Monday, February 20, 2012

काइदाको धन्दा राजनीति



ने कपा एमाले बाजुरा जिल्ला कमिटीका अध्यक्ष प्रकाशबहादुर शाहमाथि लगाइएका २३ आरोपमध्येका केही मात्रै हुन् यी । यी आरोपबारे छानबिन गर्न छुट्टै समिति बनाइएको छ र अध्यक्ष शाह जिल्ला कमिटीको बहुमतबाट निलम्बित छन् । आर्थिक लेनदेनसँग जोडिएका कतिपय आरोप उनी नकार्दैनन् पनि । भन्छन्, "म राजनीतिका लागि सरकारी जागिरसमेत छोडेको व्यक्ति हुँ । आफ्नो छुट्टै कमाइ छैन । सम्पूर्ण जीवन राजनीतिमा लगाएको छु । मेरो यो स्िथतिप्रति सदाशयता जनाउँदै साथीहरूले गरेको सहयोगलाई पनि राजनीतिक प्रतिशोधको विषय बनाइयो ।"

अध्यक्ष शाह त एक प्रतिनिधि पात्र मात्रै हुन् भन्दा पनि हुन्छ । पूर्णकालीन राजनीतिमा होमिएका देशभरका लाखौँ कार्यकर्ताले कसरी जीवनयापन गररिहेका छन् भन्ने प्रश्नको साझा उत्तरका रूपमा पनि उनलाई लिन नसकिने कुनै कारण देखिन्न । किनभने, प्रत्यक्ष रूपमा लाभको पद नपाउन्जेल राजनीतिबाट पैसा आउँदैन । केही दलले निश्चित पदमा रहेका नेतालाई रकमको जोहो गरििदए पनि त्यसले उनीहरूको जीविका चल्दैन । त्यसकारण अधिकांश नेता-कार्यकर्ताको धन्दा कर्मचारी र प्रहरीको सरुवा, बढुवा, ठेक्कापट्टा, घुस, कमिसन नै बन्ने गरेको छ ।

हुन पनि तल्लो तहका कार्यकर्तादेखि उपल्लो स्तरका नेतासम्मका गतिविधिको निगरानी गर्ने हो भने यस्ता कैयौँ उदाहरण भेट्न सकिन्छ, जसले परविारको लालनपालनसमेत राजनीतिबाटै गर्नुपरेको छ । यति मात्रै होइन, कतिपय राजनीतिक नेता-कार्यकर्ताको जीवनशैली पनि अस्वाभाविक देखिन्छ जबकि उनीहरूको आयको ठोस स्रोत कतै देखिन्न । प्रत्यक्ष राजनीतिमा आबद्ध जनसंख्याको ठूलो आकारलाई हेर्दा, राजनीतिलाई नै प्रमुख आर्थिक आधार बनाउने परपिाटी निकै फैलिएको पनि देखिन्छ । साथै, बजारमा रोजगारीको अवसर नपाइरहँदा जीविकाको सहज बाटोका रूपमा राजनीतिलाई रोज्ने क्रम बढिरहेको त छैन भन्ने प्रश्नसमेत उब्जिएको छ ।

१६ लाखको जीविका राजनीति
संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका ४ लाख ३६ हजार पूर्णकालीन सदस्य रहेको पेरसिडाँडास्िथत मुख्यालयको विवरणले भन्छ । त्यस्तै नेपाली कांग्रेसको अभिलेखमा ३ लाख ११ हजार क्रियाशील सदस्य छन् भने नेकपा एमालेले १ लाख ५७ हजार संगठित सदस्य रहेको जनाएको छ । आफ्ना साधारण सदस्य मात्रै ६ लाख रहेको एमालेको दाबी छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले चार लाख र उपेन्द्र यादव नेतृत्वको फोरमले एक लाख सदस्य रहेको दाबी गरेका छन् । यीमध्ये सबैभन्दा धेरै पूर्णकालीन सदस्य माओवादीसँग रहेका छन् ।

भूमिगत फौजी संघर्षको पृष्ठभूमिबाट आएको माओवादीका १९ हजार लडाकू त पाँच वर्षभन्दा बढी समय राज्यको तलबभत्ता खाएर शिविरमै बसे । त्यसैगरी उसको युवा संगठन वाईसीएल पनि फौजी शैलीमै संगठित थियो । जसका गतिविधि केही महिनायता शिथिल छन् । सबैभन्दा ठूलो केन्द्रीय समिति पनि यही पार्टीको छ । द्वन्द्वकालमा समानान्तर सरकारको अभ्यास गरेको माओवादीले त्यतिखेर सबैजसो कार्यकर्तालाई पूर्णकालिक बनाउने अभियान नै चलाएको थियो । द्वन्द्वका क्रममा मृत्यु भएका नेता-कार्यकर्ताका परविार, बेपत्ताका आफन्त, अयोग्य ठहरएिका लडाकू, अंगभंग भएका कार्यकर्तालाई समेत माओवादी पार्टीले औपचारकि-अनौपचारकि रूपमा खर्च उपलब्ध गराइरहेको छ ।

प्याब्सनको व्यापार

'कि ज्ञान जान्नु, नत्र नियम मान्नू' भन्ने मन्त्रलाई निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)मा आबद्ध विद्यालयले धोती लगाइदिए। कसरी भने, एसएलसीका लागि पूर्वयोग्यताका रूपमा लिइने टेस्ट (सेन्डअप) परीक्षाको व्यवस्था सरकारले वैधानिक रूपमै खारेज गरे पनि यी विद्यालयले परीक्षा लिएरै छाडे।

नियमविरुद्ध गएरै भए पनि सेन्डअप परीक्षा नलिई नहुने त्यस्तो के खण्ड आइपर्‍यो होला ? यस प्रश्नको उत्तर खोतल्दै जाँदा सेन्डअप परीक्षाको अर्थशास्त्रमा पुग्नुपर्ने हुन्छ। सेन्डअपका नाममा ती संगठनले आफ्ना सदस्य विद्यालय अन्तर्गतका विद्यार्थीबाट देशव्यापी रूपमा रकम उठाउँछन्। काठमाडौँ प्याब्सनले मात्रै प्रतिविद्यार्थी ४ सय ५० रुपियाँका दरले परीक्षाशुल्कबापत उठाएको छ। उपाध्यक्ष थकिनकुमार गुरुङका अनुसार काठमाडौँ प्याब्सन अन्तर्गत मात्रै १२ हजार विद्यार्थीले सेन्डअप जाँच दिएका थिए। यस हिसाबले ५४ लाख रुपियाँ काठमाडौँ जिल्लामा मात्रै उठाएको छ, प्याब्सनले। त्यसरी नै ललितपुर र भक्तपुरमा पनि प्रतिविद्यार्थी ४ सय ५० रुपियाँ नै उठाइएको छ। धादिङमा भने ६ सय ५० रुपियाँ सेन्डअप परीक्षाका नाममा प्रत्येक विद्यार्थीबाट असुलिएको छ। यही रकमबाट प्याब्सनले प्रश्नपत्र तयार गर्छ।

अर्को रोचक पक्ष के भने शुल्क जतिसुकै उठाए पनि प्याब्सनले प्रश्नपत्र भने पुरानै प्रयोग गरेको पाइएको छ। विगत वर्षका परीक्षामा प्रयोग भइसकेका प्रश्नपत्रसँग यसपालिका दुरुस्तै मिलेपछि केही विद्यालय सञ्चालकले भने प्याब्सनको भूमिकामाथि प्रश्न उठाएका छन्। 'प्रश्नपत्रसमेत नयाँ नबनाउने हो भने त्यतिको रकम विद्यार्थीबाट उठाएको के काम ?' भन्दै कतिपय सञ्चालकले प्याब्सनमा उजुरीसमेत गरेका छन्। यति हुँदाहुँदै पनि जाँचका नाममा हुने करोडौँको कारोबार बन्द गर्न कोही तयार छैनन्। यही त अचम्म छ !

कहीँ नभएको जात्रा हिसानमा !

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखान सुन्दासुन्दै दिक्क त हुनुभएको छैन ? छ भने धन्दा नमान्नूस्। यसलाई रििमक्स गरेर 'कहीँ नभएको जात्रा उच्च माध्यमिक विद्यालय संगठन (हिसान)मा' बनाउन सकिन्छ। उच्च मावि सञ्चालकहरूको संगठन हिसानमा नेता बन्न खोज्ने सदस्य धेरै भएपछि सबैलाई पदको भागबन्डा मिलाउन के मात्रै गरएिन ? हालै राजधानीमा सम्पन्न अधिवेशनबाट निर्वाचित ४७ सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना हेरौँ, प्रस्ट भइन्छ।

देशभर करबि पाँच सय हाराहारी सदस्य रहेको उक्त संगठनमा १० प्रतिशतले केन्द्रीय नेतृत्वमा उपस्थिति जनाए। तीमध्ये ११ जना उपाध्यक्ष मात्रै छन्। उपाध्यक्षमा पनि वरष्िठ, केन्द्रीय र क्षेत्रीय गरी तीन तह बनाइएको छ। ६ जना सचिवलाई कार्यालय, संगठन, प्रचारप्रसार, योजना/कार्यक्रम, प्राज्ञिक र अन्तर्राष्ट्रिय गरी जिम्मेवारीका आधारमा कोटिकरण गरएिको छ। अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना छन्। यति मात्रै नभई अध्यक्षपछि उपाध्यक्षको वरयिता हुने आमप्रचलन भंग गर्दै हिसानले महासचिवपछि मात्रै उपाध्यक्षको पदक्रम निर्धारण गरी अर्को कीर्तिमान राखेको छ।

यसबाट अध्यक्ष उमेश श्रेष्ठ, वरष्िठ उपाध्यक्ष बाबुराम पोखरेल, महासचिव युवराज शर्माको पद मात्रै सुरक्षित भएन, उपल्लो पदमा पुग्न चाहने 'लो प्रोफाइल'वालालाई पनि उच्च हैसियत प्राप्त भइहाल्यो। सबैले उच्च पद पाएपछि फुट्ने सम्भावना पनि टर्‍यो। आखिर एकपटक नेतृत्वमा पुगेपछि छाड्नै नमान्ने, छाड्नुपरे संगठनै टुक्र्याउने, त्यो पनि सम्भव नभए नयाँ संगठन खोल्न अभ्यस्त न परे। नयाँ काइदा निकाले, साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने। अनौठा र अस्वाभाविक मात्रामा पदहरू सिर्जना गरेर भए पनि भागबन्डा मिलाउने, संगठन जोगाउने र सरकारी नीतिनियमविरुद्ध मोर्चाबन्दी गरेर आफ्नो धन्दा सुरक्षित गर्ने गुरुहरूको यो काइदा अरू संगठनले पनि सिके कसो होला ?

पहिले सेक्स पछि विवाह

हालै सम्पन्न राष्ट्रिय जनगणना-२०६८ अनुसार अहिले नेपालको जनसंख्या २ करोड ६६ लाख पुगेको छ । कुल जनसंख्याको ३३ प्रतिशत अर्थात् झन्डै ८८ लाख व्यक्ति १० देखि २४ वर्ष उमेर समूहका युवा रहेका छन् । यो समूह मुलुकको उर्वर जनशक्ति पनि हो । विशेषज्ञहरूले आगामी दुई दशकसम्म नेपालको युवा जनसंख्यामा कुनै किसिमको ह्रास नहुने अनुमान गरेका छन् । विकासविद्हरूका अनुसार यही जनसंख्याकै कारण आगामी दशकमा नेपालको विकासका लागि पर्याप्त जनशक्ति सञ्चित रहेको छ । सन् १९६० यता नै नेपालको जनसंख्या युवा रहँदै आएको छ ।

अहिलेसम्म देशभित्रको युवा जनसंख्यालाई लक्षित वैज्ञानिक नीतिको त कुरा छाडौँ, यस समूहको व्यवहार र प्रवृत्तिको समेत कुनै व्यवस्थित अध्ययन गरिएको थिएन । तर, हालै नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनसंख्या महाशाखाले यो युवा जनसंख्याबारे देशव्यापी अध्ययन गरेको छ । प्रतिवेदन प्रकाशनको अन्तिम तयारीमा रहेको उक्त अध्ययनलाई विज्ञहरूले समेत महत्त्वपूर्ण मानिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार १० देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू युवा हुन् । युवा समूहभित्र पनि १०-१४ उमेर समूहलाई पहिलो किशोरावस्था र १५-१९ वर्ष उमेर समूहलाई पछिल्लो किशोरावस्था मानिन्छ । अर्कोतिर, १५-२४ वर्ष उमेर समूहलाई युवावस्था भनिन्छ ।

स्वास्थ्य मन्त्रालयको जनसंख्या महाशाखाले गरेको सर्वेक्षणका आधारमा तयार पारिएको यस सामग्रीमा किशोर वा किशोरी भन्नाले १०-१४ वर्ष उमेर समूहलाई बुझाउँछ भने युवक वा युवती भन्नाले १०-२४ वर्ष उमेर समूहलाई इंगित गरिएको छ । पाठकको रुचिलाई ध्यान दिई केही उत्तर समावेश नगरिएकाले विभिन्न चार्ट तथा ग्राफमा सबै प्रतिशत जोड्दा पनि एक सय पुग्न नसकेको हो ।

विवाह

नेपाल किशोरकिशोरी तथा युवा सर्वे -सर्वेक्षण)ले नेपाली किशोरकिशोरी तथा युवामा विवाहप्रतिको धारणा र प्रवृत्तिमा परविर्तन भइरहेको देखाएको छ। सर्वेक्षणमा सहभागी युवकहरूको कुल ९२.२२ र युवतीको ७६.७३ प्रतिशत अहिवाहित रहेको देखिनुले परम्परागत सोच अनुरूप छिटो विवाह गर्ने प्रवृत्तिमा कमी आइरहेको देखिन्छ। साथसाथै, सर्वेक्षणमा सहभागी युवक र युवती दुवैको ०.०२ प्रतिशत विवाह नै नगरी एकसाथ बसिरहेका पनि देखिएको छ। यसबाट नेपाली युवामा विवाहसम्बन्धी परम्परागत मूल्यमा पनि परविर्तन आइरहेको बुभmन सकिन्छ।

वैवाहिक स्थिति

सर्वेक्षणको अर्को उल्लेखनीय पक्ष के छ भने १४ वर्षमुनिका ९९.९७ प्रतिशत किशोर र ९९.६४ प्रतिशत किशोरीहरू अविवाहित छन्। त्यस्तै, १५ देखि १९ वर्षका ९५.४२ प्रतिशत किशोर र ८२.०३ प्रतिशत किशोरी पनि अविवाहित छन्। यसबाट समाजमा बालविवाहको प्रवृत्ति कम भएको अनुमान गर्न सकिन्छ।

विवाहको मध्यिका उमेर

सर्वेक्षणमा सहभागीमध्ये ७.७८ प्रतिशत युवक र २३.२३ प्रतिशत युवतीले विवाह गरेका पाइयो। २४ वर्षमुनिका पुरुष सहभागीहरूले विवाह गर्ने मध्यिका अर्थात् उमेर समूहहरूको मध्यक उमेर १९ र युवतीले विवाह गर्ने मध्यिका उमेर १७ वर्ष पाइएको छ। नेपाली युवामा विवाह गर्ने उमेर विभिन्न कारकहरूमा निर्भर रहेको सर्वेक्षणको नतिजा छ। शिक्षाको स्तर बढ्दै जाँदा विवाह गर्ने मध्यिका उमेरमा पनि वृद्धि भएको देखिन्छ। जस्तो ः प्राथमिक शिक्षा हासिल युवकहरूको विवाह गर्ने मध्यिका उमेर १८ छ भने त्यस्ता युवतीहरूको मध्यिका उमेर १७ वर्ष छ। तर, एसएलसीभन्दा धेरै पढेका युवकहरूको विवाह गर्ने मध्यिका उमेर २० र युवतीहरूको १९ वर्ष देखिएको छ। सर्वेक्षणमा सहभागीहरूमध्ये जम्मा ०.६४ प्रतिशत युवकले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेको बताएका छन् भने ४.८९ प्रतिशत युवतीले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेका पाइएको छ।

गैरकानुनी विवाह र कारण

नेपालको कानुन अनुसार युवती र युवक दुवैको विवाहयोग्य उमेर २० वर्ष हो। तर, सर्वेक्षणले २२.६० प्रतिशत युवक र ६०.६२ प्रतिशत युवतीले कानुनले तोकेको उमेर हदभन्दा पहिले अर्थात् २० वर्ष नपुग्दै विवाह गर्ने गरेको देखाएको छ। त्यसरी बिहे गर्नेमध्ये ६०.७० प्रतिशत युवतीले आमाबुबाको इच्छाले बिहे गरेको बताएका छन् भने २९.६९ प्रतिशतले स्वेच्छाले। यसबाट विशेष गरी छोरीको विवाहका लागि अभिभावकहरूले कानुन अनुसारको उमेर नपुग्दै विवाहका लागि दबाब दिने परम्परा कायमै रहेको बुझिन्छ। सर्वेक्षणले गर्भ रहन जाँदा कानुन अनुसारको उमेरभन्दा पहिले विवाह गर्नुपरेको कारणबारे रोचक नतिजा देखाएको छ। सहरी क्षेत्रमा गर्भ रहन गई विवाह गर्न बाध्य युवक र युवतीको प्रतिशत शून्य छ भने ग्रामीण क्षेत्रका १.३५ प्रतिशत युवक र ०.४३ प्रतिशत युवतीले गर्भ रहन जाँदा विवाह गर्नुपरेको बताएका छन्। अर्कोतिर, ग्रामीण क्षेत्रमा झुक्याएर विवाह गरेको भन्ने युवक र युवती दुवैको प्रतिशत शून्य रहेको छ, जबकि ०.६८ प्रतिशत सहरी युवतीहरूले आफूलाई झुक्याएर विवाह गर्न लगाइएको बताएका छन्।

जीवनसाथीको चयन

सर्वेक्षणमा सहभागी विवाहित युवक तथा युवतीले आपmनो जीवनसाथी छान्दा कसको रोजाइका आधारमा छान्छन् भन्ने निष्कर्ष पनि रोचक छ। विवाहितमध्ये ५३.४० प्रतिशत युवक र ३७.५६ प्रतिशत युवतीले आपmनै रोजाइले जीवनसाथी छानेको बताएका छन्। सर्वेक्षणले देखाएको महत्त्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४.८१ प्रतिशत युवतीहरूका लागि सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन्, जबकि त्यहाँ ३६.१७ प्रतिशत युवकका लागि दुलही खोज्दा सहमति लिइँदैन।

विवाहबारे धारणा

नेपाली युवामा विवाह र यौनबारेको धारणामा पनि परविर्तन आइरहेको सर्वेक्षणबाट देखिएको छ। अन्तरजातीय विवाहबारेको धारणा उमेरसँगै उदार हुँदै जाने सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका किशोरहरूको ३६.५७ र किशोरीहरूको ३०.३६ प्रतिशतले अन्तरजातीय विवाह ठीक भनेका छन्। जबकि, १५-१९ वर्ष उमेर समूहका ६७.४९ प्रतिशत किशोर र ५६.६५ प्रतिशत किशोरीले त्यस्तो विवाहलाई उचित भनेका छन् भने २०-२४ वर्षका युवकको सात प्रतिशत र युवतीको ५५.४५ प्रतिशतले अन्तरजातीय विवाहलाई ठीक भनेका छन्। समलिंगी सेक्स र विवाहबारे सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र अनुदार देखिएको छ। ग्रामीण क्षेत्रका ३.९८ प्रतिशत युवक र ३.०३ प्रतिशत युवतीले मात्रै समलिंगी विवाह र सेक्सलाई उचित ठानेका छन् भने सहरी क्षेत्रका ९.०३ प्रतिशत युवक र ८.३९ प्रतिशत युवतीले त्यस्तो विवाह र सेक्सलाई उचित भनेका छन्। दाइजो लिनुदिनु ठीक हो भन्नेमा सबैभन्दा अगाडि सुदूरपश्चिम देखिएको छ। त्यहाँका ३१.८२ प्रतिशत युवक र ४९.८९ प्रतिशत युवतीले दाइजोको समर्थन गरेका छन्।

कौमार्य सर्वेक्षणमा सहभागी युवकहरूको ७५.५० प्रतिशत र युवतीहरूको ७९.७४ प्रतिशतले युवतीहरूले विवाहपूर्व यौनसम्पर्क गर्न नहुने धारणा व्यक्त गरेका छन्। त्यस्तै, युवकहरूको ६९.१६ र युवतीहरूको ७८.५९ प्रतिशतले पुरुषहरूले पनि विवाहपूर्व यौनसम्पर्क गर्न नहुने बताएका छन्। त्यस्तै, युवकहरूको १२.३३ प्रतिशत र युवतीहरूको १०.१३ प्रतिशतले विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने धारणा व्यक्त गरेका छन्। विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने कुरामा सहरी क्षेत्र ग्रामीण भेगभन्दा उदार देखिएको छ। सहरका १७.०६ प्रतिशत युवक र ११.९५ प्रतिशत युवतीले बिहे गर्नुअघि यौनसम्पर्क गरेकाहरूसँग बिहे गर्न सकिने बताएका छन्, जबकि ग्रामीण क्षेत्रका ११.०२ प्रतिशत युवक र ९.५९ प्रतिशत युवतीले मात्रै विवाहअघि यौनसम्पर्क गरेको व्यक्तिसँग बिहे गर्दा फरक नपर्ने बताएका छन्। अर्कोतिर युवतीले विवाहपूर्व यौनसम्पर्क गर्नु हँुदैन भन्नेमा सहरी क्षेत्रका युवतीहरू ग्रामीण क्षेत्रका भन्दा परम्परागत देखिएका छन्। सहरी क्षेत्रका ८२.७३ प्रतिशत युवतीले विवाहपूर्व युवतीको कौमार्य सुरक्षित हुनुपर्छ भनेका छन् भने त्यसभन्दा झन्डै चार प्रतिशत कम अर्थात् ७८.८५ प्रतिशत ग्रामीण युवतीहरू त्यस्तो सोच्छन्।

