Monday, February 20, 2012

काइदाको धन्दा राजनीति



ने कपा एमाले बाजुरा जिल्ला कमिटीका अध्यक्ष प्रकाशबहादुर शाहमाथि लगाइएका २३ आरोपमध्येका केही मात्रै हुन् यी । यी आरोपबारे छानबिन गर्न छुट्टै समिति बनाइएको छ र अध्यक्ष शाह जिल्ला कमिटीको बहुमतबाट निलम्बित छन् । आर्थिक लेनदेनसँग जोडिएका कतिपय आरोप उनी नकार्दैनन् पनि । भन्छन्, "म राजनीतिका लागि सरकारी जागिरसमेत छोडेको व्यक्ति हुँ । आफ्नो छुट्टै कमाइ छैन । सम्पूर्ण जीवन राजनीतिमा लगाएको छु । मेरो यो स्िथतिप्रति सदाशयता जनाउँदै साथीहरूले गरेको सहयोगलाई पनि राजनीतिक प्रतिशोधको विषय बनाइयो ।"

अध्यक्ष शाह त एक प्रतिनिधि पात्र मात्रै हुन् भन्दा पनि हुन्छ । पूर्णकालीन राजनीतिमा होमिएका देशभरका लाखौँ कार्यकर्ताले कसरी जीवनयापन गररिहेका छन् भन्ने प्रश्नको साझा उत्तरका रूपमा पनि उनलाई लिन नसकिने कुनै कारण देखिन्न । किनभने, प्रत्यक्ष रूपमा लाभको पद नपाउन्जेल राजनीतिबाट पैसा आउँदैन । केही दलले निश्चित पदमा रहेका नेतालाई रकमको जोहो गरििदए पनि त्यसले उनीहरूको जीविका चल्दैन । त्यसकारण अधिकांश नेता-कार्यकर्ताको धन्दा कर्मचारी र प्रहरीको सरुवा, बढुवा, ठेक्कापट्टा, घुस, कमिसन नै बन्ने गरेको छ ।

हुन पनि तल्लो तहका कार्यकर्तादेखि उपल्लो स्तरका नेतासम्मका गतिविधिको निगरानी गर्ने हो भने यस्ता कैयौँ उदाहरण भेट्न सकिन्छ, जसले परविारको लालनपालनसमेत राजनीतिबाटै गर्नुपरेको छ । यति मात्रै होइन, कतिपय राजनीतिक नेता-कार्यकर्ताको जीवनशैली पनि अस्वाभाविक देखिन्छ जबकि उनीहरूको आयको ठोस स्रोत कतै देखिन्न । प्रत्यक्ष राजनीतिमा आबद्ध जनसंख्याको ठूलो आकारलाई हेर्दा, राजनीतिलाई नै प्रमुख आर्थिक आधार बनाउने परपिाटी निकै फैलिएको पनि देखिन्छ । साथै, बजारमा रोजगारीको अवसर नपाइरहँदा जीविकाको सहज बाटोका रूपमा राजनीतिलाई रोज्ने क्रम बढिरहेको त छैन भन्ने प्रश्नसमेत उब्जिएको छ ।

१६ लाखको जीविका राजनीति
संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका ४ लाख ३६ हजार पूर्णकालीन सदस्य रहेको पेरसिडाँडास्िथत मुख्यालयको विवरणले भन्छ । त्यस्तै नेपाली कांग्रेसको अभिलेखमा ३ लाख ११ हजार क्रियाशील सदस्य छन् भने नेकपा एमालेले १ लाख ५७ हजार संगठित सदस्य रहेको जनाएको छ । आफ्ना साधारण सदस्य मात्रै ६ लाख रहेको एमालेको दाबी छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले चार लाख र उपेन्द्र यादव नेतृत्वको फोरमले एक लाख सदस्य रहेको दाबी गरेका छन् । यीमध्ये सबैभन्दा धेरै पूर्णकालीन सदस्य माओवादीसँग रहेका छन् ।

भूमिगत फौजी संघर्षको पृष्ठभूमिबाट आएको माओवादीका १९ हजार लडाकू त पाँच वर्षभन्दा बढी समय राज्यको तलबभत्ता खाएर शिविरमै बसे । त्यसैगरी उसको युवा संगठन वाईसीएल पनि फौजी शैलीमै संगठित थियो । जसका गतिविधि केही महिनायता शिथिल छन् । सबैभन्दा ठूलो केन्द्रीय समिति पनि यही पार्टीको छ । द्वन्द्वकालमा समानान्तर सरकारको अभ्यास गरेको माओवादीले त्यतिखेर सबैजसो कार्यकर्तालाई पूर्णकालिक बनाउने अभियान नै चलाएको थियो । द्वन्द्वका क्रममा मृत्यु भएका नेता-कार्यकर्ताका परविार, बेपत्ताका आफन्त, अयोग्य ठहरएिका लडाकू, अंगभंग भएका कार्यकर्तालाई समेत माओवादी पार्टीले औपचारकि-अनौपचारकि रूपमा खर्च उपलब्ध गराइरहेको छ ।

प्याब्सनको व्यापार

'कि ज्ञान जान्नु, नत्र नियम मान्नू' भन्ने मन्त्रलाई निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)मा आबद्ध विद्यालयले धोती लगाइदिए। कसरी भने, एसएलसीका लागि पूर्वयोग्यताका रूपमा लिइने टेस्ट (सेन्डअप) परीक्षाको व्यवस्था सरकारले वैधानिक रूपमै खारेज गरे पनि यी विद्यालयले परीक्षा लिएरै छाडे।

नियमविरुद्ध गएरै भए पनि सेन्डअप परीक्षा नलिई नहुने त्यस्तो के खण्ड आइपर्‍यो होला ? यस प्रश्नको उत्तर खोतल्दै जाँदा सेन्डअप परीक्षाको अर्थशास्त्रमा पुग्नुपर्ने हुन्छ। सेन्डअपका नाममा ती संगठनले आफ्ना सदस्य विद्यालय अन्तर्गतका विद्यार्थीबाट देशव्यापी रूपमा रकम उठाउँछन्। काठमाडौँ प्याब्सनले मात्रै प्रतिविद्यार्थी ४ सय ५० रुपियाँका दरले परीक्षाशुल्कबापत उठाएको छ। उपाध्यक्ष थकिनकुमार गुरुङका अनुसार काठमाडौँ प्याब्सन अन्तर्गत मात्रै १२ हजार विद्यार्थीले सेन्डअप जाँच दिएका थिए। यस हिसाबले ५४ लाख रुपियाँ काठमाडौँ जिल्लामा मात्रै उठाएको छ, प्याब्सनले। त्यसरी नै ललितपुर र भक्तपुरमा पनि प्रतिविद्यार्थी ४ सय ५० रुपियाँ नै उठाइएको छ। धादिङमा भने ६ सय ५० रुपियाँ सेन्डअप परीक्षाका नाममा प्रत्येक विद्यार्थीबाट असुलिएको छ। यही रकमबाट प्याब्सनले प्रश्नपत्र तयार गर्छ।

