Friday, May 7, 2010

माओवादीको अनिश्चितकालीन हड्ताल फिर्ता


काठमाडौं, वैशाख २४ - जनता-जनता भीडाउने षडयन्त्र भएको भन्दै माओवादीले जारी आमहड्ताल स्थागित गर्ने निर्णय गरेको छ । शुक्रबार राती सम्पन्न माओवादी स्थायी समितिको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्ताल स्थगित गरिएको जानकारी दिएका हुन् । उनले शान्ति र संविधानको लागि सुरु गरिएको आन्दोलन भएकोले निकास ननिस्किएमा फेरी यस्तै खालका आम हड्ताल पनि गरिने जनाएको छ । अमेरिकी उपविदेश मन्त्री र अन्य विदेशीको दवावमा हड्ताल फिर्ता लिएको हो की भन्ने प्रश्नमा उनले अरुको दवावमा नभइ आफ्नै सवतन्त्र ढंगले लिइएको निर्णय भएको समेत उल्लेख गरे ।
माओवादीले शनिबार दिउँसो १२ बजे जनप्रदर्शन गरेर दिउँसो २ बजे सभा गर्ने पनि कार्यक्रम घोषणा गरेको छ । त्यसैगरी आइतवार राजधानीमा सिंहदरवार घेराउ र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार र त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै बैशाख १९ गते अनिश्चितकालिन आमहड्ताल सुरु गरेको थियो ।
आमहड्ताल लम्बिंदै जाँदा पनि सरकारले मागको सम्बोधन नगरेपछि सर्वसधारणको जनजीवन कष्टकर बन्दै गएको थियो । माओवादी माथि आमहड्ताल फिर्ता लिनको लागि व्यापक जनदवाव परेको थियो ।
मुलुकभरका बिभिन्न स्थानहरुमा सत्तारुढ दलका कार्यकर्ताहरुको अगुवाइमा प्रतिकार तथा विरोध प्रदर्शन पनि बढ्दै गएको थियो । अन्तरराष्ट्रिय समुदायको तर्फबाट पनि हड्ताल फिर्ता गर्न आग्रह गर्दै आएको थियो । नेपाल उद्योग बाणिज्य महासंघ तथा पेशागत महासंघको आयोजनाका शुक्रबार बिहान राजधानीलगायतका बिभिन्न स्थानमा शान्ति सभाहरुको आयोजना गरिएको थियो । त्यसको पनि माओवादी माथि व्यापक दवाव परेको थियो ।
हड्ताल बढ्दै जाँदा सरकारले मागको सुनुवाई नगरी विस्तारै दमनलाई बढाउँदै लगेको थियो । शान्ति र्‍यालीका सहभागी र माओवादी कार्यकर्ताबीच राजधानीका बिभिन्न स्थानहरुमा शुक्रबार झडपसमेत भएको थियो । कास्कीको लेखनाथमा भएको झडपमा गोली चल्दा आठ माओवादी कार्यकर्ता घाइते भएका थिए । माओवादीले प्रतिकार र विरोधमा पनि प्रदर्शनहरु हुन थालेपछि जनता-जनता भीडाउने षडयन्त्र भएको निष्कर्ष निकालेको हो ।

वार्ताको नाटक


Tuesday, May 4, 2010

मुक्ति चाहन्छन् मसाजकर्मीहरू




काठमाडौँका मसाज पार्लर, गेस् टहाउस, क्याबिन रेस् टुराँ, डान्स बार र दोहोरी साँझसम्बन्धी गरएिका विभिन्न अनुसन्धानहरूले पनि धेरैजसोमा अवैध यौनधन्दा हुने गरेको देखाएका छन् । महिला र बालबालिकाका अधिकारका क्षेत्रमा कार्यरत संघसंस् थाहरू र नेपाल सरकारले गरेका अध्ययनहरूको साझा निष्कर्ष छ, यी क्षेत्रमा चर्को यौन उत्पीडन छ । उनीहरू पारविारकि, सामाजिक र आर्थिक कारणले ती ठाउँमा काम गर्न बाध्य छन् र उनीहरू ग्राहक र व्यवसाय सञ्चालकहरूको दोहोरो शोषणमा छन् । साथसाथै, एचआईभी/एड्सलगायत विभिन्न सरुवा रोगहरूको उच्च जोखिममा उनीहरू रहेका छन्।

विशेष गरी ठमेलका मसाजमा केन्दि्रत गरी रक्षा नेपाल नामक गैरसरकारी संस् थाले गरेको अध्ययन अनुसार, दुईतिहाइ महिला सशस् त्र द्वन्द्वबाट प्रभावित भएर ती ठाउँमा पुगेका छन् । उनीहरूमध्ये बालिकाको संख्या एकदमै धेरै रहेको अध्ययनले देखाएको छ । त्यस अनुसार, ११ देखि १८ वर्ष उमेरका ६५ प्रतिशत छन् । यस क्षेत्रमा कार्यरत महिला धेरैजसो समाजका पिछडिएका समुदायबाट आएका छन् । धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुरलगायत काठमाडौँका छिमेकी जिल्लाका युवती अत्यधिक रहेका छन्।
उक्त सर्वेक्षण अध्ययन अनुसार, एकतिहाइ महिला गाउँघरबाट आएर सुरुमै यस् तो पेसामा लागेको पाइएको छ । बाँकी महिलाले काठमाडौँ आएर केही समय संक्रमणकालीन कामका रूपमा गलैँचा कारखाना, घरेलु कामदारजस् ता काम गरेको देखिएको छ । उनीहरूमाथि यौनजन्य शोषण र दुव्र्यवहार त्यहीँबाट सुरु हुने गरेको छ ।

न्यून र अनियमित वेतन, सुरुमा बताइएभन्दा फरक प्रकृतिका काम, प्रहरी दुव्र्यवहारजस् ता समस् या उनीहरूका साझा समस् या हुन् । उनीहरूले न्यूनतम सात र बढीमा १० घन्टा हरेक दिन काम गर्नुपर्छ । त्यसबापत उनीहरूले मासिक १ हजार ५ सयदेखि १० हजार रुपियाँसम्म पारश्रिमिक पाउने गरेको अध्ययनले देखाएको छ । औसत ४ हजार ६ सय ५ रुपियाँ उनीहरूको आम्दानी हुन्छ, जबकि औसत खर्च ६ हजार ४ सय ५७ रुपियाँ हुन्छ । यसले उनीहरू प्रायः न्यूनतम आवश्यकतासमेत टार्न नसक्ने अवस् थामा यस क्षेत्रमा काम गररिहेको देखाउँछ । सर्वेक्षणमा सहभागी महिलाहरूका अनुसार, उनीहरूका न्यूनतम आवश्यकता पूर्ति गर्न न्यूनतम मासिक ३ हजार ५ सयदेखि १५ हजार रुपियाँसम्म आम्दानी चाहिन्छ ।
उनीहरूमध्ये सबैजसोले आफ्नो परविारमा वास् तविक कामबारे जानकारी गराएका छैनन् । करबि ९० प्रतिशत आफ्नो काम र परचिय लुकाउन चाहन्छन् । यस कामले समाजमा मान्यता नपाएको र त्यसबाहेक अन्य आम्दानीका बाटा पनि नभएकाले उनीहरूलाई दोहोरो संकट छ ।

अर्को रोचक पक्ष भने सेना र प्रहरी उनीहरूका नियमित ग्राहक छन् । केही विदेशी पर्यटक पनि उनीहरूका ग्राहक हुन् । तर, यसको ठूलो अंश अर्थात् करिब ६४ प्रतिशत भारतीय पर्यटकले ओगटेको छ, जो अन्य मुलुकका पर्यटकभन्दा कम पैसा खर्च गर्न तयार हुन्छन् । ३१ देखि ५० वर्ष उमेर समूहका ग्राहक बढी मसाज पार्लरमा धाउने गरेको अध्ययनले देखाएको छ । ८१ प्रतिशत महिलाले त्यहाँ यौन क्रियाकलाप हुने बताएका छन् । उनीहरूका अनुसार, यौनका क्रममा ५० प्रतिशत ग्राहक परविार नियोजनका अस् थायी साधन प्रयोग गर्न अस् वीकार गर्छन् ।