गर्भ निरोध

सर्वेक्षणका क्रममा किशोरकिशोरी तथा युवामा गर्भ निरोधका साधनहरूबारे कति जानकारी छ भन्ने पनि हेरएिको थियो। सर्वेक्षण नतिजा अनुसार कन्डम सबैभन्दा धेरै युवाले थाहा पाएको गर्भ निरोधका साधन देखिएको छ। कन्डमपछि सुईबाट दिइने निरोधकका बारे सबैभन्दा धेरैलाई थाहा छ। योनिबाहिरै वीर्य स्खलन गरी गर्भाधान हुन नदिने उपायका बारेमा ग्रामीण -८.१७ प्रतिशत)भन्दा सहरी -१३.५५ प्रतिशत) युवतीहरू बढी जानकार रहेका छन्। काठमाडौँ उपत्यकाका १३.०४ युवती त्यस उपायबारे सबैभन्दा धेरै जानकार छन् भने सुदूरपश्चिमका ६.६० प्रतिशत युवतीले मात्रै त्यो उपायबारे थाहा पाएका छन्, जुन क्षेत्रगत हिसाबले सबैभन्दा कम हो। जबकि, काठमाडौँ उपत्यकाका ३२.०८ प्रतिशत युवक र सुदूरपश्चिमका १९.५२ प्रतिशत युवकलाई त्यसबारे थाहा छ।

गर्भनिरोधबारे जानकारीका लागि रेडियो र शिक्षकहरू प्रमुख स्रोत देखिएका छन्। युवतीहरूभन्दा युवकले साथीहरूबाट यस विषयमा धेरै जानकारी पाउने तथ्य पनि सर्वेक्षणले प्रकाशमा ल्याएको छ।

पहिलो महिनावारी

पहिलोपल्ट रजस्वला हँुदा अँध्यारो कोठामा बस्नेहरूबारे पनि सर्वेक्षणले रोचक तथ्य प्रकाशमा ल्याएको छ। पश्चिमाञ्चलका सबैभन्दा बढी १२.३२ प्रतिशत युवतीले आफूले अँध्यारो कोठामा बस्नुपरेको बताए। सहरी क्षेत्रका ६.३८ र ग्रामीण क्षेत्रका ७.४९ प्रतिशतले पनि पहिलोपल्ट रजस्वला हँुदा अँध्यारो कोठामा दिन काटे। त्यसैगरी पहिलोपटकको महिनावारीमा घरनजिकैको छाप्रोमा रात कटाउने युवतीहरू सुदूरपश्चिममा सबैभन्दा धेरै १३.०७ प्रतिशत भेटिए। रोचक त के भने काठमाडौँ उपत्यकाका ०.२७ प्रतिशत र सर्वेक्षण गरएिका सबै सहरी क्षेत्रका २.३९ प्रतिशत युवतीले पनि छाप्रोमै आपmनो पहिलो रजस्वला अवधि कटाए।

कुलत


सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका ६.९० प्रतिशतले मदिरा, ३.४१ प्रतिशतले चुरोट तथा सुर्तीजन्य पदार्थ र ०.४४ प्रतिशतले लागूऔषध र सुईबाट दिइने नसा गर्ने गरेको पाइयो। साथै, युवतीहरूको ९.२९ प्रतिशत, २.२३ प्रतिशत र ०.१४ प्रतिशतले क्रमशः मदिरा सेवन, चुरोट तथा सुर्तीजन्य पदार्थ र लागूऔषध सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षण विधि
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मातहतको जनसंख्या महाशाखाले सन् २०१० को जनवरीदेखि डिसेम्बर महिनासम्म गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षण देशभरिका कुल नौ हजार घरधुरीमा आधारित छ, जसलाई तीन सय 'क्लस्टर'मा बाँडिएको थियो र प्रत्येक 'क्लस्टर'बाट ३० घरधुरीलाई नमुना छानिएको थियो।

यो सर्वेक्षण दुई चरणमा आधारित 'स्ट्राटिफाइड' सम्भाव्यता 'क्लस्टर'को ढाँचामा गरिएको थियो। एउटा 'क्लस्टर' एक वडा अर्थात् अहिलेको प्रशासनिक ढाँचामा सबैभन्दा सानो एकाइ बराबर थियो। वडालाई प्रारम्भिक नमुना एकाइका रूपमा लिइएको थियो। सिंगो देश, सहरी-ग्रामीण बसोबास, पाँच विकास क्षेत्र, तीन उमेर समूह -१०-१४, १५-१९, २०-२४)का लागि अनुमान हुनसक्ने गरी नमुना निर्धारित गरिएको थियो।

काठमाडौँ उपत्यकालाई छुट्टै उपक्षेत्रका रूपमा राखिएको थियो। कुल १४ हजार ७ सय ५३ युवामा गरिएको सर्वेक्षणमा १०-१४ उमेर समूहका ६ हजार ५ सय ९५ किशोरकिशोरी, १५-१९ वर्ष उमेर समूहका ४ हजार ८ सय ८२ युवकयुवती र २०-२४ वर्ष उमेर समूहका ३ हजार २ सय ७३ युवाको छनोट गरिएको थियो। सर्वेक्षणमा कुल प्रत्युत्तर दर ९९ दशमलव ३ प्रतिशत रह्यो। घरधुरीमा कम्तीमा एक र अधिकतम सात अन्तर्वार्ता गरिएका थिए। सर्वेक्षणमा ७ हजार १ सय ९ युवक तथा ७ हजार ६ सय ४४ युवती सहभागी गराइएका थिए। उनीहरूबारे जानकारी संकलन गर्न कुल ४९ हजार २ सय ८० व्यक्ति -पुरुष २४ हजार ३ सय २१ र महिला २४ हजार ९ सय ४४)को सहयोग लिइएको थियो।

प्रेम

प्रेममा परेको छु

युवकः २१.४७

युवतीः ११.२८

पहिलोपटक प्रेममा पर्दाको औसत उमेर

युवकः १६.१३ वर्ष

युवतीः १६.१३ वर्ष

अहिलेको प्रेमको औसत अवधि

युवकः १४.९८ महिना

युवतीः १३.१५ महिना

अहिलेकै प्रेमी/प्रेमिकासँगै बिहे गर्ने हो

युवकः ७३.०३

युवतीः ८६.६१

डेटिङ्का बेला यौनजन्य गतिविधि गरेको समय

युवकः ६२.०५

युवतीः २६.८३

डेटिङ्का बेला यौनसम्पर्क गरेको समय

युवकः ३९.७२

युवतीः ८.५६

अहिलेसम्मको औसत प्रेमी/प्रेमिका संख्या

युवकः १.७१

युवतीः १.२३

बाबुरामको मर्जवाद


"हामी बफर स्टेट मेन्टालिटीबाट माथि उठ्न सकेनौँ भने छिमेकी मुलुक चीन र भारतले खाइरहन्छन् । त्यस्तो अवस्थामा नेपाल दुई मुलुकमध्ये एउटातिर मिसिन पुग्छ ।"

१ माघमा प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटारस्िथत निवासमा पत्रकारहरूलाई बोलाएर विदेशनीतिसम्बन्धी आफ्नो धारणा राख्ने क्रममा दिएको अभिव्यक्ति हो यो । उनले त्यसक्रममा नयाँ विश्वपरविेश अनुसार मुलुकको परराष्ट्रनीति परभिाषित हुनुपर्ने आवश्यकता मात्रै दर्शाएनन्, पुरानो मानसिकता नत्यागे मुलुककै अस्ितत्व नरहने भय पनि प्रकट गरे ।

मुलुकका कार्यकारी प्रमुख, संविधानसभाको सबैभन्दा ठूलो दलका नेता र आममानसले पत्याएका पदाधिकारीले मुलुककै अस्ितत्व संकटमा पर्ने अवस्थाको आकलन के आधारमा गरे ? किन यो अभिव्यक्ति सार्वजनिक गरे ? त्यो पनि चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको संक्षिप्त भ्रमण गरेकै भोलिपल्ट ? प्रधानमन्त्रीको अभिव्यक्तिले यस्ता प्रश्न उठाइदिएको छ, जसले कूटनीतिक, राजनीतिक र व्यावहारकि कोणबाट जवाफ माग गर्छन् ।

वेनको भ्रमणलगत्तै प्रधानमन्त्री भट्टराईले गृह र रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई तुरुन्तै भारत पठाए । भारतमा गच्छदारले त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहसँग छुट्टै ४५ मिनेट भेटवार्ता गरे । अन्य अधिकारीसँग पनि छलफल गरे । उनले सार्वजनिक रूपमा बताए अनुसार ती सबै भेटवार्ता चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण, नेपालको जारी राजनीतिक प्रक्रिया र सुरक्षा मामिलासँग सम्बन्धित थिए ।

उता चिनियाँ प्रधानमन्त्री वेनले पनि राष्ट्रपति रामवरण यादवसँगको भेटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रताबारे सरोकार देखाएका थिए -हेर्नूस्, कतै नढल्किन सुझाव, पृ ३०) । प्रधानमन्त्री भट्टराईसँग पनि वेनले यसभन्दा धेरै फरक बेहोराको बयान दिनुपर्ने कारण छैन । प्रधानमन्त्री भट्टराईकै शब्दमा, यतिबेला चीन र भारतबीचको सम्बन्ध राम्रो भएकाले नेपालले पनि चीनसँग राम्रो सम्बन्ध राखोस् भन्ने वेनको सुझाव थियो । यी सम्पूर्ण घटनाक्रमलाई सँगै राखेर हेर्दा प्रधानमन्त्रीको अभिव्यक्ति अर्थपूर्ण लाग्छ ।



अवस्था फरक

प्रधानमन्त्री भट्टराईले नेपालको स्वाधीनता, सार्वभौमिकता वा राष्ट्रियता खतरामा रहेको जनाउने ठोस आधार त दिएनन् । तर, नेपालको इतिहासमा विश्वेश्वरप्रसाद र गिरजिाप्रसाद कोइरालापछि भारतसँग सीधा कुरा गर्न सक्ने नेता आफू नै रहेको दाबी भने गरे । तैपनि, कुनै एक देशमा गाभिने भनाइले प्रधानमन्त्री भट्टराईको रक्षात्मक मनोदशा प्रकट गर्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरू दक्षिण एसियाको सबैभन्दा पुरानो सार्वभौमसत्तासम्पन्न र स्वतन्त्र राष्ट्र नेपाल छिमेकमा विलय हुने सम्भावना देख्नु हास्यास्पद मात्रै होइन, अहिलेको विश्वपरविेशसँग मेल नखाने कुरा ठान्छन् । किनभने, संसारको कुनै पनि मुलुकले आफ्नो सिमानाको विस्तारका लागि भौतिक आक्रमण गररिहेको छैन अहिले । चीन र भारतले पनि आफ्नो सीमा विस्तारलाई प्रमुख विषय बनाएका छैनन् । कुनै पनि देशबीच विवाद आउँदा आमनेसामने बसेर वार्ताका माध्यमबाट समाधान खोज्न थालिएको छ । शान्तिपूर्ण बाटोबाटै समाधान खोज्न अन्तर्राष्ट्रिय मूल्य-मान्यता र नियमहरू स्थापित गरएिका छन् । सबैजसो मुलुक तिनै मान्यता अनुसार चलिरहेका छन् । नेपालले पनि कसैसँग लडाइँ गर्नुपर्ने वा कसैले नेपालमाथि भौतिक आक्रमण गर्ने अवस्था छैन । त्यसमाथि बि्रटिस साम्राज्यले समेत निल्न नसकेको र अन्तर्राष्ट्रिय मञ्चमा छुट्टै अस्ितत्वका साथ उभिइरहेको नेपालको विलयन सम्भव छैन, जसरी प्रधानमन्त्रीले सहज रूपमा गाभिने र विलय हुने परकिल्पना गरेका छन् । "अहिले पनि आफ्नो पहिचान, समस्या समाधानको सामथ्र्य र राज्य सञ्चालनका हरेक पक्षबाट हेर्दा नेपालले पर्याप्त सक्षमता राख्छ," जवाहरलाल नेहरु विश्वविद्यालयबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारििध गरेका एमाले विदेश विभाग सदस्य राजन भट्टराई भन्छन् ।

क्षेत्रीय अवस्था हेर्दा, दक्षिण एसियामा अहिले युद्ध चलिरहेको छैन । तुलनात्मक रूपमा यस क्षेत्रमा शान्तिपूर्ण वातावरण छ । त्यसको फाइदा चीन र भारतले नै लिइरहेका छन् । तीव्र आर्थिक वृद्धिका साथ अगाडि बढिरहेका ती देशको आपसी व्यापार मात्रै अहिले वाषिर्क ६१ अर्ब अमेरकिी डलर छ । ती देशबीच रणनीतिक आर्थिक वार्ताका क्रममा भएको सम्झौता अनुसार सन् २०१५ सम्म पारस्परकि व्यापार एक सय खर्ब डलर पुर्‍याउने लक्ष्य छ । एसियाकै ठूला यी दुई अर्थतन्त्रको प्रभाव संसारभर विस्तार भइरहेको छ । यस्तो अवस्थामा तिनले नेपाललाई आफ्नो अधीनस्थ राख्ने प्रयास गर्लान् वा क्षेत्रीय सन्तुलन खलबल्याउने कदम चाल्न सक्छन् भन्ने अनुमान पनि वस्तुगत देखिँदैन ।

दुवै छिमेकीसँग नेपालको सुमधुर सम्बन्धले पनि कुनैमा गाभिन वा विलीन हुन सक्ने सम्भावनालाई समर्थन गर्दैन । दुवै देशसँग नेपालका सीमा, सुरक्षा, पारवहनलगायतका विषयमा केही असमझदारी र असन्तुष्टि भए पनि तिनको समाधान वार्ताकै माध्यमबाट खोजिँदै छ । त्यसकारण तत्काल विवादले उग्र रूप लिने र तीमध्ये कुनै एकले नेपालमाथि कब्जा जमाइहाल्ने अवस्था पनि देख्दैनन् सामरकि विषयका जानकारहरू । "प्रधानमन्त्रीले के संकेत पाएर नेपाल कुनै एक देशमा गाभिन सक्ने देखेका हुन्, त्यो स्पष्ट पार्नुपर्छ । प्रधानमन्त्रीको ओहोदाबाट यस्तो अभिव्यक्ति आउनु गम्भीर विषय हो," माधव नेपाल प्रधानमन्त्री छँदाका विदेश मामिला सल्लाहकारसमेत रहेका राजन भट्टराई भन्छन् ।

प्रधानमन्त्री भट्टराईले दुई देशबीच जीवन्त -भाइब्रेन्ट) र गतिशील -डाइनामिक) पुल बन्नुपर्ने आवश्यकता दर्शाएका छन् । उनको यो अभिलाषासमेत भावनात्मक बढी र यथार्थभन्दा धेरै टाढा देखिन्छ । कूटनीतिक रूपमा दुई मुलुकको सेतु बन्नका लागि ती देशबीच द्वन्द्व वा तनावको स्िथति हुनुपर्छ । तर, भारत-चीनबीच त्यत्रोविधि तनाव छैन, जहाँ नेपालले मध्यस्थता गर्नुपरोस् । भारत र चीनबीच निश्चित मुद्दामा विवाद छ, जुन अन्यत्रका छिमेकीबीच पनि हुन्छ । संसारकै सबैभन्दा लामो सिमानाको विवाद मानिने भारत-चीन समस्या सम्बोधन गर्न गत ३ माघमा साझा संयन्त्र बनाउने सहमति भएको छ ।

राजनीतिक चालबाजी कुनै समयमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले नेपाल राष्ट्र होइन, प्रशासनिक एकाइ मात्र हो भनेका थिए । बीपीको भनाइको तात्पर्य नेपाललाई अब समृद्ध र छुट्टै पहिचानसहितको राष्ट्र बनाउनुपर्छ भन्ने थियो । तर, बीपीको खेदो खन्नुपर्दा अहिलेसम्म नै त्यस अभिव्यक्तिलाई नारा बनाउने प्रवृत्ति छुटेको छैन । त्यसो गर्नेमध्येकै एक प्रधानमन्त्री भट्टराईसमेत हुन् । तर, अहिले उनले नै मुलुक अन्यत्र 'मर्ज' हुन सक्नेतर्फ इंगित गर्नुको तात्पर्य के हो भन्ने स्पष्ट छैन ।

खासगरी आफ्ना कमजोरी ढाकछोप गर्न र राष्ट्रिय राजनीतिका कतिपय जल्दाबल्दा विषयलाई अन्यत्र मोड्न पनि राष्ट्रियताको कुरा उठाउने गरएिको छ । महत्त्वपूर्ण जिम्मेवारीमा रहेकै बेला मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा रहेको भन्दै यसअघि गिरजिाप्रसाद कोइराला र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि यस्तै भय औँल्याएका थिए । तर, अरू देशमा गाभिने वा विलय हुने कुरा उनीहरूले गरेका थिएनन् ।

यतिखेर माओवादीको आन्तरकि समीकरण फरक मोडमा पुगेको छ । भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका निर्वाह गरेका उनकै पार्टी अध्यक्ष प्रचण्डले असन्तुष्ट खेमा अर्थात् मोहन वैद्य पक्षसँग अंकमाल गरेका छन् । त्यसको सबैभन्दा ठूलो झड्का प्रधानमन्त्री भट्टराईलाई लागेको छ । अझ, चिनियाँ प्रधानमन्त्री वेनको नेपाल भ्रमणप्रति भारतले देखाएको प्रसन्नतालाई कूटनीतिक अर्थ खोतल्न सक्नेहरूले भट्टराई सरकारका दिनगन्तीका रूपमा पनि लिएका छन् । किनभने, आफूले चीनको प्रसंग निकाल्नेबित्तिकै भारतीय पक्षले अन्य अर्थमा बुझ्ने गरेको तथ्य प्रधानमन्त्री भट्टराईले पछिल्लो अभिव्यक्तिसँगै सार्वजनिक गरसिकेका छन् । उनले आफू अर्थमन्त्री छँदा चिनियाँ राजदूत र भ्रमणटोलीहरूले नेपाल-चीन-भारतबीच सहकार्य हुनुपर्ने सुझाव दिँदै आएकोबारे भारतीय नेता, बुद्धिजीवी र सरकारी अधिकारीसँग पनि कुरा गरेको तर भारतीय राजदूतले सकारात्मक प्रतिक्रिया नदिएको बताएका छन् । १ माघको पत्रकार भेटघाटमा प्रधानमन्त्रीले भनेका थिए "फुच्चे नेपालका नेताले के यस्तो कुरा गरेका होलान् भन्ने रूपमा भारतीय शासकवर्गले लिए भन्ने पछि थाहा भयो ।" यही थाहा पाएर हुन सक्छ, उनले वेनको भ्रमणलगत्तै उपप्रधानमन्त्री गच्छदारलाई दिल्ली पठाएर आश्वस्त पार्न खोजेका ।

भट्टराई नेतृत्वको सरकारले ठूलै उपलब्धिका रूपमा अथ्र्याउने गरेको शान्ति प्रक्रियाको गति पुनः रोकिएको छ । संविधानका अन्तरवस्तुबारे उच्चस्तरीय राजनीतिक तहमा भएका सहमति संवैधानिक समितिमा उल्टिँदै छन् । यसले पनि वर्तमान सरकारप्रतिको सहानुभूति खस्िकँदै गइरहेको छ । विद्रोहकालीन 'जनसत्ता'का निर्णयलाई मन्त्रिपरष्िाद्बाटै वैधता प्रदान गर्नेलगायतका कदमले विपक्षीहरू झनै चिढिँदै छन् । यस्तोमा प्रधानमन्त्रीले आफूलाई असुरक्षित ठान्नु स्वाभाविक छ । "तर, आत्मरक्षाका नाममा राजनीतिक स्टन्ट गर्ने र कूटनीतिक सम्बन्धमै धक्का पुग्ने अभिव्यक्ति दिनु गैरजिम्मेवारीपन हो," एमाले नेता प्रदीप ज्ञवाली भन्छन् ।

विगतको द्वन्द्व र लम्बिदो संक्रमणकालका कारण मुलुकको स्िथति जटिल बन्दै गएको र राष्ट्रियताको संवर्द्धनमा पर्याप्त प्रयास नभएको प्रति अन्यत्रबाट पनि चिन्ता व्यक्त नभएको होइन । खासमा संक्रमणको व्यवस्थापनमा ०६३ यताका सबै सरकार र प्रमुख राजनीतिक दल चुक्दै आएका छन् । यद्यपि, सबै सम्भावना समाप्त भइसकेका छैनन् भनेर आश्वस्त तुल्याउनु र आमनागरकिमा आशाको सञ्चार गराउनु राज्य सञ्चालनको दायित्व मानिन्छ । त्यसमा संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी र त्यसभित्र पनि शान्ति र संविधानको लाइनका प्रवर्तक भनिने नेता भट्टराईले झनै अहिलेको राजनीतिक प्रक्रियाप्रति आशा जगाउन सक्नुपर्ने हो । तर, विगतकै प्रवृत्तिलाई पछ्याउँदै भट्टराई पनि भयको खेती गर्न तम्सेको ठानेका छन्, विपक्षीहरूले । उनीहरूका भनाइमा, आफ्ना कमजोरी छोप्न र जल्दाबल्दा विषयलाई अन्यत्रै मोड्नका लागि रचिएको राजनीतिक 'स्टन्ट' हो यो । "अर्को देशमा गाभिने भन्ने सपनामा पनि सोच्न नसकिने कुरा हो," एमाले नेता ज्ञवाली भन्छन्, "स्थायित्व र समृद्धि हासिल गर्न चुक्ने हो भने थप जोखिमका दिन आउन सक्छन् तर आन्तरकि राजनीति काबुबाहिर गइसकेको स्िथति छैन । प्रधानमन्त्रीले सकेनन् भने अरूले सक्छन् ।"

स्वभाव कि बहकाव ?

