नेपालको सन्दर्भमा भन्सार धेरै नलेखिएको विषय हो । बरु यो सैद्धान्तिक अध्ययन र चिन्तन-मननभन्दा भ्रष्टाचारका कारण बढी चर्चित र व्यवहृत छ । भन्सार प्रशासनलाई अहिले पनि राजस्व संकलनका सन्दर्भमा मात्रै हेर्ने परम्परागत सोच छ । तर, भन्सारको भूमिका आजको विश्वमा ज्यादै विस्तृत र व्यापक बनेको छ, राजस्वमा योगदान पुर्याउनु त भन्सारको एउटा पक्ष मात्रै हो ।
अचेल आधुनिक भन्सारसँग राष्ट्रिय सुरक्षा र अवैध कारोबार नियन्त्रणका विषय पनि जोडिन थालेका छन् । यी पक्षले वातावरण संरक्षण, समाजलाई सुरक्षा प्रदान र मुलुकमा लगानीको वातावरण कायम गर्नेजस्ता व्यापक आयामलाई समेट्छ । त्यसकारण भन्सार प्रशासनलाई आजको अन्तर्राष्ट्रिय सन्दर्भ, प्रविधि र सामाजिक आवश्यकता अनुसार संगठित र परचिालित गर्नुपर्ने आवश्यकता छ । यही आवश्यकतामा जोड दिँदै लामो समय भन्सार प्रशासनको नेतृत्व गरेका एक सरकारी अधिकारीले पुस्तक प्रकाशन गरेका छन्, कस्टम्स् एड्मिनिस्ट्रेसन ः थ्योरी एन्ड प्राक्टिस ।
प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद् कार्यालयका सचिव रामचन्द्रमान सिंहले पुस्तकलाई विषयगत आधारमा आठ खण्ड र १३ अध्यायमा विभाजित गरेका छन् । यसमा भन्सार प्रशासनसँग सम्बन्धित विषयको सैद्धान्तिक र व्यावहारकि पक्षको विवेचना गरएिको छ । लेखकको प्रयास भन्सारका विश्वव्यापी मान्यतालाई नेपाली सन्दर्भमा केलाउने देखिन्छ ।
विषयको परचिय, विकासक्रम र प्रवृत्ति अनि समस्या एवं चुनौती हरेक पुस्तकको कर्मकाण्ड नै मानिन्छ, जसको सकुशल निर्वाह यसमा भएको छ । खास गरी आधुनिक भन्सारले सामना गर्नुपरेका चुनौतीहरूको व्याख्या सविस्तार गरएिको छ । मानव सभ्यता र राज्यहरूको विकाससँग जोडेर गरएिको भन्सारसम्बन्धी ऐतिहासिक प्रस्तुति पुस्तकको रोचक पाटोमध्ये एक हो । यसै क्रममा नेपालको भन्सारलाई पनि प्राचीनकालदेखि हालसम्मको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपले चित्रण गरएिको छ ।
आज तस्करी नियन्त्रण र लागूपदार्थ, हातहतियारजस्ता वस्तुको अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने दायित्व पनि भन्सारलाई छ । वन्यजन्तुका आखेटपोहार, वनस्पतिजन्य उत्पादनको अनियन्त्रित ओसारपसारमा पनि भन्सारको महत्त्वपूर्ण भूमिका हुन्छ । आर्थिक-सामाजिक क्षेत्रमा नयाँनयाँ विषय र अवधारणा, उत्पादनको व्यापार र प्रसार, प्रविधि र प्रवृत्ति दिनदिनै देखापर्दै छन् । यो प्रवाहसँगै राज्यका हरेक संयन्त्र अद्यावधिक बन्नु र त्यस अनुसार आफूलाई हिँडाउनु कठिन चुनौती बनेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा यो चुनौती अझ चर्को रूपमा ठडिएको छ । विश्व व्यापार संगठनलगायत खुला क्षेत्रीय व्यापारमा आबद्धता र व्यापार उदारीकरणको परपि्रेक्ष्यमा भन्सारको समसामयिक भूमिकाका सन्दर्भमा यो अनुभव हुन्छ । अन्तर्राष्ट्रिय व्यापारका प्रक्रियाहरूमा एकरूपता कायम गरी भन्सारले स्थापित अन्तर्राष्ट्रिय