Monday, January 7, 2013

लोकमान रहस्य





एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को एकल प्रयास सार्थक भए उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बन्नेछन्। तर, बाधक बनेको छ, बलियो विपक्षी मत। लोकतन्त्र स्थापनाको पाँच वर्षपछि नै मुलुकको संवैधानिक निकाय प्रमुख बन्ने दौडमा उनी अर्थात् शाहीकालका मुख्यसचिव लोकमानसिंह कार्की कायमै छन्। भलै, संवैधानिक परष्िाद्को ४ फागुनको बैठक बिनाकुनै निर्णय टुंगिएको होस्। करबि ६ वर्षदेखि रत्तिm अख्तियारको प्रमुख बन्नका लागि आवेदन दिएका उनी यसअघि पनि पटक-पटक प्रचारमा आएका थिए। 

दार्जीलिङ र बेलायतमा अध्ययन, हुकुम प्रमांगीबाट राजदरबार सेवामा नियुक्ति, राजस्व समूहबाट निजामती सेवामा प्रवेश, नेपाल सरकारको सचिव, शाही शासनका मुख्यसचिव हुँदै माओवादी अध्यक्षसँगको सन्निकटतासम्मको कार्कीको यात्रा कम रोचक र चाखलाग्दो छैन। कार्कीको यस अविराम यात्राको राजमार्ग बनिदिएका छन्, मूलतः पूर्वप्रधानमन्त्री स्वर्गीय गिरजिाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड। कांग्रेस नेता महेश आचार्यबाट सुरु भएको कार्कीको निजामती यात्रा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र लोकतन्त्र स्थापनाको पाँच वर्षपछिसम्म आइपुग्दा विवादैविवादले भरपिूर्ण छ। बहुदलीय व्यवस्थाभर िनेपाली कांग्रेसकै कार्यकर्ताजस्ता देखिएका उनी शाही शासनमा कट्टर राजावादी र लोकतन्त्रपछि माओवादीनिकट हुन पुगेका छन्। 

स्वर्गीय भूपालमानसिंह कार्कीले तत्कालीन राजा वीरेन्द्रसँग आफ्नो बेरोजगार पुत्रलाई सेवाको अवसर दिन बिन्ती नबिसाएका भए सम्भवतः यिनको जीवनयात्रा अर्कै बाटोमा मोडिन्थ्यो होला। त्यही बिन्तीले बहादुर भवनस्थित राजसभा स्थायी समितिमा सीधै उपसचिवका रूपमा उनको यात्रा आरम्भ भयो। दरबारको प्रभाव र कठिन प्रणालीका सामु निरीह सावित भएका उनी आफ्ना निकटस्थ मित्र महेश आचार्य ०४८ सालमा गठित पहिलो जननिर्वाचित सरकारमा अर्थराज्यमन्त्री बनेको मौकाको फाइदा उठाउन चुकेनन्। दरबारबाट सेवा परविर्तन गरेर राजस्व सेवामा कार्की जसै प्रवेश गरे, उनको उन्नतिको ग्राफ पनि ह्वात्तै उकालो लाग्यो। 

कार्कीका एक समकालीनका अनुसार ०४८ सालपछि राजस्व समूहमा उनलाई नल्याउन तत्कालीन सामान्य प्रशासनमन्त्री महेश्वरप्रसाद सिंहले अडान लिएका थिए। तर, आफ्नो अडानमा सिंह त्यतिबेला गले, जब प्रधानमन्त्री गिरजिाप्रसाद र अर्थराज्यमन्त्री आचार्यले दबाब दिए। राजस्व समूहमा आएपछि कार्कीको लोक रभिmाइको यात्रा पनि आरम्भ भयो। त्यसको प्रमाण कार्कीको सहसचिवमा भएको बढुवा नै हो। उनको बढुवा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर भएको थियो। स्रोतका अनुसार तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तले कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर अन्य उपसचिवहरूलाई पछि पार्दै कार्कीलाई सहसचिव बन्ने मार्ग प्रशस्त गरििदएका थिए। मुलुकको निजामती इतिहासमा यो टिपेक्स काण्ड चर्चितमध्येको एक हो। कारण, त्यसलगत्तै सर्वोच्च अदालतले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश नै जारी गर्नुपर्‍यो।

त्यसलगत्तै भन्सार विभागका महानिर्देशक बने उनी। उनकै पालादेखि भन्सार नाकाहरूमा लाइन खुलेको मानिन्छ। अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, राजस्व अनुसन्धान महाशाखालगायतका अड्डाको कार्यभार पनि उनले सम्हाले। सहसचिव भएको पाँच वर्षपछि नै ६ वैशाख ०५८ मा उनी खेमराज नेपाल, चण्डीप्रसाद श्रेष्ठ, भानु आचार्य, अनन्त पाण्डेलगायतसँगै सचिवमा बढुवा भए। स्वास्थ्य, जलस्रोत, सूचना तथा सञ्चारलगायतका मन्त्रालयमा उनी सचिव बने। यद्यपि, गृहमन्त्रालय चलाउने उनको चाहना तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्काको अडानका कारण सफल हुन सकेन। 

राजा ज्ञानेन्द्रको '१९ माघ'को कदमपछि मुख्यसचिव बन्ने समयमा उनले आफूभन्दा वरष्िठ १५ जना सचिवलाई पाखा लगाइदिए। स्रोतका अनुसार मन्त्रिपरष्िाद्का तत्कालीन उपाध्यक्ष कीर्तिनिधि विष्टले उनलाई सहयोग गरेका थिए। 

रमाइलो कुरा त के भने जब कार्की निजामती सेवामा प्रवेश गरे, उनको सम्बन्ध आफैँलाई सहयोग गर्ने कांग्रेस नेता आचार्यसँग टाढिँदै गयो। त्यसैको परण्िााम हो, उनको अप्रत्यक्ष भूमिकामा उनका दौतरीहरूले ०५६ सालको निर्वाचनमा आचार्यलाई हराउन चलाएको अभियान। कोइराला निवासका युवा महत्त्वाकांक्षीहरूले पनि त्यस अभियानमा साथ दिए। आचार्यसँगको सम्बन्ध बिगि्रएपछि त्यतिबेलाका 'सुपर पावर' गिरजिाप्रसादसँग सम्बन्धको गाँठो कसिलो बनाए। दुवैको सम्बन्धलाई नजिकबाट बुझेका एक कांग्रेस केन्द्रीय सदस्य दाबी गर्छन्, "एकअर्काका आवश्यकतापूर्ति गरििदने भएपछि सम्बन्ध कसिएको हो।"

योगप्रसाद उपाध्याय १ पुस ०१७ को राजा महेन्द्रको कदमको समयमा गृहसचिव थिए। राजाको कदमपछि उपाध्याय पञ्चायत प्रवेश गरेनन्, बरू कर्मचारीतन्त्रबाट बिदा लिनु उचित ठाने। तर, बहुदलीय व्यवस्थाभर िकांग्रेसको सहयोग पाएका कार्की राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा एकाएक परविर्तित भए र मुख्यसचिव हुने महत्त्वाकांक्षा पूरा गरे। यतिसम्म त ठीकै थियो तर उनी एक कदम अगाडि बढेर आफूलाई कट्टर राजावादी देखाउन 'राजावादी नहुने कोही पनि कर्मचारी बन्न नसक्ने' भद्दा अभिव्यक्ति दिन पनि पछि परेनन्। 

लोकतान्त्रिक आन्दोलन चलिरहँदा उनी त्यसको विरुद्धमा कुनै कसर नछाडी होमिए। लोकतन्त्र स्थापनापछि भने अत्तालिएका उनी तीन महिनासम्म गुप्तबासमा गए। त्यो गुप्तबास मोरङको दर्बेशास्थित आफ्नै स्वामित्वको चन्दि्रका डिस्टिलरीको गेस्टहाउसमा थियो। तीन महिनापछि बाहिर निस्किँदा उनी माओवादीप्रति सहानुभूति राख्ने भइसकेका थिए। यो बेग्लै कुरा हो कि, माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो निकटता उक्त पार्टीका कार्यकर्ताबाट आफ्नो जीवनको सुरक्षाका लागि रहेको कार्कीले आफ्ना साथीभाइमाझ बताउने गरेका छन्। 

माओवादी अध्यक्ष प्रचण्डसँग कार्कीको पहिलो भेट नेपाल प्रहरीका पूर्वडीआईजी अशोक श्रेष्ठको पहलमा भएको हो। स्रोतका अनुसार देशभक्त र राष्ट्रवादीहरूबीच एकताको नारा माओवादीले अघि सारेपछि दरबारका पूर्वएडीसीसमेत रहेका श्रेष्ठ पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओलीको पहलमा माओवादीनिकट देशभक्त गणतान्त्रिक मोर्चामा प्रवेश गरे। त्यसपछि श्रेष्ठले दरबारमा हुँदा कार्कीसँगको सम्बन्ध उपयोग गरेर उनलाई पनि त्यस मोर्चामा सामेल गराएका हुन्। प्रचण्ड प्रधानमन्त्री छँदै निजामती कर्मचारीमा आफ्नो पकड बलियो बनाउने उद्देश्यले माओवादीले पूर्वप्रशासकहरूलाई जम्मा गर्ने क्रममा पनि कार्की प्रचण्डको निकट पुगे। बानेश्वर हाइटस्थित कार्कीको घरमा लगाइएको महापुराणको प्रसाद ग्रहण नै प्रचण्डसँगको उनको निकटता अघि बढ्ने मुख्य विन्दु भएको स्रोतको दाबी छ। 

त्यसो त, गिरजिाप्रसाद जीवित छँदै माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीकालमा पनि कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन नखोजिएको होइन। पार्टीभित्रबाट लोकमानका नाममा आपत्ति आउने भएपछि गिरजिाप्रसादले श्रीकान्त रेग्मीका नाममा समर्थन जनाएका थिए। यद्यपि, कार्कीलाई प्रमुख आयुक्त बनाउने दाहालको प्रयासमा कोइरालाको मौन समर्थन थियो। 

