तस्वीर/ शव्द : रामबहादुर रावल
देहरादुन नेपालका सुदूर र मध्यपश्चिमका गरीब युवाहरूलाई रोजगारी दिने नजिकको गन्तव्य हो । राजधानी नयाँ दिल्लीमा जनसंख्याको चाप नियन्त्रण गर्न भारत सरकारले देहरादुनलाई वैकल्पिक सहरका रूपमा विकास गर्न खोज्दैछ । यही बीचमा उत्तर प्रदेशबाट टुक्र्याएर उत्तराखण्ड प्रदेश गठन भएपछि अस्थायी नै ही, प्रादेशिक राजधानीका रूपमा देहरादूनलाई नै तोकिएको छ । यसले गर्दा देहरादुनको चहलपहल विगत एक वर्षयता ह्वात्तै बढेको छ ।
सरकारी सेवा, खास गरी फौजी सेवाका निवृत्तहरूलाई आवश्यक पर्ने सेवासुविधाका लागि पूर्वाधार मात्रै होइन, सहुलियतको समेत व्यवस्था गरिदिएपछि यो उपत्यका ‘पेन्सनर्स प्याराडाइज’का रूपमै चिनिन थाल्यो । उपत्यकाको उत्तरपश्चिम कुनामा वीर नेपाली पुर्खाहरूले लडेको वीरताको चिनोसहित फैलिएको छ, देहरादुन सहर ।
कुनै बेला नेपाल राज्यको सिमाना विस्तारका क्रममा नेपालीहरूले रगत बगाएको यही ठाउँ (नालापानी किल्ला)को आँगनमा आज नेपालीहरू खाना र नानाको लागि पसिना बगाइरहेका छन् । सम्पूर्ण युवा ऊर्जा खर्च गरिरहेका छन् । नेपालको ठूलो श्रमशक्ति यही उपत्यकाको निर्माणमा अभ्यस्त छ, केवल खाना र नानाका लागि । यसबाहेक उसको सपना छैन । किनभने, न्यून बेतन, कठिन शारीरिक श्रमका भरमा नेपालका मध्य र सुदूरपश्चिमका पहाडी भूगोलमा भित्रिने रेमिट्यान्स नेपाल सरकारले गणना गर्न लायक नै छैन ।
बरु अरबका खाडीबाट भित्रिने ठूलो रेमिट्यान्स, बेलायत र अमेरिकाबाट आउने डलर र पाउन्ड स्टर्लिङको तुलनामा भारतीय रुपियाँको गणना नै के हुन्छ र ? त्यसमाथि भारतीय भूमिमा श्रम गर्ने नेपालीले एक सिजनमा आफ्नो परिवारलाई एकसरो नयाँ लुगा ल्याउन सक्नु नै ठूलो कमाइ हो । त्यसबाहेक उनीहरूले सजिलै ल्याउन सक्ने भनेको एचआईभी/एड्स नै हो, जसले सुदूर र मध्यपश्चिम नेपालका पहाड भित्रभित्र मक्किँदै छ
No comments:
Post a Comment