मान्यता अनुसार व्यापार सहजीकरण गर्न सक्नुपर्छ । यसका लागि वस्तु वर्गीकरण, मूल्यांकन, जाँचपासपछिको परीक्षण, भन्सारका प्रक्रियाहरू, उत्पत्तिका नियमहरूलगायत पक्षमा विचार गर्नुपर्छ । यी कामको सैद्धान्तिक र व्यावहारकि पक्षबाट व्याख्या गरएिको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित व्यापार सहजीकरण, लागू औषध नियन्त्रण, बौद्धिक सम्पत्ति संरक्षण, व्यापारकि ठगी र अवैध वन्यजन्तु र वनस्पतिको ओसारपसारजस्ता व्यापक क्षेत्रमा भन्सारको भूमिका रहने कुराको व्याख्या भन्सार प्रशासनप्रति चासो राख्ने जो-कोहीका लागि उपयोगी हुनेछ । आर्थिक उदारीकरणले विश्व व्यापारमा पारेको प्रभाव र यसको भन्सारसँगको सम्बन्धबारे चर्चा पनि सान्दर्भिक छ ।
विश्व भन्सार संगठन, विश्व व्यापार संगठनजस्ता संस्थाको परचिय र भूमिकाबारे जानकारीमूलक प्रस्तुति पुस्तकमा समेटिएको छ । यी दुई संस्थाबीचको सम्बन्धका सन्दर्भमा तुलनात्मक अध्ययन यसमा गरएिको छ । विश्व भन्सारको कथा, साफ्टा, बिमस्टेकको परचिय पनि राखिएको छ । भन्सारसम्बन्धी उदाहरणीय कानुन, वन्यजन्तुको अवैध व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, कर्मचारीको छुट्टै आचारसंहिता समावेश गरी पुस्तकका अंग पुर्याउने काम गरएिको छ । भन्सारको समग्र पक्षलाई समेटी आगामी दिनका चुनौतीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर उपयुक्त सुझावसमेत प्रस्तुत गरएिको छ ।
समग्रमा भन्सार प्रशासनमा बढ्दै गएको जिम्मेवारी निर्वाह गर्न आधुनिक प्रविधिसँग परििचत भई त्यस अनुरूप क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता लेखकले पुस्तकमा औँल्याएका छन् । अझै परम्परागत साँचो अनुसार चलेको नेपाली कर्मचारीतन्त्रभित्रकै एक उच्च अधिकारीले आधुनिक भन्सार प्रशासनको भूमिका राजस्व संकलनमा मात्र केन्दि्रत हुन नसक्ने यथार्थलाई स्वीकार गर्नु नै यस पुस्तकको सबैभन्दा ठूलो उपलब्धि र महत्त्वको विषय मान्नुपर्छ । भन्सारमा आधुनिकीकरणको महत्त्व, आवश्यकता र यसले कार्यसम्पादनमा पुर्याउने योगदानबारे पनि पुस्तकमा चर्चा छ । भन्सार क्षेत्रमा हुने भ्रष्टाचारका कारक, तिनको निराकरणका उपाय, सदाचार पद्धतिलगायत भन्सारमा जोखिम व्यवस्थापनको आवश्यकता र महत्त्वबारे थुप्रै आदर्शवचनहरू पुस्तकमा परेका छन् । त्यसैले नेपालको सन्दर्भमा भन्दा यो तथ्यपरक विवेचनाभन्दा बढी सुझावपरक बन्न पुगेको छ ।
लेखकको स्वभावसँग पुस्तक तुलनायोग्य छ । सरल र मिजासिलो स्वभावका लेखक सिंह काममा धेरै अग्रसरता लिन रुचाउँँदैनन् । यसलाई व्यावसायिक भाषामा भन्दा 'इनिसिएटिभ' लिने वा लिन खोज्ने व्यक्तिमा उनी गनिँदैनन् । त्यसैले उनले भन्सार विभागको महानिर्देशक हुँदा पनि इतिहास कायम गर्ने वा छाप छोड्ने काम गर्न सकेनन् । उनकै सहकर्मीहरू उनले नियम-कानुन मिच्दैनन् भन्नेमा विश्वास गर्छन् । उनी बोली-वचनले पनि बिगार्दैनन् । त्यसकारण उनको जागिरे जीवनमा खासै धेरै उतारचढाव पनि छैन । अंग्रेजीमा राम्रो पकड जमाएका उनले भाषागत त्रुटि खासै हुन दिएका छैनन् । भन्सारमा के-कसरी काम गरन्िछ भनेर प्रवाह तालिका राख्न सके अझ राम्रो हुन्थ्यो ।