गिरजिाप्रसादसँगको कार्की सम्बन्ध कति गठिलो हो भने ०५६ सालमा उनी प्रधानमन्त्री हुँदा वलदेव शर्मा मजगैयाँ जलस्रोत मन्त्री नियुक्त भएका थिए। कार्कीलाई जलस्रोत मन्त्रालयको सचिव बनाइएपछि मजगैयाँले त्यसको विरोध गर्दै राजीनामा दिए। गिरजिाप्रसादले बरू जीवनभर आदर्श, मूल्य र मान्यताको राजनीति गरेका मजगैयाँको राजीनामा स्वीकृत गरे तर कार्कीलाई भने सचिवमा निरन्तरता दिए। 

हुन त, भूपालमानसिंह कार्कीको परविारसँग कोइराला परविारको सम्बन्ध नयाँ होइन। बीपी कोइरालादेखि नै दुई परविारबीच निकटस्थ सम्बन्ध छ। बीपी, केशवप्रसाद हुँदै गिरजिाप्रसादसम्म मात्र नभई अहिलेका युवा कोइरालाहरूसम्म पनि यस्तो सम्बन्धमा निरन्तरता देखिन्छ। सम्बन्धको निरन्तरतालाई अनौठो मान्दैनन्, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला। भन्छन्, "सम्बन्धको कुरा एकातिर छ तर उनको योग्यता र क्षमताको उपयोग हुने ठाउँ अन्यत्र -अख्तियारबाहेक) पनि हुनसक्छ।" 

उनलाई नजिकबाट चिन्नेहरू उनी नियम, कानुन र शब्दमा खेल्ने मान्छे नभएको बताउँछन्। कर्मचारी भए पनि राजनीतिकर्मीले जस्तै निर्णय लिन कहलिएका उनले सञ्चार मन्त्रालयको सचिव हुँदा बाबु भूपालमानसिंह कार्कीका नाममा हुलाक टिकट मात्र निकालेनन्, युनाइटेड टेलिकम लिमिटेड -यूटीएल)लाई १९ करोड रुपियाँ राजस्व मिनाहा दिने विवादास्पद निर्णय पनि लिए। शाही शासनकालमा उनी निकट रहेर काम गरेका एक सुरक्षा अधिकारीका अनुसार व्यक्तिको नियत चिनेर सोही अनुसार व्यवहार गर्ने खूबी छ, काकीसँग। उनी भन्छन्, "कमजोर क्यालिबरका मान्छे होइनन्, उनी।" 

०५१ सालमा कार्की भन्सार विभागका महानिर्देशक थिए भने हाल अख्तियारमा सचिव रहेका भगवती काफ्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख थिए। ९ पुस ०५१ मा हङ्कङ्बाट काठमाडौँ आएको आरए-४१० विमानमा १० किलो सुन र १ सय ५० किलो चाँदी फेला पर्‍यो। ७३ लाख रुपियाँ मूल्य बराबरको उक्त सुन-चाँदी एकाएक गायब भयो। उक्त काण्डमा कार्की र काफ्ले दुवै मुछिएका थिए। ४ भदौ ०५४ मा पुनरावेदन अदालत पाटनले कार्कीलाई सफाइ दियो। तर, काफ्लेलाई सजाय गर्‍यो। पाटन पुनरावेदन अदालतविरुद्ध काफ्ले सर्वाेच्च पुगे भने कार्कीविरुद्ध सरकार पुनरावेदनबाट सर्वाेच्च गयो। तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले १२ जेठ ०५६ मा काफ्ले, कार्कीलगायतका सबै आरोपी निर्दोष भएको फैसला सुनाए। भ्रष्टाचार अभियोगको मुद्दा विचाराधीन रहेकै अवस्थामा तत्कालीन प्रधानन्यायाधीश शर्मा विराटनगरस्थित कार्की निवासमा भइरहेको महायज्ञमा भाग लिन पुगे। त्यसलगत्तै सर्वोच्चको फैसला पनि कार्कीको पक्षमा आयो। 

बाल्यकालदेखि नै यिनी क्रिकेटका सोखिन हुन्। आफ्नो लक्ष्य पूरा गर्न उनी खेलका नियमहरू पनि वास्ता गर्दैनथे। नियम मिचेरै भए पनि उनी लगातार छक्का हान्न तम्सिन्थे। छक्कामै लक्ष्य पूरा गर्न खोज्नु उनको स्वभाव नै हो, सके छक्का हान्छन् नसके आउट हुन्छन्। अहिलेको सन्दर्भमा भने उनको छक्का हान्ने प्रयास सफल हुने सम्भावना न्यून छ र उनले 'आउट' नै रोज्नुपर्ने हुनसक्छ।


'प्रचण्डसँग व्यावसायिक सम्बन्ध हो'
- लोकमानसिंह कार्की



गिरिजाप्रसाद कोइरालासँग तपाईंको सम्बन्ध कसरी निकटस्थ भयो ?

हामी एउटै गाउँठाउँका मान्छे हौँ। कृष्णप्रसाद कोइरालादेखि नै मेरो बुबा भूपालमानसिंह कार्कीको सम्बन्ध थियो। त्यसलाई बीपी, मातृकादेखि गिरजिाप्रसाद कोइरालासम्मले निरन्तरता दिनुभएको थियो। गिरजिाप्रसादलाई मैले आफ्नो अभिभावकका रूपमा सधैँभर िपाएको थिएँ। उहाँलाई आफ्नो संरक्षकका रूपमा सम्मान गर्थें/गर्छु। 



त्यसो भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’सँगचाहिँ तपाईंको सम्बन्ध कस्तो हो त ?

शाही शासन, गिरजिाप्रसाद कोइराला र प्रचण्डसँगको मेरो सम्बन्धले पुष्टि गर्छ, म कुनै राजनीतिक व्यक्ति होइन। र, म धोकेबाज चरत्रिको मान्छे पनि होइन। लोकतन्त्रको स्थापनापछि म चुपचाप घरमा बसेको छु, कहीँकतै दृश्यमा छैन। म पूर्ण व्यावसायिक व्यक्ति हुँ, २५ वर्षको मेरो व्यावसायिक इतिहास पनि छ। प्रचण्डसँगको मेरो सम्बन्ध त्यस्तै व्यावसायिक मात्र हो। म प्रचण्डको पि्रयपात्र भएको भनेर बाहिर आएका कुरा गलत हुन्। किनभने, एउटा व्यक्ति शाही शासन, गिरजिाप्रसाद कोइराला र प्रचण्डसँगको 'एक्स्िट्रम'मा कसरी जान सक्छ र ?



संवैधानिक नियुक्तिको सन्दर्भमा अख्तियार नै रोज्नुको कारण के हो ? 

म घरमा चुपचाप अवकाशप्राप्त जीवन बिताएर बसेको छु। भगवान्को कृपाले देशको निजामती सेवाको सर्वोच्च पद मुख्यसचिव बनिसकेको छु। लोकतन्त्रपछि अन्यायपूर्वक सरुवा गरएिको विरोधमा अदालत पनि गएँ, अदालतले जे निर्णय गर्‍यो, त्यसको सम्मान गरेर मैले व्यक्तिगत जीवन निर्वाह गररिहेको छु। तर, मनले मानेन। देशमा व्याप्त सुशासनको कमी, व्यापक भ्रष्टाचार, बेथितिलाई हेरेर बसिरहन मन लागेन। त्यसैले यो बेथितिलाई थितिमा ल्याउने, कुशासनलाई सुशासनमा बदल्ने र मौलाएको भ्रष्टाचार नियन्त्रण गर्ने काममा सफल हुन्छु कि भनेर मैले अख्तियार रोजेको हुँ। 



तपाईंलाई राजनीतिक दल र नेताहरूको आर्थिक स्रोत जुटाइदिने प्रमुख व्यक्तिका रूपमा पनि चित्रित गरिन्छ, के भन्नुहुन्छ ?

मान्छेलाई आरोप लगाउन सजिलो छ। कुनै पनि आरोप लगाउनुअघि त्यसको सत्यता चाहिन्छ। नकारात्मक कुरा मात्र गर्ने हाम्रो समाज नै कुण्ठित र रोगी छ। यो सत्यभन्दा करोडौँ कोस दूरीको आरोप हो। मैले गिरजिाप्रसाद कोइरालालाई त्यस्तो कुनै पनि किसिमको आर्थिक स्रोत जुटाइदिएको थिइनँ। माओवादी अध्यक्ष प्रचण्ड र हालका प्रधानमन्त्री बाबुराम भट्टराई ठूला छाती भएका मान्छे लाग्छ मलाई। उहाँहरूसँग निकट हुने मौका मैले पाएको छु। तर, उहाँहरूले मसँग कुनै पनि किसिमको अपेक्षा अघि सार्नुभएन र नै सम्बन्ध नजिकिएको हो। उहाँहरूले कुनै अपेक्षा अघि सार्नुभएको भए म ठाडै अस्वीकार गर्ने थिएँ। 



प्रचण्ड र बाबुरामसँग तपाईं कसरी नजिकिनुभयो त 

लोकतान्त्रिक आन्दोलनपछि जब माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि नै उहाँहरूसँग मेरो भेट भएको हो। उहाँहरू व्यावसायिक व्यक्तिहरूसँग भेटघाट गररिहनुभएको थियो। सोही क्रममा मेरो पनि भेट भएको हो। 



भन्सार महानिर्देशक हुँदा त्रिभुवन विमानस्थलको सुनकाण्डमा तपाईंको नाम पनि मुछिएको थियो नि त ?

