विपिन अधिकारी
डीन, काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल
वास्तवमा पृथ्वीनारायण शाहले बाँचेको समकालीन इतिहासमा काठमाडौँमा बसी काम
गर्ने रोमन मिसनका धर्मप्रचारक जोसेप डे रोबाटोबाहेक कसैले पनि उनको खेदो
खनेको इतिहासमा देखिँदैन । जतिले खेदो खनेका छन्, तिनको आधार जहिले पनि
रोबाटो नै हुने गरेका छन् । यस प्रसंगमा रोबाटो को हुन् भनेर बुझ्नु
आवश्यक छ । उनी एकीकरण युद्धमा कान्तिपुरका राजा जयप्रकाश मल्लका लागि
अंग्रेजको सहयोग जुटाउने कार्यमा लागेको शंकाका आधारमा गोर्खालीद्वारा
काठमाडौँबाट लखेटिएका व्यक्ति हुन् । उनी मिसनसहित भारतको बेतियातर्फ
लखेटिएका थिए । उनले पृथ्वीनारायणको निन्दा गर्नु स्वाभाविक थियो । शत्रुको
तारिफ केवल क्षमतावान्बाट मात्र हुन सक्छ ।
काठमाडौँ उपत्यका एकीकरणको युद्धमा कीर्तिपुरवासीको नाक काटेको,
काठमाडौँभित्र खाद्यान्न ओसारपसार गर्ने नाका बन्द गरेको र चाहिनेभन्दा बढी
बल प्रयोग गरेको भन्दै रोबाटोले आफ्ना लेखोटमा उल्लेख गरेका छन् ।
रोबाटोकै लेखोटलाई एक जना अंग्रे जले धेरै पछि अंग्रेजीमा उल्था गरी
कोलकाताबाट प्रकाशित हुने एसियाटिक सोसाइटीको जर्नलमा प्रकाशित गरेका थिए ।
यसबाहेक कुनै पनि इतिहासका अध्येताले पृथ्वीनारायणमाथि यस्ता आरोप लगाएका
छैनन् । यहाँनिर के कुरा बिर्सनु हुँदैन भने काठमाडौँ एकीकरण गर्दा
पृथ्वीनारायणले सबैभन्दा कठिन लडाइँ लडेका थिए ।
पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता
http://www.ekantipur.com/nepal/2071/9/27/full-story/7924.html
अंक
६२८ | २०७१ पुस २७
No comments:
Post a Comment