोर लुगा फेर्न र छाक टार्न भारतको 'कालापहाड' जानुको विकल्प थिएन, यहाँका बासिन्दासँग। पछिल्ला दुई वर्षमा उनीहरूले आफ्नो जीवनस्तर परविर्तन गरेका छन्। 

पहिला उनीहरूको गहुँ र मकैबाहेकको खेतीमा ध्यानै थिएन। त्यसले न उनीहरूको छाक टाथ्र्यो, न त आर्थिक उपार्जन नै। भेरी नदीमा पानी त्यसै खेर जान्थ्यो तर त्यसैको एउटा किनारमा उनीहरूको खेत सुक्खा हुन्थ्यो। अहिले उनीहरू मौसम अनुकूल आलु, बन्दा, काउली, चौमासे सिमी, बोडी, प्याज, टमाटर, काँक्रा, तर्बुजा फलाउँछन्। 

भेरीबाट लिपmट विधिबाट सिँचाइ गर्ने र व्यावसायिक तरकारी खेती गर्ने अभियान नै चलाइएको छ। तरकारी र फलफूलले राम्रो आम्दानी दिएपछि सबैका घरको रूपरंग फेरएिको हो। पूर्ववडा अध्यक्ष नन्दलाल घर्तीका अनुसार आम्दानी बढेपछि यहाँका बासिन्दामा बालबालिकालाई विद्यालय पठाउने लहर चलेको छ। 

"हामीले सुरुमा विकास भनेको बाटो खन्ने र पानी ल्याउने मात्रै सोच्यौँ," घर्ती भन्छन्, "आर्थिक सुधारका काम नगरी मान्छेमा परविर्तन आउँदो रहेनछ।" गाउँलेकै समूह बनाई तरकारीको बेर्ना लगाउने, सिँचाइ गर्ने र व्यावसायिक तरकारी खेती सिकाउने अभियानै चलाएपछि परविर्तन देखिन थालेको हो। 

तरकारी खेती सुरु गरेपछि पक्की घरमा बस्न पाएको बताउँछन्, नरबहादुर बुढा। दुई रोपनी जग्गामा गरेको तरकारी खेतीबाट नौ जनाको परविार ढुक्कसँग चलेको मात्रै छैन, घरजग्गा जोड्न पनि भ्याएका छन् उनले। घरतिर देखाउँदै बुढा भन्छन्, "तरकारी बेचेर तीन लाख रुपियाँमा घर बनाइयो, चार रोपनी खेत पनि जोडेको छु।" सबै घरमा पक्की शौचालय छन्। सबै बालबालिका विद्यालय जान्छन्। सामूहिक रूपमा काम गर्ने चलन बसाएका छन्। अहिले स्थानीयले आफ्नै खर्चबाट विद्यालयमा थप शिक्षक राखेका छन्।


सहकारीको शिक्षा : शंकरपुर (सर्लाही)
१ सय ५० ट्रकभन्दा बढी तरुल काठमाडौँ जान्छ। बेसार र हाइबि्रड मकै लैजान पनि दैनिक दर्जनौँ ट्रक आउँछन्। उखु, तरकारी यहाँका अरू चर्चित नगदे बाली हुन्। आफ्नै उपभोगका लागि मात्र धान रोप्छन्, यहाँका किसान। २० वर्षमा शंकरपुर, सर्लाहीका बासिन्दा नपत्याउँदो उन्नति गर्न सफल भएका छन्। आधुनिक खेती, सामाजिक एकता र निरन्तर मिहिनेतका कारण जिल्लामै नमुना गाउँको रूपमा उदाएको छ यो। आर्थिक मात्र होइन, मानवीय विकासका अन्य सूचकमा पनि यो गाउँ निकै उन्नत रहेको छ। 

जिल्लाभर िऔसत ५० प्रतिशतभन्दा बढी विद्युत् चुहावट छ। तर, शंकरपुरमा समुदायले विद्युत्को जिम्मा लिएकाले चुहावट शून्य भएको छ। "चोरी गर्ने मनसाय नै कसैले राख्दैन। मिलेर जाँदा धेरै कुरा गर्न सकिने रहेछ," सामुदायिक बहुमुखी सहकारी संस्थाका अध्यक्ष जवाहर महतो भन्छन्, "सामाजिक मेलमिलाप र मिहिनेतले प्राप्त भएको सम्पन्नताले धेरै कुरा स्वतः सिकाएको छ।" 

शंकरपुरको सहकारी जिल्लाकै उत्कृष्टमा पर्छ। सहकारीले भर्खरै किसानका लागि दूध चिस्यान केन्द्र स्थापना गरेको छ। विकास बजेटको सदुपयोग गर्न शंकरपुर अग्रपंक्तिमै छ। "गाउँमा आएको विकास बजेट ८५ देखि ९० प्रतिशत सदुपयोग हुन्छ," गाविसका पूर्वउपाध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, "बाँकी रकम पनि गाउँलेका कारण नभई कर्मचारीका कारण तलमाथि हुने हो।"