त्यतिबेला म भन्सारको महानिर्देशक थिएँ, भगवती काफ्ले विमानस्थल भन्सारको प्रमुख हुनुहुन्थ्यो । त्यतिखेर लामो र्फम भरेर १० किलो सुन ल्याउन पाउने व्यवस्था थियो । सुन ल्याउने मान्छेले पनि सोही प्रक्रिया पूरा गरेर सुन ल्याएको थियो । तर, अध्यागमनमा उसको नाम फरक परेको प्राविधिक कारणले उक्त सुन भन्सारमा दाखिला गराइएको थियो र भन्सार प्रमुख काफ्लेले टिप्पणी उठाएर पठाउनुभएको थियो । महसुल शाखाका कर्मचारीहरूसँग राय-सल्लाह लिएरै मैले त्यसलाई सदर गरेको हो । अदालतले मलाई निर्दोष भएको भनेर सफाइ पनि दिइसकेको छ 
source : http://www.ekantipur.com/nepal/article/?id=3405

Sunday, October 14, 2012

दमदार १० गाउँ

नेपाली ग्रामीण बस्तीका समृद्धि कथा

In English (Summary) Moving up the ladder




कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति।
          . . .
भाग्य लहरमा लहरी लहरी
पुगेँ यस मरुस्थलमा कसरी ?

गाउँ र सहरलाई कवि सिद्धिचरण श्रेष्ठले स्वर्ग र मरुभूमिसँग तुलना गरेका छन्। र, ओखलढुंगाजस्तो सुन्दर गाउँमा जन्मेको व्यक्ति कसरी काठमाडौँजस्तो मरुस्थलमा आइपुगियो भनेर उनले खेद व्यक्त गरेका छन्। गाउँप्रति यस्तै आस्था महाकवि लक्ष्मीप्रसाद देवकोटामा पनि थियो। उनीहरूले गाउँलाई सुख, हर्ष, सन्तुष्टि, निर्दोषपना, ईश्वर बस्ने ठाउँ, स्वर्ग आदिका रूपमा व्याख्या गरेका छन्। 

तस्बिर र साहित्यमा देखाइने गाउँका सुन्दर दृश्यभित्र कष्टकर जीवनको अर्को पाटो पनि छ। कविहरूका यी रुमानी वर्णनभित्र कैयौँ नेपालीले आधारभूत सुविधाबाट वञ्चित भएर जीवन बाँचे। कैयौँ नेपाली आफ्नो गाउँ अर्थात् थातथलो छाडेर नयाँ अवसरको खोजीमा भौँतारएि। 

अब गाउँमै समृद्धि, सुख र खुसी खोज्ने क्रम सुरु भएको छ। कतिपय यस्ता गाउँ छन्, जसले गाउँमै सुख र समृद्धि सम्भव छ भन्ने प्रमाणित गरििदएका छन्। धेरै गाउँ र गाउँलेहरू आफ्नो जीवनलाई समृद्ध बनाउन जुर्मुराएका छन्। सहरका सुविधालाई गाउँमा पुर्‍याउन तम्सिएका छन्। प्राकृतिका मनोरम दृश्यहरूलाई जोगाइराख्ने, समाज र संस्कृतिका मौलिकताको संवर्द्धन र परष्िकार गर्ने धुनमा लागेका छन्। आफूसँग भएका प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दैै तिनलाई आर्थिक उपार्जनको माध्यम बनाउन तल्लीन छन् उनीहरू। 

वनका फूल, लहरा, पहरा र छहराले आज कविहरूलाई मात्रै होइन, सात समुद्रपारकिा पर्यटकलाई बोलाइरहेका छन्। र, ती पाहुनालाई स्वागत गर्न गाउँलेहरू एकजुट भएका छन्, कतै होमस्टे बनाएर, कतै पुराना पोसाक र नृत्यहरू चलाएर त कतै गैँडाका वासस्थान जोगाएर। 

असोजको पहिलो साता सिंहदरबारस्थित स्थानीय विकास मन्त्रालयमा भेटिएका सिन्धुपाल्चोक, धुस्कुन गाउँका अगुवा आफ्नो गाउँको विकास कसरी गर्न सकिन्छ भनेर मन्त्रालयका पदाधिकारीसँग राय-सल्लाह माग्दै थिए। आफैँ सक्रिय नभएसम्म र मिलेर काम नगरेसम्म आफ्नो गाउँको विकास गर्न सकिन्न भन्ने निष्कर्षमा पुगेका धुस्कुनवासीले अहिले गाउँको विकास गर्न विभिन्न संरचना बनाएका छन्। पशु समिति, सडक समिति, शिक्षा समिति, यातायात समिति, सहकारी अभियान समिति, सिँचाइ समिति, विद्युतीकरण र सञ्चार समिति, वन तथा वातावरण समिति ।

मोटरबाटो पुगेका कतिपय गाउँका बासिन्दाले त्यसको फाइदा लिन नसक्दा योजनाविद् पीताम्बर शर्मालाई चिन्तित बनाइरह्यो। यो केही वर्षअघिको कुरा थियो। तर, अहिले जहाँजहाँ मोटरबाटो पुग्छ, त्यहाँ झुप्प बस्ती बस्न थाल्छ। बाटोका दायाँबायाँ घर बन्न थाल्छन्। करेसाबारीले व्यवसायको रूप लिन्छ। विद्यालयमा चहलपहल बढ्न थाल्छ। "यसबाट के बुझिन्छ भने आज हरेक गाउँ सहरसँग जोडिन खोजिरहेको छ," शर्मा भन्छन्, "नयाँ सम्भावना र सुविधाका लागि गाउँ छटपटाइरहेको छ।" समग्र मानवीय र सामाजिक विकासका लागि जागेको यो गाउँले हुटहुटी राष्ट्रिय समृद्धिका लागि महत्त्वपूर्ण ऊर्जा साबित हुन सक्छ।

आफ्नो गाउँ बनाउन आफँै कस्सिने लहर धेरैतिर फैलिएको छ। आफ्नै प्रयासमा समृद्ध बनाउने अभियानहरू सुरु भएका छन्। रैथाने सम्भावनाहरूको खोजी गर्ने, स्थानीय उत्पादनलाई बजारमुखी बनाउने र सामूहिक प्रयत्नद्वारा गाउँको अनुहार फेर्न थालिएका स्थानीय प्रयासमा केही गाउँले आफूलाई अब्बल साबित गरसिकेका छन् -हेर्नूस्, केही नमुना गाउँ)। 

गाउँमै अर्थोपार्जनका नयाँ सम्भावना खोज्ने प्रयासकै कारण नेपाली गाउँहरूमा गजबको परविर्तन भित्रिएको छ। त्यस्ता परविर्तनले नेपाली गाउँहरू आशाका केन्द्र मात्रै बनेका छैनन्, राष्ट्रिय विकासमा समेत उनीहरूले योगदान पुर्‍याएका छन्।

पूर्वमुख्यसचिव विमल कोइराला गाउँहरूकै कारण नेपाल असफल राष्ट्र बन्नबाट जोगिएको बताउँछन्। भन्छन्, "सहरले ठूला र राजनीतिक परविर्तनका कुरा गर्लान् तर सानो परविर्तनले समुदायको आर्थिक र सामाजिक अवस्थामा परविर्तन ल्याउने काम भने गाउँहरूले नै गररिहेका छन्।" धुस्कुन गाउँलाई हेर्ने हो भने कोइरालाको भनाइमा विमति राख्ने ठाउँ छैन।

गाउँमा धारा, बिजुली, शिक्षा र स्वास्थ्यका पूर्वाधार बढ्दै छन्, ती पनि समुदायकै प्रयासमा। यसले ग्रामीण अर्थतन्त्र माथि जाने बाटो मात्र छ, तल कुनै हालतमा जान सक्दैन भन्नेमा अर्थशास्त्रीहरू ढुक्क छन्। नमुना गाउँ निर्माणको अभियानमा रहेका मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराल पनि नेपालका गाउँहरू सम्भावनाका खानी भएको बताउँछन्। भन्छन्, "स्थानीय सम्भावनालाई चिनाउने र त्यसबाट अर्थोपार्जन गर्न सकिन्छ भनेर बुझाउन मात्रै सकियो भने गाउँहरू आफैँ परविर्तनको बाटो पहिल्याउन सक्छन्।" 

नेपाली समाजमा सामुदायिक संगठनहरूको भूमिका थप प्रभावकारी देखिएको छ। प्राकृतिक स्रोतको संरक्षणमा सामुदायिक वन उपभोक्ता समितिले देखाएको उदाहरण, सहकारी संस्थाहरूले कृषिमा पुर्‍याएको योगदान, आमा समूहले रोकेको सामाजिक विकृति, कतिपय विद्यालय व्यवस्थापन समितिले शैक्षिक गुणस्तर सुधार र सुलभ आधुनिक शिक्षाका निम्ति देखाएको पहलकदमीले समेत हाम्रा गाउँहरूको शक्ति र सामथ्र्य देखाएका छन्। आमा समूह, महिला सहकारी, सामुदायिक वनजस्ता अभियानहरूले परम्परागत गाउँका अनुहार फेरििदएको छ। महिलाहरूको सामूहिक सक्रियता, संगठन र रैथाने ज्ञानको उपयोगद्वारा गाउँहरू गतिशील बनेका छन्। गाउँ समृद्ध र विकसित भएपछि सहर बन्ने हो। तर, गाउँको मौलिकता कायमै राखेर स्थानीय कला, संस्कृति र परम्परामै समृद्धि खोज्न सक्ने सामथ्र्य पनि नेपाली गाउँहरूले प्रमाणित गरििदएका छन्। यसले नेपाली गाउँको शक्ति र सामथ्र्य प्रदर्शन गरििदएको छ। तर, सबै गाउँ यस्तै छैनन्। यी उदाहरणलाई अरूले पनि पछ्याउने हो भने गाउँबाटै राष्ट्रिय समृद्धिको धुन बज्ने दिन धेरै टाढा छैन। 

जस्तो नारा, उस्तै काम : डल्ला (बर्दिया)
गाउँको नारा छ, सबै घरपरविार, एक न एक रोजगार। नारालाई सार्थक बनाउन बेरोजगारलाई आयमूलक र सीपमूलक तालिम दिइन्छ। दुई वर्षदेखिको यो अभ्यास यति प्रभावकारी बनेको छ कि गाउँमा कोही बेरोजगार बस्नुपरेको छैन। रोजगारीका लागि गाउँ छाड्नुपरेको छैन। १ सय ५ घरपरविार भएको डल्ला गाउँमा महिला र पुरुष हेयर कटिङ्, ढकिया बुनाइ, पर्यापर्यटन, माछा पालन, कुखुरा पालन, ब्युटीपार्लर, सिकर्मी र डकर्मी तालिम बेलाबेला भइरहन्छन्। 

