Sunday, September 25, 2011

विदेशीको बलमिच्याइँ

रामबहादुर रावल

विदेशीको बलमिच्याइँ


श्रम इजाजतबिना हजारौँ विदेशी नेपालको रोजगार बजारमा सक्रिय, बर्सेनि कम्तीमा पचास करोड राजस्व नोक्सान



  • बेलायतको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था -आईएनजीओ) सेफरवल्र्डका कार्यक्रम व्यवस्थापक आडम फोब्र्स् नेपालको राजनीति र सुरक्षा क्षेत्रका महत्त्वपूर्ण व्यक्तिहरूलाई दिनदिनै भेटिरहेका हुन्छन्। कहिले कार्यालयीय कामको बहानामा त कहिले लन्च, डिनर गर्ने निहुँमा । उनी आफूलाई साना हतियार, सुरक्षा सवाल र शान्ति निर्माणका विषयको विशेषज्ञका रूपमा चिनाउँछन् । प्रतिष्ठित आईएनजीओको जिम्मेवार अधिकारी भएका कारण उनले सहजै उच्चपदस्थहरूसम्म पहुँच पनि पाउँदै आएका छन् । तर, उनले नेपालको श्रम र अध्यागमन कानुनविपरीत यहाँ काम गरिरहेको कसैलाई थाहा छैन । करिब एक वर्षदेखि सेफरवल्र्डका नेपालसम्बन्धी परियोजनाहरूको संयोजन गरिरहेका फोब्सर््ले न नेपालमा जागिर गर्न मिल्ने भिसा लिएका छन्, न श्रम इजाजत नै ।
  • एसियन स्टडी सेन्टर फर पिस एन्ड कन्फ्लिक्ट ट्रान्सफर्मेसन -आस्पेक्ट) नामक गैरसरकारी संस्थामा प्राविधिक सल्लाहकारका रूपमा कार्यरत इजुमी वाकुगावा स्वयंसेवकका रूपमा नेपाल छिरिन्। आस्पेक्टमा उनको भूमिका के हो भन्ने स्पष्ट छैन । तर, अमेरिका पढेकी ती जापानी युवती नेपालस्थित विदेशी कूटनीतिक नियोग तथा अन्य दातृ निकायका प्रतिनिधिहरूसँग हिमचिम बढाउने, नेपालविज्ञ भन्दै नयाँ आउने विदेशीलाई नेपालबारे बि्रफिङ् दिने र परामर्शदाताका रूपमा काम गर्दै आएकी छन् । तर, उनले नेपालमा बसेर जागिर, परामर्श वा कुनै पनि खालका आयआर्जनका काम गर्न सरकारी अनुमति लिएकी छैनन्
यी प्रतिनिधि पात्र हुन्, हजारौँ विदेशीमध्ये जसले स्थानीय कानुनको बेवास्ता गर्दै भिसा दुरुपयोग गरेर आयआर्जनका काम गररिहेका छन्। नेपालमा त्यस्ता कुनै कूटनीतिक नियोग, दातृ निकाय, तिनले सञ्चालन गरेका परयिोजना र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू छैनन्, जहाँ लिनुपर्ने सबै विदेशी नागरकिले श्रम स्वीकृति लिएका होऊन्। नेपालमा रोजगाररत धेरैजसो विदेशी नागरकिले एकथरी भिसा लिएर अर्कै काम गररिहेका छन्। कुनै पनि विदेशी नागरकिले अर्को देशमा आयमूलक काम गर्न रोजगारदाता देशको श्रम अनुमति लिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता हो। नेपालमा पनि यस्तो कानुनी व्यवस्था नभएको होइन। तर, सरकारी नियन्त्रणको अभावमा विदेशी संस्था र व्यक्तिको शक्ति तथा प्रभावका भरमा श्रम तथा अध्यागमन कानुनलाई छलेर आफ्नो धन्दा चलाउने प्रवृत्ति व्यापक बनेको छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म १० हजार विदेशीले श्रम स्वीकृति लिएका छन्। तीमध्ये धेरैजसो बाहिरसिकेका छन् भने अहिले पनि कार्यरतमध्ये सबैजसो उद्योग र कलकारखाना क्षेत्रका कामदार रहेका छन्। स्वदेशी-विदेशी संघसंस्थाहरू, कूटनीतिक तथा दातृ नियोगहरू यस कानुनको दायरामा आएकै छैनन्। कूटनीतिक सुविधाप्राप्त बाहेकका हरेक विदेशी कर्मचारीलाई श्रम स्वीकृति आवश्यक पर्ने भए पनि अहिलेसम्म यो कानुन नौलो विषयजस्तै छ।

करबि ५० हजार विदेशीले गैरकानुनी रूपमा नेपालमा काम गररिहेको अनौपचारकि तथ्यांक छ। सरकारकै विभिन्न निकायका सिफारसि र समन्वयमा सञ्चालित परयिोजना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि विदेशीले भरेका आगमनपत्र, नेपालमा क्रियाशील आईएनजीओहरू, कूटनीतिक तथा दातृ नियोगलगायत विदेशी नागरकि आबद्ध रहने संघसंस्थाहरूको संख्याका आधारमा यो अनुमानित तथ्यांक निकालिएको हो। यसबाट के देखिन्छ भने नेपालको रोजगार बजारमा विदेशीले ओगटेकोमध्ये ९० प्रतिशत हिस्सा गैरकानुनी छ, बाँकी १० प्रतिशत मात्रै श्रम कानुनको दायरामा आएको छ। रोचक पक्ष के छ भने मानव अधिकार, सुशासन, सामाजिक न्यायजस्ता विषयको वकालत र पैरवी गर्ने क्षेत्रका संघसंस्थाहरूले नै श्रम कानुनको पालनामा बढी अनिच्छा देखाएका छन्।

राष्ट्रसंघबाटै यस्तो

नेपालमा रहेका संयुक्त राष्ट्रसंघका सबैजसो नियोगहरूमा कूटनीतिक र गैरकूटनीतिक कर्मचारीहरू छन्। त्यहाँ आउने स्वयंसेवक र प्रशिक्षार्थीले पनि 'बाँच्नका लागि न्यूनतम भत्ता' ८० देखि ९० हजार रुपियाँ पाउँछन्। नेपालमा २२ वटा राष्ट्रसंघीय एजेन्सी तथा मिसन छन्। ती एजेन्सी अन्तर्गत पनि थुप्रै परयिोजना छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -यूएनडीपी) अन्तर्गत मात्रै २० वटा परयिोजना चालू छन्। यसैगरी अन्य नियोगहरूले छुट्टाछुट्टै र संयुक्त रूपमा यस्ता परयिोजना सञ्चालन गररिहेका छन्। कूटनीतिक हैसियतप्राप्त सबै कर्मचारी, परामर्शदाता तथा विशेषज्ञका लागि ती संस्थाले श्रम अनुमति लिएर मात्रै काम लगाउन पाउँछन्। यहाँ कमाएको रकम वैध बाटोबाट विदेश लैजान पनि श्रम स्वीकृति अनिवार्य हुने नेपाल राष्ट्र बैँकका प्रवक्ता गोपाल काफ्ले बताउँछन्।

तर, राष्ट्रसंघका कुनै पनि एजेन्सी र परयिोजनाभित्रका गैरकूटनीतिक कर्मचारीहरूका लागि रोजगार अनुमति लिइएको अभिलेख सरकारसँग छैन। जस्तो: राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त -ओएचसीएचआर)को नेपाल कार्यालयमा १३ जना विदेशी नागरकि जागिरे छन्। तीमध्ये १० जनालाई कूटनीतिक हैसियत दिइएको परराष्ट्र मन्त्रालयको सूचीमा उल्लेख छ। बाँकी तीन जनाले सरकारी स्वीकृतिबेगर काम गररिहेका छन्। तर, ओएचसीएचआरका सूचना अधिकृत चुनबहादुर गुरुङ भने आफ्नो कार्यालयमा अनाधिकारकि तवरले काम गररिहेका व्यक्ति नरहेको बताउँछन्। भन्छन्, "अन्य प्रयोजनको भिसाका कर्मचारी राख्नु राष्ट्रसंघको सिद्धान्तविपरीत हो।"

राष्ट्रसंघकै अर्को नियोग अन्तर्राष्ट्रिय बसाइसराइ संगठन -आईओएम)को नेपालस्थित कार्यालयमा २७ जना विदेशी कर्मचारी रहेको उसको आधिकारकि वेबसाइटमा उल्लेख छ। तर, त्यस संस्थाका सात कर्मचारी मात्रै कूटनीतिक हैसियतप्राप्त छन्। २० जना श्रम स्वीकृतिबेगर काम गररिहेका छन्। आईओएमले नेपाललाई यसबारे औपचारकि जानकारी र प्रतिक्रिया दिन भने चाहेन। अरू द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरूको अवस्था पनि यही छ। श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई भन्छन्, "कानुनसम्मत तरिकाले श्रम स्वीकृति नलिई हजारौँ विदेशी रोजगारीमा रहिरहँदा कानुनी व्यवस्थाको उल्लंघन हुनुका साथै नेपाली नागरकिको रोजगारीको अवसरसमेत गुम्न पुगेको छ।"

आईएनजीओ पनि उस्तै

नेपालमा कार्यरत २ सय ५० आईएनजीओमध्ये सबैजसोमा विदेशी कर्मचारी र विशेषज्ञ छन्। १ सय ९० संस्थामा त राष्ट्रिय निर्देशक नै विदेशी छन्। ती आईएनजीओले स्थानीय साझेदार एनजीओ, सरकारी तथा निजी संघसंस्था र परयिोजनाहरूमा पनि विदेशीलाई आबद्ध गराउन लगाएका हुन्छन्। समाज कल्याण परिषद्का सदस्य-सचिव छेवाङ नाम्गेल शेर्पाका अनुसार आईएनजीओहरूमा ३ सय ५० जना विदेशी कर्मचारी कार्यरत छन्। न्यूनतम दुईदेखि ४३ जनासम्म विदेशी आबद्ध भएका आईएनजीओहरू नेपालमा सञ्चालित छन्। तर, यी कुनै पनि संस्थाले श्रम इजाजत लिएको अभिलेख सरकारसँग छैन।

आईएनजीओमार्फत आउने विदेशीहरूलाई भिसाका लागि समाज कल्याण परिषद्ले सिफारसि गर्छ। परिषद्को सिफारसि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय हुँदै गृह मन्त्रालयमा पुग्छ। गृह मन्त्रालयले 'कार्यसहमति' दिएकै आधारमा अध्यागमन विभागले भिसा स्वीकृत गर्दै आएको छ। केही आईएनजीओ परराष्ट्र मन्त्रालयमा पनि दर्ता भएकाले त्यतैबाट पाउने सिफारसिका आधारमा गृहको कार्यसहमति पाउँछन्। र, त्यही आधारमा गैरपर्यटक भिसा लिन्छन् तर श्रम इजाजत लिने 'झन्झट' कसैले गर्दैनन्। नेपालस्थित आईएनजीओहरूको संगठन एआईएनले भने आफ्ना सदस्य संस्थाहरूमा कार्यरत विदेशी कर्मचारी/विशेषज्ञको तथ्यांक उपलब्ध गराउन सकेन। 'आफ्ना प्रकाशनहरू र समाज कल्याण परिषद्मा सबै विवरण हुने' भन्दै एआईएनका अध्यक्ष अच्युत लुइँटेलले लिखित प्रतिक्रियामार्फत असमर्थता दर्शाएका छन्। श्रम इजाजत लिनुपर्ने प्रावधानबारे पनि उनले स्पष्ट प्रतिक्रिया दिएनन्। समाज कल्याण परिषद् नै यसबारे बोल्ने आधिकारकि निकाय रहेको उनको जवाफमा उल्लेख छ।