जानीबुझीकनै फरक व्यवहार वा अभिव्यक्ति प्रकट गर्नु, विवाद र चर्चाकै माध्यमबाट धेरैको ध्यान आफूतिर तान्न खोज्नु प्रधानमन्त्री भट्टराईको पुरानै बानी हो । त्यसैको एउटा कडी मुस्ताङ गाडी पनि हो । मितव्ययी भनेर चिनिन चाहे पनि उनी कुनै पनि प्रधानमन्त्रीभन्दा कम अपव्ययी नरहेको कुरा ४९ सदस्यीय मन्त्रिपरष्िाद् र अनावश्यक कर्मचारीले भरभिराउ उनको सचिवालयले देखाइसकेका छन् ।

आफूलाई फरक र बौद्धिक देखाउने नाममा पनि भट्टराई बेलाबेलामा चिप्लिने गरेका छन् । भट्टराईनिकट नेताहरूका अनुसार नेपाली मिडिया अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै वरपिर िघुमेको र कतिपय अवस्थामा आफू ओझेलमा परेकोप्रति 'हीनताबोध'समेत नभएको होइन भट्टराईमा । त्यसैले मिडियाको ध्यान आफूतर्फ केन्दि्रत गर्न पनि विवाद रुचाउँछन् उनी । सञ्चाकर्मी भेटेपछि आफ्नो हैसियत बिर्सने, कमिटी प्रणाली नै ख्याल नगरी बाहिरबाट प्रभावित हुने, समय-समयमा भावनामा बहकिएर अस्वाभाविक बोली बोल्ने नेताका रूपमा पनि चिनिन्छन् उनी ।

पार्टीका आन्तरकि बैठकहरूमा विरोधाभासपूर्ण अभिव्यक्ति दिने र पछि मैले त्यस्तो बोलेकै छैन भनेर पन्छिने गरेका उदाहरण पनि छन् । शान्ति प्रक्रियामा आएलगत्तै उनले पार्टीको आन्तरकि प्रशिक्षणमा दिएको अभिव्यक्तिबारे चर्कै विवाद भएको थियो । केही समय त उनले त्यो अभिव्यक्ति दिएकै छैन भनेर पन्छिन खोजे तर पोलिटब्युरो सदस्य हितमान शाक्यले रेर्कड नै पेस गरेपछि उनले 'मेरो आशय त्यो होइन, गल्ती भएछ' भन्दै माफी मागे । "कतिपय अवस्थामा भावुकतामा आउने, फुर्कने र आफूलाई मात्र केन्द्रमा राखेर बोल्ने भट्टराईको पुरानै बानी हो," उनीसँग लामै संगत गरेका एक माओवादी नेता भन्छन्, "वेनको भ्रमणपछि फुर्किएका बेला आफूलाई ओभर स्मार्ट देखाउन खोजे र मर्जसम्मै पुगे ।"

पछिल्लो समयमा भट्टराईले आफूलाई आर्थिक रूपान्तरणको सूत्रधारका रूपमा चिनाउन खोजिरहेका छन् । उनको यो व्यक्तिकेन्दि्रत मानसिकता दिल्लीमा पनि प्रकट नभएको होइन । उनले भारत भ्रमणताका द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण .सम्झौता -बिप्पा) गर्दा जुवा खेलेको टिप्पणी गरेका थिए । त्यतिखेरै प्रश्न उठेको थियो, देशको मामिलामा जुवा खेलेको भन्न मिल्छ ?

उदीयमान दुई आर्थिक शक्तिका बीचमा हुनुको फाइदा आर्थिक ट्रान्जिट वा पुल बनेर मात्र उठाउन सकिन्छ र त्यसबाट नै मुलुकको स्वतन्त्र पहिचान/अस्ितत्व रहन सक्छ भन्ने कुराको व्याख्याका क्रममा पछिल्लो अभिव्यक्ति आएको भट्टराईनिकट माओवादी नेता राम कार्की बताउँछन् । भन्छन्, "छिमेकीसँग परनिर्भर भएर मुलुकको विकास हुन्न । दुवै छिमेकीसँग सन्तुलन र मित्रताको सम्बन्ध राखेर आर्थिक फड्को मार्नुपर्छ भन्ने अर्थमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको हो ।"

तर, राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय सम्बन्धबारे चाख राख्नेहरूलाई प्रधानमन्त्रीको अभिव्यक्ति सहज लागिरहेको छैन । "अन्तर्राष्ट्रिय सन्दर्भमा, खासगरी छिमेकीको सन्दर्भमा सरकारमा बसिरहेकाहरूको अभिव्यक्ति सन्तुलित हुनुपर्ने हो," पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, "प्रधानमन्त्रीले कुन सिलसिलामा के देखेर कुन अभिप्रायले यस्तो भने भन्ने प्रस्ट छैन तर उनले शब्दचयनमा हेक्का राखेको देखिँदैन ।" यो मुलुकका लागि साह्रै चिन्ताको विषय भएको र प्रतिपक्षीहरूले बेवास्ता गरेको देख्दा प्रधानमन्त्रीको कुरालाई गम्भीरतापूर्वक नलिने बानी परेको हो कि भन्ने लाग्छ भन्दै पाण्डे भन्छन्, "राष्ट्रको भविष्यबारे संवेदनशीलता हराएको हो कि ?"

के हो 'मर्ज' र 'सबमर्ज' ?

अंग्रेजी शब्दावली ँमर्ज’ र ँसबमर्ज’को सोझो अर्थ हुन्छ, गाभिनु र डुब्नु । सामरिक विषयका अध्येताहरू ँमर्जिङ्’को प्रयोग तीनवटा प्रसंगमा बढी हुने बताउँछन् । एक, क्रमशः एउटा मुलुक अर्को मुलुकको निर्भर एकाइ बन्ने प्रक्रिया । स-साना राष्ट्र अर्कामा निर्भर बन्दै विस्तारै शक्तिराष्ट्रमा गाभिने प्रक्रियालाई मर्जिङ् भनिन्छ । अर्थात्, स्वतन्त्र राज्य वा परिवारको विस्तारै अस्ितत्व नै लोप हुने अवस्था हो ।

अर्को, दुई स्वतन्त्र राष्ट्र मिलेर नयाँ पहिचान निर्माण गर्ने प्रक्रिया पनि मर्जिङ् नै हो । तेस्रो, साझा पहिचान र स्वार्थका मुद्दामा एक हुने प्रक्रियालाई पनि मर्जिङ्ले संकेत गर्छ । "परनिर्भरता बढेको, छिमेकी मुलुकले आर्थिक फड्को मारिरहँदा हाम्रो अस्ितत्व खोज्नुपर्ने अवस्था आएको र आन्तरिक मामिलामा विदेशीको भूमिका बढेको भन्न खोजिएको हो भने यसलाई प्राज्ञिक बहसको विषय मान्न सकिन्छ," द्वन्द्व तथा सामरिक विषयका जानकार विष्णुराज उप्रेती भन्छन्, "तर, सरकारप्रमुखबाट मर्ज र सबमर्जको कुरा आउनु कूटनीतिक हिसाबले पनि सुहाउने कुरा होइन ।"
http://www.ekantipur.com/nepal/article/?id=3274

खरेलका दुई अवतार



उखानै छ, धन देख्दा महादेवका पनि तीन नेत्र। प्रहरी प्रशासनभित्रको चर्चित सुडान भ्रष्टाचार काण्डको सन्दर्भमा एक प्रतिष्ठित कानुन व्यवसायीले धन-मोहका लागि आफ्नो पेसागत मूल्य र मर्यादालाई समेत ख्याल नगरी दोहोरो भूमिका खेलेछन्।

प्रहरीका उपल्ला अधिकारीको प्रत्यक्ष संलग्नता रहने प्रहरी कल्याणकारी कोषमा औपचारकि रूपमा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका सतीश खरेलसँग नेपाल प्रहरीले समेत बेलाबेलामा संस्थागत रूपमा कानुनी रायसमेत लिन्छ। त्यसैगरी, प्रहरी प्रवक्ता विनोद सिंहका अनुसार खरेलले प्रहरी अधिकृतहरूलाई तालिम र प्रशिक्षणका सिलसिलामा कानुनबारे प्रशिक्षणसमेत दिन्छन्। सुडानको डार्फरमा खटिएको आर्मर्ड पुलिस युनिट -एफपीयू)को सामरकि तथा बन्दोबस्तीका सामानहरू खरदिमा भएको भ्रष्टाचारबारे समेत खरेलसँग प्रहरीले संस्थागत रूपमा राय लिएको रहेछ। २४ चैत ०६७ मा प्रहरी नायव महानिरीक्षक प्रतापसिंह थापाले प्रहरी प्रधान कार्यालयका तर्फबाट गरेको पत्राचार अनुसार खरेलसँग सुडान प्रकरणमा प्रहरीलाई पर्न गएको नोक्सानी भराउने कानुनी प्रक्रियाबारे राय मागिएको देखिन्छ। तर, त्यही प्रकरणमा उनी विशेष अदालतको इजलासमा भने फरक भूमिकामा प्रकट भए। उनले सुडान काण्डका अभियुक्त प्रहरी अधिकारीहरूको व्यक्तिगत प्रतिरक्षाका लागि पटकपटक विशेष अदालत धाइरहेका छन्।

भ्रष्टाचार अभियोग लागेका निलम्बित प्रहरी अधिकारी अर्जुनजंग शाही, रमेशकुमार पाण्डेय, विजयलाल कायस्थ, शिव लामिछाने, निरजबहादुर पुन, विद्याराज श्रेष्ठ, कृष्णप्रसाद गुरागाईं, अर्जुनप्रसाद तिमल्सेना, लालगोविन्द श्रेष्ठ, गिरधिारी शर्मालगायतको प्रतिरक्षामा आफूलाई उभ्याएका छन्, खरेलले। यतिखेर खरेलका सामु नैतिक र पेसागत मर्यादाका प्रश्न ओझेल परेका छन्। उनले नेपाल प्रहरी र कल्याणकारी कोषको संस्थागत जिम्मेवारीमा रहेर जुन विषयमा संस्थाको हितमा राय दिए, त्यही प्रकरणमा उनले त्यही संस्थाका पदाधिकारीविरुद्ध परेका भ्रष्टाचार मुद्दामा व्यक्तिगत रूपले बहस गररिहेका छन्। र, उनी भनिरहेका छन्, "यी अभियुक्तको कुनै दोष छैन।" अब उनको बफादारी कानुनको पालना गर्ने/गराउने प्रमुख सरकारी निकाय नेपाल प्रहरीप्रति रहेको मान्ने कि त्यही संस्थामा रहेर भ्रष्टाचार गरेको भनी सरकारले अभियोजन गररिहेका प्रहरी अधिकारीहरूप्रति ? यसबारे छानबिन गर्ने कसले ? विचित्र छ, अधिवक्ता खरेलको भूमिका।

आत्महत्या गर्ने पनि सहिद !

नेपाली बृहत् शब्दकोशमा सहिदको अर्थ 'देश र जनताका लागि प्राण आहुति दिने व्यक्ति' भनिएको छ। तर, सरकारले भने निरन्तर रूपमा यही अर्थलाई अपभं्रशित गर्ने काम गररिहेको छ। यतिसम्म कि नदीमा हाम फालेर र आफैँ झुन्डिएर मर्ने व्यक्तिलाई समेत सहिदको सूचीमा सिफारसि गरएिको छ।

नपत्याए शान्ति तथा पुनःनिर्माण मन्त्रालयले 'सशस्त्र द्वन्द्वकालमा सशस्त्र द्वन्द्वमा परी मृत्यु भएर सहिद घोषणाका लागि सिफारसि गरएिकाको नामावली' हेरौँ। यो नामावली मन्त्रालयलेे इन्टरनेट साइटमा समेत राखेको छ। उक्त सूचीमा ७५ जिल्लाकै नाम समावेश गर्ने प्रयास गरएिको छ।

६८ पृष्ठ लामो सो सूचीमा आँखा डुलाउँदै जाँदा सगरमाथा अञ्चल अन्तर्गत सोलुखुम्बु जिल्लाको नाम पनि भेटिन्छ। यो लहरोको तीन र चार नम्बरमा क्रमशः कुलमान परयिार र लक्ष्मी थापाका नाम छन्। सूचीको विवरणमा संलग्नता, जन्ममिति/उमेर, हत्या मिति, घटनास्थल, हत्याको प्रकृति, लिंग, मार्ने पक्ष छुट्याइएकामा हत्या मिति दुवैको १७ असोज २०५८ र मार्ने पक्ष माओवादी उल्लेख छ भने संलग्नता, जन्ममिति/उमेर, घटनास्थल, हत्याको प्रकृतिमा केही खुलाइएको छैन।

उनीहरूका बारेमा पत्तो नपाउनेले परयिार र थापालाई सशस्त्र द्वन्द्वका बेला माओवादीले नै मारेको ठान्न सक्छन्। तर, जानकारहरूका अनुसार यथार्थ निकै फरक छ। द्वन्द्वका बेला थापा गाउँमै सामान्य होटल चलाएर बस्थिन्। असोज ०६० मा अविवाहित थापा गर्भवती भएको खुलासा भयो। एक कान दुई कान गर्दै लक्ष्मी र कुलमान परयिारको सम्बन्ध भएको चर्चा चल्यो गाउँभर।ि

केही दिनमा लक्ष्मी घरनजिकैको रूखमा झुन्डिएर मरेको अवस्थामा भेटिइन् भने परयिार गाउँबाटै बेपत्ता भए। केही दिनभित्रै परयिारले पनि नजिकैको लिखु नदीमा हाम फालेर आत्महत्या गरेको पत्तो लाग्यो। उनको शव पनि भेटियो।

तर, विडम्बना ! मन्त्रालयको वेबसाइटमा थापा र परयिार सहिदको सूचीमा छन्। अझ रोचक कुरा त, उनीहरूका परविारलाई सरकारले सहिदकै सम्मानसहित १०-१० लाख रुपियाँ पनि उपलब्ध गराइसकेको छ। साँच्चै, खोजीनीति गर्दै जाने हो भने देशभरमा यस्ता सहिद कति होलान् ?

कोइरालाको 'मिलाप' प्रस्ताव

राम्रो कुराको देखासिकी गर्नु नराम्रो होइन। यस्तो जुक्ति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अपनाएको जस्तो देखिन्छ। कसरी भने, जब माओवादी र एमालेभित्र एकता अभियानका विभिन्न समाचार बाहिर आए, तब कांग्रेस नेतृत्वले पनि पार्टीभित्रकै विरोधी गुटको नेतृत्वलाई यस्तै प्रस्ताव अघि सारेछ। कांग्रेस सभापति सुशील कोइरालाले आफ्ना विरोधी नेता शेरबहादुर देउवालाई एक्लाएक्लै वार्ता गरेर समस्या समाधान निकाल्ने प्रस्ताव पठाएछन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले विरोधी समूहका नेता मोहन वैद्य समूहलाई मिलाएर लैजाने रणनीति बनाएका छन् भने एमाले अध्यक्ष झलनाथ खनालले आफ्ना विरोधी नेता केपी ओलीलाई पार्टीमा तेस्रो वरयिताको हैसियत दिएका छन्। यसैको सेरोफेरोमा आएको छ, देउवालाई कोइरालाको प्रस्ताव पनि। दुई दलका संस्थापन पक्षको कदमले कांग्रेस सभापति कोइरालाका लागि पनि दबाब सिर्जना गरेको उनी निकटस्रोत बताउँछ।

सभापति कोइरालाले महामन्त्री कृष्ण सिटौलामार्फत देउवालाई यस्तो 'मिलाप' प्रस्ताव पठाएका रहेछन्। दुई नेताबीच हुने वार्तामा दुवैतर्फका निकटवर्ती नेताहरू बस्ने छैनन्। जसले समस्याहरूको समाधान निकाल्न सहज हुने विश्वास कोइरालाको छ। रत्तिm रहेको सहमहामन्त्री र संसदीय बोर्डमा आफ्ना पक्षका नेताको नाम सभापति कोइरालाले वार्ताका क्रममा माग्ने स्रोतको दाबी छ।

पार्टीको सहमहामन्त्री पद देउवाको भागमा परेको छ, जसमा नियुक्त हुने नेताको नाम देउवाले दिएका छैनन्। मनोनीत हुन बाँकी पाँच केन्द्रीय सदस्यमा देउवा पक्षले तीन जना मागेको छ, कोइराला दुई जना मात्र दिने पक्षमा छन्। यस्तै, १४ जना सदस्य रहने संसदीय बोर्डमा देउवाले दुवै पक्षका सात/सात जना नियुक्त गर्नुपर्ने अडान राख्दै आएका छन्। कोइराला भने देउवा पक्षलाई पाँच जना दिएर आफूसँग नौ जना राख्ने सोचमा छन्। पार्टीका ३२ वटा केन्द्रीय विभागमा पनि देउवा पक्ष संख्यात्मक हिसाबले थोरै तर बलियो उपस्थिति चाहन्छ। जस्तो ः संगठन, सञ्चारलगायतका मुख्य विभाग आफ्नो पोल्टामा पार्न चाहन्छ। कोइराला भने मुख्य विभागहरू आफ्नो पक्षमा राख्न चाहन्छन्।

देउवाले यी सबैलाई मिलाएर प्याकेजमा सहमतिको माग गर्दै आएका छन्। कोइराला भने आफ्नो प्रस्तावमै देउवालाई मनाउने प्रयासमा छन्। दुई नेताबीच वार्ताको मिति तय भइसकेको छैन। त्यसैले देउवाले कोइरालाको प्रस्ताव स्वीकार गर्ने हुन्, कोइराला देउवाको मागमा सहमत हुने हुन् या बीचको बाटो अख्तियार गर्ने हुन्, त्यो भने रहस्यकै गर्भमा छ।
http://www.ekantipur.com/nepal/article/?id=3247

संघीयताका सन्दर्भमा नछोइएका पहलु

प्रा पीताम्बर शर्मा

सविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदनको हैसियत अझै सन्देहास्पद छ। उक्त प्रतिवेदनकै सेरोफेरोमा रहेर राज्य पुनःसंरचना आयोगको प्रतिवेदन आयो भने त्यसले पहिचानकै आधारमा संघीयताको खाका कोर्नेमा शंका छैन। अहिलेसम्म भावनाको उहापोहमै राजनीति बगिरहेको छ। प्रमुख राजनीतिक दलहरूले भावनात्मक सोचलाई अलिकति व्यावहारकि भएर ढाल्न खोज्लान् कि भन्ने संकेत नदेखिएका होइनन्। तर, ती संकेत भरपर्दा छैनन्।

अहिले राज्यबाट धेरै कुराको अपेक्षा गर्ने तर राज्यलाई नै निरीह बनाउने अर्को विरोधाभासपूर्ण स्थितिको निर्माण भइरहेको छ। हालै जनजाति सभासद् समूहले संविधानसभालाई नै बन्धक बनायो। आफूले चाहेजस्तो भएन भने भोलि अर्को पक्षले यसैगरी बन्धक बनाउने तरकिा अपनाउने निश्चित छ। किनभने, यो प्रवृत्ति हो। प्रवृत्तिमा कसैको एकाधिकार हुँदैन। आज एउटामा देखिएको प्रवृत्ति भोलि अर्कोमा सर्छ, सबैमा सर्छ।

सिद्धान्ततः पहिचानलाई प्राथमिक र सामथ्र्यलाई थप आधार मानेर संविधानसभाको समितिले १४ प्रदेशको प्रस्ताव गरेको छ। प्रतिवेदनका अनुसार पहिचानले जातीय, भाषिक, सांस्कृतिक र बसोबासको ऐतिहासिक निरन्तरतालाई समेट्छ भने सामथ्र्यले आर्थिक अन्तरसम्बन्ध र सम्भावना, पूर्वाधारको स्थिति, स्रोत-साधनको उपलब्धता, प्रशासनिक सुगमताजस्ता कुरालाई जनाउँछ। तर, प्रतिवेदनको अध्ययनले के देखाउँछ भने सामथ्र्य जनाउने कुनै पनि सूचकको प्रयोग प्रदेश निर्माणका क्रममा गरएिको छैन। सामथ्र्यको पक्ष पूर्णतः गौण र असम्बोधित छ। यसरी आफैँले स्थापित गरेका आधारप्रति प्रतिवेदन इमानदार छैन। २०५८ को जनगणनामा आधारति जातीय बाहुल्यको नक्सा नै १४ प्रदेशको खाकाको एक मात्र आधार हो। यसैले सम्पूर्ण नेपाल बुझेका जस्ता देखिने विद्वान्हरूसमेत १४ प्रदेशकै वकालत गर्दै हिँडिरहेको देख्दा मलाई आश्चर्य लाग्छ। नेपाली भौगोलिकता, सामाजिकता र जनजीविकाबारे अहिलेसम्म गरेको अध्ययन, अध्यापन र देशदर्शनको अनुभवका आधारमा १४ प्रदेशको खाकाले नेपालको यथार्थ, नेपालीको आकांक्षा र विकासको आधार ठम्याएजस्तो मलाई लाग्दैन।

