मित्र विश्वराजजी,
बाहुनवादबारे कृष्ण भट्टचनको लेखमाथिको तपाईंको प्रतिक्रिया पढियो । यसले मलाई पनि केही लेख्न प्रेरित गर्यो ।
आधारभूत रूपमा तपाईंको ब्लग/प्रतिक्रियामा असहमति राख्ने ठाउँ छैन । बाहुन कसरी शिक्षित र बौद्धिक कार्यमा अभ्यस्त भए भन्नेमा जुन तर्कहरु प्रस्तुत गर्नुभएको छ, ती मननीय र रमाइला पनि छन् ।
दलितको सन्दर्भमा चाहिं मेरो फरक दृष्टिकोण छ । पेसागत हिसाबले दलितहरू आयमूलक काममा छन् । व्यापार र व्यवसायमूलक कर्ममा छन् । यस हिसाबले हेर्दा उनीहरू नेपाली अर्थतन्त्रका आधार वर्ग हुनुपर्ने हो । व्यावसायिक वर्ग हुनुपर्ने हो । तर, तिनै दलित अमानवीय रुपमा हेपिएका छन्, उत्पीडित छन् । यो हामीले मनन गर्नैपर्छ कि श्रमको सम्मान नगर्ने संस्कृति हाम्रो विकासको बाधक बनेको छ । दलितलाई हेप्ने, अपमान गर्ने र छूवाछूतको व्यवहार गर्ने हाम्रो संस्कारको कारण कर्मी कामी बन्यो । सूचीकार दर्जी बन्यो । कलाकार गाइने बन्यो । चर्मकार सार्की बन्यो । सुवर्णकार सुनार बन्यो । उनीहरुका आरनले कर्पोरेट आकार लिन सकेनन् । परिणाम, हामी सबै पछि पर्यौँ । अझै पनि म भन्छु, दलितको सीप र कौशललाई हामीले कर्पोरेटीकरण गर्न नसकेसम्म हाम्रो उन्नति र प्रगति सम्भव छैन । समतामूलक विकास पनि सम्भव छैन । यो जिम्मेवारी बाहुनको पनि हो । क्षत्रीको पनि हो । दलितलाई समान हैसियतमा नपुर्याएसम्म बाहुनको पनि इज्जत रहनेवाला छैन । बाहुनवादको सप्कोले बेरिरहनेछौँ ।

अर्को कुरा, बाहुनवाद शब्दको आविष्कार जनयुद्धका क्रममा भएको होइन । यसको पहिलो प्रयोग डोरबहादुर विष्टले गरे, भाग्यवाद र विकास अर्थ लाग्ने अंग्रेजी पुस्तकमा । उनले तर्कशास्त्रका आधारमा यो शब्दलाई परिभाषित र स्थापित गर्न खोजेका थिए । पछि डिफिडको एउटा परियोजनाका लागि विश्व बैंकले मानवशास्त्री लिन बनेटलाई कन्सल्ट्यान्टको रूपमा व्यवस्था गरिदियो । बेनेटले विष्टको तर्कशास्त्रलाई तथ्यांकबाट पुष्टि गरिदिइन् । छोटा नागरिक बडा नागरिक शीर्षकमा पुस्तक नै प्रकाशन गयो । त्यसपछि बाहुनवाद शब्द भाइरल बन्यो, जनजातीय संगठनहरुका कार्यक्रममा । यही बीचमा माओवादी आन्दोलन सुरु भयो । यो आन्दोलन सुरुवाती चरणमा वर्गीय मुद्दामा नै केन्द्रित थियो । केही मागहरु राष्ट्रवादी प्रकृतिका थिए । पछि विस्तारै यसमा जातिवाद घुस्यो । जातिवाद भन्दा पनि केही जनजातिवादी अधिकारकर्मीहरुको एजेन्डा घुस्यो । पश्चिमा विद्या पढेर आएका उनीहरुका थेसिसका प्रयोगहरु राजनीतिक आन्दोलनका एजेन्डा बने । अतिवादी, जातीयतावादी, पृथकतावादीहरुका हिंस्रक संगठनलाई आफ्नो वर्गीय आन्दोलनका संगठनमा गाभेर प्रचण्डले शक्ति विस्तारको रणनीति लिए ।