कमजोरी आफँैभित्र

अर्थ, परराष्ट्र, उद्योग, सूचना तथा सञ्चार, कृषि तथा सहकारी, स्वास्थ्य तथा जनसंख्या, भौतिक योजना तथा निर्माण मन्त्रालयले पनि कुनै दातृ निकायसँगको परयिोजना सम्झौताका आधारमा विदेशी जनशक्तिलाई भित्र्याउन गृह मन्त्रालयमा भिसाका लागि सिफारसि गर्दै आएका छन्। त्यसरी सिफारसि गर्दा न नेपालमा नपाइने जनशक्ति हो भनेर प्रमाणित गर्नेतर्फ ध्यान दिने गरिएको छ, न गृहले नै पर्याप्त खोजीनीति गर्छ। श्रम मन्त्रालयका अधिकारी भन्छन्, "दाताको दबाब, आफ्नै सम्बन्ध र अनुचित प्रभावमा परी श्रम स्वीकृतिबिना नै भिसाका लागि सिफारसि गर्ने र भिसा प्रदान गर्ने खराब प्रवृत्ति हाम्रो प्रशासनयन्त्रमा छ। आफैँभित्रको कमजोरी नसुधारेसम्म अरूलाई मात्रै दोष दिनु बेकार छ।" श्रम इजाजतका लागि श्रम मन्त्रालयबाहेक अरू मन्त्रालयले चासो नदिने प्रवृत्ति छ। दातृ निकायहरूले पनि कडा रवैया नअपनाउन विभिन्न माध्यमबाट दबाब दिइरहेको श्रमका अधिकारीहरूको अनुभव छ।

श्रम मन्त्रालयका अधिकारीहरू श्रम इजाजतबिनाका गैरपर्यटक भिसा जारी गर्ने प्रक्रियालाई नै अवैधानिक ठान्छन्। उनीहरूका भनाइमा यस प्रक्रियामा तीन प्रकारका कानुन मिचेको पाइएको छ, अध्यागमन, श्रम र भ्रष्टाचारसम्बन्धी। नेपालको अध्यागमन कानुनले 'रोजगार भिसा'को अलग व्यवस्था नगरेकाले गैरपर्यटक भिसा लिएर मात्रै पुग्दैन। यहाँ काम गर्न रोजगार अनुमतिसहितको गैरपर्यटक भिसा चाहिन्छ। रोजगार अनुमतिसहितको गैरपर्यटक भिसा नलिई काम गररिहेको अवस्थालाई गैरकानुनी मानिन्छ। विद्यमान कानुनलाई छलेर वा कसैको प्रभावमा परेर भिसा दिलाउने सरकारी निकायका अधिकारीहरूले भ्रष्टाचार कानुनको सामना गर्नुपर्ने हुन सक्छ।

सरकारी अध्ययन अनुसार विदेशी ठेकेदार कम्पनीहरूले पनि पर्यटक भिसामा रहेका विदेशीहरूलाई काममा लगाउने गरेको पाइएको छ। यसरी काममा लगाउन नमिल्ने र यसबाट राजस्व पनि प्रभावित हुने भन्दै ९ पुस ०६४ मा नै सबै सरकारी निकायहरूमा गृह मन्त्रालयले परपित्र गरेको थियो। उक्त परपित्रमा पर्यटक भिसामा नेपाल आएका विदेशीहरूले कुनै संस्थामा काम गरेको पाइएमा तिनलाई स्वदेश फर्काउन अध्यागमन विभागलाई निर्देशन दिइएको छ। परपित्रमा नेपालमा काम गर्न चाहने विदेशीले पर्यटक भिसा प्राप्त गरेको ६० दिनभित्रै कार्यसहमति र गैरपर्यटक भिसा प्राप्त गरसिक्नुपर्ने र यसमा काममा लगाउने संस्थाले तत्काल पहल गर्नुपर्ने पनि उल्लेख छ। तर, अहिलेसम्म यो निर्देशन कार्यान्वयन हुन सकेको छैन।

कसरी आउँछन् विदेशी ?

राजनीतिशास्त्रमा स्नातक रेबेका क्रोजियर चार वर्षअघि स्वयंसेविकाका रूपमा नेपाल प्रवेश गरनि्। उनलाई काठमाडौँका अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा हिमचिम बढाउन केही समय लाग्यो। त्यसपछि इन्टरनेसनल अलर्टमा एकैचोटि कार्यक्रम व्यवस्थापक भइन्। जलवायु परविर्तनले ल्याउने सुरक्षा खतरासम्बन्धी विशेषज्ञ समूहमा उनको नाम समावेश गरेको छ, उक्त संस्थाले। त्यही संस्थासम्बद्ध स्रोतका अनुसार सम्बन्धित क्षेत्रका स्नातकोत्तर र विद्यावारििधले नपाएको काम र ओहोदा उनले पाएकी त छन् तर उनले श्रम इजाजतसमेत लिएकी छैनन्। यसरी सिकारु भएर छिरेका विदेशी नागरकिले पनि नेपालमा योग्यताका आधारमा नभई सम्बन्धका आधारमा काम, ओहोदा र आम्दानी हासिल गर्दै आएका छन्। र, यो संख्या बढ्दै गइरहेको छ।

यसरी धेरै विदेशी सुरुमा प्रशिक्षार्थी वा स्वयंसेवीका रूपमा नेपाल पस्छन्। नेपालमै रहेका कूटनीतिक नियोग वा विदेशी संघसंस्थाका अधिकारीहरूसँग सम्पर्क र सम्बन्ध बढाउँछन्। कतिले त्यही सम्बन्धका आधारमा लामो अवधिको जागिर पाउँछन् भने कतिले विशेषज्ञको हैसियतले परामर्शदाताको काम पाउँछन्। यसले उनीहरूको अनुभव र ओहोदा पनि बढ्दै जान्छ। सम्बन्धित सरकारी संस्थाका अधिकारीहरूलाई प्रभावमा पारेर गृह मन्त्रालयको 'कार्यसहमति' लिन्छन्। त्यो सहमति पाएपछि सजिलै उनीहरूको भिसा थपिन्छ। विदेशी संस्थाको आधिकारकि सिफारसि वा नियुक्तिपत्र पाएपछि सरकारी कर्मचारीबाट सोधखोज र रोकावट पनि खासै हुँदैन।

कतिपय विदेशीहरू पर्यटक भिसामै नेपाल पस्छन्। एकपटकमा १ सय ५० दिन अर्थात् पाँच महिनासम्म उनीहरू नेपाल बस्न पाउँछन्। त्यस अवधिमै उनीहरू विभिन्न संस्थामा काम गर्छन्। भिसा सकिएपछि केही दिन बिदा मनाउन बाहिर जान्छन्। र, फर्केर कामलाई निरन्तरता दिन्छन्। यो प्रवृत्ति पछिल्लो अवधिमा धेरै बढेको छ। औपचारकि प्रक्रियामा जाँदा सरकारी ढिलासुस्ती र झन्झट हुने भन्दै उनीहरू छड्के बाटो अपनाएर बसाइ लम्ब्याउँछन्। सुरुमा पर्यटक भिसामै नेपाल छिरेका रचिर्ड बाउड यसका उदाहरण हुन्। उनले माओवादीका पूर्वलडाकूलाई पुन:स्थापना गर्नेसम्बन्धी यूएनडीपीकै एक परयिोजनामा पनि काम पाए। अहिले उनी सेफरवल्र्डमा आबद्ध भएका छन्। सेफरवल्र्डका वित्त तथा प्रशासन अधिकृत कृष्णकुमार थापा भन्छन्, "छोटो अवधिका लागि परामर्शदाताका रूपमा राखिएकाले श्रम इजाजतको प्रक्रियामा गएनौँ।" यसअघि सरकारी निर्देशन नभएकाले कुनै पनि परामर्शदाताका लागि श्रम इजाजत नलिएको पनि उनको स्वीकारोक्ति छ। त्यस संस्थाकी द्वन्द्व तथा सुरक्षा सल्लाहकार सारा डायम्पल सुत्केरी बिदामा गएपछि रिचार्ड आएका हुन् । त्यसो त सारा पनि श्रम इजाजतबिना नै लामो समय नेपाल बसेकी थिइन् ।

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको खुकुलो प्रावधान पनि विदेशीहरूका लागि नेपालमा श्रम इजाजतबिनै कमाउन पाइने गतिलो ठाउँ बनेको छ। पहिला न्यूनतम एक लाख अमेरकिी डलरबराबरको लगानी हुनेलाई मात्रै व्यावसायिक भिसा दिने व्यवस्था थियो। तर, अहिले यस्तो सीमा तोकिएको छैन। अध्यागमन विभागका महानिर्देशक जन्मजय रेग्मीका अनुसार ठूला उद्योग र उत्पादनमूलक क्षेत्रमा नभई स-साना ब्युटीपार्लर, रेस्टुराँ, साइबरजस्ता बढी लगानी नपर्ने प्रकृतिका कम्पनी दर्ता गरेर यहाँ बस्ने प्रवृत्ति बढी छ। साथै, लगानीको न्यूनतम सीमा र आश्रति परिवार कति राख्न मिल्ने भन्ने स्पष्ट आधार नभएका कारणले पनि लगानीकर्ताका रूपमा भित्रिने र अरू नै काम गरेर बस्ने चलन ह्वात्तै बढेको छ। उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला पनि यो कुरा नकार्दैनन्। भन्छन्, "लगानी र भिसाबारे स्पष्ट मापदण्ड नहुँदा कहिलेकाहीँ अप्ठ्यारो भने महसुस हुन्छ।"

उत्पादनमूलक क्षेत्रमा मात्रै विदेशी लगानी स्वीकार गर्ने, त्यसमा पनि ठूला लगानीकर्तालाई बढी प्रोत्साहित गर्ने र सानातिना लगानी देखाएर व्यावसायिक भिसा खोज्नेलाई निरुत्साहित गर्न कानुनमै स्पष्ट व्यवस्था हुनुपर्ने सचिव कोइरालाको भनाइ छ। सरकारकै उच्चपदस्थ अधिकारी वा निकायको साथ पाएरै केही विदेशीहरूले नेपालमा लामो समयसम्म व्यावसायिक भिसामा कामकाज गररिहेको श्रम विभागद्वारा भइरहेको अध्ययनले देखाएको छ।

राष्ट्रिय अर्थतन्त्रमा आघात

विदेशीहरू गैरकानुनी रूपमा नेपालमा काम गर्ने र कमाएको रकम विदेश लैजाने प्रवृत्तिले विदेशी मुद्राको आर्जन र सञ्चितिदेखि स्थानीय जनशक्तिको क्षमता विकासमा समेत नकारात्मक असर पुर्‍याइरहेको छ। ५० हजार विदेशीले श्रम इजाजतबिना काम गररिहेको सरकारी अनुमानलाई नै आधार मान्ने हो भने पनि नेपालले वाषिर्क ५० करोड रुपियाँ राजस्व गुमाइरहेको छ। श्रम कानुन अनुसार श्रम स्वीकृति शुल्कबापत प्रतिवर्ष प्रतिव्यक्ति १० हजार रुपियाँ बुझाउनुपर्छ। यसमा आयकर, सामाजिक सुरक्षा कर, गैरपर्यटक वा कामदार भिसा शुल्क, विदेशी विनिमय शुल्कसमेत जोडिएका छैनन्। राष्ट्र बैँकका प्रवक्ता गोपाल काफ्लेका भनाइमा श्रम इजाजतबिना काम गरेर कुनै पनि विदेशीले आफ्नो कमाइ वैध बाटोबाट आफ्नो देशमा लैजान सक्दैन। "हुन्डीको माध्यमबाट वा विदेशबाट आउने अन्य व्यक्तिसँग मिलेर अवैध बाटो प्रयोग गरेका हुन सक्छन्," प्रवक्ता काफ्ले भन्छन्, "यसबाट राष्ट्रिय अर्थतन्त्रमै आघात पर्छ। यसलाई प्रशासनिक प्रक्रियाबाटै सरकारले नियन्त्रण गर्नुपर्छ।"

