'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखान सुन्दासुन्दै दिक्क त हुनुभएको छैन ? छ भने धन्दा नमान्नूस्। यसलाई रििमक्स गरेर 'कहीँ नभएको जात्रा उच्च माध्यमिक विद्यालय संगठन (हिसान)मा' बनाउन सकिन्छ। उच्च मावि सञ्चालकहरूको संगठन हिसानमा नेता बन्न खोज्ने सदस्य धेरै भएपछि सबैलाई पदको भागबन्डा मिलाउन के मात्रै गरएिन ? हालै राजधानीमा सम्पन्न अधिवेशनबाट निर्वाचित ४७ सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना हेरौँ, प्रस्ट भइन्छ।
देशभर करबि पाँच सय हाराहारी सदस्य रहेको उक्त संगठनमा १० प्रतिशतले केन्द्रीय नेतृत्वमा उपस्थिति जनाए। तीमध्ये ११ जना उपाध्यक्ष मात्रै छन्। उपाध्यक्षमा पनि वरष्िठ, केन्द्रीय र क्षेत्रीय गरी तीन तह बनाइएको छ। ६ जना सचिवलाई कार्यालय, संगठन, प्रचारप्रसार, योजना/कार्यक्रम, प्राज्ञिक र अन्तर्राष्ट्रिय गरी जिम्मेवारीका आधारमा कोटिकरण गरएिको छ। अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना छन्। यति मात्रै नभई अध्यक्षपछि उपाध्यक्षको वरयिता हुने आमप्रचलन भंग गर्दै हिसानले महासचिवपछि मात्रै उपाध्यक्षको पदक्रम निर्धारण गरी अर्को कीर्तिमान राखेको छ।
यसबाट अध्यक्ष उमेश श्रेष्ठ, वरष्िठ उपाध्यक्ष बाबुराम पोखरेल, महासचिव युवराज शर्माको पद मात्रै सुरक्षित भएन, उपल्लो पदमा पुग्न चाहने 'लो प्रोफाइल'वालालाई पनि उच्च हैसियत प्राप्त भइहाल्यो। सबैले उच्च पद पाएपछि फुट्ने सम्भावना पनि टर्यो। आखिर एकपटक नेतृत्वमा पुगेपछि छाड्नै नमान्ने, छाड्नुपरे संगठनै टुक्र्याउने, त्यो पनि सम्भव नभए नयाँ संगठन खोल्न अभ्यस्त न परे। नयाँ काइदा निकाले, साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने। अनौठा र अस्वाभाविक मात्रामा पदहरू सिर्जना गरेर भए पनि भागबन्डा मिलाउने, संगठन जोगाउने र सरकारी नीतिनियमविरुद्ध मोर्चाबन्दी गरेर आफ्नो धन्दा सुरक्षित गर्ने गुरुहरूको यो काइदा अरू संगठनले पनि सिके कसो होला ?
No comments:
Post a Comment