अलेक्जेन्डर बोरसि लिसानोभिचले २ साउनमा निम्ता दिए, "लेनदेन व्यवहार त्यस्तै हो, आज लाजिम्पाटको होटल सांगि्रलामा बसेर दाजुभाइ रमाइलो गरौँ।" रुसी मूलका नेपाली नागरकि अलेक्जेन्डरलाई रत्तिा बैँक खाताहरूको चेक दिएपछि सम्पर्कहीन एङ्लो-इन्डियन बाबु र क्यानेडेली आमाका सन्तान तर नेपाली नागरकितावाहक चाल्र्स मेन्डिजका लागि त्यही निमन्त्रणा हिरासत यात्राको कारण बन्यो।
गत चैतमा महानगरीय आयुक्तको कार्यालयमा उजुरी परेपछि प्रहरीले चाल्र्सको खोजी गररिहेको थियो। उजुरी परेको सुईंको पाएका उनी सिंगापुरलगायतका देशमा बसेर दुई साताअघि मात्रै नेपाल फर्केका थिए। स्रोतका अनुसार प्रहरीलाई दिएको बयानमा उनले अलेक्जेन्डरलाई आफूले पैसा दिनुपर्ने स्वीकारेका छन्।
चाल्र्सका निकटस्थ तर अहिले लेनदेनकै कारण सम्बन्ध बिगि्रएका एक व्यापारीका अनुसार विभिन्न व्यक्ति, होटल, बैँक र वित्तीय संस्था तथा उनी स्वयं अध्यक्ष रहेको संगम रसिर्च इन्स्िटच्युटका कर्मचारीलगायतको ११ करोड रुपियाँभन्दा धेरै रकम चाल्र्सले तिर्न बाँकी छ। ब्याज पाउने लालसामा उनलाई २० लाख रुपियाँ सापटी दिएका नेपाली कांग्रेसका एक युवा नेताले भर्खरै आफ्नो पैसा उठाएका छन्, बारम्बारको ताकेतापछि। स्रोतका अनुसार १६ लाख रुपियाँ सापटी दिएका एस डेभलपमेन्ट बैँकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले आफ्नो रकम उठाउन ज्ञानेश्वरको सानो गौचरस्थित संगम इन्स्िटच्युटका सामानसमेत उठाउन लगाए। अहिले चाल्र्सले रकम तिरेपछि पाण्डेले उठाएका सामानहरू फिर्ता दिएको स्रोतको दाबी छ।
खासगरी चाल्र्सले एनएमबी बैँक, एस डेभलपमेन्ट बैँक र सनराइज बैँकबाट लिएको ऋण तिरेका छैनन्। यसबाहेक साथी बनाएर सापटी लिने र नतिर्ने व्यक्तिहरूको सूची पनि लामै छ। त्यसैमा पर्छन्, बैँकर किशोर महर्जन पनि। महर्जन निकटस्थ एक व्यापारीका अनुसार चाल्र्सले उनीबाट लिएको २ करोड ८० लाख रुपियाँ तिरेका छैनन्। यद्यपि, हालसम्म चाल्र्सविरुद्ध प्रहरीमा कुनै पनि उजुरी परेका छैनन्। अलेक्जेन्डरले गरेको उजुरी पहिलो र एक मात्र हो। काठमाडौँ परसिरका एसपी केदार रजिालका अनुसार ठगी र बैँकिङ् कसूरका दुवै मुद्दा एकसाथ अदालतमा पेस गर्ने तयारीमा छ प्रहरी।
चाल्र्सलाई प्रहरीले यसअघि पनि निगरानी नगरेको होइन। काठमाडौँ परसिरको प्रमुख रहिसकेका एक अधिकारीका अनुसार चाल्र्सले फागुन ०६६ मा काठमाडौँमा भएको स्वतन्त्र तिब्बत गतिविधिलाई सहयोग पुर्याइरहेको सूचना प्रहरीले पाएको थियो। त्यसक्रममा उनले बौद्धस्थित होटल हयातमा एक महिनासम्म स्वतन्त्र तिब्बत पक्षधरहरूसँग भेटघाट गरेका थिए। ती प्रहरी अधिकारी भन्छन्, "उनलाई निगरानीमा राखिएको थियो तर स्वतन्त्र तिब्बतको गतिविधि सेलाएपछि चाल्र्समाथिको निगरानी पनि त्यत्तिकै हट्यो, प्रहरीले समातेर कारबाही गर्न सकेन।"
