प्रधानन्यायाधीश कल्याण श्रेष्ठ नियुक्त भएपछि न्यायपालिकामा लामो समय अड्किएका केही काम फटाफट भए । सर्वोच्च अदालतमा रजिस्ट्रार नियुक्ति, न्यायपरिषद्मा सचिव बढुवा, ठूलो संख्यामा जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको सरुवा अनि जिल्ला न्यायाधीश नियुक्ति ।
यी नियमित प्रशासनिक काम भए पनि विगतमा विभिन्न स्वार्थ समूहको द्वन्द्वका कारण हुन सकेका थिएनन् । श्रेष्ठले गरेको निर्णयले न्यायपालिकाले गति पाउने र यसअघि हुने टिप्पणी र असन्तुष्टिका कुरा कम सुनिने अपेक्षा थियो ।
यही क्रममा नयाँ न्यायिक नेतृत्वको कार्यशैलीबारे प्रतिक्रिया सुन्न पुनरावेदन अदालतका एक न्यायाधीशसँग ख्यालख्यालमै प्रश्न गरियो, “तपाईं त काठमाडौँ नजिक आउनुहोला भनेको त झन् टाढाटाढा पुग्नुभएछ ।” ती न्यायाधीशले बडो लालित्यमय शैलीमा भने, “कहाँ तपाईं–हामीले सोचेजस्तो छ र न्यायपालिका । जहाँ पनि पावर (शक्ति) र आवर (निकटता)कै कुरा हुन्छ ।”
यति मात्र होइन, न्यायालयभित्रका प्रशासनिक मामिलामा हुने पक्षधरता, गुट–उपगुटका केही दृष्टान्त पनि दिए, जुन विगतमा सुनिएभन्दा कुनै हिसाबले फरक थिएनन् । सर्वोच्च अदालतमा न्यायाधीश अभावका कारण २१ हजारभन्दा बढी मुद्दाका पक्षहरू ढिलासुस्तीका सिकार बनेका छन् । तर, पहिलो एजेन्डा नै सर्वोच्चमा न्यायाधीश नियुक्ति हुने घोषणा गरेका प्रधानन्यायाधीश श्रेष्ठले अझै सर्वोच्चको खाली इजलास भर्न सकेका छैनन् । कतै यसको कारण पनि त्यही पावर र आवरको कुरा नमिलेर त होइन ? नेपाल, २० भदौ २०७२
No comments:
Post a Comment