Wednesday, April 22, 2015

साम्यवाद: रोगको गलत उपचार

– दीपक ज्ञवाली
करबि दुई वर्षअघि एक राजनीतिक छलफल कार्यक्रममा दक्षिण ललितपुरका एक माओवादी लडाकूले आफ्ना नेताहरूबाट धोका पाएको दुखेसो पोख्दै भनेका थिए, “नेपाली जनताको मुक्तिका लागि लडेको भन्ठानेका थियौँ तर मुक्ति टावरका लागि पो लडिएछ।” उनको संकेत माओवादी ‘जनयुद्ध’लाई नेतृत्व दिने सर्वहारा वर्गका मठाधीशहरूको २०६२/६३ पछि नवधनाढ्य नवसामन्ती वर्गमा भएको रूपान्तरणतर्फ थियो। उनको भनाइले त्यस हलमा उठेको हाँसोमा केही मात्रामा सहानुभूति तर धेरै हदसम्म
आक्रोश झल्किन्थ्यो। त्यो घटनाभन्दा डेढ दशकअगाडि वर्ग शत्रु सफाया गर्दै हिँडेका झापा आन्दोलनका कम्युनिस्ट नेताहरू जग्गा प्लटिङ्, यातायात कम्पनी र गैरसरकारी संस्था (एनजीओ)का मालिकमा त्यसै गरी रूपान्तरति भइसकेका थिए।
नेपाली इतिहास अब सोध्न बाध्य भइसक्यो कि नेपालमा कार्ल माक्र्स, लेनिन र माओत्सेतुङ्का नाम जप्नेहरू त्यति सजिलै र चाँडै किन बिगि्रन्छन् ? के व्यक्तिका कमजोरी मात्र कारक तत्त्व हुन् कि माक्र्सवादी दर्शनमै खोट छ, जसले यसमा आधारति समाज रूपान्तरणको राजनीतिक अभियान नेपालमा मात्र नभई त्यसको जन्मथलो युरोप, सोभियत रुस र एसियाका कतिपय मुलुकहरूमा तुहिन पुग्यो ? माक्र्सवादी दर्शनभित्रै संरचनागत त्रुटिहरू छन्, जसले गर्दा माक्र्सवाद आर्थिक विकासलाई बेफाइदा हुने तर वाक्पटुता भएका ‘डिमागोग’हरूलाई सत्ता कब्जा गर्न आकर्षक औजार बनेको छ।
माक्र्सवादी-लेनिनवादी साम्यवाद जन्माउने रुस अहिले बीसौँ शताब्दीको ७० वर्षको कालखण्डमा आफ्नो इतिहास र त्यस क्रममा भोग्नुपरेका अनावश्यक पीडालाई कसरी स्मृतिबाट विस्थापित गरेर अगाडि बढ्ने भन्ने धुनमा छ। चीनले जापानी र अमेरकिी साम्राज्य विस्तारबाट जोगिन साम्यवादी तौरतरकिा त अपनायो तर ‘खोलो तर्‍यो लौरो बिर्सियो’ भनेझैँ आर्थिक विकास गरेर अमेरकिासँग प्रतिस्पर्धा गर्न धेरै हल्लै नगरीकन साम्यवादी बाटो चटक्कै छाडेको छ। कम्बोडियाले आफूलाई साम्यवादी भन्नेहरूले चलाएको नरभक्षीय शासनबाट त्राण पाउन राजसंस्था पुनःस्थापना गर्‍यो र त्यो संरचनागत स्थायित्वको जगमा पुनःनिर्माण एवं विकास गररिहेछ। स्पेनले पनि जनरल प|mान्कोको झन्डै आधा शताब्दीको फासीवाद फालेर सामाजिक सहिष्णुता कायम राख्न परम्परागत राजसंस्था पुनःस्थापना गर्नुपर्‍यो। जलस्रोतमा धनी भूपरविेष्ठित लाओसमा एकदलीय साम्यवादी शासन भए तापनि आधुनिक चीनले जस्तै पुँजीवादी बाटो समाती सक्यो। कम्युनिस्ट भनिने पार्टीको किन यस्तो व्यवहार भन्ने प्रश्नमा लाओसका नेताहरू ‘न्वारानको नाम छोड्न नसकेकाले’ भन्ने जवाफ मात्र दिन बाध्य भएका छन्।
यी मुलुकहरूलाई उपनिवेशवादविरुद्ध स्वाधीनताको लडाइँ लड्न साम्यवादी चिन्तनले मद्दत गर्‍यो तर विकास गर्न भने त्यो पथ त्याग्नुपर्‍यो, किन त ? यो प्रश्नको उत्तर खोज्न साम्यवादी सोच जन्माउने युरोपको १९औँ शताब्दीको इतिहास एवं सामाजिक परविेश बुझ्न र त्यसपछि के नेपालमा आज यस्तो परविेश छ कि छैन सोध्न जरुरी छ। त्यसपछि मात्र बुझ्न सकिन्छ, माक्र्सवाद चिन्तनका सबल र दुर्बल पक्षहरू, जसले गर्दा नेपाल अति वामवाद र विकृत माक्र्सवादले अलमल्याएर बीसौँ शताब्दीको अन्तिम र २१औँ शताब्दीका सुरुका दशकहरू विकासका हिसाबले पूरै खेर फालिरहेको छ।
