Monday, January 7, 2013

पपेट एनजीओको हल्लीखल्ली


यतिबेला गैरसरकारी संस्था (एनजीओ)को क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । त्यसको कारण अरू केही नभएर दाताले जन्माउने एनजीओको विषयलाई लिएर हो । नेपालस्थित सबैजसो विदेशी दातृ निकायका आ-आफ्नै 'पपेट' एनजीओ छन् भन्ने चर्चा त विकासे क्षेत्रमा पुरानै हो । ती एनजीओ दाताले नै दिएका विषय, नारा, परियोजनाका ढाँचा अनुसार चल्छन् र त्यसै अनुसार रिपोर्ट तयार गरेर बुझाउँछन् भन्ने कुरा पनि नयाँ हुन छाडेको छ । तर, संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि (आरसीएचसी)को कार्यालयको अध्ययनले द्विपक्षीय र बहुपक्षीय दातृ निकायले नै जन्माएका एनजीओ भेटेपछि त झन् विषय चर्किने भइहाल्यो ।

आरसीएचसीले गत जनवरी (पुस-माघ)मा गरेको अध्ययनबाट यो तथ्य फेला परेको हो । त्यस प्रतिवेदनमा भनिएको छ, 'दातृ निकायले आफ्नै कार्यालयका कर्मचारीलाई परियोजनाको आकार घटाउने बेलामा छुट्टै एनजीओ स्थापित गर्न लगायो । र, अहिले सोही दातृ निकायको सहयोगमा त्यो एनजीओले परियोजनाहरू चलाइरहेको छ । त्यस एनजीओमा आबद्ध सबैजसो व्यक्ति त्यस दातृ निकायका पूर्वकर्मचारी हुन् ।'

अहिले एनजीओ क्षेत्रमा यही विषयलाई लिएर हल्लीखल्ली छ । खासगरी यसरी चलेका एनजीओ कुनकुन हुन् र सुशासनका पाठ पढाउने दातृ निकायले किन यस्तो गरे भन्ने प्रश्नबारे अनेकथरी अड्कलबाजी भइरहेको छ । धेरैजसोले रूपान्तरण नेपाल नामक संस्थाको नाम यस सन्दर्भमा लिने गरेका छन् । उक्त संस्था बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी)ले जीविकोपार्जनका लागि वन कार्यक्रम (एलएफपी)का कर्मचारीलाई स्थापना गर्न लगाएको थियो । पछि स्वीट्जरल्यान्डको विकास नियोग (एसडीसी)ले नेपाल-स्वीस सामुदायिक वन परियोजनाका कर्मचारीलाई यस संस्थामा पठाएयो । यो कुरा संस्थाका बहालवाला सदस्य र कर्मचारीहरू पनि स्वीकार्छन् । नेपालको विकासमा सघाउन आएको भन्ने तर आ-आफैँले मन परेका व्यक्तिहरूलाई एनजीओ खोल्न लगाउने र तिनैलाई विभिन्न परियोजनाको जिम्मा दिने दातृ निकायहरूले थालेको यस अभ्यासले सुशासन, पारदर्शिता, निष्पक्षता र स्वस्थ प्रतिपस्र्धामध्ये कुन मूल्यलाई सघाउँछ होला ?
http://www.ekantipur.com/nepal/article/?id=3521

न्यायाधीश नियुक्ति : थरीथरीका खेल


रामबहादुर रावल

कानुन तथा न्यायमन्त्री एवं न्यायपरष्िाद् सदस्य वृजेशकुमार गुप्ताले कम्तीमा एक न्यायाधीश आफ्नो पक्षबाट पर्नुपर्ने अडान राखेका छन्। त्यसका लागि उनले अधिवक्ता मदनकुमार गुप्ताको नाम अघि सारेका छन्, जो नेपाल बार एसोसिएसनको सिफारसिसूचीमा छैनन्। न्यायपरष्िाद्कै अर्का सदस्य उपेन्द्रकेशरी न्यौपाने भने आफूनिकट पार्टी -नेपाली कांग्रेस) र बार नेतृत्वले फरकफरक नाम सुझाएका कारण द्विविधामा छन्। तर, सदस्य खेमनारायण ढुंगानाले संसदीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भइसकेका अधिवक्ता लीला उदासी खनाललाई अघि सार्न खोजिरहेका छन्। 

न्यायपरष्िाद्का तीन सदस्य राजनीतिक पृष्ठभूमिका हुनु र न्यायाधीश नियुक्तिमा भागबन्डा चल्नुबीच कति नजिकको साइनो छ भन्ने कुरा यही परदिृश्यले स्पष्ट पार्छ। यतिखेर न्यायाधीश नियुक्तिको प्रक्रिया निणर्ायक मोडमा पुगेको छ। विगतकै भागबन्डा संस्कृतिको निरन्तरता दिने बाटोमा न्यायपरष्िाद् अग्रसर भएको आशंका न्यायिकवृत्तमा व्याप्त छ। न्यायपरष्िाद् सदस्यमध्ये ढुंगाना एमालेबाट, न्यौपाने कांग्रेसबाट र कानुनमन्त्री गुप्ता मधेसी मोर्चाको प्रतिनिधित्व गर्छन्। अझ सरकार परविर्तनको हल्लाले न्यायपरष्िाद् सदस्यहरूका कान झनै ठाडा भएका छन्। किनभने, सरकार फेरएिपछि कुन पार्टीको नेता कानुनमन्त्री बन्छ भन्ने कुराले पनि अर्थ राख्छ। संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीको प्रतिनिधित्व न्यायपरष्िाद्मा छैन। आफ्नो औपचारकि उपस्थिति नभए पनि न्यायाधीश बनाउने खेलमा माओवादीको चासो नै नभएको भने होइन। माओवादी पक्ष सकेसम्म न्यायपरष्िाद्ले अघि बढाइरहेको न्यायाधीश नियुक्ति प्रक्रिया रोक्न खोजिरहेको छ।

सर्वोच्चमा फागुनभित्रै न्यायाधीश नियुक्ति गरसिक्ने पछिल्लो लक्ष्यमा परष्िाद् चुकिसकेको छ। यसको गाँठो फुक्न नदिने यस्ता कारणहरू छन्, जसमध्ये कतिपयमा प्रधानन्यायाधीश एवं न्यायपरष्िाद् अध्यक्ष खिलराज रेग्मीको स्वभावगत र मनोगत पक्ष जिम्मेवार छन् भने कतिपय व्यक्त/अव्यक्त खेलसँग सम्बन्धित छन्। 

खेल थरीथरीका न्यायपरष्िाद्ले एउटा चलाखी के गरेको छ भने देशभरका कानुन व्यवसायीको भेलामा न्यायाधीश नियुक्तिको विषयलाई मुद्दा बन्नबाट रोक्यो, न्यायाधीश नियुक्तिको निर्णयमा ढिलाइ गरेर। न्यायपरष्िाद्का सबैजसो सदस्यलाई थाहा छ कि न्यायाधीश नियुक्तिको निर्णयले अनेकथरी प्रतिक्रिया जन्माउनेछ। अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन त्यस्ता प्रतिक्रिया व्यक्त गर्ने थलो नबनोस् भन्ने परष्िाद् पदाधिकारीको चाहना लगभग पूरा भएको छ। किनभने, सम्मेलनअघि नियुक्तिको निर्णय गरएिन। ३ चैतमा राजधानीमा सुरु भएको कानुन व्यवसायीहरूको तीनदिने राष्ट्रिय सम्मेलन सकिएपछि मात्रै न्यायपरष्िाद्को बैठक बस्नेछ।

परष्िाद्ले यसैपालिदेखि सरोकारवाला निकायसँग आधिकारकि रूपमा न्यायाधीशका सम्भावित उम्मेदवारको नाम मागेर नयाँ अभ्यास थाल्यो। परष्िाद्कै आग्रहमा बारले १५ र त्रिभुवन विश्वविद्यालय कानुन संकायले पाँच जनाको नाम सिफारसि गरेका छन्। अब परष्िाद्ले ती नामभन्दा बाहिर गएर निर्णय गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उठेको छ। परष्िाद्लाई खास अप्ठ्यारो कानुन व्यवसायीको कोटामा पर्ने कम्तीमा तीन न्यायाधीशका लागि बारले दिएको सूचीभन्दा बाहिर जाने कि नजाने भन्नेमा परेको छ। 

बारसँग मागिएका कतिपय नाम न्यायपरष्िाद्लाई चित्त बुझेको छैन। बारले सिफारसि गरेकामध्ये मुद्दामा पातलो उपस्थिति, व्यापारकि प्रतिष्ठानमा सल्लाहकार भएर बढी समय बिताएका, बजारमा खासै नाम नचलेका, कतिपय नाममा आचरणको प्रश्न पनि उठेका छन्। कनिष्ठको वर्चस्व हुनु र विषयगत विशिष्टताका दृष्टिले बहुविधा समेट्न नसक्नु न्यायपरष्िाद्का लागि बारको सूचीभन्दा बाहिर जान सक्ने अरू आधार हुन्। बारको सिफारसिमा परेकामध्ये हरपि्रसाद उपे्रती प्रशासनसम्बन्धी मुद्दामा र अनिल सिन्हा कर्पोरेट कानुन र करमा विशिष्टता भएका मानिन्छन्। बाँकी सामान्यतः सबै खालका मुद्दामा बहस गर्नेमा पर्छन्। तर, बारसँग नाम मागेर पनि न्यायाधीश बाहिरबाट खोजेर राख्दा दीर्घकालीन रूपमा बार-बेन्च सम्बन्ध बिग्रन सक्ने सम्भावना पनि त्यत्तिकै छ। "हाम्रो सिफारसि नमान्ने हो भने किन मागेको त ?" बार अध्यक्ष प्रेमबहादुर खड्का भन्छन्, "हामीले सिफारसि गरेका भित्रैबाट न्यायाधीश बनाउनुपर्छ भन्ने हाम्रो दृढ अडान छ। अन्यथा हामी सहँदैनौँ, विरोधमा उत्रिन्छौँ।"

ज्येष्ठताक्रममा रहेका कतिपय पुनरावेदन अदालतका मुख्य न्यायाधीश उमेर हदका कारण निवृत्त हुने अवस्थामा छन्। न्यायपरष्िाद्ले न्यायाधीश नियुक्तिमा अलिकति मात्रै ढिलाइ गर्दा पनि दोस्रो पुस्ताका न्यायाधीशहरूले अवसर पाउनेछन्। त्यसैले कतिपय पुनरावेदन अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरू ढिलाइको पक्षमा 'लबिङ्' गर्न थालेको स्रोतको भनाइ छ। यस खेमाका न्यायाधीशहरू केही न केही मुद्दा उठाएर विवाद सिर्जना गर्ने, प्रधानन्यायाधीश र वरष्िठ न्यायाधीशलाई भेटेर दबाब दिने, न्यायाधीश समाजका नाममा कार्यक्रम गरेर सरोकार जनाउने गरेका छन्। हालै पुनरावेदन अदालतका न्यायाधीशहरूको टोलीले कनिष्ठ कानुन व्यवसायीलाई न्यायाधीश बनाउन नहुने भन्दै प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएका थिए। स्रोतका अनुसार पुनरावेदनकै न्यायाधीशहरूको एउटा खेमा आफ्ना समकालीन वकिलहरू सर्वोच्चमा पुग्दा आफू पछि पर्न सक्ने भन्दै त्यस्ता व्यक्तिलाई न्यायाधीश बन्नबाट रोक्ने अभियानमा छन्। 

प्रधानन्यायाधीश रेग्मी सकेसम्म निर्विवाद भएर निर्णय गर्न पाए हुन्थ्यो भन्ने सोचाइमा रहे पनि सहमतिको विन्दु फेला पार्न नसकेको स्रोतको भनाइ छ। सर्वोच्चकै कतिपय न्यायाधीशहरू त नयाँ संविधानमा पर्न सक्ने पुनःनियुक्तिको व्यवस्थाबाट सशंकित छन्। खासगरी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीशहरू पुनःनियुक्तिका क्रममा वरयिता हेरफेर हुन सक्ने आशंका गररिहेका छन्। त्यसैले संविधानमा के व्यवस्था हुन्छ भन्ने स्पष्ट नहुन्जेल नियुक्ति नगर्न लबिङ् पनि भइरहेको छ। 

मापदण्डमा हेरफेर
न्यायपरष्िाद् सदस्यसमेत रहेका कानुनमन्त्री गुप्ताले दाङमा सम्पन्न नेपाल बार एसोसिएसनको प्रतिनिधिपरष्िाद् भेलामा न्यायाधीश बन्नका लागि १०-२० लाखसम्म घूसको प्रस्ताव आएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। धेरै नबोल्ने, तौलेर बोल्ने, आफ्नो बोली र कार्यव्यवहारका कारण विवादमा पर्न नचाहने स्वभावका प्रधानन्यायाधीश रेग्मीलाई गुप्ताको यस अभिव्यक्तिले त झस्काएकै थियो, बारले सिफारसि गरेका १५ जना कानुन व्यवसायीको नामले बारभित्रै बबन्डर पैदा गर्दा झनै असमञ्जसमा पार्‍यो। विगतमा न्यायाधीश नियुक्तिमा भएका राजनीतिक भागबन्डाका आरोप पनि प्रधानन्यायाधीश रेग्मीले बिर्सेका छैनन्। त्यही कारण सकेसम्म विवादमुक्त बनाउने प्रयासस्वरूप सबै पक्षको रायसुझाव, प्रक्रियागत स्पष्टता र धेरै आयामबाट प्रस्तावित व्यक्तिको मूल्यांकन गर्न खोजिरहेका छन्, उनले। उनीनिकट स्रोतका अनुसार प्रधानन्यायाधीशको यही स्वभावका कारणले पनि न्यायाधीश नियुक्तिको काममा ढिलाइ भइरहेको छ। 

न्यायपरष्िाद्ले यसपटक नियुक्तिको प्रक्रिया र मापदण्डमै उल्लेख्य हेरफेर गर्दैछ। यसअघि संविधान र न्यायपरष्िाद् ऐनका अस्पष्ट आधारलाई उल्लेख गर्दै न्यायाधीश नियुक्त गर्ने प्रचलन थियो। धेरैजसो अवस्थामा त न्यायपरष्िाद्का सदस्यहरूबीच आ-आफ्नो गोजीबाट सूची निकालेर नाम जम्मा गर्ने र आपसी सहमतिमा नियुक्तिको निर्णय गर्ने परम्परा थियो। अहिले न्यायाधीश नियुक्ति -प्रक्रिया) मापदण्ड, २०६८ को मस्यौदामाथि आन्तरकि रूपमा छलफल भइरहेको छ। छलफलबाट प्राप्त सुझावका आधारमा अन्तिम रूप दिई यही साताभित्र पारति गरनिे न्यायपरष्िाद् सचिव जीवनहर िअधिकारी बताउँछन्। उनका अनुसार पछिल्लोपल्ट सर्वोच्चकै कर्मचारी र न्यायाधीशहरूसँग यसबारे छलफल गरएिको छ। 

प्रस्तावित प्रक्रिया अनुसार सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारसि प्रक्रिया सुरु गर्दा परष्िाद्ले योग्यता पुगेका व्यक्तिहरूमध्येबाट प्रारम्भिक सूची तयार गर्नेछ। सूचीमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश, पुनरावेदनका मुख्य न्यायाधीश, पुनरावेदनमा सात वर्ष सेवा गरेका न्यायाधीश, वरष्िठ अधिवक्ताको उपाधि पाएका कानुन व्यवसायी, न्यायसेवाको राजपत्रांकित प्रथम श्रेणी वा विशिष्ट श्रेणीमा रही कम्तीमा १२ वर्ष सेवा गरेका व्यक्ति पर्नेछन्। परष्िाद्ले मागे अनुसार नेपाल बार एसोसिएसनले सिफारसि गरेका अधिवक्ता र कानुन संकायले सिफारसि गरेका प्राध्यापक पनि सूचीमा राखिनेछ। र, परष्िाद्ले आफँै पनि उपयुक्त देखेका अधिवक्ता तथा कानुनविद्लाई सूचीमा राख्न सक्नेछ।

यसरी सूचीकृत भएकाहरूको मूल्यांकनका लागि परष्िाद्ले सम्बन्धित निकाय वा व्यक्तिसँग थप विवरण माग गर्नेछ। मूल्यांकनका लागि सर्वोच्चका वरष्िठतम् न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय मूल्यांकन समिति गठन गर्न सकिने व्यवस्था पनि गरएिको छ।

पुनरावेदनका मुख्य न्यायाधीश वा न्यायाधीशबारे मूल्यांकन गर्दा उपल्लो निकायबाट हुने निरीक्षण प्रतिवेदन, कार्यसम्पादन मूल्यांकन, मुद्दा फस्र्यौटको स्थिति र तीमाथि परेका उजुरीसमेतलाई विचार गरनिे भएको छ। सर्वोच्च अदालतमा कार्यरत अस्थायी न्यायाधीशको निर्णय क्षमता, फैसला लेखन र फैसलाको गुणस्तर, आचारसंहिताको पालनासमेतलाई स्थायी न्यायाधीश नियुक्ति गर्दा विचार गरनिे उल्लेख छ। यसो हुँदा आर्थिक, आचरणगत र व्यावसायिक रूपमा विवादमा परेका व्यक्तिहरू न्यायाधीश बन्ने अवसरबाट टाढै रहने अपेक्षा छ। 

