उनले आफ्नो करअिर नै भूमिसुधारबाट सुरु गरेकाले दुई खण्डमा यसै विषयमा उल्लेख गरेका छन्। तर, ती दुई खण्डमा धेरै कुरा दोहोरएिका छन्। यद्यपि, उनका हरेक अनुभव सूचनामूलक छन्। जानकारीमूलक छन्। आज पनि भूमिसुधार जटिल राजनीतिक विषय बनेको छ। भूमिव्यवस्थासम्बन्धी कुनै पनि नीति निर्माता, विशेषज्ञ र अभियन्ताका लागि यो अनुभवी छ।
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष हुँदा गरेका शैक्षिक विकासका प्रयास, राष्ट्रिय योजना आयोगमा छँदा देखेभोगेका विसंगति र कूटनीतिक सेवामा रहँदा नेपालबारे ती क्षेत्रमा गरेको 'मार्केटिङ'लाई उनले अलगअलग शीर्षकमा वर्णन गरेका छन्। योजना आयोगको खस्कँदो प्रदर्शन र छवि अनि राजनीतिक व्यक्तिहरूको अबुझपनाप्रति उनको चिन्ता देखिन्छ। पुस्तक पढ्दा थाहा हुन्छ, प्रधानमन्त्रीहरूलाई आफँै योजना आयोगको अध्यक्ष हुँ भन्ने नै हेक्का हुँदो रहेनछ। योजना आयोगले नामै नसुनेका परयिोजना मन्त्रीहरूले रातो किताबमा घुसाउँदा रहेछन्। विदेशी दाताहरूले नेपालीको मायाले, नेपालको समृद्धिको आकांक्षाले मात्र आफ्नो मुलुकको ठूलो स्रोत सहायताका नाममा यहाँ भित्र्याउन खोजिरहेका छैनन्। यति मात्र होइन, विकास परयिोजनाको मूल्यांकन र समीक्षाका क्रममा केही नकारात्मक कुरा उठे भने मन्त्रीहरूले थर्काएको प्रसंग उनले यसरी उल्लेख गरेका छन्, 'एकपटक राजाको सवारीका क्रममा शिविरमा सुत्ने तरखर हुँदै थियो। कसैले ढोका ढकढक्याए। मन्त्री रहेछन्। तिनले भने- यदि तिमीले गोली प्रहार गर्नु नै छ भने किन अगाडि नै गर्दैनौ?'
गरबिी निवारण कोषका पहिलो उपाध्यक्ष भएर काम गर्दा विकासको कुन दृष्टिकोण र ढाँचा अपनाइयो, आफ्नो व्यावसायिक जीवनको सुरुदेखि अन्तिमसम्म कसरी तल्लो तहका किसान जोडिन आए भन्ने कुरालाई उनले संयोग र सौभाग्यका रूपमा लिएका छन्। र, धेरै ठाउँमा हाम्रो विकास प्रणालीमाथि गम्भीर चिन्तन, मनन र समीक्षा गरेका छन्। आगामी पुस्ताका लागि गतिलो खुराक पस्केका छन्। यसै गरी कूटनीतिक सेवामा रहँदा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि त्यसबारे अमेरकिी सरकारलाई कसरी बुझाइयो, नाकाबन्दीको विपक्षमा आवाज बुलन्द गर्न केकस्ता प्रयास गरएि भन्ने रोचक र महत्त्वपूर्ण प्रसंग पनि पुस्तकमा समेटिएका छन्।
सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस)लाई स्वतन्त्र थिंक ट्यांकका रूपमा विकास गर्ने सोचको पनि सविस्तार चर्चा गरेका छन्। यो काम सरकारी तहबाट हुनुपथ्र्यो, भएन। भएका पनि थिलथिला बनाएर छाडियो। त्यस हिसाबले आईआईडीएसको स्थापना स्वागतयोग्य नै देखिन्छ। तर, विदेशी दाताहरूले पहुँचवालाहरू जम्मा भएर खोलेको संस्थालाई कसरी सजिलै ठूलो रकम सहयोग गर्न राजी हुँदा रहेछन् भन्ने कुरा पनि यस प्रसंगले खुलासा गर्छ।
पुस्तकमा सरल बोलीचालीको भाषा प्रयोग गरेका छन्। उच्च बौद्धिकता प्रदर्शन गरएिको छैन। कसैलाई अपि्रय लाग्ने गाली वा आरोपका शब्द छैनन्। तर, यत्रो पुस्तक पढिसक्दा पनि उनले आत्मालोचनामा एक शब्द पनि खर्च गरेका छैनन्। आफ्नो कामको समीक्षा गरेका छैनन्। आफ्ना व्यवहार र सम्बन्धहरूको मूल्यांकन गरेका छैनन्। केवल विवरणहरू मात्र दिएका छन्। त्यो विवरण ज्ञान र सूचनाका हिसाबले महत्त्वपूर्ण छ तर मोहनमान सैँजूको आफँैप्रतिको मूल्यांकन के हो त भन्ने कुराको जानकारी दिन असमर्थ छ। यो आत्मकथा होइन भनेर मात्र लेखक/प्रकाशक उम्किन पाउँछन्। नाम जे दिए पनि आत्मकेन्दि्रत विधाको पुस्तक अवश्य हो। त्यसमा लेखकले आफँैलाई ठीक र बेठीकको तुलोमा राखेर पाठकसामु पेस गर्नैपर्छ। इतिहाससामु आफूलाई खुलारूपमा राख्नैपर्छ।
कुनै समय दरबार र नेपाल सरकारका सचिवलगायत विशिष्ट श्रेणीका पदहरूमा पाल्पालीहरूको वर्चस्व थियो। सैँजू पनि कुनै खुला प्रतिस्पर्धाबाट ती पदमा पुगेका थिएनन्। कुनै चुनावको सामना पनि गरेका थिएनन्। मनोनयनकै प्रक्रियाबाट उच्च पदमा पटकपटक पुगेका सैँजूले एकपटक आफू जिम्मेवारीविहीन हुँदा असन्तोष प्रकट गरेका छन्। जुन प्रक्रियाबाट उनी ती ठाउँमा पुगेका थिए, जुन प्रणालीमा उनी काम गर्दै थिए, त्यही प्रक्रियाबाट निकालिए वा भूमिकाविहीन बनाइए। त्यसमा उनले प्रणालीको दोष भनेर उल्लेख गर्न हिचकिचाएका छन्। खालि त्यस बेलाका केही व्यक्तिको कोपभाजनमा परेको कुरा भद्र रूपमा उल्लेख गरेका छन्। त्यसैले यस पुस्तकलाई भद्रता एवं चलाखीपूर्वक लेखिएको आत्मकेन्दि्रत दस्तावेज भन्न सकिन्छ।
- रामबहादुर रावल
बुधबारेदेखि चाकुपाटसम्म
लेखक : मोहनमान सैँजू
प्रकाशक : माधुरी सैँजू
पृष्ठ : ८+१३२
मूल्य : २०० रुपियाँ
https://nepalmag.com.np/literature/2014/08/31/7364
No comments:
Post a Comment