कुनै बेला दिनदहाडै भट्टी पसल चहार्ने र बाटामा डुक्रँदै हिँड्ने पुरुषहरू यस गाउँका परचिायक थिए। अचेल सबै आ-आफ्नो व्यवसायमा व्यस्त हुने भएपछि तास र रक्सीमा जम्ने फुर्सद कसलाई ? त्यसमाथि गाउँलेले नियमै बनाएका छन्, रक्सी र जुवाको कुलतमा लागेको कोही भेटिए ठाडै सामूहिक कारबाही गर्ने। काम नगरी बस्ने, अनुत्पादक काममा समय खेर फाल्नेहरू आफैँ लजाउनुपर्ने अवस्था छ गाउँमा। बालबालिकालाई चिटिक्क पारेर स्कुल पठाउने होड नै चलेको छ। यहाँका शतप्रतिशत बालबालिका विद्यालय जान्छन्।

बर्दियाको सूर्यपटुवा-४, डल्लागाउँको कथा हो यो। छिमेकका अरू गाउँभन्दा यसको रूपरंगै फरक छ। बाटोमा फोहोरका नाममा एक टुक्रा कागज भेटिँदैन। कसैले भूलवश फाले पनि तत्कालै उठाएर फोहोर संकलन गर्ने बाल्टिनमा राख्ने बानी नै परेको छ, यहाँका बासिन्दामा। चोरीसिकारी नियन्त्रणका लागि २४सै घन्टा पहरा दिन्छन्। त्यसका लागि आफैँ सुरक्षादस्ता तयार गरेका छन्।

अरूको मुख ताक्नु नपरोस् भनेर गाउँलेले शिवहर िऋण सहकारी संस्था खोलेका छन्। "कम ब्याजमा सजिलै ऋण पाउने भएपछि कसैले पनि सदरमुकामका बैंक र वित्तीय संस्था धाउनुपरेको छैन," स्थानीय शालिकराम थारू भन्छन्। जंगली जनावरले बाली खाइदिनाले हैरानी खेप्दै आएका यहाँका किसानले २० बिघा खेतमा मेल्था खेती गर्न थालेका छन्। क्यामोमाइल खेती पनि उत्तिकै फस्टाएको छ, जसबाट स्याम्पु, अत्तरलगायत शृंगार प्रसाधन र औषधी बनाइन्छन्। जडीबुटीलगायत यहाँ उत्पादित सामान खरदि गर्न काठमाडौँदेखिका व्यापारी आउने गरेको अध्यक्ष मंगल थारू बताउँछन्।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत १ सय ३ हेक्टर क्षेत्रफलमा फैलिएको शिव सामुदायिक वन उपभोक्ता समूहले दुई वर्षअघि व्यावसायिक तालिम थालेको हो। समूहले होमस्टे व्यवस्थापन गर्दै आएको छ। समूहका सदस्य परशु थारूका अनुसार होमस्टेमा स्वदेशी र विदेशी गरी दैनिक ३० जनाभन्दा बढी पाहुना आउँछन्। नेपाली चलचित्रका नायक राजेश हमालदेखि विश्वप्रसिद्ध चलचित्र टाइटानिकका हिरो लियोनार्दाेसमेत यहाँ रमाएर फर्केका छन्। हमालले त थारू संस्कृतिमाथि चलचित्र नै निर्माण गर्ने उद्घोष गरेका छन्। अध्यक्ष थारू भन्छन्, "हाम्रो परम्परा, संस्कृति र संस्कारबाट जोकोही पनि प्रभावित हुन्छन्।" 

९८ प्रतिशत थारू समुदाय रहेको यस बस्तीमा १८ वटा होमस्टे सञ्चालित छन्। पाहुनाको स्वागतमा भ्याइनभ्याइ छ। होमस्टेमा रहने पर्यटकका लागि समूहको सभाहलमा दिनहुँ सांस्कृतिक कार्यक्रम हुन्छ। पहिला सदरमुकाममा हुने सरकारी तथा गैरसरकारी संस्थाका सभा, सम्मेलन, तालिम, गोष्ठीसमेत अहिले यहीँ गर्न थालिएको छ। "यसले पनि डल्लामा चहलपहल थपेको छ र समुदायको आर्थिक अवस्थासमेत बलियो हुँदै छ," बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार थापा भन्छन्। 

थारू समुदायका घरेलु उत्पादनले राम्रो बजार र मूल्य पाएका छन्। यहाँ उत्पादित ढकिया, जडीबुटी, मेल्थाको तेलबाट किसानहरू बर्सेनि लाखौँ कमाउँछन्। वन संरक्षणसँगै गैँडा, हात्ती, बाघ, चित्तललगायत लोपोन्मुख वन्यजन्तु सहजै देख्न सकिने स्थानीय कृष्ण परयिार बताउँछन्। भन्छन्, "अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले पनि पर्यटकबीच यो क्षेत्र लोकपि्रय बनेको छ।" सामुदायिक वनले गाउँको जीवनस्तर फेरएिको भन्दै गत वर्ष बीबीसीले यही गाउँलाई विश्वका १२ मुलुकका जीवनस्तर सुधारएिका गाउँका रूपमा छानेर सम्मान दिएको थियो। 

नाम्जेको नाम : नाम्जे (धनकुटा)

ढुंगा माटोका स-साना चिटिक्क परेका घर। उत्तरतर्फ हिमालको लहर। कोसी राजमार्गको धरान-धनकुटा सडकखण्ड अन्तर्गत भेडेटारबाट साढे तीन किलोमिटर पूर्वमा छ, भेडेटार-७, धनकुटाको नाम्जे गाउँ। यसलाई सुन्दर रूपमा सजाउन प्रकृतिको जति योगदान छ, कम छैन स्थानीय बासिन्दाको पनि। 

मगर बहुल नाम्जेका समान आकर्षण हुन्, संस्कृति र भौगोलिक दृश्य। करबि चार वर्ष नाम्जेमा बसेर फर्किएका अमेरकिी नागरकि राजीव गोयलको योगदान पनि बिर्संदैनन्, यहाँका गाउँले। जसले होमस्टे, अतिथि सत्कार, आत्मा चौतारो, जैविक खेती र शैक्षिक चेतनाका लागि उल्लेख्य योगदान गरे।

गाउँसम्मै पक्की बाटो बनेको छ। होमस्टेका साथै आधुनिक सुविधासम्पन्न पर्यटक होटल पनि सञ्चालनमा छन्। गाउँको सरसफाइप्रति सबैलाई उत्तिकै चिन्ता छ। मगर जातिको हुर्रा, मारुनी, लिम्बू जातिको च्याब्रुङलगायतका नृत्य पर्यटकका लागि थप आकर्षण हुन्। झ्याली, जोर मादल र बाँसुरीको साथ हुर्रामा रमाउने पर्यटकहरू केही क्षणलाई संसार भुल्ने गरेको अनुभव सुनाउँछन्।

गाउँको थुम्कीडाँडामा चिहान छ। विश्वमै नाम चलेका आर्किटेक्चर र स्थानीयवासीको उत्साहले २ सय १३ चिहानको सामूहिक आत्मा चौतारा निर्माण गरएिको छ। मानव बस्तीनजिकैको यस ठाउँमा शताब्दीऔँदेखि स्थानीयवासीले हरेक मृतकको चिहान राख्दै आएका थिए। यत्रतत्र चिहानले भरएिको डाँडामा जान डराउने गाउँले अहिले त्यसैलाई आम्दानीको स्रोत बनाउन सफल भएका छन्। त्यही डाँडा अवलोकनका लागि दैनिक दर्जनौँ पर्यटक आइपुग्छन्। यहाँबाट भेडेटार, धरान, धनकुटा, भोजपुरलगायत पूर्वाञ्चलका मुख्य सहर र हिमशृंखला हेर्न सकिन्छ। अमेरकिी समाचार संस्था सीएनएनले विश्वकै प्रमुख आकर्षक गन्तव्यको सूचीमा नाम्जेलाई राखेपछि यो गाउँ विश्वमाझ चर्चित बन्नुका साथै पर्यटकको ओइरो लागेको स्थानीय दिलीप रानामगर बताउँछन्। घरैपिच्छे रहेका होमस्टेले घरघरमा समृद्धि पुर्‍याइदिएको छ। गाउँले जागे के सम्भव हुँदैन भन्ने उदाहरण यो गाउँले विश्वमाझ देखाइदिएको छ। 

तरकारी गाउँ : बगरकोट (डडेलधुरा)
दस वर्षअघिसम्म गाउँमा मोटरबाटो, बिजुली, फोन, माध्यमिक विद्यालय र इन्टरनेट सुविधाको कसैले कल्पना पनि गरेका थिएनन्। तर, अहिले सदरमुकाम जोड्ने १९ किलोमिटर मोटरबाटो, बिजुली, खानेपानी, घरघरमा टेलिफोन र टेलिभिजन बगरकोट, डडेलधुराको चिनारी भएको छ। एउटा उच्च माध्यमिक विद्यालय, तीनवटा माध्यमिक विद्यालय र वडावडामा प्राथमिक विद्यालय खुलेका छन्। सबै वडामा कृषि सडक पुगेको छ।

सदरमुकामसँग जोडिएको बगरकोटका ६ सय घरपरविारमध्ये तरकारी खेती नगर्ने नगण्य छन्। यसका साथै बीउबिजन, मौसम, सुन्तलालगायत अमिला फलफूल पनि उत्पादन हुन्छन्। "बगरकोट सुदूरपश्चिमकै तरकारी गाउँ हो," वरष्िठ कृषि विकास अधिकारी राजेन्द्र मिश्र भन्छन्, "यहीँबाट आठ करोड रुपियाँभन्दा बढीको तरकारी निर्यात हुन्छ।"