अर्को रोचक पक्ष के भने शुल्क जतिसुकै उठाए पनि प्याब्सनले प्रश्नपत्र भने पुरानै प्रयोग गरेको पाइएको छ। विगत वर्षका परीक्षामा प्रयोग भइसकेका प्रश्नपत्रसँग यसपालिका दुरुस्तै मिलेपछि केही विद्यालय सञ्चालकले भने प्याब्सनको भूमिकामाथि प्रश्न उठाएका छन्। 'प्रश्नपत्रसमेत नयाँ नबनाउने हो भने त्यतिको रकम विद्यार्थीबाट उठाएको के काम ?' भन्दै कतिपय सञ्चालकले प्याब्सनमा उजुरीसमेत गरेका छन्। यति हुँदाहुँदै पनि जाँचका नाममा हुने करोडौँको कारोबार बन्द गर्न कोही तयार छैनन्। यही त अचम्म छ !

कहीँ नभएको जात्रा हिसानमा !

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखान सुन्दासुन्दै दिक्क त हुनुभएको छैन ? छ भने धन्दा नमान्नूस्। यसलाई रििमक्स गरेर 'कहीँ नभएको जात्रा उच्च माध्यमिक विद्यालय संगठन (हिसान)मा' बनाउन सकिन्छ। उच्च मावि सञ्चालकहरूको संगठन हिसानमा नेता बन्न खोज्ने सदस्य धेरै भएपछि सबैलाई पदको भागबन्डा मिलाउन के मात्रै गरएिन ? हालै राजधानीमा सम्पन्न अधिवेशनबाट निर्वाचित ४७ सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना हेरौँ, प्रस्ट भइन्छ।

देशभर करबि पाँच सय हाराहारी सदस्य रहेको उक्त संगठनमा १० प्रतिशतले केन्द्रीय नेतृत्वमा उपस्थिति जनाए। तीमध्ये ११ जना उपाध्यक्ष मात्रै छन्। उपाध्यक्षमा पनि वरष्िठ, केन्द्रीय र क्षेत्रीय गरी तीन तह बनाइएको छ। ६ जना सचिवलाई कार्यालय, संगठन, प्रचारप्रसार, योजना/कार्यक्रम, प्राज्ञिक र अन्तर्राष्ट्रिय गरी जिम्मेवारीका आधारमा कोटिकरण गरएिको छ। अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना छन्। यति मात्रै नभई अध्यक्षपछि उपाध्यक्षको वरयिता हुने आमप्रचलन भंग गर्दै हिसानले महासचिवपछि मात्रै उपाध्यक्षको पदक्रम निर्धारण गरी अर्को कीर्तिमान राखेको छ।

यसबाट अध्यक्ष उमेश श्रेष्ठ, वरष्िठ उपाध्यक्ष बाबुराम पोखरेल, महासचिव युवराज शर्माको पद मात्रै सुरक्षित भएन, उपल्लो पदमा पुग्न चाहने 'लो प्रोफाइल'वालालाई पनि उच्च हैसियत प्राप्त भइहाल्यो। सबैले उच्च पद पाएपछि फुट्ने सम्भावना पनि टर्‍यो। आखिर एकपटक नेतृत्वमा पुगेपछि छाड्नै नमान्ने, छाड्नुपरे संगठनै टुक्र्याउने, त्यो पनि सम्भव नभए नयाँ संगठन खोल्न अभ्यस्त न परे। नयाँ काइदा निकाले, साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने। अनौठा र अस्वाभाविक मात्रामा पदहरू सिर्जना गरेर भए पनि भागबन्डा मिलाउने, संगठन जोगाउने र सरकारी नीतिनियमविरुद्ध मोर्चाबन्दी गरेर आफ्नो धन्दा सुरक्षित गर्ने गुरुहरूको यो काइदा अरू संगठनले पनि सिके कसो होला ?

पहिले सेक्स पछि विवाह

हालै सम्पन्न राष्ट्रिय जनगणना-२०६८ अनुसार अहिले नेपालको जनसंख्या २ करोड ६६ लाख पुगेको छ । कुल जनसंख्याको ३३ प्रतिशत अर्थात् झन्डै ८८ लाख व्यक्ति १० देखि २४ वर्ष उमेर समूहका युवा रहेका छन् । यो समूह मुलुकको उर्वर जनशक्ति पनि हो । विशेषज्ञहरूले आगामी दुई दशकसम्म नेपालको युवा जनसंख्यामा कुनै किसिमको ह्रास नहुने अनुमान गरेका छन् । विकासविद्हरूका अनुसार यही जनसंख्याकै कारण आगामी दशकमा नेपालको विकासका लागि पर्याप्त जनशक्ति सञ्चित रहेको छ । सन् १९६० यता नै नेपालको जनसंख्या युवा रहँदै आएको छ ।

अहिलेसम्म देशभित्रको युवा जनसंख्यालाई लक्षित वैज्ञानिक नीतिको त कुरा छाडौँ, यस समूहको व्यवहार र प्रवृत्तिको समेत कुनै व्यवस्थित अध्ययन गरिएको थिएन । तर, हालै नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनसंख्या महाशाखाले यो युवा जनसंख्याबारे देशव्यापी अध्ययन गरेको छ । प्रतिवेदन प्रकाशनको अन्तिम तयारीमा रहेको उक्त अध्ययनलाई विज्ञहरूले समेत महत्त्वपूर्ण मानिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार १० देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू युवा हुन् । युवा समूहभित्र पनि १०-१४ उमेर समूहलाई पहिलो किशोरावस्था र १५-१९ वर्ष उमेर समूहलाई पछिल्लो किशोरावस्था मानिन्छ । अर्कोतिर, १५-२४ वर्ष उमेर समूहलाई युवावस्था भनिन्छ ।

