Tuesday, June 23, 2015

टप टेन प्लस टु २०७२




वर्ष २०७१ मा कक्षा ११ र १२ मा क्रमश: ४७.२७ र ४४.१० प्रतिशत विद्यार्थी नियमिततर्फ उत्तीर्ण भए। अर्थात्, यस वर्ष औसत ४५.६९ प्रतिशत उत्तीर्ण दर रह्यो। उत्कृष्टको प्रतिस्पर्धामा रहेका उच्च माविहरूको उत्तीर्ण दरचाहिँ राष्ट्रिय औसतभन्दा करिब दोब्बर रह्यो।


नेपालको टप टेन प्लस टु (उच्च मावि) सूचीमा विगत चार वर्षको नतिजा विश्लेषणका आधारमा गरिएको पहिलो नम्बरमा मानभवन, ललितपुरको प्रसादी एकेडेमी नै छ। प्रसादी विगत आठ वर्षदेखि टप टेनको सूचीमा पहिलो नम्बरमा रहँदै आएको छ। यसपल्ट नेपालको सूचीकरणमा प्रसादीले ९८.७३ प्रतिशत अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो। 


यसपटक टप टेनको सूचीमा दुईवटा नयाँ उच्च मावि प्रवेश गरेका छन्, माइतीघर, काठमाडौँको सेन्ट जेभियर्स कलेज र दधिकोट, भक्तपुरको मोडर्न बोर्डिङ उच्च मावि। त्रिभुवन विश्वविद्यालयले आईएस्सी कार्यक्रम हटाएपछि ०६६ मा मात्र सेन्ट जेभियर्सले उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिएको हो। नेपालको टप टेनको प्रतिस्पर्धाका लागि न्यूनतम मापदण्डभित्र पर्नेबित्तिकै यो कलेज मुलुकभरमा दोस्रो (९६.३१ प्रतिशत) भएको हो। यससँगै विगतमा दोस्रो स् थानमा रहँदै आएको ललितपुरको सेन्ट मेरिज तेस्रो (९५.५४ प्रतिशत)मा झरेको छ। भक्तपुरको सैनिक आवासीय उच्च माविले गत वर्षकै चौथो ( ९५.२३ प्रतिशत) स्थान सुरक्षित गरेको छ।



गत वर्ष छैटौँ स्थानमा रहेको मध्य बानेश्वर, काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्ट करिब दुई प्रतिशत उत्तीर्ण दर बढाएर एक स् थान माथि (९४.९० प्रतिशत) उक्लेको छ। सेन्ट जेभियर्सको प्रविष्टि र ग्लोबलको प्राप्तांक बढोत्तरीबाट प्रत्यक्ष प्रभावित बागबजारको काठमाडौँ मोडल कलेज भएको छ। गत वर्ष तृतीय भएको मोडल अहिले छैटौँ (९४.७८ प्रतिशत)मा पुगेको छ। विद्यार्थी संख्याका हिसाबले भने टप टेन सूचीमा रहेका उच्च माविहरूमा सबैभन्दा ठूलो मोडल नै रहेको छ, जसले ०७१ मा कक्षा ११ को परीक्षामा मात्र १ हजार १ सय ५१ विद्यार्थी सामेल गराएको थियो, जुन अन्य उच्च माविको तुलनामा दोब्बर हो। लाजिम्पाटको जेभियर एकेडेमीले यसपालि पनि गत वर्षकै सातौँ स् थान (९४.१२ प्रतिशत) ओगटेको छ। गत वर्ष पाँचौँ स्थानमा रहेको पकनाजोल, काठमाडौँको एनसीसीएस उच्च मावि यसपालि आठौँ (९३.०६ प्रतिशत)मा झरेको छ।



पहिलोपल्ट टप टेनको सूचीमा परेको मोडर्न बोर्डिङ (९३.०५ प्रतिशत) नवौँ स्थानमा छ। गत वर्ष नवौँमा रहेको ललितपुरको लिटिल एन्जल्स उच्च मावि यसपल्ट १०औँ (९२.६२ प्रतिशत)मा धकेलिएको छ।



यसपल्ट उपत्यकाबाहिरका कुनै पनि उच्च मावि टप टेनको सूचीमा परेनन्। गत वर्ष टप टेनमा रहेको उपत्यकाबाहिरको एक मात्र दाङको गोर्खा इन्टरनेसनल पब्लिक १३औँ स्थानमा पुगेको छ। गत वर्षको सूचीमा आठौँमा रहेको ललितपुरको युनाइटेड एकेडेमी यसपल्ट १२औँ स्थानमा पुगेको छ। पोखरा, कास्कीको मदरल्यान्ड उच्च मावि र नयाँ बानेश्वरको नोबेल एकेडेमी उत्कृष्ट उच्च माविहरूको सूचीमा नवप्रवेशी बने। यसपालि टप टेनको सीमा लिटिल एन्जल्सले कोर्‍यो। पहिलो र १०औँ नम्बरका उच्च माविको प्राप्तांकबीच ६.११ अंकको दूरी रह् यो। नयाँ बानेश्वरको एस उच्च माविले उत्कृष्ट २५ उच्च माविको सीमा (८४.७६ प्रतिशत) कायम गर्‍यो।