अहिले विश्वव्यापी प्रभाव रहेको आधुनिक युरोपेली -पश्चिम) सभ्यता रोमन साम्राज्यको भग्नावशेषमा ग्रीक दार्शनिकहरूको चिन्तनले प्रेरति, यहुदी-इसाई सांस्कृतिक मान्यताको जगमा पुनःजीवित गराइएको सामाजिक संरचना हो। ११औँदेखि १३औँ शताब्दीमा यसका धर्मान्ध पादरीहरूले जेरुसेलम कब्जा गरेका मुसलमानहरूविरुद्ध ‘क्रुसेड’ -धर्मयुद्ध) छेडे भने मध्य १३औँ शताब्दीमा मंगोलहरूबाट शासित हुनबाट बालबाल जोगिए। १४औँ शताब्दीको मध्यमा ‘ब्ल्याक डेथ’ भनिने प्लेगको महामारीबाट आफ्नो आधै जनसंख्या गुमायो। रोमन साम्राज्यको पाँचाँै शताब्दीमा पतन र १६औँ शताब्दीको सुरुमा पुँजीवाद नउदाउन्जेलको करबि हजार वर्षलाई युरोपको इतिहासमा मध्ययुगीन कालयुगको संज्ञा दिइन्छ, जुन बखत दक्षिण एसिया र चीनमा उच्च सभ्यता चलिरहेको थियो। 
क्रुसेडका दौरान मध्यपूर्वको इस्लामी सभ्यताबाट युरोपले ग्रीक दार्शनिकहरूका हराएका कृतिका साथसाथै गणित र अंक लेख्ने परपिाटी प्राप्त गर्‍यो। र, ‘रेनेसान्स’ भनिने वैज्ञानिक युगको सुरुआत भयो। इतिहासविद् स्टाभि्रयानोस्काका अनुसार पुँजीवादको जन्म यी र यस्ता घटनाहरूले सम्भव तुल्यायो। एकातिर क्रुसेडले एकछत्र रोमन क्याथोलिक पादरीवादलाई कमजोर तुल्यायो भने रजौटाहरूको सशस्त्र बललाई बलियो बनायो। फलस्वरूप युरोपमा रोमजस्तै एउटै साम्राज्य स्थापित हुन पाएन, बरू युरोपले एउटा सामन्ती संघीय राजनीतिक चरत्रि धारण गर्‍यो, जहाँ अर्थतन्त्र र त्यसबाट आर्जन भएको धन विकेन्दि्रत भयो। बलिया सामन्तहरूको सहयोगले भ्रष्ट पादरीवादलाई चुनौती दिँदै सरल जीवनयापन रुचाउने इसाई प्रोटेस्टेन्ट धर्मावलम्बीहरू रोमको चर्चबाट छुट्टएि। चर्चको बौद्धिक गुलामीबाट युरोपले यसरी मुक्ति पाउँदा वैज्ञानिक संस्कारको जग बस्न पुग्यो।
अर्कोतिर प्लेग महामारीले युरोपमा श्रम शक्तिको अभाव खड्कियो र भएकै श्रमको उत्पादकत्व बढाउन प्रविधिको विकास गर्नुपर्ने बाध्यता आयो। समाजशास्त्री म्याक्स वेबरका अनुसार प्रोटेस्टेन्टहरूको श्रमलाई पूज्य कर्म मान्ने संस्कारले मिहिनेतबाट कमाइ भयो भने सरल जीवनयापनको परम्पराले गर्दा तडकभडकको फजुल खर्च भएन। परण्िाामतः धन जम्मा हुन थाल्यो। पलङमुनि या डस्नामा लुकाई राखेको धन पुँजी होइन तर बैंकमा राखेर ब्याज आर्जन गरेको या उद्योगधन्दामा नयाँ प्रविधि लगानी गरेर बढीभन्दा बढी लाभांश कमाउने धन भने पुँजी हो। १६औँ शताब्दीको बेलायत र नेदरल्यान्डमा सुरु भएको यो परम्पराले मानव इतिहासमै पहिलोपटक समाजलाई पुँजी बजार अधीनस्थ बनाइदियो। कालान्तरमा यस्तो संरचना -जसलाई पुँजीवाद भनियो)ले ठूल्ठूला मोगल, चिनियाँ, अटोमनन र ओस्ट्रो हंगेरयिन साम्राज्यहरूलाई घुँडा टेकायो। स्टाभि्रयानोसका अनुसार यस्तो साम्राज्य विस्तार खाद्यान्न, लत्ताकपडा, औद्योगिक श्रमजस्ता अत्यावश्यक वस्तुको व्यापारमा एकलौटी पकड जमाउन पश्चिमा राष्ट्रहरू सफल भएपछि मात्र सम्भव भएको हो। यस्तो विश्वव्यापी सामाजिक संरचना र त्यसका सबल साथै हानिकारक पक्षहरूको गहन अध्ययनकर्ता र जेहेनदार विद्यार्थी कार्ल माक्र्स नै थिए।
माक्र्सवाद र पुँजीवाद
माक्र्सले अध्ययन गरेको मध्य १९औँ शताब्दीको युरोपेली पुँजीवाद कस्तो थियो ? के पुँजीवादले त्यही चरत्रि डेढ सय वर्षसम्म कायम राख्यो वा नयाँ चुनौती सामना गर्न आफूमा फेरबदल ल्यायो, जसले माक्र्सका विश्लेषणहरूलाई असान्दर्भिक बनाइदियो ? माक्र्सले वास्तवमा गरेको चिन्तन के थियो ? उनको नाममा लेनिन, स्टालिनले गरेको अपभ्रंश कसरी फरक थियो ? र, फरक थियो भने के सोभियत रुस र पूर्वी युरोपमा लेनिनवादी माक्र्सवादी मठाधीशतन्त्रको पतनपछि माक्र्सीय चिन्तनको गुदी तत्त्व आजको विश्वव्यापी पुँजीवादलाई विश्लेषण गर्न सान्दर्भिक छ त ? संसारभर िनै समाज र परविर्तनबारे चिन्तन गर्नेहरूले सोध्ने गरेका यस्ता प्रश्न नेपालको हकमा भने झनै पेचिलो र सान्दर्भिक छ किनभने साम्यवादी भनिने दलहरूको वर्चस्व रहेको नेपाली राजनीतिको असफलता त्यही हदसम्म माक्र्सवादकै असफलता भन्नुपर्ने हुन्छ।