यौनकर्मीहरू आफैँ पनि यौन व्यवसायलाई वैधानिकता दिन नहुने पक्षमा आफ्नो मत जाहेर गर्छन् । यसो हुँदा समाजमा यसको नकारात्मक असर पर्ने, संस् कृति ध्वस् त हुने, भविष्यमा यही विषय गम्भीर समस् याका रूपमा देखिने र यौनजन्य रोगहरू फैलिन सक्ने भएकाले यसलाई वैधानिक व्यवसायको मान्यता दिन नहुने उनीहरूको भनाइ छ । ९० प्रतिशत यौनकर्मीहरू अन्य सीप, तालिम र रोजगारका माध्यमबाट पुनःस् थापना चाहन्छन् । आयुर्वेदिक हर्बल मसाजकी पुतली पनि यस् तै भन्छिन् । "राम्रो काम पाए यहाँ यस् तो काम गर्न को आउँछ  ?" उनको प्रश्न छ।

मसाज पार्लर बढीजसो पर्यटकीय क्षेत्र ठमेलमा केन्दि्रत छन् । मुक्ति नेपाल नामक एक गैरसरकारी संस् थाले सन् २००४ मा गरेको अध्ययन अनुसार, ७५ प्रतिशत मसाज केन्द्रमा गैरकानुनी यौनधन्दा हुने गरेको छ । एक दर्जन केन्द्रमा मात्रै वास् तविक मसाज हुने उक्त अध्ययनले जनाएको छ । त्यस अनुसार, २५ देखि ४० प्रतिशतमा मसाज र देहव्यापार दुवै हुने र १५ देखि २० प्रतिशत मसाज केन्द्रमा देहव्यापार मात्रै हुन्छ।

NEPAL National Weekly

मसाजका नाममा खुला यौनव्यापार




कान्तिपथबाट ठमेल छिर्ने एउटा गल्ली छ, ज्याठा मार्ग । ज्याठा चोकबाट पश्चिम र उत्तर जतातिर गए पनि विभिन्न नाममा टाँगिएका मसाजका बोर्ड देखिन्छन् । ती सबै अंग्रेजीमा लेखिएका बोर्डका नाम अनुसारको सेवा लिन पुग्ने जोकोही झुक्किन्छ । ज्याँठा चोकका वरपिर िछरएिर रहेका करबि आधा दर्जन मसाज केन्द्रमा खुला रूपमा यौनको कारोबार हुन्छ । रोचक पक्ष के भने ती सबैजसोमा महिला नै सञ्चालकका रूपमा देखिन्छन् ।

मसाज केन्द्र भनिए पनि ती ठाउँमा न तेलका बट्टा हुन्छन्, न सफासुग्घर रुमाल । तेल भए पनि धूलोमैलोले छोपेको, कहिल्यै नचलाएको र देखाउनका लागि मात्रै राखिएका छन् । बरु काउन्टरमै पुरुषले परिवार नियोजनका लागि प्रयोग गर्ने अस् थायी साधनका बट्टा हुन्छन् । युवतीहरू काउन्टरमै तास खेलेर, चुइगम चपाएर, चुरोटको धूवाँ उडाएर बसिरहेका हुन्छन् । फोहर जताततै मिल्काइएको, बाथरुम, बेडरुममा कन्डमका खोल छरएिका देखिन्छन् । न हिटर, न पंखा । अभद्र बोली, उत्तेजक पहिरन र शृंगार त्यहाँ काम गर्ने महिलाहरूको विशेषताजस् तै देखिन्छ । उनीहरू आफ् नो स् पष्ट नाम, ठेगाना भन्न हिच्किचाउँछन् । सञ्चालकका नाम, सम्पर्क नम्बर र ठेगाना पनि भन्दैनन् । सञ्चालकलाई भेट्न चाहे पनि त्यो असम्भव हुन्छ । नजिकै भए पनि म सञ्चालक भनेर कसैले भन्दैनन् । "कसैले पनि आफ्नो खास नाम बताउँदैनन् । धेरैजसोका ठमेल क्षेत्रमा एउटा नाम र बाहिर अर्को नाम छन्," मसाज व्यवसायी संघका अध्यक्ष केबी स् याङ्तान भन्छन्, "गर्वका साथ म यो काम गर्छु भन्न सक्ने अवस् था नहुनु नै हाम्रो कमजोरी हो ।"

मसाज सञ्चालनका कुनै सीमा र मापदण्ड छैनन् । बिहान ९-१० बजेदेखि राती ११-१२ बजेसम्म ती चलिरहेका हुन्छन् । काम गर्ने श्रमिकका लागि पनि समयसीमा छैन । नियमित तलब-सुविधा छैन । नरसिंह चोकस् िथत आयुर्वेदिक मसाजकी युवतीका अनुसार, आफू बसेका ग्राहकले तिरेको रकमको आधा उनको हातमा पर्छ । त्यो भनेको औसत दुई सय रुपियाँ हो । ज्याँठा चोकबाट पश्चिममा पर्ने ज्याँठा मार्गमा रहेको आयुर्वेदिक हर्बल मसाजमा काम गर्ने युवतीका अनुसार, प्रतिग्राहक ७५ रुपियाँ उनले पाउँछिन् । मकवानपुरको कुनै गाउँबाट आएकी उनले आफ्नो नाम पुतली बताएकी थिइन् । उनले आफ्नो दैनिक आम्दानी मुस् िकलले २ सय ५० पुग्ने बताइन् । "काठमाडौँको महँगी, घरभाडा सबै पुर्‍याउनै मुस् िकल हुन्छ," उनी भन्छिन्, "अरू खर्च बल्लतल्ल धान्यो, अन्तिममा घरभाडा तिर्नै धौधौ पर्छ ।"

ज्याठा चोकबाट उत्तरतिर जाने बाटोको नाम दिइएको छ, अमृत मार्ग । चोकबाट केही उत्तर ठमेलतिर हिँडेपछि दायाँतिर मसाजसम्बन्धी दुईवटा बोर्ड देखिन्छन् । सुरुमा देखिन्छ, आयुर्वेदिक हर्बल आयल मसाज । त्यहाँ सिँढीमा दिउँसै टर्च बालेर हिँड्नुपर्छ । दोस्रो तलामा पुगेपछि ग्राहकसँग 'डिलिङ्' सुरु हुन्छ । ग्राहकको प्रकृति हेरी तीनवटा अलग-अलग प्रकारका कोठाको व्यवस् था छ । झुक्किएर कोही साँच्चिकै मसाज गर्न पुग्यो भने काउन्टरसँगैको कोठामा राखिन्छ । त्यो कोठा प्रहरी वा अनुसन्धानका लागि जाने संघसंस् थाका प्रतिनिधिलाई देखाउनका लागि हो । मसाज होइन, 'ससाज' गर्न त्यहाँ पुगेका ग्राहकलाई भने युवती छान्न लगाइन्छ । काउन्टरको ठीक माथि रहेका कोठामा औसत ग्राहकका लागि सेवा दिइन्छ भने सँगै जोडिएको भित्रपट्ट िअर्को घरको फ्ल्याटमा रहेका कोठाहरूमा अलि धेरै पैसा तिर्ने, लामो समय बस् न चाहने ग्राहकका लागि ती कोठाको व्यवस् था गरएिको छ । अरू कोठाभन्दा ती बढी सुरक्षित र गोप्य पनि छन् । युवतीहरू पनि अन्य मसाजमा भन्दा त्यहाँ बढी छन् । झन्डै दर्जन युवती त्यहाँ कार्यरत छन् । नयाँ थपिने र पुराना हिँड्ने कारणले संख्यामा तलमाथि भइरहन्छ ।

मसाज सञ्चालनका लागि कुनै मापदण्ड छैन । जहाँ पायो त्यहीँ सटर, कोठा, फ्ल्याट भाडामा लिएर धेरै मसाज चलाइएका छन् । यसले गर्दा बेलाबेलामा स् थानीय बासिन्दा र मसाजकर्मी/व्यवसायीबीच तनाव हुने गरेको छ ।