स्वास्थ्य मन्त्रालयको जनसंख्या महाशाखाले गरेको सर्वेक्षणका आधारमा तयार पारिएको यस सामग्रीमा किशोर वा किशोरी भन्नाले १०-१४ वर्ष उमेर समूहलाई बुझाउँछ भने युवक वा युवती भन्नाले १०-२४ वर्ष उमेर समूहलाई इंगित गरिएको छ । पाठकको रुचिलाई ध्यान दिई केही उत्तर समावेश नगरिएकाले विभिन्न चार्ट तथा ग्राफमा सबै प्रतिशत जोड्दा पनि एक सय पुग्न नसकेको हो ।

विवाह

नेपाल किशोरकिशोरी तथा युवा सर्वे -सर्वेक्षण)ले नेपाली किशोरकिशोरी तथा युवामा विवाहप्रतिको धारणा र प्रवृत्तिमा परविर्तन भइरहेको देखाएको छ। सर्वेक्षणमा सहभागी युवकहरूको कुल ९२.२२ र युवतीको ७६.७३ प्रतिशत अहिवाहित रहेको देखिनुले परम्परागत सोच अनुरूप छिटो विवाह गर्ने प्रवृत्तिमा कमी आइरहेको देखिन्छ। साथसाथै, सर्वेक्षणमा सहभागी युवक र युवती दुवैको ०.०२ प्रतिशत विवाह नै नगरी एकसाथ बसिरहेका पनि देखिएको छ। यसबाट नेपाली युवामा विवाहसम्बन्धी परम्परागत मूल्यमा पनि परविर्तन आइरहेको बुभmन सकिन्छ।

वैवाहिक स्थिति

सर्वेक्षणको अर्को उल्लेखनीय पक्ष के छ भने १४ वर्षमुनिका ९९.९७ प्रतिशत किशोर र ९९.६४ प्रतिशत किशोरीहरू अविवाहित छन्। त्यस्तै, १५ देखि १९ वर्षका ९५.४२ प्रतिशत किशोर र ८२.०३ प्रतिशत किशोरी पनि अविवाहित छन्। यसबाट समाजमा बालविवाहको प्रवृत्ति कम भएको अनुमान गर्न सकिन्छ।

विवाहको मध्यिका उमेर

सर्वेक्षणमा सहभागीमध्ये ७.७८ प्रतिशत युवक र २३.२३ प्रतिशत युवतीले विवाह गरेका पाइयो। २४ वर्षमुनिका पुरुष सहभागीहरूले विवाह गर्ने मध्यिका अर्थात् उमेर समूहहरूको मध्यक उमेर १९ र युवतीले विवाह गर्ने मध्यिका उमेर १७ वर्ष पाइएको छ। नेपाली युवामा विवाह गर्ने उमेर विभिन्न कारकहरूमा निर्भर रहेको सर्वेक्षणको नतिजा छ। शिक्षाको स्तर बढ्दै जाँदा विवाह गर्ने मध्यिका उमेरमा पनि वृद्धि भएको देखिन्छ। जस्तो ः प्राथमिक शिक्षा हासिल युवकहरूको विवाह गर्ने मध्यिका उमेर १८ छ भने त्यस्ता युवतीहरूको मध्यिका उमेर १७ वर्ष छ। तर, एसएलसीभन्दा धेरै पढेका युवकहरूको विवाह गर्ने मध्यिका उमेर २० र युवतीहरूको १९ वर्ष देखिएको छ। सर्वेक्षणमा सहभागीहरूमध्ये जम्मा ०.६४ प्रतिशत युवकले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेको बताएका छन् भने ४.८९ प्रतिशत युवतीले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेका पाइएको छ।

गैरकानुनी विवाह र कारण

नेपालको कानुन अनुसार युवती र युवक दुवैको विवाहयोग्य उमेर २० वर्ष हो। तर, सर्वेक्षणले २२.६० प्रतिशत युवक र ६०.६२ प्रतिशत युवतीले कानुनले तोकेको उमेर हदभन्दा पहिले अर्थात् २० वर्ष नपुग्दै विवाह गर्ने गरेको देखाएको छ। त्यसरी बिहे गर्नेमध्ये ६०.७० प्रतिशत युवतीले आमाबुबाको इच्छाले बिहे गरेको बताएका छन् भने २९.६९ प्रतिशतले स्वेच्छाले। यसबाट विशेष गरी छोरीको विवाहका लागि अभिभावकहरूले कानुन अनुसारको उमेर नपुग्दै विवाहका लागि दबाब दिने परम्परा कायमै रहेको बुझिन्छ। सर्वेक्षणले गर्भ रहन जाँदा कानुन अनुसारको उमेरभन्दा पहिले विवाह गर्नुपरेको कारणबारे रोचक नतिजा देखाएको छ। सहरी क्षेत्रमा गर्भ रहन गई विवाह गर्न बाध्य युवक र युवतीको प्रतिशत शून्य छ भने ग्रामीण क्षेत्रका १.३५ प्रतिशत युवक र ०.४३ प्रतिशत युवतीले गर्भ रहन जाँदा विवाह गर्नुपरेको बताएका छन्। अर्कोतिर, ग्रामीण क्षेत्रमा झुक्याएर विवाह गरेको भन्ने युवक र युवती दुवैको प्रतिशत शून्य रहेको छ, जबकि ०.६८ प्रतिशत सहरी युवतीहरूले आफूलाई झुक्याएर विवाह गर्न लगाइएको बताएका छन्।

जीवनसाथीको चयन

सर्वेक्षणमा सहभागी विवाहित युवक तथा युवतीले आपmनो जीवनसाथी छान्दा कसको रोजाइका आधारमा छान्छन् भन्ने निष्कर्ष पनि रोचक छ। विवाहितमध्ये ५३.४० प्रतिशत युवक र ३७.५६ प्रतिशत युवतीले आपmनै रोजाइले जीवनसाथी छानेको बताएका छन्। सर्वेक्षणले देखाएको महत्त्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४.८१ प्रतिशत युवतीहरूका लागि सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन्, जबकि त्यहाँ ३६.१७ प्रतिशत युवकका लागि दुलही खोज्दा सहमति लिइँदैन।

