Tuesday, December 20, 2011

व्यक्तिचित्र : नेपालकै चिन्ता




३५ वर्षअघि उच्च शिक्षाका लागि जर्मनी पुग्दा उनीसँग धेरै सपना थिएनन् । फर्केर नेपालमै केही गर्ने सोच थियो उनमा । जागिर पनि 'गरहिेरौँ न !' भन्दाभन्दै उतै घरजम भयो, पारविारकि दायित्व बढ्दै गयो । आज, भोलि भन्दाभन्दै साढे तीन दशक बितेको पत्तै भएन । र, अहिले जर्मनीको प्रतिष्ठित सेभिङ्स बैँक गु्रपको वित्त विश्लेषकको जागिरबाट निवृत्त हुने दिन नजिकिँदै छ ।

तर, नेपालमै नबसेर के भो ? बाहिरै बसेर पनि आफ्नो जन्मभूमिप्रति प्रशस्तै योगदान गर्न सकिन्छ भन्ने उदाहरणसमेत हुन् उनी । उनी अर्थात् रामप्रताप थापा । "हामी नेपाल छोड्न सक्दैनौँ । हाम्रो एउटै लक्ष्य नेपाल हो," एनआरएन सम्मेलनको धपेडी सकेर फर्किने तर्खर गररिहँदा भेटिएका थापा भन्दै थिए । जीवन व्यवहारका क्रममा समयको झोक्काले जहाँसुकै पुर्‍याए पनि 'नेपाल-कनेक्सन' टुट्न नसक्ने उनको भनाइ छ । र, आफ्नो निवृत्त जीवन पनि नेपालकै लागि खर्चिने बाचा उनले गरेका छन् ।

२०४५ सालमा भारतले नाकाबन्दी गरेपछि विचलित भएको वैदेशिक लगानीको प्रवाह कसरी बढाउन सकिन्छ भन्ने ध्याउन्नमा उनी अहिले केन्दि्रत छन् । त्यसका लागि उनी कहिले नेपालसम्बन्धी संस्थाहरूको सम्मेलन गर्छन् त कहिले नेपाल दिवसको आयोजनमा व्यस्त रहन्छन् । विदेशी नागरकिता अंगीकार गरेका नेपालीलाई झक्झक्याएर हुन्छ कि, नेपालको प्रवर्द्धनमा अनेक उत्सव र आयोजनहरू गरेर, यहाँको समृद्धिका लागि सहयोगी हात बढाउन उनी खोजिरहेका हुन्छन् । त्यसो त उनी नेपालमा छँदा जर्मनीको अन्तर्राष्ट्रिय विकास सहायता नियोग -जीटीजेड)मा समेत काम गर्दादेखि नै विदेशी लगानी भित्र्याउन लागिपरेका थिए ।

संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन -युनिडो), एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग -एस्क्याप)लगायत संस्था नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जुटाउन सहजीकरण गर्दै थिए । त्यतिखेरदेखि नै उनले जर्मनीका लगानीकर्तालाई नेपालतर्फ आकषिर्त गर्न सक्रिय भएका हुन् । वैदेशिक लगानी विभाग, कृषि परयिोजना सेवाकेन्द्र -एप्रोस्क)जस्ता संयन्त्र पनि नेपालमा वैदेशिक लगानी जुटाउन सक्रिय थिए । नेपाल जर्मन चेम्बर अफ कमर्सले पनि सहजीकरणमा मद्दत पुर्‍याएको थियो । नेपाल टे्रड एन्ड इन्भेस्टमेन्ट सेन्टर स्थापना गरयिो । प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्दै गएपछि मुलुकमा औद्योगिक विकासका सकारात्मक संकेत देखिएका थिए । थुपै्र क्षेत्रमा लगानीका सम्झौता पनि भए ।