अस्थायी न्यायाधीश, कानुन व्यवसायी वा अन्य कुनै व्यक्तिलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्ति गर्नुपूर्व सर्वोच्चका वरष्िठ न्यायाधीश, सम्बन्धित संस्था वा व्यक्तिहरूसँग समेत परामर्श गरनिे मस्यौदामा उल्लेख छ। परामर्श गर्दा कानुनी विषयको ज्ञान र क्षमता, अदालत र न्यायप्रतिको निष्ठा, पेसागत तथा व्यावसायिक निपुणता, उच्च नैतिक आचरण र व्यवहार, इमानदारी र कार्यकुशलता गरी पाँच बुँदा तय गरएिको छ। कानुन व्यवसायी उम्मेदवार भए उनी कार्यरत क्षेत्रको पुनरावेदन अदालतका मुख्य न्यायाधीशसँग समेत परामर्श गरनिे भएको छ। परष्िाद्ले तयार गरेको सूचीबाट यी मापदण्डका आधारमा आवश्यक संख्याको तेब्बर संख्यामा प्रथम चरणमा छनोट गरनिेछ। न्यायाधीश नियुक्तिको सिफारसि गर्दा विषयगत विशेषज्ञता र गुणस्तरीयतालाई समेत विचार गरी योग्यतम्मध्ये समावेशी वर्गमा परेकालाई प्राथमिकता दिने नीतिसमेत परष्िाद्ले तय गरेको छ। यसरी छनोट भएका व्यक्तिमध्येबाट परष्िाद्ले संसदीय सुनुवाइका लागि सिफारसि गर्नेछ। र, संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशले न्यायाधीश नियुक्त गर्नेछन्। 

भार बढ्दै
गत असार मसान्तसम्म सर्वोच्च अदालतमा १० हजार ४ सय २२ मुद्दा विचाराधीन थिए। अहिले यो संख्या बढेर ११ हजार नाघेको छ। विचाराधीन मुद्दाको संख्या बढ्नुको कारण अदालतमा आउने नयाँ मुद्दाको चाप मात्रै होइन। मुद्दा फस्र्यौटलाई अभियानकै रूपमा लिएको सर्वोच्च पछिल्लोपल्ट सुस्ताउनुको प्रमुख कारण न्यायाधीशहरू घट्दै जानु हो। १ चैतबाट सर्वोच्च अदालतका न्यायाधीश प्रेम शर्मा ६५ वर्ष उमेर पुगेर निवृत्त भएपछि स्थायी न्यायाधीशको रत्तिm पद संख्या सात पुगेको छ। अन्तरमि संविधानमा प्रधानन्यायाधीशबाहेक १४ जना स्थायी न्यायाधीश सर्वोच्चमा रहने व्यवस्था छ। अहिले प्रधानन्यायाधीशसमेत गरी स्थायी आठ र अस्थायी आठ गरी १६ जना न्यायाधीश सर्वोच्च अदालतमा बहाल छन्। तर, स्थायीमध्ये रणबहादुर बम व्यवस्थापिका-संसद्ले महाभियोग लगाउने/नलगाउने टुंगो नलागेका कारण मुद्दा हेर्न पाइरहेका छैनन्। त्यसमाथि अनुभवी न्यायाधीशहरू निवृत्त हुनु र नयाँ न्यायाधीश समयमा नियुक्त नहुनुले सर्वोच्चको समग्र कार्यसम्पादन दरमा थप नकारात्मक असर परेको छ। 

न्यायपालिकाभित्र र बाहिरबाट न्यायपरष्िाद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश रेग्मीमाथि दबाब भने बढ्दो छ। बार, न्यायाधीश समाज, न्यायपालिका अधिकृत समाजलगायतले संगठित रूपमै न्यायाधीश नियुक्तिका लागि झक्झक्याइरहेका छन्। मुद्दाको बढ्दो चाप, विभिन्न पक्षको दबाब र आफ्नै पूर्वनिर्धारति कार्यतालिकाका कारण पनि परष्िाद्ले न्यायाधीश नियुक्तिका लागि धेरै समय अलमल गर्न सक्ने अवस्था भने छैन। त्यसैले ठूलो विवाद भएन भने केही दिनभित्रै न्यायपरष्िाद्ले सर्वोच्चमा न्यायाधीश नियुक्तिको निर्णय गरसिक्नेछ। न्यायपरष्िाद् सचिव अधिकारी भन्छन्, "सबै सरोकारवाला पक्षसँगको रायसुझावका आधारमा न्यायपरष्िाद्ले गृहकार्य गररिहेको छ। अब चाँडै नै निर्णयमा पुग्छौँ।" 

६ महिनाअघिदेखि न्यायाधीश नियुक्तिको चर्चा चले पनि अझै विलम्ब हुँदा न्यायसम्पादनको काम, न्यायपालिका सुधारको रणनीतिक योजना र न्यायपालिकाप्रतिको जनास्थामै प्रभाव पर्नसक्ने भएकाले थप अलमल गर्न सक्ने अवस्था छैन। स-साना विवाद पनि सर्वोच्चमा जाने व्यवस्था, झन्झटिलो न्यायिक प्रक्रियालगायत कतिपय कारणले सर्वोच्चमा अस्वाभाविक मात्रामा मुद्दाको चाप देखिएको छ। दीर्घकालीन समाधानका लागि सर्वोच्चको अधिकारक्षेत्रमै हेरफेर गर्न सकिने भए पनि तत्कालका लागि खाली ठाउँमा न्यायाधीश नियुक्तिको विकल्प देखिँदैन। यस अवस्थामा प्रधानन्यायाधीशको विवादमुक्त हुने मनोगत चाहनाले मात्र काम नगर्न पनि सक्छ। 

भुङ्ग्रोमा वस्तीप्रस्तावित न्यायाधीश नियुक्ति -प्रक्रिया) मापदण्डको बुँदा नम्बर ६ -ङ)मा अदालतको अवहेलनामा सजाय पाएको व्यक्ति न्यायाधीश पदका लागि अयोग्य हुने उल्लेख छ। यो व्यवस्था लागू गरएि त्यसको पहिलो सिकार अस्थायी न्यायाधीश प्रकाश वस्ती हुनेछन्। बहालवाला न्यायाधीशहरूमा अध्ययनशील र साहसी मानिने न्यायाधीश वस्ती न्यायसम्पादनका क्रममा खासै विवादमा नपरेका भए पनि अबको उनको यात्रा भने खतरा क्षेत्रमा पुगेको छ। ८ असोज ०३९ मा वस्तीलाई अवहेलना मुद्दामा कसूरदार ठहर्‍याइएको थियो। 

गत वर्ष असोजमा न्यायाधीशद्वय बलराम केसी र रामकुमारप्रसाद साहको इजलासले गरेको निर्देशनात्मक आदेशका आधारमा यो प्रावधान मस्यौदामा समावेश गरएिको हो। न्यायपरष्िाद्मा अहिलेसम्म सबैभन्दा धेरै छलफल पनि न्यायाधीश वस्तीको भविष्य र मस्यौदाको यही प्रावधानबारे भएको छ। वस्तीलाई जोगाउन सकिने आधार र तर्कहरूको खोजी पनि प्रशस्तै गरएिको थियो। तर, उनलाई स्थायी न्यायाधीशमा नियुक्ति गर्दा सुरुदेखिकै प्रक्रियामा लाग्नुपर्ने हुँदा उनले सबै मापदण्डमा खरो उत्रनुपर्नेछ। अस्थायी न्यायाधीशहरूमा पहिलो वरयितामा रहेका वस्ती अवहेलना मुद्दामा सजाय नपाएका भए स्वतः स्थायी हुन्थे। तर, अदालतको आदेश मात्रै नभई न्यायाधीशहरूको हालै सम्पन्न गोदावरी सम्मेलनले समेत अनुमोदन गरेर मापदण्डमा राखिएको उक्त बुँदाले कानुनी रूप पाउने निश्चितजस्तै भइसकेको छ। न्यायपरष्िाद् ऐन संशोधनका लागि तयार गरएिको मस्यौदामा समेत यो व्यवस्था समावेश गरसिकिएको छ। 

न्यायाधीशका अयोग्यता
- सरकारवादी फौजदारी कसूरमा अदालतबाट सजाय पाएको।

- व्यावसायिक आचारसंहिता वा अनुशासन उल्लंघन गरेबापत सम्बन्धित निकाय वा    संस्थाबाट विभागीय वा अन्य कुनै सजाय पाएको।

- न्यायपरष्िाद् ऐनको दफा ४ (क)को उपदफा (२), (३), (४ख)को आरोपमा कुनै  न्यायाधीशलाई सचेत गराइएकामा त्यसरी सचेत गराइएको मितिले दुई वर्षसम्म।

- गाली-बेइज्जती, बालश्रम शोषण, जातीय भेदभाव, मानव अधिकारको उल्लंघन    वा अदालतको मानहानिसम्बन्धी मुद्दामा सजाय पाएको।

- बैँक तथा वित्तीय संस्थाको ऋण नतिरेको कारणबाट कालो सूचीमा परेको।

- प्रचलित कानुनबमोजिम बुझाउनैपर्ने कर तथा राजस्व नबुझाएको।

- साहूको दामासाहीमा परेको।

- निर्वाचनसम्बन्धी कानुनबमोजिम सजाय पाएको।

- अदालतको आदेश र निर्णय पालना नगरेको।

- पदीय आचरणविपरीत सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको।

- विभागीय सजाय पाएका कर्मचारी तथा प्राध्यापक र अनुशासनात्मक कारबाहीमा परेका कानुन व्यवसायी।
स्रोत : न्यायाधीश नियुक्ति (प्रक्रिया) मापदण्ड, २०६८ को प्रस्तावित मस्यौदा
http://www.ekantipur.com/nepal/article/?id=3531

आईएनजीओमा आँखा



"नेपालमा भएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (आईएनजीओ)मा नेपाल सरकारले निगरानी बढाई तिनका चीनविरोधी गतिविधिको जानकारी चीनलाई पनि दिन प्रस्ताव गरेका छौँ," १४ फागुनमा गृह मन्त्रालयमा दुईपक्षीय सुरक्षा वार्ता गर्दै चिनियाँ टोली नेता केई लीले नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत चीनविरोधी गतिविधिहरू हुने गरेको आफ्नो दाबी प्रस्तुत गरे। उनले त्यस्ता गतिविधिबारे चीनलाई पनि तत्कालै सूचना उपलब्ध गराइदिन आग्रह पनि गरेका थिए।

५ माघमा दक्षिण छिमेकी भारतले नयाँदिल्लीमा सम्पन्न गृहसचिवस्तरीय बैठकमा नेपालबाट यसैगरी सूचना मागको प्रस्ताव गरेको थियो। उसको उद्देश्य उसकै भनाइमा यहाँ रहेका पाकिस्तानी नागरकिहरू, त्यहाँको गुप्तचर संस्था आईएसआई र तिनका गतिविधि थिए। उत्तरको छिमेकी चीनले त्यसको एक महिनापछि लगत्तै यस्तै प्रकृतिको तर बेग्लै उद्देश्यसहितको प्रस्ताव गरेको छ। चीनको उद्देश्य नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू हुन्, जसले तिब्बती शरणार्थीका लागि सहयोग पुर्‍याइरहेका छन्। "उनीहरूले अमेरकिी र युरोपेली राष्ट्रहरूबाट सञ्चालित संस्थाहरूका गतिविधि नेपाल सरकारले नै निगरानी राख्नुपर्ने कुरा उठाए," वार्तामा सहभागी एक नेपाली सुरक्षा अधिकृत भन्छन्, "चीनविरोधी गतिविधिको सानो मात्रै सूचना पनि आफ्ना लागि महत्त्वपूर्ण हुने जिकिर गर्दै तत्कालै जानकारी दिन आग्रह गरेका छन्।"

भारतीय पक्षसँगको सुरक्षावार्ता निकै ठूलो हौवासहित हुने गरेको भए पनि चीनको प्रतिआतंकवाद अनुसन्धान फोर्सका कमान्डरको समेत संलग्नतामा भएको सुरक्षावार्ता भने गुपचुप रूपमै सम्पन्न भएको छ। यो वार्ता हुनुअघि र पछि पनि छुट्टाछुट्टै चिनियाँ सुरक्षा अधिकारीहरूको टोलीले नेपालको भ्रमण गरेका छन्। सशस्त्र प्रहरी बलका लागि तालिम केन्द्रको स्थापनाका नाममा आएको वार्तापूर्वको टोलीले वार्ताको वातावरण बनाउन भूमिका निर्वाह गरेको थियो। त्यसैगरी, १८ फागुनमा आएको अर्को सुरक्षा टोलीले वार्तामा उठेका विषयहरू र चिनियाँ चासोबारे 'फलोअप' गररिहेको छ। टोलीले राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, सशस्त्र प्रहरीलगायतका गृह मन्त्रालयसम्बद्ध कार्यालयहरूको भ्रमण गरी तिनका प्रमुख र उच्च अधिकारीहरूसँग दुईपक्ष्ाीय कुराकानीसमेत गरेको छ।

सुरक्षाका महत्त्वपूर्ण विषयमा चीनले औपचारकि प्रस्ताव गरेको यस वार्ताका बारेमा नेपालको गृह मन्त्रालयले समेत आधिकारकि रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन। मन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपाल सीमा सुरक्षासम्बन्धी नियमित विषयमा कुरा भएको बताउँछन्। उनी यति मात्र भन्छन्, "अपराध नियन्त्रणका बारेमा दुईपक्षीय छलफल भएको छ।"

स्रोतका अनुसार वार्तामा चीनको स्वशासित क्षेत्र तिब्बतको सार्वजानिक सुरक्षा विभागका उपप्रमुख लीले नेपालमा बढ्दो गैरसरकारी संस्थाहरूको चीनविरोधी गतिविधिले नेपाललाई नै पनि फाइदा नपुग्ने भन्दै नियन्त्रणका लागि आग्रह गरेका थिए। चिनियाँ प्रतिआतंकवाद अनुसन्धान फोर्सका कमान्डर पेङ् सिउजिङ्, बोर्डर सेक्युरटिी फोर्सका उपकमान्डर चिङ् वाङ्, सार्वजनिक सुरक्षा, जनरल अफिसका उपनिर्देशक ची वाङ्, आन्तरकि सुरक्षाबल, तिब्बतका उपप्रमुख लोउसाङ नौबु, अध्यागमन व्यवस्थापन फोर्सका उपप्रमुख जियाङ् चुन्ताओ, प्रहरी सम्पर्क विभागका प्रमुख ची जिङफेङ् र नेपालस्थित दूताबासका सैनिक सहचरी वरष्िठ कर्णेल चेङ् जिङ्होङ् सहभागी रहेको त्यस वार्तामा कुनकुन त्यस्ता गैरसरकारी संस्थाले नेपालमा चीनविरोधी गतिविधि गरेका छन् भन्नेबारे औपचारकि जानकारी भने दिइएन। साथै, त्यस्ता संस्थाहरूको सक्रियताले नेपाललाई पुर्‍याउने हानिको सैद्धान्तिक कुरा गरे पनि त्यस टोलीले त्यस्तो हानि के केमा हुनसक्छ भन्नेबारे चिनियाँ धारणा बताएन। स्रोतका अनुसार गैरसरकारी संस्थाहरूको सहयोगमा शरणार्थीका विभिन्न संगठनहरू निर्माण भएका र तिनलाई आवश्यक पर्ने सामग्री जुटाउँदा नेपालको राष्ट्रिय सुरक्षामा समेत असर पर्ने गरी हातहतियारको संकलन हुनसक्ने खतरातर्फ उनीहरूले संकेत गरेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकृतहरूको सहभागितामा नेपालका तर्फबाट सहसचिव एवं प्रवक्ता शंकरप्रसाद कोइरालाले वार्ता टोलीको संयोजन गरेका थिए। जसमा चीनले थप निम्न प्रस्ताव गरेको थियो ।

सूचना संयन्त्र ः वार्तामा चिनियाँ पक्षले आफ्नो मुलुकको अखण्डतामाथि नेपालमा बसेर काम गर्ने विदेशी संस्थाहरूका गतिविधिबारे सीमाक्षेत्रबाटै पनि जानकारी माग गरेको छ। शरणार्थीको सकुशल आगमन हुन सकोस् भनेर नेपाल-चीन सीमाक्षेत्रमा अवस्थित गुम्बाहरूमा सम्पर्क कार्यालय राखेर हुने गरेका गतिविधिप्रति चीनले सतर्कसमेत गराएको छ। उसले दुवै मुलुकका सीमा क्षेत्रका प्रशासनिक कार्यालयहरूमा सूचना केन्द्रहरूको स्थापना गर्ने र तत्कालै सूचना आदानप्रदान गर्नुपर्ने प्रस्ताव गरेको छ। यस्तो संयन्त्र निर्माण गर्दा लाग्ने प्राविधिक र अन्य खर्चसमेत चीनले नै बेहोर्ने जानकारी पनि दिएको स्रोतको दाबी छ।

पाँच नाकामा अध्यागमन ः चीनले नेपालसँगको सिमानाका पाँच ठाउँमा अध्यागमन कार्यालयहरू खोल्न नेपालसमक्ष प्रस्ताव गरेको छ। जसमा रसुवाको केरुङ, हुम्लाको यारी, मुस्ताङको नेचुङ, सोलुखुम्बु र संखुवासभाको किमाथांकामा नाका छन्। अध्यागमन विभागका महानिर्देशक सुधीरकुमार शाहका अनुसार चीनले यी ठाउँका आफ्नो भूमिमा अध्यागमन कार्यालय खोल्ने तयारी गरेको जानकारी दिएको छ। तिब्बती नागरकिहरूको बढी ओहोरदोहोर हुने यी नाकामा दुवैतर्फबाट अध्यागमन कार्यालयहरू स्थापना गर्न सके नियन्त्रण गर्न सकिने चीनको धारणा छ। नेपाली पक्षले रसुवाको टिमुरे, मुस्ताङको नेचुङ, हुम्लाको यारीमा गरी जम्मा तीनवटा नाकामा अध्यागमन कार्यालय खोल्न सकिने गरी प्रस्ताव अघि सारेको जानकारी चिनियाँ पक्षलाई दिएको छ। महानिर्देशक शाह भन्छन्, "हामीले चीनसँगका तीन नाकामा कार्यालय खोल्नेबारेको प्रतिवेदन मन्त्रालय पठाइसकेका छौँ। सैद्धान्तिक निर्णय हुन बाँकी छ।" हालसम्ममा नेपाल र चीनका बीच कोदारी राजमार्गस्थित तातोपानीमा मात्र अध्यागमन कार्यालय भएको नाका चालू छ।