हुन त चाल्र्सले हिरासत र जेल भोगेको यो पहिलोपटक होइन। यसअघि ०४६ सालमा छ महिना जेलमा थुनेर पञ्चायती सरकारले चाल्र्सलाई देशनिकाला गरेको थियो। त्यसबेला चाल्र्समाथि हिन्दुहरूलाई इसाई बनाएको अभियोग थियो। तत्कालीन रानी ऐश्वर्यको ठाडो आदेशमा पक्राउ परेका उनलाई छुटाउन बेलायती र अमेरिकि विधायकहरूको एक टोली नेपाल पनि आएको थियो। नेपाली सेनाका एक पूर्वजर्नेलका अनुसार अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलियालगायतका देशका विधायकहरूले चाल्र्सलाई छुटाउन तीव्र दबाब दिएका थिए।
रहस्यमयी मेन्डिज
एङ्लो-इन्डियन मूलका टम मेन्डिज सन् १९५० को दशकमा आफ्नी क्यानाडेली पत्नी र दुई छोरा लिएर भारतबाट नेपाल प्रवेश गरेका थिए। उनलाई तत्कालीन राजा त्रिभुवनले होटल व्यवसाय र पर्यटन उद्योगमा योगदान पुर्याउने आशामा नेपाल निम्त्याएका थिए।नेपाल आएर लामो समय टम दम्पतीले लाजिम्पाटमा होटल स्नो भ्यु सञ्चालन गरे। होटलमै उनीहरूले केही अनाथ बालबालिकालाई सहारा दिन सुरु गरे र आश्रति बच्चाहरू १२ जनाभन्दा बढी भएपछि अनाथालयका रूपमा मेन्डिज हेभन चिल्ड्रेन होम दर्ता गराए। त्यसपछि उनीहरू जावलाखेलनजिक धोबीघाटमा सरेर चिल्ड्रेन होम सञ्चालन गर्न थाले। धोबीघाटमा रहेको अनाथ आश्रममै अहिले क्याथोलिक चर्च बनेको छ। ललितपुरको धापाखेल गाविस-८ मा मेन्डिज हेवन सञ्चालनमा छ, जहाँ अहिले २९ जना बालबालिका छन्। चाल्र्सका माइला छोरा डेभिडका अनुसार, हालसम्म उक्त अनाथ आश्रमबाट एक सयभन्दा बढी बालबालिका आत्मनिर्भर भइसकेका छन्। टम मेन्डिज दम्पतीका दुई छोरा चाल्र्स र थोमसको बाल्यकाल जावलाखेल क्षेत्रमै बित्यो। आत्मनिर्भर भएपछि कान्छो छोरा थोमसले क्यानेडेली युवतीसँग विवाह गरी क्यानाडामै घरजम गरे भने जेठो छोरा चाल्र्स दिल्ली, काठमाडौँ, युरोप र अमेरिका ओहोरदोहोर गररिहन्छन्। चाल्र्सले सेन्ट जेभियर्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेका हुन्।
०४६ सालमा छ महिनाको जेल बसाइ र देशनिकालाको सजाय पाएपछि चाल्र्स अन्तर्राष्ट्रिय इसाई समुदायको सहयोगमा अमेरिका पुगे। अमेरिकामा युथ कोर र दी फेलोसिप फाउन्डेसन नामक इसाई धर्मप्रचारक संस्थामा आबद्ध भए। अमेरिका बसाइको केही समयमै उनी भारतको नयाँदिल्लीस्थित फेलोसिप फाउन्डेसनको प्रतिनिधि अर्थात् मिनिस्ट्री को-अर्डिनेटर नियुक्त भए। करबि १५ वर्ष उनी सोही हैसियतमा कार्यरत थिए। कानुन व्यवसायी हरशिंकर निरौलाका अनुसार भारतको नयाँदिल्लीस्थित विदेशी कूटनीतिक नियोगहरू रहेको पञ्चशील इन्क्लेभमा उनको कार्यालय थियो, जहाँबाट उनी दक्षिण एसियाका इसाई समुदायको मिनिस्ट्री को-अर्डिनेटरको भूमिका निर्वाह गर्थे।