केही समयअघि ठमेल क्वाबहालका बासिन्दाले टोलका मसाज हटाउन आफँै छापा मारे । आयुर्वेद मसाज एन्ड योग कक्षा केन्द्र, पशुपति मसाज केन्द्र र हर्बल टि्रटमेन्ट बडी मसाज केन्द्र स् थानीय आक्रोशका तारो बने । मसाज र योगका नाममा खुलेका यी केन्द्रहरू उच्छृंखल गतिविधि गरेको, विकृति फैलाएको र आफूलाई हिँडडुल गर्न र पारविारकि वातावरणमै असर गरेको भन्दै स् थानीयले मसाजका बोर्ड निकाल्ने र तालाबन्दी गरेका थिए । मैत्री परविार क्लबको अगुवाइमा भएको उक्त कार्यलाई प्रहरीले पनि साथ दिएको थियो । पटक-पटक प्रहरीलाई जानकारी गराए पनि कारबाही नभएपछि आफैँ अघि सर्नुपरेको सचिव सुरेन्द्र डंगोल बताउँछन् । उनका अनुसार, सडकमै देखिने गरी अस् थायी साधन फ्याँकिदिने, टोलमै बसिनसक्नु गतिविधि गर्ने मसाजका कारण टोलबासी हैरान भएका छन् । टोलबासीसँगको तनावकै कारण केही समय ती मसाज बन्द पनि भए ।

जताततै मसाज, सञ्चालक अज्ञात

यौन व्यवसाय गर्न अरूभन्दा सजिलो आवरण मसाज बनेको छ । "एउटा फ्ल्याट भाडामा लियो, दुई-चारवटा ओछ्यान किन्यो, मसाजको बोर्ड झुन्ड्यायो ग्राहक आइहाल्छन्," मसाज व्यवसायी संघका एक सदस् य भन्छन्, "भित्र जे गरे पनि भयो ।" डान्स र क्याबिन रेस् टुराँमा कम्तीमा ओछ्यान राख्न मिल्दैन । मसाजमा ओछ्यान नभई हुन्न । लुगासमेत खोल्नुपर्छ । प्रहरी आएपछि मसाज गरेजस् तो गरे भइहाल्यो । "नग्न अवस् थामा भेटिँदैमा अश्लील गतिविधि गरेको भन्न पनि मिल्दैन । प्रमाण पुर्‍याउनै गाह्रो हुन्छ," सोह्रखुट्टे प्रहरी प्रभागका प्रमुख निरीक्षक रुगमबहादुर कुँवर भन्छन् । बन्द कोठाभित्र मसाजका नाममा यौन व्यवसाय गर्न सजिलो हुने भएकाले दिन प्रतिदिन यौन व्यवसायीहरू मसाजतिर आकषिर्त भएको अध्यक्ष स् याङ्तान बताउँछन् । "यस् ता गतिविधिले वास् तविक मसाजको महत्त्व र मूल्य घटाएको छ । मसाजलाई नै राम्रो दृष्टिले हेर्न छाडिसक्यो ।"

मसाजका बोर्ड झुन्ड्याएर यौन गतिविधि हुने ठाउँहरूमा स-साना गल्लीका पुराना घर र अँध्यारा कोठा मात्रै छैनन् । केही ठूल्ठूला होटल र गेस् टहाउसभित्र पनि मसाजका नाममा यौन धन्दा खुलेआम भइरहेका छन् । महानगरीय प्रहरीले अश्लील गतिविधिबारे अनुसन्धान गर्न खटाएको गोप्य टोलीका एक सदस् यका अनुसार, विदेशी कूटनीतिज्ञहरूसँग सम्बन्ध भएका होटलभित्र समेत स् पा, वेलनेस र मसाज भन्दै यौन व्यवसाय सञ्चालन भइरहेको पाइएको छ । ती ठाउँमा प्रहरीलाई औपचारकि रूपमा छिर्न र अवलोकन गर्न दिइएको छैन ।

प्रहरीको आन्तरकि प्रयोजनका लागि तयार पारएिको एक अनुसन्धान रपिोर्ट अनुसार, ठमेल र दरबारमार्ग क्षेत्रका करबि अढाइ सय मसाज केन्द्रमध्ये ८० प्रतिशतमा यौन धन्दा हुने गरेको छ । तिनका सञ्चालकहरूको सम्बन्ध उच्च राजनीतिक र प्रशासनिक नेतृत्वसम्म हुने भएकाले स् थानीय प्रहरीलाई छापा मार्न अप्ठ्यारो भइरहेको छ । नेपालसँग सम्पर्कमा आएका प्रहरी अधिकृतका भनाइमा, धेरै प्रहरी र सैनिक अधिकारीका आफ्नै वा नातेदारका मसाज छन् ।

यौन धन्दा हुने मसाजका सञ्चालकहरू विभिन्न तहका छन् । यसमा ठूलो जालो सक्रिय छ । एउटै व्यक्तिका आधा दर्जनसम्म मसाज सेन्टर छन् । तिनले आफ्नो परचिय खुल्ने कुनै आधार ती ठाउँमा छोड्दैनन् । अलग-अलग व्यक्तिलाई ठेक्कामा दिन्छन् । त्यहाँ काम गर्ने मजदुरहरू कसैलाई वास् तविक नाम दिइएको हुँदैन । ठेक्कामा सञ्चालन गर्ने दोस्रो तहका व्यवसायी पनि आफैँ कार्यक्षेत्रमा बस् दैनन् । उनीहरूले उप-ठेक्का चलाउँछन् । यौनकर्मीले कमाएको रकम विभिन्न तह हुँदै खास सञ्चालकसम्म पुग्छ । उपठेक्का चलाउने व्यवसायी साप्ताहिक, पाक्षिक वा मासिक रूपमा रकम उठाउन आउँछन् । साप्ताहिक १० देखि ४० हजार रुपियाँसम्म काउन्टरबाट 'माथि' पठाउनुपर्छ । उक्त रकम विभिन्न तह हुँदै खास सञ्चालकसम्म पुग्छ । त्यस् ता सञ्चालकलाई व्यवसायीहरू सम्मानसूचक शब्दको रूपमा 'डन'को संज्ञा दिन्छन् । यस् ता डन सीमित संख्यामा छन् । उनीहरूले नै प्रहरी, प्रशासन र राजनीतिक नेताहरूलाई आश्वस् त पार्ने काम गर्छन् । केही समयअघि ठमेल क्षेत्रमा माओवादी निकट युवा संगठन वाईसीएललाई मात्रै ८१ हजार रुपियाँ एकमुष्ट चन्दा दिएको एक व्यवसायी परचिय नखोल्ने सर्तमा बताउँछन् । त्यसैगरी अन्य राजनीतिक दल र भ्रातृसंगठनहरूका लागि पनि गतिलो आम्दानीका स्रोत भएका छन्, मसाज पार्लरहरू । उनीहरूका लागि रकमको वैधानिकता चासोको विषय हुँदैन । त्यस क्षेत्रमा रहेका क्याम्पसका विद्यार्थी नेताहरू मसाज व्यवसायीकै पैसाले चलेको दाबी गर्छन्, व्यवसायी सुबलाल तामाङ ।