तिब्बतीको हस्तान्तरण ः सीमाक्षेत्रमा पक्राउ पर्ने तिब्बती नागरकिहरूलाई शरणार्थीको दर्जा नदिन चिनियाँ पक्षले आग्रह गरेको छ। नेपाली भूमिमा प्रवेश गर्नासाथ मानव अधिकारकर्मी संस्थाहरूले तत्काल रेकर्डमा राखेर तिनलाई शरणार्थी बनाउने प्रक्रियाको अन्त्य हुनुपर्ने भन्दै उसले पक्राउपछि सीमामै रहने चिनियाँ सुरक्षाकर्मीलाई जिम्मा लगाउन भनेको छ। अध्यागमन विभागका महानिर्देशक शाहसँगको १४ फागुनको अर्को वार्तामा चीनले यस्तो माग गरेको हो। नेपाली पक्षले राजनीतिक तहमा सहमति भएमा मात्र पक्राउ हुने तिब्बतीहरूलाई फर्काउन सकिने बताएको छ।

दुई महिनाअघि भारतमा १० दिनसम्म चलेको कालचक्र पूजामा सहभागी हुन ठूलो संख्यामा तिब्बतीहरू नेपाल हुँदै गएकोबारे पनि चिनियाँ पक्षले आपत्ति जनाएको थियो। धार्मिक नेता दलाई लामाको उपस्थितिमा भएको सो पूजामा जानेमध्ये पक्राउ परेका व्यक्तिहरूको विवरण चीनले माग गरेको छ। पासपोर्टसमेत नभएका तिब्बतीहरू पुगेको जानकारी दिँदा पनि कारबाही नभएकोतर्फ उसले ध्यानाकर्षण गराएको छ। स्रोतका अनुसार सो पूजामा सहभागी भएर फर्किएका २ सय ५० भन्दा बढी तिब्बतीहरूलाई थानकोट र कालीमाटी प्रहरीले पक्राउ गरेको थियो। उनीहरू सबैजसोले साथमा भिसासमेत लागेको पासपोर्ट देखाएकाले मुक्त गरएिका थिए।

शरणार्थीलाई कानुन लगाउन माग ः नेपालमा बसेका तिब्बती शरणार्थीहरूले शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय कानुन तथा नेपालकै कानुनको पनि उल्लंघन गररिहेकोतर्फ चिनियाँ अधिकारीहरूले ध्यानाकर्षण गराए। शरणार्थीको हैसियत पाएपछि अर्को देशमा नारा-जुलुस गर्नु, सडक अवरोध गर्नु, आत्मदाहको प्रयास गर्नुजस्ता कामहरू अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै उल्लंघनकर्ता तिब्बती शरणार्थीहरूलाई सो कानुन अनुसार व्यवहार गर्ने माग गरएिको छ। तिब्बती शरणार्थीहरूले युथ कांग्रेसजस्ता विभिन्न संगठनहरू बनाई नेपालमा स्वतन्त्र तिब्बतलगायत अन्य मानव अधिकारसम्बन्धी प्रदर्शनहरू गर्दै आएका छन्।

विशेष निगरानी : चिनियाँ टोलीले अंग्रेजी पात्रोको मार्च महिनाभर नेपालमा तिब्बती शरणार्थीहरूका सानाभन्दा साना गतिविधिहरूमाथि रोक लगाइदिन नै आग्रह गरेको छ। उसले यो महिना आफ्नो मुलुकका लागि विशेष समय भएको जानकारी दिएको छ। बेइजिङ्मा चिनियाँ कम्युनिस्ट पार्टीको जनकांग्रेसको बृहत् बैठक बस्ने र भावी नीतिहरू तय गर्ने भएकाले यो महिना चीनका लागि विशेष भएको हो। यस अवधिमा नेपालमा चीनविरोधी सानाभन्दा साना कार्यक्रमहरू पनि हुन नपाऊन् भन्ने आशा चीनले राखेको जानकारी टोलीले दिएको छ। ओलम्पिक खेलको समयमा होस् वा दूताबास अगाडि गरेका प्रदर्शनहरू नियन्त्रणमा होस्, नेपालले विगत केही वर्षदेखि चीनको संवेदनशीलता बुझिदिएकामा धन्यवाद दिँदै टोलीले स्वतन्त्र तिब्बत लेखिएको भेस्ट र पर्चाहरूसमेत राजधानीमा छर्न नदिने गरी सुरक्षाको वातावरण मिलाउन आग्रह गरेको छ।

विगतमा अनौपचारकि रूपमा उठ्ने गरेका केही प्रसंगहरूलाई समेत समावेश गरी सहसचिवस्तरबाट चीनले औपचारकिता दिने गरी वार्ताको प्रारम्भ गरेको छ। पश्चिमा देशहरूसँग नेपालको सम्बद्धमै गम्भीरता ल्याउने चिनियाँ प्रस्तावलाई नेपालले कसरी सुरक्षित अवतरण गराउँछ भन्ने कुराले द्विपक्षीय र बहुपक्षीय सम्बन्धमा ठूलो अर्थ राख्नेछ।

'भारतसँग प्रतिस्पर्धा होइन'

नेपालस्थित चिनियाँ दूताबासका सैनिक सहचरी वरष्िठ कर्णेल चेङ्ले नेपालमा भारतसँग चीनको प्रतिस्पर्धा गर्ने मनसाय नरहेको बताएका छन्। सशस्त्र प्रहरी मुख्यालयमा १८ फागुनमा भएको दुईपक्षीय बैठकमा भारतले बनाइदिन लागेको नेपाल प्रहरीको तालिम केन्द्रको प्रसंग निस्कँदा उनले प्रतिस्पर्धाको मनसाय नभएको बताएका थिए। सशस्त्र प्रहरी महानिरीक्षक, अतिरत्तिm महानिरीक्षकहरू सम्मिलित सो छलफलमा सीमा सुरक्षा विभागका प्रमुख एआईजी दुर्जकुमार राईले भारतले बनाइदिने नेपाल प्रहरीको भन्दा चीनले बनाइदिने सशस्त्रको तालिम केन्द्र राम्रो हुनुपर्ने धारणा राखेका थिए।

स्रोतका अनुसार चिनियाँ टोलीले नेपाली सेनाको तालिम केन्द्र अध्ययन गर्ने वातावरण मिलाइदिन अनुरोध गरेको थियो। तर, धेरै प्रक्रिया मिलाउनुपर्ने भन्दै सशस्त्रले आफ्नै तालिम केन्द्र ककनी र पोखराको अध्ययन भ्रमणको व्यवस्था मिलाएको छ।

दुवै देशका प्रधानमन्त्रीस्तरमा सशस्त्र प्रहरीका लागि तालिम केन्द्र निर्माण गरििदने दुईपक्षीय सहमतिपछि सम्भाव्यता अध्ययनका लागि माटो, वातावरण, तालिमविज्ञसहितको टोलीले अझै अध्ययन पूरा गरसिकेको छैन। फागुनको पहिलो साता तालिम भवन निर्माणको प्रस्तावित स्थान मातातीर्थ जाने दिन मुख्यालयमा भएको छलफलमा कार्यविभागका तर्फबाट अन्त्यमा स्वीमिङ् पुललगायत अन्य कुराहरूको माग थपिएको थियो। जसलाई अस्वाभाविक रूपमा लिँदै सम्भाव्यता अध्ययनकै चरणमा रहेकाले पहिला सो काम गर्न दिन चिनियाँ टोली नेताले अनुरोध गरेका थिए।

नेपाल प्रहरीका लागि काभ्रेको पनौतीमा तालिम केन्द्र निर्माण गरििदन दुई वर्षअघि नै भारत सहमत भएको छ। तर, आफ्ना प्रतिनिधि राख्नेबारे नेपालले सहमति नदिएका कारण काम सुरु गरेको छैन ।
http://www.ekantipur.com/nepal/article/?id=3487

संघीयताको भूराजनीति


मुख्य समाचार : नेपाल

रामबहादुर रावल


नयाँदिल्लीमा २० फागुनमा नेपाल र भारतका सांसदहरूको संयुक्त मञ्चको पहिलो बैठकका सहभागीले दुई देशको सम्बन्धबाहेक तात्कालिक राजनीतिक विषयमा पनि प्रशस्तै छलफल गरे। त्यसमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र राज्यको पुनःसंरचनाका विषय छुट्ने कुरै भएन। मधेसी मोर्चाका प्रतिनिधिहरूले त नेपालका राष्ट्रिय राजनीतिक दलहरूको आलोचना गर्दै एक मधेस प्रदेशको प्रसंगसमेत उठाए। 

भारतीय सहभागीहरूले भने नेपालको संघीयतामाथिको बहसप्रति खासै उत्साह र चासो देखाएनन्। त्यहाँका संसदीय व्यवस्था राज्यमन्त्री राजीव शुक्लाले भाषा, संस्कृति, जातिजस्ता स्थानीय पहिचानका कुरा मात्रै गरेर राष्ट्रिय पहिचानलाई कमजोर पार्नुहुँदैन भन्दै नेपालको संघीयतासम्बन्धी छलफललाई अर्कैतिर मोडिदिए। उनले बुँदागत रूपमै भने, "एक, राष्ट्रिय पहिचानलाई पहिलो प्राथमिकतामा राख्नुहोला। दुई, समग्रमा आर्थिक समृद्धिलाई हेर्नुहोला किनभने जनजीविकामा परण्िााम दिने खालको भएन भने संघीयताको अर्थ हुँदैन। तीन, संघीयता गतिशील प्रक्रिया भएकाले तत्काल सबै कुरा नटुंगिन सक्छ। हामीकहाँ ६ दशकदेखि प्रान्त जोड्ने र विभाजन गर्नेमै धेरै समय बितिरहेको छ।" बैठकमा सहभागी एमाले सभासद् प्रदीप ज्ञवालीका अनुसार आफ्नो वरपरको स्थितिलाई कसरी अनुकूल बनाउने र थप फड्को कसरी मार्ने भन्नेमै भारतीयहरूको प्रमुख ध्यान थियो। 

दुई देशका सांसदहरूको अन्तरक्रियामा नेपालको संघीयताप्रति भारतीय पक्षको न्यून चासोले सिंगै भारतीय संस्थापनको दृष्टिकोण बोक्छ भन्न नसकिएला। तर, यहाँको संघीयताको बहस सोचिएभन्दा भिन्नै दिशामा उन्मुख भएकोप्रति भारत पनि चिन्तित रहेको छनक राज्यमन्त्री शुक्लाको भनाइले दिन्छ। र, यस भनाइले के पनि स्पष्ट पार्छ भने यहाँको संघीयता-बहसप्रति पूरै बेवास्ता पनि भारतले गररिहेको छैन।

भारत मात्रै होइन, अर्को प्रभावशाली छिमेकी चीनले समेत हाम्रो संघीयताको यात्रालाई कसरी हेररिहेको छ ? संघीयताको कस्तो मोडेल अपनाउँदा र कस्ता प्रान्त बनाउँदा दुवै छिमकीलाई  केकस्तो प्रभाव पार्ला ? नेपालको रणनीतिक हितमा के फरक पर्छ ? यी र यस्ता प्रश्नको उत्तर खोतल्ने प्रयास राजनीतिक तहमा भएको नदेखिँदा संघीयताका अभियन्ता तथा विज्ञहरू अचम्ममा परेका छन्। तिनैमध्येका एक हुन्, प्रा पीताम्बर शर्मा। भन्छन्, "दुई उदीयमान आर्थिक शक्तिको बीचमा हामी छौँ। दैनिक राजनीतिमा पनि छिमेकीको उस्तै प्रभाव छ। यो विशेष स्थितिमा हामीले संघीयताको भूराजनीतिक पक्ष विश्लेषण गरेकै छैनौँ।"

जानकारहरूका अनुसार अहिले भारतले मात्रै होइन, चिनियाँले पनि नेपालको संघीयतातर्फको यात्राको समर्थनमा प्रस्टै देखिने गरी रुचि प्रकट गरेका छैनन्, जति पश्चिमाहरूको उत्साह देखिन्छ। औपचारकि रूपमा दुवै देशका तर्फबाट नेपालको संघीयताको पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया सार्वजनिक भएको पनि छैन। लामो समयको आफ्नो अभ्यासमा अहिलेसम्म पनि प्रान्त विभाजनकै तनावमा अल्भिmनुपरेको अवस्था दर्शाएर भारतले थप सतर्क गराइरहेको छ। यसबाट नेपालको संघीयताप्रति उसको आशयबारे सामान्य आकलन गर्न सकिन्छ। 

मधेस र भारत

१० वर्षे द्वन्द्वको समाप्ति र लोकतान्त्रिक आन्दोलनको सफलतालगत्तै मधेसकेन्दि्रत आन्दोलन भयो। त्यसको प्रमुख माग थियो एक मधेस प्रदेश। त्यही मागलाई बेलाबेलामा मधेसवादी दलहरूले अहिले पनि सत्ताराजनीतिको मोलमोलाइ र तुरूपका रूपमा प्रयोग गररिहेकै छन्। यही बीचमा संघीयता राज्य पुनःसंरचनाको निर्विकल्प पक्षका रूपमा स्थापित भएको छ। संघीयतालाई राष्ट्रि्य एजेन्डा बनाउन मधेस आन्दोलनको प्रमुख भूमिका मानिन्छ। र, यस राजनीतिक विकासक्रममा भारतको अभिन्न साथ रहेको कुरा खुला चर्चाको विषय भइसकेको छ। तर, एक मधेस प्रदेशको अवधारणामा भारतको  दृष्टिकोण के हो ? यस प्रश्नको उत्तर खोज्न सजिलो छैन। तर, १ हजार ७ सय ५१ किलोमिटर खुला सिमाना, सामाजिक-सांस्कृतिक सम्बन्ध, भारतनिर्भर नेपाली अर्थतन्त्रलगायत कारणले तराई दीर्घकालीन रणनीतिक महत्त्वको मानिन्छ। त्यसैले तराई क्षेत्रबाट  काठमाडौँलाई अंकुश लगाउन सक्ने भन्ने परम्परागत सोच हो। विश्लेषकहरू एक मधेस प्रदेश न भारतका लागि हितकर ठान्छन्, न मधेसीकै लागि। उनीहरूका अनुसार यो एकतर्फी सोचाइले भोलि काम नगर्न सक्छ। पछिल्लोपल्ट मधेसी मोर्चाकै नेताहरू एक मधेस प्रदेशको सम्भाव्यताप्रति अस्वीकारोक्ति सार्वजनिक गर्न थालेका छन्। 

समाजशास्त्री जीवनराज शर्माको विश्लेषणमा तराईका निश्चित समुदायबाहेक भारतप्रति सकारात्मक लगाव भएको जनसंख्या नेपालमा धेरै छैन। तराईमा पनि ठूलो संख्या पहाडी समुदायको छ। तराईकै समुदाय पनि विभिन्न जाति, भाषा, धर्म र संस्कृतिका नाममा विभाजित छन्। शर्माकै अध्ययन अनुसार नेपालका पहाडी समुदायमा धेरै नै भारतविरोधी भावना छ। पहाडको ठूलो समुदायले भारतको आर्थिक विकास र नेपालमा गरएिको सहायताको लाभबाट आफूलाई वञ्चित गरएिको महसुस गर्दै आएको छ। तराईकै भारतीय सीमावर्ती क्षेत्रमा मुस्लिम समुदायको बाक्लो बस्ती छ। तिनको सम्बन्ध भारतीय मुस्लिमसँग नभई पाकिस्तानका मुस्लिमसँग बढी रहेको भन्दै भारतले औपचारकि-अनौपचारकि वार्ताहरूमा चिन्ता व्यक्त गर्दै आएको छ। यस्तो अवस्थामा भारतले पनि मधेससँगको विशिष्ट सम्बन्धमै चित्त बुझाउने ठाउँ छैन। 

संघीयताको अभ्यासमा भारत आफैँभित्रको जातीय र सांस्कृतिक पहिचानको तनावले गाँजिएको छ। जातीय पहिचानका मुद्दा भारतमै पनि सुल्झाउन नसकिने गरी विस्तार भएका छन्। १६ वटा राज्यबाट सुरु भएको भारतको संघीय संरचना अन्तर्गत अहिले २९ राज्य र ७ वटा युनियन टेरटिोरी -केन्द्र शासित क्षेत्र) बनिसकेका छन्। २३ वटा राज्यमा जातीय पहिचानको आन्दोलन भइरहेको छ। एउटै राज्यभित्र कैयौँ सशस्त्र समूहहरू सक्रिय छन्। असममा मात्रै आठभन्दा बढी सशस्त्र समूह जातीय पहिचानसहितको राज्य माग्दै विद्रोहरत छन्। नेपालीभाषीको गोर्खाल्यान्ड आन्दोलनले भारतको टाउको दुखाइ बनेको धेरै भइसक्यो। नेपालमा हुने त्यसप्रकारका माग, आन्दोलन र राज्यको स्वरूप निर्धारणले थोरबहुत प्रभाव भारतमा पनि पर्नेछ। जसरी, नेपालको माओवादीले हासिल गरेको संसदीय र सत्ताराजनीतिमा ओगटेको भूमिकाका कारण आफ्नो मुलुकमा पनि नक्सलवादीहरू उत्साहित भएको ठान्छन्, भारतीयहरू। 