विवाहबारे धारणा

नेपाली युवामा विवाह र यौनबारेको धारणामा पनि परविर्तन आइरहेको सर्वेक्षणबाट देखिएको छ। अन्तरजातीय विवाहबारेको धारणा उमेरसँगै उदार हुँदै जाने सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका किशोरहरूको ३६.५७ र किशोरीहरूको ३०.३६ प्रतिशतले अन्तरजातीय विवाह ठीक भनेका छन्। जबकि, १५-१९ वर्ष उमेर समूहका ६७.४९ प्रतिशत किशोर र ५६.६५ प्रतिशत किशोरीले त्यस्तो विवाहलाई उचित भनेका छन् भने २०-२४ वर्षका युवकको सात प्रतिशत र युवतीको ५५.४५ प्रतिशतले अन्तरजातीय विवाहलाई ठीक भनेका छन्। समलिंगी सेक्स र विवाहबारे सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र अनुदार देखिएको छ। ग्रामीण क्षेत्रका ३.९८ प्रतिशत युवक र ३.०३ प्रतिशत युवतीले मात्रै समलिंगी विवाह र सेक्सलाई उचित ठानेका छन् भने सहरी क्षेत्रका ९.०३ प्रतिशत युवक र ८.३९ प्रतिशत युवतीले त्यस्तो विवाह र सेक्सलाई उचित भनेका छन्। दाइजो लिनुदिनु ठीक हो भन्नेमा सबैभन्दा अगाडि सुदूरपश्चिम देखिएको छ। त्यहाँका ३१.८२ प्रतिशत युवक र ४९.८९ प्रतिशत युवतीले दाइजोको समर्थन गरेका छन्।

कौमार्य सर्वेक्षणमा सहभागी युवकहरूको ७५.५० प्रतिशत र युवतीहरूको ७९.७४ प्रतिशतले युवतीहरूले विवाहपूर्व यौनसम्पर्क गर्न नहुने धारणा व्यक्त गरेका छन्। त्यस्तै, युवकहरूको ६९.१६ र युवतीहरूको ७८.५९ प्रतिशतले पुरुषहरूले पनि विवाहपूर्व यौनसम्पर्क गर्न नहुने बताएका छन्। त्यस्तै, युवकहरूको १२.३३ प्रतिशत र युवतीहरूको १०.१३ प्रतिशतले विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने धारणा व्यक्त गरेका छन्। विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने कुरामा सहरी क्षेत्र ग्रामीण भेगभन्दा उदार देखिएको छ। सहरका १७.०६ प्रतिशत युवक र ११.९५ प्रतिशत युवतीले बिहे गर्नुअघि यौनसम्पर्क गरेकाहरूसँग बिहे गर्न सकिने बताएका छन्, जबकि ग्रामीण क्षेत्रका ११.०२ प्रतिशत युवक र ९.५९ प्रतिशत युवतीले मात्रै विवाहअघि यौनसम्पर्क गरेको व्यक्तिसँग बिहे गर्दा फरक नपर्ने बताएका छन्। अर्कोतिर युवतीले विवाहपूर्व यौनसम्पर्क गर्नु हँुदैन भन्नेमा सहरी क्षेत्रका युवतीहरू ग्रामीण क्षेत्रका भन्दा परम्परागत देखिएका छन्। सहरी क्षेत्रका ८२.७३ प्रतिशत युवतीले विवाहपूर्व युवतीको कौमार्य सुरक्षित हुनुपर्छ भनेका छन् भने त्यसभन्दा झन्डै चार प्रतिशत कम अर्थात् ७८.८५ प्रतिशत ग्रामीण युवतीहरू त्यस्तो सोच्छन्।

गर्भ निरोध

सर्वेक्षणका क्रममा किशोरकिशोरी तथा युवामा गर्भ निरोधका साधनहरूबारे कति जानकारी छ भन्ने पनि हेरएिको थियो। सर्वेक्षण नतिजा अनुसार कन्डम सबैभन्दा धेरै युवाले थाहा पाएको गर्भ निरोधका साधन देखिएको छ। कन्डमपछि सुईबाट दिइने निरोधकका बारे सबैभन्दा धेरैलाई थाहा छ। योनिबाहिरै वीर्य स्खलन गरी गर्भाधान हुन नदिने उपायका बारेमा ग्रामीण -८.१७ प्रतिशत)भन्दा सहरी -१३.५५ प्रतिशत) युवतीहरू बढी जानकार रहेका छन्। काठमाडौँ उपत्यकाका १३.०४ युवती त्यस उपायबारे सबैभन्दा धेरै जानकार छन् भने सुदूरपश्चिमका ६.६० प्रतिशत युवतीले मात्रै त्यो उपायबारे थाहा पाएका छन्, जुन क्षेत्रगत हिसाबले सबैभन्दा कम हो। जबकि, काठमाडौँ उपत्यकाका ३२.०८ प्रतिशत युवक र सुदूरपश्चिमका १९.५२ प्रतिशत युवकलाई त्यसबारे थाहा छ।

गर्भनिरोधबारे जानकारीका लागि रेडियो र शिक्षकहरू प्रमुख स्रोत देखिएका छन्। युवतीहरूभन्दा युवकले साथीहरूबाट यस विषयमा धेरै जानकारी पाउने तथ्य पनि सर्वेक्षणले प्रकाशमा ल्याएको छ।

पहिलो महिनावारी

पहिलोपल्ट रजस्वला हँुदा अँध्यारो कोठामा बस्नेहरूबारे पनि सर्वेक्षणले रोचक तथ्य प्रकाशमा ल्याएको छ। पश्चिमाञ्चलका सबैभन्दा बढी १२.३२ प्रतिशत युवतीले आफूले अँध्यारो कोठामा बस्नुपरेको बताए। सहरी क्षेत्रका ६.३८ र ग्रामीण क्षेत्रका ७.४९ प्रतिशतले पनि पहिलोपल्ट रजस्वला हँुदा अँध्यारो कोठामा दिन काटे। त्यसैगरी पहिलोपटकको महिनावारीमा घरनजिकैको छाप्रोमा रात कटाउने युवतीहरू सुदूरपश्चिममा सबैभन्दा धेरै १३.०७ प्रतिशत भेटिए। रोचक त के भने काठमाडौँ उपत्यकाका ०.२७ प्रतिशत र सर्वेक्षण गरएिका सबै सहरी क्षेत्रका २.३९ प्रतिशत युवतीले पनि छाप्रोमै आपmनो पहिलो रजस्वला अवधि कटाए।

कुलत


सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका ६.९० प्रतिशतले मदिरा, ३.४१ प्रतिशतले चुरोट तथा सुर्तीजन्य पदार्थ र ०.४४ प्रतिशतले लागूऔषध र सुईबाट दिइने नसा गर्ने गरेको पाइयो। साथै, युवतीहरूको ९.२९ प्रतिशत, २.२३ प्रतिशत र ०.१४ प्रतिशतले क्रमशः मदिरा सेवन, चुरोट तथा सुर्तीजन्य पदार्थ र लागूऔषध सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षण विधि
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मातहतको जनसंख्या महाशाखाले सन् २०१० को जनवरीदेखि डिसेम्बर महिनासम्म गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षण देशभरिका कुल नौ हजार घरधुरीमा आधारित छ, जसलाई तीन सय 'क्लस्टर'मा बाँडिएको थियो र प्रत्येक 'क्लस्टर'बाट ३० घरधुरीलाई नमुना छानिएको थियो।

