Thursday, October 31, 2024
मोहनमान सैँजूको बुधबारेदेखि चाकुपाटसम्मको यात्रा
Friday, October 6, 2023
अतिशय घटनाहरूको वृद्धि र संकटापन्नताः युवा र सञ्चारकर्मीले के गर्ने ?
हुन त ब्रम्हाण्डका कुनै पनि कुरा स्थिर छैनन् भन्ने
मानिन्छ । हामी बसिरहेको ठाउँ नेपालमा पनि कुनै समय टेथिस सागर थियो भनिन्छ ।
अहिले संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथासहितको हिमालय पर्वत शृंखला यहीँ
उभिइरहेको छ र हामी त्यसैमा गर्व गरिरहेका छौं । अनि भूपरिवेष्ठित मुलुकका रुपमा
समुद्रसम्मको पहुँचका लागि जुधिरहेका छौं ।
प्रकृतिमा यस्ता कैयन् कुरा छन्, जुन परिवर्तन भइरहन्छन् । वर्षभरि आउने ऋतुहरूको एउटा चक्र छ । त्यही चक्रले हाम्रा दैनिकी र व्यवहारलाई निर्देशित गरिरहेको हुन्छ। हामी नेपाली त झन् आकासे पानीको भरमा खेती गर्छौं । कम पानी पर्दा खेती बिथोलिन्छ । बढी पानी पर्दा बाढी र पहिरोले घरवाससँगै खेती पनि डुबाइदिन्छ, बगाइदिन्छ।
हुँदाहुँदा अब पानी नै नपरी सुख्खा पहिरोले सताउन थालेको छ
। सिन्धुपाल्चोकको जुरे यसैको उदाहरण हो ।
हिउँ जमेका तालहरु अकस्मात् फुट्न थालेका छन् । कास्कीको
पोखरामा आएको सेती नदीको बाढी यसको चेतावनी घन्टी मात्र हो भनेर विज्ञहरुले
भनिरहेका छन् । मेलम्चीमा आएको बाढीलाई पनि पर्यावरणविद्हरुले सामान्यरुपमा लिएका
छैनन् ।
यस्ता अनगिन्ती घटना छन्, जसले प्रकृतिमा उथलपुथल देखाइरहेको छ । धेरै अस्वाभाविक घटनाहरू विपत्ति बनेर आइरहेका छन् ।
यी अस्वाभाविक घटनाहरुमा कतिपय अवस्थामा हाम्रै व्यवहारहरु जिम्मेवार छन् भने कतिपय अवस्थामा नखाएको विषय लागिरहेको छ ।
नेपाल हिमाली मुलुक भएकाले यहाँ जलवायुमा अस्वाभाविक परिवर्तनको असर तीव्ररुपमा परेको विभिन्न अध्ययनले देखाएको छ ।
हिमाली क्षेत्रमा हुने वर्षाको स्वरूप र चरित्रमा जलवायु
परिवर्तनको गम्भीर असर मापन भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार
सामन्यतः थोरैथोरै सिमसिम पानी र बढी हिउँ पर्ने उच्च हिमाली तथा हिमालपारिका
मुस्ताङ–मनाङ क्षेत्रमा हिजोआज ठूलाठूला थोपाको घना पानी पर्न थालेको छ ।
Friday, July 21, 2023
ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले किन दियो परमादेश ?
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा भाटभटेनी सञ्चालक गुरुङसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बाटो खुला गरिदिएको छ । यस्तै यस प्रकरणमा जोडिएका १७ जना आरोपीलाई पक्राउ गर्न रोक्ने न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गत वर्ष जारी गरेको आदेश पनि खारेज गरिदिएको छ । उक्त आदेश खारेज भएपछि पक्राउ परेलगत्तै छुटेका मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा फेरि पक्राउ परेका छन् । अब ती १७ जनालाई पनि पक्राउ गरी अनुसन्धानलाई निष्कर्षमा पुर्याउन बाटो खुलेको छ ।
यही प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई भने विदेश जान नपाउने गरी रिहा गर्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अनुसन्धान चाँडो सक्न सीआईबीलाई परमादेशसमेत जारी गरेको छ ।
आज सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन र यसअघि सर्वोच्च अदालतबाट जारी भएको आदेशका सन्दर्भमा नयाँ आदेश जारी गरेको छ । बन्दीहरुमध्ये कसलाई रिहा गर्ने र कसलाई थुनेरै अनुसन्धान अघि बढाउने आदेशसँगै सीआईबीका नाममा थप परमादेश पनि जारी गरेको छ । यसको अर्थ र सन्देश के हुन सक्छ ?
ग्यालेक्सी फोरकेका सम्पादक रामबहादुर रावलको ब्रिफिङ ।
Sunday, August 21, 2022
प्रदीप गिरिका तीन रूप

- रामबहादुर रावल
प्रदीप गिरि-१
आमनेपालीले जस्तै म पनि प्रदीप गिरीलाई एक गम्भीर चिन्तकका रूपमा चिन्छ । पहिलोपल्ट भेट्दा उनी मेरो परिकल्पनाभन्दा धेरै फरक थिएनन् । ०६६ चैतको दोस्रो साता। गिरिजाप्रसाद कोइरालाको निधनको केही दिनपछि गिरिलाई काठमाडौंको भीमसेनगोलास्थित घरमा भेटेको थिएँ । पुरानो र बेवारिसेजस्तै लाग्ने त्यस सानो घरभित्र उनी कुर्तापाइजामामा थिए । मैलो नभए पनि खासै सुकिलो थिएन पहिरन । छुस्स दारी । फाटेका र मयल टलक्क टल्किएका सोफा । कतै कार्पेट देखिन्थ्यो त कतै सिमेन्टको कालो र खस्रो भुईं ।
यो पनि हेर्नुहोस्-
प्रदीप गिरिको त्यो रेकर्डर
त्यसपछि पनि केही समय त्यही घरमा भेटें उनलाई । उनका सहयोगी आज एउटा, भोलि अर्को हुन्थे । समयको ठेगान नहुने । उनलाई भेट्न पुग्नेहरू घन्टौं कुरिरहेका हुन्थे । कोही त बिहानै गएर उनलाई ढुक्थे, साँझ नभेटीकन फर्किन्थे र भोलिपल्ट त्यही सिलसिला दोहोऱ्याउँथे । मैले पनि उनलाई निर्धारित समयमा मुस्किलले भेटेको छु ।


