Thursday, June 11, 2015

नेपालका सर्वोत्कृष्ट उच्च माविहरू (वैज्ञानिक विश्लेषणमा आधारित)

Top Ten CollegeS of Nepal


रामबहादुर रावल


२०७० मा कक्षा ११ को नियमिततर्फको परीक्षामा मुलुकभरका ३ हजार ४ सय ७० विद्यालयका २ लाख ६३ हजार ४ सय ८३ विद्यार्थीले भाग लिएका थिए। तीमध्ये १ लाख ४ हजार ९ सय ६९ अर्थात् ३९ दशमलव ८४ प्रतिशत मात्र उत्तीर्ण भए। सोही वर्षको कक्षा १२ को परीक्षामा ४४ दशमलव १३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। उक्त परीक्षामा ३ हजार २ सय ५९ विद्यालयका २ लाख ४२ हजार ४ सय ९१ विद्यार्थी सहभागी थिए।

यी दुवै परीक्षाको औसत उत्तीर्ण दर जम्मा ४१ दशमलव ९८ प्रतिशत हुन्छ, जुन ०६९ को भन्दा खासै फरक छैन। ०६९ मा दुवै कक्षाको औसत उत्तीर्णदर ४१ दशमलव ३६ थियो। यसबाट के स्पष्ट हुन्छ भने मुलुकको समग्र शैक्षिक सूचकांकमा खासै सुधार आउन सकेको छैन। यद्यपि, टप टेनको दौडमा रहेका उच्च माविहरू शतप्रतिशत नतिजाको नजिक छन्। लगातार चार वर्षसम्म ९० प्रतिशत हाराहारी उत्तीर्ण दर हुने उच्च मावि मात्र टप टेनको प्रतिस्पर्धामा देखिएका छन्। प्रथम र २५औँ उच्च माविबीचको दूरी गत वर्षभन्दा उल्लेख्य घटेको छ। प्रथम र दसौँबीचको अन्तर पनि केही कम देखिएको छ।

ललितपुरको प्रसादी एकेडेमीले नेपालको टप टेन वर्गीकरणमा सातौँपल्ट प्रथम हुने इतिहास कायम गर्‍यो। उसले पछिल्ला चार वर्षका आठवटा नतिजामा औसत ९९ दशमलव ०१ अंक प्राप्त गर्‍यो। प्रथम र द्वितीय उच्च माविका बीचमा पर्याप्त दूरी देखिन्छ। दोस्रो उच्च मावि ललितपुरकै सेन्टमेरजिले ९६ दशमलव ३६ अंक प्राप्त गरेको छ। काठमाडौँ मोडल उच्च माविले झीनो अन्तरले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। उसले ९५ दशमलव ५९ अंक प्राप्त गरेको छ।

यस वर्ष टप टेनको सूचीमा दुई नयाँ उच्च मावि थपिएका छन्। उत्तीर्ण दर उच्च हुँदाहुँदै कम विद्यार्थी संख्याका कारण विगतमा उत्कृष्ट सूचीमा नपरेको भक्तपुरको सैनिक आवासीय उच्च माविले यसपालि एकैपटक चौथो स्थान हासिल गरेको छ। पछिल्ला चार वर्षका आठवटा परीक्षामा ९५ दशमलव ५५ अंक प्राप्त गरेको छ। चौथो र पाँचौँका बीच भने अलि बढी अन्तर छ। व्यवस्थापनको कार्यक्रम मात्र चलाएका एनसीसीएस (९३.१९) र ग्लोबल कलेज अफ म्यानेजमेन्ट (९२.९६) क्रमश: पाँचौँ र छैटौँ स्थानमा परेका छन्। विद्यार्थी संख्याका दृष्टिले भने एनसीसीएस ग्लोबल अगाडि छ। ०७० मा कक्षा ११ को परीक्षामा एनसीसीएसले ४ सय ४२ विद्यार्थी सहभागी गराएको थियो भने ग्लोबलले ६ सय ५।

यसपटक टप टेनको सूचीमा उपत्यकाबाहिरका उच्च माविहरूको एक्लो प्रतिनिधिका रूपमा दाङको गोरखा इन्टरनेसनल पब्लिकले नाम दर्ता गरायो। ८९ दशमलव ५३ अंकका साथ उसले दसौँ नम्बरमा नाम लेखाएर टप टेनको न्यूनतम सीमारेखा कोर्‍यो। टप २५ को सीमा भने काठमाडौँको जेभियर इन्टरनेसनल (८४.००) बन्यो।

टप टेनमा रहेका प्रसादी, सेन्टमेरजि, काठमाडौँ मोडल र ग्लोबल कलेजले गत वर्षकै स्थान सुरक्षित गरेका छन् भने एनसीसीएस, युनाइटेड एकेडेमी र लिटिल एन्जल्सले पुरानो स्थान गुमाएका छन्। यी तीन उच्च मावि गत वर्ष क्रमश: चौथो, पाँचौँ र सातौँ स्थानमा थिए। जेभियर एकेडेमीले दसौँबाट सातौँमा फड्को मारेको छ। गत वर्षको टप टेनको सूचीबाट पोखराको सगरमाथा र विराटनगरको मेरल्ियान्ड बाहिरिएका छन्। उनीहरू क्रमश: एघारौँ र १५औँ स्थानमा पुगेका छन्। टप २५ को सूचीबाट ललितपुरको पिनाकल, विराटनगरको अरनिको आवासीय र काठमाडौँको गोल्डेनगेट इन्टरनेसनल बाहिरिएका छन्। चाबहिलको सेन्ट लरेन्सले टप २५ को सूचीमा पहिलोपल्ट प्रवेश पाएको छ। ०६८ मा टप २५ मा परेको जेभियर इन्टरनेसनल यसपटक पुन: उत्कृष्ट २५ को सूचीमा चढेको छ।

टप टेनको सूचीमा रहेका उच्च माविहरूमा युनाइटेड एकेडेमीले सबैभन्दा बढी १ हजार १ सय ६८ विद्यार्थीलाई ०७० को ११ कक्षाको परीक्षामा सहभागी गरायो भने विद्यार्थी संख्याका दृष्टिले काठमाडौँ मोडल दोस्रो (१ हजार २ विद्यार्थी) ठूलो उच्च मावि बनेको छ। सुरुका केही वर्षमा टप टेनमा पर्दै आएको नेपाल स्कुल अफ साइन्सेस (निस्ट)ले धेरै विद्यार्थी (१ हजार ३६, ०७० कक्षा ११) भर्ना गर्न थालेपछि उत्तीर्ण दर घटेर टप टेनको सूचीबाट बाहिरिएको छ। शैक्षिक हबका रूपमा चिनिएका चितवन, बुटवल, झापाजस्ता सहरको उपस्थिति यस वर्ष पनि शून्य रह्यो। सामुदायिक विद्यालयको प्रदर्शन पनि निराशाजनक रह्यो। यद्यपि, पोखराको अमरसिंह उच्च माविको नतिजा तुलनात्मक रूपमा उत्कृष्ट छ।