यो सर्वेक्षण दुई चरणमा आधारित 'स्ट्राटिफाइड' सम्भाव्यता 'क्लस्टर'को ढाँचामा गरिएको थियो। एउटा 'क्लस्टर' एक वडा अर्थात् अहिलेको प्रशासनिक ढाँचामा सबैभन्दा सानो एकाइ बराबर थियो। वडालाई प्रारम्भिक नमुना एकाइका रूपमा लिइएको थियो। सिंगो देश, सहरी-ग्रामीण बसोबास, पाँच विकास क्षेत्र, तीन उमेर समूह -१०-१४, १५-१९, २०-२४)का लागि अनुमान हुनसक्ने गरी नमुना निर्धारित गरिएको थियो।

काठमाडौँ उपत्यकालाई छुट्टै उपक्षेत्रका रूपमा राखिएको थियो। कुल १४ हजार ७ सय ५३ युवामा गरिएको सर्वेक्षणमा १०-१४ उमेर समूहका ६ हजार ५ सय ९५ किशोरकिशोरी, १५-१९ वर्ष उमेर समूहका ४ हजार ८ सय ८२ युवकयुवती र २०-२४ वर्ष उमेर समूहका ३ हजार २ सय ७३ युवाको छनोट गरिएको थियो। सर्वेक्षणमा कुल प्रत्युत्तर दर ९९ दशमलव ३ प्रतिशत रह्यो। घरधुरीमा कम्तीमा एक र अधिकतम सात अन्तर्वार्ता गरिएका थिए। सर्वेक्षणमा ७ हजार १ सय ९ युवक तथा ७ हजार ६ सय ४४ युवती सहभागी गराइएका थिए। उनीहरूबारे जानकारी संकलन गर्न कुल ४९ हजार २ सय ८० व्यक्ति -पुरुष २४ हजार ३ सय २१ र महिला २४ हजार ९ सय ४४)को सहयोग लिइएको थियो।

प्रेम

प्रेममा परेको छु

युवकः २१.४७

युवतीः ११.२८

पहिलोपटक प्रेममा पर्दाको औसत उमेर

युवकः १६.१३ वर्ष

युवतीः १६.१३ वर्ष

अहिलेको प्रेमको औसत अवधि

युवकः १४.९८ महिना

युवतीः १३.१५ महिना

अहिलेकै प्रेमी/प्रेमिकासँगै बिहे गर्ने हो

युवकः ७३.०३

युवतीः ८६.६१

डेटिङ्का बेला यौनजन्य गतिविधि गरेको समय

युवकः ६२.०५

युवतीः २६.८३

डेटिङ्का बेला यौनसम्पर्क गरेको समय

युवकः ३९.७२

युवतीः ८.५६

अहिलेसम्मको औसत प्रेमी/प्रेमिका संख्या

युवकः १.७१

युवतीः १.२३

बाबुरामको मर्जवाद


"हामी बफर स्टेट मेन्टालिटीबाट माथि उठ्न सकेनौँ भने छिमेकी मुलुक चीन र भारतले खाइरहन्छन् । त्यस्तो अवस्थामा नेपाल दुई मुलुकमध्ये एउटातिर मिसिन पुग्छ ।"

१ माघमा प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटारस्िथत निवासमा पत्रकारहरूलाई बोलाएर विदेशनीतिसम्बन्धी आफ्नो धारणा राख्ने क्रममा दिएको अभिव्यक्ति हो यो । उनले त्यसक्रममा नयाँ विश्वपरविेश अनुसार मुलुकको परराष्ट्रनीति परभिाषित हुनुपर्ने आवश्यकता मात्रै दर्शाएनन्, पुरानो मानसिकता नत्यागे मुलुककै अस्ितत्व नरहने भय पनि प्रकट गरे ।

मुलुकका कार्यकारी प्रमुख, संविधानसभाको सबैभन्दा ठूलो दलका नेता र आममानसले पत्याएका पदाधिकारीले मुलुककै अस्ितत्व संकटमा पर्ने अवस्थाको आकलन के आधारमा गरे ? किन यो अभिव्यक्ति सार्वजनिक गरे ? त्यो पनि चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको संक्षिप्त भ्रमण गरेकै भोलिपल्ट ? प्रधानमन्त्रीको अभिव्यक्तिले यस्ता प्रश्न उठाइदिएको छ, जसले कूटनीतिक, राजनीतिक र व्यावहारकि कोणबाट जवाफ माग गर्छन् ।

वेनको भ्रमणलगत्तै प्रधानमन्त्री भट्टराईले गृह र रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई तुरुन्तै भारत पठाए । भारतमा गच्छदारले त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहसँग छुट्टै ४५ मिनेट भेटवार्ता गरे । अन्य अधिकारीसँग पनि छलफल गरे । उनले सार्वजनिक रूपमा बताए अनुसार ती सबै भेटवार्ता चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण, नेपालको जारी राजनीतिक प्रक्रिया र सुरक्षा मामिलासँग सम्बन्धित थिए ।

उता चिनियाँ प्रधानमन्त्री वेनले पनि राष्ट्रपति रामवरण यादवसँगको भेटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रताबारे सरोकार देखाएका थिए -हेर्नूस्, कतै नढल्किन सुझाव, पृ ३०) । प्रधानमन्त्री भट्टराईसँग पनि वेनले यसभन्दा धेरै फरक बेहोराको बयान दिनुपर्ने कारण छैन । प्रधानमन्त्री भट्टराईकै शब्दमा, यतिबेला चीन र भारतबीचको सम्बन्ध राम्रो भएकाले नेपालले पनि चीनसँग राम्रो सम्बन्ध राखोस् भन्ने वेनको सुझाव थियो । यी सम्पूर्ण घटनाक्रमलाई सँगै राखेर हेर्दा प्रधानमन्त्रीको अभिव्यक्ति अर्थपूर्ण लाग्छ ।



