कतै टायर जलेनन् । सडकका रेलिङ् भाँचिएनन् । इँटा र ढुंगा प्रहार भएनन् । तोडफोड र आगजनीका धेरै घटना भएनन् । बरु नाचगान र लामबद्ध प्रदर्शनले राजधानीका सडक रंगिए । आन्दोलन सुरु हुनुअघि नै माओवादी कार्यकर्ताहरूले लडाकू शैलीमै राजधानीका विभिन्न ठाउँमा परेड खेले ।
धेरैजसो उपत्यकाबाहिरबाट आएका माओवादी कार्यकर्ताहरू सडक प्रदर्शनमा सहभागी भए । तिनलाई माओवादीले उपत्यकाका निजी विद्यालय, कलेज, क्याटरङि्, पार्टी प्यालेस, सरकारी भवन, औद्योगिक क्षेत्रमा क्याम्प खडा गरी खाने/बस्ने व्यवस्था गर्यो । निश्चित कमान्डमा तिनलाई परचिालित गरयिो । 'भैपर िआउने' अवस्थाका लागि 'ब्याकअप फोर्स'का रूपमा वाईसीएललाई राख्यो । हरेक टोलीमा कमान्डर तोकियो र तिनैको निर्देशन अनुरूप कार्यकर्ताहरू परचिालित भए । त्यसैले यो नियन्त्रित, व्यवस्िथत र संयम पनि रह्यो ।
काठमाडौँमा यस्तो प्रदर्शन देखिएको सम्भवतः पहिलोपटक हो । राजनीतिशास्त्रीहरूका भनाइमा यसलाई संगठित दस्ताको सैन्य रणनीतिमा आधारति आन्दोलन मान्न सकिन्छ । माओवादी नेताहरू भने यसलाई सैन्य संघर्ष र जनआन्दोलनबीचको फ्युजन भन्न रुचाउँछन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल भने यसलाई अर्धसैन्य आन्दोलन भन्छन् ।
माओवादीले यसपालिको आन्दोलनलाई पाँच विकास क्षेत्रका प्रमुख सहरमा केन्दि्रत गरेकाले सडकमा उसको उपस्िथति बाक्लो देखिएको छ । यद्यपि, जनस्तरसँग सम्बन्ध र प्रभावका हिसाबले आन्दोलन कमजोर देखिएको छ । त्यसकारण ठाउँठाउँमा आन्दोलनको प्रतिकारमा स्थानीय बासिन्दा उत्रे । दूध र तरकारी उत्पादक किसानहरूले सडकमै आफ्नो उत्पादन पोखेर विरोध जनाए भने कतिपय ठाउँमा प्रदर्शनकारीका लागि स्थानीय बासिन्दाले नै निषेधित क्षेत्र घोषणा गरे ।
माओवादीले वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राजधानीलगायत मुलुकका पाँच विकास केन्द्र र प्रमुख सहरमा केन्दि्रत रहेर शक्ति प्रदर्शन गर्यो । पूर्वघोषित कार्यक्रम अनुसार त्यसको भोलिपल्टदेखि उसले आमहडतालको कार्यक्रम थाल्यो । राजधानीको प्रदर्शनका लागि उपत्यकाबाहिरबाट ठूलो संख्यामा कार्यकर्ता भित्र्यायो । बाहिरबाट ल्याइएका कार्यर्तालाई करबि दुई सातासम्म खानेबस्ने व्यवस्था गर्न माओवादीले नेवाः राज्य समिति, यङ् कम्युनिस्ट लिग -वाईसीएल) र मातहतका भ्रातृ संगठनलाई जिम्मा दियो । अनिश्चितकालीन आमहडताल घोषणा गरेको माओवादीले सार्वजनिक गाडी भाडामा लिएर राजधानी भित्र्याएको हो । यसरी भित्र्याइएका कार्यकर्ताको दैनिकी संगठनको योजना अनुसार डोरयिो । उपत्यका वाईसीएल संयोजक चन्द्रबहादुर थापा 'सागर'का अनुसार सभा र प्रदर्शनलाई व्यवस्थापन गर्न स्वयंसेवकहरूलाई तालिम दिइएको थियो ।