उपत्यकाबाहिरका झापा, विराटनगर, चितवन, बुटवल, बनेपाजस्ता सहरको उपस्थिति यस वर्ष शून्य रह्यो। गत वर्ष १७औँ स्थानमा रहेको बनेपा, काभ्रेको सिद्धार्थ इङ्लिस उच्च मावि विद्यार्थी संख्या न्यून रहेका कारण यस वर्षका उत्कृष्टको सूचीबाट बाहिरिएको छ। सामुदायिक उच्च माविमध्ये उत्कृष्ट २५ मा कुनै परेनन्। तर, सामुदायिकमध्ये पोखराको अमरसिंह उच्च मावि (७६.२१ प्रतिशत) उत्कृष्ट रहेको छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि अन्य नाफामुखी शैक्षिक संस्थाभन्दा भिन्न छ।




छनोट विधि


विगत वर्षझैँ यसपटक पनि नेपालले उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को शैक्षिक सत्रको अन्त्यमा लिने परीक्षाको नियमिततर्फको नतिजा विश्लेषणका आधारमा उत्कृष्ट उच्च मावि छानेको छ । यस क्रममा विगतका मापदण्डमा कुनै हेरफेर गरिएको छैन । न्यूनतम १ सय १९ विद्यार्थीलाई परीक्षामा सहभागी गराउने उच्च माविलाई छनोटको प्रारम्भिक सूचीमा राखियो । यस अंकले औसत विद्यार्थी संख्या जनाउँछ, जुन देशभरिका विद्यालय संख्याले कक्षा ११ र १२ का विद्यार्थी संख्यालाई भाग गर्दा निस्किएको अंक हो ।

०६८ देखि ०७१ सम्म चार वर्षको नतिजा विश्लेषण गरी ती सबै नतिजाको औसत अंकका आधारमा अन्तिम प्राप्तांक निकालिएको छ । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि नभएका होइनन् । तर, औसत विद्यार्थी संख्या नभएका विद्यालय प्रतिस्पर्धाका लागि छनोट सूचीमै परेनन् भने केही न्यूनतम मापदण्डभित्र परेर पनि उतारचढावपूर्ण नतिजाका कारण समग्र मूल्यांकनमा कमजोर देखिए ।

परीक्षामा अमर्यादित गतिविधि गर्ने, परीक्षा केन्द्र आफू अनुकूल बनाउने, उत्तरपुस्तिका जाँच्ने क्रममा अनियमितता गर्नेजस्ता विकृतिमा संलग्न भएको प्रमाणित भएका उच्च माविलाई पनि सूचीबाट हटाइएको छ ।




१. प्रसादी एकेडेमी उच्च मावि 


मानभवन, ललितपुर



स–साना एकतले भवनमा करिब चार दर्जन विद्यार्थी अट् ने कक्षा कोठा छन् । टिनले छाएका ती भवनमध्ये केही बनिसकेका छन् भने केही बन्दै छन् । झकिझकाउ विशाल भवन वा ठूलठूला खेल मैदान यहाँ छैनन् । भड्किला ब्यानर, बोर्ड वा भित्तेलेखनको रंगीचंगी पनि देखिँदैन । हेर्दा अनाकर्षक लाग्ने प्रसादी एकेडेमीको यो भौतिक संरचनाभित्रको शैक्षिक नतिजाको भव्यता भने ठ् याक्कै उल्टो छ । पछिल्ला आठ वर्षमा उसले एकनासको नतिजा कायम राख्न सफल भएको छ । विद्यार्थी उत्तीर्ण दरमा ९८ प्रतिशतभन्दा तल कहिल्यै झर्नुपरेको छैन ।



सञ्चालक विक्रम राईका अनुसार यहाँ शिक्षकको भूमिका सहजकर्ता मात्र हुन्छ । विद्यार्थीलाई पढाउने होइन, कसरी पढ्ने भनेर सिकाइन्छ । यही कारण नतिजामा लगातार सफलता मिलेको सञ्चालक राईको भनाइ छ । भन्छन्, “विद्यार्थीलाई पढ्नुपर्छ भन्ने भावना आत्मैदेखि उमार्न सके पढाइ बिग्रेला र विद्यार्थीको भविष्य डामाडोल होला भन्ने चिन्ता लिनै पर्दैन । पढेर जीवनमा कहिल्यै नसकिने चीज हो । त्यसैले हामी यहाँ पढ्ने तरिका मात्र सिकाउँछौँ ।”



