काठमाडौँका मसाज पार्लर, गेस् टहाउस, क्याबिन रेस् टुराँ, डान्स बार र दोहोरी साँझसम्बन्धी गरएिका विभिन्न अनुसन्धानहरूले पनि धेरैजसोमा अवैध यौनधन्दा हुने गरेको देखाएका छन् । महिला र बालबालिकाका अधिकारका क्षेत्रमा कार्यरत संघसंस् थाहरू र नेपाल सरकारले गरेका अध्ययनहरूको साझा निष्कर्ष छ, यी क्षेत्रमा चर्को यौन उत्पीडन छ । उनीहरू पारविारकि, सामाजिक र आर्थिक कारणले ती ठाउँमा काम गर्न बाध्य छन् र उनीहरू ग्राहक र व्यवसाय सञ्चालकहरूको दोहोरो शोषणमा छन् । साथसाथै, एचआईभी/एड्सलगायत विभिन्न सरुवा रोगहरूको उच्च जोखिममा उनीहरू रहेका छन्।
विशेष गरी ठमेलका मसाजमा केन्दि्रत गरी रक्षा नेपाल नामक गैरसरकारी संस् थाले गरेको अध्ययन अनुसार, दुईतिहाइ महिला सशस् त्र द्वन्द्वबाट प्रभावित भएर ती ठाउँमा पुगेका छन् । उनीहरूमध्ये बालिकाको संख्या एकदमै धेरै रहेको अध्ययनले देखाएको छ । त्यस अनुसार, ११ देखि १८ वर्ष उमेरका ६५ प्रतिशत छन् । यस क्षेत्रमा कार्यरत महिला धेरैजसो समाजका पिछडिएका समुदायबाट आएका छन् । धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुरलगायत काठमाडौँका छिमेकी जिल्लाका युवती अत्यधिक रहेका छन्।
उक्त सर्वेक्षण अध्ययन अनुसार, एकतिहाइ महिला गाउँघरबाट आएर सुरुमै यस् तो पेसामा लागेको पाइएको छ । बाँकी महिलाले काठमाडौँ आएर केही समय संक्रमणकालीन कामका रूपमा गलैँचा कारखाना, घरेलु कामदारजस् ता काम गरेको देखिएको छ । उनीहरूमाथि यौनजन्य शोषण र दुव्र्यवहार त्यहीँबाट सुरु हुने गरेको छ ।
न्यून र अनियमित वेतन, सुरुमा बताइएभन्दा फरक प्रकृतिका काम, प्रहरी दुव्र्यवहारजस् ता समस् या उनीहरूका साझा समस् या हुन् । उनीहरूले न्यूनतम सात र बढीमा १० घन्टा हरेक दिन काम गर्नुपर्छ । त्यसबापत उनीहरूले मासिक १ हजार ५ सयदेखि १० हजार रुपियाँसम्म पारश्रिमिक पाउने गरेको अध्ययनले देखाएको छ । औसत ४ हजार ६ सय ५ रुपियाँ उनीहरूको आम्दानी हुन्छ, जबकि औसत खर्च ६ हजार ४ सय ५७ रुपियाँ हुन्छ । यसले उनीहरू प्रायः न्यूनतम आवश्यकतासमेत टार्न नसक्ने अवस् थामा यस क्षेत्रमा काम गररिहेको देखाउँछ । सर्वेक्षणमा सहभागी महिलाहरूका अनुसार, उनीहरूका न्यूनतम आवश्यकता पूर्ति गर्न न्यूनतम मासिक ३ हजार ५ सयदेखि १५ हजार रुपियाँसम्म आम्दानी चाहिन्छ ।
उनीहरूमध्ये सबैजसोले आफ्नो परविारमा वास् तविक कामबारे जानकारी गराएका छैनन् । करबि ९० प्रतिशत आफ्नो काम र परचिय लुकाउन चाहन्छन् । यस कामले समाजमा मान्यता नपाएको र त्यसबाहेक अन्य आम्दानीका बाटा पनि नभएकाले उनीहरूलाई दोहोरो संकट छ ।
अर्को रोचक पक्ष भने सेना र प्रहरी उनीहरूका नियमित ग्राहक छन् । केही विदेशी पर्यटक पनि उनीहरूका ग्राहक हुन् । तर, यसको ठूलो अंश अर्थात् करिब ६४ प्रतिशत भारतीय पर्यटकले ओगटेको छ, जो अन्य मुलुकका पर्यटकभन्दा कम पैसा खर्च गर्न तयार हुन्छन् । ३१ देखि ५० वर्ष उमेर समूहका ग्राहक बढी मसाज पार्लरमा धाउने गरेको अध्ययनले देखाएको छ । ८१ प्रतिशत महिलाले त्यहाँ यौन क्रियाकलाप हुने बताएका छन् । उनीहरूका अनुसार, यौनका क्रममा ५० प्रतिशत ग्राहक परविार नियोजनका अस् थायी साधन प्रयोग गर्न अस् वीकार गर्छन् ।
यौनकर्मीहरू आफैँ पनि यौन व्यवसायलाई वैधानिकता दिन नहुने पक्षमा आफ्नो मत जाहेर गर्छन् । यसो हुँदा समाजमा यसको नकारात्मक असर पर्ने, संस् कृति ध्वस् त हुने, भविष्यमा यही विषय गम्भीर समस् याका रूपमा देखिने र यौनजन्य रोगहरू फैलिन सक्ने भएकाले यसलाई वैधानिक व्यवसायको मान्यता दिन नहुने उनीहरूको भनाइ छ । ९० प्रतिशत यौनकर्मीहरू अन्य सीप, तालिम र रोजगारका माध्यमबाट पुनःस् थापना चाहन्छन् । आयुर्वेदिक हर्बल मसाजकी पुतली पनि यस् तै भन्छिन् । "राम्रो काम पाए यहाँ यस् तो काम गर्न को आउँछ ?" उनको प्रश्न छ।
मसाज पार्लर बढीजसो पर्यटकीय क्षेत्र ठमेलमा केन्दि्रत छन् । मुक्ति नेपाल नामक एक गैरसरकारी संस् थाले सन् २००४ मा गरेको अध्ययन अनुसार, ७५ प्रतिशत मसाज केन्द्रमा गैरकानुनी यौनधन्दा हुने गरेको छ । एक दर्जन केन्द्रमा मात्रै वास् तविक मसाज हुने उक्त अध्ययनले जनाएको छ । त्यस अनुसार, २५ देखि ४० प्रतिशतमा मसाज र देहव्यापार दुवै हुने र १५ देखि २० प्रतिशत मसाज केन्द्रमा देहव्यापार मात्रै हुन्छ।
NEPAL National Weekly
No comments:
Post a Comment