अर्कोतर्फ नेपालको तराई क्षेत्रलाई लक्षित गरी आएका सबै जातीय र क्षेत्रीय पहिचानका माग/प्रस्ताव भारततर्फकै भूगोल र जनसंख्यासँग बढी सम्बन्धित छन्। जस्तो ः नेपालमा मिथिला क्षेत्र २५ प्रतिशत छ भने बाँकी ७५ प्रतिशत भारतमा पर्छ। नेपालमा जस्तै बिहारमा पनि मिथिला राज्यको माग उठिरहेको छ, जुन क्षेत्रमा १ करोड २२ लाख मैथिलभाषी छन्। नेपालमा यो भाषा बोल्ने जनसंख्या २७ लाख छ। त्यस्तै, पूर्वी तराईका झापा, मोरङ, सुनसरीलाई कोच प्रदेशका रूपमा प्रस्ताव गर्ने गरएिको छ। जबकि कोचको अवधारणा पनि भारतीय भूमिमै बढी रहेको मानिन्छ। २३ प्रतिशत नेपालमा र ७७ प्रतिशत भारतमा रहेको छ, कोच। भोजपुरा र अवध पनि यस्तै सानो अंश नेपालमा र ठूलो आकारमा भारतमा देखिन्छ। नेपालका हरेक राजनीतिक गतिविधिमा भारतको पनि प्रभावी भूमिका हुने भएकाले राज्य पुनःसंरचनाको सवालमा पनि उसको सुझाव, समर्थन, सहयोग वा असहयोगले धेरै कुरा निर्धारण हुनेछन्। किनभने, जातीय र भाषिक पहिचानका आधारमा राज्यको माग जुन देशमा उठे पनि त्यसले दुवैतिर प्रभाव पार्ने निश्चित छ। 


रणनीतिक चुनौती

नेपाल पछिल्लो समयमा चीनको 'फोल्ड'मा गएको भन्ने बुझाइ एकथरी भारतीय बुद्धिजीवीको छ, जसलाई उनीहरू आफ्नो सुरक्षाको गम्भीर चुनौतीका रूपमा अथ्र्याइरहेका छन्। भारतीय विदेश मामिला विज्ञहरू सम्मिलित अध्ययन समितिको हालै सार्वजनिक प्रतिवेदन 'नन एलायन्मेन्ट टु अ फरेन एन्ड स्ट्राटेजिक पोलिसी फर इन्डिया इन दि ट्वान्टी फस्र्ट सेन्चुरी'ले पनि यही तथ्य बाहिर ल्याएको छ। छिमेकी मुलुकमा भारतप्रति भय रहेको, भय हटाउन छिमेकीलाई आश्वस्त पार्नुपर्ने, चिनियाँ प्रभावलाई काउन्टर दिने रणनीति आवश्यक रहेको र यति नगरे शक्तिराष्ट्र नबिने उक्त प्रतिवेदनमा उल्लेख रहेको खबर सार्वजनिक भएका छन्। 

यस्तै, चीनको बुझाइमा पनि लामो समयदेखि भारतको 'फोल्ड'मा रहेको नेपाल स्थिर र स्वतन्त्र बन्न सके आफ्नो प्रमुख सुरक्षा चुनौती तिब्बत मामिलाको सम्बोधन गर्न पनि सजिलो पर्नेछ। चिनियाँ प्रधानमन्त्री वेन जिआ बाओले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसँगको भेटमा भनेका थिए, "नेपालको विकास र समृद्धिका लागि हामी -चीन) जस्तोसुकै सहयोग गर्न तयार छौँ तर तपाईंहरू आफ्नो विषयमा आफँै निर्णय गर्नूस्।" द इकोनोमिस्ट पत्रिकाको तीन साताअघि प्रकाशित विश्लेषणमा पनि भारतकै व्यवहारका कारण उसका छिमेकीहरू चीनतिर ढल्किरहेको र यसले भारतको ठूल्दाइ बन्ने चाहनामा आघात पुर्‍याइरहेको उल्लेख छ। 

भारत र चीनको छिमेकीसँग सम्बन्धका आयामबाट पनि संघीय नेपालको सम्भावित भूराजनीतिक परदिृश्यबारे केही हदसम्म आकलन गर्न सकिन्छ। तर, भारत दक्षिण एसियामै एक्लो छ। चीनले अफगानिस्तान, मंगोलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाललगायत मुलुकसँग राम्रो सम्बन्ध स्थापित गररिहँदा भारतले भुटानबाहेक कुनै पनि मुलुकसँग विश्वासिलो सम्बन्ध राख्न सकेको छैन। यस तथ्यलाई हालै सार्वजनिक भारतीय बुद्धिजीवीहरूको प्रतिवेदनले पनि पुष्टि गरेको छ। 

कतिपय विश्लेषकहरू संविधानसभाको दुई तिहाइ स्थानमा कम्युनिस्ट हुनुलाई पनि भारतविरोधी भावनाको आकार जनाउने संकेतक मान्छन्। विश्वपरदिृश्यमा बेलायत, अमेरकिाजस्ता क्रिश्चियन मुलुक एउटा ब्लकमा छन्, जसले हिन्दू बाहुल्य मुलुकलाई पनि प्रभाव पार्न खोज्दै छन्। बौद्ध, कन्फ्युसियस धर्म भएका कोरयिा, फिलिपिन्स, भियतनाम, जापान आदि मुलुक र मुस्लिम राष्ट्रहरू पाकिस्तान, अफगानिस्तानलगायत चीनको साथमा छन्। यो एउटा गठबन्धनकै रूपमा विकसित हुँदो छ। यसले पनि चीनको शक्ति र प्रभाव भारतसँग तुलनायोग्य बन्दै छ, जुन नेपालको कोणबाट यसअघि खासै महत्त्वको विषय थिएन।

यही बीचमा भारतलगायत अन्य विदेशीको सहायतामा काठमाडौँमा तिब्बती उचाल्ने काम भइरहेको भन्दै चीनले गम्भीर चासो प्रकट गर्दै आएको छ। खासगरी, तीन वर्षअघि भएको भारत-अमेरकिा आणविक सम्झौताबाट चीन बढी नै झस्केको छ। त्यसपछि उसले मौन कूटनीति भंग गर्दै सीमाबाहिर नियाल्न थालेको विश्लेषकहरू बताउँछन्। हालै चीनले काठमाडौँका राजदूत परविर्तन गर्दा पनि भारतीय र पश्चिमाहरूको गतिविधि नियाल्न सक्ने युवा र अंग्रेजी बुझ्ने राजदूत चयन गरेको छ। आधुनिक विश्वराजनीतिमा दख्खल राख्ने मानिएका याङ् हाउलान पश्चिमा शिक्षा र राजनीतिसँग बढी परििचत छन्। 

यस हिसाबले हेर्दा भारत र चीन दुवै मुलुकले नेपालकेन्दि्रत सुरक्षा चुनौतीलाई कम आँकेको देखिँदैन। "नेपालको राज्य पुनःसंरचनाले ती मुलुकका चासो र चिन्ताका विषय सम्बोधन गर्दै आफ्नो रणनीतिक स्वार्थको सुरक्षा गर्नु पनि नेपालको कूटनीतिक दायित्व हुन्छ," पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विदेश मामिला सल्लाहकार राजन भट्टराई भन्छन्, "हाम्रो संवेदनशील भूराजनीतिक अवस्थाको प्रतिविम्बन संघीयतामा हुनुपर्छ। दुवै छिमेकीका चासो र चिन्तालाई आश्वस्त पार्दै त्यसमा हाम्रो आफ्नो स्वार्थका विषय समावेश गर्नुपर्छ।"

राजा वीरेन्द्रले चीनबाट एयर डिफेन्स आर्टलरी भित्र्याउँदा होस् या शान्ति क्षेत्रको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायबाट अनुमोदन गराउन खोज्दा, बीपी कोइरालाले इजरायलसँग दौत्य सम्बन्धका लागि पहल गर्दा होस् वा पूर्वराजा ज्ञानेन्द्रले सार्कमा चीनलाई पर्यवेक्षकका रूपमा आमन्त्रण गर्दा, भारतले आफ्नो सहमतिबिनाका कार्य भन्दै असहज रूपमा लिएका विगतका उदाहरण पनि स्मरण गर्ने गरन्िछ। नेपालको माओवादी आन्दोलनदेखि थुप्रै राष्ट्रिय राजनीतिक घटनाक्रममा भारतले निभाएको भूमिकालाई सन्दर्भमा राखेर सामरकि सम्बन्धको विश्लेषण गर्नेहरूले अहिले पनि संघीयताका सन्दर्भमा भारतको भूमिका प्रस्ट नरहेको मान्छन्। 

रणनीतिक खेलहरूका बीचमा चीन दक्षिणतर्फ र भारत उत्तरतिर प्रभाव बढाउने होडमा देखिएका छन्। अहिले भारतीय राजदूतका भ्रमण चुरेभावरबाट माथितिर बढ्ता देखिँदै छन् भने चीन भारतको सीमासम्म सांस्कृतिक केन्द्र खोल्दै तराईलाई प्राथमिकता दिइरहेको छ। आणविक सम्झौतालाई जत्तिकै तिब्बत मुद्दाले भारतलाई अमेरकिासँग जोडेको छ। जुन चीनलाई मन पर्ने कुरै भएन। शान्ति प्रक्रियालाई सघाउन आएको संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन) र सशस्त्र द्वन्द्वमा मानव अधिकारको अनुगमन गर्न आएको राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चायोगको प्रतिनिधि कार्यालय -ओएचसीएचआर) हट्दानहट्दै अमेरकिाले पुनः लिएको पिसकोर स्वयंसेवक पठाउने निर्णयलाई चिनियाँ पक्षले सन्देहास्पद ठानेको छ। यसका पछाडि पनि तिब्बत चासो नै लुकेको हुन सक्ने चिनियाँहरूको बुझाइ छ। "त्यसकारण हामी राज्य पुनःसंरचनाकै लफडामा लामो समय अल्भिmयौँ भने अन्य शक्तिहरूको खेलमैदान नेपाल बन्न सक्नेछ," काठमाडौँस्थित द्वन्द्व अध्ययन केन्द्रका प्रमुख विष्णु पाठक भन्छन्। 

च्यातिने भय
समाजशास्त्री चैतन्य मिश्रले बारम्बार भन्ने गरेका छन् कि भारत र चीनतिर च्यातिने संघीयता हामीलाई चाहिएको छैन। कसैले त्यो चाहन्छ भने हामी सतर्क रहनुपर्छ। खासगरी मधेस प्रदेश माग गर्नेहरूले भारतकै भरमा पनि उक्त प्रदेश चल्न सक्छ, भारत निर्भर प्रदेशमा काठमाडौँसँग मोलमोलाइ गर्ने सामथ्र्य पनि बढी नै हुनेछ र शासनसत्तामा हावी बन्न सजिलो हुनेछ भन्ने ठानेका हुन सक्छन्। केही हदसम्म त्यसले सहयोग पनि गर्ला। तर, भारतमुखी अपेक्षालाई चिनियाँ पक्षबाट हेर्दा त्यत्तिकै प्रत्युत्पादक हुन सक्ने देखिन्छ।

तराईमा एक वा बढी नै प्रदेश बने पनि भारतले त्यहाँ विशेष सम्बन्ध र सहुलियत खोज्यो भने पहाडी क्षेत्रमा बन्ने प्रदेशहरू चीनमुखी बन्न सक्नेछन्। चीनले पनि तिब्बत हुँदै भौतिक पूर्वाधार विकासमा सहयोग पुर्‍याउन सक्ने स्पष्ट संकेत देखाइरहेको छ। "यस सन्दर्भमा पहाडी प्रदेशहरूले चीनको समृद्धिको सकारात्मक लाभ लिन थाले भने तराई क्षेत्रका प्रान्तले आफू ठगिएको महसुस गर्नेछन्," विदेश मामिलाका जानकार एक सरकारी अधिकारी भन्छन्। 

भारतको अर्को प्रमुख चासो नेपालको जलस्रोत हो। यहाँको जलस्रोत उपयोगमा पहाडी प्रदेशहरूले लिने नीति र देखाउने व्यवहारमा धेरै हदसम्म निर्भर रहनेछ। त्यसैले भारतले पहाडी प्रदेशहरूसँग सम्बन्ध सुमधुर नबनाईकन उसको जलविद्युत, सिँचाइलगायत प्राकृतिक स्रोतसम्बन्धी चासो सम्बोधन हुन सक्ने छैन। अहिले पनि धेरै परयिोजनामा जलाशययुक्त आयोजनामा तल्लोतटीय लाभको बाँडफाँट, दक्षिणाभिमुख नदीप्रणालीमा माथिल्लो क्षेत्रको स्वनिर्णय, स्थानीय समुदायको अधिकारजस्ता विषय भारतसँगका प्रमुख असमझदारी रहँदै आएका छन्। भोलि नेपालभित्रै तराई र पहाडमा अलगअलग प्रान्त बन्ने हुन् भने यो असमझादरी झनै चुलिन सक्नेछ। 

राजनीतिक र शासकीय प्रणालीका पक्षबाट पनि चीन र भारतको नेपाल प्रभाव हेर्नलायक हुनेछ। भारत प्रभावित क्षेत्रमा उदार लोकतन्त्र र चीन प्रभावित क्षेत्रमा पुँजीवादी कम्युनिस्ट मान्यताको प्रभाव रहन सक्ने कतिपय विश्लेषकको आशंका छ। दुवै छिमेकी मुलुकले सहायता र सम्बन्ध विस्तारका लागि प्रान्तीय विधायिका र सरकारहरूमा आ-आफ्नो मान्यतासँग निकट रहेका शक्तिलाई छनोटमा पार्ने हो भने मुलुकको संघीयता सञ्चालनमा अप्ठ्यारो अवस्था आउन सक्नेछ। 

सैद्धान्तिक मान्यतामा रहँदा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रान्तको खासै भूमिका हुँदैन। प्रहरी, सुरक्षा, विदेश सम्बन्धजस्ता विषय पनि केन्द्रकै जिम्मेवारीमा पर्छन्। त्यस हिसाबले संघीयता हुँदा वा नहुँदा विदेश सम्बन्धमा के फरक पर्ला र भन्ने प्रश्न पनि नगरनिे होइन। तर, भारत नै साक्षी छ कि केन्द्रीकृत संघीयता भईकन पनि कतिपय मुद्दामा प्रान्तले समेत अर्थपूर्ण भूमिका खेलेका छन्। जस्तो ः श्रीलंका र भारतकै तामिलनाडू राज्यको सन्दर्भ लिउ“m। श्रीलंकाका तमिल विद्रोहीहरूको प्रसंग आउँदा तामिलनाडूले जहिल्यै चासो राख्दै आएको मात्र छैन, त्यहाँको राजनीति पनि प्रभावित हुने गरेको छ । 

पछिल्लोपल्ट पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको आपत्तिका कारण भारतीय प्रधानमन्त्रीले बंगलादेशसँग टिस्टा नदीको पानी बाँडफाँटसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नै स्थगित गर्नुपर्‍यो। संघीयतापश्चात् नेपालमा पनि नदी नियन्त्रण, विद्युत्, अपराध, व्यापारजस्ता सीमापार गतिविधिमा केन्द्रको एकलौटी भूमिका हुनेछ भन्ने अवस्था छैन। 

अनुसन्धाता जीवनराज शर्माकै शब्दमा, भने पनि नभने पनि, चाहे पनि नचाहे पनि नेपालको आन्तरकि राजनीतिक र शासकीय प्रक्रियामा बाहिरको प्रभाव पक्कै छ, भोलि पनि रहनेछ। यस कुरालाई बेवास्ता गर्न कोठाभित्रै रहेको हात्तीलाई नदेखेजस्तो गर्नु हो। त्यसमाथि नेपालका महत्त्वपूर्ण राजनीतिक मोडमा भूमिका खेल्ने ठूलो जनसंख्या विश्वभर छरएिको छ। पछिल्लो जनगणनाकै तथ्यांकलाई आधार मान्दा २० लाख नेपाली मुलुकबाहिर बस्छन्। तिनीहरू नेपालको राज्य निर्माण प्रक्रियामा सक्रिय सहभागी छन्। कुल गार्हस्थ उत्पादनको करबि ३० प्रतिशत योगदान विप्रेषणको छ, जुन विदेशी मुद्रा सञ्चिति र समग्र शोधनान्तर स्थितिलाई सकारात्मक बनाउन प्रमुख कारक बनेको छ। यी सूचकहरूले पनि राज्य पुनःसंरचनाको मुद्दालाई बृहत् क्षेत्रीय र वैश्विक नजरबाट नियाल्न संकेत गररिहेका छन्। त्यसैले विश्वव्यापी प्रक्रियाले यहाँको स्थानीय प्रक्रियालाई कसरी प्रभाव पार्दैछ भन्नेतर्फ हेर्नु आवश्यक छ। 

नेपालको बहुभाषिक र बहुजातीय मिश्रति समाजमा पहिचान र पृथकताका माग हुबहु सम्बोधन अप्ठ्यारो रहेको दुवै छिमेकीले बुझेका छैनन् भन्ने अवस्था छैन। चीनले पनि हङ्कङ्, मकाउ, तिब्बत, उइगुर आदि कारणले जातीय तनाव झेलिरहेको छ। नेपालको अस्थिरता र तनावले चीनको तिब्बत र उइगुर समस्या थप बल्भिmने र चीनविरोधी अन्तर्राष्ट्रिय समुदायका गतिविधि बढाउन नेपाल उर्बर भूमि बन्ने चिन्ता छ। त्यसैले, नेपालको संघीयतातर्फको यात्रा चीनका लागि पनि उत्तिकै जोखिमको हुन सक्छ। त्यसकारण पहिचानको मुद्दामा जाँदा दुवैतर्फका छिमेकीले चुनौतीकै रूपमा लिएको हुनुपर्छ। भारतीय सुरक्षाका दृष्टिमा पनि सामरकि रूपले नेपाल महत्त्वपूर्ण स्थानमा छ। नेपालमा हुने गतिविधिले भारतलाई झन् बढी प्रभावित पार्छन्। त्यसकारण भारतको सुरक्षाका लागि नेपालको संघीय स्वरूप धेरै महत्त्वपूर्ण मानिन्छ।  

