गुल्जार बजार। चोकमा सानो मन्दिर। गुजुमुच्च बस्ती। चिटिक्कका झ्यालढोका, कोठाचोटा, बुइगल, बार्दली भएका घर। घरभित्र फेर िचोक। यी सब विशेषता काठमाडौँको इन्द्रचोकसँग मिल्छ। इन्द्रचोक अर्थात् पुरानो नेवार बस्ती। प्राचीन नेपाली नगर सभ्यताको जिउँदो अवशेष।
तर, यो प्रसंग भने इन्द्रचोकको होइन। प्रसंग हो, खलंगाबजार, जुम्लाको। काठमाडौँबाट करबि आठ सय किलोमिटर -सडक मार्गबाट) पश्चिमको विकट पहाडी भूगोल। गाडीमै जाँदा पनि तीन दिनपछि मात्र पुगिन्छ, काठमाडौँबाट। गाडी त के ? बाटो पनि राम्रोस ँग नपहिल्याइएको समयमा काठमाडौँ उपत्यकाकै आदिवासी नेवार व्यवसायीले बसालेको नगर जीवन छ यहाँ।
खलंगा बजारको केन्द्रमा चन्दननाथ मन्दिर छ। मन्दिरलाई दायाँ पारेर करबि २० कदम अघि बढेपछि चौबाटोमा छ, कृष्णमन्दिर। यो सानो मन्दिरसँगै दक्षिणपट्ट िएउटा पसल छ। सानोतिनो डिपार्टमेन्टल स्टोर भने हुन्छ, जहाँ दैनिक उपभोग्य वस्तु, खेलौना, शृंगार प्रसाधन र ओखतीमूलोसमेत पाइन्छ।
यो पसलको आफ्नै इतिहास छ। यहीँबाट जुम्लामा आधुनिक बजार स्थापना र विस्तार प्रारम्भ भयो। "बजार बस्नुअघि यो त्रिवेणी परेको ठाउँमा मसानघाट थियो," चन्दननाथ-७, जुम्लाका चन्द्रलाल श्रेष्ठ, ६७, भन्छन्, "अहिले पनि अलिकति खन्दा मानव अस्थिपञ्जर भेटिन्छन्।"
टोलभरकिा पाका र पढलेखमा पनि रुचि भएका चन्द्रलालले यहाँको इतिहासको पाण्डुलिपि तयार पारेका छन्। उनका अनुसार काली दह, निली दह, गैरी दह, धौली दह र लामी दह फुटेर बस्ती बसेको ठाउँ हो यो। चन्दननाथ बाबाले ती दह फुटाएको र दत्तात्रय गुरुले जंगल फँडानी गरी बस्ती बसालेको मानिन्छ। तर, ती बस्ती अलि अग्लो ठाउँमा टाढाटाढा छरएिका थिए।
जुम्लामा कल्याल राजा छँदा केन्द्रमा रणबहादुर शाह थिए। एकीकरण अभियान अन्तर्गत विसं १८३४ मा जुम्ला राज्य पनि नेपालमा गाभियो। तैपनि, जुम्लाको आर्थिक-सामाजिक जीवनमा खासै फरक परेन। राणाकालमा मानबहादुर राणा बडाहाकिम भएर आएपछि भने कोल्टे नै फेर्यो, जुम्लाले। देश-दुनियाँ देखेका राणाले बजार र अर्थतन्त्रका पनि केही नयाँ कडी पहिल्याएका रहेछन्। खास गरी बजार र अर्थतन्त्रलाई चलायमान बनाउने नेवार समुदायको सीप र जाँगरबाट प्रभावित थिए उनी। अर्थतन्त्र चलायमान नभई राजस्व बढ्दैन, राजस्व नबढी प्रशासनिक खर्च चल्दैन भन्नेसम्म उनले बुझेका थिए। त्यसैले दुल्लु -दैलेख)मा भेटिएका तामाखानी सञ्चालक पूर्णसिंह श्रेष्ठ मल्लसँग 'जुम्लामा बजार छैन, बजार बसालिदिनुपर्यो' भनेछन्।
पूर्णसिंह पाटनको मंगलबजार र सुन्धारामा गरी दुई ठाउँमा घर भएका व्यवसायी थिए। वाषिर्क ३६ हजार रुपियाँ राजस्व बुझाउने गरी तामाखानी उत्खननको ठेक्का पाएर दैलेख पुगेका थिए। तामाका गाग्री, ताउलालगायत भाँडाकुडा बनाएर सुर्खेत, दुल्लुलगायतका बजारमा पठाउँथे। बडाहाकिम मानबहादुरको अनुरोधपछि उनले विसं १९५३ मा साहिँला छोरा रणवीर र कान्छा छोरा कृष्णवीर श्रेष्ठलाई जुम्ला पठाए। बजार बसाउने जिम्मा लिएर आएको श्रेष्ठ परविारलाई बस्न सबै गाउँले मिलेर झडेरीमा घर बनाइदिए।
बजार बसाल्नु सजिलो थिएन। किनभने, पसल थापेर मात्र बजार बन्दैनथ्यो। किनमेल संस्कृति बसाल्नु आवश्यक थियो। बजार र पसलको प्रचारप्रसार गर्ने आजजस्तो प्रविधि थिएन। तर, व्यावसायिक गुण भएको नेवार परविारलाई उपाय सहजै सुझ्यो, जात्रा।
त्यतिखेरसम्म त्यहाँ मनोरञ्जनका साधन खासै थिएनन्। त्यसैले जात्रा मनाउने, टाढाटाढाका गाउँलेलाई समेत बोलाउने, त्यही मौकामा बजार र वस्तुको प्रचार र व्यापार बढाउने। बडाहाकिमसमेतको सल्लाहमा गठेमंगल, लाखे, गाईजात्रा, रोपाइँजात्रा, पल्टनजात्रा, बैरागीजात्राजस्ता प्रचलन सुरु गरएि। आज पनि कृष्णाष्टमी यहाँको सबैभन्दा ठूलो चाड हो। र, त्यसको भोलिपल्ट नवमी पर्व पनि धुमधामका साथ मनाइन्छ। लाखे र क्वाँटी जुम्ली संस्कृतिका अभिन्न अंग बनेका छन्। भेडाबाख्रा पाल्ने त जुम्लाको पुरानै चलन थियो। "तर, खसहरू मासु भने उसिनेर खान्थे। नेवार आएपछि नै भुटनको चलन गाउँतिर फैलियो," चन्द्रलाल सम्झन्छन्।