छनोट विधि

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को शैक्षिक सत्रको अन्त्यमा लिने परीक्षाको नियमिततर्फको नतिजालाई सर्वोत्कृष्ट उच्च मावि छनोटको प्रमुख आधार मानिएको छ। न्यूनतम १ सय १९ विद्यार्थीलाई परीक्षामा सहभागी गराउने उच्च मावि मात्रै प्रतिस्पर्धाको पहिलो सूचीमा परेका छन्। यो ०६७ मा कक्षा ११ र १२ को परीक्षामा भाग लिएका विद्यार्थी संख्यालाई विद्यालय संख्याले भाग गरी आएको अंक हो, जसले औसत विद्यार्थी संख्यालाई जनाउँछ। हाल विद्यार्थी र विद्यालयको संख्यामा केही फरक परे पनि औसत विद्यार्थी संख्या विगत वर्षको भन्दा बढ्ने स्थिति नभएकाले पुरानैलाई आधार मानिएको हो।

०६७ देखि ०७० सम्म चार वर्षको कक्षा ११ र १२ को नतिजा विश्लेषण गरी ती सबै नतिजाको औसत अंकका आधारमा अन्तिम प्राप्तांक निकालिएको छ। थोरै विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि नभएका होइनन्। तर, औसत विद्यार्थी नपढाउने त्यस्ता विद्यालय छनोट सूचीमै परेनन् भने केही न्यूनतम मापदण्डभित्र परेर पनि उतारचढावपूर्ण नतिजाका कारण समग्र मूल्यांकनमा कमजोर साबित भए। त्यसैले मुलुकभरबाट छानिएका यी यस्ता उच्च मावि हुन्, जसको उत्तीर्ण दरमा खासै उतारचढाव छैन।

केही उच्च माविले परीक्षामा अमर्यादित गतिविधि गरेको र उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारीलाई प्रभावित पारी उत्तीर्ण दर उच्च देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट समेत पुष्टि भएको छ। त्यस्ता उच्च माविलाई उत्कृष्ट छनोटको प्रारम्भिक सूचीबाटै हटाइएको छ।




१ सधैँको सर्वोत्कृष्ट


प्रसादी एकेडेमी, मानभवन, ललितपुर

Prasadi Academy

www.prasadi.edu.np/


वि सं ०७० मा कक्षा १२ को परीक्षामा प्रसादी एकेडेमीका ५ सय ९९ विद्यार्थी सहभागी थिए। तीमध्ये ५ सय ९५ अर्थात् ९९ दशमलव ३३ प्रतिशत उत्तीर्ण भए। पछिल्ला चार वर्षका ११ र १२ कक्षाको परीक्षाको नियमिततर्फको नतिजा हेर्ने हो भने औसत नतिजा दर नै ९९ प्रतिशत छ यसको। जबकि, उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएका सबै उच्च माविहरूको मुलुकभरको औसत उत्तीर्ण दर ४४ प्रतिशत मात्र छ। त्यसैले मुलुकभरका ३ हजार ४ सय ७० वटा उच्च माविहरूको सूचीमा प्रसादी पहिलो नम्बरमा परेको छ। र, सात वर्षदेखि नेपालको टप टेन प्लस टुको सूचीमा एक नम्बरबाट कहिल्यै तल ओर्लिएको छैन। आखिर यो नतिजा कसरी सम्भव छ त ? प्रसादीका प्रमुख विक्रम राई एउटै वाक्यमा जवाफ दिन्छन्, "हामी विद्यार्थीलाई पढाउँदैनौँ, केवल पढ्न सिकाउँछौँ।"

हुन पनि प्रसादीका कक्षाकोठामा अन्य विद्यालयका जस्तै औसत ४५ जना अटाउने गरी फर्निचर जडान गरिएका छन्। सबैजसो शिक्षकले उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको न्यूनतम योग्यता स्नातकोत्तर गरेका छन्। विज्ञानका सामान्य प्रयोग/परीक्षण गर्न सकिने प्रयोगशाला छन्। भव्य भवन, खेलमैदान वा अरू संरचना छैनन्। तर, टेबलटेनिस  र बास्केटबल कोर्टचाहिँ छन्। कुमारीपाटीको व्यस्त सडकको केहीभित्र पुराना घरहरूलाई मर्मतसम्भार गरी कक्षा कोठाको रूप दिइएको छ। "विद्यार्थी आफ्ना लागि आफैँ पढ्न सक्ने भएपछि कहिल्यै नतिजा नराम्रो हुँदैन," आफ्नो अब्बल नतिजाप्रति राई भन्छन्, "विद्यालयमा पढेर त साध्य नै हुन्न। यहाँ त कसरी पढ्ने भनेर सिक्ने हो। घरमा गएर त्यसै अनुसार अभ्यास गर्नुपर्छ।"

विद्यार्थीलाई पढ्न प्रोत्साहित गर्नका लागि सञ्चालक राई आफैँ कक्षाकोठामा बारम्बार पुग्छन्। कक्षा निरीक्षण गर्छन्। विद्यार्थीका गतिविधि नियाल्छन्। आफ्नो स्वभावगत कारणले पनि उच्च माविको उत्कृष्ट नतिजा हासिल गर्न सहज भएको उनको भनाइ छ।




२ नैतिक मूल्यमा जोड


सेन्टमेरिज उच्च मावि, जावलाखेल, ललितपुर


छात्रा मात्र भर्ना हुने यस उच्च माविमा विज्ञान, व्यवस्थापन र मानविकी समूह अध्यापन हुन्छ। पढेको कुरा विद्यालय परसिरमा मात्र होइन, बाहिर समाजमा र पेसागत क्षेत्रमा पनि प्रयोग गर्न सक्ने बनाउनु यस उच्च माविको मुख्य ध्येय हो। त्यसैले पाठ्यपुस्तकसँगै मानवीय मूल्य र व्यावहारकि ज्ञानको पक्षबीच पनि सन्तुलन कायम गरिन्छ। विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिऊन् भनेर शिक्षकहरू सजग हुन्छन्। लट्ठीका भरमा अनुशासन हुँदैन भन्ने मान्यता छ। त्यसैले अनुशासनका नाममा दण्ड दिइँदैन। ठीक काम गर्नु नै अनुशासन हो भनेर सिकाइन्छ। "शिक्षक-विद्यार्थीबीच प्रेमपूर्ण सम्बन्ध रहन्छ," प्राचार्य सिस्टर जेसी सीजे भन्छिन्, "विद्यार्थीले गल्ती गरेमा दण्ड दिँदैनौँ र अनुभूत हुने गरी सम्झाउँछौँ।"