अब्बल नतिजाका लागि प्रसादीले शिक्षक, कर्मचारीलाई निश्चित पद्धतिमा बाँधिदिएको छ, जस अन्तर्गत रहेर खटिँदा त्यसको प्रभाव विद्यार्थीको पढाइमा परेको छ । विद्यार्थीको आनीबानी र सबल/निर्बल पक्ष केलाउन छुट्टै परामर्श टोली छ । शिक्षकलाई लामो/छोटो अवधिका तालिमको व्यवस्था छ । त्यसबाहेक सञ्चालक राई आफैँ रातदिन निगरानीमा रहन्छन् । आफैँ कक्षाकोठामा पुग्छन् र पढाइको अवस्था नियाल्छन् । परिणामत: स्तरीय नतिजा हात पार्न सक्षम भएको छ, प्रसादी एकेडेमी ।



विद्यालय र क्याम्पस तहका कुनै कार्यक्रम प्रसादीसँग छैनन् । एकल व्यवस्थापन र एक कार्यक्रमको ढाँचामा सञ्चालित प्रसादीमा उच्च माविको कार्यक्रम मात्र रहेको छ । विज्ञान र व्यवस्थापन मात्र अध्यापन हुने प्रसादीले विद्यार्थी भर्नादरमा पनि खासै परिवर्तन गरेको छैन । पछिल्लो वर्ष कक्षा ११ मा ६ सय १४ विद्यार्थीले यस उच्च माविबाट नियमित परीक्षामा भाग लिएका थिए । तीमध्ये ९८.२१ प्रतिशत उत्तीर्ण भए । कक्षा १२ को नतिजा पनि यसभन्दा धेरै भिन्न छैन । उत्कृष्ट नतिजाको यही स्थिर दरकै कारण हरेक वर्ष पहिलो स्थानमा टिक्न सफल भएको छ, प्रसादी ।



२. सेन्ट जेभियर्स कलेज  


माइतीघर, काठमाडौँ



कलेजको आफ्नै बस छैन । अनिवार्य पोसाक छैन । भड्किलो नदेखिने गरी विद्यार्थीले रोजेको पोसाकमा कलेज जान पाउँछन् । “यहाँ युनिफर्म छैन तर युनिट अफ हार्ट (मुटुको एकता) छ,” प्राचार्य फादर अगस्टिन थोमस एसजे अथ्र्याउँछन्, “हामी फ्रेमवर्क दिन्छौँ, निर्णय विद्यार्थीले गर्छन् ।” थोमसकै भनाइमा यो निर्णय लाद्ने होइन, निर्णय क्षमताको विकास गर्ने उमेर र तह हो । अनुशासनको ढाँचा बुझाइसकेपछि विद्यार्थी आफैँले के ठीक र के बेठीक भन्ने आफँै बुझेर निर्णय र व्यवहार गर्नुपर्छ ।



यहाँ नोट लेखाइँदैन । शिक्षकले विषयवस्तु विद्यार्थीमाझ राख्छन् । त्यसबारे धारणा दिन्छन् । र, थप शोधखोज र अनुसन्धानका लागि विद्यार्थीलाई नै सक्रिय बनाइन्छ । आफूले गरेको शोधका नतिजा विद्यार्थीले सबैसामु राख्छन् । त्यसबारे विद्यार्थीले नै छलफल गर्छन् । नबुझेका विद्यार्थीले प्रश्न गर्छन् । बुझेकाले तर्क–वितर्क गर्छन् । अनि, एउटा निष्कर्षमा पुग्छन् र पाठ अगाडि बढ्छ । थोमस थप्छन्, “धेरै विद्यार्थीबाट छानिएर आउने भएकाले यहाँ पढ्ने विद्यार्थीको बौद्धिक स्तर पनि निकै माथि हुन्छ । त्यसैले नोट बेस्ड होइन, कन्सेप्ट बेस्ड भएर पढाउनुपर्छ ।”



नेपाल जेसुइट सोसाइटीद्वारा स्थापित यस कलेजले पहिला त्रिभुवन विश्वविद्यालयको आईएस्सी पढाउँथ्यो । ६ वर्षअघि मात्र यसले उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन लिएको हो । उच्च माध्यमिक तहमा विज्ञान समूह मात्र अध्यापन हुने यस कलेजले सुरुकै वर्षबाट उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।