जुम्ला मात्र होइन, मुलुकका जुनसुकै भेग वा क्षेत्र पुगे पनि साना-ठूला बजार आएपछि त्यहाँ नेवार बस्ती अवश्य भेटिन्छन्। पूर्वको ताप्लेजुङ होस् वा पश्चिमको दार्चुला, उत्तरको मनाङ होस् वा तराईको पर्सा, जहाँ गए पनि नेवार समुदायको उपस्थिति छ। उनीहरू जहाँ भेटिन्छन्, त्यहाँ आर्थिक रूपले समृद्ध छन्। सामाजिक हिसाबले प्रतिष्ठित छन्। सांस्कृतिक रूपले विशिष्ट छन्। अन्य समुदायसँग ऐक्यबद्ध छन्।
मेचीदेखि महाकालीसम्म
मुलुकको जनसांख्यिक नक्सामा क्षेत्री, बाहुन, मगर, थारू र तामाङपछि पाँचौँ ठूलो आकारको समुदाय हो, नेवार। ०६८ सालको जनगणना अनुसार मुलुकभर १३ लाख २१ हजार ९ सय ३३ जनसंख्या रहेको यो समुदाय ५१ प्रतिशत काठमाडौँ उपत्यकामै छ। आधा जनसंख्या बाँकी मुलुकमा छरएिको छ। ७५ वटै जिल्लामा पुगेको यो समुदायका सबैभन्दा कम हुम्लामा २६ जना मात्र छन्। हुम्लाभन्दा केही बढी अर्को हिमाली जिल्ला डोल्पामा छन्। त्यहाँ पनि आर्थिक कारोबार हुने जुफाल र दुनैमा केन्दि्रत छन्।
काठमाडाँै उपत्यकाका मूलवासी भए पनि हिमाली क्षेत्रमा ६३ हजार ७ सय नेवार छन् भने तराईमा दुई लाखभन्दा बढी छन्। हुम्ला, मुगु, दार्चुला, बाजुराजस्ता विकट पहाडी जिल्लाका समेत नेवारहरू पुस्तैनी स्थायी बासिन्दा हुन्।
काठमाडौँ उपत्यकाबाट नेवार समुदाय देशैभर िकसरी फैलियो ? जहाँसुकै कसरी जमेर बस्यो ? कसरी अर्को समुदायसँग अन्तरघुलित भयो ? यस्ता प्रश्नको जवाफ जुम्लाको उदाहरणले नै दिन्छ। आज आठौँ पुस्तामा आइपुग्दा जुम्लावासी नेवारहरूले 'जुम्ली' शब्दभित्रको हेयभावमा आफूप्रतिको पनि अवहेलना सम्भिmन्छन्। जुम्लाको उन्नति, प्रगति र गौरवमा आफ्नो पनि शिर उँचो भएको ठान्छन्। जुम्लाका खस र लामाका कतिपय संस्कृति र संस्कारलाई नेवारले पनि आत्मसात् गरेका छन्। र, नेवारले बोकेर आएका धेरै संस्कार-संस्कृति अन्य समुदायले पनि अपनाएका छन्। हुँदाहुँदा पछिल्लो छिमलमा त वैवाहिक सम्बन्धमा पनि नेवार-गैरनेवार हेर्न छाडिएको छ। शिक्षा र व्यवसायका बहुविध आयाममा नेवार युवाले आफ्नो भविष्य खोज्न थालेका छन्। लामा युवती विवाह गरेका चन्दननाथ-७, जुम्लाका नवराज श्रेष्ठ, ३४, खलंगा बजारमै नेवाः किचन नामको रेस्टुराँ चलाइरहेका छन्। भन्छन्, "आजको जमानामा कुनै पनि कुरालाई जातीय आँखाले हेर्नुु हुँदैन। दाम्पत्य त झन् नितान्त निजी कुरा हो।"
जुम्ला त एउटा उदाहरण मात्र हो, नेवार समुदायको बसोवास पूर्वमा इलामदेखि पश्चिमममा डोटीको सिलगढीसम्म र उत्तरमा डोल्पादेखि दक्षिणमा जनकपुर-गौरसम्म छ -हेर्नूस्, बक्स)। पाल्पाको तानेसनमा मखनटोल, वसन्तपुर, असनटोल, विशालबजार, टुँडिखे ल, बांगेमूढाजस्ता नाम र उस्तै हुलिया भएका टोल र बहालहरूका कारण काठमाडौँकै इन्द्रचोक-ठमेल क्षेत्र घुमेजस्तो लाग्छ। भोजपुरको टक्सार पाटन -ललितपुर)सँग मिल्दोजुल्दो छ। तनहुँको बन्दीपुर भक्तपुरको अर्को संस्करणजस्तो देखिन्छ।
काठमाडौँ उपत्यकाबाट विभिन्न कारणले बसाइँ सरेर मुलुकका धेरै भागमा पुगेको छ, नेवार समुदाय -हेर्नूस्, बक्स)। जहाँ गए पनि उनीहरूले आफूसँगै सीप, कला र व्यावसायिक गुण बोकेर गए। त्यसैले निर्जन ठाउँलाई पनि आवाद गरे। जंगल फाँडेर बस्ती बसाले। बस्तीलाई बजारमा परण्िात गरे। जुन सीप र क्षमता लिएर गए, त्यसैबाट त्यो ठाउँलाई चिनाए। जस्तो ः नेवार उद्यमशीलताका कारण पाल्पाको ढाका प्रसिद्ध भयो। भोजपुर खुकुरीले चिनियो। चैनपुर -संखुवासभा)को परचिय करुवा बन्यो।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग्वका विचारमा त लौहकर्मी नेवार कलाकार प्रस्तरकलाका लागि राम्रो ढुंगा खोज्दै जाँदा धेरै टाढा पुगे। कतिपय फर्के र कतिपय त्यहीँ बसे। उनीहरूले आफ्नो सीप र कलाका कारण कसैसँग हात फैलाउनुपर्ने अवस्था थिएन। जुनसुकै समुदायमा पनि घुलमिल हुन सक्ने र मानसम्मान पाउन सक्ने भएकाले जहाँ गए, त्यतै बसे। "मान्छे सीप हो। विचार हो। आस्था हो। धर्मसंस्कृति हो," ग्वंग भन्छन्, "नेवार पनि जहाँ गए, यी कुरा सँगै लिएर गएका थिए। त्यसैले उनीहरू जहाँ पुगेका छन्, गुठी, चाडपर्व, कला, वास्तुकला पनि सँगै गए। स्थापित पनि भए।"
को हुन् नेवार ?