कठिन परश्रिम र सकारात्मक मार्गमा उन्मुख हुन बारम्बार विद्यार्थीलाई उत्प्रेरति गरनिे भएकाले नतिजा पनि राम्रो आउने गरेको उनको भनाइ छ। प्रतिस्पर्धामा असल विजेता बन, समाजमा असल नागरकि बन अनि मात्र सामाजिक परविर्तनको बाहक बन्न सकिन्छ भन्ने उक्ति बारम्बार सम्झाइन्छ। "समाजका अन्याय र असंगतिका विरुद्ध उभिन सक्ने बनाउनु हाम्रो कर्तव्य हो," प्राचार्यको जिम्मेवारीबाट हालै अलग भएकी सिस्टर म्यारििलन सिजे थप्छिन्, "त्यसैले हामी किताबी अध्ययन मात्र होइन, इमानदारी र अनुशासनको महत्त्व सिकाउँछौँ। जहाँ गए पनि यी किशोरीहरूले आफ्नै खुट्टामा उभिन सकून्। पेसागत क्षेत्रमा मात्र होइन, संसारको जुनसुकै समाजमा गएर पनि स्वाभिमान र सम्मानपूर्वक बाँच्न सकून् भन्नेमा हाम्रो ध्यान हुन्छ।"




३ उपयोगी शिक्षाको पर्याय


काठमाडौँ मोडल उच्च मावि, बागबजार, काठमाडौँ

Kathmandu Model College

www.ktmmodelcollege.edu.np/


का ठमाडौँ मोडल उच्च मावि (केएमसी)बाट ०७० मा कक्षा १२ का ८ सय २६ विद्यार्थीले परीक्षामा भाग लिएका थिए। तीमध्ये ७ सय ८८ अर्थात् ९५ दशमलव ४० प्रतिशत विद्यार्थी नियमित परीक्षामै उत्तीर्ण भए। ११ कक्षाबाट परीक्षामा सामेल भएका १ हजार २ विद्यार्थीमा पनि उत्तीर्ण दर करबि समान नै रह्यो। यति धेरै विद्यार्थी भर्ना लिएर पनि केएमसीले विगत १४ वर्षदेखि यही दरमा विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ।

विद्यार्थीले मात्र प्रयास गरेर हुँदैन, शिक्षण संस्थाले पनि अतिरिक्त तदारुकता देखाउनुपर्छ भन्ने मान्यताबाट सञ्चालित केएमसीले विद्यार्थी संख्या अनुसारको शिक्षकको टिम निर्माण गरेको छ। अन्तक्रिर्यात्मक कक्षा, जीवन व्यवहारमा उपयोगी हुने विधि र उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको न्यूनतम मापदण्डभन्दा बढी पिरयिड अध्यापन हुन्छ। जाडो याम र दसैँ-तिहारबीचको बिदा केएमसीको पात्रोमा छैन। सातवटा शैक्षिक संस्था सञ्चालनको अनुभव भएको व्यवस्थापन छ। स-साना अनुसन्धानमूलक कार्यमा लगाएर अहिलेदेखि नै शोधमूलक शिक्षामा अभ्यस्त गराइन्छ। विषयमाथि शोध, लेखन र प्रस्तुतिको सीप सिकाइन्छ। दुई सय विद्यार्थी अटाउने छात्रावास छ। "विद्यार्थीलाई नजिकबाट चियाउने र आवश्यकता अनुसार सहायता प्रदान गर्ने हाम्रो अधिकतम प्रयास हुन्छ," प्रबन्ध निर्देशक रामेश्वर अर्याल भन्छन्, "हामीले दिने शिक्षा भावी जीवनमा उपयोगी र गुणात्मक हुनुपर्छ। हाम्रो मूल प्रतिबद्धता हो यो।"




४ सेनाको सान


सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर


७४ जिल्लाका विद्यार्थी अध्ययनरत यस विद्यालयमा सबैजसो छात्रावासमा बस्छन्। बिहान साढे ५ बजेबाट उनीहरूको दैनिकी सुरु हुन्छ। व्यायाम प्रशिक्षकको मार्गदर्शनमा ६ बजेदेखि हरियो चौरमा शारीरकि व्यायाम गर्छन्। साढे ७ बजे नास्ता गर्छन्। ७:४५ देखि अध्यनकाल सुरु हुन्छ, शिक्षकको उपस्थितिमा। साढे ९ बजेदेखि दैनिक प्रार्थना गरेपछि ९:४५ बाट कक्षा सुरु हुन्छ। कक्षाकोठा प्रवेशलगत्तै नयाँ सूचना, समाचार, जानकारी, चुट्किला सुनाइन्छ, जसलाई शून्य समयको नाम दिइएको छ। विद्यार्थीमा एकाग्रताको अभ्यास गराउन कहिलेकाहीँ ध्यान सिकाइन्छ। ११:४५ मा खाना खाएपछि ३:४५ सम्म अध्यापन हुन्छ। ४ बजे खाजा खाएर विद्यार्थीहरू खेलकुदतिर लाग्छन्। ३६ प्रकारका खेलमध्ये विद्यार्थीले आफ्नो इच्छा अनुसार रोज्न पाउँछन्। ४:२० बाट पुन: अध्ययनकाल सुरु हुन्छ।

नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित यस उच्च माविमा सर्वसाधारण नागरकिका ४० प्रतिशत र बाँकी सैनिक परिवारका बालबालिकाले भर्ना पाउँछन्। गुणस्तरीय शिक्षा, उच्च अनुशासन र सहुलियतपूर्ण शुल्क यस उच्च माविका प्रमुख विशेषता रहेको प्रशासकीय अधिकृत हरि पौडेल बताउँछन्। पर्याप्त भौतिक पूर्वाधार, नेपाली सेनाको सहयोग, प्रतिस्पर्धाका माध्यमबाट शिक्षक छनोट गर्ने, आवासीय सुविधा, बन्द-हडतालजस्ता अवरोधजन्य गतिविधि शून्य हुने भएकाले पनि उत्कृष्ट नतिजा ल्याउन सहज भएको नेपाली सेनाका निमित्त सम्पर्क अधिकृत सेनानी प्रकाश कुँवर बताउँछन्। भन्छन्, "यो उच्च मावि नागरकि र सेनाबीच समन्वयका साथ चलेको नमुना कार्य हो।"



५ व्यवस्थापन अध्ययनको गन्तव्य


एनसीसीएस उच्च मावि, पकनाजोल, काठमाडौँ

NCCS

www.nccs.edu.np/

कम्प्युटर इन्स्टिच्युटबाट सुरु भएको एनसीसीएस उच्च मावि अहिले व्यवस्थापन अध्ययनका लागि नामुद गन्तव्य बनेको छ। यहाँ अन्तिम परीक्षा हुनुअघि दुईवटा कक्षा परीक्षा र तीनवटा त्रैमासिक परीक्षा लिइन्छ। त्रैमासिक परीक्षामा असफल भएका विद्यार्थीलाई परीक्षा तयारीबारे आवश्यक सुझाव र सल्लाह दिई पुन:परीक्षा दिन लगाइन्छ, जसले अन्तिम परीक्षामा राम्रो नतिजा ल्याउन सघाउँछ। एनसीसीएसका कार्यक्रम निर्देशक प्रज्ज्वल बानियाँ छेत्रीका अनुसार पढाइमा मात्र नभएर समग्र व्यक्तित्व विकास र आजको व्यावसायिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी काउन्सिलिङ गरिन्छ। भन्छन्, "अधिकांश विद्यार्थी भविष्यमा व्यवस्थापन नै पढ्ने भएकाले त्यसका लागि अहिलेदेखि नै तयार गर्नुपर्छ।"