खास विचारणीय कुरो, लेखकको स्वभाव अनुसार ठीकै भए पनि उनको पृष्ठभूमि र कार्यप्रकृतिका आधारमा पुस्तकको अपेक्षा गर्ने हो भने पुस्तक निकै हदसम्म अधुरो देखिन्छ । पुस्तक पढ्दै जाँदा बारम्बार खड्किन्छ, नेपालको भन्सार प्रशासनको चित्र कस्तो छ ? आममानिसको कल्पनामा भन्सार भन्नेबित्तिकै भ्रष्टाचारको अखडाको चित्र आउँछ । समाजका ठूला र प्रतिष्ठित भनिएका व्यक्तिहरूको नाम यसमा जोडिएर आउँछ । तर, यसबारे पुस्तक मौन छ । उनी कसैसँग डराउनुपर्ने अवस्था थिएन । कर्मचारी प्रशासनमा सम्भवतः उनको सबैभन्दा उच्च पद हो यो । मुख्यसचिव बन्ने सम्भावना पनि छैन । किनभने, उनी केही महिनामै निवृत्त हुँदै छन् भने वर्तमान मुख्यसचिवको कार्यकाल अझै धेरै छ ।
भन्सार आफैँमा धेरै नलेखिएको विषय भएकाले उनको यो प्रयास प्राज्ञिक अध्ययनका लागि गतिलो सन्दर्भ सामग्री हुने कुरामा दुईमत छैन । फेर िनेपाल सरकारका सचिव सिंहले आफ्नो अनुभव मात्रै होइन, विषयगत अध्ययनका कारण गहिराइसम्म पुगेर, बुझेर लेखेका छन् । कुनै विद्यालय वा विश्वविद्यालयको पाठ्यपुस्तक हुन्थ्यो भने उनको यस कृतिले छोएका विषय पर्याप्त मान्न सकिन्थ्यो । तर, एक कर्मचारीले जागिरे जीवनका अन्तिम क्षणमा लेख्ने पुस्तक आदर्शवचनको ठेली होइन, यथार्थको खुलासा हुनुपर्छ । सीमामा बसेर मुलुकको रक्षकका रूपमा रहने विश्वव्यापी सञ्जाल भन्सार के वास्तवमै त्यस अनुसार चलेको छ त ? छ भने आमनागरकि किन यसबारे फरक चित्र मस्ितष्कमा बोकेर हिँडिरहेका छन् । छैन भने किन, कसरी र कसका कारणले छैन ? यी प्रश्नको इमानदार प्रस्तुति पुस्तकमा छैन ।
विश्वव्यापी जटिलता, खुला सीमा त एकातिर छँदै छन्, तस्करी, न्यून बीजकीकरण -मूल्यांकन), कर्मचारी र व्यवसायी मिलेमतो, अरू देशमा बिक्री नभएको, म्याद गुज्रेको माल भित्रिने गरेका पर्याप्त घटना सार्वजनिक हुँदै आएका छन् । गत वर्ष विश्व खाद्य कार्यक्रमले नेपालका दुर्गम क्षेत्रका विपन्नहरूलाई बाँड्दै आएको चामल गुणस्तरहीन भएको प्रमाणित हुँदा भन्सार पनि विवादमा मुछिएको र यसले सिंगो नेपाल राज्यकै कर्मचारी प्रशासनका काममा गम्भीर प्रश्न उठाएको थियो । यस्ता घटनाका दोषी र कारक को हुन्छन् ? एउटा भनेर अर्कै सामान भित्र्याउने, अभिलेखमा दर्ता गराएभन्दा घटीबढी सामान ल्याउने प्रवृत्ति त सामान्यजस्तै बनेको छ । यसभित्र पस्ने तत्परता उनले देखाएका छैनन् ।
भन्सार प्रशासनका कर्मचारी, व्यवसायी, भन्सार एजेन्ट एवं राजस्व प्रशासनमा रुचि राख्ने जो-कोहीलाई पुस्तक सहयोगी, ज्ञानबर्द्धक र संग्रहणीय छ । यस विषयमा समसामयिक सन्दर्भसहितको पुस्तकको अभाव खड्किरहेका बेला त्यो पूर्ति गर्न धेरै हदसम्म यसले सहयोग गर्नेछ ।
No comments:
Post a Comment