अवस्था फरक

प्रधानमन्त्री भट्टराईले नेपालको स्वाधीनता, सार्वभौमिकता वा राष्ट्रियता खतरामा रहेको जनाउने ठोस आधार त दिएनन् । तर, नेपालको इतिहासमा विश्वेश्वरप्रसाद र गिरजिाप्रसाद कोइरालापछि भारतसँग सीधा कुरा गर्न सक्ने नेता आफू नै रहेको दाबी भने गरे । तैपनि, कुनै एक देशमा गाभिने भनाइले प्रधानमन्त्री भट्टराईको रक्षात्मक मनोदशा प्रकट गर्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरू दक्षिण एसियाको सबैभन्दा पुरानो सार्वभौमसत्तासम्पन्न र स्वतन्त्र राष्ट्र नेपाल छिमेकमा विलय हुने सम्भावना देख्नु हास्यास्पद मात्रै होइन, अहिलेको विश्वपरविेशसँग मेल नखाने कुरा ठान्छन् । किनभने, संसारको कुनै पनि मुलुकले आफ्नो सिमानाको विस्तारका लागि भौतिक आक्रमण गररिहेको छैन अहिले । चीन र भारतले पनि आफ्नो सीमा विस्तारलाई प्रमुख विषय बनाएका छैनन् । कुनै पनि देशबीच विवाद आउँदा आमनेसामने बसेर वार्ताका माध्यमबाट समाधान खोज्न थालिएको छ । शान्तिपूर्ण बाटोबाटै समाधान खोज्न अन्तर्राष्ट्रिय मूल्य-मान्यता र नियमहरू स्थापित गरएिका छन् । सबैजसो मुलुक तिनै मान्यता अनुसार चलिरहेका छन् । नेपालले पनि कसैसँग लडाइँ गर्नुपर्ने वा कसैले नेपालमाथि भौतिक आक्रमण गर्ने अवस्था छैन । त्यसमाथि बि्रटिस साम्राज्यले समेत निल्न नसकेको र अन्तर्राष्ट्रिय मञ्चमा छुट्टै अस्ितत्वका साथ उभिइरहेको नेपालको विलयन सम्भव छैन, जसरी प्रधानमन्त्रीले सहज रूपमा गाभिने र विलय हुने परकिल्पना गरेका छन् । "अहिले पनि आफ्नो पहिचान, समस्या समाधानको सामथ्र्य र राज्य सञ्चालनका हरेक पक्षबाट हेर्दा नेपालले पर्याप्त सक्षमता राख्छ," जवाहरलाल नेहरु विश्वविद्यालयबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारििध गरेका एमाले विदेश विभाग सदस्य राजन भट्टराई भन्छन् ।

क्षेत्रीय अवस्था हेर्दा, दक्षिण एसियामा अहिले युद्ध चलिरहेको छैन । तुलनात्मक रूपमा यस क्षेत्रमा शान्तिपूर्ण वातावरण छ । त्यसको फाइदा चीन र भारतले नै लिइरहेका छन् । तीव्र आर्थिक वृद्धिका साथ अगाडि बढिरहेका ती देशको आपसी व्यापार मात्रै अहिले वाषिर्क ६१ अर्ब अमेरकिी डलर छ । ती देशबीच रणनीतिक आर्थिक वार्ताका क्रममा भएको सम्झौता अनुसार सन् २०१५ सम्म पारस्परकि व्यापार एक सय खर्ब डलर पुर्‍याउने लक्ष्य छ । एसियाकै ठूला यी दुई अर्थतन्त्रको प्रभाव संसारभर विस्तार भइरहेको छ । यस्तो अवस्थामा तिनले नेपाललाई आफ्नो अधीनस्थ राख्ने प्रयास गर्लान् वा क्षेत्रीय सन्तुलन खलबल्याउने कदम चाल्न सक्छन् भन्ने अनुमान पनि वस्तुगत देखिँदैन ।

दुवै छिमेकीसँग नेपालको सुमधुर सम्बन्धले पनि कुनैमा गाभिन वा विलीन हुन सक्ने सम्भावनालाई समर्थन गर्दैन । दुवै देशसँग नेपालका सीमा, सुरक्षा, पारवहनलगायतका विषयमा केही असमझदारी र असन्तुष्टि भए पनि तिनको समाधान वार्ताकै माध्यमबाट खोजिँदै छ । त्यसकारण तत्काल विवादले उग्र रूप लिने र तीमध्ये कुनै एकले नेपालमाथि कब्जा जमाइहाल्ने अवस्था पनि देख्दैनन् सामरकि विषयका जानकारहरू । "प्रधानमन्त्रीले के संकेत पाएर नेपाल कुनै एक देशमा गाभिन सक्ने देखेका हुन्, त्यो स्पष्ट पार्नुपर्छ । प्रधानमन्त्रीको ओहोदाबाट यस्तो अभिव्यक्ति आउनु गम्भीर विषय हो," माधव नेपाल प्रधानमन्त्री छँदाका विदेश मामिला सल्लाहकारसमेत रहेका राजन भट्टराई भन्छन् ।

प्रधानमन्त्री भट्टराईले दुई देशबीच जीवन्त -भाइब्रेन्ट) र गतिशील -डाइनामिक) पुल बन्नुपर्ने आवश्यकता दर्शाएका छन् । उनको यो अभिलाषासमेत भावनात्मक बढी र यथार्थभन्दा धेरै टाढा देखिन्छ । कूटनीतिक रूपमा दुई मुलुकको सेतु बन्नका लागि ती देशबीच द्वन्द्व वा तनावको स्िथति हुनुपर्छ । तर, भारत-चीनबीच त्यत्रोविधि तनाव छैन, जहाँ नेपालले मध्यस्थता गर्नुपरोस् । भारत र चीनबीच निश्चित मुद्दामा विवाद छ, जुन अन्यत्रका छिमेकीबीच पनि हुन्छ । संसारकै सबैभन्दा लामो सिमानाको विवाद मानिने भारत-चीन समस्या सम्बोधन गर्न गत ३ माघमा साझा संयन्त्र बनाउने सहमति भएको छ ।

राजनीतिक चालबाजी कुनै समयमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले नेपाल राष्ट्र होइन, प्रशासनिक एकाइ मात्र हो भनेका थिए । बीपीको भनाइको तात्पर्य नेपाललाई अब समृद्ध र छुट्टै पहिचानसहितको राष्ट्र बनाउनुपर्छ भन्ने थियो । तर, बीपीको खेदो खन्नुपर्दा अहिलेसम्म नै त्यस अभिव्यक्तिलाई नारा बनाउने प्रवृत्ति छुटेको छैन । त्यसो गर्नेमध्येकै एक प्रधानमन्त्री भट्टराईसमेत हुन् । तर, अहिले उनले नै मुलुक अन्यत्र 'मर्ज' हुन सक्नेतर्फ इंगित गर्नुको तात्पर्य के हो भन्ने स्पष्ट छैन ।