मल्टी मिडिया, पावर प्वाइन्ट पि्रजेन्टेसन, कार्यशाला र अन्तक्रिर्यात्मक कक्षा शिक्षणका विधि पनि बेलाबेलामा अपनाइन्छ। होटल म्यानेजमेन्टका विद्यार्थीका लागि विद्यालयभित्रै प्रयोगात्मक कक्षा गर्न सकिने पूर्वाधार बनाइएको छ। कम्प्युटर प्रविधि पढ्नेलाई इन्टरनेट सुविधायुक्त प्रयोगशालामा नियमित अभ्यास गराइन्छ। भविष्यमा बीबीए पढ्न चाहनेलाई अर्थशास्त्रसम्बन्धी ज्ञान र धारणामा जोड दिइन्छ।

विद्यार्थीबीचमै बजारको अध्ययन र अनुसन्धान, बोर्ड मिटिङलगायत अभ्यास कार्य पनि गराइन्छ। पाठ्यक्रमसँग मिल्दाजुल्दा र पाठ्यक्रमलाई सहयोग पुग्ने खालका अतिरिक्त क्रियाकलापहरूमा जोड दिइन्छ। छेत्री भन्छन्, "भोलि यहाँबाट निस्केको विद्यार्थी अन्योलमा बस्नुपर्दैन। कहाँ पढ्ने, के गर्ने भन्ने स्पष्ट मानसिकता लिएर निस्कन्छ।"





६ उदाहरणीय व्यवस्थापन

ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर, काठमाडौँ


शै क्षिक सत्रको सुरुमा वाषिर्क कार्ययोजना तयार हुन्छ। बुँदागत छलफल गरी सहमतिमा पारति र परमिार्जन गरिन्छन्। शिक्षक-कर्मचारी आचारसंहितामा सबैले हस्ताक्षर गर्छन्। "नीति निर्माण सहभागितामूलक भएपछि त्यसमा सबैको स्वामित्व र परपिालना पनि हुन्छ," प्राचार्य खगेन्द्रप्रसाद ओझा अथ्र्याउँछन्, "यसो गर्दा हाम्रो लक्ष्य, उद्देश्य र सीमाबारे जानकारी पनि सबैकहाँ पुग्छ।" वाषिर्क प्रतिवेदनमार्फत कलेजको आम्दानी-खर्चको विवरण सार्वजनिक गरिन्छ। मुनाफाको १० प्रतिशत शिक्षक-कर्मचारीले बोनस पाउँछन्। "आत्मीय र सम्मानजनक व्यवहार कलेजको आधारभूत मूल्य हो," ओझा भन्छन्, "व्यवस्थापन अध्ययनको मात्र होइन, स्वयं व्यवस्थापकीय हिसाबले समेत हामी नमुना संस्था बनाउन चाहन्छौँ ग्लोबललाई।"

बिहान साढे ६ बजेदेखि साँझ साढे ५ बजेसम्म कलेज खुला हुन्छ। विद्यार्थीले जुनसुकै बेला शिक्षकसँग परामर्श र पुस्तकालय अध्ययन गर्न सक्छ। त्यसैले बाहिर ट्युसन पढ्नुपर्दैन। भर्नापछिका १५ दिन विद्यार्थीका समस्या र विशिष्टता पहिचानमा बित्छन्। प्लस टु उमेरमा पढाइमा प्रभाव पार्ने शारीरकि, मनोवैज्ञानिक, सामाजिक र आर्थिक पक्ष पनि हुन्छन्। त्यसैले नियमित मनोवैज्ञानिक परामर्शका लागि विज्ञहरूको टोली छ। शारीरकि तन्दुरुस्ती हेर्न हरेक आइतबार क्लिनिक नै चल्छ। पढाइमा कमजोर देखिएका विद्यार्थीलाई हतोत्साहित नहुने गरी सकारात्मक पृष्ठपोषणको माध्यमबाट बिस्तारै मनोबल उठाइन्छ। नेतृत्व लिन प्रोत्साहित गरिन्छ। "त्यसपछि ढुक्क भएर पढ्छ र आत्मविश्वास बढ्छ," प्राचार्य ओझा भन्छन्, "वाषिर्क परीक्षामा मात्र होइन, जीवनका हरेक परीक्षामा उत्तीर्ण हुन्छ।"




७ शिक्षामा सामाजिक भावना


जेभियर एकेडेमी उच्च मावि, लाजिम्पाट, काठमाडौँ

Xavier Academy

www.xa.edu.np/


बन्द कोठामा घोकाउने र कडा अनुशासनका नाममा विद्यार्थीको क्षमतालाई दबाउने कुराप्रति जेभियर एकेडेमी व्यवस्थापनको असहमति छ। त्यसैले आफ्नो शिक्षण ढाँचालाई स्वतन्त्र सिकाइ वातावरणको नाम दिएको छ। नेपाल एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित यो उच्च मावि सहरका मध्यमवर्गीय परिवारका विद्यार्थीको प्रमुख आकर्षण बनेको छ। यद्यपि, दुर्गम क्षेत्र र पिछडिएको समुदायलाई आकषिर्त गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ। वर्षमा सातपटक सञ्चालन गरिने आन्तरकि परीक्षाले विद्यार्थीलाई पढाइप्रति गम्भीर र अन्तिम परीक्षाका लागि तयार बनाउँछ। विद्यार्थी र विद्यालयका गतिविधिबारे अभिभावकलाई पनि जानकारी गराउन नियमित अन्तक्रिर्या आयोजना गरिन्छ। शिक्षक, विद्यार्थी र अभिभावक एउटै थलोमा रहेर शैक्षिक समस्याबारे मन्थन गर्ने संयन्त्रको पनि विकास गरिएको छ।

विद्यार्थीमा सामाजिक भावना र आवश्यकताको बोध गराउन बेलाबेला सामाजिक गतिविधिमा पनि संलग्न गराइन्छ। अतिरिक्त क्रियाकलाप सप्ताह मनाइन्छ। एक सातासम्म समाजमा गएर घुलमिल गर्ने, समस्याहरूसँग परििचत हुने र सकेसम्म सामाजिक सेवाका काम पनि गर्ने क्रियाकलापहरू त्यसमा समेटिन्छन्। अन्य शैक्षिक संस्थासँग समन्वय गरी अन्तरविद्यालय खेल प्रतियोगिताहरू पनि आयोजना गरिन्छन्। सफा र सुविधासम्पन्न कक्षाकोठा यस उच्च माविका अरू विशेषता हुन्। हरेक विद्यार्थीसम्म शिक्षक पुग्न सक्ने गरी कक्षाकोठा व्यवस्थित छ। आगामी शैक्षिक सत्रदेखि शिक्षण सिकाइ क्रियाकलापमा सूचनाप्रविधिको नयाँ रूपमा प्रयोग गर्ने तयारी भइरहेको प्राचार्य रामराजप्रताप भण्डारी बताउँछन्।