अर्कोतर्फ नेपालमा काम नपाएर ठूलो मात्रामा जनशक्ति पलायन भइरहेको छ भने त्यही काम नेपालमा बसेर विदेशीले गैरकानुनी रूपमा गररिहेका छन्। श्रम ऐन र सरकारको वैदेशिक सहायता नीति अनुसार सम्बन्धित कामका लागि दक्ष नेपाली नपाइएको अवस्थामा मात्रै सरकारको स्वीकृति लिएर विदेशी विशेषज्ञ, कामदार वा कर्मचारी भित्र्याउनुपर्छ। यति मात्रै नभई नेपाली उपलब्ध नहुने देखिएमा बढीमा सात वर्षसम्म विदेशी नागरकिलाई काममा लगाउन मिल्ने र त्यसबीचमा नेपालीलाई दक्ष बनाएर क्रमश: प्रतिस्थापन गर्नुपर्ने नियम छ। यी व्यवस्थालाई पनि कागजमै सीमित गराइएको छ।

नेपाल र नेपालीका नाममा आएको वैदेशिक ऋण र सहयोग रकमको ठूलो अंश विदेशतिरै फर्किने कारण पनि अनियन्त्रित रूपमा आउने विदेशी बन्दै आएका छन्। नेपाली जनशक्तिको अभाव प्रमाणित नगरी भित्र्याइने विदेशी विशेषज्ञ, कामदार वा कर्मचारीले पाउने रकम बाहिररिहेको छ। स्वयंसेवी वा शोधका लागि आउने धेरै विदेशीले भित्रभित्रै परामर्शदाताको काम गर्छन्। झम्सीखेल, पाटनढोका, ठमेल क्षेत्रमा काम खोज्दै गरेका विदेशीलाई भेट्न सकिन्छ। कामको स्तर जुनसुकै भए पनि 'अन्तर्राष्ट्रिय' वर्गमा पर्ने भएकाले उनीहरू दैनिक पाँच सयदेखि सात सय अमेरकिी डलरका दरले परामर्श शुल्क लिन्छन्। जबकि, अत्यन्त दक्ष नेपालीले पनि त्यसको आधा पनि मुस्िकलले पाउँछन्। यसरी गैरकानुनी रूपमा काम गररिहेका विदेशीका हातमा परेको रकमबाट कर पनि आउँदैन।

प्राविधिक सहायता अन्तर्गत सल्लाहकार सेवामा हुने धेरैजसो खर्च विदेशतिरै र्फकने गर्छ। गत आर्थिक वर्षको विवरण मात्रै हेर्दा प्राविधिक सहायताका नाममा विदेशी दातृ निकायबाट प्राप्त भएको रकममध्ये ३३ प्रतिशत सल्लाहकार सेवामा खर्च हुने देखिन्छ। आर्थिक वर्ष ०६७/६८ मा प्राप्त हुने भनिएको यही शीर्षकको रकम मात्रै डेढ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयद्वारा प्रकाशित प्राविधिक तथा अन्य सहायताको विवरणमा उल्लेख छ। यसमध्ये ठूलो हिस्सा विदेशी सल्लाहकारमार्फत विदेशिने गरेको छ। यसलाई श्रम कानुनको दायरामा ल्याउन सके थारै भए पनि यसरी रकम बाहिरनिे क्रम रोकिन सक्ने विज्ञहरूको भनाइ छ।

नेपालमा बस्न चाहने आईएनजीओहरूले हरेक वर्ष कम्तीमा एक लाख अमेरकिी डलर रकम विदेशबाट ल्याउनुपर्ने प्रावधान छ। यस नीतिमा सहमत भएर आए पनि धेरै आईएनजीओले यसको पालना गरेका छैनन्। नेपालमै बसेर नेपाल सरकारलाई दिने भनिएको रकमबाट आफ्नो खर्च उठाइरहेका आईएनजीओहरूले उल्टै नेपालको अर्थतन्त्रबाट रकम बाहिर्‍याउने गरेको देखिन्छ। यसले पनि मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पाररिहेको छ।

कारबाही कठिन

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलमा २६ विदेशीले श्रम स्वीकृतिबिना काम गररिहेको भन्दै सरकारले व्यवस्थापकलाई जम्मा १० हजार रुपियाँ जरिवाना गर्‍यो। तर, एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्थिनेनले श्रम इजाजत लिनुपर्ने कि नपर्ने भन्ने विवाद साम्य भइसकेको छैन। सरकारले उनलाई श्रम स्वीकृति लिन दबाब दिइरहेको छ भने एनसेलले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले दिएको सुविधा अनुसार छूट पाउनुपर्ने तर्क गररिहेको छ। विदेशी लगानीकर्ता वा लगानीकर्ता संस्थाको अधिकृत प्रतिनिधिलाई व्यावसायिक भिसा उपलब्ध हुने र यसरी भिसा पाइसकेपछि श्रम स्वीकृति आवश्यक नपर्ने एनसेलको दाबी छ। साथै, नेपालस्थित कम्पनी एनसेलबाट नभई लगानीकर्ता कम्पनी टेलियासोनेराबाट तलब पाउने भएकाले पनि श्रम स्वीकृति लिनुनपर्ने दाबी एनसेलको छ।

तर, श्रम मन्त्रालयका उपसचिव कृष्णहर िपुष्कर तलब जहाँबाट खाए पनि नेपालमा काम गरेबापत तलब खाने जोसुकै श्रम स्वीकृतिको दायरामा आउनुपर्ने बताउँछन्। भन्छन्, "पासी लगानीकर्ता वा लगानीकर्ताको प्रतिनिधि हुन् भन्ने आधार कुनै कागजातले देखाउँदैन। उनको परचियपत्र पनि लगानीकर्ताका रूपमा नभई प्रमुख कार्यकारी अधिकृतका रूपमा छ।" पुष्करका दाबीमा विदेशी लगानी ऐनमा कामदार, जागिरे र रोजगारीजस्ता शब्द प्रयोग गरिएका छैनन् र त्यसैले त्यस ऐन अन्तर्गत आएका गैरनेपाली कामदार/कर्मचारीलाई श्रम स्वीकृति नचाहिने वा छूट दिने व्यवस्था कतै छैन।

कुनै पनि विदेशी नागरकि पारश्रिमिक लिने गरी काम गर्ने प्रयोजनका लागि नेपाल प्रवेश गर्नुपूर्व नै बोलाउने वा काम दिने संस्थाले श्रम विभागमा विवरण खोली अगि्रम रूपमा श्रम स्वीकृति लिनुपर्छ। श्रम स्वीकृतिबिना विदेशी नागरकिलाई काममा लगाउने व्यवस्थापक वा प्रबन्धकलाई १० हजार रुपियाँसम्म जरिवाना हुनसक्छ। त्यसरी काम गर्ने व्यक्तिलाई गैरकानुनी घोषणा गरी हटाउन निर्देशन दिने र नमानेमा पटकैपिच्छे २० हजार रुपियाँका दरले जरिवाना गराउन सक्ने व्यवस्था पनि श्रम ऐनमा छ। अध्यागमन ऐन, २०४९ तथा नियमावली, २०५१ मा गैरकानुनी रूपमा कार्यरत विदेशीलाई देशनिकाला, जरिवाना, जेल सजायमध्ये कुनै एक वा आवश्यकतानुसार सबै सजाय हुनसक्छ।

१० वर्षअघि नै जारी भए पनि अहिलेसम्म कार्यान्वय हुन नसकेको कानुनलाई सक्रिय बनाउने प्रयास सरकारले थालेको छ। श्रम विभागका महानिर्देशक पूर्णबहादुर बीकेको संयोजकत्वमा चार सदस्यीय अनुगमन समिति बनाइएको छ। यसमा श्रम मन्त्रालयका उपसचिव नवीन पोखरेल र वाग्मती अञ्चल श्रम कार्यालयका प्रमुख शरद अधिकारी सदस्य, श्रम विभागका अधिकृत भीम भट्टराई सदस्य-सचिव छन्। २५ जेठमा गठित यस समितिले उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन। संयोजक बीके भन्छन्, "अहिले तथ्यांक संकलन र सेचतना फैलाउने क्रममा छौँ।" उनका अनुभवमा केही संघसंस्थाले मागेको विवरण दिए पनि धेरैजसोले आनाकानी गररिहेका छन्। पहिलो चरणमा प्राप्त विवरण र अन्य स्रोतबाट फेला परेको सूचनाका आधारमा प्रतिवेदन तयार गरी दोस्रो चरणमा स्थलगत निरीक्षणमा जाने र त्यसपछि कारबाही थाल्ने योजना रहेको बीके बताउँछन्। तर, १० वर्षअघि आएको कानुनप्रति सरकारी निकाय र पदाधिकारीहरूले नै अनभिज्ञता प्रकट गर्ने, असहयोग गर्ने, विदेशी संघसंस्थाहरूले पनि स्थानीय कानुनको प्रयोगमा सहयोग गर्नुको साटो उल्टै दबाब दिने कारणले यो कदम प्रभावकारी रूपमा अगाडि बढ्नेमा आशंका पनि उत्तिकै छ। ध

कानुनमा के छ ?

  • व्यवस्थापकले प्रतिष्ठानको उत्पादन प्रक्रिया, सेवा वा कामको प्रकृति अनुसार कामदार तथा कर्मचारीको पदको वर्गीकरण गर्नुपर्नेछ र त्यसको जानकारी सम्बन्धित श्रम कार्यालयलाई दिनुपर्नेछ । यसरी वर्गीकरण गरिएको कुनै पनि पदमा गैरनेपाली नागरिकलाई काममा लगाउन पाइने छैन ।
  • राष्ट्रिय स्तरको सार्वजनिक पत्रपत्रिकामा विज्ञापन प्रकाशन गर्दा पनि कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिका लागि श्रम विभागमा निवेदन दिन सक्नेछ।
  • कुनै निवेदन परी जाँचबुझ गर्दा निवेदनमा उल्लिखित दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एकपटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारको दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ ।
  • गैरनेपाली नागरिकलाई काममा लगाउने व्यवस्थापकले नेपाली नागरिकलाई दक्ष बनाई क्रमश: प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्नेछ ।
स्रोत : श्रम ऐन, २०४८



श्रम कानुनको क्षेत्रमा को को पर्छन् ? (स्रोत : नेपाल सरकार, श्रम मन्त्रालय)
  • नेपालमा कार्यरत सबै संघ, संस्था, उद्योग, प्रतिष्ठान, नियोग, अन्तरसरकारी अन्तर्राष्ट्रिय निकाय, र्फम, कार्यालय, दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, कन्सल्टेन्सी, शिक्षण संस्था, कम्पनी इत्यादिमा कार्यरत सबै विदेशीका लागि श्रम स्वीकृति अनिवार्य छ ।
  • विदेशमा रहेको कुनै संस्था वा योजनाले नेपालमा कार्यालय खोली वा नखोली कारोबार सञ्चालन गरेको अवस्थामा श्रम कानुन आकषिर्त हुन्छ । इन्डियन एयरलाइन्ससम्बन्धी श्रम विवादमा सर्वोच्च अदालतको व्याख्याले पनि यो पुष्टि गरिसकेको छ ।
  • दुई मुलुकको सम्झौताले कानुनी हैसियत प्राप्त गरेकाले सोको आधारमा स्थापित संस्था श्रम ऐन २०४८ को दफा २ परिभाषा ख अनुसार परिभाषित 'प्रतिष्ठान'मा दरिन्छन् । गोरखा वेलफेयर स्किमसम्बन्धी मुद्दामा श्रम अदालतले गरेको फैसलामा पनि यही कुरा उल्लेख छ ।
  • कुनै संस्थाको प्रमुख कूटनीतिक हैसियतको भए तापनि कूटनीतिक हैसियत नपाएको संस्थाको काम भएमा स्थानीय कानुनको क्षेत्राधिकारभित्र पर्छ । गोरखा वेलफेयर स्िकमसम्बन्धी मुद्दामै श्रम अदालतले फैसलामा यो कुरा स्पष्ट पारेको छ ।