संविधानसभाको अवधारणा -जसलाई बीपी कोइराला र राजा महेन्द्रको सुझबुझले नेपाली परपि्रेक्ष्यमा असान्दर्भिक भनेर ०१५ सालमै पाखा लगाइएको थियो)लाई ६० वर्षसम्म आकर्षक नाराका रूपमा जीवन्त राख्ने काम माक्र्सको नाम भजाउनेहरूबाटै भयो। र, जब ०६२/६३ को सडक आन्दोलनपछि यसको कार्यान्वयन भयो, त्यस्तो ‘नेपालकै इतिहासमा सबैभन्दा समावेशी संविधानसभा’मा झन्डै दुईतिहाइ बहुमत त साम्यवादीहरूकै थियो। तर, यस्तो संविधानसभा नेपालकै इतिहासमा सबैभन्दा महँगो र असक्षम पनि साबित भयो, केही काम गर्न सकेन र मौका दिँदा दिँदै पनि लज्जास्पद ढंगले स्वविघटन भयो। इतिहास सामु यसको झन्डै दुईतिहाइ दोष नेपाली माक्र्सवादले बोक्नुपर्ने हुन्छ। र, प्रायश्चित्त स्वरूप पुनःविचार गर्ने साहस पनि देखाउन सक्नुपर्छ।
माक्र्सका विचारहरू चिरफार गर्दा तिनका उकालीओरालीको इतिहासलाई भुल्न सकिँदैन। इतिहासविद् एरकि हब्सवौमले माक्र्सवादको डेढ शताब्दी लामो इतिहासलाई सात चरणमा विभाजित गरेका छन्। सन् १८४८ र त्यसअगाडिका वर्षहरूमा माक्र्सभन्दा प|mेडरकि एंगेल्सको लेख नै बढी महत्त्वपूर्ण देखिन्छ। सन् १८४५ मा २४ वर्षको उमेरमा यी धनी उद्योगपतिका छोराले म्यानचेस्टरमा रहेको आफ्नो परविारको कारखानाका साथै बेलायतका अन्य कारखानामा काम गर्ने श्रमिकहरूको दयनीय अवस्था अध्ययन गरेर माक्र्सद्वारा सम्पादित पत्रिका रहिनिस्चे जाइटुङ्मा निबन्धहरू पठाउँथे। जुन त्यस पत्रिकामा ‘श्रमिक वर्गको स्थिति’ भनेर प्रकाशित भयो र यसलाई काँचै भए पनि माक्र्सवादी चिन्तनको पहिलो कृति भनिन्छ।
त्यस समयमा औद्योगिक क्रान्ति भोगिरहेको युरोपमा बेलगाम पुँजीवादले श्रमिकहरूको चरम शोषण गररिहेको थियो तर पहिले त्यस्तो स्थिति थिएन। १८औँ शताब्दीको सुरुमै श्रमिकहरूको काम गर्ने वातावरण नर्कतुल्य भइसकेको थियो। सात वर्षको बालकलाई हर दिन १५ घन्टा काम लगाइन्थ्यो, थकाइ मार्न पनि नदिई महिलाहरूलाई लगातार २६ घन्टासम्म पनि काममा जोताइन्थ्यो, जसले गर्दा उनीहरूको मृत्युसमेत हुन्थ्यो। यस्तो अवस्थाविरुद्ध रवर्ट ओवेन, सानसिमोन, चाल्र्स फुरयिरजस्ता सामाजिक न्यायका लागि लड्ने चिन्तकहरूले ठूलो तर शान्तिपूर्ण संघर्ष गर्नुपर्‍यो। परण्िााम, बेलगाम पुँजीवादमाथि समाजले राज्यमार्फत नियन्त्रण गर्नुका साथै पुँजीवादी उद्योगपतिहरूले सुधारका कार्यक्रम लागू गरेका थिए।
यस्तो कालखण्डको गहन अर्थराजनीतिक अध्ययन गर्ने एक चिन्तक हुन्, कार्ल पोल्यानी, जसको सन् १९४४ मा पहिलोचोटि प्रकाशित पुस्तक द ग्रेट ट्रान्सफरमेसन २०औँ शताब्दीमा प्रकाशित र २१औँ शताब्दीमा पनि पढिने १० पुस्तकमध्ये मानिन्छ। यस कृतिमा पोल्यानीले व्यापारी पुँजीवाद कसरी औद्योगिक पुँजीवादमा रूपान्तरति भयो र त्यस क्रममा किसान आफ्नो  सामाजिक पुँजी गुमाएर कसरी औद्योगिक श्रमिक बन्न पुग्यो अनि बेलगाम पुँजीवादबाट जोगिन समाजले के कस्तो उपाय अपनायो, त्यसबारे गहन रूपले बेलायतको इतिहास केलाएर विश्लेषण गरेका छन्।