व्यवसायीहरूका अनुसार, प्रहरीका स् थानीय एकाइहरूले पनि नियमित रकम उठाउने र अवैध धन्दाप्रति आँखा चिम्लिने गरेका छन् । तर, महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद नेपाल भने प्रहरीलाई पर्याप्त अधिकार नभएकाले मसाज र अन्य व्यवसायका नाममा भइरहेको यौन व्यवसाय नियन्त्रण गर्न नसकिएको बताउँछन् । भन्छन्, "महानगरीय प्रहरीको अपूरो अवधारणा लागू गरएिको छ । मसाज दर्ता र नियमनको स् पष्ट कानुन छैन ।" पुराना ऐन-कानुनमा सुधार गरी प्रहरीलाई अधिकारसम्पन्न गरिनुपर्ने उनको भनाइ छ । त्यसो त दरबारमार्ग र सोह्रखुट्टे प्रहरी प्रभागका प्रतिनिधि मासिक दुईदेखि १० हजार रुपियाँसम्मका दरले उठाउँछन् । त्यो रकम क्रमशः माथिल्ला निकाय हुँदै राजनीतिक तहसम्म पुग्ने गरेको अनौपचारकि रूपमा प्रहरी अधिकारीहरू नै स् वीकार गर्छन् । "यो ओपन सेक्रेट कुरा हो । यसको प्रमाण हुँदैन । लिनेले लिन्छ, दिनेले दिन्छ," सोह्रखुट्टे प्रभागका एक पूर्वप्रमुख भन्छन्, "व्यक्ति हेरी कमबेसी उठाउँछ होला ।"

'डन'ले चलाएका बाहेक फुटकर रूपमा चल्ने मसाज केन्द्रहरू भने एकदमै अस् िथर रहने गरेका छन् । लहलहैमा लागेर केही कोठा भाडामा लिने, एक-दुई जना महिला राख्ने र यस् ता मसाज चलाउन खोज्ने प्रहरीको छापा, डनहरूकै धम्की र उचित नाफा कमाउन नसकेर टाट पल्टेर हिँड्ने गरेका छन् । संघका कोषाध्यक्ष पूर्ण महर्जनकै भनाइमा यसरी लहैलहैमा खुलेका मसाज केन्द्रहरू बन्द हुने र खुल्ने क्रम तीव्र रूपमा चलेको छ ।

गेस् टहाउसका एक-दुई कोठा भाडामा लिएर मसाजका नाममा यौनधन्दा सञ्चालन गर्ने प्रवृत्ति अहिले बढेको छ । कतिपय गेस् टहाउस त यौनधन्दाकै लागि खुलेका छन् । त्यसका लागि ग्राहक आकषिर्त गर्न मसाजको बोर्ड झुन्ड्याएर तला नम्बर लेख्ने गरएिको छ । आखिर मसाज र गेस् टहाउसको न काउन्टर फरक हुन्छ, न कर्मचारी । ज्याठास् िथत एक गेस् टहाउस यसको उदाहरण हो । त्यसभित्र महिला कामदारहरूलाई चौबीसै घन्टा त्यहीँ राखी मसाजका नाममा यौनधन्दा सञ्चालन गरएिको प्रहरीको आन्तरकि रपिोर्टमा छ । उक्त रपिोर्ट महानगरीय प्रहरी आयुक्तमा पेस भइसकेपछि 'अपरेसन' थाल्ने प्रहरी स्रोतको भनाइ छ । उक्त गेस् टहाउसमा पनि दुई खालका मसाज छन्, सस् तो र महँगो । महँगोमा बस् ने, खाने सुविधाहरूसँगै युवतीको व्यवस् था छ भने अर्कोमा एक क्षणका लागि आउने ग्राहकका लागि युवतीको व्यवस् था हुन्छ । त्यहाँ काम गर्ने महिलालाई बाहिरफेर हिँड्न बन्देज गरएिको छ । त्यहाँबाट भागेर हाल एक पुनःस् थापन केन्द्रमा पुगेकी हिमा राई -नाम परविर्तन), २६, भन्छिन्, "त्यहाँ पुगेपछि यौवन छँदासम्म निक्लन दिइँदैन । ग्राहकको आँखामा पर्न छाडेपछि घोक्र्याएर निकाल्छन् ।"

रोचक पक्ष त के छ भने पहिला मसाजका नाममा यौन व्यवसाय चलाउनेहरू अहिले गेस् टहाउस खोलेर त्यहीँ यस् तो धन्दा चलाउन थालेका छन् । ठमेलबाट उनीहरू नयाँ बसपार्क, चाबहिल, बौद्ध, कलंकीलगायत क्षेत्रमा छरएिका छन् । 'गाइड'मार्फत ग्राहकहरू गेस् टहाउसमा पुर्‍याउने र युवतीसँग बन्द कोठामा बसेको समयका आधारमा शुल्क निर्धारण गर्ने गरएिको छ । यसमा गाइडहरूले पनि निश्चित कमिसन पाउँछन् । मसाज सेन्टरमा काम गर्ने महिलाहरूका हक-अधिकारका लागि काम गर्ने संस् था रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्, "हिजो मसाजमा अवैध यौनधन्दा चलाउनेहरूले गेस् टहाउसलाई सुरक्षित आवरण बनाउन थालेका छन् । महिलाहरूलाई गेस् टहाउसमै बन्दी बनाएर सञ्चालन गरएिका त्यस् ता ठाउँमा चरम आर्थिक र शारीरकि शोषण छ ।"

मसाज भन्नेबित्तिकै यौन व्यवसाय बुझ्न थालिएपछि कतिपय व्यवसायीले आफ्नो बोर्ड र भिजिटिङ् कार्डमा मसाज लेख्नै छाडिसके । अचेल व्यवसायीहरू बडी केयर सेन्टर, ट्रेकर्स सर्भिस सेन्टर, थेरापेटिक उपचार, स् पाः, फिटनेस, हर्बल टि्रटमेन्टजस् ता नाम दिन थालेका छन् । कतिपयले मसाजसँगै योग कक्षाजस् ता नाम जोड्न थालेका छन् ।

मसाजमा यौनधन्दा मौलाउनुमा ठमेलको महँगो घरभाडा एउटा कारक रहेको व्यवसायीहरू बताउँछन् । मसाज व्यवसायी संघका कोषाध्यक्ष महर्जन भन्छन्, "मसाज भन्नेबित्तिकै घरधनीहरू चलेको भन्दा तेब्बर बढी भाडा भन्छन् । त्यो वैधानिक आयबाट सम्भव नै छैन । " एउटा कोठाको १०-१५ हजार रुपियाँ भाडासम्म मसाज व्यवसायीले तिर्ने गरेको उनी बताउँछन् । भन्छन्, "यति महँगो भाडा तिर्नका लागि जे पनि गर्नुपर्ने अवस् था आउँछ । कि ताल्चा ठोकेर हिँड्नुपर्छ ।"

कसरी पुग्छन् युवतीहरू ?

करबि पाँच फिट उचाइ, गोलो र गोरो अनुहार । १८ वर्षको कल्कलाउँदो उमेर । ठमेलको हिमालय आयुर्वेदिक मसाजमा छिर्ने जोसुकै ग्राहकको पहिलो रोजाइ बन्ने गरेकी थिइन् उनी । केही समययता त उनी धेरै ग्राहकको रोजाइ बनेका कारण सहकर्मीकै लागि ईष्र्याको पात्र भएकी थिइन् । उनलाई पनि अरूभन्दा बढी आकर्षक भएकामा गर्व थियो । किनभने, जति धेरै ग्राहक तान्न सक्यो, त्यति नै आम्दानी बढी हुन्थ्यो । "भित्री मनमा जे भए पनि पहिलो कुरा त पैसा नै रहेछ," उनले प्रहरी नियन्त्रणमै रहेको अवस् थामा काँपेको स् वरलाई दह्रो पार्दै भनिन् । पाँच महिनादेखि उक्त मसाजमा काम गरेकी उनलाई त्यसयता आफ्नो टोलछिमेकमा पनि अरूसरहको जीवन गुजारा गर्न सजिलो भएको थियो । तर, उनलाई त्यस ठाउँसम्म पुर्‍याउन बाध्य पार्ने कारणहरू खोतल्न लाग्दा उनी रुन पुगिन् ।