विभिन्न ठाउँबाट आउने बजेट चाल्र्सले दुरूपयोग गर्ने गरेको उजुरी फेलोसिप फाउन्डेसनमा परेपछि उनी जिम्मेवारीबाट हटाइए। यद्यपि, सोही विन्दुबाट उनको त्यसभन्दा गहकिलो यात्रा प्रारम्भ भयो, अमेरिकामा प्रेसिडेन्सियल ब्रेकफास्टका नामबाट चिनिने प्रेयर ब्रेकफास्ट क्लबको प्रतिनिधिका रूपमा। उक्त कार्यक्रमका लागि चाल्र्सले दक्षिण एसियाको संयोजन गर्ने जिम्मा पाए। मिनिस्ट्री को-अर्डिनेटरको भूमिकामार्फत चाल्र्सले दक्षिण एसियाका उच्चस्तरका नेताहरूसँग सम्बन्ध बनाइसकेका थिए, प्रेसिडेन्सियल ब्रेकफास्टको जिम्मेवारीबाट उनको सम्बन्धको दायरा अझै फराकिलो भयो। करबि पाँच वर्ष उनले पछिल्लो जिम्मेवारीमा काम गरे। यिनै दुई जिम्मेवारीका कारण चाल्र्सले अहिलेको हैसियत बनाएका हुन्।
एक इसाई अगुवाका अनुसार नर्वे, अमेरिकालगायत देशका विधायकहरूसँग चाल्र्सको बलियो सम्बन्ध छ। जर्ज डब्लु बुस -जुनियर) राष्ट्रपति रहेको समयमा अमेरिका पुगेका ती इसाई अगुवालाई एक रपिब्लिकन सिनेटरले 'तिमी चाल्र्स मेन्डिजलाई चिन्छौ भने उनीमार्फत सजिलै राष्ट्रपति बुसलाई भेट्न सक्छौ' भनेका थिए। यसले पनि उनको पहुँच र सम्बन्धलाई प्रस्ट्याउँछ।
चाल्र्समार्फत नेपालका केही सांसद र राजनीतिक दलका नेता इसाई भएको विश्वास गर्छन्, अन्तर्राष्ट्रिय इसाई अगुवाहरू। यद्यपि, यस्ता सांसद र नेता स्वदेशमा भने हिन्दु नै हुन्। चाल्र्समार्फत संसारभरका इसाई विधायकहरूबाट संकलित सहयोग रकम नेपालका ती सभासद्हरूलाई आउने गरेको स्रोतको दाबी छ।
सम्बन्ध बनाउन माहिर
"चाल्र्स मृदुभाषी र सहयोगी पनि छन्," उनका एक मित्र भन्छन्, "यही बानीले उनले साथीहरू बनाएका हुन्।" यद्यपि, उनको साथी बनाउने बानी रहस्यमयी छ। जस्तो- २० वर्षदेखि उनीसँग चिनजान रहेको बताउने एक इसाई गैरसरकारी संस्थाका सञ्चालक उच्चस्तरीय राजनेताहरूसँग उनको उठबस अनौठो र रहस्यमयी हुने गरेको बताउँछन्।
स्वर्गीय गिरजिाप्रसाद कोइराला, लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाललगायतका पूर्वप्रधानमन्त्रीहरू र उच्चस्तरीय नेता तथा सेना, प्रहरी र निजामतीका उच्चपदस्थ कर्मचारीहरूसँग चाल्र्सको गहिरो सम्बन्ध छ। अमेरिकामा उनले नै त्यहाँका कंग्रेसम्यान र सिनेटरहरूसँग गिरजिाप्रसादको भेट गराएका थिए। प्रधानमन्त्रीको हैसियतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' न्युयोर्क जाँदा होस् या अर्थमन्त्रीको हैसियतमा बाबुराम भट्टराई अन्तर्राष्ट्रिय मुद्राकोषको बैठकमा भाग लिन जाँदा चाल्र्स पनि सँगसँगै थिए। उनकै पहलमा दुवै नेताले अमेरिकि विधायकहरूसँग भलाकुसारी गरेका थिए। राप्रपा नेता केशरबहादुर विष्टले चाल्र्सकै पहलमा दुई पटकसम्म प्रेसिडेन्सियल ब्रेकफास्टमा सहभागी हुने मौका पाइसकेका छन्, जसमा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो पनि सहभागी थिइन्।
खासगरी नेपालसहित दक्षिण एसियाका उच्चपदस्थ अधिकारी र नेताहरूसँग चाल्र्सको राम्रै उठबस छ। त्यसको प्रमाण हो, २८ असार ०६० मा धापासीस्थित उनको घरमा सम्पन्न माइला छोरा डेभिडको भव्य विवाह समारोहमा आएका निम्तालुहरू। त्यसबेला पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो आफ्ना दुई छोरा बिलावल र बख्तावरका साथ काठमाडौँ आएकी थिइन्। यस्तै, बंगलादेशका पूर्वराष्ट्रपति हुसेन मोहम्मद एर्साद र निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाकी बहिनी जेसुन पेमा पनि विवाहमा सहभागी थिइन्। पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई र कीर्तिनिधि विष्टबाहेक नेपालका सबै नेता र उच्चपदस्थ अधिकारीहरू उनीकहाँ पुगेका थिए।
