Monday, February 8, 2016

नेता ओलीलाई उपनेता नेम्वाङको व्यंग्य

एकाबिहानै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ घरबाट निस्किँदै थिए । नेम्वाङपत्नीले सोधिन्, ‘कता ?’ नेम्वाङको जवाफ थियो, ‘प्रधानमन्त्रीलाई भेट्न ।’ 

त्यसपछि त के चाहियो ? नेम्वाङपत्नीले नासो थमाइहालिन्, ‘त्यसो भए ग्यासको धारा कहिले जोड्ने हो ? हामीकहाँ पनि ढिला नहोस् भन्दिनू ।’ 

प्रधानमन्त्री केपी ओलीले २४ पुसमा भाषण गरे, ‘घरघरमा ग्यासका धारा जोडिदिन्छु, मिटर हेरेर पैसा तिरे हुन्छ, अब  सिलिन्डर बोक्ने झन्झट गर्नुपर्दैन ।’ ग्यासको हाहाकारमा छटपटिएका बेला मुलुकका कार्यकारी प्रमुखको यो भाषणले कुन सहरियालाई छोएन होला ?  घरघरको समस्यालाई लिएर उनले जुन स्वैरकल्पना सार्वजनिक गरे, धेरैका लागि त्यो व्यथामाथिको कठोर व्यंग्य नै थियो । 

अरू त अरू, संविधान जारी भएसँगै सभामुखबाट बिदा भएर एमाले संसदीय दलको उपनेता बन्न पुगेका नेम्वाङको परिवारलाई समेत ओलीको बोली खपिनसक्नु भएको रहेछ । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीलाई भोलिपल्टै गएर नेम्वाङले भेटे । नेम्वाङले आफ्नी श्रीमतीले पठाएको व्यंग्यवाणको नासो त ओलीलाई सुम्पिए । तर, त्यसले बोलीपिच्छे हास्यरस निष्पादन गर्न खप्पिस ओलीलाई कति छोयो कुन्नि ?

No comments:

Post a Comment