८ धेरै विद्यार्थी, उच्च उत्तीर्ण दर


युनाइटेड एकेडेमी उच्च मावि, कुमारीपाटी, ललितपुर


धेरै विद्यार्थी भर्ना लिएर पनि उत्कृष्ट उत्तीर्ण दर भएका थोरै उच्च माविमा पर्छ, युनाइटेड एकेडेमी। पर्याप्त भौतिक पूर्वाधार, हरेक कक्षामा सीसी क्यामरा जडान, लोडसेडिङमा पनि जेनेरेटरबाट विद्युत् आपूर्ति, विद्यार्थी धेरै पछाडि नपर्ने गरी बनाइएका चौडा कक्षाकोठा यसका अरू विशेषता हुन्। कक्षा परीक्षा, मासिक परीक्षा, त्रैमासिक परीक्षा र आकस्मिक परीक्षा। यस्ता कैयौँ परीक्षाको सामना गर्नुपर्छ विद्यार्थीले। नियमित कक्षाबाहेक कमजोर विद्यार्थीलाई सघन कक्षाको व्यवस्था गरिन्छ।

विद्यार्थीका समस्या पहिचान गर्न र समाधान सुझाउन परामर्शकर्ताहरूको छुट्टै समूह छ। त्यसले विद्यार्थीका आनीबानी र व्यवहारहरूको छुट्टै निगरानी गर्छ। पढाइका साथै विद्यार्थीमा नैतिक आचरण र संस्कारको पनि विकास गर्दै जाने एकेडेमीको प्रयास छ। "यो उमेर विशेष उमेर हो। त्यसैले संवेदनशील पनि छ," संयोजक वसन्त नेपाली भन्छन्, "हामी उमेरगत संवेदनशीलतालाई समेत ध्यान दिएर विद्यार्थीलाई पढाइमा उन्मुख गराउँछौँ।" व्यवस्थापक/सञ्चालकहरूको प्रत्यक्ष निगरानीका कारण पनि शैक्षिक गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएको उनको भनाइ छ।

प्रत्येक विषयका विभागीय सदस्यहरूले सामूहिक छलफलबाट उच्च माध्यमिक शिक्षक परिषद्को शिक्षण निर्देशिकाका आधारमा सूक्ष्म तालिका बनाउँछन्। विषयवस्तु, शिक्षण विधि र समय सोही तालिकामा उल्लेख गरिएको हुन्छ। त्यसै आधारमा शिक्षकले पनि पूर्ण तयारीका साथ कक्षामा प्रस्तुत हुनुपर्छ। पहिलो एकाइ परीक्षाबाट कमजोर विद्यार्थी पहिचान गरिन्छ र तिनलाई अतिरिक्त कक्षाको व्यवस्था गरिन्छ। बिहानी कक्षाका विद्यार्थी भए दिउँसोमा र दिउँसोकालाई बिहान अतिरिक्त कक्षा लिइन्छ। यिनै प्रयासका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउँछन्, संयोजक नेपाली।




९ अभ्यासमा जोड


लिटिल एन्जल्स उच्च मावि, हात्तीवन, ललितपुर

LA College 10+2

lac.edu.np/plustwo/


शिक्षाको गुणस्तर कायम गर्न शिक्षक छनोटदेखि नै ध्यान दिइन्छ। विज्ञ टोलीद्वारा अन्तर्वार्ता, कक्षा अवलोकन र प्रस्तुति गराएर उम्दा शिक्षक छनोट गरिन्छ। कतिपय राम्रा प्रतिभा छानेर समेत अध्यापन टोलीमा समावेश गरिन्छ। तोकिएको समयअगावै पाठ्यक्रम पूरा गर्ने र पुराना प्रश्नपत्रहरूको अभ्यासमा लगाउने गरिएपछि विद्यार्थीको उत्तीर्ण दर मात्र बढेको छैन, विषयवस्तुको ज्ञान र सिकाइको दिगोपना कायम गर्न सकिएको महसुस भएको छ, लिटिल एन्जल्सका शिक्षकहरूलाई। तीनवटा त्रैमासिक परीक्षाबाहेक एकाइगत परीक्षालाई पनि अनिवार्य बनाइएको छ। "कोर्स सकिएपछि पुराना प्रश्नपत्रको आठ-दस सेट नै अभ्यास गर्न भ्याउँछन् हाम्रा विद्यार्थी," प्राचार्य मुकुन्दराज शर्मा भन्छन्।

विद्यार्थीलाई पढ्नका लागि तत्पर बनाउन सुरुदेखि नै उचित परामर्श दिइन्छ। मुलुकका दुर्गम क्षेत्र, पिछडिएको समुदाय र सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई सकारात्मक पृष्ठपोषणबाट मनोबल उठाइन्छ। कमजोर विद्यार्थीलाई शैक्षिक सत्रको सुरुदेखि नै अतिरिक्त कक्षाको व्यवस्था गरिन्छ। "राम्रा विद्यार्थीलाई समेत एकपटक सम्झाएर पुग्दैन। अन्तिम क्षणसम्मै मार्गदर्शन आवश्यक पर्छ," प्राचार्य शर्मा भन्छन्, "त्यसैले हामी अन्तिम क्षणसम्म विद्यार्थीसँगै रहने प्रयास गर्छौं।" शिक्षकहरूलाई छोटो र लामो अवधिको तालिमको व्यवस्था छ। शिक्षकले गर्ने अध्ययन/अनुसन्धानमा विद्यालयको सहयोग रहन्छ। विद्यार्थी, अभिभावक र शिक्षकबीच नियमित अन्तक्रिर्या गर्ने परिपाटी बसालिएको छ। विद्यालयमा पूर्णकालीन शिक्षक मात्र कार्यरत छन्। निमित्त प्राचार्य पदम चौहानका अनुसार विद्यार्थीलाई अत्यधिक अभ्यास कार्यमा अभ्यस्त गराइन्छ।




१० गोर्खा गौरव


गोर्खा इन्टरनेसनल पब्लिक उच्च मावि, घोराही, दाङ


बन्दुकसँग खेल्ने लाहुरेहरूले शिक्षामा लगानी गर्नुलाई अनौठो मानिएको थियो। त्यसताका लाहुरेका सन्तानहरूको सपना पनि पढ्नेलेख्ने भन्दा लाहुरे कसरी बन्ने भन्ने नै हुन्थ्यो। त्यसैले अधिकांश लाहुरे र उनीहरूको परिवार एउटै सपना बुन्थे, 'पैसा कमाउने, राम्रो घर बनाउने अनि सुविधाजनक तरिकाले बस्ने।'

राप्ती अञ्चलका विभिन्न जिल्लाबाट बेलायत र भारतमा लाहुरे बन्नेहरूको चाहना भने अलि फरक देखियो। ९७ जना लाहुरे मिलेर ०५५ सालमा घोराहीमा गोर्खा विद्यालय स्थापना गरे, जुन अहिले गोर्खा इन्टरनेसनल पब्लिक उच्च माविका रूपमा परिचित छ। ०६१ सालदेखि उच्च माविका कक्षा सुरु गरेको गोर्खाले विज्ञान र व्यवस्थापन संकायमा हरेक वर्ष उत्कृष्ट नतिजा प्राप्त गररिहेको छ। अनुशासन र शिक्ष्ाकहरूको सामूहिक मिहिनेत नै सफलताको प्रमुख आधार मान्छन्, विद्यालयका प्रमुख कार्यकारी अधिकृत नवलसिंह जीएम।