जातीय आधारमै १४ प्रदेशको खाका प्रस्ताव गरे पनि आठवटा -लिम्बूवान, किराँत, शेर्पा, नेवा, ताम्सालिङ, तमुवान, मगरात, जडान)लाई जातीय, थारूवान र मिथिला गरी दुइटालाई जातीय/भाषिक, सुनकोसी र नारायणीलाई मिश्रति र कणर्ाली र खप्तड प्रदेशलाई भौगोलिक भनेर छुट्याइएको पनि छ। जनसांख्यिक दृष्टिले नेपालको यथार्थ के हो भने सबै मिश्रति जातीय प्रदेश हुन्। जनसंख्याको त्यही अनुपात हुँदा कुनै प्रदेश जातीय हुने, कुनै मिश्रति हुने र कुनै भौगोलिक हुने अनौठो र आत्मपरक व्याख्या प्रतिवेदनमा छ। ९० हजार जनसंख्याको शेर्पा र ५० हजारजतिको जडान प्रदेशको कुनै औचित्य देखिँदैन । ८० प्रतिशत शेर्पा सो प्रदेशबाहिर बस्छन्। जडानमा भोटे जनसंख्या दुई प्रतिशतभन्दा कम छ। फेर ियी दुवै जाति नेपालको जनसंख्याको एक प्रतिशतभन्दा कम अनुपातमा छन्। जातीय आधार मान्दा समितिका सदस्यले एकअर्कालाई खुसी पार्ने र आफ्नो स्वार्थ जोडिएको प्रदेश सुरक्षित गर्ने उद्देश्यबाट यो खाका बनाएको देखिन्छ। प्रदेश निर्माणमा विकासको सोचले प्रवेश नै गरेको छैन।

प्रदेश हुनलाई कति जनसंख्या र अरू केके कुरा चाहिन्छ ? कुनबेला स्वायत्तताले पुग्छ ? कुनबेला प्रदेशकै रूपमा पहिचान चाहिन्छ ? यो महत्त्वपूर्ण प्रश्नमा विचार गर्ने झन्झट कसैले गरेको देखिँदैन। तराईका दुई र काठमाडौँ उपत्यकाको आर्थिक आधार ठीकै भए पनि अरू प्रदेशले आफ्नो प्रशासनिक खर्चसमेत जुटाउन मुस्किल छ। कणर्ाली र खप्तड प्रदेशमा अर्को १०-१५ वर्ष राज्यले ठूलो लगानी नगरी विकास सम्भव छैन।

संघीयताप्रतिको प्रमुख अपेक्षा जातीय, सांस्कृतिक, प्रादेशिक पहिचानको स्थापना, समतामूलक र समावेशी आर्थिक-सामाजिक विकास र शक्तिको तल्लो तहसम्म निक्षेपणका साथै जनसंख्याको चापको विकेन्द्रीकरण हो। तर, त्यो त्यसबेला मात्र सम्भव हुन्छ, जुनबेला संघीय प्रदेशहरू आर्थिक रूपले सबल हुन्छन्। आर्थिक सम्भाव्यता बढी भएका प्रदेश हामीले बनायौँ भने विकासको विकेन्द्रीकरण हुने सम्भावना बढी छ। काठमाडौँबाहिर विकास जान सक्छ। नत्र जात-पहिचानका आधारमा मात्रै बनाउने हो भने त्यसले असंख्य राज्यको सम्भावनाको ढोका मात्रै खोल्नेछ। आर्थिक समृद्धि र विकासको अपेक्षा पूरा गर्ने छैन।

बसाइँसराइले के भन्छ ?
०५८ सालको जनगणनाले पहाडका गुल्मी, अर्घाखाँची, बाग्लुङ, पर्वत, प्यूठान, स्याङ्जा गरी ६ जिल्लामा मात्र जिल्लाको १० प्रतिशतभन्दा बढी जनसंख्या बाहिरतिर जाने प्रवृत्ति रहेको देखाएको थियो। अरू जिल्लामा कुल जनसंख्याको दुई-तीन प्रतिशत मात्रै बाहिर जाने प्रवृत्ति थियो। तर, ०६८ को जनगणनाले मध्य र पूर्वी पहाड तथा मध्य तराईका अधिकांश जिल्लामा बाहिर जाने प्रवृत्ति बढ्दो र निकै उच्च देखाएको छ। गुल्मी-अर्घाखाँचीमा कुल जनसंख्याको २०-३० प्रतिशत जनसंख्या बाहिर गएको देखिन्छ। पहिला बाहिर जाने प्रवृत्ति बढी रहेका जिल्लासँगै त्यसवरपिरकिा अरू जिल्लामा पनि यही प्रवृत्ति देखिएको छ। सुदूरपश्चिमका केही जिल्लामा यो प्रवृत्ति बढ्दो छ, जुन पहिला थिएन। मध्य र पूर्वी पहाडका सबै जिल्लामा सात प्रतिशतको हाराहारी जनसंख्या बाहिररिहेको छ। ०५८ र ०६८ को तथ्यांकलाई तुलना गर्दा करबि २३ जिल्लाको जनसंख्या वृद्धिदर नकारात्मक छ। घट्नुको मुख्य कारण बाहिर जानु हो। पहाडका गुल्मी, म्याग्दी, स्याङ्जा, कास्की, तनहुँ, काठमाडौँ, भित्री मधेसका झापा, मोरङ, सुनसरी, धनुषा, रूपन्देही, कैलाली, नवलपरासी र चितवनबाट प्रतिजिल्ला ४५ हजारभन्दा बढी बाहिर गएको तथ्य ०६८ को जनगणनाको प्रारम्भिक नतिजाले देखाउँछ। आर्थिक, सामाजिक र राजनीतिक पक्षमा यसको असर के पररिहेको छ भनेर केलाउने क्रममा राज्यको पुनःसंरचनाको सन्दर्भमा समेत यसलाई हेर्न सकिन्छ।

बाहिर जाने यस प्रवृत्तिले संघीयता र जातीय वितरणमा यसले कसरी असर पार्छ भन्न अहिले नै सकिँदैन। किनभने, बाहिर गएकामध्ये कुनकुन जातिबाट कति गए भन्ने विस्तृत तथ्यांक आइसकेको छैन। ०५८ सालको जनगणनाले एउटा छनक दिएको थियो, बाहिर जानेमा पहिला बाहुन-क्षेत्रीको वर्चस्व रहन्थ्यो भने पछिल्ला कालखण्डमा अरू जातीय समूहबाट समेत उल्लेख्य संख्यामा बाहिर जाने क्रम बढेको छ। पछिल्लो जनगणनाले पनि यही प्रवृत्तिलाई बलियो बनाउने निश्चित छ। यसले के देखाउँछ भने सबै जातजाति र समूहहरू जनसांख्यिक प्रभावमा सामेल हुने क्रम बढ्दो छ। यसो नभएको भए धेरै जिल्लाको जनसंख्या वृद्धिदर नकारात्मक हुन्थेन।

२००९-११ सालको पहिलो वैज्ञानिक जनगणनामा भाषिक समूहको तथ्यांक छ, जातीय होइन। त्यसलाई ०५८ को जनगणनासँग तुलना गर्न सकिन्छ। ५० वर्षअघि लगभग शतप्रतिशत लिम्बूभाषीहरू पूर्वी पहाडमा थिए। ०५८ मा आएर ७२ प्रतिशत लिम्बूभाषी मात्रै त्यस क्षेत्रमा भेटिए। एक चौथाइभन्दा बढी लिम्बू त्यहाँबाट बसाइँ सरेको देखिन्छ। त्यस्तै पूर्वी पहाडमा बस्ने राईभाषी पनि ९३ बाट ७० प्रतिशतमा झरे। नेवार मात्रै यस्तो जाति हो, जो पहिलेभन्दा अहिले एकत्रित भएको देखिन्छ। नेवारी बोल्नेमध्ये पहिला ५९ प्रतिशत काठमाडौँ उपत्यकामा थिए भने अहिले ६५ प्रतिशत छन्। तर, यसमा उपत्यकाबाहिरका नेवारले नेवारी बोल्न छाडेका कारण पनि यस्तो तथ्यांक देखिएको हुन सक्छ। जेहोस्, आफ्नो थातथलोबाट बसाइँ सर्ने क्रम प्रत्येक जातजातिमा बढ्दो छ। आउँदा वर्षमा यो प्रवृत्ति अरू तीव्र हुनेछ। ०५८ मा तराईमा गनिएका झन्डै साढे १० लाख मान्छे त्यहाँ जन्मेका थिएनन्। अब त्यो घटेको हुने छैन। पहाडबाट तराई झर्नेहरू पनि पहिलाजस्तो कुनाकाप्चा खोजेर बसेका हुने छैनन्। तराईका सहर-बजार र राजमार्ग आसपासमा केन्दि्रत हुने क्रम बढेको देखिनेछ। कारण, पहिला जग्गाको खोजीमा तराई झर्ने क्रम थियो। कृषि नै प्रमुख जीविका थियो। अहिले कृषिभन्दा वैकल्पिक माध्यम खोज्ने क्रममा बसाइँसराइ गर्न बाध्य छन्, धेरै नेपाली।

राजनीतिक मुद्दा नबनाए पनि बसाइँसराइ सामाजिक, राजनीतिक, आर्थिक विकास प्रक्रियाको पाटो हो। त्यसलाई विश्लेषण गर्ने आवश्यकता बढी पर्छ। राजनीतिज्ञहरूले त झनै यसको गहन विश्लेषण गर्नुपर्ने हो। त्यसकारण अहिले आफ्नो ठाउँबाट बाहिर जाने हरेक नेपाली जातीय कारणले होइन, अवसरको खोजीमा गएका हुन्।

अहिले मुटु र मगजमध्ये कुनलाई प्रधान मान्ने भन्ने विचारबीच द्वन्द्व देखिन्छ। 'मेरो पहिचान' भन्नु मुटुको कुरा हो। यसले भावनाको कुरा गर्छ। आर्थिक अवसर कहाँ पाइन्छ भन्ने मगजको कुरा हो। सोचको कुरा हो यो। पहिचान आवेग, संवेगको कुरा हो। अवसरले तथ्य र तर्क खोज्छ। मान्छे जहाँ जाँदा आफ्नो उन्नति, समृद्धि र राम्रो अवसर सुनिश्चित ठान्छ, त्यतै जान्छ। कहाँ बढी प्रतिफल, अवसर, सन्तानको सुख र समृद्धि सुनिश्चित छ, त्यतै जान्छ। बसाइँसराइले मानिसलाई नयाँ र ठूलो परविेशमा पुर्‍याउँछ। जुन भाषा ग्राह्य हुन्छ, जुन भाषा बोलेर वा जुन संस्कार अपनाएर त्यो परविेशमा आफूलाई स्थापित गर्न सकिन्छ, त्यही अपनाउँछ। यो संसारभरकिो कुरा हो। हामीकहाँ पनि त्यही भइरहेको छ। अहिले मातृभाषाप्रति चेतना अलि बढेको होला तर मातृभाषाको विस्तार हुन सघन बसोबास नै चाहिन्छ। तर, प्रदेश नै बनाउन मिल्ने एकल जातिको सघन बसोबास हामीकहाँ छैन। स-साना प्रदेश बनाउँदै जाने हो भने झन् समस्या सिर्जना गर्छ। कुल शेर्पामध्ये २५ प्रतिशत काठमाडौँ उपत्यकामा बस्छन्। उनीहरू पारम्परकि जीविका गर्ने शेर्पाभन्दा निकै फरक पनि छन्। आधाले मात्रै आफ्नो भाषा बोल्छन्। काठमाडौँमा बस्ने व्यवसायी शेर्पा हुन्। उनीहरूको संसारसँग सम्बन्ध छ। शेर्पा प्रदेशमा गएर बस्न ऊ रुचाउँदैन। बस्नैपरे उसले आफ्नो व्यावसायिक स्वार्थ पहिले हेर्छ। त्यतिखेर पहिचान र भावनाको कुरा तपसिलमा पर्छ। त्यसैले संघीयताका सन्दर्भमा भावनाका मात्रै कुरा गरेर पुग्दैन। कतिपय पहिचानवादीहरू पाखुरी भएपछि आर्थिक अवसर त सिर्जना गर्न सकिहालिन्छ भन्छन्। तर, स्रोत-साधनबिना पाखुरीले मात्रै केही हुन्न भन्ने पनि हेक्का राख्नुपर्छ।

विकासको उपेक्षा
नेपाल विविधतायुक्त समाज हो। अहिलेको पहिचानप्रतिको जागरुकताले नेपालको जातीय-सांस्कृतिक विविधताको समतामूलक अभिव्यक्तिको माध्यमको माग गरेको हो। यसको समाधान हामीले खोज्नैपर्छ। ती आकांक्षाको परपिूर्तिको बाटो खोल्नैपर्छ। तर, विकासका दृष्टिले हेर्ने हो भने उत्तर-दक्षिणको खाका नै सबैभन्दा उपयुक्त र वैज्ञानिक हुन्थ्यो। आर्थिक र विभिन्न पर्यावरणीय प्रदेशको परपिूरक विकासको सशक्त सम्भावना त्यसले नै सुनिश्चित गथ्र्यो। कतिले यसलाई महेन्द्रीय पनि भन्छन्। जे भने पनि नेपालका नदी उत्तरबाट दक्षिण बग्न छाड्दैनन्। यो यथार्थलाई बुझ्नुपर्ने हो। अर्कोतिर, एउटा आर्थिक प्रदेशले अर्को आर्थिक प्रदेशसँग सम्बन्ध सुदृढ नबनाई नेपाल पनि सुदृढ हुन सक्दैन। मधेसले पनि भारतसँगको बन्दव्यापार र अरू सम्बन्ध काठमाडौँसँगभन्दा बलियो बनाएर बाँच्न सक्छु भन्ने भ्रम नपाले हुन्छ। किनभने, विकासको गति विहारमा फरक भइसक्यो। अन्ततोगत्वा तराई प्रदेशको आर्थिक समृद्धि पहाडी प्रदेशमाथि नै निर्भर छ। अर्को, पहाडी प्रदेशमा हुन सक्ने जलस्रोत र पर्यटन विकासको हिस्सेदार आफू हुने हो भने तराईले पहाडी प्रदेशसँग आर्थिक सम्बन्ध बढाउनुको विकल्प छैन।

संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट समितिको प्रतिवेदन हेर्दा संघीयतामा पनि केन्द्र नै शक्तिशाली हुने देखिन्छ। केही कालका लागि केन्द्र शक्तिशाली हुनु उचित पनि हुन्छ। ताकि, केन्द्रले समानुपातिक र न्यायोचित तरकिाले स्रोत-साधनको वितरण गर्न सकोस्। संविधानमा स्थानीय वा प्रादेशिक तहबाट कति -५५-६० प्रतिशत हुनसक्छ) स्रोत-साधन केन्द्रमा जाने भनेर पनि तोकिदिँदा झन् सजिलो हुनेछ। यसो हुँदा विपन्न प्रदेशमा लगानी गर्ने र विकासका पूर्वाधार स्थापित गर्ने बृहत् नेपाल निर्माणको काम गर्न सजिलो हुन्छ। कणर्ाली, खप्तडजस्ता पहाडका धेरै प्रदेशको विकास केन्द्रले दिने स्रोतमै निर्भर हुन्छ।

तर, हामी जातीयताका सतही नाराबाजीमा लाग्यौँ। यस क्रममा विकासको मुद्दा पछि पर्‍यो। विकासको मुद्दामा बढी केन्दि्रत हुन सकेका भए हामी यतिखेर आर्थिक सम्भाव्यताको खोजी गररिहेका हुन्थ्यौँ। परपिूरक विकास, अन्तर-पर्यावरणीय सम्बन्धका कुरा गररिहेका हुन्थ्यौँ। तर, ती कुरामा बहस गर्नै छाड्यौँ। भोलि प्रदेशमा गएर पनि तिनै विषयमा बहस गर्नुपर्छ भन्नेसमेत हेक्का राखेनौँ। प्रदेशमा गएर विकासको ढाँचा, गति, दिशा र अन्तरवस्तुका कुरामा छलफल नगरी धरै छैन। तर, अहिले संघीयताको वकालत गर्नेहरूले प्रदेश बन्नेबित्तिकै जादुको छडीजस्तो सबथोक चट् हुन्छ भनेजसरी सपना बेचिरहेका छन्। सपनालाई मूर्त बनाउन नसक्ने हो भने तत्क्षणमै प्रदेशको संरचना, नेतृत्व र सिंगै राज्यप्रणालीप्रतिकै आस्थाभञ्जन हुनेछ। अझ अहिले केन्द्रमा देखिएको रोग तल सर्ला। प्रादेशिक सरकार बनाउनै महिनौँ लाग्ला। त्यसबखत विकासको मुद्दा झन् पछि पर्छ। त्यसैले प्रदेशका सरकारले स्थानीय रूपमा सकारात्मक प्रभाव पार्नका लागि विकासकै कोणबाट अहिलेको संघीयतासम्बन्धी बहसलाई अगाडि बढाउनुपर्ने हो। आखिर पहिचान पनि त विकासकै एउटा पाटो न हो।

बृहत् जातीय दृष्टिकोण
अहिलेको अवस्थामा जातीय राज्यको अवधारणा अनुसार नै संघीयताको खाका कोर्न सम्भवै छैन। जातीय राज्य हुनका लागि खास जातिको अग्राधिकार हुनुपर्छ। जातीय राज्यमा खास जातिको पहिचान, नागरकिता र अधिकार अन्यको भन्दा बढी हुने होला। खास जाति 'क' श्रेणीको र अरू 'ख' श्रेणीका नागरकिसरह हुन्छन्, त्यस राज्यभित्र। कतिपय विद्वान्हरू अझै यस्तै राज्यको वकालत गररिहेका छन्, जहाँ जातीय आधारमा विभेद हुन्छ। हामीले खोजेको संघीयता त लोकतान्त्रिक अभ्यासको संघीयता हो, जहाँ विभेद, असमानता र बहुसांस्कृतिक राष्ट्रवादको सम्पूर्ण रूपमा सम्बोधन हुनुपर्छ तर विभेद हुनुहुँदैन। पहिचान दिने नाममा गैरलोकतान्त्रिक उपाय अपनाइन्छ भने त्यो स्वीकार्य होलाजस्तो लाग्दैन।

ऐतिहासिक रूपले विभेद भोगेकालाई समविकासको अवसर दिनुपर्छ। यस्तो विभेदलाई समेट्न सकारात्मक विभेदको अभ्यास गररिहेकै छौँ। त्यसलाई बढी लक्षित वर्गकेन्दि्रत गर्नु चुनौतीकै विषय छ। जातीय आधारमा दिइने आरक्षणको अर्को डरलाग्दो पक्ष छ- वर्गको बेवास्ता हुने। जातिभित्र सबैभन्दा तल्लो वर्गलाई हेर्ने तरकिा स्थापित गर्न कठिन छ।

संविधानसभाको समितिले अग्राधिकार दिने जुन प्रस्ताव गरेको छ, त्यसको म कुनै तुक देख्दिनँ। दुई कार्यकालका लागि प्रमुख राजनीतिक पदहरूमा जातिविशेषका लागि अग्राधिकार कायम गर्ने भनिएको छ। खासमा यसरी अग्राधिकार दिने इच्छा नै भए संविधानमा लेख्नै पर्दैन। यस मुद्दामा राजनीतिक दलहरू मिल्ने हो भने संवैधानिक व्यवस्था नै चाहिँदैन। तर, राजनीतिक दलहरूले आफूले जे पचाउन सकेनन्, त्यो अरूमाथि लाद्ने गरेका छन्। अग्राधिकारजस्तो कुरा दिएर दिइने होइन। चाहिने भए त्यो जनताद्वारा अनुमोदित हुनुपर्छ। त्यसमा जनस्वीकृति चाहिन्छ। जनस्वीकृति भनेको त्यस क्षेत्रका जनताले मान्नुपर्छ। अग्राधिकार चाहिने हो भने पहिला त्यसको औचित्य स्थापित गर्न सक्नुपर्‍यो। अनि, जनताबाट अनुमोदन हुनुपर्‍यो।

यद्यपि, जातीयताका सवालमा अहिले देखिएको तनावलाई तनावका रूपमा मात्रै हेरनिु हुँदैन। यसलाई हाम्रा बचेखुचेका मुद्दाहरूलाई सम्बोधन गर्ने अवसरका रूपमा पनि लिनुपर्छ। हामी राष्ट्रराज्यबाट राज्यराष्ट्रको अवधारणातर्फ जाँदैछौँ। राष्ट्रराज्य भनेको एउटै बोली, भाषा र सांस्कृतिक आधारमा पहिचान हुने हो। राज्यराष्ट्रमा राज्यको एउटा भूगोलभित्र बहुभाषा, बहुसंस्कृति, बहुजाति हुन्छन्। तिनले आफ्नो पहिचान स्थापना गर्न खोज्छन्। र, यसले पनि राज्यलाई सुदृढ बनाउन सक्छ भनेर नै हामी संघीयतामा जान खोजेका हौँ। यी नसुल्भिmएका गुत्थीलाई खुला ठाउँमा ल्याएर सुल्झाउने प्रयत्नचाहिँ संघीयताको बहसका क्रममा भएको छ। पहिला कुरै गर्न नचाहने, डराउने, कुरा गरे पनि शंका गर्ने प्रवृत्ति रह्यो। त्यस अवस्थामा जसले जे भने पनि भयो। जो सबभन्दा सक्षम छन्, ती चुप लागेर बस्ने, जो सबभन्दा अक्षम छन्, तिनले अधैर्यतापूर्वक आफ्ना कुरा राख्ने स्थिति आयो। समस्याका विभिन्न पहलुहरूलाई यसरी केलाऔँ, समाधान निकालौँ भन्ने दूरदृष्टि कसैमा आएन। संवादद्वारा, विश्लेषणका आधारमा निष्कर्षमा पुग्ने परपिाटी हामीले स्थापित गरेनौँ। त्यसले गर्दा पहिचानको मुद्दा जटिल बन्दै गयो।