फागुन २९ गते पक्राउ परेका सात महिलामध्येकी सविना थापा -नाम परविर्तन), १८, ले आर्थिक अवस् थाकै कारण ९ कक्षा पढ्दापढ्दै स् कुल छाड्नुपर्‍यो । काठमाडौँ, गागलफेदीकी उनी अहिले बालाजु हाइटमा आमासँग बस् िछन् । बुबाले तेस्रो विवाह गरेपछि उनकी आमा कान्छीबाट माइली भइन् । बाबुले नयाँ श्रीमतीलाई मात्रै हेर्न थाले । माइली र उनीबाट जन्मेकी एक मात्र छोरी सविनालाई हेलाँ गर्न थाले । उनकी आमाले अर्काको घरमा मजदुरी गरेको ज्यालाले मात्रै आमाछोरीको गुजारा चल्न मुस् िकल भयो । फेर िसविनाका साथीहरूको ठाँटबाँठले उनलाई पनि मीठो खाने र राम्रो लगाउने इच्छा जाग्न थाल्यो । "तर, मसँग बाहिर जाँदा २० रुपियाँ खाजा खाने पैसासमेत हुन्थेन," उनी भन्छिन् । अन्ततः उनी एक चिनेको दिदीसँग ठमेल पुगिन् । घरमा र साथीहरूलाई 'अफिसमा काम गर्छु' भने पनि अफिसको नाम र कामबारे कसैलाई भनेकी थिइनन् ।

सविना एक उदाहरण मात्रै हुन् । राजधानी छेउछाउका गाउँ, सहरभित्रैका कमजोर आर्थिक र पारविारकि स् िथति भएका घर, राजधानीसँग जोडिएका जिल्लाबाट थुप्रै महिला यसरी बाध्य भएर आफ्नो यौवन बेच्न बाध्य छन् । साँझ-बिहान खान नपुग्ने, खोजेजस् तो रोजगार नपाइने, परविारमा अपहेलित भएर बाँच्नुपर्ने धेरै महिला सुखको खोजीमा सदरमुकाम, सहर र राजधानी पस् ने क्रम त छँदै थियो । त्यसलाई १० वर्ष चलेको सशस् त्र द्वन्द्वले झन् बढावा दियो । धेरै परविार विखण्डित भए । "आन्तरकि विस् थापन र बाध्यताको बसाइँसराइले धेरै महिलालाई सहरका निकृष्ट प्रकारका श्रममा धकेल्यो," राष्ट्रिय मानव अधिकार आयोगको चेलीबेटी बेचबिखन तथा ओसारपसारसम्बन्धी समाधीक्षक पद्मा माथेमा भन्छिन् ।

हालै एक १३ वर्षकी बालिकालाई यौन व्यवसाय हुने मसाज केन्द्रमा प्रहरीले फेला पार्नुले बालबालिकालाई समेत यसमा प्रयोग गरएिको प्रस् ट पार्छ । सिन्धुली बेलघारीकी ती बालिकालाई ठमेलको जोमसोम मसाजबाट गत असोज २२ गते प्रहरीद्वारा उद्धार गरएिको थियो । उनले मसाजमै काम गर्ने दिदीसँग काठमाडौँ आएको बताएकी थिइन् । प्रहरीले त्यसबेला ठमेलका एभरेस् ट, निर्वाण, जोमसोम र आयुर्वेदिक नामका मसाज पार्लरमा फेला परेका अरू सात बालिकाको समेत उद्धार गरेको थियो । ती सबै अहिले माइती नेपालको संरक्षणमा छन् ।

मसाजका नाममा यौन व्यवसाय सञ्चालन गर्नेहरूले अहिले नयाँनयाँ कलिला किशोरीलाई आफ्नो कोठीसम्म तान्नका लागि अर्को उपाय अपनाउने गरेका छन् । आफूकहाँ काम गर्ने युवतीलाई दसैँ, तिहार, नयाँ वर्षजस् ता चाडपर्वका बेला केही बढी रकम दिन्छन् । धेरै समयपछि गाउँघर फर्किने बेलामा ती युवतीहरू पनि भड्किलो भएरै जान्छन् । "उनीहरूको जीवनशैलीबाट गाउँघरमा कष्टपूर्ण जीवन भोगिरहेका किशोरीहरू उनीहरूप्रति सजिलै आकषिर्त हुन्छन्," रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन् । उनका अनुसार, सहरमा के काम गर्नुपर्छ भन्ने कुराबारे थाहै नपाई उनीहरू पछि लाग्छन् । बाबुआमाले पनि काम लगाइदिन आग्रह गरेर जिम्मा लगाउँछन् । "अनि सहरमा यस् तै निकृष्ट काममा फस् छन्," थापा भन्छिन्, "फसेपछि उम्किनै सक्दैनन् ।"

फितलो नियम र नियमन

नेपाली समाजमा धेरै पहिलादेखि चलेको प्राकृतिक चिकित्सा पद्धति भए पनि मसाजको व्यावसायीकरणलाई वैधानिक र व्यवस् िथत गर्ने प्रयास शून्यप्रायः देखिन्छ । नेपाल सरकारकै एक अध्ययन अनुसार, सामान्यतया यस् ता व्यवसाय औद्योगिक व्यवसाय ऐन अनुसार घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सर्तविपरीत सञ्चालन गरएिका छन् । केही मसाजहरू स् थानीय स् वायत्त शासन ऐन अनुसार महानगरपालिका, वडा कार्यालयलगायत स् थानीय निकायबाट इजाजत लिई सञ्चालनमा रहेका छन् । केही पर्यटन ऐन अनुसार दर्ता गरी चलाइएका छन् । केही भने कहीँकतै जानकारी नै नगराई सञ्चालनमा रहेको सरकारी अध्ययनले जनाएको छ ।

सर्वोच्च अदालतले ०६५ पुस १ गतेदेखि लागू हुने गरी जारी गरेको निर्देशिकामा तीन महिनाभित्र यस् ता व्यवसाय जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी तिनको सम्पूर्ण विवरण राख्न भनिएको छ -हेर्नूस्, बक्स) । तर, अहिलेसम्म यसको प्रक्रिया काठमाडौँमै पनि सुरु हुन सकेको छैन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल भन्छन्, "अब दर्ताको प्रक्रिया सुरु गर्छौं ।" अहिले अनुगमनमा केन्दि्रत रहनुपरेकाले आबद्धता दिलाउन ढिलाइ भएको उनको प्रस् टीकरण छ ।

अहिलेसम्म अवैध यौनधन्दा चलाएका मसाजका खास सञ्चालक पक्राउ परेका छैनन् । कामदार मात्रै पक्रेर प्रहरीले आफ्नो सफलता देखाउने र केही दिनमै ती कामदार छुटेर पुरानै कार्यस् थलमा र्फकने गरेका छन् । प्रहरीले उच्छृंखल गतिविधि गरेको भन्दै पक्राउ गरेका अवैध यौन कार्यमा संलग्नलाई कहिले सम्झाइबुझाइ छाडिदिन्छ भने कहिलेकाहीँ सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाउँछ । जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने उक्त मुद्दाका सबैजसो अभियुक्त धरौटीमा छुट्छन् । "सञ्चालकसम्म प्रहरी नै पुग्ने प्रयास गर्दैन," नयाँबजार टोल सुधार समितिका अध्यक्ष कुवेर श्रेष्ठ भन्छन् । प्रहरी निरीक्षक रुगम कुँवर भने सञ्चालक कहिल्यै आफ्नो मसाज केन्द्रमा नआउने, स् पष्ट परचिय र ठेगाना पनि नखुल्ने कारणले पक्राउ गर्न नसकिएको बताउँछन् । स् पष्ट कानुनको अभावमा यस् ता गतिविधिलाई नियन्त्रण गर्न समस् या भएको उनको भनाइ छ ।

मसाजका नाममा चलेको यौन व्यवसाय नियन्त्रणका कानुनी र व्यावहारकि उपायहरू अवलम्बन नगर्ने हो भने यसको आकार बढ्दै जानेमा शंका छैन । र, परण्िााम के हुनेछ भने साँच्चिकै मसाजको सेवा दिइरहेका व्यक्ति र संस् था भने धराशयी हुनेछन् ।