जनै पूणिर्माको भोलिपल्ट काठमाडौँ उपत्यका गाईजात्रामा डुबेको थियो। साँझपख संस्कृतिविद् सत्यमोहन जोशीको पाटनस्थित निवासमा पुग्दा प्रज्ञापारमिता वाचन भइरहेको थियो। वाचनालयमा वरपर छिमेकका महिला-पुरुष जम्मा भएका थिए। जोशी भन्दै थिए, "हिजो जनै पूणिर्मामा गायत्री मन्त्र पाठ गरी जनै लगाएँ। आज बुद्धको पूजा गररिहेका छौँ।" हिन्दु आर्य पुरोहितका वंशज जोशी बुद्धको शून्यवादमा आधारति प्रज्ञापारमिता दैनिक पाठ गर्छन्।
जोशीजस्तै नेवार समुदायमा अरू पनि पुरोहित परविार छन्, जसको नस्ल र भूमिका दुवै फरक छ। नेवार समुदायमा पुरोहित तीनथरीका छन्। कर्मकाण्डमा तीनैथरी पुरोहित आवश्यक पर्छन्। जोशीले ग्रह, नक्षत्र अनुसार साइत हेर्ने, योगफल निकाल्ने लगायत काम गर्छन्। उनीहरू पूजापाठका लागि मन्दिर जानु पर्दैन। सहिद शुक्रराज जोशी पनि यही कोटीका आर्य नेवार थिए।
आर्य वर्गकै अर्का पुरोहित छन्, राजोपाध्याय। यिनले वैदिक विधि अनुसार पूजापाठ, पुरेत्याइँ गर्छन्। बौद्ध धर्मावलम्बीहरूमा बज्राचार्यहरूले पुरोहितको काम गर्छन्। यसबाट विभिन्न नस्ल, सभ्यता र संस्कृतिको साझा स्वरूप नेवार सभ्यता रहेको स्पष्ट हुन्छ।
विज्ञहरूका अनुसार नेवार नेपाल उपत्यकाको भूगोलजनित विशेषण हो। नेपालमा बस्ने नेपाली भनेजस्तै नेपार शब्दबाट नेवार बन्न पुगेको धेरै विज्ञको भनाइ छ। "नेवार कुनै जातिविशेष होइन," इतिहासका प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, "वतर् मान समयमा नेवारी भाषा बोल्ने, नेवारी संस्कृति, कर्मकाण्ड, संस्कार, विधि विधानहरू मान्ने एउटा वर्ग विशेषमा यसलाई रूढ गर्न खोजिएको छ। जुन गलत हो।"
प्रा श्रेष्ठका अनुसार इतिहासको कालखण्डमा नेपाल उपत्यकामा बस्न जो आए, तिनले यहीँका भाषा, संस्कृति र सभ्यतासित आफूलाई एकाकार बनाए। त्यसैले नेवारभित्र एउटै धार्मिक सम्प्रदाय छैन। एउटै नस्ल वा वंशका बासिन्दा छैनन्। एकै थातथलो बाट आएको मानव समूह छैन। नस्लका हिसाबले उत्तरका मंगोलदेखि दक्षिणका द्रविड र आर्यहरू छन्। धर्मगत रूपमा धेरैजसो शैव र शाक्त छन्। वैदिक हिन्दु कम छन्। केही बौद्ध छन्। हिन्दु र बौद्ध दुवै धर्मका संस्कार अपनाउनेको संख्या पनि उत्तिकै छ। प्रताप मल्लको पालादेखि क्रिस्चियन पनि काठमाडौँमा रहँदै आएका छन्।
काठमाडौँका पुराना मुस्लिम परविारहरू नेवार मुस्लिम भनेर चिनिन्छन्। कतिपय पुराना अभिलेखमै नेवार मुस्लिम लेखिएको अधिकारकर्मी मल्ल के सुन्दरको भनाइ छ। उनी मोहम्मद मोहसिनलगायतलाई मुस्लिम नेवारको उदाहरणका रूपमा अघि सार्छन्। डा मोहिन शाहको बन्डापत्रमै मुस्लिम नेवार लेखिएको उनको भनाइ छ।
इतिहासकारहरूका अनुसार सुरुमा काठमाडौँ उपत्यकामा आभीरवंशीहरू आए। गाई र भैँसी पाल्ने ती समूहले क्रमशः गोपाल र महिषपाल नाम पाए। उनीहरू शासनसत्ताबाट बाहिर परेपछि मूल बस्तीबाट टाढा रहन थाले। हाल मकवानपुरमा पर्ने टिस्टुङ र पालुङ क्षेत्रमा बाक्लो बस्ती रहेका गोपालीहरू तिनका उत्तराधिकारी मानिन्छन्। कतिपयका भनाइमा किराँतहरू सत्तामा आएपछि केही गोपाल र महिषपाललाई कृषि मजदुरका रूपमा काम लगाइयो। 'तिनकै सन्तान वर्तमान ज्यापू तथा महर्जन वर्गमा समाहित हुन पुगे,' तुलसीनारायण श्रेष्ठले नेपालका नेवारहरू ः पहिचान र पृष्ठभूमि पुस्तकमा लेखेका छन्।
अधिकारकर्मी मल्ल के सुन्दरका अनुसार भारतको वैशाली -विहार)बाट लिच्छविहरू आए। तिनको अस्तित्व अहिले श्रेष्ठहरूले धानिरहेका छन्। कतिपय लिच्छविलाई गोपाल-महिषपाललाई जस्तै गरी कृषि मजदुरका रूपमा राखिएको केही इतिहासकारले दाबी गरेका छन्। वर्णव्यवस्थामा भने उनीहरूलाई क्षेत्रीको तहमा राखिएको छ। लिच्छविपछि वैश्य ठकुरीहरू उपत्यकाको शासनमा उदाए। व्यापारीका रूपमा भारतबाटै आएका उनीहरू पनि कालान्तरमा नेवार समुदायमै विलीन भए। भारतकै पटनानजिकैको पावा भन्ने ठाउँबाट मल्लहरू आए। उनीहरू आर्य थिए। करबि आठ सय वर्षसम्म नेपालमा राज्य गरे। कालान्तरमा उनीहरू पनि नेवार कहलिए।
कोलीय र शाक्यहरूबीच रामग्राममा द्वन्द्व भएपछि विस्थापित शाक्यहरू भगवान् बुद्धकै पालामा उपत्यका छिरे। उनीहरू पनि नेवार भए। प्रायः शाक्यहरू बौद्धमार्गी छन्। जयप्रकाश मल्लको पालामा भारतको मुजफ्फरपुरबाट धोबीहरू आए। उनीहरू पनि काठमाडौँका रैथाने बासिन्दाका रूपमा रहँदै आएका छन्। "अरू सबै नेवार राँगाको मासु खान्छन् तर धोबी समुदायमा छुन पनि हुन्न भन्ने मान्यता छ," सुन्दर भन्छन्, "उनीहरू अहिले पनि मैथिल गीत गाउँछन्। रीतिथिति नेवार र मैथिल दुवै छ।" मिथिलाबाट आएका ब्राह्मणहरू झा र मिश्रहरू पनि नेवार समुदायमा सम्मिलित छन्।