खासगरी आफ्ना कमजोरी ढाकछोप गर्न र राष्ट्रिय राजनीतिका कतिपय जल्दाबल्दा विषयलाई अन्यत्र मोड्न पनि राष्ट्रियताको कुरा उठाउने गरएिको छ । महत्त्वपूर्ण जिम्मेवारीमा रहेकै बेला मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा रहेको भन्दै यसअघि गिरजिाप्रसाद कोइराला र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि यस्तै भय औँल्याएका थिए । तर, अरू देशमा गाभिने वा विलय हुने कुरा उनीहरूले गरेका थिएनन् ।

यतिखेर माओवादीको आन्तरकि समीकरण फरक मोडमा पुगेको छ । भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका निर्वाह गरेका उनकै पार्टी अध्यक्ष प्रचण्डले असन्तुष्ट खेमा अर्थात् मोहन वैद्य पक्षसँग अंकमाल गरेका छन् । त्यसको सबैभन्दा ठूलो झड्का प्रधानमन्त्री भट्टराईलाई लागेको छ । अझ, चिनियाँ प्रधानमन्त्री वेनको नेपाल भ्रमणप्रति भारतले देखाएको प्रसन्नतालाई कूटनीतिक अर्थ खोतल्न सक्नेहरूले भट्टराई सरकारका दिनगन्तीका रूपमा पनि लिएका छन् । किनभने, आफूले चीनको प्रसंग निकाल्नेबित्तिकै भारतीय पक्षले अन्य अर्थमा बुझ्ने गरेको तथ्य प्रधानमन्त्री भट्टराईले पछिल्लो अभिव्यक्तिसँगै सार्वजनिक गरसिकेका छन् । उनले आफू अर्थमन्त्री छँदा चिनियाँ राजदूत र भ्रमणटोलीहरूले नेपाल-चीन-भारतबीच सहकार्य हुनुपर्ने सुझाव दिँदै आएकोबारे भारतीय नेता, बुद्धिजीवी र सरकारी अधिकारीसँग पनि कुरा गरेको तर भारतीय राजदूतले सकारात्मक प्रतिक्रिया नदिएको बताएका छन् । १ माघको पत्रकार भेटघाटमा प्रधानमन्त्रीले भनेका थिए "फुच्चे नेपालका नेताले के यस्तो कुरा गरेका होलान् भन्ने रूपमा भारतीय शासकवर्गले लिए भन्ने पछि थाहा भयो ।" यही थाहा पाएर हुन सक्छ, उनले वेनको भ्रमणलगत्तै उपप्रधानमन्त्री गच्छदारलाई दिल्ली पठाएर आश्वस्त पार्न खोजेका ।

भट्टराई नेतृत्वको सरकारले ठूलै उपलब्धिका रूपमा अथ्र्याउने गरेको शान्ति प्रक्रियाको गति पुनः रोकिएको छ । संविधानका अन्तरवस्तुबारे उच्चस्तरीय राजनीतिक तहमा भएका सहमति संवैधानिक समितिमा उल्टिँदै छन् । यसले पनि वर्तमान सरकारप्रतिको सहानुभूति खस्िकँदै गइरहेको छ । विद्रोहकालीन 'जनसत्ता'का निर्णयलाई मन्त्रिपरष्िाद्बाटै वैधता प्रदान गर्नेलगायतका कदमले विपक्षीहरू झनै चिढिँदै छन् । यस्तोमा प्रधानमन्त्रीले आफूलाई असुरक्षित ठान्नु स्वाभाविक छ । "तर, आत्मरक्षाका नाममा राजनीतिक स्टन्ट गर्ने र कूटनीतिक सम्बन्धमै धक्का पुग्ने अभिव्यक्ति दिनु गैरजिम्मेवारीपन हो," एमाले नेता प्रदीप ज्ञवाली भन्छन् ।

विगतको द्वन्द्व र लम्बिदो संक्रमणकालका कारण मुलुकको स्िथति जटिल बन्दै गएको र राष्ट्रियताको संवर्द्धनमा पर्याप्त प्रयास नभएको प्रति अन्यत्रबाट पनि चिन्ता व्यक्त नभएको होइन । खासमा संक्रमणको व्यवस्थापनमा ०६३ यताका सबै सरकार र प्रमुख राजनीतिक दल चुक्दै आएका छन् । यद्यपि, सबै सम्भावना समाप्त भइसकेका छैनन् भनेर आश्वस्त तुल्याउनु र आमनागरकिमा आशाको सञ्चार गराउनु राज्य सञ्चालनको दायित्व मानिन्छ । त्यसमा संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी र त्यसभित्र पनि शान्ति र संविधानको लाइनका प्रवर्तक भनिने नेता भट्टराईले झनै अहिलेको राजनीतिक प्रक्रियाप्रति आशा जगाउन सक्नुपर्ने हो । तर, विगतकै प्रवृत्तिलाई पछ्याउँदै भट्टराई पनि भयको खेती गर्न तम्सेको ठानेका छन्, विपक्षीहरूले । उनीहरूका भनाइमा, आफ्ना कमजोरी छोप्न र जल्दाबल्दा विषयलाई अन्यत्रै मोड्नका लागि रचिएको राजनीतिक 'स्टन्ट' हो यो । "अर्को देशमा गाभिने भन्ने सपनामा पनि सोच्न नसकिने कुरा हो," एमाले नेता ज्ञवाली भन्छन्, "स्थायित्व र समृद्धि हासिल गर्न चुक्ने हो भने थप जोखिमका दिन आउन सक्छन् तर आन्तरकि राजनीति काबुबाहिर गइसकेको स्िथति छैन । प्रधानमन्त्रीले सकेनन् भने अरूले सक्छन् ।"

स्वभाव कि बहकाव ?