Wednesday, September 21, 2011

फाइदै फाइदामा चतुर्वेदी



२ ०५९ सालको मध्यतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामाज्ञाप्रसाद चतुर्वेदीको खानतलासी लियो। खातापाता खोतल्यो। अनुसन्धानका लागि ५ महिना ४ दिन हिरासतमा राख्यो। कतिले 'पाप धुरीबाट कराउँछ' भनेर अख्तियारलाई स्याबासी दिन्थे। तर, समयचक्रले उनलाई यसरी साथ दियो कि आममानिसले आकलन गरेभन्दा कैयौँ भाग कम दु:ख पर्‍यो उनको भागमा। अख्तियारले उनी सार्वजनिक पदमा पुगेपछि मात्रै ७ करोड ७१ लाख ६५ हजार ५ सय ७३ रुपियाँबराबर सम्पत्ति आर्जन गरेको तथ्य पत्ता लगायो। त्यसमध्ये ७९ लाख ८३ हजार रुपियाँ मात्रै वैध र बाँकी सबै भ्रष्टाचारबाट आर्जित ठहर्‍यायो। तर, विशेष अदालतमा आएपछि उनका सुदिन फिरे। ६ महिनाभित्र टुंगो लाग्नुपर्ने यो मुद्दा दुई वर्षसम्म लम्बियो। दुई वर्षसम्म उनको प्रतिष्ठालाई ' भ्रष्टाचारी'मा सम्म र्झन नदिएर विशेष अदालतले उनलाई सहुलियत प्रदान गर्‍यो। त्यसमाथि विशेष अदालतले १ करोड ९० लाख ९७ हजार ६ सय २६ रुपियाँ मात्रै भ्रष्टाचार ठहरायो। त्यसबाट उनलाई ५ करोड ८४ हजार सोझै नाफा भयो।

अहिले आएर सर्वोच्च अदालतको निर्णय पनि उनका लागि सहुलियतपूर्ण रह्यो। विशेषले ठहरेभन्दा ५१ लाख ७३ हजार रुपियाँ कम गरेर सर्वोच्चले १ करोड ३९ लाख २५ हजार रुपियाँबराबरको सम्पत्ति मात्रै भ्रष्टाचारबाट आर्जित रहेको फैसला गरििदयो। रकममा मात्रै होइन, सर्वोच्चले तीन महिनाभित्र गर्नुपर्ने फैसला ६ वर्ष ४ महिना ढिलो गरेर थप राहत दिलायो।

विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दा दुई वर्षसम्म जेल बस्नुपर्ने फैसला गरेको थियो। सर्वोच्चले त्यो पनि घटाएर डेढ वर्ष बसे पुग्ने भन्यो। अझ चतुर्वेदीको बुद्धिमत्ताले नै सही, सर्वोच्चले तोकेको सजायमा २० प्रतिशत अरू छूट पाउने भएका छन्। मुलुकी ऐनको दण्ड सजाय महलको ४१ -क)मा फैसला भएको मितिले ६० दिनभित्र अभियुक्त अदालतमा हाजिर भएमा सजायको २० प्रतिशत छुट दिनसक्ने व्यवस्था छ। यही व्यवस्था अनुसार छूट पाउनुपर्ने दाबीसहितको निवेदन चतुर्वेदीले २८ भदौमा अदालतमा दिएका छन्।

Sunday, September 18, 2011

आफ्नै हात जगन्नाथ


पर्यटन वर्षका नाममा मनोमानी खर्च



- अभियानको प्रचारप्रसारका लागि : ८ लाख ५० हजार रुपियाँ

- सैनिक मञ्च टुँडिखेलमा आयोजन गरिने कार्यक्रम

व्यवस्थापनका लागि : १५ लाख रुपियाँ

- लुम्बिनी शान्तिदीप प्रज्ज्वलन कार्यक्रम : १ लाख ५० हजार रुपियाँ

- प्रज्ञा प्रतिष्ठानको प्रांगण : दुई लाख रुपियाँ

- दशरथ रंगशाला : चार लाख रुपियाँ

- वसन्तपुर क्षेत्र : चार लाख रुपियाँ

- नेपाल स्काउट प्रांगण : दुई लाख रुपियाँ

- राष्ट्रिय सभागृह परिसर : दुई लाख रुपियाँ

- कार्यक्रमको छायांकनका लागि : दुई लाख रुपियाँ

- पर्यटन गीतको छायांकनका लागि : एक लाख रुपियाँ

- कार्यक्रम प्रत्यक्ष प्रसारण : तीन लाख रुपियाँ

नेपाल पर्यटन वर्ष २०११ को औपचारकि शुभारम्भ कार्यक्रमको रकम बाँडफाँटको विवरण हो यो। पर्यटन वर्ष अभियानको सचिवालय अन्तर्गत गठित कार्यक्रम कार्यान्वयन उपसमितिको २० फागुन ०६६ मा बसेको बैठकले यसरी रकम बाँड्ने निर्णय गरेको थियो।

यस्तो खर्चको प्रभावकारतिा र उपलब्धि छुट्टै मूल्यांकनको विषय हुनसक्छ। तर, पर्यटन वर्ष अभियानको मूल जिम्मेवारी बोकेको संस्था सुरुबाटै अनियमित तरिकाले चलेको उदाहरण हो यो। यो निर्णय गणपूरक संख्या नै नपुगेको बैठकबाट गराइएको छ। १५ सदस्यीय समितिको बैठकमा पाँच सदस्य मात्रै उपस्थित रहेको निर्णयपुस्ितकामा देखिन्छ। दुईतिहाइ सदस्य अनुपस्थित रहेको बैठकको वैधानिकतामा प्रश्न उठेपछि अहिले सचिवालयका कर्मचारीलाई कागजात मिलाउन हम्मेहम्मे परेको छ।

यसैगरी, ९ मंसिर ०६६, १४ जेठ ०६७, २१ जेठ ०६७, २८ जेठ ०६७, ३ असार ०६७ का बैठकमा पनि गणपूरक संख्या नै उपस्थित नभई महत्त्वपूर्ण निर्णय गरिएका छन्। कतिपय बैठकमा उपस्थिति नै नउठाई, बैठकका मिति नै उल्लेख नगरी निर्णय मात्रै लेखिएको छ। केही बैठकमा सदस्यहरूको उपस्थिति वा अनुपस्थिति केही नजनाई सदस्यहरूलाई नै गुमराहमा राखिएको छ।

मधेसमा डलर वर्षा

राज्यलाई बाइपास गरी चलाइँदै छन् परियोजना

रामबहादुर रावल


डेनमार्कको अन्तर्राष्ट्रिय विकास नियोगद्वारा सञ्चालित मानव अधिकार तथा सुशासन (डानिडा-ह्युगो) कार्यक्रम अन्तर्गत तराईलाई लक्षित गरेर ६० लाख युरो अर्थात् ६२ करोड ४० लाख रुपियाँको परयिोजना पाएको छ, मधेस इनिसिएटिभ नामक परयिोजनाले। तराई/मधेसलाई लक्षित गरेर विदेशी दातृ नियोगले ल्याएको अहिलेसम्मकै ठूलो कार्यक्रम हो यो। मधेसी मूलका नागरकिले नेतृत्व गरेका गैरसरकारी संस्थालाई मात्रै सहयोग र प्रवर्द्धन गरनिे यस कार्यक्रमको मूल लक्ष्य मधेसमा सशक्त नागरकि समाज अर्थात् 'क्रिटिकल मास' तयार गर्नु रहेको छ। त्यसका लागि सरकार र राजनीतिक दलहरूका नीति तथा कार्यक्रममा समेत 'नागरकिका तहबाट हस्तक्षेप' गरनिेछ। यद्यपि, यस परयिोजनाबारे औपचारकि जानकारी दातृ निकाय र कार्यान्वयन गर्ने संस्थाका तर्फबाट सार्वजनिक गरिएको छैन।

दुई वर्षअघि नै यस परयिोजनाको सोच बनाइए पनि मधेसी नेतृत्वकै गैरसरकारी संस्था -एनजीओ)को खोजीमा डानिडा-ह्युगोले लामो समय खर्च गर्‍यो। डेढ वर्षअघि नेपाल मधेस फाउन्डेसन -नेमाफ)सँग सम्पर्क भएपछि उसले त्यस फाउन्डेसनलाई आवश्यक कागजात तयार गर्न सिकाइदियो। मधेसका मुद्दा पहिचान गर्न र तिनलाई सम्बोधन गर्ने कार्यक्रम सिफारसि गर्ने जिम्मा पनि नेमाफलाई नै दियो। मुद्दा पहिचान गरी मधेसी नेतृत्वका हरेक जिल्लाका दुईदेखि तीन गैरसरकारी संस्था -एनजीओ)मार्फत काम गर्न सुझाव नेमाफले दियो। नेमाफले अन्य सात एनजीओलाई स्थानीय साझेदार बनायो। यस परयिोजना अनुसार मधेसी मूलका नागरकिले नेतृत्व गरेका सातवटा स्थानीय एनजीओहरूलाई सुरुमा सात-सात लाख रुपियाँका दरले बाँडिनेछ। सामाजिक सद्भाव, सुशासन र सुरक्षा गरी तीनवटा विषयगत क्षेत्रमा ती एनजीओहरूले बहसपैरवी गर्नेछन्।

मधेसी समुदायको सशक्तीकरण, सुरक्षा, द्वन्द्व समाधान, आर्थिक विकासलगायतका नाममा आएको यो परयिोजना एक्लो भने होइन। केही समययता तराईमा विदेशी दातृ नियोग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था -आईएनजीओ)हरूले आफ्नो सक्रियता बढाएका छन्। नेपालको दातृसमुदायको कुनै पनि त्यस्तो सदस्य छैन, जसले तराई/मधेसमा चासो नदेखाएको होस्। अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखाका एक अधिकारीका भनाइमा, अहिले सबै दातृ निकायको 'फोकस' तराई हुने गरेको छ। त्यसैले उनीहरू हरेक सहायता सम्झौताका क्रममा आफ्नो दातव्यलाई तराईमा लगाउन जोड दिने गरेका छन्। सरकारले प्रस्ताव गरेको कार्यक्रममा समेत उनीहरूले पहिला तराईमा लगानीको प्रस्ताव छ/छैन भनेर हेर्छन्।

स्वीट्जरल्यान्ड, नर्वे, डेनमार्क, अमेरिकालगायत मुलुकका नेपालस्थित दूतावासले तराईका विभिन्न संस्था र व्यक्तिहरूलाई आर्थिक अनुदान दिएर मानव अधिकार, सशस्त्र द्वन्द्व, संघीयता, सामाजिक सद्भाव, शान्ति, सुरक्षाजस्ता विषयमा बहस पैरवी गर्न लगाएका छन्। जस्तो : स्वीस दूतावासले तराई ह्युमन राइट डिफेन्डर एलाइन्स नामक संस्थालाई अनुसन्धान र तीन-तीन दिनका दुईवटा तालिम आयोजन गर्न भनेर ३४ हजार २ सय २२ अमेरिकि डलर अर्थात् करिब २५ लाख रुपियाँ सहयोग दिएको थियो। त्यस्तै, स्वीसलगायत अन्य दूतावासहरूले लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्थालाई मानव अधिकारसम्बन्धी प्रतिवेदन निकाल्न बेलाबेलामा आवश्यकता अनुसार सहयोग गर्दै आएका छन्।

बेलायतको एक अनुसन्धाता कम्पनी केएआईले पनि तराईलाई नै रोजेको छ। उसले तराईका २० जिल्लामा बृहत् अनुसन्धान गर्दैछ। त्यसका लागि ऊ स्थानीय साझेदारको खोजीमा छ। स्वीट्जरल्यान्डको स्मल आम्र्स सर्भे नामको एनजीओ पनि तराई क्षेत्रको द्वन्द्व र साना हतियारबारे अनुसन्धानको काम गररिहेको छ। नेपालस्थित कुनै पनि विदेशी दूतावास तराई क्षेत्रमा आफ्नो उपस्थिति जनाउन पछि परेको छैन। अमेरिकाले तराई क्षेत्रमा सशस्त्र प्रहरीलाई चौकी बनाउन सहयोग गररिहेको छ।