नेवार समुदायमा रहेको सांस्कृतिक विविधता झल्काउन प्रमुख तीन सहरका अलगअलग जात्रा पनि पर्याप्त छन्। भक्तपुरमा प्रमुख जात्राका रूपमा बिस्केट मनाइन्छ। काठमाडौँमा त्यसको ठाउँ इन्द्रजात्रा र पाटनमा मच्छिन्द्रनाथको जात्राले लिएका छन्। "त्यसैले यो कुनै एक सांस्कृतिक, धार्मिक र नस्लीय समुदाय होइन भन्ने स्पष्ट हुन्छ," इतिहासका प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्।
काठमाडौँ उपत्यकामा यी सबैलाई एक सूत्रमा बाँध्ने माध्यम नेवारी भाषा बनेको छ भने उपत्यकाबाहिरका नेवार समुदायमा भाषाको प्रभाव कम छ। थातथलो काठमाडौँ खाल्डोको विरासतले नै उनीहरूलाई जोडेको देखिन्छ। "जो जो यहाँ आए, तिनको प्राकृतिक रूपमै सम्मिलन भयो," प्रा. श्रेष्ठ भन्छन्, "विभिन्न समयमा आएका सभ्यता र संस्कृति मिसिँदै नेवार सभ्यता सुदृढ र सम्पन्न बन्दै गयो। यहाँको संस्कृति र सभ्यता यति बलियो रह्यो कि जो आए यसैमा सम्मिलित भए। त्यसैले यसमा विविधता छ। एकताको संस्कृति छ।"
संस्कृति, कला र समृद्धि
काठमाडौँ उपत्यकाको मलिलो माटो र समशीतोष्ण हावापानीले नेवार संस्कृति हुर्काउन निकै मद्दत गरेको वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको अध्ययन छ। एसियामा उपलब्ध जमिनमध्ये सबभन्दा उर्वर काठमाडौँको रहेको उनको भनाइ छ। "कृषिको विकास यति उच्चस्तरमा भयो कि ठाउँ अनुसारका धानका नाम ब्रान्डका रूपमा चले। यहाँको धान कलकत्ता -भारत), ढाका -बंगलादेश)सम्म निर्यात हुन्थ्यो," उनी भन्छन्।
कलाकार नरेन्द्रबहादुर श्रेष्ठका अनुसार कुनै बेला कालीमाटीको माटो उभाएर मलको रूपमा प्रयोग गरन्िथ्यो, जसले यहाँको माटोको उर्वराशक्तिलाई जनाउँछ। उर्वराशक्तिकै कारण सुनभन्दा पनि महँगो र उम्दा रहेको अर्थमा उपत्यकाका धेरै खेतका नामकरण भएका छन्। तराईको बाढी, पहाडको पहिरोजस्ता बर्सेनि आउने दैवी विपत्तिसँग काठमाडौँ उपत्यकाले खासै संघर्ष गर्नुपरेन। त्यसैले उनीहरूले जे आर्जे, त्यो लामो समयका लागि पुग्यो। पर्याप्त बचत भयो। कला र प्रविधिमा गरेको एकपटकको अन्वेषण लामो समयका लागि टिकाउ मात्र भएन, चाँडोचाँडो विकसित पनि भयो। त्यही क्रममा यहाँ अरनिकोजस्ता विलक्षण कलाकार र कालीगढहरू जन्मिए। छिमेकमा मात्र होइन, टाढाटाढाका राज्य र शासकहरूमा पनि यिनको माग हुन थाल्यो। "त्यसैले भोटदेखि भारतसम्म, भोजपुरदेखि जुम्लासम्म नेवारी कलाकार पुगेका हुन्," कलाकार श्रेष्ठ भन्छन्, "खेतीमा कम मिहिनेतबाटै धेरै आम्दानी भएपछि बाँकी समय उनीहरूले भोजभतेर, जात्रा, पर्व, कला र मनोरञ्जनमा लगाउन पाए। मन्दिर, पाटी, पौवा, गुठीमा लगाए।"
नेवार संस्कृतिका जानकारसमेत रहेका वनस्पतिविद् श्रेष्ठका अनुसार आधारभूत रूपमा नेवार संस्कृति पनि कृषिबाटै प्रभावित छ। नेवारका धेरै संस्कार र संस्कृति कृषि पात्रोमा आधारति छन्। लोकसंगीतका धेरै धुन ऋतु अनुसार बनेका छन्। "बाजाले नै ऋतु जनाउँछन्। कुन धुन बज्यो भन्ने आधारमा महिना र ऋतु छुट्याउन सकिन्छ," उनी भन्छन्।
जयस्थिति मल्ललगायत विभिन्न शासकले बेलाबेला सामाजिक व्यवस्था बसाल्नका लागि पेसाका आधारमा जात र थरमा वर्गीकृत गरे। जातीय विभेदलाई अपवाद मान्ने हो भने त्यसले आर्थिक, सामाजिक र सांस्कृतिक जीवनलाई थप विशिष्ट बनाइदियो। व्यापार गर्नेहरू व्यापारकलामै पारंगत भए। चित्र कोर्नेहरू चित्रकलामा र सिकर्मीहरू वास्तुकलामा विशिष्ट बने। त्यतिखेर यस्ता विषयको अध्यापन र तालिमका लागि प्राविधिक पाठशाला नभए पनि घरमै जन्मजात रूपमा सिक्न पाए, नयाँ पुस्ताले। त्यसैले कला, साहित्य, संगीत, संस्कृति सबै क्षेत्रमा यस समुदायले प्रगति गर्यो। "उपत्यकाबाहिरका नेवारको सम्पन्नता व्यापारमा आधारति छ। तैपनि, उनीहरूको सांस्कृतिक अभिव्यक्ति व्यापारमा आधारति छैन, उपत्यकाबाटै लिएर गएको संस्कृति अनुसरण गरेका छन्," तीर्थबहादुर श्रेष्ठ भन्छन्।
व्यापारिक सञ्जाल
आर्थिक वर्ष २००८ सालको भन्सार कर विवरणसम्बन्धी एक दस्तावेज अनुसार काठमाडौँका ठूला करदातामध्ये शीर्ष १० नेपाली व्यापारीमा नौ जना नेवार समुदायका छन्। त्यतिखेर सबैभन्दा बढी कर तिर्ने लोकनाथ जोशी बाहुन थिए। उनले ३० हजार १ सय ९१ रुपियाँ ११ पैसा कर तिरेका थिए। उनीबाहेक सबै नेवार समुदायका व्यापारी छन्। नौ जनामा सबैभन्दा बढी मखनका श्यामकृष्ण हरकिृष्ण श्रेष्ठले ११ हजार ७ सय ६६ रुपियाँ ६८ पैसा तिरेका छन्। उनी कपडा व्यापारी थिए। नौ जनाकै हिसाब गर्दा ६३ हजार ५ सय ५२ रुपियाँ हुन्छ।