सन् १७७६ देखी १८०० सम्म प|mान्सेली क्रान्तिले गर्दा युरोपभरकिा शासकहरू आफूलाई असुरक्षित महसुस गर्न थाले र संगठित भई प|mान्सलाई सैनिक चुनौती दिन एक भए। यही क्रममा बेलायतमा १७९५ मा स्पिनिहामल्यान्ड सेटलमेन्ट भनिने गरबिलाई बाँच्ने अधिकार अन्तर्गत खानका लागि रोटीको मूल्य सस्तो बनाइयो। यस प्रथाले किसानलाई बजारयिा अर्थन्त्रको ‘सैतानी जाँतो’मा पिसिनुबाट मात्र जोगाएन, बेलायतमा जमिन र श्रम दुवैलाई पुँजीवादी बजार अधीनस्थ हुनबाट ‘ब्रेक’ लगायो। फ्रान्ससित जीवनमरणको संघर्षमा होमिएको बेलायतलाई आफ्नो देशभित्र सामाजिक सद्भाव कायम राख्न यस्तो प्रथाले ठूलो मद्दत गर्‍यो।
तर, १८१५ मा नेपोलियनको पराजयपछि औद्योगिक पुँजीवादीको विकासका लागि यो प्रावधान खुला श्रम बजार स्थापना गर्न बाधक भयो। र, बेलायती संसद्मा कट्टर बुर्जुवा वर्गले बहुमत ल्याएको समय छोपेर १८३४ मा स्पिनहामल्यान्ड सेटलमेन्ट खारेज गरयिो। त्यसको १० वर्षपछि बैंक र मकै कानुनहरू ल्याइयो, जसले गरबि किसानलाई सामाजिक सुरक्षाबाट वञ्चित गरी औद्योगिक श्रमिक बन्न बाध्य तुल्यायो। एंगेल्स र माक्र्सले अनुभव गरेको बेलगाम पुँजीवादले ल्याएको श्रमिकको दर्दनाक अवस्था यसै ऐतिहासिक पृष्ठभूमिको उपज हो।
माक्र्सको मुख्य दृष्टिदोष त्यस समयअघिका संस्थागत सुधारका घटनाहरूतर्फ जान नसक्नु हो। बेलगाम पुँजीवाद र त्यसले ल्याएको सांस्कृतिक विनाशलाई समाजले आर्थिक प्रगति वा औद्योगिक क्रान्तिका नाममा टुलुटुलु हेरेर बस्न सक्दैनथ्यो र बसेन पनि। समाज र त्यसका सदस्यहरूको संस्कृति जोगाउन गरएिका प्रतिकारहरू माक्र्सले राम्रोसँग बुझ्न र विश्लेषण गर्नै सकेनन्। तर, कार्ल पोल्यानीले भने सही ढंगले विश्लेषण गरेकाले बर्लिनको पर्खाल ढलेपश्चात् उनको अर्थराजनीतिले सामाजिक न्याय खोज्ने चिन्तकहरूको ध्यान माक्र्सवादले भन्दा बढी खिचेको छ।
सन् १८४८ सम्म बेलगाम पुँजीवाद दोस्रो उत्कर्षमा पुगेको चरणमा सामाजिक अन्याय देखेर रगत खौलिएको बेलामा माक्र्स र एंगेल्स दुवै एक अर्धभूमिगत संगठनमा काम गर्न थाले। तिनले लेखेको ‘कम्युनिस्ट घोषणापत्र’ त्यही समय र मनस्थितिको उपज हो, जुन १८४८ मा युरोपभर िसल्किएको विद्रोहलाई बौद्धिक खुराक दिन सफल रह्यो। तर, कहीँ पनि क्रान्तिहरू सफल भएनन्, बरू अग्रज औद्योगिक मुलुकहरूमा मजदुर वर्गले स्थायित्व र शान्तिका लागि क्रान्तिलाई भन्दा प्रतिक्रान्तिलाई नै सघाउन पुग्यो। माक्र्स र एंगेल्स युरोपबाट भागेर बेलायतमा शरणार्थी जीवन बिताउन बाध्य भए।
इतिहासविद् हब्सवौम सन् १८४८ देखि १८८३ -माक्र्सको देहान्त)सम्मलाई माक्र्सीय चिन्तन विकासको दोस्रो चरण मान्छन्, जुन बेला माक्र्सले बि्रटिस लाइब्रेरीमा बसेर पुँजीवादको गहन अध्ययन गरे र आफ्नो विख्यात कृति दास क्यापिटलको पहिलो ‘भोल्युम’ प्रकाशित गरे। तर, यसले माक्र्सको जीवनकालमा खासै उत्साह कतै पनि जगाएन। नेपालमा माक्र्सवादबारे रुचि राख्नेहरूले ध्यान दिनुपर्ने एउटा रोचक तथ्य छ- उनले लन्डनको पुस्तकालयमा बसेर दास क्यापिटल लेखिरहँदा नेपालका शासक जंगबहादुर बेलायत पुगेका थिए। र्फकेपछि उनले नेपाली समाजलाई सय वर्षपछाडि धकेल्ने मुलुकी ऐन र शासन प्रथा लागू गरे।
माक्र्स आफैँ पनि पुँजीवादको उदय र त्यसको वास्तविक चरत्रिबारे द्विविधामै थिए। खास गरी मध्य युरोपको सामन्तवाद र त्यसबाट जन्मिने पुँजीवाद उनले एसियाली समाजमा देख्न सकिरहेका थिएनन्। फलस्वरूप पाण्डुलिपिहरू तयार भइसके पनि दास क्यापिटलको दोस्रो र तेस्रो भोल्युम आफ्नो जीवनकालमा प्रकाशित हुन दिएनन्। उनको देहान्तपछि मात्र एंगेल्सले सम्पादन गरेर प्रकाशित गरेका थिए।