दस वर्षअघि आफ्नै विवाहमा भरयिा लगाएर सदरमुकामबाट तरकारी किनेर ल्याएका मुकुन्द सिंह अहिले एक सिजनमा दुई लाखभन्दा बढीको तरकारी बेच्छन्। उनीजस्तै उच्च शिक्षा अध्ययन गरेपछि तरकारी खेतीमा लागेका दर्जनौँ सफल युवा गाउँमा छन्। आफ्ना उत्पादन कैलाली, कञ्चनपुर हुँदै भारतको राजधानी दिल्लीसम्म पुग्न थालेपछि उनीहरू झनै उत्साहित छन्।

सुदूर र मध्यपश्चिमका जिल्ला र सीमानजिक रहेका भारतीय बजारमा बगरकोटको तरकारी पुग्छ। गरबिी निवारण कोषका पोर्टफोलियो म्यानेजर तारा जोशी विकास बाहिरबाट आएर होइन, आफूसँग भएको सीपको आधुनिकीकरण र मिहिनेतले आउँछ भन्ने उदाहरण बगरकोटले दिएको बताउँछन्। तरकारीले दिएको समृद्धिसँगै छुवाछूतजस्ता रूढीवादी प्रथा हट्न थालेका छन्। 

जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार बगरकोटमा विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर छैनन्। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा अधिकांशको जनताको पहुँच छ। त्यसैले बालमृत्युदर र मातृमृत्युदर अत्यन्त न्यून छ। महिला र बालबालिकाको स्वास्थ्य सूचकांकमा केही वर्षयता उल्लेख्य सुधार भएको छ। "यहाँका किसानले थालेको आधुनिक तरकारी खेती नै यी सबै परविर्तनको आधार हो," जिविसका पूर्वसभापति रघुवर भट्ट भन्छन्, "तरकारी खेतीले सर्वसाधारणको हातमा पैसा आयो, भोकमरी रहेन। सूचना-प्रविधिसँग स्थानीय जोडिए। जसले आर्थिक विकाससँगै मानवीय विकास पनि सम्भव भयो।"

नगदेबालीमै नगद : भुजुङ (लमजुङ)

झुरुप्प परेको गुरुङ बस्ती। जता हेर्‍यो, उतै सुन्दर दृश्य। सफासुग्घर घर, आँगन र टोल। बाटोघाटो, खानेपानी, बिजुली, टेलिफोनजस्ता आधारभूत सुविधामा कमी छैन। सामूहिक काममा सबै गाउँले जुट्छन्। गाउँलेले आफ्नै प्रयासमा गाउँलाई झिलिमिली पारेका छन्। मिदिम खोलामा ८० र २० किलोवाटका दुई लघु जलविद्युत् आयोजना बनेका छन्। 

सहरका उपभोक्ताले दैनिक लोडसेडिङ् र चर्को महसुलको मार खेपिरहँदा यहाँका स्थानीय भने चौबीसै घन्टा बिजुली उपभोग गर्छन्, त्यो पनि निकै कम महसुलमा। उनीहरू बिजुलीबाटै खाना पकाउँछन्। मिल चलाउँछन्। सञ्चार सुविधा प्रयोग गर्छन्। बिजुलीबाटै चल्ने तीनवटा रोपवे छन्, घाँस, दाउरा, अन्नबाली, मललगायत सामान ओसार्नका लागि। स्थानीय कालीमाया गुरुङ भन्छिन्, "रोपवे बनेपछि वनबाट तीन/चार घन्टा टाउकाको खालो जाने गरी सामान बोक्नुपर्ने बाध्यता हटेको छ।"

यो त्यही गाउँ हो, जहाँ केही वर्षअघि बाटाघाटामा जताततै दिसापिसाबको थुप्रो हुन्थ्यो। मानिसहरू सरसफाइमा ध्यान दिँदैनथे। १२ महिना काम गरेर ६ महिना पनि खान नपुग्ने अवस्था थियो। अहिले यहाँ नगदेबालीको लहर चलेको छ, जसले गर्दा भोक र अभावले डाँडो काटेको छ। करबि १ सय ५० रोपनी जग्गामा सामूहिक चियाखेती गरएिको छ। त्यसैले बाहिरको चिया त ल्याउनुपरेको छैन नै, केही आम्दानी पनि दिएको छ। यहीँको चिया अहिले कोसेलीका रूपमा देशविदेश पुग्छ। चिया खेती अझ विस्तार गर्ने सोच उनीहरूको छ। 

पुख्यौैली पेसाजस्तै रहेको भीरमौरीको महको सिकार यहाँको अर्काे पहिचान हो। कयु, फन्यु, ग्युम्चे, नेडी, लेगा, ल्यागाजस्ता भीरहरूमा बर्सेनि जेठ र असोजमा मह सिकार गरन्िछ। त्यसबाट उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन्। यसलाई महसिकार गर्ने ठाउँका रूपमा परििचत गराउने योजना रहेको गाविसका पूर्वअध्यक्ष नरबहादुर गुरुङको भनाइ छ। 

जातिभेदले गहिरोसँग जरा गाडेको यस गाउँमा पहिला कथित माथिल्लो जातिकाले मात्र पढ्न पाउँथे। अहिले परििस्थति निकै अगाडि बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप)का कृषि सहायक शेरबहादुर घिमिरेको भनाइ छ। गाउँको रीतिथिति व्यवस्थित गर्न हरेक वर्ष भदौमा सभा गरी नियम बनाउँछन्। विगतमा मुखिया र भारदारका अनुकूलमा नालसभा गरी नीति बनाउँथे भने अहिले प्रत्येक वडाका प्रतिनिधि, आमा समूह, क्लब तथा विभिन्न समूहका अगुवाहरूको बृहत् भेलाले मानापाथीको मोल, दण्ड-जरविानादेखि वर्षभर िगरनिे रीतिथितिको नियम बनाउँछ। यसले विकास गरेको सभ्यता र अनुशासनका कारण गाउँको विकास गर्न मद्दत मिलेको गाउँका अगुवा तुलबहादुर गुरुङ बताउँछन्। रोधी विकृत बन्दै गएपछि हटाइएको छ।


बीउले विकास : कर्नास (पर्वत) 

छोटो समयमै उनीहरूको खेतीले फसल दिन्छ। न बाँदरको डर, न बिक्री नहोला भन्ने डर। न त भण्डारणको समस्या नै। धेरै जग्गा पनि नचाहिने। अरू खाद्यान्न लगाउने हो भने मुस्किलले केही महिना खान पुग्दो हो। तर, यहाँका किसानको अक्कलले एक सिजनमा एकदेखि डेढ लाख रुपियाँ कमाइ हुन्छ। त्यस्तो खेती अरू केही नभई बीउ उत्पादन हो। 

पाङराङ-५ र ६, पर्वतको कर्नास गाउँ मुलुकभर बीउबिजनको 'हब'का रूपमा परििचत छ। गाउँलेले मूला, लप्सी -सीएल र बीएल जातका), गोलभेँडा, भक्तपुरे लोकल काँक्रो, चम्सुरलगायतका बीउ उत्पादन गर्दै आएका छन्। यसै वर्षदेखि चौमासे सिमी र सिर्जना जातको हाइबि्रड गोलभेँडाको बीउ उत्पादन गरी थप ४० लाख रुपियाँ आम्दानी लिने तयारीमा छन्। साथै, मिहिनेत र जाँगरसाथ काम गरे गाउँमै मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसमेत यहाँका किसानले दिएका छन्।

पहिले निर्वाहमुखी खेती थियो। धान, कोदो, मकैजस्ता अन्नबाली बाँदरले खाएर हैरान पार्थे। "तर, अहिले बीउकै कारण गाउँलेको जीवनमा कायापलट भएको छ," बीउ उत्पादन समूहका उपाध्यक्ष बाबुराम भुसाल भन्छन्। गाउँलेहरू समूहमा बसेर खेती, प्रविधि र बजारबारे छलफल गर्छन्। सहकारीमार्फत बीउ उत्पादन थालिएपछि सहकार्य र समन्वयको भावना विकास भएको छ। आर्थिक रूपमा जीवनस्तर माथि उठेपछि शिक्षा र चेतनामा पनि सुधार भएको सिद्ध माविका प्रधानाध्यापक चित्रबहादुर पाठक बताउँछन्। यसले सामाजिक सद्भाव बढाएको उनको भनाइ छ। 


पशुपालनले परिवर्तन : डुमरवाना (बारा)

बाराको डुमरवानामा अहिले दैनिक ३ हजार २ सय लिटर दूध संकलन हुन्छ। गाउँलेले वाषिर्क चार करोड रुपियाँ आम्दानी गर्छन्। गाई, भैँसी, बाख्रा, कुखुरा नभएको घर बिरलै फेला पर्छन्। "व्यावसायिक पशुपालन यहाँको पहिचान बनेको छ," साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक नारायण क्षेत्री भन्छन्। 

संस्थाले टोलटोलमा दूध संकलन केन्द्र खोलेको छ। संकलित दूध नारायणघाट, हेटाँैडा र वीरगन्ज पुग्छ। व्यावसायिक पशुपालनमा संस्थाले पाँच करोड रुपियाँ सहुलियत ऋण लगानी गरेको छ। यहाँ २१ वटा सामुदायिक विद्यालय छन् भने तीन उच्च माध्यमिक विद्यालय। सबै सामुदायिक विद्यालयका पक्की भवन छन्, बरू निजी विद्यालय टायलको छानामुनि छन्। गाउँमा ८० प्रतिशत घर पक्की छन्। सरसफाइमा स्थानीय आफैँ अग्रसर हुन्छन्। उपस्वास्थ्य चौकीमा २४ घन्टे प्रसूतिसेवा उपलब्ध छ। "डेढ वर्षदेखि कोही पनि सुत्केरी सेवाका लागि वीरगन्ज जानुपरेको छैन," डुमुरवाना-३ की निर्मला तामाङ भन्छिन्। 