०६३ को मधेस आन्दोलनपछि दातृ समुदायको ध्यान तराईमा बढी केन्दि्रत भएको हो। मधेसी जनअधिकार फोरम नामक एनजीओको नेतृत्वमा उठेको उक्त आन्दोलन सम्भवत: नेपालकै इतिहासमा पहिचानको मुद्दा उठाएर गरिएको सबैभन्दा ठूलो आन्दोलन थियो। उक्त आन्दोलनपछि उदाएका करबि एक सयवटा फरकफरक नाममा सशस्त्र समूहहरूको गतिविधिले असुरक्षा बढ्दा झन् ध्यानाकर्षण गर्‍यो। नेमाफका कार्यकारी निर्देशक तुलानारायण साहको भनाइमा मधेस आन्दोलनपछि सरकारी नीति निर्माता र दातृ समुदायको मधेसप्रति हेर्ने दृष्टिकोण नै फेरिएको छ। "राष्ट्रिय योजना आयोगले अन्तरमि योजनामा मधेसका लागि छुट्टै परच्िछेद राखेको छ," मधेस आन्दोलनको सकारात्मक प्रभाव उल्लेख गर्दै साह भन्छन्, "मधेसका मुद्दालाई योजना आयोगले मसिनो तरिकाले केलायो। मधेसी विज्ञ र प्रतिनिधिसँग छुट्टै छलफल गर्‍यो। विकास मञ्चमा मधेसी प्रतिनिधि राख्न थालियो।"

मधेसीको पहिचान र विकासतर्फ विदेशी नजरहरू केन्दि्रत हुन थालेका हुन्। एक हिसाबले तराईमा विदेशी सहायताको ओइरो नै लागेको छ र यसलाई तराईमा विदेशीको बढ्दो उपस्थितिका रूपमा पनि हेर्न सकिन्छ। वैदेशिक सहायताको बढ्दो परिमाणसँगसँगै यसले राज्यका विधि, व्यवस्था र नीतिलाई चुनौती दिएको छ। यसको दीर्घकालीन प्रभावबारे पर्याप्त अध्ययन र बहस भने भएको छैन।


राज्यलाई बाइपास
बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग -डीएफआईडी)ले पूर्वी तराईका छ जिल्लामा मधेस कम्युनिटी मेडिएसन नामक परयिोजना सञ्चालन गररिहेको छ। इनेबलिङ् स्टेट प्रोग्राम -ईएसपी) अन्तर्गत सञ्चालित यस परयिोजनालाई अल्टरनेटिभ डिस्प्युट रजिोलुसन -एडीआर) बेन्चसमेत नाम दिइएको छ। समुदायमा हुने सानाठूला झैझगडादेखि आपराधिक घटनासम्म गाउँमै मेलमिलाप गराउनु, प्रहरी र अदालतमा यो कुरा पुग्न नदिनु नै यसको मूल उद्देश्य हो। तराई क्षेत्रमै कार्यरत कतिपय मानव अधिकारकर्मीले यसलाई 'एनजीओको जनअदालत'समेत भन्ने गरेका छन्।

सर्वोच्च अदालतलगायत मुलुकका ७९ वटा अदालतका परसिरभित्रै मेलमिलाप केन्द्र सञ्चालन भइरहेका बेला विदेशी दातृ निकायले बाहिरै जनअदालत शैलीमा न्यायप्रणाली सञ्चालन गर्न खोज्नुलाई समानान्तर राज्यको अभ्यास भन्दै न्याय क्षेत्रबाट धेरैपटक आलोचनासमेत भएको छ। यस कार्यक्रमको समीक्षा र मूल्यांकनमा संलग्न स्रोतका अनुसार धेरै ठाउँमा यसका लागि आउने रकम दुरूपयोग भएको पाइएको छ। सशस्त्र समूहहरूसम्म पनि रकम पुग्ने गरेको देखिएको स्रोतको भनाइ छ। सप्तरी, सिराहा, महोत्तरी, धनुषा, रौतहट र सर्लाही जिल्लामा सञ्चालित यस परयिोजनालाई मानव अधिकार तथा समुदाय विकास प्रतिष्ठान, नेपाल -हुकोडान)मार्फत लागू गरिएको छ। हुकोडानले अरू पाँचवटा स्थानीय एनजीओलाई साझेदार बनाएको छ। नौ करोड रुपियाँभन्दा बढी बजेट रहेको यस परयिोजनामा तीन वर्षको अवधिमा ७ करोड ६० लाख रुपियाँ खर्च भइसकेको छ।

डीएफआईडीले भने सर्वोच्च अदालतको रणनीतिक योजनालाई सघाउ पुर्‍याउन र स्थानीय स्वायत्त शासन ऐनसमेतका आधारमा यो परयिोजना सञ्चालन गरेको लिखित जवाफ नेपाललाई पठाएको छ। नेपाललाई पठाइएको प्रतिक्रियामा 'औपचारकि न्यायप्रणाली सुस्त तर खर्चिलो भएकाले त्यसमा सुधार नआउन्जेल समुदायमै छिटाछरतिो समस्या समाधान गर्न' यो परयिोजना लागू गरिएको उल्लेख छ। सर्वोच्च अदालतबाट हालै निवृत्त भएका रजिस्ट्रार रामकृष्ण तिमल्सेना भने यो परयिोजना र मुलुकको न्यायप्रणालीबीच कुनै तारतम्य नरहेको बताउँछन्। भन्छन्, "हामीसँग कहिल्यै पनि छलफल र समन्वयको प्रयास गरिएको छैन। हाम्रो रणनीतिक योजनालाई सघाउने हो भने त हाम्रो सल्लाहमा काम हुनुपथ्र्यो।"

उल्लंघन नै उल्लंघन

वैदेशिक सहायतासम्बन्धी राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मान्यतालाई समेत लत्याएर केही दातृ निकाय र आईएनजीओहरू तराईमा पसेका छन् भने कतिपय पस्ने क्रममा छन्। यसको ताजा उदाहरण हो, बेलायती एनजीओहरू सेफरवल्र्ड र इन्टरनेसनल अलर्टले सुरु गरेको न्याय र सुरक्षा प्रणाली सुधारमा योगदान पुर्‍याउनका लागि नागरिक समाजको सशक्तीकरण परयिोजना। बेलायत सरकारले नेपाल सरकारसँग औपचारकि रूपमा सम्झौता गरी सहयोग गर्ने घोषणा गरेको रकम कटाएर डीएफआईडीले आफ्नै देशका दुई एनजीओलाई दिने भएको छ। यसरी सरकारसँग सम्झौता गरसिकिएको -जसलाई इयर माक्र्ड मनी भनिन्छ) रकम विदेशी संस्थालाई दिनु सरकारको वैदेशिक सहायता नीतिको मात्रै उल्लंघन होइन, वैदेशिक सहायतासम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरू आक्रा एजेन्डा फोर तथा पेरसि पि्रन्सिपल डिक्लारेसनको समेत उल्लंघन मानिन्छ। नेपाललाई दिने भनेर प्रतिबद्धता जनाइएको रकम नेपालकै सरकारी वा गैरसरकारी निकायमार्फत खर्च गरनिुपर्नेमा डीएफआईडीले विदेशी संस्थालाई दिने भएको हो। तराईको नागरकि समाजलाई सशक्त बनाएर सुरक्षा तथा न्यायप्रणालीलाई सहयोग गर्ने भन्दै ल्याइएको यस परयिोजनामा सुरुको चरणमा ९ करोड ४० लाख रुपियाँबराबर बजेट खर्चिने भएको छ।

अझ यी आईएनजीओले नेपालमा आएर बजेट संकलन गर्न नपाइने, विदेशबाटै कम्तीमा एक लाख अमेरिकि डलरबराबर रकम वाषिर्क रूपमा ल्याउनुपर्ने नियमको समेत उल्लंघन गर्दै आएका छन्। सेफरवल्र्डलाई नै उदाहरणका रूपमा लिने हो भने वाषिर्क कम्तीमा १२ लाख अमेरिकि डलरबराबरको बजेट नेपालमै उठाएर तराई क्षेत्रमा विभिन्न परयिोजना सञ्चालन गररिहेको देखिन्छ। सामुदायिक सुरक्षा र प्रहरी सुधार परयिोजनामा मात्रै उसले स्वीस अन्तर्राष्ट्रिय विकास नियोग -एसडीसी) बाट तीन लाख युरो, डीएफआईडीबाट चार लाख पाउन्ड र नर्वेले एक लाख युरो सेफरवल्र्डलाई दिएको छ। यो संस्था बढीजसो तराईको द्वन्द्व, सुरक्षालगायत विषयमा अनुसन्धानका काममा बढी केन्दि्रत छ।

यसरी संकलन गरिएको विदेशी सहयोगको निश्चित प्रतिशत ती संस्थाले आफ्नो मुख्यालयमा पठाउने गरेका छन्। जबकि, कुनै पनि आईएनजीओ वा विदेशी संस्थाले नेपाललाई घोषणा गरसिकेको रकम यसरी विदेश पठाउन बर्जित छ। त्यस्तो रकम विदेशी नागरकिलाई तलब खुवाउनका लागि समेत खर्च गर्न नपाइने सम्झौतामा सही गरेर मात्रै यस्ता परयिोजना लागू हुन्छन्। तर, व्यवहारमा यो लागू हुन सकेको छैन। तराई लक्षित कार्यक्रममा यो प्रवृत्ति अझ कहालीलाग्दो स्वरूपमा देखिएको यस क्षेत्रका विज्ञहरू बताउँछन्।

विदेशीलाई नै विज्ञका रूपमा बोलाउने, उनीहरूले नै गाउँगाउँमा गएर तालिम दिने, परयिोजना म्यापिङ्, डिजाइन र मूल्यांकन गर्ने प्रवृत्ति पनि उत्तिकै छ। विदेशीसँग अन्तर्वार्ता गर्दा नेपालीले अतिरञ्जित अवस्था देखाउने, दोहोरो संवाद नहुने कारणले यथार्थभन्दा बढी भयावह चित्र विदेशीका रपिोर्टमा देखिने, ती विज्ञमार्फत विदेशी सहायता विदेशमै फर्किने समस्या छ। अर्कोतिर विभिन्न बहानामा तराई क्षेत्रमा विदेशीहरू किन ओइरो लाग्दै छन् भन्ने प्रश्न पनि निरुत्तरति छन्। "जहाँ द्वन्द्व हुन्छ, त्यहीँ बढी दाताहरू ओइरिन्छन्। बढी बजेट खर्च गर्नुपर्‍यो, काम देखाउनुपर्‍यो," राजनीतिशास्त्रका सह-प्राध्यापक लालबाबु यादव भन्छन्, "यस्ता ठाउँमा राज्यको अनुगमन र नियन्त्रण कम हुने भएकाले मन लागेको गर्न पाइन्छ।" कतिपय परयिोजना र क्रियाकलाप हेर्दा यादवको भनाइलाई नकार्न सकिने अवस्था पनि छैन।

यस्तो पनि ...