माक्र्सीय चिन्तनको सबैभन्दा बढी प्रचार तेस्रो चरण -माक्र्सको देहान्तदेखि एंगेल्सको देहान्त)को १२ वर्षको अवधिमा भएको छ। यसको मुख्य श्रेय एंगेल्सलाई जान्छ। दास क्यापिटल मात्र नभई माक्र्सका अन्य प्रकाशित भएर पनि हराएका रचनाहरू १५ वटा भाषामा छापिए र धेरै देशमा गठन भइरहेका कम्युनिस्ट पार्टीलाई धर्मग्रन्थस्वरूप प्राप्त भए। चौथो चरणचाहिँ पहिलो विश्वयुद्धको सुरुआत अर्थात् सन् १९१४ सम्म रहन्छ, जुन बेला जर्मनीमा काउत्स्की र मेहरङि्ले र रुसमा डेभिड र्‍याजानोभले एंगेल्सले नभ्याएका वा नचाहेका माक्र्सका कृतिहरू प्रकाशित गरे।
पहिलो र दोस्रो विश्वयुद्धको अवधिलाई होब्सवौम पाँचौँ चरण मान्छन्। त्यस बेला रुस, पूर्वी युरोप र चीनमा साम्यवादी शासन व्यवस्था लागू गरयिो। छैटौँ चरण स्टालिनको मृत्युदेखि मिखाइल गोर्वाचोभको उदयअगावै (सन् १९८३) सम्म रह्यो। र, त्यो चरणमा माक्र्सका धेरै महत्त्वपूर्ण तर स्टालिनवादीहरूले दबाएका कृतिहरू प्रकाशमा आए। साताँै चरणमा बर्लिनको पर्खाल ढलेपछि साम्यवादी सोच र संगठनहरू सन् २००० सम्ममा आफ्नै जन्मथलोहरूबाट विलुप्त भए। राजनीतिक, औद्योगिक र आधुनिक दार्शनिक विकासमा जंगबहादुरले गर्दा सय वर्ष पछि परेको नेपालमा भने विश्व घटनाक्रमको उल्टो सन् २००० पछि साम्यवाद सांगठनिक र राजनीतिक उत्कर्षतर्फ अघि बढ्यो।
नेपाली कम्युनिस्टको भ्रम
नेपालमा साम्यवादको फैलावट नेपाली समाजको वैचारकि पछौटेपनको उपज हो। त्यो यस अर्थमा कि कम्युनिस्ट पार्टीका अगुवाहरू माथि उल्लिखित छैटौँ चरण -नेपालमा राणाशासनको अन्त्य, जसको आसपासमा नेपाली कम्युनिस्ट पार्टी जन्मियो र जनमतसंग्रहपछिको राजनीतिक बाटो हराएको पञ्चायत पतनतर्फ गयो)भर ियुरोप र अमेरकिामा माक्र्सका पहिले अप्रकाशित कृतिहरू उपलब्ध भएपछि उदाएको नवमाक्र्सवाद र त्यसभित्रका वादविवादबारे प्रायः अनभिज्ञ नै रहे। पाँचौँ चरणमा माक्र्सीय चिन्तनलाई लेनिनवाद-स्टालिनवादले अपहरण गर्‍यो र रुसी बोल्सेभिक शासन अनुकूल कूव्याख्या भयो।
सारमा लेनिनवाद भनेको पेसेवर क्रान्तिकारीहरूले कुनै पनि परििस्थतिमा सत्ता कब्जा गर्ने रणनीतिक औजारको दर्शन हो र लेनिनवादी-स्टालिनवादीहरू तत्कालीन लाभका लागि माक्र्सको भनाइलाई तोडमोड गर्न त के जातिवाद वा धर्मलाई समेत प्रयोग गर्न पछि पर्दैनन्। नेपालमा धेरैले भ्रम पालेर बसेका छन् कि लेनिनले रुसमा सामन्तवादी जारशासन अन्त्य गरे। त्यसो हुँदै होइन। पहिलो विश्वयुद्धले धरमराइसकेको जारशाहीलाई किरेन्स्कीको नेतृत्वमा सोसल डेमोक्र्याटहरूले फेब्रुअरी १९१७ मा पाखा लगाइसकेको हो।
त्यस बखत लेनिन स्वीट्जरल्यान्डमा निर्वासित जीवन बिताइरहेका थिए। जारशाही हटेपछि रुसविरुद्ध लडेको जर्मनहरूको सहयोगमा बन्द रेलगाडीमा राखेर लेनिनलाई रुसका दुस्मनहरूले नै फिनल्यान्ड पुर्‍याए। त्यहाँको संक्रमणकालको फाइदा उठाई नोभेम्बर १९१७ मा बोल्सेभिक क्रान्तिमार्फत सत्ता हत्याउन र नजरबन्दमा रहेको जारको परविारलाई हत्या गर्न उनी सफल भएका हुन्। यस अर्थमा रुसमा लेनिनले क्रान्ति गरेका होइनन्, बरू क्रान्ति चोरेका हुन्। र, आज भ्लादिमिर पुटिनको रुसमा कम्युनिस्टहरू तिरस्कृत हुनुपर्नाको कारण लेनिनको राष्ट्रघात र स्टालिनको नरसंहार हो। यो कुरा लेनिन र स्टालिनको तस्बिर आफ्ना कार्यालयमा झुन्ड्याउने र आमसभामा ब्यानर राख्ने कर्मकान्डी नेपाली कम्युनिस्टहरूले बुझ्नु जरुरी छ।