सत्रको सुरुमा विद्यार्थीलाई पढाइप्रति अभिमुखीकरण गरिन्छ। गृहकार्य अनिवार्य जाँचिन्छ। र, अभिभावकसँग नियमित अन्तक्रिर्या हुन्छ। कहिलेकाहीँ विभिन्न क्षेत्रका विज्ञहरूलाई अतिथि वक्ताका रूपमा बोलाइन्छ। व्यावहारकि सिकाइमा जोड दिने, विद्यार्थीलाई सुरक्ष्ााको अनुभूति गराउने र ई-लाइब्रेरीको व्यवस्थाजस्ता कुराले पनि उच्च मावि सक्ष्ाम भएको विज्ञान संकायका संयोजक वामदेव पोख्रेल बताउँछन्। विद्यालयले दुर्गम क्षेत्रका, दलित, जनजाति र जेहेन्दारलाई छात्रवृत्ति दिने यो विद्यालय राप्ती अञ्चलका सबैजसो जिल्लाका विद्यार्थीको आकर्षण बनेको छ। विद्यालयले आफ्नै पाँच बिघा क्ष्ाेत्रफलमा चारवटा भवन र ५५ कोठा निर्माण गरेको छ।



११ सगरमाथा उच्च मावि, पोखरा, कास्की

मोबाइल, मोटरसाइकल र मिनिस्कर्ट प्रतिबन्ध छ। "गुणस्तरीय पढाइका लागि अनुशासन पहिलो सर्त हो," प्राचार्य धनबहादुर थापा भन्छन्, "अनुशासनमा नबस्नेले जति राम्रो पढाए पनि राम्रो नतिजा ल्याउन सक्दैनन्।" विद्यालयका सञ्चालक सबै शिक्षक छन्। "सञ्चालकले तलबबाहेक नाफा बाँडेका छैनौँ। बरू तल्ला कक्षामा लगानी गर्छौं," थापाको भनाइ छ। पाँच प्रतिशतले छात्रवृत्ति पाउँछन्। सामुदायिक विद्यालय र पश्चिमाञ्चल क्षेत्रका अन्य जिल्लाबाट पनि विद्यार्थी आउँछन्।

विज्ञान सिट १२६ । शुल्क भर्ना ७,५०० । मासिक २६७५ । अन्य ७,५०० ।

व्यवस्थापन सिट २१० । शुल्क भर्ना ७,५०० । मासिक १,३०० । अन्य २,३०० ।



१२ काठमाडौँ बर्नहार्ट उच्च मावि, बल्खु, काठमाडौँ

विद्यालय शिक्षाकै अंगका रूपमा उच्च माध्यमिक तहका कक्षा सञ्चालन हुन्छन्। साप्ताहिक रूपमा जाँच लिइन्छ। १५ वर्षअघि स्थापित यस उच्च माविमा पूर्णकालीन शिक्षकले मात्र पढाउँछन्। एसएलसीमा औसत अंक प्राप्त गरेका र ग्रामीण क्षेत्रबाट आएका विद्यार्थीले समेत राम्रो श्रेणीमा उत्तीर्ण गराउन सक्नु नै आफ्नो सफलता भएको सहप्राचार्य पुरुषोत्तम विष्टको भनाइ छ। सञ्चालक र शिक्षकबीचको दूरी सकेसम्म कम गरेका कारण पनि गुणात्मक शिक्षा र उत्कृष्ट नतिजा सम्भव भएको बताउँछन्, प्राचार्य केबी महर्जन।

विज्ञान सिट ३००। शुल्क भर्ना १०,५००। मासिक ३,२५०। अन्य १७,०००।

व्यवस्थापन सिट ३००। शुल्क भर्ना १०,५००। मासिक २,२५०। अन्य ८,५००।



१३  रिलायन्स इन्टरनेसनल एकेडेमी, सरस्वतीनगर, काठमाडौँ 

रिलायन्सले आफ्नै शैक्षिक पात्रो बनाएको छ, जसमा पाठ्यक्रमले तोकेभन्दा बढी अभ्यासकार्य समेटिएका छन्। भर्नाताका नै अभिभावकसँग विभिन्न चरणमा छलफल गरी विद्यार्थीको चाहना, क्षमता र मनोदशाका आधारमा पढाइप्रति अभिमुखीकरण गरिन्छ। मेडिकल, इन्जिनियरङि, चार्टर्ड एकाउन्टेन्सी, ब्याङकिङ र पत्रकारितामा जान चाहनेलाई करअिर काउन्सिलिङका विशेष कक्षा दिइन्छ। "त्यसैले हाम्रा विद्यार्थी विश्वबजारमा प्रतिस्पर्धा गर्ने आत्मविश्वास लिएर जान्छन्," प्राचार्य रवीन्द्रजंग थापा भन्छन्। शिक्षक, व्यवस्थापन र विद्यार्थीको समन्वय समिति छ, जसबाट विद्यार्थीमा समूहमा काम गर्ने बानी बसाल्न र नेतृत्व विकास गराउन सहज भएको थापाको भनाइ छ।

विज्ञान सिट २००। शुल्क भर्ना १०,०००। मासिक २,८००। अन्य १५,०००।  

व्यवस्थापन सिट ३१५। शुल्क भर्ना ८,०००। मासिक २,१५०। अन्य १०,०००।  

मानविकी सिट ३५। शुल्क भर्ना ६,०००। मासिक १,५००। अन्य १०,०००।  



१४ एम्बिसन एकेडेमी उच्च मावि, पुरानो बानेश्वर, काठमाडौँ 

 एक साता बिराएर शनिबार एउटा विषयको परीक्षा हुन्छ। अर्को शनिबार पृष्ठपोषण प्रदान गरिन्छ। कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था हुन्छ। अध्यापनमा अन्तर्क्रियात्मक विधि बढी अपनाइन्छ। अधिकांश विद्यार्थी उपत्यकाबाहिरका र सामुदायिक विद्यालयबाट आउने भएकाले अंग्रेजी सुधारमा विशेष जोड दिने गरिएको प्राचार्य देवी घिमिरे बताउँछन्। विद्यार्थीका कमजोरी पत्ता लगाएर निरन्तर पढाइप्रति उत्प्रेरणा जगाउने भएकाले मध्यम स्तरका विद्यार्थी भर्ना लिएर पनि राम्रो नतिजा हासिल गर्न सकिएको घिमिरे बताउँछन्।