राजनेता कसरी बन्छ, कसले बनाइदिन्छ भन्नेबारे राजनीतिशास्त्रमा अनेकथरी अवधारणा छन्। तर, नेपालमा दातृ निकायहरूले फरक मान्यता स्थापित गर्न खोज्दै छन्, नेतृत्वको विकासबारे। जस्तो कि मुलुकका सबैजसो वैदेशिक सहायता नियोगहरूको सामूहिक पहलमा 'ज्वाइन्ट मेकानिज्म फर पोलिटिकल पार्टी सपोर्ट इन नेपाल' अर्थात् राजनीतिक दललाई सहयोग गर्ने संयुक्त संयन्त्र निर्माण गरिएको छ। र, पार्टीहरूलाई समावेशी बनाउने भन्दै जातीय-क्षेत्रीय उत्पीडनमा रहेका समुदायबाट उनीहरूले सक्षम नेता उत्पादन गरििदनेछन्। यस्तो समुदायको आकार ठूलो रहेको क्षेत्रबाट यो कार्यक्रम सुरु गरनिेछ।

जुनसुकै पार्टीका कार्यकर्ता भए पनि जातीय/जनजातीय पहिचानका आधारमा छनोट गरी तालिम दिइने भएको छ। सुरुमा साढे ३ करोड डेनिस क्रोनर अर्थात् हालको विनिमय दर अनुसार ४० करोड रुपियाँ बजेट डेनिस इन्स्िटच्युट फर पार्टिज् एन्ड डेमोक्रेसी नामक संस्थामार्फत खर्च गरिंदैछ। यसमा विस्तारै अन्य दातृ नियोगहरूले पनि आर्थिक योगदान गर्ने सहमति भएको स्रोतको भनाइ छ। जातीय आधारमा छानीछानी नेता बनाउने विदेशी दाताहरूको योजनाप्रति यहाँका राजनीतिक दल वा सरकारी अधिकारीको प्रतिक्रिया के हुन्छ, हेर्न बाँकी छ।

जातीय मूल हेरेरै वैदेशिक सहयोग बाँड्ने चलन भने यसअघि नै बसिसकेको छ। जस्तो कि, यूएनडीपीको सहभागितामूलक संविधान निर्माण परयिोजना अन्तर्गत 'डेमोक्रेसी डाइलग' नामको अन्तरक्रिया गराउन मुलुकका १५ वटा गैरसरकारी संस्थाहरूका जातीय/क्षेत्रीय सञ्जालहरूलाई करबि साढे दुई करोड रुपियाँ बाँडिएको थियो भने क्यानाडाली अन्तर्राष्ट्रिय विकास नियोग -सिडा)ले नेपालमा लोकतान्त्रिक विकास सहयोग कोष अन्तर्गत करबि १२ करोड रुपियाँ नेपालकै विभिन्न १९ वटा जातीय/क्षेत्रीय र पेसागत एनजीओका सञ्जाललाई बाँडेको थियो। त्यसबाहेक एसडीसीले मधेसी एनजीओ फेडरेसनलाई छुट्टै एक करोड रुपियाँबराबर सहयोग दियो। त्यस बजेटबाट फेडरेसनले सुझाव संकलन गरी मधेसी सभासद्हरूको समूह -ककस)लाई पेस गरेको थियो। त्यही कार्यक्रममा मधेसी सभासद् समूहका १९ सभासद्लाई आफ्ना मुद्दामा एकमत हुन हस्ताक्षर गराइएको उक्त फेडेरेसनको आधिकारकि वेबसाइटमा उल्लेख छ।

विदेशी दाताहरूको नियतमा तुरुन्त शंका गरहिाल्नु उचित हुँदैन। तर, राज्यलाई नै बाइपास गरेर प्रचलित अन्तर्राष्ट्रिय मान्यतालाई समेत ध्यान नदिई कार्यक्रमहरू सञ्चालन गर्नु भने सोचनीय कुरा हो। विदेशी दातृ निकाय र आईएनजीओहरूले यसतर्फ ध्यान दिए उनीहरूले चाहेको प्रतिफल अझै सुनिश्चित हुने पक्का छ। 



तराईमा सक्रिय विदेशी संस्था

- संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीहरू

- बेलायती नियोग -डीएफआईडी)

- अमेरिकी नियोग -यूएसएआईडी)

- डेनिस नियोग -डानिडा)

- फिनिस नियोग -फिनिडा)

- नर्वेली नियोग -नोराड)

- क्यानाडाली नियोग -सिडा)

- स्वीस नियोग -एसडीसी)

- जर्मन सहयोग नियोग -जीटीजेड, हाल

जीआईजेड)

- युरोपेली युनियन

- इन्टरनेसनल बार एसोसिएसन

- इन्टरनेसनल कमिसन अफ जुरिस्ट

- सेफरवल्र्ड -बेलायती आईएनजीओ)

- इन्टरनेसनल अलर्ट -बेलायती

आईएनजीओ)

- एसिया फाउन्डेसन -अमेरिकी

आईएनजीओ)

- यूएसआईपी -अमेरिकी आईएनजीओ)

- ट्राइल -स्वीस एनजीओ)

- स्मल आम्र्स सर्वे -स्वीस एनजीओ)

- केएआई -बेलायती रिसर्च कम्पनी)

Tuesday, September 13, 2011

चीन लगिँदै छन् नेपाली युवती

सन्तोष आचार्य/खासा(चीन)

चाइनातिर चेलीहरू


चीनको स्वशासित क्षेत्रमा व्यापार उत्थान र रतिरागका लागि लगिँदै छन् नेपाली युवती

माई लाइफ, माई राइट," घर पोखरा र नाम कल्पना परयिार बताउने बार डान्सरले अलिक झर्किंदै भनिन्। नेपालकी एक सामाजिक कार्यकर्ताले चीनको खासा पुगेर कल्पनालगायतका युवतीको पुन:स्थापन गर्न खोज्दा 'नेपाल लगेर दुईवटा बाख्रा दिएर यसैले जीवन चला भन्नका लागि फर्काउन खोजेको ?' भन्दै ती सामाजिक कार्यकर्तालाई कल्पनाले दिएको जवाफ थियो यो। नेपालसँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत अन्तर्गत पर्ने खासामा भेटिएकी १५ वर्षिया कल्पना विगत तीन महिनादेखि स्थानीय झुपा -बियर बार)मा नर्तकी छन्। नेपाली, तिब्बती तथा चिनियाँ र केही संख्यामा भारतीय आगन्तुक बारका पाहुना हुन्। पाहुनासँग नारिंदै उनीहरूको टेबुलमा बसेर पाहुनालाई स्पर्श गर्नु, पाहुनासँगसँगै चुरोटको सर्को र ल्हासा बियरको चुस्की लिएर फ्लोरमा आफ्नो नृत्यकला देखाउनु नै उनको पेसा हो। तर, खासा, कुती, केरुङ र ल्हासामा झुपा भन्नासाथ बियर बार मात्र बुझिँदैन, देहसुखका लागि भौँतारनिेहरूको चौतारी भन्ने पनि बुझिन्छ।

रातको त्यस्तै ३ बजेको हुँदो हो। रंगीविरंगी-मधुरो प्रकाश र चर्को ध्वनिले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो। खासाको प्रसिद्घ पुरानो गुम्बा सामुन्ने रहेको वाङ्दे डिस्को बारमा पाँच जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्की-मस्की नाच्दै थिए। पृष्ठभूमिमा खासा बजार नै थर्किने गरी नेपाली, तिब्बती र हिन्दी गीत बजिरहेका छन्। 'मुन्नि बदनाम हुई...', 'ए माया बोल न किन यस्तो लाज...,' अनि, तिब्बती लोकभाकाका गीतहरूसँगै नेपाली युवतीहरू बियर र यौवनको उन्मादले झुम्दै गइरहेका थिए। बिहान ५ नबज्दै कल्पना मात्रै होइन, उनका संगीहरू एकएक गर्दै डान्स फ्लोरबाट हराउँदै गए। ग्राहकको संख्या पनि पातलिँदै गयो। स्थानीय लजहरूमा नेपाली युवतीहरू अघि बारमा भेटिएका ग्राहकसँग अभिसाररत हुँदै गए। बिहान ७/८ बजेपछि उनीहरू आ-आफ्नो कोठामा फर्किए।

१२ बजे खाना खाएपछि साँझ ४/५ बजे उठ्छन् उनीहरू। उठेपछि शृंगारपटारको हतारोमा देखिन्छन्। फेरी आफ्नो कार्यथलो बारमा गएपछि उही नित्यक्रम दोहरनि थाल्छ। नगरबधुको भूमिकामा आफूलाई अभ्यस्त बनाउन उनीहरू सिपालु हुँदै छन्, यसरी दिनदिनै।

छिमेकी मुलुक चीनको स्वशासित प्रदेश तिब्बत अन्तर्गतका नेपाली सीमानजिकका कुनैबेलाका साना गाउँ कुती, केरुङ, खासा, झाङ््मु आदि अहिले साना सहरमा रूपान्तरण हुँदै छन्। विकाससँगै उपभोक्तावाद पनि मौलाउँदै छ। परिणामत: त्यस्ता सहरहरू आर्थिक अवस्था कमजोर भएका चिनियाँ र तिब्बती मूलका युवतीसँगसँगै नेपाली युवतीहरूको पनि रतिराग विनिमयका गन्तव्य बनेका छन्। चीनमा उत्पादित उपभोग्य सामग्रीको बिक्री तथा नेपाल निर्यातको प्रमुख नाका खासा त्यस्तै एउटा सानो सहर हो, जहाँ बिहानदेखि साँझसम्म कारोबार चल्छ । र, साँझ छिप्पिँदै गएपछि नारी देहसँगको अभिसारमा रमाउने लालसा राख्छ, यो सहर। ठ्याक्कै यहीँनेर स्थानीय बासिन्दाका लागि नेपाली युवती यौनसुख आपूर्तिको साधन बन्ने क्रम बाक्लिँदो छ। करबि दुई किलोमिटर क्षेत्रफलमा फैलिएको अग्लो पहाडको खोचमा रहेको र भोटेकोसी नदीको आडमा बसेको पुरानो वस्तीको झल्को दिने खासा रतिरागात्मक सम्बन्धको साइनो खोज्नेका लागि सहज पहुँच भएको विस्तारति बजार बन्दै छ, जहाँ नेपाली युवतीको अत्यधिक माग छ।

यसरी तिब्बतका खासा, कुती, केरुङ र ल्हासामा नेपाली एजेन्ट र यहाँका रेस्टुराँ तथा डान्स बारका चिनियाँ मालिक तथा तिनका केही प्रतिशतका नेपाली साझेदारको मिलेमतोमा नेपालबाट युवतीहरू त्यहाँ रहेका रेस्टुराँ, डान्स बार र कतैकतै मसाज पार्लरमा ल्याइन्छन्। यी सहरहरूमा पुग्नेमध्ये सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, कैलाली, झापा, दोलखा, रौतहट, तेह्रथुम, बारा, सर्लाही, अर्घाखाँची, नुवाकोट, स्याङ्जा, ललितपुर, नवलपरासी, मकवानपुर, दाङ आदि जिल्लाका युवती बढी छन्। सीमा जोडिएको र गरबिीले सताइएको जिल्ला भएकाले होला, यसरी खासा पुग्ने नेपाली महिला तथा युवतीमध्ये सिन्धुपाल्चोक जिल्लाका सबैभन्दा बढी छन्। यहाँको वाङ्दे डिस्को बारमा डिजेका रूपमा कार्यरत हेटौँडाका विक्की लामाका अनुसार खासामा मात्र पाँचवटा डान्स बार, नौवटा नेपाली प्रकृतिका होटल, २५ वटा लज र आधा दर्जनभन्दा बढी क्याबिन शैलीका रेस्टुराँ सञ्चालनमा छन्। नेपालको भन्दा बढी मासिक पारश्रिमिक र लोभलाग्दो टिप्सका कारण पनि नेपाली युवती यतातिर आकषिर्त भइरहेका छन्। यहाँ खाने, बस्ने सुविधासहित सरसफाइ गर्नेले पाँचदेखि सात हजार, वेटे्रसले न्यूनतम सातदेखि नौ हजार, नर्तकीले १० देखि १२ हजार रुपियाँसम्म पाउँछन्। यसबाहेक देहसुख प्रदान गरेबापत पाउने रकम अर्को आकर्षण हो। कल्पना भन्छिन्, "पैसा भए पनि बन्धकजस्तो जीवन भएकाले मज्जा छैन मुग्लानमा।"

नेपाली सीमाबाट ३० किलोमिटर क्षेत्रसम्म आवतजावत गर्न एक दिनका लागि अनुमति पत्र दिइन्छ। तर, कतिपय नेपाली युवतीहरू यस्तो पासमा गएर तीन महिनाभन्दा बढी समय बिताउँछन्, खासामा। कोदारीस्थित अध्यागमन कार्यालयका प्रमुख विजयराज पौडेलका अनुसार सिन्धुपाल्चोकबाट नागरकिता लिएको छ भने एक वर्षको पास हुन्छ। यसले एक वर्षसम्म तिब्बतमा ३० किलोमिटरभित्र जान सक्ने प्रावधान छ। सिन्धुपाल्चोकबाहेकका जिल्लाको नागरकिताका आधारमा एकदिने प्रवेश पास दिइन्छ। "हामीले नागरकिताका आधारमा खासा प्रवेशका लागि एकदिने पास दिनैपर्छ, खासामा अनुचित काम गर्न लागेको शंका लागे पनि हामीले प्रवेश पास रोक्न मिल्दैन। किनभने, नियम नै यस्तै छ।" पौडेल भन्छन्, "कुनै सामाजिक संस्था र प्रहरी निकायको समन्वयका आधारमा त्यसरी खासामा बेचिन थालेका युवतीलाई परामर्श दिन र सचेतना जगाउने कार्यक्रम नै प्रभावकारी हुन्छ, यसका लागि। नियमत: हामी रोक्न सक्दैनौँ।"