बर्लिनको पर्खाल ढलेपछि धेरै वाम बुद्धिजीवीहरू माक्र्सवादबाट पलायन भए तर लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका प्राध्यापक लर्ड मेघनाथ देसाईले भने माक्र्सको पुनः अध्ययन गर्न थाले। सन् २००२ मा प्रकाशित उनको माक्र्सेस रभिेन्ज अर्थात् ‘माक्र्सको बदला’ नामक पुस्तक माक्र्सीय चिन्तनलाई लेनिनवादी-स्टालिनवादीहरूले अपभ्रंशित गरेको उनको निचोड छ। माक्र्सले बजार र पुँजीवादबारे गहन अध्ययन गरेका हुन् तर त्यस चरणपछिको समाजवादबारे खासै लेखेको पाइँदैन।
युरोपमा सन् १९४८ मा उनको ‘कम्युनिस्ट घोषणापत्र’ अनुरूप क्रान्ति सफल नभएको हुनाले माक्र्स निर्वासित जीवन बिताउन बेलायत पुगे र त्यहाँ पुँजीवादको पुनः अध्ययन गर्न थाले। दास क्यापिटल लेख्नुअगाडि उनी एसियाली उत्पादन प्रणालीबारे चिन्तित हुन थाले किनभने त्यो इतिहास उनको सिद्धान्त अनुसार मेल खाँदैनथ्यो। समाज सामन्तवादबाट पुँजीवादमा प्रवेश गर्दा सामन्तवादभित्रकै उत्पादन प्रणालीको अन्तरविरोधले नयाँ उत्पादन प्रणालीका अग्रज संवाहक -पुँजीपति)हरूलाई त्यस नयाँ चरणमा पुर्‍याउँछ भन्ठान्थे माक्र्स। तर, एसियाली उत्पादन प्रणालीमा त्यो अन्तरविरोध नदेखिएकै कारण दास क्यापिटलको दोस्रो र तेस्रो भोल्युम प्रकाशित गर्न आफ्नो जीवनकालभरि आनाकानी गररिहे।
स्टालिनवादको अन्त्यपछि मात्रै माक्र्सको त्यस्तो सोचबारे राम्रोसँग जानकारीमा आएको हो, डेभिड र्‍याजानोभहरूको मिहिनेतबाट। त्यस क्रममा माक्र्सका पहिले अप्रकाशित कृतिहरू जसलाई ग्रुन्डरसि -अर्थराजनीतिक आलोचनाको आधार), फोरमेन -पुँजीवादअघिका संरचना) र आर्थिक एवं दार्शनिक टिपोटहरू पर्छन्। यस्ता पाण्डुलिपिहरू सार्वजनिक भएपछि माक्र्सीय चिन्तनबारे पश्चिम युरोप र ल्याटिन अमेरकिामा नवमाक्र्सवादी चिन्तकहरूले १९६० को दशकदेखि बीसौँ शताब्दीको अन्त्यसम्म बजार, औद्योगिक पुँजीवाद र त्यस्तो समाजमा मास संस्कृतिबारे नयाँ र सिर्जनात्मक व्याख्याहरू गर्न थाले। तीमध्ये अत्यन्तै प्रभावशाली नवमाक्र्सवादमा आधारति ‘प|m्यांकर्फट स्कुल’ रह्यो। एडोल्फ हिटलरको उदयपछि अमेरकिाको कोलोम्बिया विश्वविद्यालयमा ‘क्रिटिकल थ्यौरी’का रूपमा तिनका प्रमुख व्याख्याकारहरू शरण लिएर बसे। तीमध्ये म्याक्स होर्खहाइमर, एरकि प|mोम, थियोडोर एडोर्न, युरगेन हाबरमास पर्छन्।
दक्षिण अमेरकिामा ‘डिपेन्डिेसिया थ्यौरी’का नाममा त्यहाँका नवमाक्र्सवादीहरूले साम्राज्यवादको चपेटामा आफ्नो भूभाग कसरी फस्यो र शिक्षा इत्यादि क्षेत्रमा कसरी मुक्ति पाउने भन्नेतिर सोच्न थाले। नेपाल र भारतमा -दक्षिण एसियाका अन्य इस्लामी मुलुकहरूमा भने साम्यवादी राजनीतिको केही प्रभाव भेटाउन पनि गाह्रो छ) भने लेनिनवाद-स्टालिनवाद भन्दा माथि उठ्न नसकेका वामपन्थी पार्टीहरू माक्र्सवादका यस्ता सिर्जनशील प्रयोगबारे प्रायः बेखबर रहे। यसै कारण लेनिनवादी संगठनात्मक रणनीति अनुरूप सत्ता साझेदारीसम्म पुगे पनि नयाँ सोचले समाजलाई डोर्‍याउन असमर्थ मात्र रहेनन्। बरू आफैँ नवसामन्तवादीमा रूपान्तरति भए। स्मरण रहोस्, नेपालमा लोकतन्त्र ल्याउन मद्दत गर्ने कामरेड सीताराम येचुरी भारतका निर्माण कम्पनीलाई जलविद्युत्को लाइसेन्स दिलाउन दलाली गर्दै हिँडेको र नवधनाढ्य कमिसन घरानाका युवराजहरूलाई नेपालका क्रान्तिकारी साम्यवादीहरूले मोटो चन्दाबापत समानुपातिक उम्मेदवारी बाँडेको भर्खरैको कुरा हो।