नेपाल राज्यको ऐनामा सबैको अनुहार एकसाथ देखिनुपर्‍यो भन्ने आकांक्षासहित संघीयता र समावेशी लोकतन्त्रका कुरा गरएिको हो। यो सजिलो कुरा पक्कै होइन। विखण्डन हुने, द्वन्द्व निम्तिनेजस्ता धेरै खालका जोखिम पनि छन्। तिनको समाधान निकाल्दै जानुपर्छ। प्रगतिशील रूपान्तरणमा लाग्ने राज्यले त्यस प्रकारको शक्ति हासिल गर्न सक्नुपर्छ। सबै सकियो, विखण्डन हुने भयो, खत्तम हुने भयो भन्ने पक्षमा म छैन।

के स्पष्ट छ भने सबै कुराको समाधान अहिले हुँदैन। संघीयताको एउटा खाका अहिले बन्ने हो। पूर्ण अभ्यास गर्न अझै सात-आठ वर्ष लाग्छ। संघीयतालाई संस्थागत गर्न सबैको श्रद्धा वा आस्था हुने विश्वसनीय संस्थाहरूको निर्माण गर्नुपर्‍यो। संघीयता आफैँमा एउटा अन्त्य वा साध्य होइन, साधन मात्रै हो। साध्य त सबै नेपाली समान रूपले साझेदार हुन सक्ने समुन्नत र समृद्ध नेपाल हो। संघीयताका माध्यमबाट हामीले खोजेको यस्तो आर्थिक, सामाजिक, राजनीतिक संरचना हो, जसले नेपालको विविध जातीय र सांस्कृतिक पहिचान खोज्न, समतामूलक समावेशी विकासको बाटोतिर लाग्न र शक्तिलाई सबभन्दा तल्लो तहसम्म निक्षेपण गर्न सहज तुल्याओस्।

त्यसैले हामी विभेद नहुने राज्यको खोजीमा छौँ। विभेदको अन्त्य अर्को विभेदले गर्नै सक्दैन। जसले विभेदपूर्ण जातीय राज्यको वकालत गररिहेका छन्, ती लोकतान्त्रिक संघीयताका पक्षपाती होइनन् भन्दा फरक पर्दैन। जो विभेदमा परेका छन्, जसलाई सीमान्तकृत गरएिको छ, जो ऐतिहासिक शोषणद्वारा पीडित छन्, तिनलाई समविकासको अवसर प्रदान गर्नु राज्यको र ऐतिहासिक रूपले सुविधा भोगिआएका वर्गको दायित्व पनि हो। सामाजिक, आर्थिक रूपान्तरण यथास्थितिलाई कायम राखेर सम्भव छैन। संघीयतालाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको अवसरका रूपमा लिने हो भने यथास्थितिलाई बदल्ने रणनीति पनि त्यसमा समाहित हुनु जरुरी हुन्छ।

जाति-जातिबीच विभेद गर्ने जातीय राज्य नेपालमा सम्भव छैन। एक जातिले अर्कोलाई सखाप पार्ने वा विस्थापित बनाउने अवस्थामा मात्रै जातीय राज्यको कल्पना गर्न सकिन्छ। त्यो हुने अवस्था नेपालमा छैन। नेपाली समाज सामाजिक रूपले बढी संयम छ। खास जातजातिमा रहेको अहम्वाद पनि निकै घटेको छ। अरू जातजातिप्रति संवेदनशीलता बढ्दो छ। त्यसकारण सकेसम्म कम प्रदेश बनाउने, आर्थिक रूपले सम्भाव्यता मूल रूपमा हेर्ने, प्राकृतिक स्रोत-साधनको परविेशलाई पनि ध्यान दिने र केही पहिचान पनि हेर्ने गरी बृहत् दृष्टिकोण अपनाउन सके संघीयताको अभ्यास नेपालको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरण र विकासको पक्षपाती हुन सक्छ।

पाँच उपेक्षित प्रश्न

१. शक्ति निक्षेपीकरण: विकेन्द्रीकरणको कुरो खूबै गरेको सुनिन्छ तर तल्लो तहसम्म शक्ति निक्षेपीकरणको कसैले चर्चा नै गर्दैनन्। प्रदेशमा अर्को सिंहदरबार बनाउनेजस्तो कुरा गर्छन्। संघीयताको कुरा गर्नेले प्रदेश तहको कुरा गर्छन्, त्यसभन्दा अघि बढ्दैनन्। सहभागितात्मक लोकतन्त्रको मर्मप्रति उनीहरू संवेदनशील छैनन्। संघीयता भनेको प्रदेश निर्माण मात्रै होइन। सबैभन्दा तल्लो तहसम्म लोकतन्त्रको अभ्यास गर्ने प्रक्रिया पनि हो। अतः समुदायको हक अधिकारको कुरा त कसैले गर्दै गर्दैनन्।

२. जलवायु परिवर्तन: नेपालका विभिन्न भौगोलिक प्रदेशको अन्तरसम्बन्धको चर्चा गर्न बाध्य पार्छ, जलवायु परविर्तनको मुद्दाले। यो अन्तरसम्बन्ध सुदृढ नगरी जलवायु परविर्तनबाट हुने प्रभावबाट बच्न सक्दैनौँ। त्यसका निम्ति संरक्षित क्षेत्रको विस्तार, मुख्य नदी र नदी प्रणालीका तलदेखि माथिसम्म संरक्षण -कनेक्टिभिटी कन्जर्भेसन) हुनुपर्छ। त्यसले गर्दा पहाडको संरक्षणले तराईलाई फाइदा हुन्छ। अनि तराईले पहाडलाई वातावरणीय सेवाबापत मूल्य तिर्ने अवस्था बनाउँछ। यसबारे हामीले कुरै गरेका छैनौँ। यसतिर ध्यान दिने हो भने संघीयताको रूपै फरक हुन्छ।

३. प्रादेशिक विकास: अहिले हामी संघको वा एकाइका कुरा मात्रै गररिहेका छौँ। बृहत् नेपालको कुरै गर्दैनौँ। नेपालमा हिमाल, पहाड, तराई गरी तीन बृहत् पर्यावरणीय क्षेत्र छन्, तीबीच परपिूरक विकास कसरी गर्ने भन्ने सवाल कसैको चिन्ताको विषय बनेको छैन। पहाडका खासखास ठाउँमा खासखास कृषि उत्पादनको सम्भावना छ। जलस्रोत र पर्यटनको व्यापक सम्भावना छ। जैविक विविधता छ। हिमाली क्षेत्रमा पर्वतीय तथा साहसिक पर्यटनको सम्भावना छ। तराईमा अन्तर्राष्ट्रिय व्यापार, उद्योगमा चाहिने कृषि उत्पादनका सम्भावना छन्। यी फरक-फरक सम्भावना हुन्। यी फरक-फरक सम्भावनाद्वारा परपिूरक विकास कसरी गर्ने भन्ने कुरै गरएिको छैन।

४. संघीयताको भूराजनीति: हामीले संघीयताको कुरा गररिहँदा भारत र चीनले कसरी हेररिहेका छन् ? हाम्रो संघीयताले तिनीहरूसँगको सम्बन्धमा आन्तरकि र बाह्य कस्तो प्रभाव पार्ला ? यस प्रभावको विश्लेषण गर्ने प्रयास नै भएको छैन। भारतीय दृष्टिमा हामी उसको प्रभाव क्षेत्रमा छौँ। नेपालको संघीयताले भारतको आशयमाथि के प्रभाव पार्छ ? तराईमा दुई प्रदेश बने, उत्तरी सीमामा चीनलाई छुने चार-पाँचवटा प्रदेश बने भने त्यसले राष्ट्रिय रूपमा कस्तो प्रभाव पार्छ? उनीहरूले हामीलाई कसरी हेर्छन् र हामीले कसरी हेर्ने ? यो पुनः मूल्यांकन गरनिुपर्ने विषय हो। चीन र भारतको अर्थतन्त्र उदीयमान छ। हाम्रो १०-१५ प्रतिशत जनसंख्या अन्तर्राष्ट्रिय बसाइँसराइमा छ। रेमिट्यान्सको भूमिका एकदम बढ्दो छ। आर्थिक परनिर्भरता छ। भारतीय श्रमबजारको नेपालभित्र विस्तार भएको छ र अझ बढ्लाजस्तो छ। शोधनान्तर स्थिति अहिले धनात्मक देखिए पनि सन्तोषजनक छैन। यो विशेष स्थितिमा हामीले संघीयताको भूराजनीतिक विश्लेषण गरेकै छैनौँ।

५. दलित: नेपालमा जातीय रूपमा उत्पीडित र चरम रूपमा बहिष्कृत कुनै समुदाय छ भने त्यो दलित नै हो। अहिले अरू जातिलाई पहिचान चाहिएको छ तर दलितलाई पहिचान नै अभिशाप भएको छ। त्यसैले यो दोहोरो शोषणमा छ। सबैभन्दा सीमान्तकृत, अपहेलित र उपेक्षित यो जाति देशभर छरएिको छ। मुलुककै तेस्रो ठूलो जाति दलितको प्रश्नलाई नेपालको विभेद अन्त्य गर्ने आन्दोलनले सम्बोधन नगर्ने हो भने सामाजिक-आर्थिक रूपान्तरणको कुरा गर्नु कुनै अर्थ रहँदैन। महत्त्वपूर्ण प्रश्न सम्बोधन नगर्ने, केन्द्रीय कुरा बिर्सने र कम महत्त्वपूर्ण र परििधका कुरातिर बरालिने हो भने भोलि झन् ठूलो समस्या आउनेछ।

वैकल्पिक प्रस्ताव

नेपालमा संघीयताको कुरा मूलतः विभेदको प्रश्नबाट उब्जिएको हो। विभेद र असमानतालाई केलाउँदा मोटामोटी रूपमा चार जातीय समूह देखा पर्छन््। १. पहाडका उच्च जात (बाहुन-क्षेत्री), २. जनजाति समूह, ३. दलित र ४. प्रादेशिक विभेद -मधेस, कणर्ाली-सुदूरपश्चिम)। सुदूरपश्चिमको विभेद मधेसमा भन्दा कम छैन। नेपाली बोले पनि भौगोलिक रूपमा पिछडिएको त्यस क्षेत्रप्रति राज्यले विशेष दृष्टि पुर्‍याउनु आवश्यक छ। त्यसैले विभेद र असमानताको समस्यालाई सम्बोधन यी चार समूहलाई मध्यनजर राखेर मात्र गर्न सकिन्छ। नेपालको थोक समस्या नै यही हो तर हामी थोक समस्या छाडेर खुद्रा कुरातिर लागिरहेका छौैँ।

सिद्धान्ततः हामीकहाँ संघीयतालाई दुई अवधारणामा टेकेर हेर्न सकिन्छ। एक, ऐतिहासिक रूपले सन्निकट रहेका जातजातिलाई एकै ठाउँमा राखेर संघीय एकाइ निर्माण गर्ने। जस्तो: राई-लिम्बू पूर्वी पहाडको निश्चित भूगोलमा ऐतिहासिक रूपले निकट रहेर बसोबास गर्दै आएका छन्। त्यस्तै पश्चिममा गुरुङ र मगर ऐतिहासिक रूपले सन्निकट छन्। यसमा प्राकृतिक स्रोत-साधनको उपयोग पनि सहज हुन्छ। जलस्रोतको खण्डीकरण हुँदैन। विभिन्न भौगोलिक प्रदेशबीच परपिूरक विकासको सम्भावनाको ढोका पनि खोल्छ। तराईसँगको सम्बन्ध पनि नयाँ रूपले परभिाषित गर्ने बाटो दिन्छ। यसरी गर्दा जातीय पहिचान पनि रहने र राज्य ठूलो पनि हुने अवस्था आउँछ। सामूहिक पहिचानले सामाजिक एकता र विकासको सम्भावनामा पनि सघाउ पुर्‍याउँछ। तर, उत्तरदक्षिण प्रदेशहरूले मधेसको आकांक्षा समेट्न नसकेको भनियो। जसले जे भने पनि नेपालमा आर्थिक रूपले सम्भाव्य प्रदेश त उत्तर-दक्षिण नै हो। तराईमा अलग प्रदेश बनाउने हो भने दुई प्रदेश उपयुक्त होला तर पहाडलाई नाकाबन्दी हुने गरी बनाउनु हुँदैन। यसरी बढीमा काठमाडौँ उपत्यकासहित पहाडमा पाँच र तराईमा दुई प्रदेश बन्छन्। यो सामथ्र्यका दृष्टिले सम्भव र समाधानको थोक उपाय पनि हुन्छ। दोस्रो अवधारणा, प्रदेशभित्र खासखास जातजाति सघन रूपले बसोबास गरेका क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र संविधानमै व्यवस्था गर्न सकिन्छ।
http://www.ekantipur.com/nepal/article/?id=3248

उपराष्ट्रपतिको परिवारवाद



कहिले भूमिका नपाएको भनेर गुनासो गर्दै हिँड्ने त कहिले आफ्नो मर्यादा नै बिर्सेर देश-विदेशका निम्तो मान्न जाने। कहिले जातीय र साम्प्रदायिक विषयमा आग्रहपूर्ण अभिव्यक्ति दिने त कहिले राजनीतिक विषयमा विरोधाभासपूर्ण टीकाटिप्पणी गर्ने। जसरी भए पनि चर्चा र विवादको केन्द्रमा रहनु उपराष्ट्रपति परमानन्द झाको विशेषता नै हो। तर, कान्तिपथस्थित बहादुर भवनमा पस्ने हो भने उनको फरक परचिय पनि देखिन्छ। उनको कार्यालय रहेको उक्त भवनमा पस्नेबित्तिकै राष्ट्रको सर्वोच्च पदाधिकारीको कार्यालय होइन, कुनै नेताको निजी निवासमा पसेको भान हुन्छ। जहाँ उपराष्ट्रपति झाले आफन्तै-आफन्त भर्ती गरेका छन्।

उपराष्ट्रपति झाले स्वकीय सचिव आफ्नै छोरा कृष्णचन्द्र झालाई राखेका छन्। उनले नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिवसरहको सुविधा र मर्यादा पाउँछन्। सचिवालयमै सहसचिवसरहको सुविधा पाउने गरी आफ्नै भतिजा देवानन्द झालाई नियुक्त गरेका छन्। यसअघि त्यो ठाउँ उनकै छोरी ज्योति झाले ओगटेकी थिइन्। उनी त्यसभन्दा आकर्षक तलब-सुविधा पाउने गरी बि्रटिस काउन्सिलमा जागिर खान गएपछि उपराष्ट्रपति झाले त्यसमा भतिजा देवानन्दलाई स्थापित गरेका हुन्।

उपराष्ट्रपति झाले आफ्नी बुहारीलाई पनि जागिरबाट वञ्चित गरेका छैनन्। स्वकीय सचिव कृष्णचन्द्रकी श्रीमतीलाई उपराष्ट्रपतिको स्वकीय सचिवालयमै रहने गरी कम्प्युटर अपरेटरमा जागिर लगाइएको छ। उनले नायब सुब्बासरहको तलब-सुविधा पाउँछिन्। यति मात्रै होइन, घरकै लागि राखिएका दुई अर्दली, कार्यालय सहायकलगायत पदमा समेत उपराष्ट्रपति झाले आफन्तै-आफन्त भर्ना गरेका छन्। जम्मा ३० जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा उपराष्ट्रपतिकै पारविारकि नातासम्बन्ध भएकाहरूको बाहुल्य रहेपछि कतिपय कर्मचारीले बहादुर भवनलाई नयाँ नारायणहिटीको नाम दिएका छन्। उपराष्ट्रपतिले एक जना सल्लाहकार राख्न पाउने वैधानिक व्यवस्था छ। त्यो पद भने खाली छ। उनले एक जना मात्रै सल्लाहकार पर्याप्त नभएको भन्दै राजनीतिक, कानुनी र प्रेस गरी कम्तीमा तीन जना सल्लाहकार राख्न पाउनुपर्ने माग गर्दै आएका छन्। 'सबै क्षेत्रको सर्वज्ञ एक जना मात्रै म कहाँबाट ल्याऊँ !' भन्दै उनले अहिलेसम्म औपचारकि रूपमा भने कसैलाई सल्लाहकार नियुक्त गरेका छैनन्। उनकै कार्यालयका कर्मचारीहरू भने सल्लाहकार नियुक्त नगरेको विषयप्रति 'कोही आफन्त बाँकी छैनन् कि क्या हो !' भन्दै व्यंग्यात्मक टिप्पणी गर्छन्।
http://www.ekantipur.com/nepal/article/?id=3209
More abourt Vice president of Nepal : Visit of the Vice-President: A National Disgrace : http://nepalweekly.blogspot.com/
राष्ट्रकै बेइज्जती : http://www.ekantipur.com/nepal/article/?id=1663

- रामबहादुर रावल

जातीयतावाद अर्थात् नयाँ दक्षिणपन्थी भड्काव




चैतन्य मिश्र -समाजशास्त्री


संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले झीनो बहुमतका आधारमा तयार पारेको संघीयताको खाका पहिचान र सामथ्र्यमा आधारति भनिएको छ । पहिचानमा पनि जातीयतालाई मुख्य मानिएको छ । जातीय आधारमै सबैजसो प्रदेश निर्माण गरएिका छन् । हामी किन र कुन सन्दर्भमा राज्यको पुनःसंरचना गर्दैछौँ भन्ने पक्ष ओझेल परेको छ । यी कुरा बिर्सेर अरूतिर बहकियौँ भने हाम्रो अभिप्रायः पूरा हुन सक्दैन । संविधानसभाको समितिले यही कुरा बिर्सेको छ । समितिले मात्रै होइन, पूरै संविधानसभाले बिर्सेको छ ।

हामीले जातीयकर्मी -एथ्निक एक्टिभिस्ट)हरूको संसार बनाइदिएका छौँ । नागरकि तहका बहस पनि त्यतैतिर लम्केका छन् । अखबार पनि त्यसैमा होमिएका छन् । जातीयकर्मीहरूको पनि आफ्नो संसार त होला तर वास्तविक संसार त्यसभन्दा धेरै फराकिलो छ । अहिले यसरी जातीयताको उभार किन र कसरी आयो ? यसले हाम्रो मानवीय, सामाजिक, राजनीतिक र आर्थिक पक्षमा के प्रभाव पार्छ ? हाम्रो राष्ट्रियता र राष्ट्रिय एकतालाई यसले सघाउँछ कि भत्काउँछ ? यस्ता प्रश्नको गम्भीर विवेचना गर्नुपर्ने भएको छ, मनन गर्नुपर्ने भएको छ ।

जातीयता 'क’

अहिले जातीयतामा यस खालको उभार आउनुमा धेरै कारण छन् । तीमध्ये केही यस चर्चामा छुटाउनै नहुने छन् । जस्तो ः बाहुन जातीयताको कुरा एकताका चर्को थियो । त्यसलाई यस पंक्तिकारले जातीयता 'क' भन्ने गरेको छ । अरू जातिभन्दा हामी उच्च छौँ भन्ने र त्यही अनुसार व्यवहार गर्ने बेला थियो त्यो । त्यसका छिटपुट दृष्टान्त अहिले पनि देखिन्छन् । कणर्ालीमा हालै एक दलित मारएिको घटना त्यसको पछिल्लो दृष्टान्त हो । यी कुरा बिर्सेर अहिलेको जातीयताको विरोध गर्नु उचित हुँदैन । ती कुरा सम्भिmँदै आज हामी कुन युगसन्दर्भ र विश्वपरपि्रेक्ष्यमा छौँ भन्ने पनि हेर्नुपर्छ । अर्को, यो पनि सम्झनुपर्छ कि त्यो बेला भनेको जातीयताकै समय थियो । वंश, कुल, परम्परा, राजा, केही हदसम्म धर्मद्वारा शासन चलाइने बेला थियो त्यो । एउटा जातले नगर्दा अर्को जातले त्यसो गथ्र्यो ।

त्यतिखेरको जीविका पेसाबद्ध जातीयतामा आधारति थियो । सिकर्मीले घरमै तालिम दिएर छोरालाई सिकर्मी नै बनाउँथ्यो । जब सिकर्मी काम स्कुलमा सिक्न सकिन्छ, सिलाइकटाइ परविारमा नभई समुदायमा गएर सिकिन्छ, त्यहाँबाट पेसाबद्ध जातीयताको काम सकियो । तर, आफ्नो सत्ता टिकाउने, जग्गामाथि बढी प्रभुत्व जमाइराख्ने आदि कारणले त्यसलाई विभिन्न बहानामा निरन्तर राखियो । सँगसँगै जातको अर्थ पनि नकारात्मक लाग्न थाल्यो । जातले नकारात्मक अर्थ बोल्न थालेको लामो समय भइसकेको छ । र, अहिले हामी जातीयतालाई जुन चुलीमा पुर्‍याउँदैछौँ, त्यो अबको लोकतन्त्र, सहरीकरण, शैक्षिक पद्धति, मिश्रति सांस्कृतिक परपिाटीसँग झन् मिल्दैन ।