Monday, May 3, 2010

ठमेल लाइभ

दृश्य १

"त्यस् तो मसाज गर्ने भए त माथि जानुपर्छ," यति भनेर तेलको बट्टा र रुमाल बोकेर उनी काउन्टरमा फर्किइन् । "फुल पेमेन्ट रै'छ, खालि मलाई तेल बोक्न लगाएर...," उनले भनिन् । त्यसलगत्तै काउन्टरमा बसेकी अधबैँसे महिलाले आधा घन्टा मसाजका लागि तय भएको तीन सय रुपियाँबाट बढाएर चार सय रुपियाँको हिसाब गरनि् । त्यसमा पुरुषहरूले प्रयोग गर्ने परविार नियोजनको अस् थायी साधनको २० रुपियाँ पनि जोडिन् र माथिल्लो तला जान भनिन् । निस् कँदा-निस् कँदै नम्र शैलीमा उनी गुन्गुनाइन्, "कस् तो सोझो मान्छे । पहिले नै भन्नुपर्छ नि, यस् तो चाहिएको भनेर !"
पहिला तेल समाएर आएकी युवती पछि अर्को एक थान अस् थायी साधन बोकेर आइन् । अँध्यारो कोठामा लिएर गइन् । त्यहाँको काम, वातावरण, आम्दानी र उनका व्यक्तिगत कुराबारे सोध्न थालेपछि उनी झर्किइन्, "तपाईं अन्तर्वार्ता लिन आएको हो र ? धेरै बोलेपछि यहाँ पुलिस आउँछ । छिटो गर्नूस् !"
ठमेल अर्थात् काठमाडौँकै व्यस् त र विदेशी पर्यटकको सर्वाधिक चहलपहलको केन्द्र । ठमेलको पनि नरसिंह चोक, जहाँ पर्यटकलाई लक्षित गरी हस् तकलाका झकी-झकाउ पसलहरू छन् । पदयात्राका लागि चाहिने सामग्रीहरूका पसलले त्यो ठाउँ थप रंगिएको छ । 'ओम माने पेमे...', 'रेसम फिरीरी...'जस् ता चर्चित सांगीतिक धुनहरू र हस् तकलाका घुमुवा बिक्रेताका सारंगी र बाँसुरीका आवाजले त्यो ठाउँलाई थप रौनकमय बनाउँछ । त्यही रौनकलाई छिचोलेर अलि भित्री गल्लीतिर छिर्ने हो भने बेग्लै वातावरणको सामना गर्न पुगिन्छ । त्यही गल्लीमा रहेको एउटा मसाज केन्द्रभित्रको दृश्य हो, यो ।
नरसिंह चोकको पश्चिमपट्ट िलहरै हस् तकला र पदयात्राका सामग्री पाइने पसल र ट्रेकिङ् एजेन्सीका कार्यालय छन् । तिनको बीचबाट भित्र छिर्ने हँसिया आकारको बाटो छ । त्यही बाटोको बायाँपट्ट िहेर्दै गएपछि देखिनेछ, आयुर्वेदिक मसाजसम्बन्धी मैलो र पुरानो साइनबोर्ड । जसले एक तला माथि उक्लिन संकेत गररिहेको छ । भुइँतलाको सटरमा किराना पसल छ । त्यसको ठीक माथि झ्यालबाट चुइगम पड्काउँदै वा गीत गुनगुनाइरहेका केही युवतीहरूलाई देख्न सकिन्छ । त्यो मसाज केन्द्रको काउन्टर रहेको कोठा हो । काउन्टर कोठामा दुई सेट सोफा राखिएका छन् । तिनै सोफामा फुर्सदिला युवतीहरू कोही चुइगम पड्काइरहेका, कोही शृंगार, पहिरन मिलाइरहेका त कोही हिन्दी गीत गुनगनाइरहेका भेटिन्छन् । पैसा बुझाइसकेपछि काउन्टरकी महिला सोध्छिन्, "ल छान्नूस्, कोसँग जाने ?" अनि, ग्राहकले सोफामा बसिरहेका युवतीमध्येबाट एउटालाई छान्नुपर्छ ।
"यी गेस् टहाउसका कोठा हुन् । हामीले भाडामा लिएर चलाइरहेका छौँ," युवतीले प्यासेजबाट लहरै रहेका कोठा देखाउँदै भनिन्, "हामी यो कोठामा जाऊँ !" दुईवटा बेड भएको कोठामा उनले लगिन् । अट्याच बाथरुम भए पनि त्यहाँ पानी थिएन । "ठमेलमा पानी छैन," गन्हाउने शौचालयबारे उनको प्रस् टीकरण थियो, "एकछिनका लागि कति पो गन्हाउला र !" दुइटा बेड भए पनि एउटामा मात्रै तन्ना ओछ्याइएको थियो । एउटा मैलो तौलिया थियो, कोठामा बत्ती थिएन । "बत्ती किन चाहियो ? एकछिनका लागि त हो नि !" फेर िपुरानै शैली र शब्द दोहोर्‍याइन् उनले । त्यतिन्जेल सँगैको अर्को कोठा छिरसिकेको एक जोडीले गाइँगुइँ गर्न थालिसकेको थियो ।

दृश्य २
यस घरलाई छाडेर अझ अघि बढ्ने हो भने मसाजका अरू बोर्डमा आँखा ठोक्किनेछन् । तीमध्ये एउटामा त मसाजका प्रकार र तस् िबर पनि राखिएका छन् । घरको भित्तामा पनि मसाज लेखिएका संकेतहरू छन् । तर, ती लेखाइ खुइलिँदै गएका छन् । जुन बोर्ड हेरेर गए पनि भित्र कुनै फरक प्रकृतिको मसाज भेटिँदैन । "मसाज गर्न आ'को दाइ  ?" यही प्रश्नबाट ग्राहकको मागबारे सम्पूर्ण अनुमान लगाइसक्छन्, काउन्टर र सोफामा बस् ने युवतीहरूले ।
"मसाज हुन्छ ?"
"हुन्छ, कुन मसाज गर्ने ?" सोफामा पल्टिरहेकी मोटी युवतीले सोधिन् । तर, उनले मसाजका प्रकारबारे थप केही बताइनन् । बरु अर्की अलि छरतिी युवती उठेर नजिकै आइन् र लेघ्रो तान्दै भन्न थालिन्, "जस् तो मसाज पनि हुन्छ रे क्या !"
"कति पैसा ?"
कोही बोलेनन् । उभिएकी युवतीले हातको पञ्जा देखाइन्, जसको अर्थ हुन्थ्यो, पाँच सय रुपियाँ । त्यतिञ्जेल उनी जीउमै लहसिन आइसकेकी थिइन् । अबको उनको काम पछाडिबाट टाँस् िसने, कान-नाकमा छुने र शरीरका अंगबारे टीका-टिप्पणी गर्ने हुन थाल्यो । पाँच सयबाट चार सय रुपियाँमा तयार भइन् ।
"घरमा सित्तैँमा पाइने बूढीलाई छाडेर आयो होला । यहाँ तीन सय भन्छ," ती किशोरीले हप्काइन् । केहीबेरपछि उनी ग्राहकका रूपमा पुगेका अर्का व्यक्तिसँग गफिन थालिन् । ती व्यक्तिको कपाल पूरै फुलेको थियो । नाकका रौँ पनि अस् वाभाविक रूपमा बाहिर निस् केका थिए । आधा बाहुला भएको सर्ट र नीलो पाइन्ट देखाएर ती किशोरी भन्दै थिइन्, "यी बूढा त अफिसको ड्रेसमा सीधै यहाँ आएछन् कि क्या हो  ?" बूढा फिस् स हाँसे मात्रै । सोफामा सुतिरहेकी युवती चर्किइन्, "जहाँबाट आए पनि के भो ? त्यही चाहिएर त आयो होला नि ! लौ बाजे, खुरुखुरु पैसा झिक्नूस्, छिटो माथि गइहाल्नोस् ।" एकछिनपछि उनी ती छरतिी युवतीलाई लिएर माथिल्लो तला उक्ले ।

भ्रष्टाचार कि अनियमितता ?