सबैजसो घरमा चर्पी छन्। "कम आर्थिक हैसियत भएका परविारलाई चर्पी बनाउन तीन हजार रुपियाँ गाविसले दिने नीति बनाएका छौँ," गाविस सचिव कमल भूर्तेल भन्छन्। १० देखि १५ घरको बीचमा सार्वजनिक शौचालय छन्। सिंगो गाविसमा ग्राभेल सडक छ। फराकिला सडकछेउमा नाला छन्। "गाउँका सबै घरसम्म ट्रक सजिलै पुग्छ," डुमरवाना-४ का विष्णु अधिकारी भन्छन्। गाविसमा हजारभन्दा बढी स्नातक छन्। पढालेखा युवा पनि कृषिकर्ममा धक फुकाएर लागेका छन्। उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका सचिव विष्णु भट्टराई बेरोजगार महिलालाई सिलाइ प्रशिक्षण दिएर रोजगार दिएको बताउँछन्। 


उत्पादनले उन्नत : भुल्के (सुर्खेत)
भेरी नदी किनारमै छ, सहारे-९, सुर्खेतको भुल्के गाउँ। मगरबहुल यस बस्तीका हरेकजसो घरको छाना टलक्क टल्कने र चिटिक्क मिलेका टिनले सजिएका छन्। पहाडको फेदीमा खरले छाएका घरमा टिन लगाएको धेरै भएको छैन। केही वर्षअघि एक जोर लुगा फेर्न र छाक टार्न भारतको 'कालापहाड' जानुको विकल्प थिएन, यहाँका बासिन्दासँग। पछिल्ला दुई वर्षमा उनीहरूले आफ्नो जीवनस्तर परविर्तन गरेका छन्। 

पहिला उनीहरूको गहुँ र मकैबाहेकको खेतीमा ध्यानै थिएन। त्यसले न उनीहरूको छाक टाथ्र्यो, न त आर्थिक उपार्जन नै। भेरी नदीमा पानी त्यसै खेर जान्थ्यो तर त्यसैको एउटा किनारमा उनीहरूको खेत सुक्खा हुन्थ्यो। अहिले उनीहरू मौसम अनुकूल आलु, बन्दा, काउली, चौमासे सिमी, बोडी, प्याज, टमाटर, काँक्रा, तर्बुजा फलाउँछन्। 

भेरीबाट लिपmट विधिबाट सिँचाइ गर्ने र व्यावसायिक तरकारी खेती गर्ने अभियान नै चलाइएको छ। तरकारी र फलफूलले राम्रो आम्दानी दिएपछि सबैका घरको रूपरंग फेरएिको हो। पूर्ववडा अध्यक्ष नन्दलाल घर्तीका अनुसार आम्दानी बढेपछि यहाँका बासिन्दामा बालबालिकालाई विद्यालय पठाउने लहर चलेको छ। 

"हामीले सुरुमा विकास भनेको बाटो खन्ने र पानी ल्याउने मात्रै सोच्यौँ," घर्ती भन्छन्, "आर्थिक सुधारका काम नगरी मान्छेमा परविर्तन आउँदो रहेनछ।" गाउँलेकै समूह बनाई तरकारीको बेर्ना लगाउने, सिँचाइ गर्ने र व्यावसायिक तरकारी खेती सिकाउने अभियानै चलाएपछि परविर्तन देखिन थालेको हो। 

तरकारी खेती सुरु गरेपछि पक्की घरमा बस्न पाएको बताउँछन्, नरबहादुर बुढा। दुई रोपनी जग्गामा गरेको तरकारी खेतीबाट नौ जनाको परविार ढुक्कसँग चलेको मात्रै छैन, घरजग्गा जोड्न पनि भ्याएका छन् उनले। घरतिर देखाउँदै बुढा भन्छन्, "तरकारी बेचेर तीन लाख रुपियाँमा घर बनाइयो, चार रोपनी खेत पनि जोडेको छु।" सबै घरमा पक्की शौचालय छन्। सबै बालबालिका विद्यालय जान्छन्। सामूहिक रूपमा काम गर्ने चलन बसाएका छन्। अहिले स्थानीयले आफ्नै खर्चबाट विद्यालयमा थप शिक्षक राखेका छन्।


सहकारीको शिक्षा : शंकरपुर (सर्लाही)
१ सय ५० ट्रकभन्दा बढी तरुल काठमाडौँ जान्छ। बेसार र हाइबि्रड मकै लैजान पनि दैनिक दर्जनौँ ट्रक आउँछन्। उखु, तरकारी यहाँका अरू चर्चित नगदे बाली हुन्। आफ्नै उपभोगका लागि मात्र धान रोप्छन्, यहाँका किसान। २० वर्षमा शंकरपुर, सर्लाहीका बासिन्दा नपत्याउँदो उन्नति गर्न सफल भएका छन्। आधुनिक खेती, सामाजिक एकता र निरन्तर मिहिनेतका कारण जिल्लामै नमुना गाउँको रूपमा उदाएको छ यो। आर्थिक मात्र होइन, मानवीय विकासका अन्य सूचकमा पनि यो गाउँ निकै उन्नत रहेको छ। 

जिल्लाभर िऔसत ५० प्रतिशतभन्दा बढी विद्युत् चुहावट छ। तर, शंकरपुरमा समुदायले विद्युत्को जिम्मा लिएकाले चुहावट शून्य भएको छ। "चोरी गर्ने मनसाय नै कसैले राख्दैन। मिलेर जाँदा धेरै कुरा गर्न सकिने रहेछ," सामुदायिक बहुमुखी सहकारी संस्थाका अध्यक्ष जवाहर महतो भन्छन्, "सामाजिक मेलमिलाप र मिहिनेतले प्राप्त भएको सम्पन्नताले धेरै कुरा स्वतः सिकाएको छ।" 

शंकरपुरको सहकारी जिल्लाकै उत्कृष्टमा पर्छ। सहकारीले भर्खरै किसानका लागि दूध चिस्यान केन्द्र स्थापना गरेको छ। विकास बजेटको सदुपयोग गर्न शंकरपुर अग्रपंक्तिमै छ। "गाउँमा आएको विकास बजेट ८५ देखि ९० प्रतिशत सदुपयोग हुन्छ," गाविसका पूर्वउपाध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, "बाँकी रकम पनि गाउँलेका कारण नभई कर्मचारीका कारण तलमाथि हुने हो।"


कृषिले कायापलट : चुनताल (काभ्रे)
पाटा परेको भिरालो बारीमा किसानहरूले बगाएको पसिनाले उग्रचण्डी नाला-७, काभ्रेको चुनताल गाउँलाई समृद्धिको उचाइमा पुर्‍याएको छ। आलु उत्पादनमा अग्रणी यही गाउँबाट एक सिजनमा १ हजार ५ सयदेखि दुई हजार टनसम्म आलु निर्यात हुन्छ। "कम्तीमा वाषिर्क दुई लाखको तरकारी नबेच्ने घरै छैन गाउँमा," स्थानीय भोजराज दाहाल भन्छन्। 

बारीमा आलु, टमाटर, गोठमा दुधालु गाईभैँसी र खोरमा कुखुरा पालेर कसरी अर्थोपार्जन गर्ने भन्ने राम्ररी जानेका छन् किसानले। १० वर्षअघिसम्म गर्जो टार्नका लागि मात्रै खेतीपाती गर्ने यहाँका किसानले अहिले तरकारी खेती र पशुपालनबाटै समृद्धिको बाटो पहिल्याएका छन्। गाउँमा १३ वटा त कुखुरा र्फम मात्रै छन्। करबि सय घरधुरीले व्यावसायिक गाईपालन गरेका छन्।

भोजराज दाहाल तिनैमध्येका हुन्, जो कुुखुरा बेचेर वाषिर्क १० लाख रुपियाँसम्म कमाउँछन्। तरकारीबाट पाँच लाख कमाउँछन्। गाउँबाट दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ। पाँचवटा आमा समूह सक्रिय छन्। सामुदायिक वन र सहकारी सञ्चालनमा पनि यस गाउँलाई नमुना मानिन्छ। 

गाउँलेकै पसिनाले झन्डै नौ किलोमिटर बाटो खनिएको छ। नजिकैको हिले जलजले जंगलको मुहानलाई व्यवस्थित गरेर गाउँलेले पानीको जोहो आफँैले गरेका छन्। स्थानीय गुणप्रसाद दाहाल भन्छन्, "गाउँले एकजुट भए विकास गर्न अरूको मुख ताक्नुपर्दो रहेनछ।" गाउँको अरुणोदय प्राथमिक विद्यालयका लागि स्थानीयले पैसा उठाएर पक्की भवन बनाएका छन्। गाउँमा कच्ची घर भए पनि पक्की शौचालय छन्। स्थानीय दिवाकर दाहाल भन्छन्, "रैथ्ााने सम्भावनाहरूमाथि टेकेर पनि प्रगति गर्न सकिन्छ भन्ने पाठ हामीले अरू गाउँलाई पनि सिकाएका छौँ।"



दालचिनीले चिनायो : ज्यामिरे (पाल्पा)
पाल्पाको ज्यामिरे अहिले दालचिनी गाउँका रूपमा चिनिन्छ। दालचिनी अर्थात् तेजपातको व्यावसायिक खेती थालेपछि गाउँलेको जीवन केही सहज भएको छ। गत वैशाखमा दालचिनी मिनी महोत्सव आयोजना गरेर 'ऋणमुक्त गाउँ'समेत घोषणा गरे गाउँलेले। गाउँका दुई सय परविारको प्रमुख आयस्रोत तेजपात बनेको छ। प्रतिपरविार आय वर्षमा ३० हजारदेखि पाँच लाखसम्म छ। गाउँबाट वाषिर्क डेढ करोडभन्दा बढीको दालचिनीको पात र बोक्रा भारत निकासी हुन्छ।

बारीका कान्ला, पाखा, खोल्सीमा तेजपात हुर्किएका छन्। न्यून आय भएका र छिमेकी गाउँकाले समेत रोजगारी पाएका छन्। दैनिक खर्च चलाउन पनि दालचिनीको पात बोरामा भरेर बजार जाने बानी परेको छ गाउँलेको। मोटरबाटो गाउँमै पुगेको छ। "पहिले दुई घन्टा भारी बोकेर सिद्धार्थ राजमार्ग पुर्‍याउनुपथ्र्यो," स्थानीय सीता थापा भन्छिन्, "अहिले गाउँमै बिक्री हुन्छ।" 

जिल्ला वन अधिकृत सुरेश सिंहका अनुसार वर्षमा ७५ हजार तेजपातका बिरुवा उत्पादन हुन्छन्, जसमा सबभन्दा बढी दोभानको ज्यामिरेमा हुन्छ। ज्यामिरे गाउँ अहिले वरपरका क्षेत्रका लागि नमुना नै बनेको छ। ज्यामिरेको सिको गर्दै वरपरका गाउँमा समेत दालचिनी खेती सुरु गरएिको स्थानीय विष्णु थापा बताउँछन्।

Moving up the ladder

Moving up the ladder, Nepal 
Nepali poets have always waxed lyrical about village life. But hidden behind such words are the agonies of millions who have been deprived of even the most basic necessities. Lately, villagers have proved that it is possible to improve living standards and raise income levels not by migrating abroad, but staying put. This urge to see one's homeland turn into centres of prosperity has spread across the country and villages are undergoing massive changes through the efforts of local communities.