पछिल्लोपल्ट कांग्रेसले आन्तरकि छलफलका लागि तयार गरेको सात प्रदेशको खाका, एमालेको संघीय विभागले अघि सारेको आठ प्रदेशको प्रस्ताव र माओवादी अध्यक्ष प्रचण्डको बदलिँदो लवजले पनि संघीयतासम्बन्धी जारी बहसभन्दा पृथक् धार खोजेको महसुस हुन्छ। संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिद्वारा प्रस्तावित १४ प्रदेशको खाका र पहिचानलाई नै प्रदेश निर्धारणको मुख्य आधार मान्ने कुराबाट पछि हट्ने संकेत देखिएका छन्। के साँच्चै भूराजनीतिक संवेदनशीलता, मुलुकको आन्तरकि समृद्धि, सद्भाव र एकताको बाटो समाउने बुद्धिमत्ता नेतृत्वले देखाउला ? 
http://www.ekantipur.com/nepal/article/?id=3499

डीआईजीभन्दा असई बलिया


सुडान घोटाला काण्डमा विशेष अदालतले तल्ला तहका प्रहरी अधिकृतको निर्णायक भूमिका नहुने भन्दै तीन प्रहरी प्रमुखबाहेक सबैलाई सफाइ दिएको धेरै समय बितेको छैन। नेतृत्व नै प्रमुख जिम्मेवार र निर्णायक हुने फौजी संगठनको विश्वव्यापी मान्यता पनि हो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा सहायक निरीक्षक (असई) शक्तिशाली र निर्णायक ठहरिएका छन्। 


कुरा के परेछ भने, १३ फागुन दिउँसो साढे २ बजे विमान बंगलादेशको उडान नम्बर बीजी-७०१ मा मोरङ केराबारीका देवीनारायण ठकुरीले २४ इन्चको एलसीडी टेलिभिजन ल्याए। मलेसियामा काम गरी फर्केका ठकुरीसँग सादा पोसाकमा खटिएका असई प्रह्लाद केसीले पाँच हजार रुपियाँ असुले। ठकुरीले भन्सार जाँचपास शुल्क ठानेर त्यो रकम सहजै तिरे। तर, भन्सार र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको संयुक्त टोलीले ठकुरीबाट रकम असुल्ने असई केसीलाई रंगेहात पक्रेर राजस्व अनुसन्धान विभागमा बुझाए। प्रहरी आचरणविपरीत काम गरेको भन्दै डीआईजी नारायण बस्ताकोटीले तत्कालै कारबाहीका लागि मुख्यालयमा पत्राचार गरे। तर, डीआईजी बस्ताकोटीभन्दा असई ठकुरी यति शक्तिशाली देखिए कि उनको पत्राचारको कुनै महत्त्व रहेन। उल्टै, बस्ताकोटीले अनुशासनविपरीत काम गर्ने आफूमातहतका कनिष्ठ अधिकारीलाई छुटाउन राजस्व अनुसन्धानका अधिकारीहरूकहाँ जानुपर्‍यो। बस्ताकोटीले 'आयन्दा यस्तो नगर्ने' भन्दै माफी मात्रै माग्न लगाएर दुई घन्टामै असई केसीलाई छुटाए।

केसी यसअघि पनि पटकपटक उनी यस्तै प्रकरणमा मुछिँदै आएका थिए। अति भएपछि भन्सार प्रमुख शिशिरकुमार ढुंगानाले समेत केसीलाई कारबाही गर्न पटकपटक डीआईजी बस्ताकोटीलाई आग्रह नगरेका होइनन्। रंगेहात पक्रेको अघिल्लो दिन मात्रै असई केसीले केही व्यापारीका ल्यापटप, मोबाइल र रक्सीलगायत सामान कम रकममै छुटाएको थाहा पाएर गुप्तचर टोलीले नियन्त्रणमा लिएको थियो। पछि मूल्यांकन गर्दा भन्सार शुल्क मात्रै करबि २ लाख ५० हजार रुपियाँ ती व्यापारीले तिरेका थिए। सादा पोसाकमा खटिने ती असईको दरबन्दी अन्यत्रै भए पनि घुमुवाका रूपमा विमानस्थल भन्सार क्षेत्रमा खटिँदै आएका छन्। बस्ताकोटीले कारबाही गर्न नसकेपछि यसबारे रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ। प्रहरी प्रधान कार्यालयका वरिष्ठ अधिकारीकै संरक्षणमा असई केसीले निर्धक्कताका साथ यसरी व्यापारीहरूको मिलेमतोमा भन्सार छली रकम असुल्ने गरेको त्यस रिपोर्टमा उल्लेख छ, 'भन्सारमा माफी मागे पनि असई केसी फेरि पनि दिनभर भन्सार काउन्टरमै रहेर व्यापारी र साधारण हवाई यात्रुसँग पैसा असुलिरहेका छन्।' मान्नैपर्छ, यी बलवान असईलाई ! 
http://www.ekantipur.com/nepal/article/?id=3459

नोटबुक : रामबहादुर रावल

लुसुक्क सीसीडी


निकै तामझामका साथ खुलेको संवैधानिक संवाद केन्द्र (सीसीडी) नयाँ बानेश्वरबाट लुसुक्क हरायो। उसको कार्यालय अहिले कहाँ छ भन्ने जानकारीसमेत सार्वजनिक रूपमा गराइएको छैन। संविधानसभा सचिवालयको समानान्तर रूपमा आफूलाई उभ्याउँदै आएको उक्त संरचनाले आफ्नो वैधानिकता खुल्ने कुनै कागजात पनि सार्वजनिक गरेन। संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईलगायत सरकारी अधिकारीको आबद्धतालाई नै उसले आफ्नो वैधानिकताको आधारका रूपमा अघि सार्दै आयो।

विभिन्न जातीय र साम्प्रदायिक मुद्दाको पैरवीका लागि सभासद्का ककस -समूह) बनाउने, उनीहरूका गोप्य भेला, बैठक र तालिम/प्रशिक्षणको सहजीकरण गर्ने, जातीय आधारमा खुलेका संस्थाहरूलाई लाखौँ रुपियाँ बाँड्ने, जातीयतासँग गोरु बेचेको साइनोसमेत नभएका मुद्दामा समेत जातीयतालाई जोडेर बहस र विश्लेषण गराउने उक्त संस्थाका गतिविधिको छानबिन नेपाल राज्यका कुनै निकायले त गरेन नै, आफूलाई सुशासन र सदाचारको मानकका रूपमा उभ्याउँदै आएको राष्ट्रसंघीय विकास कार्यक्रम -यूएनडीपी)ले समेत यसको चुपचाप समर्थन गर्‍यो। के यही हो यूएनको जवाफदेहिता र पारदर्शिताको अभ्यास ? सीसीडीको वैधानिक हैसियत के हो ? नेपालमा जातीय र साम्प्रदायिक मुद्दाको बहसपैरवी गर्ने अधिकार उसलाई कसले दियो ? नेपाल र नेपालीका नाममा कति रुपियाँ ल्याइयो, त्यसमध्ये कति कहाँकहाँ कसरी खर्च गरयिो र त्यसको प्रभाव के पर्‍यो भन्ने जानकारी सार्वजनिक गर्नुपर्छ कि पर्दैन ? कार्यालय सार्दा पनि लुसुक्क भाग्ने कि सार्वजनिक जानकारी दिएर हिँड्ने ? यी प्रश्नको जवाफ कसले दिने ?

मिस्टर दरपीठ 

केही समयअघि काठमाडौँको कोलाहलबाट टाढा रहने र सर्वोच्च अदालतका न्यायाधीश तथा कर्मचारीसँग एकैचोटि अन्तरंग अन्तरक्रिया गर्ने मौका मिल्यो। सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयुक्त आयोजनामा काभे्रको धुलिखेलमा दुईदिने कार्यक्रम गर्दा अदालतले पत्रकारलाई र पत्रकारले अदालतलाई अन्तरंग तवरले बुझ्न मद्दत गर्‍यो। दुवैतर्फका समस्या, गुनासा र अपेक्षालाई प्रधानन्यायाधीश खिलराज रेग्मी र कामु रजिस्ट्रार लोहितचन्द्र शाहले ध्यानपूर्वक सुने।

तर, धुलिखेल बसाइको अवधिभर सर्वोच्चकै एक अधिकारी औपचारकि कार्यक्रमबाहिरको समयमा समेत चर्चा र आकर्षणका पात्र बने, जसलाई हामीले 'मिस्टर दरपीठ'को पगरी भिराइदिएका थियौँ। कारण, उनले गरेको एउटा दरपीठ (संविधानसभाको म्याद थप्न नमिल्ने विषयमा न्यायिक पुनरावलोकनको निवेदन अस्वीकार) यस्तो चर्चित भएको थियो कि जसले गर्दा सडकदेखि सरकार र संसद्सम्म तातेका थिए। उनको त्यही निर्णयका कारण कानुन/न्याय क्षेत्रको पारभिाषिक शब्दावली जनजिब्रोसम्मै परििचत हुने मौका पाएको थियो। ती अधिकारी थिए, सहरजिस्ट्रार नहकुल सुवेदी। दरपीठ त उनको दैनिकी नै भयो। तर, उनको फरक व्यक्तित्वको परख गर्ने मौका पाइयो, त्यस अवधिमा। उनी त विद्यार्थीकालका मेधावी, उच्च शिक्षाका स्वर्णपदक विजेता र नेपालको व्यावसायिक पत्रकारतिाको अभ्यासकालका प्रशिक्षार्थी पत्रकारसमेत रहेछन्। त्यसकारण उनको हरेक प्रस्तुतिमा देशविदेशका उपयुक्त घटना, सन्दर्भ र पात्रको प्रासंगिक व्याख्या हुन्थ्यो। सरल, नम्र तर तर्कपूर्ण प्रस्तुतिका कारण अन्ततः भन्न करै लाग्यो, उनी मिस्टर दरपीठ मात्रै होइन रहेछन्।

न्यायाधीशको सम्पत्ति

धेरै हिसाबले उदाहरणीय र अपवाद ठहरएिका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पनि एक ऐतिहासिक कदम नै थियो। त्यसले अरू श्रीमान्हरूलाई पनि नैतिक दबाब पर्नेछ भन्ने आमअपेक्षा थियो। तर, न्यायाधीश अवधेशकुमार यादवबाहेक कसैलाई त्यस कदमले छोएन।

रसियाका प्रधानन्यायाधीशले नेपालमै आएर आफ्नो देशमा सबै न्यायाधीशको सम्पत्ति विवरण वेबसाइटमा राख्ने गरेको बताएर नेपालीलाई 'सुझाव' दिएका थिए। छिमेकी मुलुक भारतमा समेत केही वर्षअघि न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्छ कि पर्दैन भन्नेमा व्यापक बहस भएको थियो। नेपालमा जस्तै भारतमा पनि सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बाध्यात्मक व्यवस्था अहिलेसम्म छैन। तर, भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश एसएच कापडियासहित २३ जना बहालवाला न्यायाधीशले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। पूर्वप्रधानन्यायाधीश केजी बालकृष्णन्लगायत १२ जना निवृत्त न्यायाधीशको सम्पत्ति विवरण अझै त्यहाँको सर्वोच्च अदालतको आधिकारकि वेबसाइटमा हेर्न पाइन्छ। यसरी सम्पत्ति सार्वजनिक गरेकै कारण न्यायाधीशले कुनै प्रकारको नकारात्मक टिप्पणी या सुरक्षा खतरा सामना गर्नुपरेको खबर पनि कतै सुनिएको पनि छैन। कानुनमा बाध्यात्मक व्यवस्था नभएको भन्दैमा राम्रो काम गर्न बाधा रहेको भन्न पनि मिलेन। फेर,ि राम्रो कुराको अनुशरण विदेशीकै भए पनि गर्दा के नै बिगि्रन्छ र ! त्यसमाथि हाम्रै देशका तत्कालीन प्रधानन्यायाधीशले बाटो खोलिदिएकै हुन्। सुविधा र सहुलियत खोज्ने बेलामा विदेशको सन्दर्भ दिने अनि सुशासन र पारदर्शितामा सहयोग पुग्ने कामको अनुशरण गर्दा खुट्टा कमाउनेचाहिँ अलि मिलेन कि श्रीमान् ?

 न्यायाधीशकै एनजीओ !

वैदेशिक सहायता र एनजीओ/आईएनजीओको विकृतिबारे रपिोर्टिङ् गर्दा थुप्रै आलोचना र धाप पाइयो। यो बेग्लै कुरा हो कि विदेशी अनुहार र विदेशबाट आउने सहायताका सामु नियामक निकायहरूका जिम्मेवार पदाधिकारीसमेत लम्पसार पररिहेकै छन्। तर, न्यायाधीशहरू नै एनजीओ खोलेर बस्लान् र विदेशी सहायता माग्दै हिँड्लान् भनेर कमैले सोचेका होलान्। तर, यथार्थ यही हो। ०५२ सालदेखि नै यो मुलुकमा न्यायाधीशहरूको छुट्टै एनजीओ छ, 'न्यायाधीश समाज, नेपाल' नामको। सर्वोच्च अदालतका वरष्िठतम न्यायाधीश दामोदरप्रसाद शर्मा अध्यक्ष रहेको यस संस्थामा सबै अदालतका न्यायाधीश आबद्ध छन्। विदेशीकै आर्थिक सहयोगबाट उनीहरू कार्यक्रम/परयिोजना सञ्चालन गर्छन्, विदेश घुम्छन्। के यसले न्यायाधीश र न्यायालयको गरमिा बढाउला ? 
http://www.ekantipur.com/nepal/article/?id=3420

अख्तियारमा ६ वर्ष अनिवार्य ?


४ फागुनमा बसेको संवैधानिक परष्िाद् बैठकले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति गर्न सकेन। कारण थियो, मुख्यसचिव माधव घिमिरेले तयार पारी पेस गरेको मापदण्डसम्बन्धी मस्यौदा स्पष्ट नहुनु। मापदण्डमा के कुरा प्रस्ट भएन भन्नेचाहिँ परष्िाद्का कुनै सदस्यले सार्वजनिक गरेनन्। 


खासमा सबै राजनीतिक दल, नेता र संवैधानिक परष्िाद्का पदाधिकारीमध्ये सबैको ध्यान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छ। त्यसमा पनि प्रमुख आयुक्त कसलाई बनाउने, कुन मापदण्ड बनाउँदा को पर्छन्, को पर्दैनन् भन्ने कुरामै परष्िाद् अलमलिएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार मुख्यसचिव घिमिरेले प्रमुख आयुक्तको पूरै पदावधि ६ वर्ष अनिवार्य काम गर्नुपर्ने मापदण्ड प्रस्तावित मस्यौदामा पारेका छन्। कानुनमा ६५ वर्ष उमेर र ६ वर्ष पदावधिको हद तोकिएको छ । प्रस्तावित मापदण्डले धेरै परपिक्व व्यक्तिहरू सुरुमै बाहिर पर्ने छन्। केही निवृत्त र बहालवाला सरकारी कर्मचारीलाई लक्षित गरी उक्त मापदण्ड बनाइएको जस्तो देखिने भएकाले सुधार गर्न भनिएको परष्िाद्का एक सदस्य बताउँछन्। "पदमा पुगिसकेपछि चाँडै निवृत्त नहोस्, बढीभन्दा बढी समय काम गर्न पाओस् भन्ने आशय सबैको भए पनि ६ वर्ष अनिवार्य गरििदँदा परपिक्व व्यक्ति नै आउन नसक्ने अवस्था नआओस् भन्ने हो," ती सदस्यको भनाइ छ। यदि मुख्यसचिव घिमिरेको प्रस्ताव हुबहु पारति हुने हो भने विवादास्पद छवि भएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्की, पूर्वसचिव दीप बस्न्यातलगायत मापदण्डभित्र पक्का पर्नेछन् भने विशेष अदालतमा भ्रष्टाचार मुद्दा फस्र्योटमा ऐतिहासिक अग्रसरता र आँटिला फैसला गरेर चर्चामा रहेका न्यायाधीश गौरीबहादुर कार्कीलगायत मापदण्डमै पर्ने छैनन्। न्यायाधीश कार्कीलाई अख्तियारमा प्रमुख आयुक्त बनाउनका लागि पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले यसअघि संवैधानिक परष्िाद्मा प्रस्ताव गरेका थिए। श्रेष्ठ आफँै पनि प्रधानन्यायाधीशको कार्यकालभर िभ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएका व्यक्ति हुन्। न्याय क्षेत्रकै वरष्िठ व्यक्तित्वहरूको सुझावका कारण न्यायाधीश कार्कीले पनि प्रमुख आयुक्तका लागि संवैधानिक परष्िाद्मा आवेदन दिएको स्रोतको भनाइ छ। तर, यस मापदण्डको खेलमा कसले माथ गर्छ, हेर्न बाँकी नै छ ।
http://www.ekantipur.com/nepal/article/?id=3427

बन्यो बाटो, चल्यो गाडी


रामबहादुर रावल


  • भ्रष्टाचार मुद्दा किनाराको न्यायालयको अभ्यास संस्थागत हुनेतर्फ

४ फागुनमा सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता राष्ट्रपति रामवरण यादवसँग भेट्न शीतलनिवास पुगे। राष्ट्रपतिलाई एक्लै भेट्न गुप्तालाई असहज लागेको थियो। बिनाकाममा भेट्दा अनेकथरी चर्चा हुने भय थियो। किनभने, सर्वोच्च अदालतले उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचार अभियोगको फैसला सुनाउन पाँच दिन मात्रै बाँकी थियो। त्यसैले, उनले मधेसको मुद्दालाई भेट्ने बहाना बनाए र सामान्य प्रशासनमन्त्री रामकुमार यादवलगायत आफ्नो पार्टी मधेसी जनअधिकार फोरम -गणतान्त्रिक)का केही पदाधिकारीहरूलाई पनि साथै लगे। मन्त्री यादवका अनुसार बाहिर जे भनिए पनि खासमा त्यो राष्ट्रपतिसँगको बिदाइ भेट थियो। 

उनले त्यसअघि प्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलगायतसँग क्रमिक रूपले बिदाइ भेट गरेका थिए। र, त्यो क्रम ९ फागुनको मध्यान्हसम्म जारी रह्यो। आफ्नो संसदीय दलका प्रमुख सचेतक चन्दि्रकाप्रसाद यादवलाई भेट्न उनी नर्भिक अस्पताल पुगे। त्यहाँबाट फर्केर सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपलब्ध नेता-कार्यकर्तालाई भेटे। सूचना तथा सञ्चार राज्यमन्त्री सुरतिाकुमारी साह, पार्टीका महासचिव आत्मारामप्रसाद साहलगायतलाई साथै लिएर सर्वोच्च अदालत पुगे। त्यतिखेर दिउँसोको साढे २ बजेको थियो। 