धर्मसन्तानका रूपमा नेपाली बालबालिका विदेश लगेबापत विभिन्न एजेन्सीहरूबाट आउने रकमलाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सर्वदेवप्रसाद ओझाले छुट्टै खातामा जम्मा हुने व्यवस्था गरेपछि त्यसलाई भ्रष्टाचार मान्ने कि नमान्ने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद्को कार्यालयलाई गाह्रो परेको छ । त्यसबारे अध्ययन गर्न प्रधानमन्त्री माधवकुमार नेपालले सचिव लीलामणि पौडेललाई जिम्मा दिएका छन् । तर, पौडेलले पनि अहिलेसम्म यसबारे स्पष्ट राय दिन सकेका छैनन् ।

कानुनतः उक्त रकम राजस्व खातामा जम्मा हुनुपर्ने भए पनि मन्त्री ओझाले आफ्नै नेतृत्वमा एक समिति बनाई त्यसलाई आफ्नै तजबिजमा सञ्चालन गर्न पाउने नीति बनाएका छन् । अर्थ मन्त्रालयले यसलाई गैरकानुनी भन्दै उक्त खातालाई सरकारी नियन्त्रणमा ल्याउन भनेपछि मन्त्रिपरष्िाद् कार्यालय तातेको हो । सँगसँगै यसबारेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थालेको छ ।

मन्त्री ओझाले उक्त खातामा जम्मा भएको रकम खर्च गरी नसकेकाले यसलाई भ्रष्टाचार मान्न नसकिने प्रारम्भिक निष्कर्षमा मन्त्रिपरष्िाद् कार्यालय पुगेको छ । खातामा कति रकम छ, त्यसको कानुनी आधार के हुने र त्यसलाई सरकारी नियन्त्रणमा ल्याउन के गर्ने भन्नेबारे अध्ययन भइरहेको मन्त्रिपरष्िाद् कार्यालय स्रोतले जनाएको छ । सचिव पौडेलको नेतृत्वमा यसको कानुनी पक्षबारे अध्ययन भइरहेको र मन्त्रीको काम गैरकानुनी ठहर भए कारबाहीका लागि प्रधानमन्त्रीकहाँ सिफारसि गरनिे स्रोतले जनाएको छ ।

विदेशमा धर्मसन्तान लैजान चाहने एजेन्सीमध्ये नेपाल सरकारसँग समझदारी गर्दा हरेकले १० हजार अमेरकिी डलर बुझाउनुपर्छ । यो समझदारी हरेक वर्ष नवीकरण गर्नुपर्ने र त्यति नै रकम सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यस वर्ष ५६ वटा विदेशी संस्थाले यस्तो समझदारी गरसिकेका छन् । यस हिसाबले ५ लाख ६० हजार डलर खातामा जम्मा भइसकेको अनुमान छ । यसबारे स्पष्ट विवरण मन्त्रिपरष्िाद्ले खोजी गररिहेको छ । "अध्ययन भइरहेको छ । चाँडै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँछौँ," सचिव पौडेल भन्छन् । कहिलेसम्म प्रतिवेदन बुझाउने भन्नेबारे भने उनले स्पष्ट पारेनन् । यसैबीच, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खातासम्बन्धी कागजात कब्जामा लिएपछि प्रधानमन्त्री कार्यालयले के गर्छ भन्ने थप कौतूहल मन्त्रालयका कर्मचारीहरूबीच छाएको छ । अख्तियारले पहिला निर्णय दिन्छ कि प्रधानमन्त्री कार्यालयले, त्यो भने हेर्न बाँकी नै छ ।

फुर्सदमा संसद् पत्रकार



संविधानसभा समितिका बैठक बस्न छाडे । संविधानका अन्तरवस्तुबारे छलफल हुन पनि छाडिसक्यो । सार्वजनिक लेखा र राज्य व्यवस्था समितिका फाट्टफुट्ट बैठकबाहेक संसदीय समितिहरू पनि निष्त्रियजस्तै छन् । व्यवस्थापिका संसद्को बैठकमा सभासद्हरू एक-अर्कालाई राजनीतिक आरोप-प्रत्यारोप गर्नमै समय खर्च गर्छन् । के समाचार लेख्ने ? यतिबेला संविधानसभा/संसदीय मामिलामा रपिोर्टिङ् गर्ने पत्रकारहरू संकटमा छन् । त्यसैले अहिले सभासद्लाई जस्तै फुर्सद संसदीय मामिला पत्रकारहरूलाई छ ।
फुर्सद भएपछि के गर्नु त ? दिनभर सिंहदरबारको चौरमा कति घाम खानु ? पत्रकारहरूका हातहातै हुने ल्यापटपले भने टाइम पास सजिलो गराइदिएको छ । लोकगीत बजायो, नाचगान गर्‍यो, बस् । समाचारका विषयवस्तु त्यस्तै हो, संविधानसभा सचिवालयले उपलब्ध गराएको पत्रकार कक्षमा कुन कलाकारको कुन नयाँ गीत बजारमा आयो, तीमध्ये कुन राम्रो छ भन्नेबारे भने समयमै अद्यावधिक भइन्छ । समाचारको मात्रै पछि कति कुद्नु ?

रोनाल्डोका फ्यान
कम बोल्ने, विस्तारै बोल्ने, नरम बोल्ने, स्पष्ट बोल्ने अनि सन्तुलित भएर बोल्ने । उनको देखिएको परचिय हो यो । केही वर्षयता 'उच्चस्तरको सहमति, सहकार्य र एकता' उनको थेगोजस्तै भएको छ । उनको यही स्वभावलाई लिएर कतिपय नेताहरूले सहमतिको माला जपेर बसेको भनेर टिप्पणी गर्छन् । सधैँ गुरुगम्भीर मुद्रामा प्रस्तुत हुने सभामुख सुवासचन्द्र नेम्वाङको प्रस्तुतिलाई हेर्दा उनी मानवीय संवेदनाभन्दा माथि रहन सक्ने सन्त प्रवृत्तिका जस्ता लाग्छन् । मलाई पनि यस्तै लाग्थ्यो । तर, एक दिन गफिँदै जाँदा यति रसिक भइदिए कि उनी पनि सहज संवेदना भएको मान्छे नै हो भन्ठान्न कर लाग्यो ।
कुरा के पर्‍यो भने हालै पत्रकारहरूसँगको अनौपचारकि बसाइमा उनले एक अंग्रेजी दैनिकमा छापिएको पोर्चुगलका फुटबल स्टार क्रिस्िचयानो रोनाल्डोसम्बन्धी सामग्रीमा गलत तथ्य परेको औँल्याउँदै 'त्यस्तोचाहिँ होइन है' भनेर सम्झाए । आफू रोनाल्डोको फ्यान भएको कुरा खोल्दै अहिलेसम्म चर्चामा आएका रोनाल्डो नामका खेलाडीहरूका चर्चित 'स्क्यान्डल'हरूबारे पनि एक राउन्ड पत्रकारहरूलाई पढाउन भ्याए । रोनाल्डोप्रति उनको आशक्ति कतिसम्म रहेछ भने अहिले पनि उनी त्यससम्बन्धी कुनै पनि प्रकारको सामग्री सञ्चारमाध्यममा भेटेपछि पढ्न/हेर्न छुटाउँदा रहेनछन् । खेलकुदमा रोनाल्डोका फ्यान नेम्वाङले चलचित्र क्षेत्रमा कसलाई मन पराउँछन् होला ? पंक्तिकारको यस जिज्ञासाबाट भने उनी सतर्क भए, "त्यो पनि भनेपछि त भोलि ऊसँगै मेरो फोटो पत्रिकामा टाँसिहाल्नुहुन्छ नि !"