यो आँकडाबाट नेपालको व्यापार तथा बजार अर्थतन्त्रमा नेवार समुदायको पहिलेदेखिको उपस्थिति र प्रभाव स्पष्ट हुन्छ। काठमाडौँ उपत्यकामा मात्र होइन, बाहिर पनि उनीहरूले व्यापारकि सञ्जाल विस्तार गरे। व्यापारकि प्रयोजनकै लागि उनीहरूले गौँडा -प्रशासनिक मुकाम) र नाकाहरू भएका ठाउँ रोजे। जस्तो कि, बन्दीपुर -तनहुँ) पहिला मगर बस्ती थियो। २ सय ४० वर्षअघि भक्तपुरबाट टेकनसिंह पिया व्यापारका सिलसिलामा त्यहाँ पुगे। स्थानीय मगरहरूले चर्खा र ऊनबाट कपडा बनाएको देखे। त्यो सीप देखेर पिया त्यही बस्तीमा रमाए। बन्दीपुरका अगुवा ईश्वरगोपाल प्रधान, ७४, का अनुसार पियापछि भक्तपुरका जुजुनारायण श्रेष्ठ र कृपाराम प्रधान पनि त्यही बस्तीमा बस्न पुगे। प्रधान भन्छन्, "यो बस्ती पोखराबाट ठोरी नुन लिन जानेहरूका लागि पनि मध्यविन्दु थियो। मानिसहरूको चहलपहल बढेपछि बन्दीपुर व्यापारकि केन्द्र बन्यो। व्यापार राम्रो भएपछि भक्तपुरबाट कायस्थ, शाक्य, भूमिलगायत अरू थरका नेवारहरूसमेत आएर बस्न थाले।"
मुलुकभरका उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ६६ सदस्यीय केन्द्रीय कार्यसमितिमा २२ जना नेवार समुदायका व्यवसायी छन्। यसबाट पनि व्यापार व्यवसायमा नेवार समुदायको उपस्थिति र विस्तारलाई स्पष्ट पार्छ। ज्योति समूह, पञ्चकन्या समूह, वैद्य अर्गनाइजेसन, लक्ष्मी समूह, नाङ्लो, साखःजस्ता ठूला व्यापारकि घराना नेवार समुदायकै हुन्। तर, परम्परागत व्यवसायलाई आधुनिक बजारको माग र प्रविधि अनुसार अद्यावधिक गर्न नसक्ने, अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक सञ्जाल र सम्पर्क नहुने र ठूला लगानीका व्यवसाय विस्तारका लागि कर्पोरेट रूपमा अघि बढ्न नसक्ने कतिपय यस समुदायका व्यवसायी प्रतिस्पर्धामा पछि पर्न थालेको तानसेन गुठीका पूर्वअध्यक्ष हिमाल कसजु बताउँछन्।
मुलुकभर छरएिको नेवार समुदाय आज धेरै ठाउँमा स्थानीय भूगोल र संस्कृतिसँग एकाकार बनेको छ। अन्य समुदायसँग सांस्कृतिक साझेदारी गररिहेको छ।
एकपटक फेर िजुम्लातिरै फर्कौं। चन्दननाथ-७ का दशरथ श्रेष्ठ, ४९, ले होटल-पसल मात्र चलाएका छैनन्, ठकुरीसँग मीत पनि लगाएका छन्। मीठोमसिनो बाँडीचुँडी खान्छन्। स्थानीय चलन पछ्याउँदै स्याउ खेती पनि गरेका छन्। गाउँतिरका उत्सव, पर्व, दे वीदेउताका पूजा, रोपाइँ, विवाह, मलामी कुनै छुटाउँदैनन्। अब उनलाई एउटै चिन्ता छ, कतै जातीय आधारमा राज्य बनाएर आफू बेजातिको परनिे पो हो कि ? भन्छन्, "मेरो जातिको छुट्टै राज्य चाहियो भन्नेले त्यो राज्यबाहिरका आफ्नै जातिको अवस्था के हुन्छ भन्ने पनि विचार गरििदए हुन्थ्यो।" सायद, आज मुलुकभर छरएिका नेवार मात्र होइन, अन्य समुदायका नागरकिका मनमा पनि यो प्रश्न उठेको हुन सक्छ। ध
कहाँ कति ?
मुलुकभर ः १३,२१,९३३
काठमाडौँ जिल्ला ः ३,८३,१३६
काठमाडौँ उपत्यका ः ६,७७,६१३
सहर ः ६,४१,९६३
ग्ााउँ ः ६,७९,९७०
हिमाल ः ६३,६९४
पहाड ः १०,५०,११०
तराई ः २,०८,१२९
पूर्व ः १,७४,९५७
मध्य ः ९,६९,९१५
पश्चिम ः १,४६,६६८
मध्यपश्चिम ः २३,२४७
सुदूरपश्चिम ः ७,१४६
स्रोत: राष्ट्रिय जनगणना, २०६८
समृद्ध र शक्तिशाली
आमनेपालीले प्रतिदिन १ सय १४ रुपियाँ कमाउँदा नेवारले १ सय ९० कमाउँछ। राष्ट्रिय रूपमा प्रतिव्यक्ति आय ४१ हजार ६ सय ९५ छ। तर, नेवार समुदाय यसभन्दा निकै माथि अर्थात् वाषिर्क प्रतिव्यक्ति आय ६८ हजार ६० रुपियाँ रहेको मानव विकास प्रतिवे दनमा उल्लेख छ। राम्रो आम्दानी भएका जागिर र शक्तिशाली पदहरूमा उपस्थितिले पनि यो समुदाय समृद्ध छ।
प्रतिवेदन अनुसार नेवार समुदायका १५-४९ उमेरका करबि ७३ प्रतिशत महिला कुनै न कुनै रूपमा रोजगारीमा छन्। यही उमेरका रोजगाररत नेवार पुरुषको संख्या ८३ प्रतिशत छ। रोजगारीमा पनि पहाडी ब्राह्मणपछि नेवारले नै बढी पारश्रिमिक पाउँछन्।
आमनेपाली औसत ६८ वर्ष बाँच्छन् तर नेवार समुदायको औसत आयु ७२ वर्षभन्दा माथि छ। सहर र बजारमा बसाइँ अनि राम्रो आर्थिक हैसियतले तुलनात्मक रूपमा उनीहरूलाई सहज रूपमा स्वास्थ्य सेवामा पहुँच दिलाएको छ।
मुलुकभर २५.२ प्रतिशत जनसंख्या गरबिीको रेखामुनि छ। तर, नेवार समुदायमा यो प्रतिशत १०.३ छ। गरबिमध्ये जम्मा २.५ प्रतिशत मात्र नेवार समुदायका छन्।