A few years ago, planning expert Pitambar Sharma used to worry that newly constructed roads wouldn't translate into progress for villagers. Today he is elated to see families transform their kitchens into restaurants, homes into hotels and class rooms once again humming with the sounds of students.

Former chief-secretary Bimal Koirala says that the villages are the sole reason Nepal has not turned a failed state. "Leaders in the cities promise revolutionary changes, but it is the rural areas which are propping up the country's economic and social development," he explains.

Take the case of Dhuskun village in Sindhupalchok district. Only recently, village leaders travelled all the way to Kathmandu to consult with officials at the Ministry of Local Development about the plans and prospects for their village. Having learnt the hard way that progress comes only with local involvement, Dhuskun residents have formed committees to manage education, transport, irrigation, electricity, telecommunications, and even livestock.

Similarly, villagers from Dalla in Bardiya, Namje in Dhankuta, Bagarkot in Dadheldhura, Bhujung in Lamjung, Karnas in Parbat, Dumarwana in Bara, Bhulke in Surkhet, Shankarpur in Sarlahi, Chuntal in Kabhre, and Jyamire in Palpa have turned around the fortunes of their families and communities with floriculture, tourism, home stay programs, horticulture, and livestock rearing. Perhaps Nepalis who are returning to families this Dasain will be encouraged by the unprecedented progress and might want to stay behind to build a better future for their hometowns.

The Nepali Times, From The Nepali Press

Full Story in Nepali : दमदार १० गाउँ

Friday, June 22, 2012

यसकारण गोली हानियो मलाई : पदम ठकुराठी


मूर्ति तस्कर पूर्वराजा ज्ञानेन्द्र


३६ को जनमतसंग्रहपछि नेपालमा आएको राजनीतिक खुकुलोपनको लाभ त्यतिवेलाका महापञ्च सूर्यर्बहादुर थापाले पनि लिए । सरकारबाट बहिर्गमन भएपछि र लोकेन्द्रबहादुर चन्दसँग दूरी बढेपछि थापाले एकप्रकारले राष्ट्रिय पञ्चायतमा विपक्षीको भूमिका निर्वाह गर्न थाले । यसै क्रममा उनले भूमिगत गिरोहको पर्दाफास गर्न थालेका थिए । पत्रकारिताबाट यसको नेतृत्व तत्कालीन पत्रकार पदम ठकुराठीले गरेका थिए । फलस्वरूप उनलाई भूमिगत गिरोहले हत्याको प्रयास गर्‍यो । २० भदौ ०४३ मा उनलाई गोली हानियो । यस गोलीकाण्डको पृष्ठभूमिबारे ठकुराठी यसो भन्छन्:

राजनीति छाडेर पत्रकारिता

राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिएको थिएँ, हारेँ । यो ०३८ सालको कुरा हो । मैले चुनाव हार्नुपछाडि भूमिगत गिरोह (कानुनी जिम्मेवारी नभएका, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने) को हात थियो । राजनीतिमा बन्दै गएको मेरो छवि मन नपराउनेहरू पनि थिए । रापंसमा हारेपछि राजनीतिप्रति मोहभंग भयो ।

त्यसपछि लागेँ- पत्रकारितातिर । यता आउनुका कारण थियो- दरबारियाले पञ्चायतलाई माध्यम बनाएर नेपाल र नेपालीको शोषण गरिरहेको छ, त्यसविरुद्ध जनमत नबनाएसम्म यहाँ परिवर्तन सम्भव छैन । त्यो काम सम्भव बनाउन पत्रकारितातिर लागेँ म । क्रमशः पत्रकारितामै रत्तिन थालेँ । राजनीतिमै भविष्य खोज्न प्रतिबद्ध म, भएँ पत्रकार ।

त्यतिवेला हाम्रो मिसन नै थियो- भूमिगत गिरोहविरुद्ध धर्मयुद्ध -जेहाद) छेड्ने । भूमिगत गिरोह भनेको कानुनी जिम्मेवारी नभएका या बोक्नु नपर्ने, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने तत्त्वलाई हामी भूमिगत गिरोह भन्छौँ भनेर पत्रिकामै परिभाषा गरिदिएका थियौं । त्यसो भनेपछि भूमिगत गिरोह भनेको यिनीहरू रहेछन् भनेर सबैलाई थाहा भयो ।

भूमिगत गिरोहको षड्यन्त्र

पञ्चायतकालमा राजा र राजपरिवार संविधानभन्दा माथि थिए । यसको दुरुपयोग गर्दै उनीहरूले व्यक्तिगत फाइदा उठाइरहेका थिए । त्यस्ता कैयौँ घटना मलाई थाहा थियो । ती कुरा पत्रिकाको माध्यमबाट सार्वजनिक गर्न थालेँ । त्यसो भएपछि उनीहरू तिलमिलाए । त्यसपछि मलाई उनीहरूले दुःख दिन थाले । धम्क्याए । पत्रिका सिज गरे । २५ पटकसम्म त जेल हाले । तर, म कति पनि विचलित भइनँ । किनकि म आफ्नो मिसनमा प्रतिबद्ध भएर लागेको थिएँ । उनीहरूले त्यसरी दुःख दिँदा मलाई एकखालको आनन्द लाग्थ्यो, किनकि म आफ्नो मिसनमा सफलता पाउँदै गइरहेको अनुभूत गर्थेँ । लाग्थ्यो- पत्रकारिताबाटै भूमिगत गिरोहलाई तह लगाउँछु म । पत्रकारिताको शक्तिमाथि म पूर्णतः विश्वस्त थिएँ । म भलिभाँती जान्दथेँ- कलमको तागत कति हुन्छ ।

जाँदा मूर्ति आउँदा सुन

नेपालमा अब सक्कली मूर्ति बाँकी छैनन् भन्न सकिन्छ । पशुपतिनाथका चाहिँ भन्न सक्दिनँ । तीबाहेक सबै मूर्ति विदेश पुर्‍याइएका छन् । सक्कली मूर्तिका ठाउँमा प्रतिलिपि र प्रतिकृति स्थापना गरिएका हुन् । मूर्तिका साथै मन्दिरका टुँडाल र हस्तलिखित ग्रन्थसमेत विदेश पुर्‍याइएका छन् । विदेश पुर्‍याउने पूर्वराजा ज्ञानेन्द्र थिए । उनै हुन्- विदेशबाट आउँदा सुन र हेरोइन ल्याउने पनि ।

त्यतिवेला नेपाल र भारतमा एकतोला सुनको भाउमा तीन सय रुपैयाँको फरक थियो । तसर्थ, विदेशबाट ल्याइएका सुन भारत निर्यात गरिन्थ्यो । सुन भारत निर्यात गर्न धनगढीलाई उपयुक्त मानिन्थ्यो । किनकि, त्यहाँ धीरेन्द्रको लगानीमा लक्ष्मी कत्था उद्योग सञ्चालित थियो । सो उद्योगले सुनको बिस्कुट आकारकै कत्था बनाई कत्थाभित्र सुनको बिस्कुट हालेर भारत पठाउँथ्यो । त्यो जानकारी हाम्रो पत्रिकाको सूत्रले थाहा पाएपछि विमर्शमा समाचार छापियोे । समाचार छापिएपछि भूमिगत गिरोहले मलाई वाच गर्न थाले ।


मागेजति पैसा दिने प्रलोभन

धीरेन्द्र शाहका एडिसी भरत गुरुङले मलाई फोन गरे । गुरुङले फोनमै भने, 'तपाईंले पत्रकारिता छाड्नुपर्‍यो । छाडेबापत जति माग्नुहुन्छ त्यति पैसा र पद-प्रतिष्ठा मालिकबाट दिलाइदिन्छु ।' त्यो प्रस्तावको ठाडो अस्वीकार गरेँ । प्रतिउत्तरमा मैले गुरुङलाई भनेँ, 'मलाई तिम्रो मालिकको पैसाको लोभ छैन । चाहिँदैन पद-प्रतिष्ठा पनि । मलाई पाठकले दिएको माया नै मेरा लागि अमूल्य सम्पत्ति हो ।'

मैले पत्रकारिता छाडेमा उनीहरूको अवैध धन्धा निर्वाध चलिरहन्थ्यो । म त्यसको विपक्षमा थिएँ । बारम्बार मलाई उनीहरूले फकाउने प्रयास गरे । म उनीहरूको प्रलोभनमा परिनँ । मलाई निष्त्रिय पार्न खोजियो । म झनै सक्रिय बनेँ । भूमिगत गिरोहबाट आएका प्रलोभन मेरा लागि सक्रिय भएर पत्रकारितामा लाग्ने थप ऊर्जा बन्यो । कति गर्दा पनि उनीहरू सफल भएनन् । पत्रिका निरन्तर प्रकाशन भइरह्यो । उनीहरूले गरेका गलत कामको समाचार आउन पनि छाडेन ।