गुप्ताकै सहकर्मीहरूका अनुसार फागुन लागेपछि उनले बिदाइभेटलाई तीव्रता दिएका थिए। "अब म यस हैसियतमा कसैलाई पनि भेट्न सक्दिनँ होला," उनले निकटस्थहरूसँग भन्ने गरेका थिए। नभन्दै उनले सर्वोच्चकै ढोकामा उभिएर प्रहरीको गाडी चढ्नुअघि पनि यही अभिव्यक्ति दोहोर्‍याए। सर्वोच्च अदालतको ८ नम्बर इजलासमा न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले डेढ वर्ष कैद, ८४ लाख ९ हजार ९ सय २८ रुपियाँ बिगो र त्यति नै जरविाना असुल गर्नुपर्ने फैसला सुनाइसकेपछि इजलासमै पूर्वतयारी आत्मसमर्पण पत्र पेस गरेका थिए उनले। यसबाट के स्पष्ट हुन्छ भने गुप्ता आफू जेल जानैपर्ने निष्कर्षमा पुगिसकेका थिए। उनका सबै गतिविधि त्यही मनोदशाबाट निर्देशित थिए। 

गुप्ता यस निष्कर्षमा पुग्नुका ठोस कारण थिए। त्यसमा सर्वोच्च अदालतले विगत दुई वर्षदेखि भ्रष्टाचार मुद्दामा देखाएको क्रमिक सक्रियता र बसालेका पद्धति प्रमुख थिए। गुप्ताको मुद्दा फैसलाबाट के स्पष्ट हुन्छ भने अब भ्रष्टाचार मुद्दाको प्रवाहका लागि मुलुकको न्यायपालिकाले धेरै वर्षपछि अनुमानयोग्य र विश्वासिलो मार्ग पहिल्याएको छ। कतिपय व्यावहारकि र नियतसंगत अवरोधबाहेक कानुन, सिद्धान्त, नजिर, पद्धति, संयन्त्रसँग जोडिएका धेरै अन्योल र भ्रमहरू हटेका छन्। "यतिञ्जेल हामीलाई बाटो बनाउनै लाग्यो," प्रधानन्यायाधीश खिलराज रेग्मी भन्छन्, "सुरुका केही वर्ष अलमल भए पनि अब एउटा बाटो बनेको छ। सिद्धान्तको स्थापना, प्रणालीको विकास, तथ्यको विश्लेषण पद्धति र कतिपय व्यावहारकि पक्षबाट जटिल प्रश्नको निरूपण गर्न लामो समय लाग्यो। अब यसअघिजस्तो अलमल हुँदैन।"

चल्यो गाडी
गत वर्ष पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई नियन्त्रणमा लिन काठमाडौँ जिल्ला अदालतका कर्मचारीहरू प्रहरी टोलीसहित उनको निवासमै जानुपरेको थियो। गत २१ भदौमा सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर भएका नेपाल आयल निगम तथा नेपाल वायुसेवा निगमका पूर्वकार्यकारी प्रमुख रामाज्ञाप्रसाद चतुर्वेदी एक सातापछि मात्रै काठमाडौँ जिल्ला अदालतमा आत्मसमर्पण गर्न पुगेका थिए। तर, मन्त्री गुप्ताचाहिँ सर्वोच्च अदालतको इजलासमै आत्मसमर्पण गर्न पुगे। 

कुनै पनि मुद्दाको फैसला सम्बन्धित जिल्ला अदालतले कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्वसमेत गुप्ता-मुद्दाले नयाँ रूपमा परभिाषित गरििदएको छ। जिल्ला अदालतका तहसिल शाखाका कर्मचारीले अभियुक्तलाई खोज्दै हिँड्नु त परेन नै, सर्वोच्चकै कर्मचारीले गुप्ताका लागि कारागार खोज्नुपर्‍यो। प्रहरी बोलाउनुपर्‍यो। सर्वोच्च अदालतपरसिरबाटै गुप्तालाई बोकेर प्रहरीको गाडी कारागारतिर चल्यो। भ्रष्टाचार मुद्दाका अभियुक्तहरूको गिर्दो मनोबल र विश्वासिलो न्यायिक प्रक्रियाको दृष्टान्त पनि हो यो। किनभने, एक वर्षअघिसम्म भ्रष्टाचारका अभियुक्तहरू अदालतमा पुगेको लामो समयसम्म पनि ढुक्कको जिन्दगी जिउन पाइरहेका थिए। विशेष अदालतले भ्रष्टाचारी ठहर गरसिकेकाहरूसमेत सर्वोच्च अदालतको ढिलासुस्तीका कारण छुटकारा पाइरहेका थिए। विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि धेरै हदसम्म उनीहरूका लागि सहुलियत भइदिन्थ्यो, विचाराधीन मुद्दा। वर्षौंसम्म यस्ता मुद्दा किनारा नहुँदा सर्वोच्चको भूमिका र न्यायाधीशहरूको नियतमाथि नै प्रश्न उठ्दै आएको थियो।

रामप्रसाद श्रेष्ठ सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त भइसकेपछि अवस्था फेरयिो। श्रेष्ठले व्यक्तिगत अग्रसरतामै भए पनि भ्रष्टाचार मुद्दाको किनारालाई अभियानकै रूपमा अघि बढाए। ६-सात वर्षदेखि 'झझि' -मुद्दाका पक्षहरूलाई अदालत बोलाउने अर्थात् झगडिया झिकाउने काम)समेत नगरी थन्काइएका भ्रष्टाचारका मुद्दा एकाएक ब्यूँतिए। विशेष अदालतले गरेका विरोधाभासपूर्ण फैसला, भ्रष्टाचारसम्बन्धी कानुनको व्याख्या र प्रयोगसम्बन्धी अन्योल, अभियुक्तका पक्षबाट उठाइएका अख्तियारविरुद्धका गम्भीर प्रश्नको निरुपण नै नगरी सर्वोच्चभित्रै आज एउटा, भोलि अर्को न्यायाधीशको बेन्चमा घुमिरहेका थिए। त्यसको असर विशेष अदालत हुँदै अख्तियारसम्मै परेको थियो। त्यसकारण सर्वोच्चले नै भ्रष्टलाई संरक्षण दिएको भन्दै सार्वजनिक टीका-टिप्पणी हुनु स्वाभाविक थियो। तर, अब हदम्याद, सम्पत्ति गणना, मूल्यांकन विधि, स्वयं आयकर घोषणा 

-भीडीआईएस), मतियार वा परविारका सदस्यलाई हुने सजायलगायत विषयमा रहेका अन्योलहरूको न्यायिक निरुपण गरी सैद्धान्तिक रूपमा पूर्वानुमान गर्न सकिने अवस्थासम्म पुगेको छ न्यायालय। गुप्ता-मुद्दाको फैसलाले त झनै यस्ता कतिपय पूर्वस्थापित मान्यताको समर्थन गरेको छ भने कतिपय नयाँ मान्यता स्थापना पनि। अख्तियारका तर्फबाट लामो समय अनुसन्धान र बहस गरेका सहन्यायाधिवक्ता युवराज सुवेदी भन्छन्, "तल्लो अदालतका न्यायाधीशसमेत कारबाहीको भागीदार हुनेछन् भन्नेसम्मको न्यायिक मान्यता स्थापित गराउने यस फैसलाले न्यायिक इतिहासमै दूरगामी महत्त्व त राख्ने नै छ। भ्रष्टाचार मुद्दामा स्वयं न्यायालयलाई नै आगामी दिनमा कानुनले तोकेको समयावधिभित्र फैसला गर्न दबाब सिर्जना गर्नेछ।" कानुन अनुसार विशेष अदालतले भ्रष्टाचार मुद्दा दायर भएको ६ महिनाभित्र र सर्वोच्चले तीन महिनाभित्र मुद्दा छिन्नुपर्छ। आजसम्म यस कानुनी व्यवस्थाको उल्लंघन सर्वोच्चबाटै हुँदै आएको छ। 

कहाँ-कहाँ बाटो खुल्यो ?

सार्वजनिक पदमा रहेको कुनै पनि व्यक्तिमाथि अख्तियारले शंका लागेका बेला अनुसन्धान गर्न सक्छ। त्यस्ता व्यक्तिको सम्पत्तिको वैधता जाँच्न सक्छ। र, आफ्नो सम्पत्तिको वैधानिक स्रोत देखाउन नसक्ने व्यक्तिमाथि भ्रष्टाचार मुद्दा चलाउन सक्छ। यस्तो अवस्थामा जति रकमबराबरको सम्पत्तिको वैध स्रोत देखिँदैन, त्यहीबराबरको रकम भ्रष्टाचार गरेको मानिने भ्रष्टाचार तथा अख्तियार दुरुपयोग नियन्त्रणसम्बन्धी कानुनहरूमा उल्लेख छ। तर, यी कानुनको अर्थ, व्याख्या र प्रयोगको सिलसिलामा थुप्रै प्रश्न र अन्योल जन्मिएका थिए। ती प्रश्न र अन्योलको निवारण सर्वोच्चले गरििदएको छ। 

हदम्याद ः पूर्वमन्त्री, उच्च प्रशासक, सुरक्षा अधिकारीमाथि अख्यिार दुरुपयोग अनुसन्धान आयोगले महिनौँ लगाएर गरेको अनुसन्धान र वर्षौंसम्म विशेष अदालतमा चलेको बहसपछि एकाएक भ्रष्टाचार मुद्दा खारेज हुन थाले। पूर्वमन्त्री गोविन्दराज जोशी र उनीपछिका धेरै भ्रष्टाचार मुद्दा म्याद नघाएर दर्ता गरेको भन्दै खारेज गरएिको थियो। विशेष अदालतका तत्कालीन न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाले गरेका फैसलाहरू बढी विवादास्पद बनेका थिए। हदम्यादको कारण जनाएर मुद्दाको तथ्यमै प्रवेश नगरी सफाइ दिने चलन बसेपछि भ्रष्टाचार मुद्दा र विशेष अदालतका फैसलाहरूलाई सर्वाधिक विवादमा तानेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको सार्वजनिक पद धारण गरेको व्यक्ति निवृत्त भएको एक वर्षभित्र मुद्दा चलाउनुपर्ने व्यवस्थामा टेकेर गरएिका ती फैसलालाई त्रुटिपूर्ण र कानुनको गलत व्याख्या ठहर गरे, सर्वोच्चका न्यायाधीशद्वय बलराम केसी र अवधेशकुमार यादवले। २ जेठ ०६७ मा पूर्वरक्षासचिव चक्रबन्धु अर्यालको मुद्दामा झगडिया झिकाउने आदेश गर्ने क्रममा आएको यही न्यायिक टिप्पणीमा टेकेर पछि पाँचवटा ठूला भ्रष्टाचारका मुद्दा पुनः हेर्न विशेष अदालतमा फिर्ता पठाइएको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलासले पूर्वप्रहरी महानिरीक्षकद्वय अच्युतकृष्ण खरेल र मोतीलाल बोहराको मुद्दा खारेज गर्ने विशेषको फैसला बदर गर्दै पुनः हेर्न विशेषलाई भनेको छ। त्यसपछि यस्तै फैसला भएका चक्रबन्धु अर्याल, रवीन्द्रनाथ शर्मा -हाल दिवंगत) र गोविन्दराज जोशीका मुद्दा पनि विशेषमै फर्किएका छन्। अब के अनुमान लगाउन गाह्रो छैन भने पदमप्रसाद पोखरेल, अरुणकुमार रञ्जितकार, गोकर्ण पौडेल, सावित्री राजभण्डारी र ताराराज पाण्डेका मुद्दा पनि सर्वोच्चबाट विशेष अदालत फर्किने छन्। विशेष अदालतले यसअघिजस्तो प्राविधिक आधार देखाएर अभियुक्तलाई उन्मुक्ति दिने छैन र मुद्दाको तथ्यमा प्रवेश गर्नेछ। 

०१७ र ०५९ को ऐन विवाद ः सर्वोच्च अदालतमा सबैभन्दा बढी समय बहस भएको भ्रष्टाचार मुद्दा हो, राजस्व समूहका उपसचिव ईश्वरप्रसाद पोखरेलको। भ्रष्टाचार मुद्दामा सबैभन्दा बढी न्यायाधीशले सुनुवाइ गरेको मुद्दा पनि यही हो। सुरुमा न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाले निर्णय दिन नसकी पूर्ण इजलासले हेर्नुपर्ने आदेश गरेका थिए। न्यायाधीशहरू अनुपराज शर्मा, रामकुमारप्रसाद साह, प्रेम शर्मा, मोहनप्रकाश सिटौला र सुशीला कार्कीको बृहत् इजलासले ५ कात्तिक ०६६ मा धेरै प्रश्नको निक्र्योल गरििदयो। त्यसमध्ये प्रमुख थियो, ०५९ को भ्रष्टाचार निवारण ऐन ०१७ सालको ऐनकै निरन्तरता हो कि होइन भन्ने। पोखरेलका कानुन व्यवसायीले ०५९ को ऐन आउनुअघि नै आर्जित सम्पत्तिको छानबिन हुन नसक्ने जिकिर गरेका थिए भने अख्तियारले ०१७ सालको ऐनकै निरन्तरताका लागि ०५९ को ऐन आएको भन्दै पोखरेलमाथि भ्रष्टाचार मुद्दा लाग्ने बताएको थियो। अन्ततः अख्तियारकै दाबी सर्वोच्चले स्वीकार गरििदयो। त्यसपछि सबैजसो भ्रष्टाचार मुद्दामा कुन व्यक्ति कहिले सार्वजनिक पदमा थियो र ऐन कहिले आयो भन्ने प्रश्न निरर्थक सावित भयो। यसले पनि अब भ्रष्टाचार मुद्दा चाँडो किनारा गर्न मार्ग-प्रशस्त गरेको छ। 

भीडीआईएस -स्वयंकर घोषणा) ः ईश्वरप्रसाद पोखरेलकै मुद्दामा उनकी श्रीमती उषाले स्वैच्छिक रूपमा सम्पत्तिको घोषणा गरी कर तिरसिकेकाले अख्तियारको छानबिनबाट मुक्त हुनुपर्ने दलील लिइन्। सर्वोच्चको सोही बृहत् पूर्ण इजलासले यस प्रश्नलाई पनि सदाका लागि निरूपण गरी कर प्रयोजनका लागि गरएिको स्वयंकर घोषणाले भ्रष्टाचारजस्तो गम्भीर फौजदारी अभियोगबाट मुक्ति नमिल्ने र जस्तोसुकै सम्पत्ति पनि अख्यिारले छानबिन गर्न सक्ने बनाइदियो। 

सम्पत्तिको विश्लेषण ः भ्रष्टाचारका अभियुक्तहरूका पक्षमा वकालत गर्ने सबै कानुन व्यवसायीहरूले अख्तियारले गर्ने सम्पत्तिको विश्लेषण र मूल्यांकनमाथि नै प्रश्न उठाउँदै आएका थिए। यसमा विशेष अदालतका न्यायाधीशपिच्छे फरक-फरक राय आउने र सर्वोच्चले पनि समयमा निर्णय नदिने गर्नाले अख्तियार नै निरुत्साहित भएको थियो। उसले अवैध सम्पत्तिसम्बन्धी मुद्दा चलाउन छाड्नुको प्रमुख कारण यो पनि थियो। अकूत सम्पत्तिको मुद्दा अरू प्रकृतिका भ्रष्टाचार मुद्दाभन्दा बढी जटिल मानिन्छ। आफूसँग भएको सम्पत्तिको स्रोत अभियुक्तले नै देखाउनुपर्ने र उसले वैधानिक स्रोत देखाउन नसक्दा भ्रष्टाचार ठहर हुने भएकाले यसमा सम्पत्तिको मूल्यांकन, तथ्यको विश्लेषण सजिलो मानिँदैन। अहिलेसम्म किनारा लागेका भ्रष्टाचार मुद्दामा सबैभन्दा बढी जटिल विभिन्न संस्थानहरूमा कार्यकारी प्रमुखका रूपमा राजनीतिक नियुक्ति पाएका रामाज्ञा चतुर्वेदीको थियो। "धेरै शक्तिकेन्द्रहरूको नजिक, आम्दानीका स्रोतहरू पनि धेरै छरएिका, कतिपय स्रोतको अभिलेख खोज्दासमेत नभेटिनेजस्ता जटिल तथ्यको विश्लेषण गर्दा न्यायाधीशहरूको कम्ती पसिना छुटेको थिएन," सर्वोच्च स्रोतको भनाइ छ, "तर, त्यस फैसलाले अरू धेरै मुद्दाका लागि बाटो सजिलो बनाइदिएको छ।" पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, रामाज्ञा चतुर्वेदी र हालै गुप्ताको फैसलामा आएको एकै प्रकारको ठहरले अख्तियारको सम्पत्ति मूल्यांकन र विश्लेषण प्रक्रियाले मान्यता पाएको छ। सहन्यायाधिवक्ता सुवेदी भन्छन्, "गुप्ताको मुद्दामा त सम्पत्ति विश्लेषणबारे अख्तियारको दाबी र सर्वोच्चको ठहरमा धेरै फरक पनि छैन। संवैधानिक निकायको कामलाई इज्जत र मान्यता दिएको छ।" धेरैजसोले कृषि, घरभाडा, विदेश भ्रमण, दाइजो, उपहारजस्ता औपचारकि अभिलेख नहुने खालका आम्दानीका स्रोत देखाएर बच्न खोज्ने भएकाले विशेषज्ञको सहायताले ती आम्दानीको यथार्थ जाँच्ने गरएिको छ।