माक्र्सवादको गैरलेनिनवादी नयाँ प्रयोगबारे अनभिज्ञ नेपाली वामपन्थीहरूले माक्र्सवादका प्रखर आलोचक दार्शनिक कार्ल पपरको तर्कबारे जानकारी राख्ने त झनै सम्भावना थिएन। कार्ल पोल्यानीले सन् १९४४ मो द ग्रेट ट्रान्सफरमेसन लेख्दाको समयमा पर न्युजिल्यान्डमा हिटलरको नरसंहारबाट जोगिन अस्टि्रयायी यहुदी मूलका विज्ञान दार्शनिक कार्ल पपर ‘खुला समाज र तिनका शत्रुहरू’ लेख्दै थिए। पछि उनी लन्डन स्कुल अफ इकोनोमिक्समा धेरै वर्ष प्राध्यापन गरेर निवृत्त भए। उनले आफ्नो लामो जीवनकालमा अध्ययनका लागि विश्वविद्यालय प्रवेश गर्दा रुसमा बोल्सेभिक क्रान्ति सफल भएको र बित्नुभन्दा केही वर्षअघि बर्लिनको पर्खाल ढलेको र सोभियत संघ पतन भएको हेर्न पाए। आफूलाई वाम झुकावका समाजवादी भन्न रुचाउने पपर विद्यार्थी जीवनको सुरुमा त आफूलाई माक्र्सवादी भन्थे। तर, पहिलो विश्वयुद्ध सकिएलगत्तै भियनामा भएको माक्र्सवादी आन्दोलनमा नेताहरूले आमजनता उक्साएर मर्न लगाउने तर आफू भने जोगिने जुन चरत्रि देखाए, पपरलाई त्यो घोर अनैतिक लाग्यो र माक्र्सवादीको यस्तो चरत्रि किन हुन्छ भन्ने अध्ययनतर्फ लागे। दोस्रो विश्वयुद्ध चलिरहेका बेला लेखिएको उनको खुला समाज र तिनका शत्रुहरू राजनीतिमा ठालुपन र निरंकुश चरत्रिको दार्शनिक मूल खोज्नमै केन्दि्रत थियो, जुन उनले प्लेटोदेखि एरस्िटोटल र हेगेल हुँदै माक्र्ससम्म आएको पत्ता लगाए।
पपरका अनुसार कुनै पनि प्रथालाई वैज्ञानिक कहलिन यसले गलत हुन सक्ने सम्भावना राखेको हुनुपर्छ र कुनै पनि ‘थ्यौरी’ सदाका लागि ठीक नभई गलत प्रमाणित नहुन्जेलसम्म मात्र ठीक कहलिन्छ। परीक्षणद्वारा जोकोहीले पनि कुनै पनि पादरी वा मठाधीशको अनुमतिबेगर जस्तोसुकै थ्यौरीलाई चुनौती दिन सक्छ। यदि सफल भएन भने थ्यौरी ठीकै रहेको मानिन्छ तर नयाँ चुनौतीका लागि ढोका कहिल्यै बन्द गरन्िन। यो चरत्रि वैज्ञानिक मात्र नभई खुला समाजको पनि हो। तर, थ्यौरी ठीक र प्रश्नकर्ताचाहिँ सफाया गर्न योग्य वर्गशत्रु भन्नु -जुन पोलिटब्युरोको अधिनायकवादको मठाधीशतन्त्रमा पाइन्छ) घोर अधिनायकवादी चरत्रि हो।
माक्र्सवादीहरू आफ्नो दर्शनलाई वैज्ञानिक भन्न रुचाउँछन् तर पार्टीको आधिकारकि भनाइप्रति सन्देह वा विमति राख्ने छुट लेनिनवादको फलामे अनुशासनमा कसैलाई हुँदैन। अझ स्टालिनको समयमा सरकारी वैज्ञानिक ‘प्राज्ञ’ ट्रफिम लिन्सेकको हावादारी थ्यौरी, चिसोमा फापरको बीउ राख्यो भने त्यसबाट गहुँ फलाउन सकिन्छ, को विरोध गर्दा सोभियत जेनेटिक्सका अगुवा वैज्ञानिक भाभिलोवलाई साइबेरयिाको कारागारमा पठाएर भोकभोकै मारयिो। अझ अर्थ र समाजशास्त्रको क्षेत्रमा त पार्टीका आधिकारकि धारणाविरुद्ध वैज्ञानिक हिसाबले ‘टेस्ट’ गर्ने कुरा चिताउनै सकिँदैन थियो।
पपरको वैज्ञानिक-अवैज्ञानिक छुट्याउने व्याख्या अन्तर्गत माक्र्सवाद-लेनिनवाद कसरी गलत साबित भयो ? थ्यौरी वैज्ञानिक हुन त्यो ‘फल्सिफाइ’ गर्न सकिने हुनुपर्छ। अर्थात्, ‘एक्सपेरमिेन्ट’द्वारा चुनौती दिन सकिने र चुनौती सफलतासाथ सामना गर्न सक्यो र भविष्यमा पनि सकिरहुन्जेलसम्म मात्र त्यो थ्यौरी वैज्ञानिक कहलिन्छ। साम्यवादको उदयदेखि पतनसम्म देखेका पपर वैज्ञानिक कसीमा माक्र्सवाद पूरै फल्सिफाइ भएको ठान्छन्।
माक्र्सवाद अनुसार पूर्ण विकसित पुँजीवादी मुलुकमा मात्र साम्यवाद आउन सक्छ। तर, औद्योगीकरण नभएका र पुँजीवादको चरणमा नै प्रवेश नगरेका मुलुकहरूमा साम्यवादी क्रान्ति भयो। माक्र्सवाद अनुसार तथाकथित साम्यवादी क्रान्ति श्रमिक वर्गले गर्छ, न कि चेतना नभएका किसानले। तर, माओत्सेतुङ्, होचिमिन्ह र फिडेल क्यास्ट्रोले उद्योग भन्ने देख्दै नदेखेका किसानबाट क्रान्ति गराए। माक्र्सवाद अनुसार पुँजीपति झन्झन् थोरै र धनी तथा औद्योगिक श्रमिक झन्झन् शोषित र गरबि हुनुपर्ने हो। तर, विकसित औद्योगिक राष्ट्रहरूको तथ्यांक हेर्ने हो भने मजदुरहरू विगतमा भन्दा झन् बढी सम्पन्न भएको र ‘जोइन्ट स्टक कम्पनी’का सेयरपत्रहरूमार्फत झन् बढी पुँजीपतिको हातमा धेरै पुँजी पुगेको प्रस्ट हुन्छ। १८औँ शताब्दीको स्पिनहामल्यान्ड सेटलमेन्टजस्तै २०औँ शताब्दीमा पनि पुँजीवादले सुधार गर्दै आफूलाई झनै शक्तिशाली बनाएको छ, माक्र्सवादले भनेको जस्तो छिट्टै नाशवान् हुने छाँटकाँट देखिँदैन।