पहिला युवाहरू आपmना बाबुबाजेको जति जग्गा छ, त्यतिमै सीमित हुन्थे । त्यसैमा काम खोज्थे । अब त्यस्तो रहेन । पहिला छुट्टाछुट्टै पोखरीमा विचरण गर्थे भने अब ठूलो पाखरीमा हाम फाल्दैछन् । काम कहाँ पाइन्छ, कोरयिा, पुलिस वा टेलिकममा ? पहिला एउटा स्थापित ठाउँ, पेसा, खरबारी, खेत थियो । अर्कोसँग प्रतिस्पर्धा गर्नुपर्दैनथ्यो । राष्ट्रिय शिक्षा पद्धतिको योजना ०२८ र त्यसपछिका राष्ट्रिय नीति अन्तर्गत विद्यालय खुले । पढेका युवाहरू न्यून उत्पादकत्व भएको कृषिमा मात्रै अड्ने भएनन् । त्यहाँभन्दा बढी ज्यालादर सदरमुकाम, काठमाडौँ, भारत, अरब र विश्वका अन्य भू-भागमा क्रमशः बढी भएकाले त्यतैतिर लम्किए । यी विशाल पोखरी र सागरमा नेपाली युवा पौडन थाले । इतिहासमै पहिलोपल्ट भन्नुपर्छ, यस तहमा नेपालीहरू एकसाथ ठूल्ठूला पोखरीमा पौडिँदै छन् । सबैले हातखुट्टा चलाइरहेका छन् । त्यसकारण अहिले जातीय उभार मात्रै आइरहेको छैन, एकअर्कामा घर्षण पनि भइरहेको छ ।

जातिजातिबीच मात्रै होइन, एउटै जातिभित्र पनि उछिनपाछिन छ । एउटा बाहुन केटाले अवसर पाएर अर्कोलाई पुग्दैन । बाहुन-बाहुन, लिम्बू-लिम्बू, गुरुङ-गुरुङका बीचमा पनि प्रतिस्पर्धा छ । तर, विषयलाई यसरी उठाइएको छ कि हो न हो, यो बाहुन-लिम्बू वा अरू जातिका बीचमा मात्रै हो । ठूलो दृष्टिभ्रम भइरहेको छ यहाँ ।

नयाँ जीविकोपार्जन र उत्पादनपद्धति, कृषिको घट्दो उत्पादन, पिछडिएका समुदाय पनि नयाँनयाँ तरकिाले अवसरको खोजी गर्ने र कम पैसामा काम गर्न छाड्ने कारणले पहिलाजस्तो रैतीलाई दलेर रहन सक्ने अवस्था छैन । १९१० सालको राणाकालीन कानुन, त्यसअघि राम शाहको कानुन, जयस्िथति मल्ल, त्यसअघि कौटिल्यको अर्थशास्त्रले जातीय व्यवस्था र विभेदको पृष्ठपोषण गरेको थियो । त्यसको उत्कर्ष थियो, जातीयता 'क' । जसले बाहुन, क्षेत्री, ठकुरीजस्ता उच्च जात वा शासक वर्गको अहंकार दर्शाउँछ ।

जातीयता 'ख’

अहिलेको उभार जातीयता 'ख' हो । यहाँ पहिचानको सम्मान गर्ने नाममा जातीयताको वकालत गर्ने गरएिको छ । तर, सबैलाई के थाहा छ भने मान्छेका व्यक्तिगत र समूहगत अनेक पहिचान हुन सक्छन् । जातिगत पहिचान पनि सधैँ एउटै रहँदैन । लिम्बू बाजे र लिम्बू नातिहरू एउटै लिम्बू होइनन्् । म र मेरो बाजे अर्थात् बाजे बाहुन र नाति बाहुनमा यावत् फरक छ । मेरो बाजेले नगर्ने कति चीज म गर्छु, बाजेले गर्नेमध्ये कति चीज म गर्दिनँ । मगर, गुरुङ वा नेवारका सन्दर्भमा पनि कुरा यही हो । त्यसकारण जात र पहिचान परविर्तनशील हुन्छ, सन्दर्भ र समय अनुसार सापेक्षिक हुन्छ ।

अहिले एक जातिले अर्को जात वा जातीय समूहप्रति चर्को आक्रोश, लाञ्छना र घृणा पैदा गर्ने खालका काम पनि भइरहेका छन् । यो अझै चर्केर जानसक्ने पनि देखिँदैछ । विभिन्न ठाउँबाट केही जातिहरू घचेटिएका छन् । उठीबास लगाउनेसम्मका घटना सार्वजनिक भएका छन् । यो थप चर्किने हो भने यसले ज्यादै ठूलो रूप लिन सक्छ । यही स्िथति हुने हो भने पनि भोलि ठूलो जातीय विद्वेष, धार्मिक युद्ध नहोला भन्न सकिन्न । हामीले ठाउँठाउँमा देखेका छौँ । धार्मिक-सांस्कृतिक हिसाबले एकदमै खप्टिएको समाजमा धार्मिक-जातीय विद्वेषको आगो फैलिने हो भने एकै दिनमा हजारौँ नागरकि सखाप हुन सक्छन् । सम्पत्ति कतिको लुटिन्छ, ध्वस्त हुन्छ, त्यो बेग्लै पाटो छ । अरू देशबाट पनि शिक्षा लिन सक्छौँ । छिमेकबाटै सिक्न सक्छौँ । भारतमा भएका जातीय र धार्मिक दंगाहरू हेर्न सक्छौँ । त्यो हामीकहाँ हुँदैन भन्न सकिँदैन । त्यसकारण समानता सुनिश्चित गर्न जातिहरूलाई छुट्याउने होइन, सँगै कसरी ल्याउने भन्नेतर्फ सोचिनुपर्छ । पुरानो सन्दर्भमा कुनै जातिविशेषको दबदबाविरुद्ध अहिले अर्को जातिले त्यही गर्छु भन्नु गलत हुन्छ ।

अर्को पाटो पनि छ, अहिलेको उभारमा । नयाँ संसारमा बन्दै गरेको जातीयतालाई हेर्ने र चिन्ने हो भने पनि अहिलेका जातीयकर्मीहरूका चर्का आवाज शिथिल हुनेछन् । खालि परम्परागत नश्लीय जातीयताका नारा लगाउनु युग सुहाउँदो हुँदैन । अहिले आएको जातीय उभार आजभन्दा एक-दुई सय वर्षअघि किन आएन वा पचास-सय वर्षपछि किन आएन, अहिले नै किन आयो भन्ने कोणबाट पनि हेरनिुपर्छ । यसरी हेर्दा यसमा नश्लीयता मात्रै देखिँदैन । वर्तमानको, विश्वव्यवस्थाको, नेपालको राज्यसत्ताको अन्तर्गत आएको द्वन्द्व देखिन्छ । अहिलेको आर्थिक-राजनीतिक माहोल अन्तर्गत जन्मेको देखिन्छ । यसको विशिष्ट चरत्रि नयाँ जीविकोपार्जनको खोजी हो । एकातिर पहिलेभन्दा अवसर खुलेका छन्, अर्कोतिर अवसर खोज्न ती बाध्य पनि छन् । यस महादौडका क्रममा पनि जातीय सवालमा बल पुगेको हो ।

जातीयता 'क' कमसेकम पछिल्लो कालमा आएर ठीक थिएन । अहिलेको झनै ठीक छैन । हिजोको जातीयता सबै खराब थिएन होला । त्यसकालमा ठीकै पनि थियो होला । तर, लामो काल हुँदा बेठीक हुँदै गयो । अहिलेको युग भनेको लोकतन्त्र, पुँजीवादको युग हो । यसका लागि जातीयता 'ख'ले बाधा हाल्छ । राष्ट्रियता र जातीयता कति हदसम्म सँगै जान सक्छ, कति हदसम्म जान सक्दैन भन्ने कुरा आधुनिक राज्यव्यवस्थाको दायराभित्र बसेर निक्र्योल गर्नुपर्छ । लोकतान्त्रिक पुँजीवादी राज्यव्यवस्था अन्तर्गत निक्र्योल गर्नुपर्छ ।

जाति भन्नाले कहिले थलोका रूपमा बुझिन्छ भने कहिले रक्त, वीर्य र नश्ल । कतिपय अवस्थामा भाषा, संस्कृति, वेशभूषा आदि बुझिन्छ । यी तीनवटैको सम्मिश्रण पनि हो जाति । हामीकहाँ अहिले उठेको जातीयताको पक्ष भने बडो गम्भीर र संवेदनशील छ । तैपनि, यसतिर कसैले गम्भीरतापूर्वक हेर्ने, लिने, विचार पुर्‍याउने कष्ट गरेको देखिँदैन । अधिकांश जनजातीयकर्मीको सोचमा जातीयता भन्नाले कुल, वंश, परम्परा, रक्त, वीर्य नै हो । किनभने, को लिम्बू, को बाहुन भनेर छुट्याउन उसको बाबु-बाजे-पुर्खा हेरन्िछ । यसै आधारमा जात निक्र्योल गरन्िछ ।

एउटै आधार राष्ट्रियता

स्वार्थ र तुष्टीकरणका लागि जेसुकै भनिए पनि हामी गाँस, बास र कपासकै खोजीमा भौँताररिहेका छौँ । कामको खोजी, रोजगारीको सिर्जना र अभिवृद्धि हाम्रा मुख्य चिन्ता हुन् । यस सन्दर्भमा राज्यको पुनःसंरचना गर्दैछौँ भन्ने पक्ष बिर्सियौँ भने संघीयताले पनि पल्टा खान सक्छ । संघीयता सफल हुन सकेन भने देश भत्किन्छ । भत्किनलाई हामी भारत र चीनसँग मिसिन जानुपर्दैन । कमसेकम कलह हुन्छ । आपसी कलहले देशभित्रै भाँडिन्छौँ, च्यातिन्छौँ ।

आधुनिक राज्य वा लोकतन्त्रले नश्ल, रगत, वीर्य, वंश, कुल, परम्पराजस्ता कुरालाई इन्कार गर्छ । जन्मजात प्राप्त हुने विशेषाधिकारहरूबाट टाढा गएर हरेक नागरकिले व्यक्तिगत रूपमा हासिल गर्ने कुरालाई प्रोत्साहित गर्ने कुरा हो, आधुनिक राज्यव्यवस्था । यति भन्दा यो पनि भन्नु आवश्यक छ कि धर्म, भाषा, जातजातिजस्ता कुरा व्यक्तिगत होइन, सामूहिक कुरा हुन् । ती सबैलाई समान हैसियतमा राखिनुपर्छ । तर, संघीयताको सवालमा वर्ग, कुल, नश्ल हेर्नुको तात्पर्य के हुन्छ ?

अहिले हामीले खोज्ने भनेको लोकतन्त्र र समान नागरकि अधिकार हो । जो तल परेको छ, त्यसलाई माथि उकास्ने नीतिनियम र कार्यक्रम बनाउन सकिन्छ । पहिला यस्तो थियो भनेर पुरानै व्यवस्थातिर हामी जान सक्दैनौँ । नश्ल हेरनिे छुट्टै युग हो, आजको छुट्टै युग हो । त्यसकारण नै राजा नहुने, सबै धर्मलाई बराबर स्थान दिने पद्धति अहिले बस्न थालेको हो । यस्तै पद्धतिलाई हामीले अझ विकसित गरेर लानुपर्छ ।

कस्तो संघीयताले राष्ट्रिय एकीकरणमा सघाउ पुर्‍याउँछ भन्नेमा ध्यान पुर्‍याउनु अहिलेको मूल आवश्यकता हो । राष्ट्रियता सम्वर्द्धनको सवाल अग्रभागमा राखिनुपर्छ । यो मुलुक पृथ्वीनारायण शाहले मात्रै एकीकरण गरेको होइन । यो त निरन्तर चल्ने प्रक्रिया हो । जबसम्म नेपाल रहन्छ, तबसम्म एकीकरणको प्रक्रिया चालू रहन्छ । संघीयताले एकीकरणलाई बढावा दिन्छ कि दिँदैन ? यी कुरामा गहन बहस आवश्यक छ ।

संघीयताले लोकतन्त्रको सम्वर्द्धन गर्नुपर्छ । हिजोभन्दा गएगुज्रेको लोकतन्त्र हुने हो भने हामीलाई संघीयता किन चाहियो ? लोकतान्त्रिक मूल्य पद्धतिलाई सीमित गर्ने संघीयता किन चाहियो ? अब संघीयता कसरी अगाडि बढ्छ, यसका सीमा र क्षेत्र के हुने भन्ने कुराले राष्ट्रियतातर्फ इंगित गर्छ । हाम्रो राष्ट्रियता कहाँ छ भन्ने कुरा यसअघि यही नेपाल साप्ताहिकमार्फत पनि सार्वजनिक गरेको थिएँ -हेर्नूस्, नेपाल, २७ कात्तिक ०६८, पृ २७) ।

राज्यको पुनःसंरचनाका प्रमुख आधार राष्ट्रियता र लोकतन्त्र हुन् । पहिचान र सामथ्र्य त त्यस अन्तर्गत पर्छन् । निरपेक्ष र निर्विकल्प रूपमा पहिचान/सामथ्र्यका कुरा गर्न सकिँदैन । त्यसरी नै गरएिको हो र गर्ने हो भने संघीयताले राष्ट्रियता सम्वर्द्धन गर्न सक्दैन ।

जातीयता भन्नेबित्तिकै लोकतन्त्रलाई सीमित गर्ने भनेर बुझिन्छ । जातीय संघीयताले अग्राधिकारको कुरा गर्छ । जातीय अग्राधिकारले बहुदलीय राजनीतिक प्रतिस्पर्धालाई विचलित पार्छ । अनि, सहज प्रश्न उठ्छ, के यसले संघीयताको सही सञ्चालनमा सहयोग पुर्‍याउला ? त्यसकारण राष्ट्रियता, लोकतन्त्र, आर्थिक वृद्धि र रोजगारीको बढावा नै आधारभूत कुरा हुन् । यस अन्तर्गत मात्रै पहिचान र सामथ्र्य पर्छन् । त्यसैले १४ प्रदेशको प्रस्तावित खाका आधारभूत रूपमै त्रुटिपूर्ण, अस्पष्ट र अपूर्ण छ ।

बाहिरी सन्दर्भ हेर्दा, केही ठाउँमा जातीयतालाई प्रश्रय दिएका संघीय प्रणाली नभएका होइनन् । तर, ती कतै पनि सुव्यवस्िथत रूपमा सञ्चालित छैनन् । बरु ती मुलुक समस्या र तनावका घर बनेका छन् । नाइजेरयिा र इथोपियामा हामी देख्छौँ, जातीयताले कहाँ पुर्‍याउँछ ? त्यहाँ लोकतन्त्रलाई मासेकै छ । आर्थिक वृद्धिलाई रोकेकै छ । ठाउँठाउँमा ढाँट राख्ने, एक ठाउँबाट अर्को ठाउँमा जान अवरोध गर्ने, जातीय आधारमा तेरो र मेरो भन्ने भएपछि अर्थतन्त्र पनि सिकार बन्छ । कमजोर अर्थतन्त्रले पनि मास्ने लोकतन्त्र नै हो ।

नेपालको संविधान लेखन प्रक्रियामा दक्षिण अपि|mकी मोडल धेरै हदसम्म अपनाइएको छ । तर, जातीय आधारमा संघ बनाइएन भन्नेतर्फ कसैले ध्यान दिएन । जहाँ जातीयता पराकाष्ठामा पुगेको थियो, काला र गोराबीचको विभेद विस्तारति र प्रगाढ थियो । आधुनिक जमानामा एक जाति र अर्को जातिबीच त्यति विभेद र घृणा भएको अर्को कुनै ठाउँ नै छैन । तर, त्यहाँ गोरालाई एउटा राज्यमा कैद गरेर बाँकी आफ्नो छुट्टै राज्य बनाउनुपर्छ भनेनन्, कालाहरूले । १० वटा विभिन्न मापदण्ड तय गरयिो, जस अनुसार प्रान्तहरू बने । पहिचानसँग सम्बन्धित एउटा आधार भाषालाई लिइयो तर नश्ल, वंश हेरएिन । भारतमा पनि भाषासम्मलाई आधार मानिएको छ । स्वीट्जरल्यान्डमा पनि वंश, कुल, वीर्य, रगत र परम्परालाई आधार मानेर संघीय खाका कोरएिको होइन ।



जातीय राजनीतिको शृंखला

महत्त्वाकांक्षी राजनीतिज्ञहरूले पटकपटक जातीयतालाई साधन बनाएका छन् । पृथ्वीनारायणले एकीकरण अभियान गर्दा जनजातिको ठूलो योगदान छ । उनको अग्रभागमा रहेका चारथरीमध्ये गुरुङ र मगर थिए । त्यसैले यो मुलुक ठकुरी र बाहुनले मात्रै बनाएका होइनन्, गुरुङ र मगरले पनि बनाएका हुन् । २ सय ४० वर्ष वा पृथ्वीनारायणलाई दोष दिने हो भने गुरुङ र मगरलाई पनि दिनुपर्छ । स्वयं गुरुङ-मगरले नै हाम्रा पुर्खाले नेपाल बनाएको भनेर किताबै लेखेका छन् ।

पञ्चायतकालमा जातीयताभित्र दुई प्रवृत्ति थिए, एकातिर 'पपुलिस्ट' जातिवादीहरूको संगठन र अर्कोतिर राजाले आफ्नो अन्तर्गत राख्नका लागि खासखास नेताहरूलाई चलाउँथे । दक्षिणपन्थी राजनीति र जातिवाद सँगै जान्छ भनेर यत्तिकै भनेको होइन ।

०४६ मा समान अधिकार, समान नागरकिताको कुरा आयो । राजालाई संवैधानिक सीमामा बाँधियो । राजनीतिक संगठन, आबद्धता, वाक्स्वतन्त्रता दियो । जातिकै वकालत गरेँ भने पनि समातिने भएन । त्यसको ६ वर्षमै माओवादी 'जनयुद्ध' सुरु भयो । महेन्द्र, वीरेन्द्रकै जस्तो जाति सञ्चालन गर्ने अब माओवादीको पालो आयो ।

जातिले मान्छेलाई एकीकृत गर्न सक्छ भन्ने कुरा माओवादीले बुझ्यो र त्यसलाई मलजल गर्न थाल्यो । उसले स्थानीय राष्ट्रियता जगायो । खम्बुवान, लिम्बुवान, मगरात भनेर समानान्तर सरकारसमेत चलायो । जातिगत धारणा अन्तर्गत नै उसले भूमिगत 'जनसरकार' बनायो । अहिले पनि त्यस खालका बहस उसले छेडिरहेको छ । यद्यपि, उसले जातिबारे गोलमटोल कुरा गररिहेको छ ।

उसको चुनावी प्रतिबद्धतापत्रमा जात भनेको नश्लको कुरा होइन भन्ने छ । 'जाति भन्नाले प्रजाति वा नश्ल वा जातपात नभएर साझा भाषा, साझा भूगोल र साझा मनोविज्ञान' भनेको छ । नश्लको कुरा गरेको होइन भन्ने तर राज्य पुनःसंरचना समितिमा माओवादीकै जोडबलमा नश्लीय जातिवादमा आधारति संघीयताको नक्सा कोर्नु विरोधाभासपूर्ण छ ।

जातीयताबारे उसले सैद्धान्तिक रूपले अझै विवेचना गरेको छैन । किनभने, माओवादीले मुख्यतः 'जनयुद्ध'का लागि यो सिद्धान्त अघि सारेको थियो । त्यसकारण सिद्धान्तमा मिहीन भएर होइन, 'जनयुद्ध'मा कसरी विभिन्न समूहलाई पार्ने भन्ने उनीहरूको उद्देश्य थियो । तर, कुनै पनि प्रगतिवादी पार्टी -कांग्रेससमेत)ले नश्लवादलाई पृष्ठपोषण गर्नै सक्दैन । सर्वहाराको अन्तर्राष्ट्रिय जात हुन्छ भन्ने सिद्धान्त अलिकति पनि बोकेको पार्टीले शुद्ध नश्लवादी कुरा गर्नु त विचित्र हो । नश्लवादमै रहेर माओवादीले यी सब गर्‍यो, अहिले त्यो भनेको होइन भन्दै छ । माओवादीकै ०६३ भदौमा काभे्रको कामीडाँडामा सम्पन्न बैठकको दस्तावेजमा 'सर्वहारावादी दृष्टिकोणका आधारमा जातीय समस्या हल गरी नयाँ राष्ट्रिय एकता कायम गर्ने पार्टी नीतिविपरीत जातीय विभाजन, विखण्डन र विद्वेष फैलाउने पुँजीवादी दृष्टिकोण अहिले रहेको' भन्दै 'पार्टीले यस प्रकारको निवर्गीय जातीय विद्वेष फैलाउने संकीर्ण पुँजीवादी प्रवृत्तिविरुद्ध संघर्षका लागि दृढतापूर्वक अगाडि बढाउनु जरुरी' ठानेको थियो । माओवादीको यो 'छलाङ' महत्त्वपूर्ण भए पनि नेतृत्वले एकचोटि पुनः मनन गर्नुपर्ने देखिन्छ । संविधानसभामा रहेका आफ्ना सदस्यलाई पनि बाटोबारे पुनःस्मरण गराउनुपर्छ । राज्य पुनःसंरचना आयोग र त्यसमा पनि माओवादीले पठाएको भनिएकालाई यो कुरा राम्रोसँग सम्झाउनु नेतृत्वको दायित्व हो । होइन भने उसका व्यवहारबाट के सिद्ध हुन्छ भने वर्गीयतालाई पूरै बिर्सिसकेको छ र जातीयतालाई अग्रभागमा राखेको छ ।