१० प्रतिशत सहुलियत ः राजस्व समूहका २२ कर्मचारीमध्येका एक रामकृष्ण तिवारीलाई विशेष अदालतले १० प्रतिशतभन्दा कम सम्पत्ति मात्रै स्रोत नखुलेको भन्दै भारतीय सर्वोच्च अदालतको नजिर उद्धृत गरी सफाइ दियो। विशेषले अहिलेसम्म पनि त्यही आधारमा कतिपय भ्रष्टाचार मुद्दाका अभियुक्तलाई सफाइ दिइरहेको छ। जेपी गुप्तालाई पनि सात प्रतिशतभन्दा कम सम्पत्तिको मात्र स्रोत देखाउन नसकेको भन्दै सफाइ दिएको थियो, विशेषले। सर्वोच्चको पछिल्लो फैसलामा त्यो अस्वीकार गर्दै विशेष अदालतका न्यायाधीशहरूले गम्भीर लापरबाही र त्रुटि गरी जसरी भए पनि प्रतिवादीलाई सफाइ दिने भावनाबाट ग्रस्त भई फैसला गरेको उल्लेख गरेका छन्। तर, १० प्रतिशतको मान्यताबारे स्पष्ट भने पारएिको छैन। यद्यपि, गुप्ताको मुद्दामा विशेषले गरेको सम्पत्ति विश्लेषणमा पर्याप्त त्रुटि देखाएको छ -हेर्नूस्, बक्स ः गुप्ताको मुद्दामा विशेष अदालत र सर्वोच्चबीच सम्पत्ति मूल्यांकनमा देखिएको भिन्नता)। अन्य मुद्दामा पनि १० प्रतिशतभन्दा कम मात्र स्रोत नखुलेको आधारमा दिएको सफाइमा हेरफेर हुन सक्ने पर्याप्त संकेत यसले गरेको छ। 

सुधार अझै बाँकी
गुप्ताको मुद्दा पनि करबि चार वर्ष चार महिना सर्वोच्चमै विचाराधीन रह्यो। २८ जेठ ०६४ मा विशेषले सफाइ दिने निर्णय गरेको यस मुद्दालाई सर्वोच्चले कानुन अनुसार चल्ने हो भने अग्राधिकार दिई तीन महिनाभित्रै किनारा लगाइसक्नुपर्ने हो। यस्ता कैयौँ मुद्दा छन्, जो अहिले पनि फैसलाका लागि अंग पुगिसक्दा पनि अदालतमा पेसी चढ्दै थन्किँदै गरेका छन्। कहिले न्यायाधीश अपुग भएको बहानामा त कहिले अर्को त्यस्तै मुद्दाको फैसला कुर्ने नाममा भ्रष्टाचार मुद्दा छिन्न ढिलाइ भइरहेको छ। सर्वोच्चकै न्यायाधीश प्रकाश वस्तीको नेतृत्वमा गठित समितिको प्रतिवेदन अनुसार पाँच वर्षअघिदेखिका मुद्दा सर्वोच्चमा विचाराधीन छन्। एक वर्ष नाघेका मुद्दा मात्रै २ सय ३० वटा छन्। 

कानुन व्यवसायीले पेसी सार्ने, मुद्दा स्थगित गर्ने, न्यायाधीशले नै आधार र कारणबिनै हेर्न नमिल्ने र हेर्न नभ्याइने भन्दै पन्छाउने प्रवृत्ति पनि उत्तिकै छ। एकपटक हेर्न नमिल्ने भनेर जनिइसकेका न्यायाधीशको इजलासमा फेरपिmेर िपनि सोही मुद्दाको पेसी तोक्ने परपिाटी पनि रोगजस्तै बनेको छ भने कुनै न्यायाधीशले। त्यस्तै प्रकृतिका मुद्दामा पहिले नै गरसिकेका निर्णय र बोलिसकेका सिद्धान्तका कारण पनि ती न्यायाधीशले अभियोग ठहर गर्न सक्ने कारणले पनि मुद्दा स्थगित गर्ने प्रवृत्ति बढेको वस्ती प्रतिवेदनमा उल्लेख छ। पक्षहरूमा अनुकूल समय र अवसरको खोजीमा पनि मुद्दा लम्ब्याउने मानसिकता रहेको छ, जसलाई न्यायिक क्षेत्रमा 'बेन्च सपिङ्'का नामले चिनिन्छ। पक्ष र न्यायाधीशबीच कुरा नमिलेसम्म मुद्दा छिन्नै नदिने प्रवृत्ति एकदमै हावी भएको न्यायकर्मीहरू नै स्वीकार गर्छन्। 

भ्रष्टाचार मुद्दा लम्ब्याउनकै लागि लामो समय पक्षहरूलाई अदालतमा नझिकाईकनै राखियो। यसमा स्पष्टतः न्यायिक नेतृत्व र न्यायाधीशहरूको इच्छाशक्ति जिम्मेवार रहेको कुरा पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले आफ्नो पालामा लिएको अग्रसरताले  पुष्टि गरििदयो। त्यसअघिको न्यायिक नेतृत्वले प्रभावशाली राजनीतिक र प्रशासनिक नेतृत्वलाई नचिढ्याउने नीति लिएको स्पष्ट भयो। "यसको पूरै ह्याङ्ओभर अझै सकिएको छैन," सर्वोच्चकै एक न्यायाधीश भन्छन्, "कतिपय न्यायाधीश अहिले पनि किन छुचो हुनु भन्दै न्यायिक टिप्पणी लेख्न डराउने, वरष्िठसँग सकेसम्म फरक राय नराख्ने खालका छन्।"

अकूत सम्पत्ति आर्जनमा मुद्दा चलाउनका लागि बाहिरबाट परेका उजुरीबाहेक सम्पत्ति न्यायिक जाँचबुझ आयोग, ०५८ को प्रतिवेदनलाई प्रमुख आधारका रूपमा लिएको थियो, अख्तियारले। उक्त प्रतिवेदनले अकूत सम्पत्ति देखिएको र थप छानबिन गर्नुपर्ने औँल्याइएका व्यक्तिहरूबारे अनुसन्धान गरे पनि अख्तियारले नै सफाइ दिँदै आएको छ। यति मात्रै होइन, विशेष अदालतले सफाइ दिएका धेरै सरकारी पदाधिकारीविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्नसमेत अख्तियार पछि हट्यो। नेपाल प्रहरीका तीन उच्च अधिकृत यसका उदाहरण हुन्। ६३ लाख ९१ हजार रुपियाँ अवैध सम्पत्ति राखेको मुद्दा खेपेका कल्याणकुमार तिमिल्सिना, ८४ लाख ३६ हजार ३ सय ६१ रुपियाँबराबर अवैध सम्पत्ति रहेको दाबी गरएिका वसन्तराज कुँवर र ६१ लाख ८६ हजार ८ सय ३० अवैध सम्पत्ति रहेको दाबी गरएिका किरणकुमार गौतम तीनै जनाले विशेष अदालतबाट सफाइ पाए। यस्ता सबै मुद्दामा पुनरावेदन गर्दै आएको अख्तियार यी तीन वरष्िठ प्रहरी अधिकारीको सफाइलाई चित्त बुझाएर बस्यो। त्यसपछि तिमिल्सिना र गौतम दुई तह बढुवा पाएर प्रहरी अतिरत्तिm महानिरीक्षकको दर्जामा पुगिसकेका छन्। मुद्दा चल्दा तीनै जना वरष्िठ प्रहरी उपरीक्षक थिए। यसमा ती अभियुक्तको मिलेमतोमा अख्तियारले सर्वोच्चमा मुद्दा नपुर्‍याएको हुन सक्ने न्यायकर्मीहरूको छ। 

सैद्धान्तिक रूपले भ्रष्टाचार मुद्दाको प्रवाहमा तीव्रता ल्याउन पर्याप्त आधार तयार भए पनि अदालतभित्रको व्यावहारकि र संस्कारगत पक्षमा भने धेरै समस्या छन्। जसले गर्दा छिटोछरतिो भ्रष्टाचार किनारा हुनेमा शंका गर्ने ठाउँ अझै छ। 

विशेष अदालतका न्यायाधीशहरू एकसाथ मुक्तिनाथलगायत धामहरूमा हेलिकप्टरमा तीर्थ गर्न जाने र त्यहीँ पक्षहरूलाई भेट्ने गरेका घटना पनि त्यतिखेर पर्याप्त चर्चाका विषय बनेका थिए। यी प्रकरणहरूको मिहीन छानबिन गर्ने हो भने न्यायक्षेत्रभित्रका विसंगतिको पाटो उघि्रनेछ। भ्रष्टाचारका अभियुक्त जहिले पनि आर्थिक र राजनीतिक शक्ति भएकाहरू नै हुन्छन्। "त्यसैले उनीहरू सके आफ्नो पक्षमा फैसला पार्न प्रयास गर्छन्," विशेष अदालतका एक अधिकारी भन्छन्, "त्यति नसके मुद्दा लम्ब्याउने हत्कन्डा अपनाउँछन्।" 

मुद्दा लम्ब्याउन नदिन विशेष अदालतले गरेको विशेष कडाइ सर्वोच्च अदालतका लागि पनि अनुकरणयोग्य बन्न सक्छ। मंगतुराम समूहका उद्योगी व्यापारीले राष्ट्रिय वाणिज्य बैँक रानी विराटनगर शाखाबाट अनियमित तरकिाले कर्जा लिई भ्रष्टाचार गरेको मुद्दाका एक अभियुक्तले विदेश जानुपर्ने काम परेको भन्दै ६ महिनाको तारेख मागे। तर, विशेषले स्वीकार गरेन। जुन मुद्दामा केही समयअघि १ अर्ब ३७ करोड रुपियाँ भराउने फैसला भएको थियो। लम्बेतान बहस गर्न खोज्ने कानुन व्यवसायीलाई पहिले नै बेञ्चबाट समय तोकेर बहस गराइन्छ।

सुडान काण्डकै कुरा गरौँ। मुद्दा लम्ब्याउनका लागि अदालतमा ढिलो गरी उपस्थित भए, मुख्य अभियुक्त पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा। राणासहित कतिपयले म्याद बुझ्नै मानेनन्। "मुद्दाको पेसी स्थगित गर्न त कति नाटक रचिए कति ?" विशेष अदालतका एक अधिकारी भन्छन्, "कानुनी अड्चनहरू देखाएर पनि मुद्दा किनाराबाट रोक्न खोजियो।" अख्तियारका प्रमुख आयुक्तको अधिकार सचिवलाई प्रत्यायोजन गरेको सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा विशेषले फैसला गर्न नपाउने जिकिरसमेत कतिपय कानुन व्यवसायीले लिए। तर, विशेष अदालतका न्यायाधीशहरू गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले सर्वोच्चलाई पर्खेनन्। आफूले देखेको निर्णय दिएरै छाडे, मुद्दा दायर भएको आठ महिनामै। 

गुप्ताको मुद्दा पनि गत भदौमै फैसला हुन लागेको थियो। तर, न्यायाधीश तपबहादुर मगरले आफू निवृत्त हुन लागेका बेला यस्तो फैसला नगर्ने भनेर पछि हटे। 

न्यायाधीशमाथि कारबाही !

सर्वोच्चको पछिल्लो फैसलामा कानुनको गलत प्रयोग, सम्पत्तिको त्रुटिपूर्ण मूल्यांकन, जसरी पनि सफाइ दिने नियत, अभियुक्तले दाबी गरेको भन्दा पनि बढी आम्दानीलाई वैध मानेको जस्ता गम्भीर प्रश्न विशेष अदालतका तत्कालीन न्यायाधीशहरूमाथि उठाइएको छ। र, न्यायपरष्िाद्लाई कारबाहीका लागि लेखी पठाउन भनिएको छ। फैसलामै आएको न्यायिक टिप्पणी यो पहिलो भए पनि गुप्तालगायत कैयौँ भ्रष्टाचार मुद्दाका अभियुक्तलाई तत्कालीन न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको समूहले सफाइ दिने निर्णय गरेको थियो र चर्को आलोचना पनि भएको थियो। सर्वोच्चबाट खटिने न्यायाधीशको निरीक्षण टोलीले पनि विशेषका ती फैसला कमजोर रहेको टिप्पणी लेखेको थियो भने सर्वोच्चका पूर्वन्यायाधीशद्वय बलराम केसी र अवधेशकुमार यादवको संयुक्त इजलासले पनि न्यायिक टिप्पणीमार्फत कारबाही गर्न आदेश गरेको थियो।

सर्वोच्च स्रोतका अनुसार यसअघि विचाराधीन मुद्दाकै क्रममा न्यायिक टिप्पणी गरएिकाले कारबाहीका लागि हतारो गरएिन। अहिले पनि अवकाशप्राप्त न्यायाधीश भूपध्वज अधिकारीलाई कारबाही हुने सम्भावना न्यून छ। किनभने, आठ जना न्यायाधीशले छानबिनकै क्रममा राजीनामा दिएर निवृत्तिभरण पाइरहेका छन्। यद्यपि, पुनरावेदन अदालतमा कार्यरत शर्मा र राणामाथि भने न्यायपरष्िाद्ले छानबिन अघि बढाउन सक्नेछ। विशेष अदालतका तत्कालीन अध्यक्ष अधिकारी त्यस्ता विवादास्पद न्यायाधीश हुन्, जो आफ्नो सेवा अवधिभर िराजधानीबाहिर मुस्किलले गए। त्यसको मूल कारण आर्थिक रहेको सर्वोच्च अदालतका एक न्यायाधीश बताउँछन्।

अहिलेसम्म न्यायपरष्िाद्ले आठ जना न्यायाधीशलाई  छानबिनमा दोषी पाइएपछि पदमुक्त गरेको छ। सकारात्मक पक्ष के भने यही सन्दर्भमा न्यायपरष्िाद् ऐन संशोधन गरी अख्तियारलाई समेत न्यायाधीशमाथि छानबिनका लागि सिफारसि गर्न सक्ने व्यवस्था गर्न लागिएको छ। यसका लागि न्यायपरष्िाद्ले ऐन संशोधनको प्रारम्भिक तयारी गरसिकेको छ। "न्यायपरष्िाद्लाई संगठनात्मक रूपले पनि बलियो बनाउन जनशक्ति थप्ने तयारी पनि थालेका छौँ," न्यायपरष्िाद् सचिव जीवनहर िअधिकारी भन्छन्, "न्यायपरष्िाद्को प्रभावकारतिा बढाएर पनि न्यायालयप्रति जनआस्था अभिवृद्धि गर्न सकिन्छ भन्ने।"

गभर्नर विजयनाथ भट्टराईको मुद्दामा विशेष अदालतका तीन न्यायाधीशले तीन राय दिएका थिए। त्यसमा तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद गिरीको निर्देशन रहेको र विशेषका न्यायाधीशहरूले जानीजानी राय बझाएको स्रोतको दाबी छ। पछि सर्वोच्चमा पुगिसकेपछि पनि गिरीले न्यायाधीश ताहिर अलि अन्सारीको इजलासबाट अख्तियारको पक्षमा फैसला गर्न लगाए। जुन पछि अर्को इजलासबाट त्यो मुद्दा उल्टियो। सर्वोच्चका बहालवाला न्यायाधीशमध्ये सर्वाधिक विवादास्पदमा पर्छन्, अन्सारी। विशेष अदालतले सुडान घोटालामा दोषी ठहर गरेका ठेकेदार शम्भु भारतीलाई १५ करोड धरौटीबाट ८० लाख रुपियाँमा झार्ने निर्णय पनि अन्सारीले नै गरेका थिए। 

विशेषका न्यायाधीशहरू अधिक बदनाम भएपछि तत्कालीन न्यायपरष्िाद् सदस्य वासुदेव ढुंगानाले सरुवाको प्रस्ताव गरेका थिए। तर, प्रधानन्यायाधीश गिरीले नमानेको स्रोतको भनाइ छ। पछि तिनै विवादास्पदमध्येका न्यायाधीश अधिकारीलाई मीनबहादुर रायमाझी प्रधानन्यायाधीश भएपछि पुनरावेदन अदालतको मुख्य न्यायाधीश बनाइयो। कानुनमन्त्री देव गुरुङले मुख्य न्यायाधीश नबनाउन अडान लिँदा रायमाझीले 'त्यसो भए कसैको पनि सरुवाबढुवा हुँदैन' भनेर अड्डी कसे। अरूको पनि रोकिने भएपछि गुरुङ नै अडानबाट पछि हटे।

संविधानसभाको निर्वाचन हुनुअघि अमेरकिी राजदूत जेम्स एफ मोरयिार्टीले तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालासँग 'सबै कांग्रेस नेता भ्रष्टाचार मुद्दा बोक्ने, चुनावचाहिँ माओवादीलाई जिताउने ?' भनेपछि कांग्रेस नेताहरू भ्रष्टाचार आरोपितलाई सफाइ दिलाउने ध्याउन्नमा लागेको सर्वोच्च स्रोतको दाबी छ। त्यसलगत्तै भ्रष्टाचार आरोपित नेताहरू खुमबहादुर खड्कालगायतले प्रधानन्यायाधीश दिलीप पौडेललाई बारम्बार भेटेको समयतालिका नै पत्रपत्रिकामा सार्वजनिक भएको थियो। तत्कालीन प्रधानन्यायाधीश पौडेलकै संरक्षण र समर्थनमा विशेष अदालतबाट एकपछि अर्को सफाइका फैसला आएको स्रोतको दाबी छ। विशेष अदालतका तत्कालीन अर्का न्यायाधीश कोमलनाथ शर्मा त पाटन पुनरावेदन अदालतमा छँदै सुन काण्डमा विवादमा मुछिएका थिए। अहिले अख्तियार प्रमुखको उम्मेदवार बनेका लोकमानसिंह कार्की भन्सार विभागका महानिर्देशक र अख्तियार सचिव भगवतीकुमार काफ्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख छँदा हङ्कङ्बाट भवीन्द्र बुढाथोकीका नाममा आएको ७३ लाख रुपियाँबराबरको सुनचाँदी गायब हुँदा मुद्दा चलेको थियो। त्यसमा विपक्षी बनाइएका कार्की र काफ्ले दुवैलाई सफाइ दिने न्यायाधीश कोमलनाथ शर्मा थिए भने प्रधानन्यायाधीश मोहनप्रसाद शर्मा। प्रधानन्यायाधीश शर्मा विराटनगरस्थित भूपालमानसिंह कार्की -लोकमानका बुबा)को निवासमा यज्ञमा सहभागी भएको र त्यसलगत्तै ४ भदौ ०५४ मा सुनकाण्डमा मुछिएका दुवै सरकारी अधिकारीले सफाइ पाएको प्रसंगले त्यतिबेला निकै चर्चा बटुलेको थियो। 