बिचरा नरहरि !
संविधानसभाका महत्त्वपूर्ण छलफलमा नबिराई सहभागी भएका र आफ्नै पार्टीभित्र पनि प्रशस्तै फरक मत राखेका कांग्रेस नेता नरहर िआचार्यसँग राजनीतिक विषयमा छलफलका लागि उनकै निवास महाराजगन्ज पुगियो । उनी पार्टीभित्र नवीन विचारका सूत्रधार पनि मानिन्छन् । हालै संविधानसभाको राज्य पुनःसंरचना तथा शासकीय स्वरूप निर्धारण समितिमा उनले कांग्रेसको संस्थापनभन्दा फरक मत राखे । उनले राज्यको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने विचारको वकालत गर्दै आएका छन् । उनले आफ्नो संसदीय दलमा पनि २८ सभासद्लाई मनाइसकेका थिए । एमालेले पनि सुरुमा यस्तै अवधारणा ल्याएपछि आचार्य खुबै आशावादी देखिएका थिए । तर दुर्भाग्य ! एमाले आफ्नो अवधारणामा अडेन । यसले बिचरा आचार्यलाई अबको मुलुक पनि ०४६ सालयताको जस्तै अस्िथर र सत्ताको छिनाझपटीमा बित्ने चिन्ताले सताएको रहेछ ।
कांग्रेससँगको राजनीतिक लेनदेनका क्रममा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री त्यागिदियो । र, संसद्बाट निर्वाचित बहुमतको प्रधानमन्त्री र अल्पमतको प्रतिपक्ष भन्ने कांग्रेसको परम्परागत अवधारणामा सही ठोकिदियो । त्यसपछि आफ्नै पार्टीमा विद्रोह गर्न तयार भएका आचार्य पनि निराश भए । एमालेले कांग्रेसलाई साथ दिएकामा नरहरलिाई अहिले पनि थकथकी छ । तर, यो पंक्तिकारको सुझाव छ- निराश नभइहाल्नोस्, एमाले आफ्नो पूर्वनिर्णयबाट फेर िपछि हट्न सक्छ । किनभने, एमाले जुनसुकै बेलामा पनि आफ्नो निर्णय 'बहादुरीपूर्वक' सच्याउन सक्ने पार्टी हो ।

बोल्नेको पीठो बिकेपछि...
हालै बाराका किसानहरूले मकैको बोटमा दाना नलागेको भन्दै आन्दोलन गरे । उनीहरूको आन्दोलन सिंहदरबारसम्म पुगेपछि सरकारले २० करोड रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्‍यो । मन्त्रिपरष्िाद्को यो निर्णय सुनेपछि मलाई सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको बेलडाँडी गाविसका किसानहरूको सम्झना आयो । जहाँ पश्चिम तराई भूपरििध परयिोजनाले बाँडेका धान, काउली, गोलभेँडा, खुर्सानी, भान्टा कुनै पनि तरकारी र अन्नबालीले बीऊबराबरको पनि प्रतिफल दिएनन् । १७ जातको धानको बीऊले पराल मात्रै दियो । काउली त फुल्दै फुलेन । गोलभेँडा पनि बोटमै सीमित भयो ।
परयिोजनाले उन्नत भनेर बाँडेको बीऊले नराम्ररी ढाड सेकाएपछि त्यस क्षेत्रका मनग्गे आम्दानी गर्ने किसानहरू पनि के खाउँ के लाउँको स्िथतिमा पुगे । न बीऊ-बालीको बिमा छ, न उनीहरू आन्दोलन गर्न सडकमा आएका छन् । अनि, उनीहरूलाई क्षतिपूर्ति कसले दिने ? पीडितहरू सडकमा नआउन्जेल समस्या नदेख्ने हाम्रो सरकार बेलडाँडीका किसानहरू पनि सडकमा आए भने के गर्छ ? सायद, बोल्नेको पीठो बिक्छ भनेको यही हो ।



न्यायपरिषद्मा अलपत्र उजुरी

जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशविरुद्ध परेका उजुरीहरूलाई कसरी किनारा लगाउने भन्नेबारे न्यायपरष्िाद्का सदस्यहरूबीच मतभेद हुँदा ७० वटा उजुरीको प्रतिवेदन अलपत्र परेको छ । न्यायपरष्िाद् सदस्य मोतीकाजी स्थापितले प्रारम्भिक छानबिनपछि तयार गरेको प्रतिवेदनलाई कसरी अगाडि बढाउने भन्नेमा सदस्यहरूबीच गम्भीर मतभेद भएपछि पटकपटक बसेका परष्िाद्का बैठक पनि निष्कर्षविहीन बन्दै आएका छन् ।
उजुरी किनारा गर्ने प्रक्रियाबारे सदस्यहरू दुई खेमामा विभाजित भएका छन् । यसअघि भएका बैठकहरूमा हालै निवृत्त परष्िाद् अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश अनुपराज शर्मा र कानुन तथा न्यायमन्त्रीका हैसियतले पदेन सदस्य रहेका प्रेमबहादुर सिंहको धारणा मिलेको छ । यसबीचमा उनीहरू छानबिनबाट दोषी देखिएका न्यायाधीशहरूलाई तत्काल कारबाही गरी 'नंग्याइदिनुपर्ने' पक्षमा देखिए भने बाँकी सदस्यहरू त्यसको विपक्षमा । कुनै पनि उजुरीमा पर्याप्त आधार र प्रमाण नरहेको, धेरैजसो उजुरी मुद्दामा हारेका पक्षले फैसला चित्त नबुझेपछि दिएको भन्दै सदस्य स्थापितले आफ्नो प्रतिवेदनलाई अन्तिम मान्नुपर्ने तर्क गरेको स्रोतले जनाएको छ ।
कारबाही गर्ने र नगर्नेबारे दुई मत भएपछि केही सदस्यले भने छानबिन समिति बनाएर टुंगो लगाउन सकिने बताएका छन् । तर, यसबारे पर्याप्त छलफल हुन सकेको छैन । यसअघि सर्वोच्चका वरष्िठतम् न्यायाधीशका हैसियतले परष्िाद् सदस्य रहेका रामप्रसाद श्रेष्ठ हालै प्रधानन्यायाधीश एवं परष्िाद् अध्यक्ष भएका छन् । उनले यसबारे कस्तो निर्णय लिन्छन्, त्यो भने प्रतीक्षाको विषय भएको छ । १४ फागुनमा बसेको बैठकले सबै सदस्यले प्रारम्भिक प्रतिवेदन अध्ययन गरेर २८ फागुनको बैठकमा निर्णयमा पुग्ने निर्णय गरेको थियो । तर, अझै यसबारे टुंगो हुन सकेको छैन । प्रतिवेदनमा उजुरी र आरोपको वर्गीकरण गरी आरोपित न्यायाधीशसम्बन्धी विवरण समावेश गरएिको छ ।
न्यायपरष्िाद् ऐन अनुसार जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको भ्रष्टाचार एवं आचरणसम्बन्धी छानबिन गरी कारबाही गर्न सक्ने अधिकार परष्िाद्लाई छ । अहिलेसम्म परष्िाद्को भूमिका प्रभावकारी हुन नसकेकाले न्यायपालिकामा दण्डहीनता मौलाएको गुनासो न्यायक्षेत्रले गर्दै आएको छ । न्यायपरष्िाद्को विगतको भूमिका प्रभावकारी हुन नसकेका कारण नयाँ संविधानमा यसको विकल्प खोजिनुपर्ने धारणा पनि सार्वजनिक भइरहेका छन् । संविधानसभाको न्यायपालिकाको स्वरूप निर्धारण समितिले न्यायाधीश नियुक्ति र कारबाहीको अधिकार संसद्को एउटा समितिलाई दिने विवादास्पद प्रतिवेदन पारति गरेको छ । त्यसलाई जवाफ दिन पनि न्यायपरष्िाद्ले अहिले प्रभावकारी भूमिका देखाउन सक्नुपर्ने भन्दै न्यायाधीशमाथि छानबिन र कारबाहीको प्रक्रिया चाँडो टुंग्याउनुपर्नेमा सदस्य सिंहको जोड छ । आरोपित न्यायाधीशहरूको सम्पत्ति विवरण पनि अध्ययन हुनुपर्ने धारणा मन्त्री सिंहले राखेका छन् । त्यसमा शर्माले सहमति जनाए पनि अन्य सदस्यहरूले असहमति जनाएपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन । शर्मा निवृत्त भइसकेका छन् । तर, काम देखाउने नाममा हलुका आरोपका आधारमा न्यायाधीशमाथि कारबाही गर्न नहुने तर्क स्थापितले अघि सारेको स्रोतको भनाइ छ ।
Issue: 389 २०६६ चैत्र २२ Apr 4, 2010 NEAPL Nationaly Weekly