विवाहको उमेरले पनि मानव विकासको स्तर देखाउँछ। सबभन्दा ढिला विवाह गर्ने समुदाय पनि नेवार नै देखिन्छ। ४९ प्रतिशत नेपालीले पहिलो विवाह १५ देखि १९ वर्षभित्र गर्छन्। पछिल्लो मानव विकास प्रतिवेदन अनुसार बाहुन-क्षेत्री समुदायमा पहिलो विवाह गर्ने औसत उमेर १७.७ रहेको छ। सबैभन्दा कम उमेरमा विवाह गर्ने समुदाय मुस्लिम हो। उसको पहिलो विवाह गर्ने औसत उमेर १६.२ वर्ष छ। तर, नेवार समुदायको पहिलो विवाह गर्ने औसत उमेर १९.२ हो। अर्थात्, १९ वर्ष कटिसकेपछि मात्र विवाह गर्ने चलन नेवार समुदायमा स्थापित बनिसकेको छ।
पुगनपुग ६६ प्रतिशत साक्षरता दर रहेको मुलुकमा नेवार समुदायका ८० प्रतिशतभन्दा बढी प्रौढ साक्षर छन्। यस समुदायका बालबालिका पौने पाँच वर्षमा स्कुल गइसक्छन्। यही उमेरका अन्य समुदायका कैयन् बालबालिकाले स्कुलको ढोकासमेत देख्न पाउँदै नन्।
राजनीतिक र प्रशासनिक शक्ति अभ्यास गर्ने पदहरूमा पनि नेवार समुदायको बलियो उपस्थिति रहँदै आएको छ। ००७ सालयता नेवार प्रतिनिधिविहीन मन्त्रिपरष्िाद् विरलै बनेका छन्। ०४८-०५९ बीचको प्रजातान्त्रिककालका मन्त्रिपरष्िाद्को जातीय संरचना हेर्ने हो भने २० जना मन्त्री नेवार समुदायका छन्, जुन ८.३ प्रतिशत हो। जबकि, राष्ट्रिय रूपमा जातीय जनसंख्यालाई हेर्दा नेवार समुदायको प्रतिशत पाँच प्रतिशतको वरपिर िछ। व्यवस्थापिका-संसद्मा पनि नेवार प्रतिनिधित्व जनसंख्याको अनुपातभन्दा उल्लेख्य बढी छ। हालसम्मका प्रतिनिधिसभा/संविधानसभामा ६ देखि आठ प्रतिशत र राष्ट्रियसभामा ११ प्रतिशत नेवार प्रतिनिधि पुगेका छन्।
निजामती प्रशासनमा पनि नेवार समुदायको प्रभावशाली उपस्थिति छ। नेपाल सरकारका सचिवहरूको सूची हेर्ने हो भने विशिष्ट श्रेणीमा १४ प्रतिशत नेवार पुगेका देखिन्छन्। प्रथम श्रेणीमा त्यसभन्दा बढी अर्थात् २१ प्रतिशत नेवार अधिकृत छन्। अधिकृतस्तरका अन्य कर्मचारीमा १७ प्रतिशतले यस समुदायको प्रतिनिधित्व गर्छन्। सर्वोच्च, पुनरावेदन र जिल्ला तहका न्यायालयमा करबि १० प्रतिशत नेवार उपस्थिति रहेको छ। सर्वोच्च अदालतमा १२ न्यायाधीशमध्ये दुई जना नेवार समुदायका छन्।
मुलुकभर फैलिनुका प्रमुख कारण
अन्य राज्यबाट आमन्त्रण:
सीप र कलाकौशलले युक्त धेरै नेवार समुदायका कालीगढ अन्य राज्य र प्रशासकहरूको आमन्त्रणमा काठमाडौँ खाल्डोबाहिर पुगे। उनीहरू कला, वास्तुकला, मुद्रा बनाउने क्रममा जहाँ गए, त्यहीँ बसे। उत्तराधिकार पुस्ताले पनि पुख्र्यौली बिँडो थाम्दै गयो। त्यसले उनीहरूको पहिचान पनि जोगियो र समाजमा सम्मानका साथ बस्ने अवसर पनि दियो। कला र शिल्पकै कारण अरनिकोजस्ता विख्यात कलाकार तिब्बतसम्म पुगे। लिच्छविकाल र मल्लकालमा धेरै नेवार कालीगढहरू उपत्यकाबाहिर छरएि।
राजकीय जिम्मेवारी:
लिच्छविकालसम्म नेपालमण्डलको राजधानी काठमाडौँ, त्यसमा पनि हाँडीगाउँतिर रहेको इतिहासकारहरू बताउँछन्। मल्लकालमा सुरक्षाका कारण राजधानी भक्तपुर सारयिो। राजा यक्ष मल्लले दक्षिणमा भारतको चम्पारन लोहावरसम्म राज्य विस्तार गरे। आफूले जितेका प्रदेशमा शासन-प्रशासन चलाउन केन्द्रबाट विश्वासिला प्रशासक नियुक्त गरेर पठाइए। त्यस क्रममा पनि कतिपय नेवार देशका विभिन्न भागमा पुगे। हाल भारत र तिब्बत -चीन)मा पर्ने कतिपय स्थानमा समेत त्यही बेलादे खिका नेवार समुदायका परम्परागत बस्ती छन्।
व्यवसाय विस्तार:
नेवार समुदायमा व्यावसायिक सीप र नगर सभ्यता स्थापनाको विशेष खुबी भएका कारण उपत्यकाबाट विभिन्न ठाउँ पुगे। बस्ती बसाले। बजार विस्तार गरे। त्यहाँको आर्थिक-सामाजिक जीवनको केन्द्रविन्दुमा रहिरहे। यो क्रम शाह र राणाकालमा बढी चल्यो।
एकीकरणपछिको भय:
नेपाल एकीकरणका क्रममा गोर्खाली फौजले काठमाडौँ कब्जा गर्दा निकै संघर्ष गर्नुपर्यो। राजा पृथ्वीनारायण शाहका भाइ सुरप्रतापको आँखा फोरयिो। काजी कालु पाण्डेलगायत धेरै योद्धा गुमाउनुपर्दा गोर्खाली पक्ष ज्यादै हिंस्रक बन्यो। गोर्खाली विजयी भएपछि धेरै नेवार सामन्त तथा तिनका परविारमध्ये केही थर परविर्तन गरेर बसे। धेरैले बसाइँ सारे।
विफर प्रकरण:
राजा रणबहादुर शाहका पालामा काठमाडौँमा विफरको प्रकोप फैलियो। शाहले आफ्ना नाबालक सन्तान पनि विफरको सिकार हुने भयले नगरभरकिा विफर प्रभावित बालबालिकालाई तामाकोसीपारि पुर्याउन उर्दी जारी गरे। त्यस क्रममा धेरै नेवार परविार आफ्ना बालबालिका च्यापेर उपत्यकाबाट बाहिरएि। यो वियोगान्त घटनाबारे अहिले पनि मार्मिक लोककाव्य प्रचलित छ।