पाकिस्तानका वर्तमान राष्ट्रपति आसिफ अलि जर्दारीको शपथग्रहण समारोहमा चाल्र्सको उपस्थिति जर्दारीपत्नी भुट्टोसँगको त्यही सम्बन्धको उपज हो। भुट्टो परिवारसँग उनको सम्बन्ध कति गहिरो हो भने बेनजिर देशनिकाला भएर दुबईमा निर्वासित हुँदा चाल्र्स उनलाई भेट्न त्यहीँ पुगेका थिए।
चाल्र्सकै पहलमा ०६५ जेठको अन्तिम साता फिजीका पूर्वतानाशाह सिटीभिनी राबुकाले रहस्यमय नेपाल भ्रमण गरेका थिए। अमेरिकि लबीका भनेर चिनिने राबुकाले फिजीमा दुई-दुईपटक सैनिक विद्रोहमार्फत सत्ताकब्जा गरेका थिए। चाल्र्स आफैँले फोन तथा एसएमएस गरेर साथीहरूलाई राबुका आफ्नै प्रयासमा नेपाल आएको जानकारी दिएका थिए। "राबुकालाई मैले नेपाल ल्याएको हो भन्थे," सेन्ट जेभियर्स स्कुलमा उनका एक सहपाठी भन्छन्, "उनी के गर्छन् भन्ने थाहा छैन।" नेपाल बसाइका क्रममा राबुकाले चाल्र्स लामो समयदेखि आफ्नो साथी भएको र उनकै आग्रहमा नेपाल आएको अभिव्यक्ति पनि दिएका थिए।
भारतीय अधिकारवादी नेतृ किरण वेदीसँग चाल्र्सले दिदीभाइको सम्बन्ध बनाएका छन्। वेदी अध्यक्ष रहेको इन्डिया भिजन फाउन्डेसनमा चाल्र्स त्यसलाई सञ्चालन गर्ने बोर्डका सदस्य पनि छन्। उच्च तहका भारतीय नेता र उद्योगीसँग उनको गहिरो सम्बन्ध भएको अर्को उदाहरण हो, भारतीय उद्योगी रतन टाटासँगको सम्बन्ध। काठमाडौँमा आमा एलिजावेथको निधन हुँदा दिल्लीमा रहेका चाल्र्स टाटाको निजी विमान चढेर नेपाल आएका थिए। यसबाहेक भारतीय नेताहरू लालकृष्ण आडवाणी, करण सिंह, प्रणव मुखर्जी, प्रकाश करात, सीताराम यचुरी, यसवन्त सिन्हा, जसवन्त सिंहजस्ता नेताहरूको निजी नम्बरमा सीधै फोन गर्ने हैसियत राख्छन्, उनी।
त्यति मात्रै होइन, ०६२/६३ को आन्दोलनपछि नेपाल आएका नेपालसम्बन्धी विज्ञ चिनियाँ प्राध्यापक वाङ् खोङ्वेसँग उनले छोटो अवधिमै सम्बन्ध बनाउन सके। प्राध्यापक वाङ्सँग चाल्र्सको सम्बन्ध नगरकोटको पिकनिकबाट सुरु भएको हो। उनले निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा र स्वतन्त्र तिब्बत आन्दोलनका हिमायती हलिउड नायक रचिर्ड गेरसँग पनि गाढा सम्बन्ध बनाएका छन्। कांग्रेस नेता मीनेन्द्र रजिाल संस्कृति मन्त्री हुँदा गेर काठमाडौँ आएका थिए। चाल्र्सले रजिाललाई गेरसँग भेटाएका पनि थिए। "गेरसँगको भेटघाट व्यक्तिगत हो कि मन्त्रीको हैसियतले हो भनेर चिनियाँहरूले मन्त्री रजिाललाई पटक-पटक सोधेका थिए," त्यस मामिलाका जानकार चाल्र्सका एक साथी भन्छन्।