विज्ञान : सिट ३००। शुल्क भर्ना १०,०००। मासिक २,०००। अन्य ९,०००।

व्यवस्थापन : सिट २५०। शुल्क भर्ना ८,०००। मासिक २,०००। अन्य ७,०००।

मानविकी : सिट ३०। शुल्क भर्ना ८,०००। मासिक २,०००। अन्य ५,०००।



१५ मेरील्यान्ड उच्च मावि, विराटनगर, मोरङ

नियमित कक्षाबाहेक पनि विद्यार्थीको अनुकूल समय पारेर शैक्षिक वर्षभरि नै अतिरिक्त कक्षा दिने गरिएको छ। विद्यार्थीले पुस्तक किन्नुपर्दैन, विद्यालयकै पुस्तकालयबाट उपलब्ध गराइन्छ। विद्यार्थीलाई अनुशासनमा राख्न ११ बुँदे नियम बनाइएको छ। व्यवस्थापनका विद्यार्थीलाई बैंक, वित्तीय संस्था र उद्योगहरूमा स्थलगत भ्रमण र बजार अध्ययनमा समेत पठाउने गरिएको छ। सञ्चालक भेषराज पोखरेलका अनुसार विद्यार्थीलाई विषयगत शिक्षकले सूक्ष्म निगरानी गर्छन्। अनुभवी शिक्षक भए पनि बेलाबेला पुनर्ताजगी तालिम दिइन्छ। हरेक शैक्षिक सत्रअघि विषयगत शिक्षक अन्तक्रिर्या हुन्छ।

व्यवस्थापन : सिट ५५०। शुल्क भर्ना १,०००। मासिक १,७००। अन्य १०,५००।



१६ एस उच्च मावि, बानेश्वर, काठमाडौँ

पाठ्यक्रम, सह-पाठ्यक्रम र अतिरिक्त क्रियाकलापलाई सन्तुलित रूपमा अघि बढाइन्छ । प्राचार्य जयन्त पोखरेलका अनुसार विद्यार्थीको व्यक्तित्व, शारीरिक र भावनात्मक विकासलगायत समग्र विकासमा टेवा पुर्‍याउने र व्यावहारिक जीवनशैली अपनाउन उत्प्रेरित गरिन्छ । आत्मविश्वास जगाउन र उच्च मनोबल बनाइराख्न कक्षाकोठामा भएको पढाइ र सिकाइलाई व्यावहारिक रूपमा अनुभव गर्न विद्यार्थीका विभिन्न क्लब बनाई आन्तरिक र बाह्य प्रतियोगिता सञ्चालन गरिन्छ ।

व्यवस्थापन : सिट २५० । शुल्क : भर्ना २०,००० । मासिक ५,५०० । अन्य २०,००० ।



१७ सिद्धार्थ इंग्लिस उच्च मावि, बनेपा, काभ्रे

०५८ सालबाट प्लस टु सञ्चालन गरेको सिद्धार्थको पाँच रोपनीमा फैलिएको आफ्नै भवन छ। यहाँ सकेसम्म विद्यार्थीलाई खोजमा अभ्यस्त बनाउने शैक्षिक क्रियाकलापमा जोड दिइन्छ। साताको एक दिन कक्षामा मल्टिमिडिया प्रयोग हुन्छ। विद्यार्थीको प्रगति परीक्षणका लागि मासिक रूपमा आन्तरकि परीक्षा लिइन्छ। "परीक्षाको नतिजा कमजोर देखिएका विद्यार्थीलाई छुट्टै थप कक्षा लिन्छौँ," प्राचार्य ज्ञानबहादुर केसी भन्छन्, "जसबाट विद्यार्थीको पढाइमा सुधार आएको हामीले पाएका छौँ।"

विज्ञान : सिट ८०। शुल्क भर्ना १०,०००। मासिक १,८००। अन्य ५,०००।

व्यवस्थापन : सिट ८०। शुल्क भर्ना ८,०००। मासिक १,३००।



१८ सेन्ट लरेन्स उच्च मावि, चाबहिल, काठमाडौँ 

यहाँ विद्यार्थीको शैक्षिक, शारीरकि र मनोवैज्ञानिक पक्षसँग सम्बन्धित विस्तृत वैयक्तिक विवरण भर्नासँगै लिइन्छ। त्यही विवरणका आधारमा विद्यार्थीको रुचि, क्षमता, समस्या र आवश्यकता पहिचान गरी समाधान सम्बोधन गर्ने परपिाटी विकास गरिएको छ। हरेक शैक्षिक सत्रको सुरुमा विषय शिक्षकले वाषिर्क पाठयोजना बुझाउनुपर्छ। त्रैमासिक परीक्षाको नतिजाका आधारमा योजना प्रभावकारतिा मूल्यांकन गरिन्छ। प्राचार्य कृष्णप्रसाद डोटेलका अनुसार विद्यार्थीले नै शिक्षकको मूल्यांकन गर्छन्।

विज्ञान : सिट ४००। शुल्क भर्ना १०,०००। मासिक ३,०००। अन्य २४,०००।  

व्यवस्थापन : सिट ४००। शुल्क भर्ना १०,०००। मासिक २,०००। अन्य २१,०००।

मानविकी : सिट ४०। शुल्क भर्ना ८,०००। मासिक १,२००। अन्य १५,०००।      



१९ मुनलाइट बोर्डिङ उच्च मावि, कुमारीपाटी, ललितपुर 

विद्यार्थी मात्र होइन, शिक्षकका काम-कारबाही पनि व्यवस्थापनले निरीक्षण गर्छ। आन्तरकि परीक्षामा औसतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई विशेष कक्षा दिने, विद्यालयमा ढिलो आएमा वा नआएमा घरमा खबर गर्ने, विद्यालयबाहिर पनि पार्क, मन्दिर, चोकजस्ता सार्वजनिक स्थलमा विद्यार्थीको उपस्थितिबारे निरन्तर निगरानी गरनिे प्राचार्य ईश्वरबहादुर गुरुङ बताउँछन्। भन्छन्, "शिक्षक-विद्यार्थी मैत्रीपूर्ण व्यवहार गर्ने भएकाले विद्यार्थीले खुलस्त रूपमा समस्या राख्ने र समाधान पनि सकेसम्म आफैँ निकाल्छन्। हामी मार्गदर्शन मात्र गर्छौं।"

विज्ञान : सिट २५०। शुल्क भर्ना ५,०००। मासिक ३,०००। अन्य २९,०००।

व्यवस्थापन : सिट २२०। शुल्क भर्ना ५,०००। मासिक २,५००। अन्य २०,०००।

मानविकी : सिट ३०। शुल्क भर्ना ५,०००। मासिक २,५००। अन्य २०,०००।





२० भीएस निकेतन उच्च मावि, आलोकनगर, काठमाडौँ 


आफ्नै भौतिक पूर्वाधार, पुरानो शैक्षिक संस्था र अनुभवी शिक्षक यस उच्च माविका प्रमुख विशेषता हुन्। पाँचवटा विज्ञान प्रयोगशाला, दुइटा कम्प्युटर प्रयोगशाला र एउटा होटल म्यानेजमेन्टका लागि अलग प्रयोगशाला छन्। मल्टिमिडिया, श्रव्यदृश्य र इन्टरनेटमा आधारति स्रोतहरूको प्रयोगले शिक्षण-सिकाइ क्रियाकलापलाई नवीनता प्रदान गरेको छ। "यति सुविधासम्पन्न भएर पनि कम आय भएका, दुर्गम क्षेत्रका र पिछडिएको समुदायका विद्यार्थीले समेत भर्ना पाउने व्यवस्था सुनिश्चित गरेका छौँ," प्राचार्य बाबुराम पोखरेल भन्छन्, "सहुलियत शुल्कमा गुणात्मक शिक्षा नै हाम्रो मूल ध्येय हो।"