वर्गीय मुद्दा आफैमा खराब होइन । तर, यसको सीमा छ । यस मुद्दाले रातारात मान्छेलाई उचाल्न सक्दैन । कुनै संगठनका नारा वा नेताका भाषणले एकैछिनमा उत्तेजित गराउँदैन । निश्चित समयपछि यो आन्दोलन थिग्रिन्छ पनि । नेताको जीवनशैली फेरिँदै जान्छ । फेरिनुपर्ने दुईटा कारण छन् । एक, मान्छे स्वभावैले सुविधाभोगी प्राणी । कार्यकर्ताको पाखुरीको बलमा नेता सुविधाभोगी बन्दै जान्छ । अर्को, नेता एक जैविक प्राणी पनि हो । ऊ उमेर र थकान दुवै कारणले विस्तारै थलिँदै जान्छ । त्यसैले ऊ आराम खोज्छ । यी दुवै कारणले उसलाई सुविधाभोगी बनाउँछन् । प्रकारान्तरले नेताको जीवनशैली सामन्तीकृत हुँदै जान्छ । आदर्श कार्यकर्ता र जोशिला युवाहरूलाई त्यो चित्त बुझ्ने कुरै भएन । त्यस अवस्थामा संगठन कमजोर बन्छ ।
यस अवस्थामा नेताहरूसँग एउटै विकल्प बाँकी रहन्छ, जनमानसलाई भावनाका भरमा भड्काउने । उत्तेजित पार्ने । भावनात्मक रूपमा उद्वेलित बनाउने । त्यो भावना कतै जातीय उत्पीडन र पछौटेपनलाई लिएर उचालिन्छ त कतै सांस्कृति मुद्दालाई । कतै जनतालाई भड्काउन भाषा प्रयोग गरिन्छ त कतै धर्म । कतै आनुवांशिकतालाई त कतै क्षेत्रीयतालाई । समग्रमा यसलाई नाम दिइन्छ, पहिचान । जब पहिचानको मुद्दालाई लिएर मान्छे भड्किन्छ, उसलाई थाम्न मुस्किल पर्छ । पहिचान फेरि यस्तो बहुरुपी हुन्छ कि जसको न ठोस आकार हुन्छ, न बनावट । न यसको निश्चित आकार हुन्छ, न त भौगोलिक सीमा नै । यो अमूर्त नाराका लागि रातारात मान्छे अन्धो भएर ज्यान दिन तयार हुन्छ । विवेकी नेतृत्वले यसलाई राजनीतिमा हत्पत्ति प्रयोग गर्दैन । तर, शक्तिको मोहले मदान्ध भएको महत्त्वाकांक्षी नेताले आफ्ना उपायहरू भुत्ते भइसकेपछि हरतरहले यस्तै मानवीय संवेगसँग जोडिएका जोखिमपूर्ण औजारको प्रयोग गर्छन् । अन्तत: परशुरामको अन्त्यजस्तै गरी तिनै औजारको प्रहारबाट पतन बेहोर्छन् ।

यसको अर्थ पहिचान केही पनि होइन, पहिचानको आन्दोलन पनि फजुल हो भन्ने पक्षमा म छैन । यसले केही उपलब्धि पनि नेपाली समाजलाई दिएको छ । पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धिको चर्चा अर्को ब्लगमा । आफ्नो ब्लगको लिंक डीएम गरेर मलाई समसामयिक बहसको विषयमा अध्ययन गर्न बाध्य पार्ने विश्वराजजीलाई धन्यवाद । र, धन्यवाद, यो यति लेख्न कुत्कुल्याउनुभएकामा ।
No comments:
Post a Comment