यसरी जारी हुँदैछ संविधान, चालु प्रक्रियाबारे बुझ्नुपर्ने ६ कुरा
भाद्र २८, २०७२-
संविधानसभामा नयाँ संविधान दफावार रुपमा पारित हुने क्रम जारी छ । यसको प्रक्रियागत, शब्दावली र प्राविधिक पक्षबारे संविधान निर्माण प्रक्रियासँग अभ्यस्त नभइसकेका पाठकलाई अलमल पनि हुन सक्छ । स्पष्टताका लागि अन्तरिम संविधान र कार्यविधिमा आधारित रहेर यो सामग्री तयार पारिएको हो ।
१. ह्वीप
संविधानसभामा दलको बाध्यात्मक निर्देशन अर्थात् ह्वीप लागू हुँदैन । सभासदले आफूले मन लागेको पक्ष वा विपक्षमा मतदान गर्न, संशोधन प्रस्ताव गर्न स्वतन्त्र हुन्छ । तर, सबैजसो सभासद कुनै न कुनै दलमा आबद्ध भएकाले उनीहरूका पार्टीले पार्टी विधानअनुसार निर्देशन जारी गरेका छन् । पार्टीहरूले आफ्ना सभासदलाई कार्यकर्ताका हैसियतले निर्देशन दिएका छन् र अनुशासनमा बाँधेका छन् ।
त्यसैले नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी लगायत दलले आफ्ना सभासदले राखेका संशोधन प्रस्ताव फिर्ता गर्न लगाए । लिखित मतदान हुँदा सभासदले आफ्नो नामको अगाडि हस्ताक्षर गर्नुपर्छ । कुन सभासदले कतापट्टि मतदान गर्यो भन्ने थाहा हुन्छ । त्यसैले दलहरूले कारवाहीको विषय बनाउन सक्छन् ।
२. दुई तिहाई
संविधानसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई अनिवार्य उपस्थिति हुनुपर्छ । र, उपस्थितिको दुई तिहाईले समर्थन गरेमा संविधान पारित हुन्छ । जस्तो, ५९८ मध्ये ५४० सभासद उपस्थित हुँदा यो उपस्थिति ९०.३१ प्रतिशत भयो ।
त्यसको दुई तिहाई पुर्याउन ३६० जनाले समर्थन गर्नुपर्छ । तर, संविधानसभामा ३९९ जना मात्र उपस्थित भए पनि संविधान पारित गर्न बाधा पुग्दैन । ३९९ उपस्थित हुँदा २६६ जनाले समर्थन गरे पनि संविधान पारित हुन्छ ।
३. ध्वनि मत र लिखित मतदान
संविधानका धाराहरू सामान्यत: ध्वनि मत अर्थात् हुन्छ र हुन्न भनेका आधारमा पारित हुन्छन् । तर, कुनै सभासदले लिखित मतदानको माग गर्न सक्छ । यो माग पूरा हुनका लागि संविधानसभाका सदस्य संख्याको १० प्रतिशत अर्थात् ६० जना सभासदको समर्थन आवश्यक पर्छ ।
जस्तो कि राप्रपा नेपालले धर्मनिरपेक्षतासम्बन्धी व्यवस्थामा लिखित मतदानको माग गर्दा उसले १० प्रतिशत सभासद पुर्याउन नसकेर उसको मागै अस्वीकृत भयो ।
४. राष्ट्रपतिले पढ्न नपर्ने
अन्य कानुनहरू व्यवस्थापिका संसदले पारित गरेपछि लालमोहरका लागि राष्ट्रपति कार्यालयमा जान्छ । उक्त कार्यालयको संवैधानिक तथा कानुनी मामिलाका विज्ञमण्डली समेतले अध्ययन गरेपछि राष्ट्रपतिले लालमोहर लगाउँछन् । तर, मुलुकको मूल कानुन पारित भएपछि राष्ट्रपति कार्यालयमा पठाउनु आवश्यक छैन ।
किनभने, संविधानसभाले पारित गरेपछि सबै सभासदहरूले हस्ताक्षर गर्छन् । सभाध्यक्षले प्रमाणीकरण गर्छन् । र, जारी गर्ने दिनमा विशेष समारोह आयोजना गरी त्यहीँ राष्ट्रपतिले पुस्तक विमोचन शैलीमा आजका मितिदेखि जारी भएको घोषणा गर्छन् ।
५. जारी गर्ने मिति
जारी गर्ने मिति विभिन्न अनुकूलताहरूको विश्लेषण गरी तय गरिनेछ । जस्तो कि राष्ट्रिय चाडपर्व, सामाजिक सांस्कृतिक मान्यता, प्राविधिक तयारी, ऐतिहासिक तिथि, शीर्ष नेताहरूबीचको सहमति लगायत कुराले प्रभाव पार्न सक्छ । जारी गर्ने समारोहलाई भव्यताका साथ सम्पन्न गर्न विशेष तयारी संविधानसभा सचिवालयले गरेको छ ।
संविधानसभा भवनको मूल बैठक कक्ष, भवन बाहिर वा अन्यत्र कता गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । तर, देश–विदेशका विशिष्ट अतिथि, हर्ष बढाइँ गर्ने सेनाका टुडीहरू समेत रहने भएकाले संविधानसभा भवनलाई नै संविधान जारी गर्ने ठाउँका रुपमा चयन गरिएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा हुने भएको छ । संविधानसभाका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले संविधान घोषणाको नयाँ मितिबारे पुष्टि गरे ।
६. संविधानसभा विघटन
२७ भदौमा बोल्ने शीर्षस्थ नेताहरूले आफ्नो भाषणलाई संविधानसभाको अन्तिम भाषण भनिसकेका छन् । संविधान जारी भएसँगै संविधानसभा स्वत: विघटन हुनेछ । तर, यही ६ सय १ सदस्यीय संरचनाले नै व्यवस्थापिका संसदको काम गर्नेछ ।
nepal.ekantipur.com प्रकाशित: भाद्र २८, २०७२

No comments:
Post a Comment