तर, ०४५ सालमा भारतले नेपालविरुद्ध नाकाबन्दी गरेपछि यी सबै काम अलपत्र परे । युनिडो र एस्क्याप भएर आउने लगानीसमेत बन्द भयो । त्यसपछि नेपालमा वैदेशिक लगानीका दृष्टिले कहिल्यै सकारात्मक संकेत देखिन सकेका छैनन् । ०४६ सालपछि राजनीतिक अस्िथरता सधैँको समस्याका रूपमा रह्यो । तैपनि, जर्मनीबाट आउने लगानीकर्तालाई फकाइ-फुल्याइ गर्न थाकेका छैनन्, यी ६१ वर्षे । "अझै नेपाल र नेपालीलाई माया गर्ने जर्मनेली धेरै छन्," उनको अनुभव छ, "बरु हाम्रै गल्तीले कतिपय ठाउँमा छवि बिग्रेको छ ।" हामीले धेरै नसके पनि संस्कार र मित्रता मात्रै दिन सके पनि जर्मनेलीहरू नेपालको आर्थिक समृद्धिका लागि सघाउन तयार रहेको उनको भनाइ छ ।

अहिले राजनीतिक अस्िथरता मात्रै होइन, नेपालको ट्रेड युनियन समस्याले पनि वैदेशिक लगानीका लागि विषसरह काम गररिहेको उनको विश्लेषण छ । उनका भनाइमा, खाडी मुलुकहरूमा दक्षिण एसियाका भारत, पाकिस्तान र बंगलादेशका कामदारले भन्दा पनि कम पारश्रिमिकमा नेपाली कामदारले पसिना बगाइरहेका छन् तर आफ्नै देशमा भने भारत र चीनभन्दा पनि बढी सुविधा माग गर्दै विकासकै गति अवरुद्ध गर्ने काम भइरहेको छ । सरकारी नीतिहरूसमेत सुधार हुन सके नेपालमा धेरै विदेशी लगानीकर्ता आउनेमा उनी ढुक्क छन् । "भौगोलिक रूपमा पनि अति उत्तम ठाउँमा छौँ," चीन र भारतजस्ता मुलुकको बीचमा रहन पाउनु हाम्रा लागि ठूलै सहुलियतको विषयका रूपमा उनी अथ्र्याउँछन्, "भारत र चीनबाट आयात गरएिका कलपुर्जाहरू एसेम्बल गरेर तिनै देशमा निर्यात गर्दा पनि हामी प्रगति गर्न सक्छौँ ।"

उनका दृष्टिमा, धेरै नेपाली विदेशिएर विश्वभर छरँिदा पनि वैदेशिक सहायता भित्र्याउन निकै मद्दत पुग्न सक्छ । "यहाँ देश चिन्ने मात्रै आउँछन्," उनको बुझाइ छ, "अब आउने सबैजसो विदेशी लगानी र सहयोग नेपालीमार्फत नै आउँछ, नत्र आउँदैन ।" स-साना लगानीले पनि यहाँको जनशक्तिलाई सीप दिन सक्ने भएकाले त्यसलाई पनि स्वागत गर्ने हाम्रो नीति हुनुपर्ने उनको सुझाव छ । यहाँ भित्रिएको कालीगढीले नेपालीहरूको स्वरोजगारशिलता र उद्यमशीलतामा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन् । खाडी देशमा काम गरेर फर्केका धेरै युवाले नेपालमै स्वउद्यम गरेका उदाहरण उनले प्रशस्तै देखेका छन् । नेपालमै हस्तकला र व्यावसायिक सीपलाई औपचारकि शिक्षाको अंग बनाउन सक्नुपर्नेमा उनको जोड छ ।

साढे चार दशक पुरानो जर्मन-नेपाल मैत्री संघमा १० वर्षदेखि अध्यक्ष रहेका थापा आफ्नो व्यावसायिक कामबाहेक अधिकांश समय नेपालसम्बन्धी काम र छलफलले घेरएिका हुन्छन् । जर्मनीमा नेपालसम्बन्धी १ सय ३० वटा संस्था छन् । हरेक वर्ष ती संस्थाको सम्मेलन गराउँछन्, उनी । दिनदिनैजसो उनको कार्यालय अवस्िथत राज्यमा रहेका प्रवासी नेपालीहरूको घुइँचो हुन्छ । एनआरएनका प्रमुख अभियन्तामध्येमा पर्ने थापा भन्छन्, "विदेशमा रहेका सयौँ नेपाली संस्थालाई आकषिर्त गरी निश्चित क्षेत्रको विकासको जिम्मा नै दिने हो भने पनि देख्न सकिने प्रगति हुन्छ ।"
http://www.ekantipur.com/nepal/article/?id=2890

No comments:

Post a Comment