अख्तियार : कानुनमा मात्रै बलियो
सर्वोच्च र विशेष अदालतका पछिल्ला फैसलाहरूका कारण अख्यिारको भूमिका र कानुनी मान्यताका दृष्टिले बलियो बन्दै गइरहेको छ। दुवै तहका अदालतबाट भएका फैसलाले संवैधानिक निकाय अख्तियारको भूमिका स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। पछिल्लो न्यायपरष्िाद्सम्बन्धी ऐनको संशोधन मस्यौदामा न्यायाधीशको सम्पत्ति छानबिन गरी अदालतमा मुद्दा चलाउन अख्यितारलाई लेखी पठाउने प्रस्ताव छ। यसले भ्रष्टाचारको छानबिन र अभियोजनका लागि अख्तियार नै स्थापित र निर्विकल्प संस्था हो भन्ने मान्यतालाई थप बल पुर्‍याएको छ। तर, अख्तियार अपांग छ। ६ वर्षदेखि नेतृत्वविहीन यस संस्थाले अकूत सम्पत्तिसम्बन्धी मुद्दा चलाउन छाडेको छ।

एक समय थियो, अख्तियारले निकै साहसिक र प्रभावकारी कार्यसम्पादन गरेको थियो। अहिलेसम्मै विशेष अदालत र सर्वोच्च अदालतमा रहेका ठूला भ्रष्टाचार मुद्दा त्यसबेलाकै देन हुन्। तर, चार वर्षदेखि अकूत सम्पत्ति र ठूला भ्रष्टाचार मुद्दा अख्तियारले दायर गरेको छैन। त्यसकारण विशेष अदालत पनि कामविहीनजस्तै भएको छ। "यसले गर्दा बाहिर भ्रष्टहरूको जगजगी हुने, न्यायालय हेरेको हेर्‍यै हुने अवस्था आउने डर भइसक्यो," सहन्यायाधिवक्ता सुवेदी भन्छन्, "यही मौकामा अख्तियारलाई कमजोर बनाउनेतिर राजनीतिक नेतृत्व लागिपरेको त होइन भन्ने प्रश्न सँगसँगै उठेको छ।"

पाइपलाइनका भीआईपीहरू
खुमबहादुर खड्का पूर्वमन्त्री
बिगो रकम : २,३६,८७,६२४

गोविन्दराज जोशी पूर्वमन्त्री
बिगो रकम : ३,९३,६२,५७६

मोतीलाल बोहरा, पूर्वप्रहरी महानिरीक्षक
बिगो रकम : २,३८,२३,६२७

अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक
बिगो रकम : १,६३,३६,१३०

प्रदीपशमशेर जबरा पूर्वप्रहरी महानिरीक्षक
बिगो रकम : ३,७७,८१,६३१

नगेन्द्रप्रसाद घिमिरे पूर्वसचिव
बिगो रकम : १,६९,७६,५३८

केशरजंग खड्का उपसचिव
बिगो रकम : १,४५,६२,१७४

आनन्दप्रसाद खनाल सह-सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय 
बिगो रकम : ३,९७,४०,०७३

चक्रबन्धु अर्याल, पूर्वसचिव
बिगो रकम : २,६०,८१,५६१

पदमप्रसाद पोखरेल पूर्वसचिव
बिगो रकम : १,५१,३८,८९८

ईश्वरप्रसाद पोखरेल उपसचिव, अर्थ मन्त्रालय
बिगो रकम : १,२३,०३,६९५

गोकर्ण पौडेल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव
बिगो रकम : २,०६,३०,९१६

सावित्री राजभण्डारी सहसचिव, अर्थ मन्त्रालय
बिगो रकम : २,९३,१५,३०७

खेमराज भट्टराई निर्देशक, भन्सार विभाग
बिगो : २,४५,६३,८७८

अरुणकुमार रञ्जितकार पूर्वसहसचिव
बिगो रकम : ३,१९,६७,४३८

'अब न्यायालय अघि बढ्छ’

- खिलराज रेग्मी, प्रधानन्यायाधीश, सर्वोच्च अदालत

भ्रष्टाचार मुद्दामा भएको पछिल्लो फैसला ऐतिहासिक भईकन पनि धेरै ढिलो आयो भन्ने लाग्दैन ? 

भ्रष्टाचार मुद्दाहरूको संख्या धेरै छ। कतिपय तात्कालिक सम्बोधन गर्नुपर्ने रटि आउँछन्। बन्दी प्रत्यक्षीकरण र थुनुवा मुद्दा पनि आउँछन्। यी सबै खालका मुद्दा हेर्नुपर्छ। हरेक मुद्दा कुनै न कुनै दृष्टिले न्यायप्राप्तिका लागि उत्तिकै महत्त्वपूर्ण र जरुरी हुन्छन्। सर्वोच्च अदालत न्याय याचनाका लागि अन्तिम अदालत पनि हो। हरेक मुद्दामा पीडित पक्षलाई र न्यायमा सम्बोधन गर्नुपर्ने आवश्यकता, सामाजिक न्याय र न्यायका मान्य सिद्धान्त सबै कुरालाई हेरेर हामीले न्यायको सम्पादन गर्ने हो। विधि र प्रक्रिया, संविधान, कानुन, प्रमाण सबै हेरेर गरन्िछ। 

त्यसो भनेर भ्रष्टाचार मुद्दालाई प्राथमिकता नदिएको भन्ने होइन। धेरै अगाडिको कुरामा म त्यति जान चाहन्न। विशेष गरेर म सर्वोच्चको नेतृत्वमा आउनु केही समयअघि र आइसकेपछि भ्रष्टाचार मुद्दामा अलि ढिलै भयो कि भनेर हामीले खोजबिन गर्‍यौँ। अभिलेखहरूको विश्लेषण गर्न लगायौँ। यसले एउटा गति लेओस् भन्ने हाम्रो पनि चाहना हो। स्वाभाविक गतिमा कामकारबाही अगाडि बढ्नुपर्छ भनेर हामीले प्रयत्न गरेका छौँ। 

कानुनतः तीन महिनामा टुंग्याउनुपर्ने मुद्दा चार-पाँच वर्षसम्म पनि फैसला नहुनु त साह्रै नै सुस्त गति भयो नि होइन ?

भ्रष्टाचार मुद्दा अलमलमा नपरोस् भनेर हामीले प्यानल पद्धति लागू गरेका छौँ। सातामा तीन दिन पुराना मुद्दाका लागि समय तोकेका छौँ। नयाँमा पनि आइतबार र मंगलबारको दिनमा भ्रष्टाचार मुद्दा पेस हुन्छ। विशेष गरेर भ्रष्टाचार मुद्दाहरूमा तथ्यसम्बन्धी धेरै जटिलता हुन्छन्। अकूत सम्पत्तिसम्बन्धी मुद्दामा तथ्यको मूल्यांकन र विश्लेषणमै धेरै ध्यान पुर्‍याउनुपर्ने हुन्छ। तथ्य केलाउनुपर्ने, व्याख्या गर्नुपर्ने हुन्छ। यस्ता मुद्दामा कानुन व्यवसायी राम्रै संख्यामा संलग्न रहने भएकाले बहस सुन्न पनि समय लाग्छ। न्यायको टुंगोमा पुग्नका लागि तथ्य र कानुनसम्बन्धी जटिलता धेरै भएकाले कोर्स लिन समय लागेको हो। केही अगाडिको अवस्थासँग तुलना गर्ने हो भने क्रमशः भ्रष्टाचार मुद्दामा कानुन र प्रमाणका आधारमा न्यायोचित निष्कर्षमा पुग्ने प्रक्रिया अगाडि बढेको छ। संख्यात्मक हिसाबले हेर्दा पनि भ्रष्टाचारभित्रैका विभिन्न प्रकृतिका मुद्दा फैसला भइरहेकै छन्। त्यसकारण दुई-चारवटा फलानो प्रकृतिको, सार्वजनिक जीवनमा रहेका व्यक्तित्वको मुद्दा मात्रै अगाडि बढेको छ वा छैन भन्ने अर्थमा मात्रै यसलाई बुझ्न मिल्दैन। भ्रष्टाचारसँग सम्बन्धित अरू प्रकृतिका मुद्दा पनि फैसला भइरहेकै छन्। अब एउटा कानुनी बाटो लिन्छ र यसले न्यायलाई सम्बोधन गर्ने कुरामा अगाडि बढ्छ। धेरै अलमल हुँदैन। 

व्यक्तिगत रूपमा तपाईंलाई भ्रष्टाचार मुद्दामा न्यायालयको ढिलासुस्तीले समाजमा नकारात्मक असर परिरहेजस्तो लाग्छ कि लाग्दैन ?

पहिलाचाहिँ अलिकति ढिला भयो भन्ने अनुभूति नभएको होइन। त्यो यथार्थलाई म अन्यथा भन्न चाहन्नँ। तर, त्यही भएर एउटा कोर्समा जाओस्, हाम्रो प्रणालीभित्र प्रक्रियासंगत तवरले अगाडि बढोस् भन्नेमा हामी प्रयत्नशील छौँ। 

प्यानल पद्धतिबाहेक भष्टाचार मुद्दाप्रति तपाईंको गम्भीरता देखिने अरू के प्रयत्न भएका छन् ?

एउटा प्रक्रियामा लैजानुपर्छ भनेर नै हामीले पुराना मुद्दाको चाँडो कारबाहीका लागि फौजदारी प्यानलमा राखेका छौँ। नयाँ मुद्दामा पनि सातामा दुई दिन एउटा-एउटा इजलास भ्रष्टाचार मुद्दाकै लागि छुट्याउने गरेका छौँ। पेसीसूची हेर्दा पनि अक्सर गरेर मैले त्यो भ्रष्टाचार मुद्दाको इजलास स्थगित नहोस् भन्ने पक्षमा कोसिस गररिहेको छु। यसलाई समाजले पनि हाम्रो अदालतको कार्यप्रणाली, यसले लिने कोर्स, यसले पुर्‍याउनुपर्ने कार्यविधिका कारण हुने सामान्य ढिलाइप्रति धैर्यता देखाइदिनु उचित हुन्छ। किनभने, न्यायको यो अन्तिम अदालत हो। न्यायलाई उचित सम्बोधन यहाँबाट गर्न नसकिए अन्त जाने ठाउँ हुँदैन। सबैलाई न्याय दिनुपर्छ। त्यसले गर्दा अगाडि अलिकति ढिलो भएको हो। तर, अहिले आएर क्रमिक रूपले आफ्नो गति लिएको छ। यसको सम्बोधन गर्नका लागि न्यायालय अब पछि पर्दैन। 

भनेपछि अब विचाराधीन भ्रष्टाचार मुद्दा चाँडोचाँडो फैसला हुन्छन् ? 

अब गोरेटो बनेको छ। त्यसैले अलि गतिशील ढंगले न्यायालय अघि बढ्छ। किनभने, धेरै अन्योल र समस्याका कुरा पन्छिँदै गएका छन्। जटिलता फुक्दै गएका छन्। हदम्याद, सम्पत्तिमा कुन कुरालाई कसरी मूल्यांकन गर्ने भन्नेजस्ता कुरामा नजिर, पद्धति कायम गरसिकेको छ। त्यसले अगाडिका फैसलालाई पनि प्रशस्त मार्गदर्शन भएको छ। त्यसैले मुद्दाको फैसला छिटो हुन्छ भन्ने मलाई विश्वास छ। 

बीचमा भ्रष्टाचार मुद्दाका लागि दु्रतमार्गको कुरा आएको थियो, त्यो लागू भएको छ ?

दु्रतमार्ग नै भन्नुभन्दा पनि हाम्रो प्रणालीभित्र एउटा कुरालाई हेर्दा अरू कुरामा मान्छे न्यायबाट विमुख हुने अवस्था आउन सक्छ। एकातिर ती कुरालाई यथोचित सम्बोधन गर्नुपर्छ। अर्कोतिर, सामाजिक रूपमा ठूलो विकृतिको स्वरूप हो भ्रष्टाचार। यसलाई पनि आवश्यकता अनुसार दोषी देखिएको हदसम्म ठहर गर्दै दण्डहीनताको अन्त्य र समाजमा सुशासन, स्वच्छता र शुद्धता कायम गर्ने प्रणाली पनि हो यो। यसलाई क्रमिक रूपले अगाडि बढाउन सकिन्छ भन्ने आजसम्मको यात्राले पनि देखाएको छ। भोलि पनि यो क्रम जारी रहनेछ ।

लामो समयसम्म भ्रष्टाचार मुद्दा अलपत्र परे । तिनलाई ब्यूँताउन र गति दिन नेतृत्वको इच्छाशक्ति नै चाहिने रहेछ है ? 

अगाडि बढाउनका लागि त्यो पनि एउटा पक्ष हो। र, सबै न्यायाधीशको न्यायप्रतिको प्रतिबद्धता, निष्पक्षतापूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता सबैको नभईकन समग्रमा सफल यात्रा हुन सक्दैन। त्यसैले यसलाई 'टिमवर्क'का रूपमा पनि लिनुपर्छ। काम गर्दा अग्रसरता र प्रणालीभित्र लैजाने, काम-कारबाहीहरूलाई उचित वातावरण तयार गरेर अगाडि बढाउने भूमिका पनि रहन्छ। 

भ्रष्टाचार भन्नेबित्तिकै पद र शक्तिको कुरा आउँछ । ती पदासीन र शक्तिशालीले आफ्नो दबाब र प्रभावको प्रयोग न्यायालयमा पनि गर्न खोज्दा हुन् । त्यस्ता दबाब र प्रभाव कत्तिको झेलिरहनुभएको छ ?

न्याय भनेको सत्य हो। निष्पक्षता, निर्भीकता, संवेदनशीलता, गम्भीरता र उत्तरदायित्वको भाव भयो भने आत्मबलका साथ अगाडि बढ्न सकिन्छ। कुनै दायाँबायाँ, कुनै जस्केलाबाट हेर्नुपर्ने, कतै चियाउनुपर्ने अवस्था आउँदैन। न्याय सर्वोपर िहो। संविधान सर्वोपर िहो। मेरो कर्तव्य न्यायसम्पादन हो भन्ने ठान्दा मात्रै त्यस्ता दबाब आउनेभन्दा पन्छिने नै गर्छ भन्ने मलाई विश्वास छ, आजसम्मको यात्रामा। 

दबाबचाहिँ आउँछन् कि आउँदैनन् ?

त्यस्तो दबाबको अनुभूति मैलेचाहिँ गरेको छैन। 

अब भ्रष्टाचार मुद्दामा हाम्रो न्यायालय आक्रामक हुन थालेको हो ?

आक्रामक शैली भन्ने अर्थमा अदालत जाँदैन। न्यायालयले कानुन र प्रमाणका आधारमा न्यायसम्पादन गर्नुपर्छ। कानुन र प्रमाणका आधारमा दोषीलाई दण्डित गर्नुपर्छ। दोषी उम्कनु हुँदैन, निर्दोष पर्नुहुँदैन। त्यसकारण गम्भीरतापूर्वक हामीले मिसिल अध्ययन गरी प्रमाण कानुनका आधारमा जानुपर्छ भन्ने मान्यता हो। न्यायालयमा आक्रामक वा अनाक्रामक शैली भन्ने हुँदैन। न्यायलाई सम्बोधन गर्ने आत्मबल र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ। त्यत्ति मात्रै हो।

पछिल्लो फैसलामा विशेष अदालतबाट भएका फैसला त्रुटिपूर्ण रहेको भन्दै ती न्यायाधीशलाई कारबाही गर्नुपर्ने टिप्पणी छ । अब के कारबाही हुन्छ ?

यहाँ (सर्वोच्च)बाट लेखेर गइसकेपछि कस्तो लापरबाही छ, कस्तो लापरबाही छ, कस्तो त्रुटि भएको छ भन्ने छानबिन गर्नुपर्छ। अहिले नै कस्तो रूपको कारबाही हुन्छ भन्नु हतारो हुन्छ।  

दुई जना न्यायाधीश बसेर गरेको फैसलाले गम्भीर त्रुटि भनिइसकेपछि थप छानबिन किन चाहियो ?

फैसलामा त्रुटि र लापरबाहीको संकेत मात्रै गरएिको छ तर त्यसको वस्तुपरक विश्लेषण गर्नुपर्छ। छानबिन भइसकेपछि कानुनी प्रक्रिया अनुसार एउटा कोर्समा अघि बढ्छ। 

यस्तो अवस्थामा न्यायाधीशलाई कारबाही गर्ने स्थापित मान्यता र पूर्वनजिर केही छन् ?

त्यस्तो केही छैन। मुद्दाविशेषमा गएर हेर्नुपर्छ। 

कारबाही गर्नुपर्ने भनिएकामध्ये दुई जना अहिले पनि कार्यक्षेत्रमै छन्, अब तिनले गर्नेन्यायसम्पादनप्रति कसरी विश्वास गर्ने ?

अहिले प्रारम्भमै त्यति भनिहाल्ने बेला भएको छैन। उजुरी त अरू न्यायाधीशबारे पनि परेका छन्। अरू न्यायाधीश पनि छानबिनमा छन्। उनीहरू पनि कार्यक्षेत्रमै छन्। अध्ययन, छानबिन, विषयको गहनता र संवेदनशीलताका आधारमा एक चरणमा गएर निर्णय गर्नुपर्छ।
http://www.ekantipur.com/nepal/article/?id=3439