पपरका अनुसार समाजको बहुपक्षीय गतिशीलता हुन्छ, जुन अनिश्चित, खुला सम्भावना बोकेको र पूर्वानुमान गर्न नसकिने खालको हुन्छ। यसले गर्दा समाजमा देखा परेका समस्याहरू एकपछि अर्को गर्दै पालैपालो टुक्राटुक्रामै समाधान गर्दै जानुपर्छ, न कि कुनै आमूल परविर्तनको पूर्वानुमानित गुरुयोजनाको खाकाबाट। हेगेलवादी माक्र्सवादीहरू प्लेटोनिक यहुदी-इसाई परम्परा अनुरूप इतिहासमा पूर्वनिर्धारति गन्तव्य देख्थे र त्यसतर्फ पुगिने इतिहासवादका नियमको खोजीमा समय र श्रम खर्चिन्थे, जसबाट भविष्यवाणी गर्न सकियोस् न्युटन र केप्लरले ग्रहबारे गरेसरह। तर, ग्रह र अन्तरक्ष्िाका पिण्डहरू चेतनायुक्त प्राणी होइनन्, आफ्नो चेत अनुरूप चल्न सक्दैनन्। तिनको चल्ने नियम वैज्ञानिक विधिद्वारा पत्ता लगाउन केप्लर, न्युटन र पछि गएर अल्वर्ट आइन्सटाइन सफल भए। तर, समाज चेतनशील प्राणीहरूले बनेको हुन्छ, जसको क्रिया र प्रतिक्रिया भौतिक वैज्ञानिक नियमबाट मात्र नभई अन्तस्करणको बुझाइबाट पनि निर्देशित हुन्छ, जुन माक्र्सवादी भौतिकवादले ठम्याउन सकेको छैन र दार्शनिक कोणबाट हेर्दा सम्भव छैन पनि।
पपरले भनेझैँ लेनिनवादी माक्र्सवादीहरू सुधार रूचाउनेहरूलाई ‘सुधारवादी’ भनेर गाली गर्छन्। उनीहरूका अनुसार यो ढल्नै आँटेको पुँजीवादलाई ढल्नबाट जोगाउने र अवश्यम्भावी क्रान्तिकारी परविर्तन अलमल्याउने प्रपञ्च मात्र हो। तर, बेलायत, अमेरकिा, जापान र पश्चिमा औद्योगिक राष्ट्रहरूलाई २१आँै शताब्दीमा आएर फर्की हेर्दा ती देशहरू मात्र आर्थिक रूपमा सफल भएका छन्। सामाजिक रूपमा त्यहाँका श्रमिकहरू बढी सम्पन्न छन् किनभने राज्यले बजारलाई छाडा छोडेको छैन, परििधभित्र रहेर सिर्जनशील हुन राम्रै मौका दिएको छ। साथै राज्य सञ्चालक राजनीतिज्ञ र तिनका पार्टीहरू उच्च कर्मचारीतन्त्रलाई निरंकुश हुन दिँदैनन्, आफ्नो नैतिक बलका आधारमा। माक्र्सवाद-लेनिनवादको जननी मानिने पूर्वसोभियत संघ वा अन्य साम्यवादी मुलुकहरू यस्ता सफल राज्यमा दरन्िनन्। पूर्वकम्युनिस्ट शासित मुलुकहरू पनि सफलमा गनिँदैनन्। अनियन्त्रित बजारलाई श्रमिक र समाजको हितमा नियन्त्रण गरी शान्तिपूर्ण ढंगले दयनीय परििस्थति बदल्न सकिन्छ भन्ने कल्पना माक्र्सले त गर्न सकेनन् नै, उनीपछिका माक्र्सवादी-लेनिनवादी अनुयायीहरूले त झन् सुधारमा भाँजो हाल्ने काम मात्र गरे। अन्ततोगत्वा माक्र्सवादी असफलता र विश्वव्यापी -खास गरी युरोपमा) अलोकपि्रयता उनीहरूको यही दृष्टिदोषबाट सुरु हुन्छ।
नेपालमा पनि आमूल क्रान्तिको भ्रान्ति नत्यागुन्जेल र असरदार क्रमिक सुधारको पक्षमा विश्वासिलो ढंगले आफूलाई नबढाएसम्म वाम राजनीतिले अस्थिरता र त्यसमा विदेशी हस्तक्षेप निम्त्याउने औजारमा प्रयोग हुने मात्र देखिन्छ। पहिलो संविधानसभाको असफल प्रयोजनले साम्यवाद र त्यसको पछिपछि हिँड्ने गैरवाम दलहरूको दर्शन र दृष्टिकोणमा बरू आमूल परविर्तनको खाँचो छ भन्ने देखाएको छ। 
नेपाल साप्ताहिक | अंक: ५६९ | २०७० कार्तिक २४  | 


No comments:

Post a Comment