विज्ञान सिट ३००। शुल्क भर्ना १२,५००। मासिक ३,०५०। अन्य १५,५००।

व्यवस्थापन सिट २४०। शुल्क भर्ना १०,५००। मासिक २,२५० । अन्य १२,५००।



२१ नेसनल स्कुल अफ साइन्सेस (निस्ट), लैनचौर, काठमाडौँ

वैज्ञानिकहरूको संयोजनमा स्थापित यस उच्च माविले पछिल्लो समय व्यवस्थापनमा समेत भर्ना लिन थालेको छ। यस उच्च माविले सैद्धान्तिक र प्रयोगात्मक कक्षाको सन्तुलित प्रयोग गर्छ। विद्यालयले नै अभ्यास पुस्तिका बनाएको छ। विद्यार्थीले त्यसैमा आधारति रहेर गृहकार्य र अन्य असाइनमेन्ट तयार गर्छन्। गृहकार्य जाँच्न र पृष्ठपोषण प्रदान गर्नका लागि अलग्गै शिक्षकको व्यवस्था गरिएको छ, जुन विद्यार्थीको स्तरवृद्धि र दिगो सिकाइका निम्ति प्रभावकारी बनेको प्राचार्य माधव बराल बताउँछन्।

विज्ञान सिट ९००। शुल्क भर्ना ६,०००। मासिक ३,६००। अन्य २५,८००।

व्यवस्थापन सिट २००। शुल्क भर्ना ५,०००। मासिक २,०००। अन्य ७,०००।



२२ कलेज अफ बिजिनेस एन्ड सोसल स्टडिज, विराटनगर, मोरङ

विद्यार्थीले पाठ्यपुस्तकका आधारमा सुरु धारणा बनाउने अनि ती विषयबारे आफ्ना प्रस्तुतीकरण गर्ने, त्यसपछि कक्षामा छलफल र थप जानकारी दिएर निष्कर्षमा पुग्ने विशेष शिक्षण विधि प्रभावकारी बनेको छ। प्राचार्य रमेशप्रसाद अधिकारी भन्छन्, "हरेक दिन विषयगत मूल्यांकन गर्ने र साप्ताहिक नियमित परीक्षा लिने चलनले विद्यार्थीमा परीक्षाप्रति आत्मविश्वास जगाउनुका साथै व्यावहारकि ज्ञान प्राप्त हुन्छ।" विद्यार्थीलाई भावी शिक्षाका लागि परामर्श कक्षा पनि दिइन्छ।

विज्ञान सिट २००। शुल्क भर्ना १,०००। मासिक १,५००। अन्य १०,५००।

व्यवस्थापन सिट ३००। शुल्क भर्ना १,०००। मासिक १,५००। अन्य १०,५००।



२३ सगरमाथा मल्टिपल उच्च मावि, डिल्लीबजार, काठमाडौँ 

स्वत:स्फुर्त रूपमा पढ्ने, विषयवस्तुबारे शोधखोज गर्ने र अन्तक्रिर्यात्मक ढंगले समस्या समाधान खोज्ने गरी विद्यार्थीलाइ अभिप्रेरति गरिन्छ। नियमित गृहकार्य, निरन्तर परीक्षा र अनुपस्थित वा फेल हुँदा पुन:परीक्षा अनिवार्य गरिएका छन्। विद्यार्थी कोरा किताबी ज्ञानमा मात्र सीमित नहोस् र समसामयिक सामाजिक अभियानसँग पनि अद्यावधिक होस् भनेर नियमित रूपमा विद्यार्थीलाई सामाजिक कार्यमा पनि सरकि हुन प्रेरति गर्ने प्रबन्ध निर्देशक आरडी जोशी बताउँछन्।

विज्ञान सिट १६०। शुल्क भर्ना १३,०००। मासिक २,३००। अन्य १४,४००।

व्यवस्थापन सिट २००। शुल्क भर्ना १०,०००। मासिक १,६००। अन्य ९,४००।

मानविकी सिट ३५। शुल्क भर्ना १०,०००। मासिक १,५००। अन्य ९,४००।



२४ ख्वप: उच्च मावि, डेकोचा, भक्तपुर

स्थानीय निकायद्वारा सञ्चालित भए पनि यहाँ स्थानीय चाडपर्वमा बिदा नदिई नियमित पढाइ हुन्छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस उच्च माविमा पर्याप्त भौतिक पूर्वाधार छन्। समुदायको प्रत्यक्ष निगरानी र कुशल व्यवस्थापनका कारण बर्सेनि यस उच्च माविले उत्कृष्ट नतिजा हासिल गर्न सकेको प्राचार्य प्रकाश श्रेष्ठ बताउँछन्। उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेभन्दा बढी नै प्रयोगात्मक कक्षा गरनिे भएकाले अब्बल नतिजा हासिल हुने उनको भनाइ छ।

विज्ञान सिट ४००। शुल्क भर्ना ३,५००। मासिक १,५७५। अन्य १०,८००।

व्यवस्थापन सिट ५४०। शुल्क भर्ना ३,५००। मासिक ९७५। अन्य ५,४००।

मानविकी सिट १२०। शुल्क भर्ना ३,५००। मासिक ९७५। अन्य ५,४००।



२५ जेभियर इन्टरनेसनल उच्च मावि, कालोपुल, काठमाडौँ 

शिक्षकले हरेक विद्यार्थीको गृहकार्य जाँच्नैपर्ने नियम छ। पाठ्यवस्तुको एकाइगत योजना सबै शिक्षकले अनिवार्य पेस गर्नुपर्छ। दोस्रो त्रैमासिक परीक्षासम्म पाठ्यक्रम सकिनैपर्छ। त्यसपछिका ६ महिना अभ्यास केन्दि्रत गतिविधि हुन्छन्। "हामीले ए लेभलको कोर्सबाट सिकेको कुरै यही हो," प्राचार्य गोपाल भण्डारी भन्छन्, "शिक्षकले बनाएका अभ्यास पुस्तक र पुराना प्रश्नपत्रहरूको अभ्यासमा अधिकतम समय लगाउँछौँ।" त्रैमासिक परीक्षाका उत्तरपुस्तिका शिक्षकहरूको समूहमा जाँचिन्छ र अभिभावकसँग छलफल हुन्छ।

विज्ञान सिट ६००। शुल्क भर्ना ७,०००। मासिक ३,७००। अन्य २४,५००।  

व्यवस्थापन सिट ४००। शुल्क भर्ना ७,०००। मासिक ३,३००। अन्य २४,५००।  

मानविकी सिट ४०। शुल्क भर्ना ७,०००। मासिक २,३००। अन्य २४,५००।

अंक ६०० | २०७१ असार १

No comments:

Post a Comment