फुटबलभित्र हेरोइन

सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो सत्ता हो । त्यही सत्ताको खोजीमा हुन्छन् उनीहरू । १९८४ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा भएको थियो । त्यहाँ हुने ओलम्पिकमा नेपालबाट खेलकुद परिषद्का संरक्षक धीरेन्द्र शाह, सदस्य-सचिव शरदचन्द्र शाह, धीरेन्द्रका एडिसी भरत गुरुङ, तेक्वान्दो खेलाडी जगत गौचन (शाहीकालका भौतिक योजना राज्यमन्त्री) गएका थिए । यो टोलीले फुटबलभित्र हेरोइन राखेर लगेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको ब्यागेज चेक-जाँच भएन । किनकि, पञ्चायतकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजपरिवार तथा राजपरिवार सदस्यको ब्यागेज चेक-जाँच गर्न पाइन्नथ्यो ।

त्यतिवेलाको कानुन नै त्यस्तो थियो । ओलम्पिकमा भाग लिन त्यता हिँडेका उक्त टोलीको ब्यागेज चेक-जाँच गर्न नपाइएपछि फुटबलभित्र लुकाएर लगिएको हेरोइन अमेरिका पुर्‍याउन गाह्रो भएन उनीहरूलाई । तर, अमेरिका ओर्लनासाथ शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ विमानस्थलमै समातिए । अमेरिकाका लागि तात्कालिक नेपाली राजदूत विश्व प्रधान जमानी बसेर शाहलाई तत्काल छुटाइए पनि श्रेष्ठ भने अहिले पनि अमेरिकामै जेल सजाय भोग्दै छन् ।

अमेरिकाबाट फ्याक्स

शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ समातिएको खबर अमेरिकाको स्थानीय एक पत्रिकामा छापियो । त्यो समाचार हाम्रो (विमर्श साप्ताहिक) पत्रिकाका एक पाठकले पढेछन् । समाचार पढ्नासाथ प्रकाशित समाचारको कटिङ उनले हामीलाई अमेरिकाबाट फ्याक्स गरिदिए । त्यही समाचार कटिङलाई स्रोत बनाएर हामीले समाचार छाप्यौँ । विमर्शमा छापिएको समाचारको कटिङ भूमिगत गिरोहका आफन्तले फ्याक्स गरी अमेरिका पठाएछन् ।

अमेरिकामा मात्रै नभएर उनीहरूले गर्दै आएका अवैध काम सारा नेपालीलाई थाहा भयो । त्यतिवेला हामीले एक हजारप्रति पत्रिका हुलाकबाट संसारभरि पठाउँथ्यौँ । तसर्थ, त्यो खबर देश-विदेशमा रहेका नेपालीले थाहा पाए । त्यसो भएपछि ममाथि उनीहरूले अपराध चिताउन बाध्य भए ।

अन्ततः मार्ने योजना

अन्ततः मलाई मार्ने योजना बनाइयो । त्यो पनि नेपालमा नभएर, अमेरिकाको लसएन्जल्समा । लसएन्जल्सको एक होटलमा बसेको छलफलमा धीरेन्द्र शाह, शरदचन्द्र शाह, भरत गुरुङ र दुई विदेशी सहभागी थिए रे । मलाई मार्न जगत गौचनलाई प्रस्ताव राखियो । गौचनले सो प्रस्ताव सहर्ष स्विकारे ।

३० चैत ०४३ को रापंस चुनावमा म्याग्दीको शिख गाउँ विकास समितिको मूलपानी गोलीकाण्डमा हिराबहादुर पुन, हिरालाल फगामी र सुरेश सेर्बुजाको मृत्यु भयो भने आइमती पाइचाको आँखामा गोली लाग्यो, १० घाइते र ४० विस्थापित भएका थिए । सो गोलीकाण्ड तात्कालिक रापंस सदस्य भीमप्रसाद गौचनको निर्देशनमा भएको थियो भन्ने समाचार विमर्शमा छापिएको थियो । त्यसको रिस फेर्न चाहिरहेका थिए जगत गौचनले । जसको बदला लिन उनी आतुर थिए । धीरेन्द्र, शरद र भरत नेपाल र्फकनुअघि नै मलाई सिध्याइसक्नुपर्ने उर्दी जारी गरिएको रहेछ । आज्ञापालक जगत गौचनले ओलम्पिकबाट र्फकनसाथ काम कुरा अगाडि बढाए ।

पेस्तोल चलाउन तालिम

थाहा पाएसम्म निरन्तर दरबार र दरबारियाको समाचार लेखिरहेँ । उनीहरूका बारेमा समाचार लेख्ोबापत म राजाविरोधी पत्रकार भएको थएँ । त्यसकारण म उनीहरूका लागि आँखाको कसिंगर भएँ । मेरो अस्तित्व रहेसम्म कसिंगर पन्छाउनु त्यति सजिलो थिएन । कसिंगर पन्छाउनु भनेको मेरो अस्तित्व सिध्याउनु हो । त्यसैअनुसार मलाई सिध्याउन उनीहरू लागिपरे । जगतले टंक गौचनमार्फत विकास गुरुङ फेलापारे ।

मलाई सिध्याउन विकासलाई तयार पारियो । गुरुङ स्याङ्जाको आँधीखोलामा एकजनाको हत्या गरी काठमाडौँ पसेका रहेछन् । त्यो मुद्दा जगतले जिताइदिन्छु भन्ने आश्वासन दिएपछि विकास मलाई सिध्याउन तयार भएका रहेछन् । मलाई खुकुरी प्रहार गरी मार्नु भनिए पनि गुरुङले नमानेपछि पेस्तोल तयार पारिएको रहेछ । तयार पारेपछि विकासलाई पेस्तोल चलाउने तालिम गराइयो । तालिम फर्पिङको हात्तीवनमा भएको थियो । गोली भने प्रदीपले नीरशमशेरका नाति विनयशमशेरबाट हात पारेका थिए ।

नरशमशेरको पेस्तोल

विकास गुरुङले तालिममा चलाएको पेस्तोल नरशमशेरको थियो । नरशमशेरका छोरा प्रदीपशमशेर जगत गौचनका चेला थिए । मतलब गौचनले प्रदीपलाई तेक्वान्दो तालिम गराउँथे । उनै चेला प्रदीपमार्फत गौचनले नरशमशेरका पेस्तोल हात पारे । नाइन एमएमको सो पेस्तोल स्विट्जरल्यान्ड जाँदा त्यहाँका एक पेस्तोल कम्पनीले दुईवटा पेस्तोल उपहार दिएको रहेछ । त्यसमध्ये एउटा त्रिभुवनले राखे र अर्का नरशमशेरलाई दिएका थिए ।

२० भदौ ०४३ मा त्यही पेस्तोलले मलाई गोली हानियो । गोली हानेका थिए- उनै विकास गुरुङले । गोली हानेको ३५ दिनसम्म मेरो होस खुलेन । मेरो उपचार बंैककको समितिभेज अस्पतालमा भएको हो । दुई महिनासम्मको उपचारपछि म जाती भएँ । उपचारका लागि लगभग २५ लाख खर्च भयो । पाँच सय पाउन्ड मात्रै खर्च भयो मेरो । बाँकी आमनेपाली शुभचिन्तकको सहयोगले मेरो उपचार सम्भव भएको थियो । सात हजार सरकारले दिएका थिए । मलाई गोली हानिएपछि मेरा मित्रहरूले नेपाल टेलिभिजनबाट 'पदम ठकुराठी उपचार कोष' गठन भएको सूचना प्रवाह गरेपछि मेरो उपचारका लागि त्यतिविधि रुपैयाँ जम्मा भएको थियो । त्यतिवेला मागेजति रुपैयाँ र पद-प्रतिष्ठामा बिकेको भए आज म पदम ठकुराठी हुने थिइनँ ।
प्रस्तुतिः दीपेन्द्र राई

Sunday, June 3, 2012

यस्तो अवस्था आउला भन्ने सोचेको थिइनँ: प्रधानन्यायाधीश खिलराज रेग्मी


संक्रमणकालीन राजनीतिसँग जोडिएका विवादलाई प्राथमिकतासाथ सुनुवाइ गर्ने परिपाटी बसालेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी पछिल्लोपल्ट संविधानसभाको म्याद थप्ने सरकारी विधेयकमा रोक लगाएका कारण चर्चामा छन् । प्रस्तुत छ, संविधानसभाको म्यादलाई सीमित गर्ने आदेश, हालको संवैधानिक संकटलगायतका विषयमा उनीसँग रामबहादुर रावलले गरेको विशेष संवाद :
सर्वोच्च अदालतको आदेशका कारणले संविधानसभा संविधानै नदिई विघटन भयो । तपाईंले आदेश गर्दा यस्तो परिस्थिति आउला भन्ने कुनै कल्पना गर्नुभएको थियो ?

त्यस्तो कल्पना थिएन। किनभने, अवधि तोकिएको संविधान अन्तर्गत नै संविधानसभाको चुनाव भएको हो। जनादेश पनि त्यसैमा आधारित थियो। संविधानमा तोकिएको समय व्यतीत भइसकेपछि विभिन्न चरणमा भएका म्याद थपका विरुद्ध अदालतमा मुद्दा आए। ११ जेठ २०६८ को निर्णयमै संविधान बन्नुपर्छ तर समय अगाडि गइसकेको अवस्था हो भन्ने संकेत र उद्बोध हुने गरी स्पष्ट पारिएको थियो। त्यो निर्णय आवश्यकताको सिद्धान्त अनुसार भएको थियो। तैपनि, यस (संविधानसभा)लाई सदुपयोग गर्नुपर्छ र समयमै संविधान आउनुपर्छ भन्ने नाममा म्याद पनि थपिरहनुपर्छ भन्ने होइन। त्यतिबेला निर्णय गर्दा हामीले बढी समय लम्बिने कुरातर्फ सबै जिम्मेवार हुनुपर्छ, संविधानसभा बढी सक्रिय हुनुपर्छ भन्ने भाषा प्रयोग गरेका छौँ। फेरिएपछि पनि म्याद थपिँदै गयो। हाम्रो उद्देश्य के थियो भने समय नपाएका कारण तत्काल यसको अन्त्य नहोस्, आवश्यक समय पाओस् र सँगसँगै समयमै काम गर्नुपर्छ भन्ने कुराको पनि उद्बोध होस्। हामीले यो पटकपटक म्याद थपिने विषय होइन र आवश्यकताको सिद्धान्त पनि पटकपटक प्रयोग हुन सक्दैन भनेका थियौँ।