उनका अनुसार निश्चित क्षेत्रको कार्य विभाजनका लागि कमान्डर तोकी कार्यकर्ता परचिालनको रणनीति तय गरएिको छ । राजधानीका सबै प्रमुख चोकमा भेला भई प्रदर्शन, नाचगान र सभा गर्ने गरएिको छ । झन्डै एक लाख स्वयंसेवक परचिालन गरी सभा र प्रदर्शनलाई व्यवस्िथत गरएिकाले आन्दोलन संयमित भएको थापाको दाबी छ । राजधानीमा मात्रै वाईसीएलले ५० वटा शिविर बनाएको छ । प्रत्येक शिविरमा एक सयदेखि १ सय ५० जना कार्यकर्ता एवं समर्थक राखिएका छन् । हरेक शिविरमा करबि दुई सय क्विन्टल चामल, आवश्यक दाल र अन्य खाद्य सामग्रीका साथ लत्ताकपडाको व्यवस्था गरएिको छ । सहयोग र बन्दोबस्तीका सामानको जोहो गर्ने क्रम जारी छ । मजदुर संगठनले पनि त्यत्तिकै शिविरको व्यवस्था गरी खाद्यान्नको जोहो गरेको थापाले बताए । माओवादीले मे दिवस प्रदर्शनको मुख्य जिम्मेवारी अखिल नेपाल टे्रड युनियन महासंघलाई दिएको थियो ।
महासंघका उपाध्यक्ष बाबुराम गौतम पार्टीले सक्दो ठूलो संख्यामा मजदुरलाई प्रदर्शनमा उतार्न निर्देशन दिए अनुसार तयारी र व्यवस्थापन गरएिको बताउँछन् । मजदुर स्वयंसेवक विभाग बनाई स्वयंसेवक दलसमेत उसले गठन गरेको छ । यसको नेतृत्व महासंघका उपमहासचिव जगत सिंखडाले गरेका छन् । उनका अनुसार, सभा र प्रदर्शन व्यवस्िथत गर्न, अराजकता रोक्न स्वयंसेवक दललाई प्रशिक्षण दिइएको थियो । ट्रेड युनियनले मे दिवसको तीन दिनअघि बिहान लैनचौरबाट स्वयंसेवक दलको मार्चपाससमेत गरायो । अर्को दिन मोटरसाइकल र्याली निकाल्यो ।
अनेरास्ववियु क्रान्तिकारीले करबि १० हजारभन्दा बढी स्वयंसेवक परचिालन गरेको उपाध्यक्ष युवराज चौलागाईं बताउँछन् । पार्टीका सबै समर्थक र संगठित सदस्यलाई आन्दोलनमा लगाएको उनको भनाइ छ । राजधानीका प्रदर्शनमा हरेक दिन डेढ लाख सहभागी हुने गरेको माओवादी दाबी छ । तर, सरकारका प्रवक्ता पोखरेल भने वाईसीएलको कमान्डमा १२ हजार, अन्य भ्रातृ संगठन तथा समर्थकहरू गरी बढीमा ६० हजार प्रदर्शनमा सहभागी रहेको बताउँछन् । दिनदिनै यो संख्या घट्दै गएको र बन्द पनि खुकुलो हुँदै गएको उनको दाबी छ ।
प्रदर्शनकारी संयम रहेसम्म सरकारले पनि बल प्रयोग नगर्ने नीति लिएको छ । दुवै पक्ष संयम र व्यवस्िथत भएकाले चार दिनसम्मको आमहडताल र माओवादी प्रदर्शनका क्रममा सुरक्षाकर्मीर्-प्रदर्शनकारीबीच हिंसात्मक भिडन्त खासै भएनन् । यस्तो प्रकृतिको आन्दोलन राज्यका लागि चुनौती भए पनि सरकारमाथि विजय हासिल गर्ने अवस्थामा अगाडि बढ्न नसक्ने विश्लेषकहरू बताउँछन् । स्थानीय बासिन्दाको न्यून सहभागिता माओवादीका लागि चुनौती सावित भएको छ । यो कुरा अध्यक्ष दाहालले वैशाख २२ गते राजधानीको चक्रपथ घेराउ कार्यक्रमबाट फर्केपछि आफ्नै निवासमा दिएको अभिव्यक्तिले पनि पुष्टि हुन्छ । उनले काठमाडौँका जनतालाई सडकमा उतार्न विशेष पहल गर्ने त्यसबेला बताएका थिए । सोही दिन उनकै निवास नयाँबजारमा बसेको मओवादी पदाधिकारीहरूको बैठकले पनि स्थानीय जनताको अपेक्षित सहभागिता नभएकाले यसका लागि घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ र आसपासका जनतालाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दै उक्त बैठकले नेवार र तामाङ समुदायमा विशेष अपिल गरेको थियो । सोही निर्णय अनुसार माओवादीले २४ गते राजधानीमा नेवाः स्वायत्त राज्यको अगुवाइमा जुलुस प्रदर्शन गर्यो । तर, आफ्ना समर्थक र कार्यकर्ता मात्रै सडकमा आएकाले तटस्थ जनताको संवेदना र सहानुभूति प्राप्त गर्न माओवादी कमजोर सावित भएको छ ।
(नेपालबाट)
Issue: 394 २०६७ वैशाख २६ May 9, 2010
No comments:
Post a Comment