सांस्कृतिक जटिलता:
कतिपय नेवार थातथलो छाडेर हिँड्नुपर्ने कारण खर्चिलो संस्कृति र गुठी परम्परा पनि बन्यो। समुदायबाट अलग्गिएर बस्न पनि नसक्ने तर भोजभतेर धान्न पनि नसक्ने अवस्थामा निम्न आयका परविार पुगे। सामाजिक विधि-व्यवहार चलाउन नसकेर, सापटी तिर्न नसकेर, बन्धकी निखन्न नसकेर धेरै हिँडेका छन्। कडा अनुशासनबाट उन्मुक्ति खोज्नेहरूले पनि थातथलो छाडे।
तानसेनको सान
काठमाडौँ खाल्डोबाट नेवारहरू सेनकालदेखि नै पाल्पा आउन थालेको इतिहास छ। नेपाल सम्वत् ६२२ तिरै पाल्पाका सेन राजाका पालामा काठमाडौँका नेवारहरू हुलाकी मार्ग हुँदै व्यापार, व्यवसाय र निर्माण कार्यका लागि पाल्पा आएको इतिहासकारहरू बताउ ँछन्। इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार नेवारहरूको गुठीको ढड्डामा पनि सेनकाल र राज्य विस्तारका क्रममा सरकारी सेवा र व्यापारका लागि आएको उल्लेख छ। श्रेष्ठ भन्छन्, "नेवारहरू मन्दिरका टुँडालमा भेटिन्छन्। डाँफा भजनमा भेटिन्छन्। हटियामा भेटिन्छन्। बेलविवाहमा भेटिन्छन्। जात्रापर्वमा भेटिन्छन्। धिमेबाजाको नादमा भेटिन्छन्।"
भाषा वंशावलीमा नेपाल सम्वत् ८३९ चैत महिनामा नेपाल खाल्डोमा महामारी फैलिई दैनिक सयौँ मानिस मर्न थालेपछि त्राहित्राहि भएर नेवारहरू बाहिरएिको उल्लेख छ। विसं १८८६ असोजमा बाख्तावरसिंह थापाको पालामा चौधरी अमालीले घर पजनी नगर्न, झिगटी लगाई बजार गुल्जार गर्नू भन्ने तानसेनमा नेवार महाजनलाई भएको लालमोहरले पनि नेवार समुदायको तानसेन बसाइँको प्राचीनतालाई पुष्टि गर्छ। भैरवस्थान, टक्सार, भीमसेनटोल, वसन्तपुरटोल, असनटोलमा ३० वर्षअघिसम्म झिँगटी र पुराना टिनले छाएका मौलिक घर भेटिन्थे। कला, कौशलले भरएिका बुट्टेदार झ्यालढोका यहाँका वास्तुविशेषता हुन्। आफ्नो परम्परागत भेषभूषा, भाषाका साथै नेवारहरूको सनाःगुठी, गुठपूजा आदि कायमै छन्।
काठमाडौँको सिको गर्ने र काठमाडौँको भाइ भनेर तानसेनलाई चिनिन्छ। "अन्तका नेवारहरू आफ्नो भाषा बिर्संदै गएका छन्," अध्येता राजेन्द्रगोपाल सिंह भन्छन्, "पाल्पाका नेवारहरूले आफ्नो परम्परा, भाषा, कला, संस्कृतिलाई बचाइराखेका छन्।"
- माधव अर्याल/तानसेन
चिरिच्याट्ट बन्दीपुरे घर
दसैँ-तिहार सकिएपछि फागुन मसान्तसम्म विदेशी पर्यटक बन्दीपुर घुम्न रुचाउँछन्। यहाँको मुख्य आकर्षण नै पुराना तर कलात्मक घर हुन्। टुँडिखेलबाट हिमालको लहरै दृश्य र मस्र्याङ्दी उपत्यकाले जोकसैको मन लोभ्याउँछ।
भक्तपुरबाट २ सय ४० वर्षपहिले व्यापारका सिलसिलामा आएका नेवार समुदायले भिरालो डाँडा खारेर बन्दीपुर बजार बसाएका थिए। चाप बढेपछि विसं १९६४ मा पहिलो माल अड्डा स्थापित भयो र त्यसको सुरक्षाका लागि सेना बस्न थाल्यो। यहीबीचमा यहाँका नेवारहरू व्यापारका क्रममा चितवन, बेसीसहर, डुम्रे, काठमाडौँमा छरएि।
०२० सालमा जिल्ला पञ्चायतको कार्यालय स्थापना भएपछि बन्दीपुरको आकर्षण झनै बढ्यो। कार्यालयको कामकाजले आउने भीडले बस्ती विकास बढ्यो र यसले जिल्ला सदरमुकामको हैसियत पायो। तर, त्यसको पाँच वर्षमै सदरमुकाम दमौली सारेपछि बन्दीपुर बेहुली अन्माएको घरजस्तो सुनसान हुन पुग्यो।
०२८ सालदेखि २२ वर्षसम्म बन्दीपुर मृत सहरजस्तै बन्यो। मानिसहरू पनि आउन छाडे। पछि मदन पिया, चिजकुमार श्रेष्ठलगायत स्थानीयको पहलमा बन्दीपुर र्फकने अभियान सञ्चालन गरयिो। भ्रमण वर्ष १९९८ को सन्दर्भमा तयार पारएिको बन्दीपुरको वृत्तचित्रले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्याएको बन्दीपुर नगरविकास समितिका अध्यक्ष घनश्याम देवान सम्झन्छन्।
बन्दीपुर क्षेत्रमा सानाठूला गरी करबि ५० वटा होटल सञ्चालनमा छन्। बन्दीपुर बजार क्षेत्रको सौन्दर्य बचाई राख्न पुराना कलाकृति झल्कने झ्याल-ढोकासहितका घरहरूको संरक्षण गर्ने र नयाँ आधुनिक भवन बन्न नदिने निर्णय स्थानीय समुदायले गरेको छ। बन्दीपुर बजार क्षेत्रमा अहिले बाह्य र र आन्तरकि गरी दैनिक करबि तीन सय पर्यटक आउँछन्।
- पूर्ण विके/बन्दीपुर
वीरगन्जमा पाँचौँ पुस्ता
आर्थिक नगरी वीरगन्जमा करबि १ सय १५ वर्ष पहिले नै नेवार समुदायको आगमन हुन थालेको अनुमान छ। वीरगन्ज-६, विर्ताका चक्रबहादुर शाक्य, ७५, को पाँचौँ पुस्ता यहीँ बसोवास गररिहेको छ। सरकारी अड्डाहरूमा जागिर, खेतीपाती गर्न बसाइँ सरेर पहाडबाट झर्ने र केही बन्द व्यापार गर्ने प्रयोजनले उतिबेला यहाँ नेवारको आगमन भएको शाक्य सुनाउँछन्।
