Sunday, August 21, 2022

प्रदीप गिरिका तीन रूप

 नोटबुक

  • रामबहादुर रावल


प्रदीप गिरि-१ 

आमनेपालीले जस्तै म पनि प्रदीप गिरीलाई एक गम्भीर चिन्तकका रूपमा चिन्छ । पहिलोपल्ट भेट्दा उनी मेरो परिकल्पनाभन्दा धेरै फरक थिएनन् । ०६६ चैतको दोस्रो साता। गिरिजाप्रसाद कोइरालाको निधनको केही दिनपछि गिरिलाई काठमाडौंको भीमसेनगोलास्थित घरमा भेटेको थिएँ । पुरानो र बेवारिसेजस्तै लाग्ने त्यस सानो घरभित्र उनी कुर्तापाइजामामा थिए । मैलो नभए पनि खासै सुकिलो थिएन पहिरन । छुस्स दारी । फाटेका र मयल टलक्क टल्किएका सोफा । कतै कार्पेट देखिन्थ्यो त कतै सिमेन्टको कालो र खस्रो भुईं ।

यो पनि हेर्नुहोस्-

 प्रदीप गिरिको त्यो रेकर्डर

त्यसपछि पनि केही समय त्यही घरमा भेटें उनलाई । उनका सहयोगी आज एउटा, भोलि अर्को हुन्थे । समयको ठेगान नहुने । उनलाई भेट्न पुग्नेहरू घन्टौं कुरिरहेका हुन्थे । कोही त बिहानै गएर उनलाई ढुक्थे, साँझ नभेटीकन फर्किन्थे र भोलिपल्ट त्यही सिलसिला दोहोऱ्याउँथे । मैले पनि उनलाई निर्धारित समयमा मुस्किलले भेटेको छु ।

Friday, August 19, 2022

नेपालमा नागरिकताको इतिहास कस्तो छ ?

काठमाडौँ । विसं १९१० को मुलुकी ऐन, पृथ्वीनारायण शाहको दिव्योपदेश, राणाकालीन सनद सवालहरूमा नेपाली नागरिक र गैर नेपाली नागरिकको विभेदबारे उल्लेख छ । सो भन्दा पहिला नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउन सकिने स्पष्ट आधार भेटिँदैन ।

नेपाल सरकार वैधानिक कानून २००४ र नेपालको अन्तरिम शासन विधान, २००७ मा नेपाली नागरिकताको प्रमाणपत्रको सम्बन्धमा स्पष्ट व्यवस्था नभएपनि नागरिकको निमित्त एकै किसिमको देवानी ऐन जारी गर्ने व्यवस्थालाई हेर्दा नागरिक र गैर नागरिक छुट्टिएको देखिन्छ ।

 यो पनि हेर्नुहोस् ः  नागरिकता प्रकरण — सधैँको किचलो

नेपालमा नागरिकताको नीतिगत थालनी वि.सं. २००९/०१/२६ बाट लागू भएको नेपाल नागरिकता ऐन, २००९ बाट भएको देखिन्छ ।