कृषिले कायापलट : चुनताल (काभ्रे)
पाटा परेको भिरालो बारीमा किसानहरूले बगाएको पसिनाले उग्रचण्डी नाला-७, काभ्रेको चुनताल गाउँलाई समृद्धिको उचाइमा पुर्‍याएको छ। आलु उत्पादनमा अग्रणी यही गाउँबाट एक सिजनमा १ हजार ५ सयदेखि दुई हजार टनसम्म आलु निर्यात हुन्छ। "कम्तीमा वाषिर्क दुई लाखको तरकारी नबेच्ने घरै छैन गाउँमा," स्थानीय भोजराज दाहाल भन्छन्। 

बारीमा आलु, टमाटर, गोठमा दुधालु गाईभैँसी र खोरमा कुखुरा पालेर कसरी अर्थोपार्जन गर्ने भन्ने राम्ररी जानेका छन् किसानले। १० वर्षअघिसम्म गर्जो टार्नका लागि मात्रै खेतीपाती गर्ने यहाँका किसानले अहिले तरकारी खेती र पशुपालनबाटै समृद्धिको बाटो पहिल्याएका छन्। गाउँमा १३ वटा त कुखुरा र्फम मात्रै छन्। करबि सय घरधुरीले व्यावसायिक गाईपालन गरेका छन्।

भोजराज दाहाल तिनैमध्येका हुन्, जो कुुखुरा बेचेर वाषिर्क १० लाख रुपियाँसम्म कमाउँछन्। तरकारीबाट पाँच लाख कमाउँछन्। गाउँबाट दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ। पाँचवटा आमा समूह सक्रिय छन्। सामुदायिक वन र सहकारी सञ्चालनमा पनि यस गाउँलाई नमुना मानिन्छ। 

गाउँलेकै पसिनाले झन्डै नौ किलोमिटर बाटो खनिएको छ। नजिकैको हिले जलजले जंगलको मुहानलाई व्यवस्थित गरेर गाउँलेले पानीको जोहो आफँैले गरेका छन्। स्थानीय गुणप्रसाद दाहाल भन्छन्, "गाउँले एकजुट भए विकास गर्न अरूको मुख ताक्नुपर्दो रहेनछ।" गाउँको अरुणोदय प्राथमिक विद्यालयका लागि स्थानीयले पैसा उठाएर पक्की भवन बनाएका छन्। गाउँमा कच्ची घर भए पनि पक्की शौचालय छन्। स्थानीय दिवाकर दाहाल भन्छन्, "रैथ्ााने सम्भावनाहरूमाथि टेकेर पनि प्रगति गर्न सकिन्छ भन्ने पाठ हामीले अरू गाउँलाई पनि सिकाएका छौँ।"



दालचिनीले चिनायो : ज्यामिरे (पाल्पा)
पाल्पाको ज्यामिरे अहिले दालचिनी गाउँका रूपमा चिनिन्छ। दालचिनी अर्थात् तेजपातको व्यावसायिक खेती थालेपछि गाउँलेको जीवन केही सहज भएको छ। गत वैशाखमा दालचिनी मिनी महोत्सव आयोजना गरेर 'ऋणमुक्त गाउँ'समेत घोषणा गरे गाउँलेले। गाउँका दुई सय परविारको प्रमुख आयस्रोत तेजपात बनेको छ। प्रतिपरविार आय वर्षमा ३० हजारदेखि पाँच लाखसम्म छ। गाउँबाट वाषिर्क डेढ करोडभन्दा बढीको दालचिनीको पात र बोक्रा भारत निकासी हुन्छ।

बारीका कान्ला, पाखा, खोल्सीमा तेजपात हुर्किएका छन्। न्यून आय भएका र छिमेकी गाउँकाले समेत रोजगारी पाएका छन्। दैनिक खर्च चलाउन पनि दालचिनीको पात बोरामा भरेर बजार जाने बानी परेको छ गाउँलेको। मोटरबाटो गाउँमै पुगेको छ। "पहिले दुई घन्टा भारी बोकेर सिद्धार्थ राजमार्ग पुर्‍याउनुपथ्र्यो," स्थानीय सीता थापा भन्छिन्, "अहिले गाउँमै बिक्री हुन्छ।" 

जिल्ला वन अधिकृत सुरेश सिंहका अनुसार वर्षमा ७५ हजार तेजपातका बिरुवा उत्पादन हुन्छन्, जसमा सबभन्दा बढी दोभानको ज्यामिरेमा हुन्छ। ज्यामिरे गाउँ अहिले वरपरका क्षेत्रका लागि नमुना नै बनेको छ। ज्यामिरेको सिको गर्दै वरपरका गाउँमा समेत दालचिनी खेती सुरु गरएिको स्थानीय विष्णु थापा बताउँछन्।

No comments:

Post a Comment