जानीबुझीकनै फरक व्यवहार वा अभिव्यक्ति प्रकट गर्नु, विवाद र चर्चाकै माध्यमबाट धेरैको ध्यान आफूतिर तान्न खोज्नु प्रधानमन्त्री भट्टराईको पुरानै बानी हो । त्यसैको एउटा कडी मुस्ताङ गाडी पनि हो । मितव्ययी भनेर चिनिन चाहे पनि उनी कुनै पनि प्रधानमन्त्रीभन्दा कम अपव्ययी नरहेको कुरा ४९ सदस्यीय मन्त्रिपरष्िाद् र अनावश्यक कर्मचारीले भरभिराउ उनको सचिवालयले देखाइसकेका छन् ।

आफूलाई फरक र बौद्धिक देखाउने नाममा पनि भट्टराई बेलाबेलामा चिप्लिने गरेका छन् । भट्टराईनिकट नेताहरूका अनुसार नेपाली मिडिया अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै वरपिर िघुमेको र कतिपय अवस्थामा आफू ओझेलमा परेकोप्रति 'हीनताबोध'समेत नभएको होइन भट्टराईमा । त्यसैले मिडियाको ध्यान आफूतर्फ केन्दि्रत गर्न पनि विवाद रुचाउँछन् उनी । सञ्चाकर्मी भेटेपछि आफ्नो हैसियत बिर्सने, कमिटी प्रणाली नै ख्याल नगरी बाहिरबाट प्रभावित हुने, समय-समयमा भावनामा बहकिएर अस्वाभाविक बोली बोल्ने नेताका रूपमा पनि चिनिन्छन् उनी ।

पार्टीका आन्तरकि बैठकहरूमा विरोधाभासपूर्ण अभिव्यक्ति दिने र पछि मैले त्यस्तो बोलेकै छैन भनेर पन्छिने गरेका उदाहरण पनि छन् । शान्ति प्रक्रियामा आएलगत्तै उनले पार्टीको आन्तरकि प्रशिक्षणमा दिएको अभिव्यक्तिबारे चर्कै विवाद भएको थियो । केही समय त उनले त्यो अभिव्यक्ति दिएकै छैन भनेर पन्छिन खोजे तर पोलिटब्युरो सदस्य हितमान शाक्यले रेर्कड नै पेस गरेपछि उनले 'मेरो आशय त्यो होइन, गल्ती भएछ' भन्दै माफी मागे । "कतिपय अवस्थामा भावुकतामा आउने, फुर्कने र आफूलाई मात्र केन्द्रमा राखेर बोल्ने भट्टराईको पुरानै बानी हो," उनीसँग लामै संगत गरेका एक माओवादी नेता भन्छन्, "वेनको भ्रमणपछि फुर्किएका बेला आफूलाई ओभर स्मार्ट देखाउन खोजे र मर्जसम्मै पुगे ।"

पछिल्लो समयमा भट्टराईले आफूलाई आर्थिक रूपान्तरणको सूत्रधारका रूपमा चिनाउन खोजिरहेका छन् । उनको यो व्यक्तिकेन्दि्रत मानसिकता दिल्लीमा पनि प्रकट नभएको होइन । उनले भारत भ्रमणताका द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण .सम्झौता -बिप्पा) गर्दा जुवा खेलेको टिप्पणी गरेका थिए । त्यतिखेरै प्रश्न उठेको थियो, देशको मामिलामा जुवा खेलेको भन्न मिल्छ ?

उदीयमान दुई आर्थिक शक्तिका बीचमा हुनुको फाइदा आर्थिक ट्रान्जिट वा पुल बनेर मात्र उठाउन सकिन्छ र त्यसबाट नै मुलुकको स्वतन्त्र पहिचान/अस्ितत्व रहन सक्छ भन्ने कुराको व्याख्याका क्रममा पछिल्लो अभिव्यक्ति आएको भट्टराईनिकट माओवादी नेता राम कार्की बताउँछन् । भन्छन्, "छिमेकीसँग परनिर्भर भएर मुलुकको विकास हुन्न । दुवै छिमेकीसँग सन्तुलन र मित्रताको सम्बन्ध राखेर आर्थिक फड्को मार्नुपर्छ भन्ने अर्थमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको हो ।"

तर, राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय सम्बन्धबारे चाख राख्नेहरूलाई प्रधानमन्त्रीको अभिव्यक्ति सहज लागिरहेको छैन । "अन्तर्राष्ट्रिय सन्दर्भमा, खासगरी छिमेकीको सन्दर्भमा सरकारमा बसिरहेकाहरूको अभिव्यक्ति सन्तुलित हुनुपर्ने हो," पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, "प्रधानमन्त्रीले कुन सिलसिलामा के देखेर कुन अभिप्रायले यस्तो भने भन्ने प्रस्ट छैन तर उनले शब्दचयनमा हेक्का राखेको देखिँदैन ।" यो मुलुकका लागि साह्रै चिन्ताको विषय भएको र प्रतिपक्षीहरूले बेवास्ता गरेको देख्दा प्रधानमन्त्रीको कुरालाई गम्भीरतापूर्वक नलिने बानी परेको हो कि भन्ने लाग्छ भन्दै पाण्डे भन्छन्, "राष्ट्रको भविष्यबारे संवेदनशीलता हराएको हो कि ?"

के हो 'मर्ज' र 'सबमर्ज' ?

अंग्रेजी शब्दावली ँमर्ज’ र ँसबमर्ज’को सोझो अर्थ हुन्छ, गाभिनु र डुब्नु । सामरिक विषयका अध्येताहरू ँमर्जिङ्’को प्रयोग तीनवटा प्रसंगमा बढी हुने बताउँछन् । एक, क्रमशः एउटा मुलुक अर्को मुलुकको निर्भर एकाइ बन्ने प्रक्रिया । स-साना राष्ट्र अर्कामा निर्भर बन्दै विस्तारै शक्तिराष्ट्रमा गाभिने प्रक्रियालाई मर्जिङ् भनिन्छ । अर्थात्, स्वतन्त्र राज्य वा परिवारको विस्तारै अस्ितत्व नै लोप हुने अवस्था हो ।

अर्को, दुई स्वतन्त्र राष्ट्र मिलेर नयाँ पहिचान निर्माण गर्ने प्रक्रिया पनि मर्जिङ् नै हो । तेस्रो, साझा पहिचान र स्वार्थका मुद्दामा एक हुने प्रक्रियालाई पनि मर्जिङ्ले संकेत गर्छ । "परनिर्भरता बढेको, छिमेकी मुलुकले आर्थिक फड्को मारिरहँदा हाम्रो अस्ितत्व खोज्नुपर्ने अवस्था आएको र आन्तरिक मामिलामा विदेशीको भूमिका बढेको भन्न खोजिएको हो भने यसलाई प्राज्ञिक बहसको विषय मान्न सकिन्छ," द्वन्द्व तथा सामरिक विषयका जानकार विष्णुराज उप्रेती भन्छन्, "तर, सरकारप्रमुखबाट मर्ज र सबमर्जको कुरा आउनु कूटनीतिक हिसाबले पनि सुहाउने कुरा होइन ।"
http://www.ekantipur.com/nepal/article/?id=3274