यस्तै, ०६६ माघ पहिलो साता भुटानका वर्तमान राजाकी हजुरआमा आशी दोर्जी वाङ्मो वाङ्चुकको नेपाल भ्रमण पनि उनकै निमन्त्रणामा भएको थियो। चाल्र्स आफैँले नेपाल सरकारले उनलाई दिनुपर्ने सम्मान दिलाएका थिए। यस्तै, उनले नै ०६७ कात्तिक चौथो साता साउदी राजकुमार अल वालिद बिन तलाल र युवराज्ञी अमिराको नेपाल यात्रा पनि मिलाएको स्रोतको दाबी छ। उनले तत्कालीन मन्त्री मीनेन्द्र रजिाल, शरत्सिंह भण्डारी र सुजाता कोइरालालगायतका नेताहरूलाई राजकुमार तलालसँग भेटाएका थिए।
चाल्र्स आर्थिक व्यवस्थापन गर्न नसक्ने व्यक्तिका रूपमा आफ्ना साथीभाइमाझ परििचत छन्। फस्ट क्लास र विजिनेस क्लासको हवाई यात्रा, पाँचतारे होटलको सुइटमा बसाइ, काठमाडौँमै घर भएर पनि त्यहाँ नपुग्ने उनको जीवनशैलीका उदाहरण हुन्। उनका निकटस्थहरूको भनाइमा, उनको नराम्रो बानी लिएको पैसा नतिर्ने नै हो। साथीभाइसँग सापटी लिएर नतिर्ने बानीले नै उनलाई हिरासतमा पुर्याएको हो।
उनी शंकाको ठूलै घेरामा छन्। एक गुप्तचर अधिकारीको भनाइमा संगम रसिर्च इन्स्िटच्युट पनि शंकाको घेरामा छ। भन्छन्, "आफ्नो पहुँचका माध्यमबाट लिएको सूचना उनी कतै बिक्री गर्छन्।" पैसाका लागि सोचविचार नगरी जे पनि गर्ने हाम्रा प्राज्ञिक समुदाय संगम इन्स्िटच्युटबाट राम्रै प्रयोग भएको उनको बुझाइ छ। त्यसो भए चाल्र्स धर्मप्रचारक या कुनै विदेशी निकायका प्रतिनिधि के हुन् ? प्रहरीले गहिरिएर खोजी गरेको देखिँदैन। काठमाडौँ प्रहरी परसिरका एसपी केदार रजिाल भन्छन्, "उनीमाथि चेक बाउन्स र बैँकिङ् कसूरमा मात्र अनुसन्धान गररिहेका छौँ।"
यो हो प्रेसिडेन्सियल ब्रेकफास्ट
हरेक वर्षको १ फेब्रुअरीमा अमेरिकाको वासिङ्टन डिसीमा संसारभरका करबि चार हजार लब्धप्रतिष्ठित व्यक्तिहरूलाई भेला गराएर अमेरिकि राष्ट्रपतिसँग एकसाथ ब्रेकफास्ट गराइने कार्यक्रम नै प्रेसिडेन्सियल ब्रेकफास्ट हो, जसले संसारभर अमेरिकि प्रभाव देखाउने काम गर्छ।
यस्तो ब्रेकफास्टमा अमेरिकि राष्ट्रपतिका तर्फबाट उनले मनोनयन गरेका सिनेटरले निमन्त्रणा पठाउँछन्। वर्षैपिच्छे निमन्त्रणा पठाउने सिनेटर परविर्तन गर्ने प्रचलन छ।
अमेरिकाका ३६औँ राष्ट्रपति रचिर्ड निक्सनको पालामा सन् १९५३ मा नेसनल प्रेयर ब्रेकफास्टका नाममा यसको सुरुवात भएको हो। सन् २०११ सम्म आइपुग्दा यसको ५९औँ सत्र सम्पन्न भइसकेको छ।
हरेक वर्षको फेब्रुअरीको पहिलो बिहीबार वासिङ्टन डिसीमा यसको आयोजन गरिन्छ। १९८० सम्म वासिङ्टनस्थित हिल्टन कनेक्टिकट एभेन्युमा तथा त्यसयता हिल्टन इन्टरनेसनल बलरूममा सञ्चालन हुँदै आएको छ। उक्त कार्यक्रममा एक सय देशका ३ हजार ५ सयभन्दा बढी अतिथिलाई बोलाइएको हुन्छ।
अमेरिकि कंग्रेसका सदस्यहरूको निमन्त्रणा र दी फेलोसिप फाउन्डेसन नामको इसाई संस्थाको आयोजनमा यो कार्यक्रम हुने गर्छ। संसारभरका राजनीतिक, सामाजिक र व्यावसायिक नेताहरूलाई एक ठाउँमा भेला गरेर एकअर्कामा सम्बन्ध बनाउने, अनौपचारकि रूपमा छलफल गराउने तथा व्यक्ति-व्यक्तिबीचमा जिसस क्राइस्टको अनुभूति गराउने उद्देश्यले यसको सुरुवात गरिएको हो।
No comments:
Post a Comment