दक्षिणपन्थको नयाँ संस्करण

राजतन्त्र वा सिँगै सामन्तवादमा राज्य चलाउनका लागि कुल, वंशको आधार खोज्छन्, राजाहरूले । किनभने, त्यो आफैँ कुल, वंशकै आधारमा निर्मित हुन्छ । त्यसैकारण पृथ्वीनारायण शाहदेखि नै गुरुङ, मगर, नेवार, पाण्डेलगायत भारदार प्रयोग गरयिो । शब्द नै छ, भारदार खलक । खलक भन्ने शब्दले जातीय कुल, वंश, परम्पराको लगाव बोक्छ । राजतन्त्रमा मात्रै खलकको निर्माण हुन्छ । निश्चित खलकलाई हातमा लिएर एउटा खलकले राज गर्छ । अहिलेको प्रयत्न पनि त्यस्तै देखिँदैछ । चर्का जातीय कुरा गर्नेहरू पनि कुल, वंशको कुरा गर्छन् । वर्गीय कुरा नगरेर वंशको कुरा गर्नु प्रतिगामीपना हो । दक्षिणपन्थको योभन्दा नांगो रूप खोज्न अन्त कहाँ जाने ? माओवादी वामपन्थी पार्टी भए पनि त्यो समेत वर्गको कुरा ओझेल पारी जातीयतातिर बहकिएको छ ।

राज्य पुनःसंरचना भनेको संघीयता मात्रै होइन । राजतन्त्रबाट गणतन्त्र हुने प्रक्रिया हो । हिन्दुप्रधान राज्यव्यवस्थाबाट धर्मनिरपेक्ष हुने कुरा हो । भाषागत समानता कायम गर्ने, महिलाले अंश पाउने कुरा हो । यी सबै राज्य पुनःसंरचनाका अंग हुन् । हामी धेरै किसिमले पुनःगठित हुँदै छौँं । वर्गीय प्रश्नमा आँखा चिम्लिने, नश्लमा जाने कुरा दक्षिणपन्थ, राजतन्त्र वा जातीवादको कुरा हो । यी तीनवटैको समान चरत्रि हुन्छ, गरी खानेभन्दा जन्मजात हुने/पाउने ।

व्यावहारकि रूपमा पनि नेपाली जातीय आन्दोलनको घाँटी राजतन्त्रसँग जोडिएका प्रमाण छन् । एउटा सन्दर्भ हेरौँ, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको उत्कर्षताका सात राजनीतिक दल र सिँगै नागरकि समाज प्रदर्शनरत थियो । सारा राजनीतिक शक्ति गणतन्त्रको आन्दोलनमा थियो । तर, जातीय आन्दोलनका केही अगुवाहरू राजासँग मिल्न जाने कुरा गर्दै थिए । संकटकाल लगाएर जनताका मौलिक हकसमेत हनन गररिहेका राजालाई नै ठाउँ दिने, राजासँगै सौदाबाजी गर्ने विचित्रको कुरा थियो त्यतिखेर । राजाबाट मनोनीत १०, आदिवासी जनजाति, दलित र मधेसीबाट ४०, राजनीतिक दलबाट ४० र क्षेत्रीय प्रतिनिधिबाट १० प्रतिशत रहने दुई सय सदस्यीय 'सहमतीय संविधानसभा' गठन गर्नुपर्ने दस्तावेज जातीय संगठनका तर्फबाट अघि सारएिको थियो । यो पूरै पञ्चायतमा फर्किने कुरा थियो । यही हो दक्षिणपन्थ अर्थात् जातिवादी, राजावादी, वंशवादी चरत्रि । यसमा कतै पनि लोकतन्त्रको कुरा छैन । यसमा वर्गको कुरा छैन । जातजातिबाट राज्यका प्रतिनिधि छान्ने कुरा छ । यस मोडलका प्रमुख प्रस्तावक चर्का जातिकर्मी, मानव अधिकारवादी, नागरकि समाजका अगुवा भनिनेहरू थिए । एक जना त सधैँ वाम राजनीति गरअिाएका, हाल माओवादीको कोटाबाट राज्य पुनःसंरचना आयोगमा पनि पुगेका छन् ।

फरकपना र असमानता

आधुनिक राज्यव्यवस्था भनेको पुँजीवादी लोकतान्त्रिक व्यवस्था नै हो । यो नागरकिताका आधारमा निर्मित हुन्छ, रैती वा जातका आधारमा होइन । जात, लिंग आदि त विभाजनका तरकिा मात्रै हुन् । आधुनिक राज्यले ती सबैलाई नागरकिका रूपमा समान व्यवहार गर्छ । हो, केही फरकपना छन्, हामीकहाँ । ती फरकपनालाई गणतन्त्रभित्र कसरी अटाउने र समायोजन गर्ने भन्ने अहम् प्रश्न हो । यसका आफ्नै तरकिा छन् ।

गणतन्त्र अर्थात् 'रपिब्लिक' भनेको हरेक व्यक्तिको सार्वजनिक हैसियत हुन्छ भनेको हो । ऊ निजी मान्छे होइन । त्यसैकारण यो जातिलाई यसो गर्छु, यो जातिलाई गर्दिनँ भन्न पनि पाइँदैन । त्यसैले अग्राधिकार हुने, दुईवटा पदावधि खानेजस्ता कुरा लोकतन्त्रमा हुन सक्दैन । त्यसैले त धर्मनिरपेक्ष भयौँ ।

समानताका लागि पिछडिएका नागरकिप्रति सकारात्मक विभेद नगरी हुँदैन । यसमा पनि तल्लो वर्गलाई कसरी छुने भन्ने तर्क छँदैछ । कति मात्रा गर्ने, कति प्रतिशत गर्ने त्यो अर्को पक्ष हो । तर, केही कुरा यस्ता छन्, जसलाई 'युनिभर्सलाइज' गर्नेबित्तिकै त्यसमा सबै जाति पर्छन् । सबै पढ्न पाउने भएपछि दलितलाई छुट्टै पढाउँछु भन्नै परेन । वातावरण सिर्जना गरेपछि, पहुँच बढाएपछि दलित बालक र बाहुन बालक साथै पढ्छन् । यसरी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता निश्चित कुरा छन्, जो सबै एकैचोटि त गर्न सकिन्न । तर, यी सबै गर्नका लागि आर्थिक विकास र सशक्तीकरणको आधारभूत भूमिका हुन्छ । तर, राजनीतिमा लाग्नेहरू नारा मात्रै भट्याएर हिँड्ने, कलहको बीउ मात्रै रोप्ने हो भने आर्थिक वृद्धि, रोजगारीको वृद्धिको बाटो अवरुद्ध गर्छ । समान नागरकिता निर्माण पनि हुँदैन ।

विदेशीको भूमिका

हालै एउटा विदेशी नियोगले सभासद्लगायत १८ जनालाई इथियोपियाको संघीयता अध्ययन गर्न पठायो । त्यसरी किन पठायो भन्नेमा पनि चर्चा गर्न सकिएला । अर्कोतिर, ती नाम सार्वजनिक गर्न हिच्किचाए । १८ जनाको नामसूची त मलाई दिए तर गोप्य राख्ने सर्तमा । किन गोप्य चाहियो ? जायज काम छ भने त खुला गरे भइहाल्यो । जब लुकाउन खोजिन्छ, त्यसभित्र नियत खोटो छ भन्ने बुझ्नुपर्ने हुन्छ । त्यो हदसम्म शंका गरे भयो कि त्यसभित्र गोप्य एजेन्डा छन् ।

जातीय पृथकता र जातीय संघीयताको वकालतबाट दातृनिकायहरू टाढा बस्नुपर्ने हो । कतिपय उनीहरूकै मुलुकमा पनि यो कुरा सह्य छैन । तर, यहाँ जसले जे गर्दा पनि भएको छ । जातीय पृथकताको पक्षपोषण गर्ने कार्यक्रम र गतिविधिप्रति सरकारले कडा दृष्टि अपनाउन सकेको छैन ।

यस्तो किन भइरहेको छ भन्ने प्रश्नको जवाफ सजिलो छैन । एउटा त जातीयता 'क'को प्रतिक्रिया हो । दोस्रो, समान नागरकिताको सुनिश्चितताको उद्देश्य । तर, कतिपय यसभन्दा बाहिर गएका छन् । पछि परेका समुदायलाई समान नागरकिको हैसियतमा उकास्ने उद्देश्य र कार्यक्रमले सँगै ल्याउन सहयोग गरे पनि पृथकतावादी तरकिाले हामीलाई फुटाउँछ । लोकतन्त्र र शासनपद्धतिलाई कमजोर बनाउँछ । यहाँको जातीय तनावले छिमेकीलाई पनि फाइदा गर्दैन । आफ्नो खुट्टामा उभिने आन्तरकि राष्ट्रियता बलियो नबनाउने हो भने विदेशीको भूमिका अझ बढ्नेछ ।

जातीय पृथकता यही रूपमा चर्काउँदै जाने हो भने स्वभावतः त्यसले दुष्परण्िााम मात्रै दिनेछ । मानवीय रूपमा त्यसले द्वन्द्व र हिंसा बढाउनेछ । राजनीतिक दलबीचमा हुने द्वन्द्वभन्दा जातिजातिबीचको द्वन्द्व फरक हुन्छ । माओवादी सशस्त्र द्वन्द्वभन्दा ज्यादै ठूलो रूपको, थोरै समयभित्र ठूलो नोक्सानी ल्याउनेछ । राजनीतिक रूपमा हेर्दा, यो जातीयतावादी भड्काव लोकतन्त्रविरुद्ध छ । जातका नाममा, वंशका नाममा गरनिे शासन दक्षिणपन्थी हुन्छ । यस क्रममा आर्थिक वृद्धिलाई अवरोध गर्ने र राष्ट्रिय एकीकरण पनि खतरामा पर्न सक्ने खतरा छ । त्यसकारण जातीय आधारमा होइन । पृथकता होइन । उस्तैउस्तै सँगै बसौँ भन्ने पनि होइन । विविध मान्छे, विविध दिमागहरू, विविध संस्कृति, विविध भाषा एक ठाउँमा घुलमिल हुन पाऊन् । भौतिक स्रोत मात्रै होइन, भाषा, संस्कृति र विचारको मन्थन होस् । विभिन्न भाषाभाषी, सोच समान भएकाहरू एकाकार होऊन् । कम्तीमा हिमाल-पहाड-तराईका स्रोतहरू एकै ठाउँमा उपयोग हुन सकोस् । ध

भाषा र असमानता

जातीयता हेर्ने नै हो भने यसको भाषिक पक्षलाई केही ठाउँ दिन सकिन्छ । त्यो भनेको प्रान्तको तहमा होइन, त्यसभन्दा तल तेस्रो तहमा । फरक भाषाको बाहुल्य भएको क्षेत्रलाई एउटै जिल्ला वा अर्को नामको स्थानीय एकाइ बनाउन सकिन्छ । त्यस क्षेत्रमा त्यो भाषाको पढाइ हुनसक्छ ।

कर्मचारीतन्त्रमा ७० प्रतिशतभन्दा बढी बाहुनक्षेत्री हुनुमा भाषा प्रमुख कारण देखियो । लोकसेवा आयोगमा नेपालीमा जाँच दिनुपर्छ । नेपाली भाषामाथि पहुँच बाहुन र क्षेत्रीको बढी भयो । त्यो पनि पूर्वी-मध्य भेगको भाषिका जान्नेले बढी अवसर पाए । भाषा नै तिनका लागि विशेष सहुलियत भइदियो । अरू वञ्चित हुँदै गए । त्यसैकारण सुदूर र मध्यपश्चिम पछि परे । सहरका युवाहरूलाई अत्यन्त फाइदा भयो । अझ काठमाडौँ र त्यसमाथि खास वर्ग, खास वंशको प्रभुत्व कायम भयो । काठमाडौँमै खास बाहुन, खास क्षेत्रीका खास वंश बढी सम्पन्न छन् । सबै बाहुन र सबै क्षेत्री उत्तिकै सम्पन्न र सुविधामा पहुँच भएका छैनन् ।

एउटै जाति/भाषामा आधारति प्रान्त बनाउन सकिँदैन । यो सबैले बुझेकै कुरा हो । बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुभाषिक प्रान्तको विकल्प नै छैन ।

भ्रम र यथार्थ

आत्मनिर्णय ः सन् १९१३ मा उत्पीडक राष्ट्रबाट उत्पीडित राष्ट्रले छुट्टनि पाउने अधिकारलाई भ्लादिमिर इल्यिच लेनिनले अघि सारे । अरू राज्यहरूलाई 'पछि छुट्टनि पाउँछौ, अहिले हामीसँगै बस' भन्दै लेनिनले ठूलो सोभियत युनियन बनाए । चीनमा माओत्सेतुङ्ले पनि यही नारा पछ्याए तर पछि छुट्टनिे अधिकार दिएनन् । त्यहाँ आत्मनिर्णय सम्भव पनि छैन । माथिदेखि तलसम्म एउटै कम्युनिस्ट पार्टीको शासन छ । केन्द्रीय कमिटी र पोलिटब्युरोले पारति गरेको कुरा देशव्यापी लागू हुन्छ अनि एउटा प्रान्तले अस्वीकार गर्न सक्दैन, अंकुश लाग्छ । त्यसैले त रोजा लक्जम्वर्गले उतिबेलै यसलाई गरबिले सुनको थालीमा खान पाउनुपर्छ भन्नेजस्तो तर्क गरेकी थिइन् । 'जसले दिनमा दुई पेट खान पाउँदैन, त्यसले आत्मनिर्णय कसरी गर्छ ?' उनको भनाइ छ । 'खानकै लागि अरूमा भर पर्नेले राजनीतिक आत्मनिर्णय कसरी गर्छ' भन्ने रोजाको तर्क छ । 'खान र काम पाउने व्यवस्था गर अनि आत्मनिर्णय औचित्यपूर्ण हुन्छ' भनिन् उनले ।

हाम्रो सन्दर्भ हेरौँ । यहाँ धेरै जाति बस्छन् । कसको आत्मनिर्णय हुन्छ ? काठमाडौँमा ३६ प्रतिशत नेवारको, कणर्ालीमा २५ प्रतिशत मुनिका दलितको आत्मनिर्णय सम्भव छ ? अर्कोतिर, आजको संसारमा आत्मनिर्णय भन्ने नै कहीँ छैन । अमेरकिाले त आत्मनिर्णय गर्न सक्दैन । चीनले के गर्छ, बेलायतले के गर्छ भन्ने आधारमा उसका नीति बन्छन् । विश्वव्यापीकरणले सबैका आत्मनिर्णयमा रोक लगाइसक्यो । युरोपेली युनियनले ग्रीसलाई आफ्नो नागरकिलाई कति वर्षमा अवकाश दिने भन्ने निर्णय गर्न दिएन । यहाँ एउटा व्यक्तिले त आत्मनिर्णय गर्न सम्भव छैन भने जातिको कसरी सम्भव छ ? त्यसैले सुन्दा आनन्द आए पनि यसको सान्दर्भिकता छैन । यो सब फजुल कुरा हो ।

वञ्चितीकरण ः सबैलाई समान अधिकार चाहियो भन्नु जायज कुरा हो । तर, जातीय आधारमा मात्रै विभेद र पछौटेपन भयो भन्नु गलत हुन्छ । खासमा भाषा, जात, सहरी बसाइँका हिसाबले र निश्चित कुल, वंशमा जन्मेका समूहले अवसर पाए र बाँकी वञ्चित भए । नश्ल, जाति, वीर्यका कुरा गर्दै पुरानैमा फर्किनुपर्छ भन्ने प्रवृत्ति खराब हो । लिम्बू भएबापत जग्गा पाउने किपट प्रथा अहिले फर्काउनु प्रतिगामी कदम हुन्छ । किनभने, त्यसरी बाँड्ने जग्गा अहिले छैन । जुनबेला बाँडिन्थ्यो, त्यसबेला अहिलेजस्तो धेरै असमानता थिएन । अहिले लिम्बु समुदायभित्रै चरम असमानता छ । जन्मजात आधारमा होइन, गरेर खाने बेला छ । त्यसैले जातीय आधारमा स्रोतमा अधिकार स्थापना सम्भव छैन ।

आईएलओ १६९ ः प्राकृतिक स्रोतसाधनमाथि स्थानीय समुदायको निर्णय र नियन्त्रण हुनुपर्छ भन्ने यसको आशय हो । त्यसैले यो स्थानीय अधिकार हो, जातीय हुँदै होइन । ठूलो परयिोजना बन्दा त्यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाले निश्चित सुविधा पाउनुपर्छ । त्यसमा धेरै जात भए धेरै, एउटै जात भए स्वतः एउटैको प्राथमिक अधिकार हुन्छ । जातीय रूपमा बुझियो, बुझाइयो भने त्यो अनर्थ हुन्छ ।

आदिवासी र जनजाति ः यस मुलुकमा आदि बसोबासबारे ठोस ऐतिहासिक प्रमाण छैन । कुनै बाहुन अगाडि आएका हुन सक्छन् तर सबै बाहुन आएका होइनन् । एकाध बाहुन अगाडि आएकै भरमा सबै बाहुनलाई आदिवासी भन्ने ? यसले कुलसम्मको कुुरा मात्रै दर्शाउँछ, जातिकै प्रतिनिधित्व गर्दैन । त्यस्तै अरूभन्दा बाहुन पछि आए भन्ने तर्कपछाडि पनि प्रामाणिक इतिहास छैन । केही जनजातिहरू छन्, जो धेरै पछि आए ।

-त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक मिश्रसँग रामबहादुर रावलले गरेको कुराकानीमा आधारति)
http://www.ekantipur.com/nepal/article/?id=3157

Sunday, February 19, 2012

जातीयतालाई दातृ निकायको मलजल

रामबहादुर रावल


- क्ियानाडाली अन्तर्राष्ट्रिय विकास नियोग (सीडा)ले २०६५ सालमा संविधानसभाले काम थाल्नेबित्तिकै लोकतान्त्रिक विकास सहयोग कोष अन्तर्गत नेपालका गैरसरकारी संस्था (एनजीओ)हरूका १९ वटा जातीय र क्षेत्रीय सञ्जालहरूलाई करिब १२ करोड रुपियाँ बाँड्यो ।

- जितिखेर संविधानसभा जनमत संकलनको तयारी गर्दै थियो, त्यही मौका पारेर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहभागितामूलक संविधान निर्माण परियोजना अन्तर्गत देशका विभिन्न भागमा विभिन्न जातीय/क्षेत्रीय समूहलाई आ-आफ्ना समुदायका मुद्दाको पैरवी गर्न लगाइयो । त्यतिखेर १५ वटा गैरसरकारी संस्थाहरूका जातीय/क्षेत्रीय सञ्जालहरूलाई ३० हजार अमेरिकी डलरका दरले करिब साढे दुई करोड रुपियाँ बाँडिएको थियो ।

- डिेनमार्कको अन्तर्राष्ट्रिय विकास नियोगले मानव अधिकार तथा सुशासन (डानिडाह्युगो) कार्यक्रम अन्तर्गत तराईलाई लक्षित गरेर ६० लाख युरो अर्थात् ६२ करोड ४० लाख रुपियाँको परियोजना मधेस इनिसिएटिभ सुरु गरेको छ । यस अन्तर्गत मधेसी समुदायका सदस्य रहेका एनजीओहरूले मात्रै सहायता पाउनेछन् ।



यी यस्ता नमुना कार्यक्रम हुन्, जसले नेपालमा जातीय मुद्दाको पैरवीमा वैदेशिक सहायताको प्रयोग र दातृ निकायको सहभागिता कुन रूपमा छ भन्ने दर्शाउँछन्। खासगरी ०६२/६३ को जनआन्दोलनसँगै उठेका राजनीतिक, सामाजिक र आर्थिक समावेशीकरणका मुद्दालाई साथ दिने यस्ता कार्यक्रम ह्वात्तै बढेका छन्। नेपालका सबैजसो दातृ निकायले शान्ति प्रक्रिया, संविधान निर्माण, राज्यको पुनःसंरचना, मानव अधिकारजस्ता राजनीतिक मुद्दामा प्रत्यक्ष/परोक्ष रूपमा यस्ता कार्यक्रम सञ्चालन गररिहेका छन्, जहाँ जातीय मुद्दा पनि जोडिएका छन्।

समाजमा पछि परेका वर्ग र समुदायलाई विकासको मूलप्रवाहमा सामेल गर्नुपर्ने आवाजमा पुट दिन पक्कै पनि दातृ निकायले गरेको प्रयासमा सद्भावनाकै अंश बढी होला। तर, सडकमा लागेका नारा र सार्वजनिक मञ्चमा देखिने चर्का भाषणबाजीलाई नै समाजका वास्तविक एजेन्डा रहेको आकलन गर्ने र तिनै नाराबाजीको सम्बोधनका नाममा दातृ निकायहरूले आर्थिक सहयोगको प्राथमिकता तय गर्ने प्रवृत्ति देखिएको छ। जसले गर्दा बल्लतल्ल द्वन्द्वबाट उम्किन लागेको मुलुकमा सामाजिक एकीकरण, समावेशीकरण र राज्य पुनःसंरचनाका नाममा झन् सामाजिक असन्तुलन, विभेद र विखण्डीकरणको वातावरण सिर्जना गर्न मलजल त गरँिदै छैन भन्ने प्रश्न पनि सँगसँगै उठ्न थालेको छ।