एकदिने पास चीन-नेपाल सीमाको तातोपानी गाविसस्थित लिपिङ्मा रहेको नेपालको अध्यागमन कार्यालयले दिने गर्छ। पास पाएका युवती तथा महिलामध्ये कोही मात्र नेपाल फर्किन्छन् भने कोही कुती, केरुङ र ल्हासासम्म पनि पुर्‍याइन्छन्। नतिजा, नेपाली युवतीहरू आफ्नो यौवनको त्यहाँ मोलतोल गर्न बाध्य हुन्छन्। प्राय: युवती एकदिने पासमा खासा पुग्ने र रेस्टुराँ मालिकले त्यहाँ अर्कै पास बनाइदिने हुँदा त्यसैका आधारमा बस्ने गरेका छन्। चिनियाँ प्रहरीले नेपाली नागरकिता र सानो उमेरका लागि विद्यालयको परचिय-पत्र हेर्ने भएकाले खासामा युवती पठाउने गिरोहको सञ्जालले नक्कली नागरकिता र विद्यालयको परचिय-पत्रसमेत बनाएर पठाउने गरेको देखिन्छ। तर, चिनियाँ प्रहरीले नेपाली युवतीहरूको आगमनलाई प्रोत्साहित नै गर्दै आएको छ।

नेपाली युवतीको अभावमा खासाका डिस्को, बार र रेस्टुराँ तथा लजहरूले मनग्गे आम्दानी गर्न नसक्ने भएकाले यहाँ नेपाली युवतीहरूको उपस्थिति चिनियाँ पक्षका लागि अनिवार्यजस्तै बनेको देखिन्छ। खासाको बजार विस्तार हुँदै गएपछि त्यहाँको मुख्य व्यापारमा हान वंशीय चिनियाँहरूको प्रभुत्व भइसकेको छ। हानहरूको प्रवेशले स्थानीय तिब्बती जनतामा निराशा आउला भनेर पनि उनीहरूलाई भुलाउन यहाँका डिस्को, बार र रेस्टुराँमा नेपाली युवतीहरूको प्रवेशलाई स्थानीय प्रशासनले प्रोत्साहित गरेको बताउँछन्, एक स्थानीय। उनका अनुसार खासा, कुती, केरुङ, ल्हासालगायतका तिब्बती क्षेत्रमा चिनियाँ सरकारले चिनियाँ नागरकिका लागि 'सेक्स पार्लर' सञ्चालनको अनुमति दिएको छ। खासामा पनि एउटा यस्तै प्रकृतिको 'पार्लर' छ तर नेपाली ग्राहकलाई त्यहाँ जान खुला भए पनि नेपाली युवतीलाई भने त्यहाँ नगरबधुका रूपमा काम गर्न प्रतिबन्ध छ। आफ्नो घरेलु व्यापारमा कुनै कमी नहोस् भन्नाका लागि पनि स्थानीय प्रशासनले यस्तो प्रावधान गरेको हो। "रेस्टुराँ तथा डान्स बार सञ्चालकले नियमित ग्राहकलाई खुसी पारेर आफ्नो व्यापार बढाउन नेपाली युवतीहरू अत्यावश्यक हुन्छन्," नेपालबाटै खासा पुगेर शेर्पा डिस्कोमा काम गर्ने चितवनकी शोभा कँडेल भन्छिन्, "यहाँ नेपाली युवतीहरू नहुने हो भने आधाभन्दा बढी डिस्को तथा रेस्टुराँ र लज बन्द गर्नुपर्ने हुन्छ।"

सम्भवत: यही कारणले हुनसक्छ, यसरी खासालगायतका क्षेत्रमा पुगेका नेपाली युवतीहरूमाथि प्रहरीले कुनै केरकार गर्दैन। दुई महिनामा एकपटक रक्त परीक्षण गर्दा कुनै गम्भीर रोग नदेखिएसम्म उनीहरूलाई नेपाल र्फकन हतोत्साहित नै गरिन्छ। चिनियाँ प्रहरी स्वयं पनि यस्ता नेपाली युवतीका लागि पैसा खर्च गर्न सक्ने भलादमी ग्राहक हुन्। नेपालमा जस्तो प्रहरीबाट उनीहरूले प्रताडित पनि हुनु पर्दैन। यहाँका प्रहरी नेपाली युवतीका लागि सहज छन्। "म पोखराबाट काठमाडौँको ठमेलमा पुगेर डान्स बारमा काम गर्थें। एक जना एजेन्टले खासामा ब्युटीपार्लरको काम छ, महिनाको २० हजार रुपियाँभन्दा बढी आम्दानी हुन्छ भनेर यहाँ ल्याइपुर्‍याएको हो," शोभा भन्छिन्, "यहाँ आएपछि असली काम के रहेछ भन्ने थाहा भयो तर राम्रो आम्दानी हुने, कसैको डर नहुने र खान, बस्न धेरै नराम्रो नभएकाले तीन महिनादेखि यतै छु, दसैँमा नेपाल र्फकने कोसिस गर्छु।" शोभाका अनुसार नेपाली एजेन्टले प्रतियुवती तीनदेखि पाँच हजार रुपियाँ लिएर खासा पुर्‍याएपछि त्यस्ता नेपाली युवतीहरू डान्स बार र रेस्टुराँको स्वामित्वमा रहन्छन्। कल्पनाको कथा पत्याउने हो भने उनीजस्ता धेरै युवती आर्थिक अभावका कारण सोचेजस्तो जीवन बिताउन नसकेपछि आफू बेचिएको आफैँले थाहा पाए पनि यहाँ आएकै छन्।

चीनको खासालगायत साना सहरहरूमा कार्यरत नेपाली युवतीहरूका सम्बन्धमा माइती नेपालले गत २२ साउनमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा 'तिब्बतमा कार्यरत केही युवतीलाई त्यहाँ लैजाने व्यक्ति वा समूहले राम्रो र सम्मानित कार्यका लागि भनेर लगेको तर त्यहाँको वातावरणका कारण उनीहरूले घर र्फकन चाहे पनि आफ्ना कागजातहरू कम्तीमा तीन महिनासम्मका लागि डान्स बारको मालिकले राखेकाले फर्किन नपाउँदा बाध्य भएर यस्तो पेसामा लागेको' भन्ने उल्लेख छ। अध्ययन टोलीमा सहभागी माइती नेपालका कार्यक्रम अधिकृत मदन चौलागाइर्ंका अनुसार भारतका कोठीमा बेचिएका महिला मौका मिलाएर भाग्न सके भने नेपाल आइपुग्न सक्छन् तर खासालगायतका चीनका साना सहरमा कार्यरत नेपाली युवतीलाई भागेर नेपाल आउन त्यति सहज छैन। खासा, कुती, केरुङ, ल्हासालगायतका क्षेत्रमा एक ठाउँबाट अर्को ठाँउमा जानका लागि परचियपत्र तथा आधिकारकि कागजात आवश्यक पर्छ, जुन कागजात रेस्टुराँ बार मालिकहरूले आफूसँगै राख्ने गर्छन्। "यसले गर्दा चीनको अवस्था खतरामुक्त छैन," कार्यक्रम अधिकृत चौलागाइर्ं भन्छन्, "अझ खासा पुर्‍याइएका केही नेपाली युवतीलाई तीन/तीन महिनामा तिब्बतको एक सहरबाट अर्को सहरमा त्यो पनि स्थानीय प्रहरीकै सहयोगमा ओसारपसार गरिन्छ, यो एक किसिमले मानव बेचबिखन नै हो।"



कथा केरुङको

सोलुखुम्बुकी मुना राई र नुवाकोटकी सुजाना तामाङ दुवै काठमाडौँमा बस्थे। सोनाम तामाङसँग उनीहरूको भेट भयो। सोनामले मासिक १५ हजार रुपियाँभन्दा बढी तलब पाइने लालसा दिए, उनीहरूलाई। मीठो खान पाइने, बस्ने कोठाको पैसा तिर्न नपर्ने, राम्रो टिप्स र आकर्षक तलब पाइने भएपछि उनीहरू केरुङ जान राजी भए।

एक वर्षअघि सोनाम दुवै युवतीलाई लिएर त्रिशूली हुँदै रसुवागढी पुगे। त्यहाँबाट उनीहरू केरुङ छिर्न मात्र के खोजेका थिए, नेपालको टिमुरे गाविसमा रहेको प्रहरी पोस्टले सूचनाका आधारमा तीनै जनालाई केरकार गर्‍यो। चीनको केरुङ प्रवेश गर्न उनीहरूसँग कुनै अनुमति पत्र थिएन। उनीहरू केरुङमा बेचिनबाट जोगिए। खासाजस्तै अर्को सानो सहर केरुङको कथा हो यो। चीनले नेपालको रसुवा जिल्लाको धुन्चेसँग सीमा जोडिएको तिब्बतको केरुङ बजार विस्तार गर्न थालेपछि यहाँ रेस्टुराँ, डिस्को र बियर बारहरू खुल्न थाले। अझ केरुङबाट चीनले नेपालको स्याफ्रुबेसीदेखि रसुवागढीसम्म सडक विस्तार गर्ने भएपछि मात्र केरुङमा नेपाली युवतीको आपूर्ति हुन थाल्यो, खासगरी देहसुखको विनिमयका लागि।

जस्तो कि, ८ माघ ०६७ मा केरुङ पुर्‍याइएकी भक्तपुरकी २१ वर्षिया स्नेहा थापालाई गोल्जुङका क्राउली तामाङले बेचेका थिए। जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी अच्युतप्रसाद पुडासैनीका अनुसार थापा उक्त डिस्कोबाट भागेर नेपाल प्रवेश गरी प्रहरीको सम्पर्कमा आएकी थिइन्। त्यसपछि नेपाल प्रहरीले क्राउली र उनकी श्रीमती छिरोनलाई नेपाली युवतीलाई देहव्यापारका लागि केरुङ पुर्‍याउने मुख्य योजनाकार ठहर गरी पक्राउ पुर्जी जारी गर्‍यो। क्राउली केरुङमा लुकेर बसेको हुन सक्ने नेपाल प्रहरीको अनुमान छ।



'म खासा जान्नँ'

प्लस टु सकाएर बसेकी थिएँ। नोकरी खोज्दाखोज्दा हैरान भइरहेका बेला जोरपाटीका एउटा दाइले खासा हिँड, पसलमा सामान बेच्ने काम लगाइदिन्छु, तलब र खान-बस्न राम्रो छ भनेर भने। वैशाख ०६८ मा दाइसँग म खासा पुगेँ। तातोपानी पुग्ने बेला अरू केटीहरू पनि साथमा थिए, उनीहरूबाट डिस्कोेमा काम गर्ने भन्ने थाहा भयो। मेरो अनुभव थिएन, डिस्कोमा। त्यहाँ गएपछि त्यहाँको पुलिसले नै पास बनाइदियो। त्यही पासले तीन महिना बस्न पाइने रहेछ। त्यसपछि फेरी नयाँ पास बनाउनुपर्ने।