वीरगन्जको विर्ता र गहवा क्षेत्रमा बाक्लो नेवार बस्ती छ। श्रीपुर, मूर्ली क्षेत्रमा पछि बसाइँसराइ गरी केही नेवार परविार बस्दै आएका छन्। वीरगन्जमा दुई सय घरधुरीका करबि तीन हजार नेवारको जनसंख्या रहेको अनुमान शाक्यको छ। उपमहानगरको जनसंख्याका आधारमा यहाँ सबैभन्दा बढी मधेसी, त्यसपछि क्रमशः नेवार, बाहुन, क्ष्ाेत्री, मारवाडी आदि छन्।
यहाँका नेवारले आफ्नो जातीय, भाषिक र सांस्कृतिक पहिचान जोगाएर राखेका छन्। नयाँ पुस्ताका अधिकांश युवकयुवती नेवारी भाषा बोल्न सक्छन्। बेलविवाह होस् वा गुफा राख्ने विधि, न्वारानदेखि वाषिर्क श्राद्धजस्ता सम्पूर्ण जातीय संस्कार उनीहरू विधिपूर्वक गर्छन्।
गाईजात्रा, भीमसेन जात्रा, कृष्णजात्रा निकाल्ने काम यहाँका नेवारले सामूहिक रूपमा गर्दै आएका छन्। त्यसै गरी 'म्ह पूजा'का दिन एकत्रित भई नगर परत्रिmमा गरी आफ्नो जातीय/ सामुदायिक उपस्थिति देखाउने चलन छ। नेवारले गैरनेवारको र गैरनेवारले नेवारको जातीय, सामुदायिक, धार्मिक एवं सांस्कृतिक पर्व, जात्रा तथा अन्य निजी समारोहमा सहभागी हुने गरेका छन्।
- शंकर आचार्य/वीरगन्ज
चैनपुरे करुवा
पाँच पुस्ताअघि पुर्खाले सुरु गरेको काँसको व्यापार सम्हालिरहेका छन्, चैनपुरका पदम शाक्य, ६१। करबि १ सय ५० वर्षअघि चार शाक्य परविार ललितपुरको पाटन नागबहालबाट आएर काँसको धातु उद्योग चलाएको स्थानीय सिद्धकालीदेवीको मन्दिरमा रहेको घन्टामा उल्लेख छ।
शाक्यका अनुसार विसं १९१० देखि यहाँ यो व्यवसाय चल्दै आएको छ। प्रशासनिक क्षेत्र विभाजन हुनुअघिको पूर्व ६ नं चैैनपुर कलाकौशल र शिल्पकारतिाका लागि प्रख्यात छ।
चैनपुरका शाक्यहरूको नयाँ पुस्ताले मातृभाषा बोल्न छाडेको छ। बोधिसत्व विहारका अध्यक्ष पदम शाक्यका अनुसार, बुद्धधर्म मान्ने शाक्यहरू दसैँ-तिहार, बुद्ध जयन्ती, ध्यो चाकु सलु, औँसी-पूणिर्माका साथै लाखेजात्रा मनाउँछन्। अहिले चैनपुरमा डेढ सय परविार शाक्य छन्। विशेषतः उनीहरू भोजपुरको टक्सार, धरान, विराटनगर, काठमाडौँ, पाल्पा र बुटवलका शाक्यहरूसँग वैवाहिक सम्बन्ध जोड्छन्। पछिल्ला दिनमा भने अन्य जातिसँग पनि विवाह गर्नु सामान्य बनेको छ।
यहाँ निर्मित करुवा, तामाका भाँडा, गाग्री, काँसका थाल, लोटा, आमखोरा, घन्टी, वायनकप, कचौरा र डबका अझै पनि प्रसिद्ध छन्। तर, ऐतिहासिक कलामा पोख्त कालीगढहरू पलायन भएपछि ६ परविारले मात्र आफ्नो पेसालाई निरन्तरता दिएका छन्।
अत्यन्तै कलात्मक करुवा, मूर्ति र पानसले विदेशीको मन जितेकैले यहाँका काँस्य सामग्री युरोप र अमेरकिासम्म पुगेका छन्। तर, आधुनिक मेसिनरी उत्पादनले यहाँका कलात्मक सामग्रीको बजारमा परेको नकारात्मक प्रभावले आफ्नो पेसाप्रति आकर्षण्ा घट्न थालेको स्थानीय शिल्पी देवेन्द्र शाक्यको दुखेसो छ।
- दीपेन्द्र शाक्य/चैनपुर
बदलिँदो सिलगढी
उत्तर-दक्षिण फर्किएको डोटीको सिलगढी डाँडामा लहरै एउटै शैलीका घर छन्। साँघुरो भए पनि सडक सफासुग्घर छ। सबै घरमा सडकबाट सोझै देखिने थाम दलान छन्।
सिलगढीको सिरानमा रहेको नाचन्थलीदेखि पुछारमा रहेको इन्द्रचोकको बीचमा झन्डै दुई सयभन्दा बढी नेवार घरपरविारको बसोवास छ। बेग्लै वेश र भाषा नपाइने यो समुदायमा चाडपर्व र खानपानमा भने नेवारीपना झल्कन्छ। व्यापार गर्न आएका यहाँका नेवार समुदाय अचेल यो पेसाबाट लगभग पलायन भइसकेका छन्।
स्थानीय तीर्थनारायण श्रेष्ठ, ९३, का अनुसार मूल थलो भक्तपुर भए पनि विभिन्न ठाउँमा बसाइँ सर्दै सिलगढी आएकाले यिनका पुर्खा पनि बेग्लै छन्। विभिन्न समयमा सिलगढी आएका नेवारहरूलाई आफ्नो मूल थलोबारे अन्योल थियो। विसं ०४० तिर आएर मूलथलो चिनेपछि श्रेष्ठ थर लेख्दै आएका अधिकांशले आफ्नो जरा पत्ता लगाए। कोही बिजुक्छे हाडा निस्किए, कोही राजभण्डारी, कोही नेवार मल्ल त कोही जोशी।
रेडक्रस सोसाइटी डोटीका सभापति नरेशमान श्रेष्ठ मूल थर पत्ता लागेपछि आफूमुन्तिरका पुस्ताले पुरानै बिजुक्छे थर लेख्न थालेको बताउँछन्। "अचेल छोराछोरीका नाम बिजुक्छे नै लेख्छौँ," उनी भन्छन्, "पुर्खा पत्ता लगाउन भक्तपुर जाँदा धेरैले अंश माग्छ भनेर कुनै सूचना दिएनन्, पछि अंश माग्दैनौँ भनेर लिखित कागज गरेपछि मात्रै जानकारी दिए।"
- मोहन शाही/सिलगढी
अंक ६१८ | २०७१ कार्तिक १६
No comments:
Post a Comment