संक्रमणकालीन अवस्थामा राजनीतिक र आर्थिक मुद्दालाई नै ओझेल पार्ने गरी जातीय मुद्दा हावी भएका छन्। विज्ञ समूह गठन गर्न संविधानसभा असफल हुनु यसको ताजा उदाहरण हो। प्रमुख चार राजनीतिक शक्ति एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको नेतृत्वले गरेको सहमतिलाई संविधानसभामा पेस गर्नबाटै रोकियो, जनजाति सभासद्हरूको समूहद्वारा। संविधानसभाको समितिमा जातीय आधारमा तय गरएिको संघीयताको खाकाले बहुमत पायो। राजनीतिक सम्भाव्यता र आर्थिक सामथ्र्यको पक्ष ओझेल पर्‍यो भन्ने आमधारणाविपरीत जनजाति सभासद्हरूले १४ प्रदेशको खाका चलाउन नहुने अडान राखे। यस अडानका सामु मुलुकका सबैभन्दा ठूला राजनीतिक दलले निर्णय पुनःविचार गर्नुपर्‍यो। एमाले सचिव शंंकर पोखरेलका शब्दमा राजनीतिक दलकै हैसियत कमजोर पार्ने छुट्टै शक्तिको दबदबा बढ्नुले राष्ट्रिय राजनीति नै दलहरूको नेतृत्व र नियन्त्रणमा नरहेको देखाउँछ। भन्छन्, "दलहरू यतिबिघ्न कमजोर बन्नु बहुदलीय लोकतन्त्रमा खतराको सूचक हो।" लोकतन्त्र र त्यसका वाहक मानिने राजनीतिक दलहरूकै सक्षमतामाथि चुनौती पैदा गर्ने तहमा जातीय मुद्दाको पैरवी हुनुमा राजनीतिक र सामाजिक नेता-कार्यकर्ता जति जिम्मेवार छन्, त्यसभन्दा कम देखिँदैनन्, दातृ निकायहरू। किनभने, हरेक राजनीतिक र सामाजिक मुद्दामा दातृ निकाय र तिनका कार्यक्रम पनि जोडिएका छन्।

स्वीट्जरल्यान्ड सरकारको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग -एसडीसी)ले नेपालको पछिल्लो राजनीतिक विकासक्रममा साथ दिन भन्दै शान्ति तथा राज्य पुनःसंरचनासम्बन्धी विशेष रणनीति तय गरेको छ। त्यस अनुसार सन् २००९ देखि ०१२ सम्मका लागि शान्ति तथा राज्य पुनःसंरचना प्रक्रियाका लागि सहयोग पुर्‍याउने भन्दै प्रतिवर्ष २ करोड ५० लाख स्वीस प|m्यांक अर्थात् २ अर्ब २५ करोड रुपियाँ एसडीसीले खर्च गर्छ। एसडीसीकी सूचना व्यवस्थापन अधिकृत मन्दाकिनी केसीका अनुसार संविधानसभा, नागरकि संघसंस्था र दलहरूले मागे अनुसार थप सहयोग पनि गररिहेको छ। तर, कुन नागरकि संस्थामार्फत कति खर्च गरएिको छ भन्नेबारे विवरण उपलब्ध गराउन उनले असमर्थता जनाइन्।

अन्य स्रोतबाट प्राप्त विवरण हेर्दा एसडीसीले जातीय आधारमा गठित संघसंस्थाहरूलाई पटकपटक आर्थिक सहयोग गरेको छ। मधेसी एनजीओ फेडेरेसनलाई मात्रै एकपटकमा एक करोड रुपियाँ बराबर सहयोग दिएको छ। त्यस बजेटबाट फेडेरेसनले सुझाव संकलन गरी मधेसी सभासद्हरूको समूह -ककस)लाई पेस गरेको थियो। त्यही कार्यक्रममा मधेसी सभासद् समूहका १९ सभासद्लाई आफ्ना मुद्दामा एकमत हुन हस्ताक्षर गराइएको उक्त फेडेरेसनको आधिकारकि वेबसाइटमा उल्लेख छ। त्यसैगरी, पूर्वी पहाडमा उठाइएका विभिन्न जातीय मुद्दाको पैरवीमा पनि एसडीसीले पटकपटक सहयोग गरेको छ। यति मात्रै नभई उसले पटकपटक आफ्नै देशका विज्ञहरू बोलाएर समेत तराई र पूर्वी पहाडका जातीय संघसंस्था र संगठनहरूसँग संघीयताका विषयमा अन्तरक्रिया गरेको छ।

जातीय मुद्दा र तनावमा बढावा भएको छ/छैन भन्नेबारे यसै भन्न सकिँदैन। झट्ट हेर्दा के देखाउँछ भने सुरक्षा र जातीय तनावका दृष्टिले जुन क्षेत्र बढी संवेदनशील छन्, दाताका गतिविधि तिनै ठाउँमा बढी केन्दि्रत छन्। र, ती गतिविधि जातीय मुद्दाको पैरवीमै केन्दि्रत छन्। अर्को उल्लेख्य पक्ष के पनि छ भने तराई र पूर्वी पहाडमा उठिरहेका जातीय मुद्दाहरूमा भूमिगत संगठन, राजनीतिक दल र सामाजिक संघसंस्थाहरूको दायरा छुट्याउन सरकारलाई नै हम्मेहम्मे परेको छ। किनभने, उनीहरूको सहयोग समाजमा पछि परेका समुदायको अधिकारको पैरवी, सशक्तीकरण र समावेशीकरणका नाममा परचिालित छ।

जातीय मुद्दामा आफ्नो सहयोग र सहभागिता देखाउने दातृ निकायहरूबीच एक खालको होड नै देखिएको छ। जातीय आधारमा नाम राखिएका संस्थाहरूको सञ्जाललाई एकमुष्ट सहयोग गर्ने प्रवृत्तिलाई डानिडाह्युगोले फरक मोडमा पुर्‍याइदिएको छ। मधेसी मूलका नागरकिले नेतृत्व गरेका गैरसरकारी संस्थालाई मात्रै सहयोग र प्रवर्द्धन गरनिे मधेस इनिसिएटिभ कार्यक्रमको मूल लक्ष्य मधेसमा सशक्त नागरकि समाज अर्थात् क्रिटिकल मास तयार गर्ने रहेको छ। त्यसका लागि सरकार र राजनीतिक दलहरूका नीति तथा कार्यक्रममा समेत 'नागरकिका तहबाट हस्तक्षेप' गरनिे परयिोजनापत्रमा उल्लेख छ। दुई वर्षअघि नै यस परयिोजनाको सोच बनाइए पनि मधेसी समुदायको स्वामित्व भएको गैरसरकारी संस्था -एनजीओ)को खोजीमा डानिडाह्युगोले लामो समय खर्च गरेको थियो। अहिले त्यस्तै एउटा गैरसरकारी संस्थालाई प्रमुख साझेदार बनाई उक्त परयिोजना सुरु गरेको छ। यस अन्तर्गत मधेसी समुदायका सदस्यहरू मात्रै सामेल भएका अन्य सात एनजीओले सुरुको चरणमा परयिोजनाबाट सात-सात लाख रुपियाँका दरले सहायता पाउने भएका छन्।

जर्मन सरकारको विदेश मन्त्रालय मातहत रहने अन्तर्राष्ट्रिय सहयोग नियोग -जीआईजेड)ले पनि संघीयता सहायता कार्यक्रम सञ्चालन गररिहेको छ। ७ लाख ५० हजार युरो अर्थात् ८ करोड २५ लाख रुपियाँ बराबर बजेट सकेर दोस्रो चरणको कार्यक्रम जीआईजेडले सञ्चालन गररिहेको छ। त्यसको बजेट १० लाख युरो अर्थात् हालको विनिमयदर अनुसार ११ करोड रुपियाँ रहेको छ। यस कार्यक्रममार्फत जीआईजेडले हाल भइरहेका संघीयतासम्बन्धी बहसको प्रवर्द्धन गररिहेको छ, जुन मूलतः जातीयताभन्दा भिन्न छैन।

युरोपेली संघ (ईयू)का ३४ वटा परयिोजना प्रत्यक्ष/परोक्ष रूपमा जातीयतासँग जोडिएका छन्। सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्न भनिए पनि ती परयिोजनाका लागि साझेदार छनोट, लक्षित वर्ग निर्धारण र कतिपय गतिविधिका क्रममा जात-जाति हेर्ने गरएिको छ। धेरैजसो परयिोजनाले जातीय संघसंस्थाहरूलाई आफ्ना मुद्दाको वकालत गर्न, संगठन सदृढीकरण गर्न र संस्थाहरूको सञ्जाल विस्तार गर्ने लक्ष्य लिएका छन्। सन् १९९८ देखि जातीय मुद्दामा खुलेर सहयोग पुर्‍याउँदै आएको ईयूले सुरुमा मानव अधिकारका रूपमा परभिाषित गरेर जातीय मुद्दाको पैरवी गथ्र्यो। दोस्रो जनआन्दोलनपछि उसले स्पष्ट रूपमा जातीय संघसंस्थालाई सहयोग पुर्‍याउन थालेको देखिन्छ। त्यसपछि अरू दातृ निकाय पनि त्यही प्रवाहमा सामेल भए। औपचारकि रूपमा घोषणा गरेको रकमबाहेक पनि भारत, स्वीट्जरल्यान्ड, नर्वे, डेनमार्क, अमेरकिालगायत मुलुकका नेपालस्थित दूताबासले विभिन्न संस्था र व्यक्तिहरूलाई आर्थिक अनुदान दिएर मानव अधिकार, द्वन्द्व समाधान, संघीयता, सामाजिक सद्भाव, शान्ति, सुरक्षाजस्ता विषयमा बहस पैरवी गर्न लगाएका छन्।

सबैजसो दातृ निकायले समावेशीकरणका सन्दर्भमा जेसी अर्थात् लैँगिक समानता तथा सामाजिक समावेशीकरणका शब्दावली अघि सार्ने गरेका छन्। सामाजिक समावेशीकरणको प्रमुख आधार जातीयतालाई मान्ने गरएिको छ। नेपालको सन्दर्भमा जातीयता नै सामाजिक विभेदको प्रमुख आधार र कारक हो कि होइन भन्ने अझै विवादित छ। तर, दातृ निकायहरूले जातीयतालाई नै बढी जोड दिने गरेका छन्। थुप्रै अध्ययन र अनुसन्धान पनि यसैका आधारमा गर्ने गरएिको छ। राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह भन्छन्, "हामीकहाँ एक-दुई जनाले चर्को आवाजमा करायो भने त्यसैका पछाडि भाग्ने चलन छ। तर, भौगोलिकता, आर्थिक सामथ्र्यका आधार ओझेल परेका छन्।" सबै जातिभित्र फरक-फरक सामाजिक र आर्थिक हैसियत भएका समूह छन्। तिनको विश्लेषण नगरी जातीयतालाई मात्रै आधार मान्नु उचित नहुने विज्ञहरूको राय रहँदै आएको छ। जातीय आधारमा कोही पछि परेको छ भने नेपालमा त्यस्तो जाति दलित मात्रै हो। अहिलेसम्म आर्थिक, सामाजिक र राज्य संयन्त्रमा पनि सबैभन्दा दलित नै पछाडि परेको आँकडाहरूले देखाउँछन्। "पाइलापाइलामा विभेद र अमानवीय व्यवहार दलितमाथि नै हुने गरेका छन्। तर, जातीय मुद्दाको बहस र पैरवीका कारणले दलितको मुद्दा झनै ओझेल परेको छ," जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्मा भन्छन्, "चर्को आवाजमा बोल्ने र देशै टुक्र्याउँछु भनेर धम्काउन सक्नेलाई नै बढी प्राथमिकता दिइएको छ।"

अर्कोतर्फ, धेरैजसो वैदेशिक सहयोग राष्ट्रिय बजेट प्रणालीभन्दा बाहिरै खर्च हुने गरेको छ। वैदेशिक सहायतासम्बन्धी राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मान्यतालाई समेत लत्याएर केही दातृ निकाय र आईएनजीओहरू राज्यकै निकायको समानान्तर हुने गरी नयाँ संरचना खडा गर्ने, प्रत्यक्ष परयिोजना सञ्चालन गर्ने, देखाउनका लागि मात्रै स्थानीय साझेदार छनोट गर्ने तर सबैजसो काम आफैँ गर्ने, सामाजिक, राजनीतिक र सामरकि महत्त्वका संवेदनशील विषयमा समेत बहस र पैरवी गर्नेजस्ता विकृत अभ्यासमा लागेका छन्। जबकि, दातृ समुदायले नै तय गरेको पेरसि घोषणापत्र र आक्रा एजेन्डा फर एक्सनले राज्यका औपचारकि संयन्त्र र प्रणालीमार्फत विदेशी सहयोग परचिालन गर्नुपर्ने उल्लेख गरेको छ। यस अनुसार राष्ट्रिय बजेट प्रणालीमार्फत विदेशी सहयोग खर्च गर्नुपर्ने भए पनि धेरैजसो विदेशी सहयोग बाहिरै परचिालित छ।

नेपालको राज्य संयन्त्र कमजोर र प्रभावहीन रहेकाले बाहिरै खर्च गर्नुपर्ने तर्क दातृ निकायहरूले राख्ने गरेका छन्। तर, सरकारलाई बलियो बनाउनेतिर नभई विदेशी सहायता गैरसरकारी संस्था, त्यसमा पनि जातीय र क्षेत्रीय तहका असन्तुष्ट स्वरहरूलाई बढावा दिनेतिर परचिालित भइरहेको छ। अर्थ मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षण अनुसार वैदेशिक सहयोगको ३२ प्रतिशत हिस्सा सरकारी प्रणालीभन्दा बाहिरै खर्च भइरहेको छ। अझ, नेपालको सार्वजनिक खरदि प्रणाली नमानी परचिालन गरिएको वैदेशिक सहयोग ४१ प्रतिशत छ। १ सय ६ वटा समानान्तर परयिोजना विदेशी सहयोगमा सञ्चालित छन्। धेरैजसो वैदेशिक सहयोग नियोग र आईएनजीओहरू आफँै नागरकि समाजका संस्थाहरूसम्म पुग्ने गरेका छन्। ती संस्था छनोटको प्रक्रिया पनि त्यत्तिकै अपारदर्शी रहेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्।

एकातिर दाताहरू राज्यसंयन्त्रको उपेक्षा गर्ने, अर्कोतिर आ-आफ्नै तरकिाले सामाजिक मुद्दाको प्रवर्द्धन गर्ने क्रमले झन् समस् या चर्काउने चिन्ता बढाएको छ। वैदेशिक सहयोगको प्रभावकारतिामाथि अनुसन्धान गरेका समाजशास् त्री सुधीन्द्र शर्मा भन्छन्, "समाजमा विभेद नै छैन भन्ने होइन। तर, अहिलेको परििस् थतिमा केही समूहका चर्का कुराकै आधारमा राज्यको चरत्रि त्यही हो भन्नु गलत हुन्छ। बोल्नेका कुरा मात्रै सुन्ने हो भने अरू निमुखा वर्गप्रति अन्याय भइरहेको हुनसक्छ। यसबाट अर्को असमानता जन्मिन्छ।"





सीसीडी ः विवादास्पद छवि

'प्रस्तावित १४ प्रदेश जातीय कि लोकतान्त्रिक ?' नयाँ बानेश्वरस्थित संवैधानिक संवाद केन्द्र सीसीडी)का तर्फबाट गराइएको बहसको एउटा शीर्षक हो यो। संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले जातीय आधारमा १४ प्रदेशको खाका तयार गरेपछि सीसीडीले यो बहस सुरु गरेको थियो। राजनीतिशास्त्री कृष्ण हाछेथुले त्यही बहसका लागि लेखेको कार्यपत्रको सार थियो, "जातीय होइन, लोकतान्त्रिक आधारमा १४ प्रदेशको खाका कोरएिको छ।" पछि अरू मञ्चमा पनि १४ प्रदेशको खाका जातीय होइन, लोकतान्त्रिक नै रहेको कुरा सीसीडीका तर्फबाट राख्न थालियो।

यसरी सीसीडीले राष्ट्रिय राजनीतिका विवादास्पद मुद्दामा छलफल र बहस त गराउँदै आएको छ नै, जातीयताको बहसमा समेत आफूलाई सामेल गराउँदै आएको छ। उसले प्रस्तावित १४ वटै प्रदेशबारे सरोकारवालालाई बोलाएर छलफल गराउँदा पनि धेरैजसो समय जातीयताकै मुद्दामा खर्च भएको देखाउँछ। किनभने, लिम्बूवान, किराँत, शेर्पा, नेवाः, मगराँत, ताम्सालिङ, मिथिला-भोजपुरा-कोच-मधेस, लुम्बिनी-अवध-थारूवान, तमुवान, जडानलगायत सबैजसो राज्य जातीय नामबाट बनाइएका छन्। ती सबैजसो छलफलमा सम्बन्धित जातिको नै बाहुल्य हुनु पनि अस्वाभाविक भएन। तर, संघीयता आफैँमा विवादित मुद्दा हो। त्यसमा पनि पहिचान र जातीयताको मुद्दा संवेदनशील छ। "संविधानसभाको समितिले नै पनि सर्वसम्मत नक्सा कोर्न सकेको छैन," राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम भन्छन्, "दुईवटा नक्सा समितिले अघि सारेको छ। एउटा मात्रै मोडल, त्यो पनि जातीयतामा आधारति नक्सालाई मात्रै किन छलफलमा ल्याइयो ?"

संविधानसभाले नै औपचारकि पहिचान नदिएका सभासद् समूह -ककस)हरूलाई सीसीडीले विशेष रूपमा सघाउने गरेको छ। जस्तो कि जनजाति सभासद् समूहका बैठक, छलफल र तालिमको आयोजना सीसीडीले गरेको छ। र, आफ्नो वाषिर्क प्रगति प्रतिवेदनहरूमा पनि जनजातिका अधिकारसम्बन्धी मुद्दाको उठान गर्न र ती कुरा नयाँ संविधानमा प्रतिविम्बित गराउन परयिोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरएिको छ। तर, सीसीडीकी कम्युनिकेसन्स तथा मिडिया अफिसर रेणु क्षेत्री भन्छिन्, "सहयोग माग्न आएका जुनसुकै सभासद्लाई पनि हामी आवश्यक प्राविधिक सहयोग गर्छौं, कुनै जाति विशेषलाई होइन।"

सुरुमा संविधानसभाका सबै गतिविधि प्रत्यक्ष प्रसारण गर्ने र त्यसको अभिलेखनसमेत गर्ने योजनाका साथ तय गरएिको परयिोजनाको स्टेयरङि् कमिटीमा संविधानसभाका महासचिव सदस्य हुनुलाई नै वैधानिकताको आधारका रूपमा देखाउने गरएिको छ। तर, यसको वैधानिक हैसियत र विवादास्पद गतिविधिमाथि पटकपटक सभासद्हरूले नै प्रश्न उठाउँदै आएका छन्। छुट्टै लोगो, कार्यालय र प्रशासनिक संरचना रहेको यो संयन्त्र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -यूएनडीपी)को सहभागितामूलक संविधान निर्माण सहायता परयिोजना अन्तर्गत भनिएको छ। १ करोड ८८ लाख अमेरकिी डलर बजेट रहेको यस परयिोजनामा अन्य दातृ निकायहरूको पनि सहयोग छ। सीसीडीको मात्रै १ अर्ब ४७ करोड रुपियाँ रहेको छ।

सीसीडीले संविधानका विवादित विषयमा समेत छलफल गराउँदै आएको छ। यतिसम्म कि सीसीडीले सहभागीहरूको उपस्थिति उठाउने पुस्तिकामा समेत कुन जातको हो भनेर खोल्नुपर्ने ढाँचा तयार पारेको छ। यसले नै आफ्ना हरेक छलफल र बहसमा जातीयतालाई केन्द्रमा राखेर विषय छनोट गर्ने, जातीय/साम्प्रदायिक आग्रहबाट ग्रस्त व्यक्तित्वहरूलाई कार्यपत्र लेख्न प्रायोजन गर्ने र यस्तै व्यक्तिहरूलाई भेला गराउने काममा रकम खर्च गरेको आरोप कतिपय विज्ञहरूले लगाउने गरेका छन्। जातीय मूल हेरेरै सहायता बाँड्ने चलनसमेत यसले बसालेपछि उसका गतिविधि झनै विवादमा पर्न थालेका छन्। यस्तै, गतिविधिका कारण कतिपय नेपाली विज्ञ र सभासद्हरू सीसीडीका कार्यक्रममै जान छाडेका छन्। संविधानसभाका समितिहरूले विषयगत अवधारणा तयार पार्ने क्रममा देशव्यापी जनमत संकलन गर्नुअघि गाउँगाउँमा जनतालाई भेला गराएर आगामी संविधानमा अपेक्षित विषयको वकालत गर्न लगाइयो। त्यसका लागि निश्चित गैरसरकारी संस्थाहरूका सञ्जाललाई प्रायोजन गरयिो। त्यस क्रममा मुलुकका १५ वटा गैरसरकारी संस्थाहरूका जातीय/क्षेत्रीय सञ्जालहरूलाई सीसीडीद्वारा करबि साढे दुई करोड रुपियाँ बाँडिएको थियो। source : http://www.ekantipur.com/nepal/article/?id=3150