खासामा रेस्टुराँ, डिस्को र बारहरू भएका मालिकका कुती, केरुङ, सिगात्से, ल्हासा आदि ठाउँमा पनि त्यस्तै रेस्टुराँ, डिस्को र बारहरू हुन्छन्। नियम अनुसार त्यहाँ जान पाइँदैन। तर, नेपाली केटीहरूलाई पुलिसकै गाडीमा हालेर लैजाने व्यवस्था मिलाएको हुन्छ। डिस्कोमा जानासाथ टेबुल पुछ्ने, भुइँ पुछ्ने, मेकअप गर्ने काम गरिन्थियो। राती ८-९ बजेतिर ग्राहकहरू आउने क्रम सुरु हुन्थ्यो । त्यसपछि उनीहरूको चाहना अनुसार रक्सी, बियर आदि दिन थालिन्थ्यो। साहूनी आएको बेलामा धेरैबेर ग्राहकसँग बस्न पनि नपाइने, खालि ग्राहकको बिल बढाउन ग्राहकलाई फकाउनुपर्ने जसरी पनि। रेस्टुराँमा कम्तीमा पनि २० हजारदेखि एक लाख रुपियाँसम्मको बिक्री हुन्थ्यो। ग्राहकको इच्छा अनुसार उनीहरूसँग डान्स गर्नुपथ्र्यो। हित्तचित्त मिलेको ग्राहकसँग काम सकिएपछि गेस्ट हाउस जाने केटीहरू पनि धेरै थिए। डिस्कोमा काम गर्नेहरूलाई भन्दा पनि बारतिर काम गर्ने नेपाली केटीहरूलाई नेपालीहरूले नै जहाँ भेट्यो, त्यहीँ अश्लील शब्दले बोलाउने, यताउता हात लगाउने, भनेको नमाने पिट्ने गर्थे। चाइनिजहरूले सुत्न जाउ“m भन्थे तर नाइँ भन्यो भने कर पनि गर्दैनथे। 'ड्युटी आवर'मा एकपटक कुनै ग्राहकसँग गेस्ट हाउसतिर गयो भने दस दिन बराबरको हाजिर काटिन्थ्यो। तर, 'ड्युटी आवर'भन्दा बाहिरको समयमा गयो भने साहूनीले केही नभन्ने।

त्यहाँ साहूनीले पिटी या ग्राहकले हात हाल्यो भने गुनासो गर्ने ठाउँ छैन। भाषा पनि नबुझिने। मेरो एउटा साथीलाई त साहूनीले बियरको सिसीले टाउको नै फुटाइदिई। यस्ता घटना अरू पनि देखिए। दुई महिना काम गरेपछि म भागेर नेपाल आएँ। नागरकिता साहूनीले नै राखेकी थिई। म कलेजको कार्ड देखाएर बल्लतल्ल लिपिङ् हुँदै भागेर नेपाल आएँ। पछि फेरी नागरकिता लिन गएँ। नागरकिता लिन जाँदा साहूनीले अझै एक महिना काम गरसि् भने मात्र नागरकिता र पैसा दिन्छु भनी। मैले बल्लबल्ल फकाएर नागरकिता लिएँ । अझै चार हजार रुपियाँजति लिन बाँकी छ, काम गरेको ठाउँमा। अहिले म बेरोजगार छु। तर, खासा जान्नँ।

(खासाबाट भागेर आएकी कुन्ती थापासँगको कुराकानीमा आधारित)

घट्यो मकाउमा

भिसा खुला रहँदा अवैध रूपमा नेपाली युवतीहरू मकाउ भित्रिने चलन थियो तर अहिले यो क्रम केही रोकिएको छ। उतिबेला निश्चित रकम 'सो मनी'का आधारमा नेपाली राहदानी वाहकलाई आगमनमै एक महिनासम्मको भ्रमण भिसा दिने गरिएको थियो। तर, उक्त भिसामा काम गर्ने अनुमति भने थिएन। सोही कुराको फाइदा उठाई मानव तस्करहरूले अवैध रकम असुल गरी नेपाली युवतीलाई मकाउ भित्र्याएर अलपत्र पार्ने गरेका थिए। खानबस्नको समस्या परेपछि नेपाली युवतीहरूलाई मकाउ भित्र्याउने दलालहरूले नै मनग्य पैसा आर्जन हुने लोभ देखाई रेस्टुराँ, बार तथा डिस्कोमा नृत्य मात्र होइन, नगरबधुका रूपमा पनि काम गराउँथे। ०६५ असारदेखि ६६ असारसम्म सबैभन्दा बढी ३ सय ९४ जना नेपाली युवतीहरू वैध रूपमै मकाउ आएका थिए, रोजगारका सिलसिलामा । ए प्लस पी इम्प्लोइमेन्ट सर्भिसेजकी सञ्चालक पुष्पा गुरुङ भन्छिन्, "पछिल्लो समय भिसामा गरिएको कडाइसँगै मकाउमा नेपाली युवतीहरूको आगमन निकै पातलिएको छ।" १ जुलाई २०१० बाट लागू हुने गरी मकाउले नेपालीका लागि आगमन भिसामा रोक लगाएको थियो।





सुध्रेन सिन्धुपाल्चोक

सिन्धुल्चोकमा मानव बेचबिखनविरुद्धको अभियान चलाएको दुई दशक बित्यो। तर, हात लाग्यो शून्यको स्थिति छ। सोझै भारत लगेर बेचबिखन धेरै हदसम्म कम भए पनि यसको स्वरूप परविर्तन भएको छ। वैदेशिक रोजगारका नाममा दलालले नेपाली युवती खाडी मुलुक र भारत लैजाने क्रम भने ह्वात्तै बढेको छ। तीमध्ये अधिकांश खाडी मुलुकमै पुगेर काममा लागेका छन्भने कोही भारतको देहव्यापारको थलोमा पुर्‍याइएका छन् । सिन्धुपाल्चोकबाट हालसम्म ६० हजार राहदानी वितरण भएका छन्। करबि ४० प्रतिशत अर्थात् २४ हजार महिलाले राहदानी लिएका छन्। कुनै बेला भारतीय यौन बजारमा मात्र सीमित नेपाली युवती अहिले रोजगारको खोजीमा खाडी मुुलुक पुगेकाहरूको यौन शोषण भएका घटना प्रशस्त छन्। त्यहाँ हुने शारीरकि आक्रमण र झूटा आरोपले पीडित महिलाहरूले ज्यानसमेत गुमाएका छन्। तातोपानीकी कानी शेर्पाले दशकअघि खाडी मुलुकमै ज्यान गुमाएकी थिइन्। उनको मृत्यु कसरी भयो, आफन्तलाई अहिले पनि जानकारी छैन। विदेशी नागरकि हत्याको आरोपमा गुम्बा गाविसकी डोल्मा तामाङलाई कुवेतमा मृत्युदण्ड दिने घोषणा गरिएको थियो। मारिएका भनिएका आफन्तले 'ब्लडमनी' स्वीकारेपछि उनले सन् २०१७ सम्म कुवेतमै जेल जीवन बिताउनु पर्ने छ।

जेठको दोस्रो साता दुई जना किशोरीलाई राजधानीको नागढुंगाबाट फिर्ता ल्याइयो। भारत बेच्न लगेको यो पछिल्लो घटना थियो। सदरमुकामनजिकैको गाउँबाट ललाइफकाइ भारततर्फ लैजाने क्रममा प्रहरी र माइती नेपालले दलाल सन्तोष कार्कीसहित किशोरीहरूलाई पक्राउ गरेको थियो। स्याउलेका २१ वर्षिय दलाल सन्तोषलाई अहिले पुर्पक्षका लागि थुनामा राखिएको छ।

दुवाचौर-६ का लोकबहादुर घले छोरी बेचेको अभियोगमा गत फागुनदेखि पुर्पक्षमा थुनामा छन्। लोकबहादुर घलेमाथि विवाहित छोरी १८ वर्षिय चौतारा आई -प्रहरीले राखेको नाम)लाई मंसिर ०६२ मा बिक्री गरेको अभियोग लगाइएको छ। यसबाट छोरीहरू बाबुबाटै बेचिन सक्छन् भन्ने अनौठा घटना पनि देखिएका छन्। लोकबहादुरले छोरी राजधानी लगेर गाउँकै दलाललाई ८० हजार रुपियाँमा बिक्री गरेका थिए। श्रीमान्ले दोस्रो विवाह गरेपछि माइतीमै बसेको मौका पारेर बाबु लोकबहादुरले राम्रो जागिर लगाइदिने प्रलोभनमा उनलाई बेचेका थिए।

जिल्ला अदालतले सोनाम भन्ने गोरे तामाङलाई बेचबिखनकै अभियोगमा हालै १५ वर्ष जेल सजाए तोकेको छ। चेलीबेटी बेचबिखनका 'डन'का रूपमा परििचत एक अभियुक्त इलाका प्रहरी कार्यालय मेलम्चीको हिरासतबाटै मंसिर ०६६ फरार भएकामा हालसम्म फेला परेका छैनन्। माइती नेपालको सूचनाका आधारमा पक्राउ परेका महांकाल गाविसका 'सञ्जय' र 'अजय' नामले चिनिने कालु तामाङ फरार भएका हुन्।

प्रहरीमा तीन वर्षयता मानव बेचबिखनसम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन्। तर, चौतारा पुन:स्थापना केन्द्रले गत असारयता बेचबिखनमा परेर र्फकन सफल ३४ जना महिलालाई परिवारसँग पुन:मिलन गराएको छ। बेचिएर फर्केका १६ जना महिला अहिले शक्ति समूह काठमाडौँ, चौतारा र सिविनमा छन्। उनीहरू अधिकांश भारतीय सहरमा यौन शोषणमा परेर विभिन्न प्रयासमा फर्केका हुन्। आर्थिक वर्ष ०६७/६८ मा बेचबिखनका पाँचवटा घटनाको मुद्दा चलाइएको छ। अहिले कारागारमा पुर्पक्ष र सजाय भोगिरहेका नौ जना छन्। यी कानुनी दायरामा आएका घटना मात्र हुन्, सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिले पनि पुरानै शैलीमा बेचबिखन गर्ने क्रम रोकिएको छैन। उजुरी नपरेका र थाहै नभएका घटना धेरै भएको अनुमान प्रहरीको छ। एकातिर राहादानी लिने २४ हजार महिलामध्ये कति जना विदेश गए भन्ने तथ्यांक छैन। सिंपालकाभ्रे, थाङपालकोटजस्ता गविसमा त वडैपिच्छे अधिकांश महिला विदेश गएका छन्। विदेश जानकै लागि १४/१५ वर्षका किशोरीले उमेर बढाएर नागरकिता बनाउने चलन बढ्दो छ। सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा भन्छन्, "कतिपय अवस्थामा उमेर ढाँटेको थाहा पाएर नागरकिता नबनाई पठाएका घटना प्रशस्त छन्।" राहादानी बनाउनेमध्येका आधा मात्र विदेशिने हो भने पनि जिल्लाका १२ हजार महिला खाडी मुलुक र भारतमा छन्। थोरै मात्र विकसित मुलुकमा अध्ययन वा कामका लागि जाने गरेका छन्।

०६५ सालमा विदेशिएकी १७ वर्षिय छोरी खोजिदिन बाँसखर्क-४ का बुद्ध श्रेष्ठले दुई साताअघि मेलम्ची प्रहरीसँग गुहार मागेका छन्। भन्छन्, "छोरीलाई दलालले बेचेजस्तो छ।" गाउँकै दलालले 'लेबनान' पठाउने भनेकाले छोरी पुर्‍याउन उनी आफैँ सुनौली नाका पुगेका थिएँ। गाउँकै सुकुमान दोङ, शिखरपुरका बजिर तामाङ र नवलपुरका दावा तमाङले एकैपटक सात जना किशोरीलाई भारततिर लगेको जानकारी श्रेष्ठले दिएका छन्। भन्छन्, "दलालले छोरीलाई लेबनान लैजाने भने पनि नाकामा चाहिँ हिमाचल प्रदेश जाने भन्न लगाए।"

खासगरी तामाङ समुदायले आफन्तको विश्वासमा परेर छोरीलाई जागिरको आशमा बाहिर पठाउने क्रम बढी छ। कुनै बेला इचोक गाउँका घरमा छोरी बेचेको पैसाले टिनको छाना हालेको चर्चा हुन्थ्यो। बेचबिखन अभियानका स्थानीय पाल्साङ तामाङ भन्छन्, "केही सुधार त आएको छ तर रोकिएको छैन।" गरबिी, अशिक्षा, बेरोजगारी र देखासिकी नै बेचिने मुख्य कारण हुन्, बेचबिखनविरुद्धको अभियानमा सक्रिय कानुन व्यवसायी भेषराम ढकाल भन्छन्, "चेतनाको विकास हुनै सकेन। बेचिएको विषय सार्वजनिक गर्न र उजुरी गर्नै नमान्ने चलन छ।"

source : http://www.ekantipur.com/nepal/article/?id=2757