यहाँ अतिरिक्त क्रियाकलाप पनि विद्यार्थीकै संयोजन र आयोजनामा हुन्छन् । शिक्षकले अनुगमन मात्र गर्छन् । कतिपय कार्यक्रममा लाग्ने खर्चको व्यवस्थापनसमेत विद्यार्थीले नै गर्छन् । अतिरिक्त क्रियाकलापका लागि विभिन्न क्लब र समूह गठन गरिन्छन् । “नेतृत्व, रचनात्मक क्षमता, समूहमा काम गर्ने संस्कृतिजस्ता कुरा विद्यार्थीले विद्यार्थीसँगकै सहकार्यबाटै हासिल गर्छन्,” प्राचार्य थोमसको भनाइ छ ।




३. सेन्ट मेरिज उच्च मावि


जावलाखेल, ललितपुर



सेन्ट मेरिज उच्च माविले आफ्नो आधारभूत मान्यता तय गरेको छ, प्रतिस्पर्धामा विजेता मात्र होइन, असल विजेता बन्नुपर्छ । यस सूत्रवाक्यले विद्यार्थीमा प्रतिस्पर्धाको भावना त जगाउँछ नै, त्यसमा पवित्रता र नैतिकताको समेत आग्रह गर्छ । प्राचार्य सिस्टर जेसी सीजेकै भनाइमा, किताब पढ्नु मात्रै ज्ञान होइन, विद्यार्थीमा मानवीय मूल्य र सामाजिक उत्तरदायित्वका भाव पैदा गराइदिनु सबैभन्दा ठूलो विद्या हो भन्ने सिकाउँछ, यस उच्च माविले । पारिवारिक वातावरण, लगनशील शिक्षक र चुस्त प्रशासन सेन्ट मेरिज उच्च माविका थप विशेषता हुन् । सीजे भन्छिन्, “विद्यालयमा सिकेका कुरा समाज र पेसागत क्षेत्रमा प्रयोगमा ल्याउन सक्ने बनाउनु र त्यसतर्फ प्रेरित गर्नु शिक्षाको मूल ध्येय हुनुपर्छ । हामी त्यसैका लागि प्रयत्नरत छौँ ।”



छात्रा मात्र पढ्ने सेन्ट मेरिजमा विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गरिन्छ । अन्तरक्रियात्मक पद्धतिबाट पढाइने भएकाले विद्यार्थीले आफ्नो धारणा र जुक्ति राख्ने अवसर पाउँछन् । विद्यार्थीलाई सकेसम्म स्वतन्त्र ढंगले चिन्तन र मनन गर्ने वातावरण निर्माण गर्न शिक्षकलाई प्रशिक्षित गराइएको हुन्छ । त्यसैले धेरैजसो शैक्षणिक गतिविधिमा शिक्षक सहयोगी मात्र बन्छन् । प्राचार्य सीजे भन्छिन्, “हामी विद्यार्थीलाई यसो गर, उसो गर भन्दैनौँ । उनीहरूकै विचारलाई प्रस्फुटन गराउन उत्प्रेरकको काम गर्छौं ।”



यहाँ पढाइलाई बोझका रूपमा नलिऊन् भनेर शिक्षकले विद्यार्थीलाई रमाइलो तवरले पढाउँछन् । दण्ड विद्यालयको मेनुमै छैन । असल काम नै अनुशासनको पहिलो सर्त मानिन्छ यहाँ । शिक्षक–विद्यार्थीको सम्बन्ध प्रेमपूर्ण बनाइन्छ । “म होइन, हामी भन्ने भाव विकास गर्न विद्यालयले हरतरहले कोसिस गरिरहेको छ,” सीजे सुनाउँछिन् । कठोर परिश्रम र सधैँ सकारात्मक सोच मात्रै राख्न सिकाउने भएकाले विद्यार्थीले गतिलो नतिजा ल्याइरहेको सीजेको भनाइ छ ।



४. सैनिक आवासीय महाविद्यालय


सल्लाघारी, भक्तपुर



नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालय गत वर्षदेखि नेपालको सर्वोत्कृष्ट उच्च माविको सूचीमा चढेको हो । शैक्षिक गुणस्तर कायम गर्न यहाँ शिक्षक भर्नादेखि नै ध्यान दिइन्छ । लिखित, मौखिक परीक्षा र कक्षा कोठामा उसको प्रस्तुतिका आधारमा शिक्षक छनोट गरिन्छ । विद्यार्थीलाई परीक्षाप्रति तयार बनाउन समूह–समूह बनाएर छलफल गराउने, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था गर्ने र विद्यार्थीको निरन्तर मूल्यांकन गर्ने परिपाटी बसालेकाले राम्रो नतिजा हासिल गर्न सम्भव भएको प्राचार्य शमीम अनवर शमीम बताउँछन् । “कक्षाका राम्रो विद्यार्थीलाई अतिरिक्त कक्षा लिन लगाउँदा सिकाइ झनै प्रभावकारी हुने रहेछ,” प्राचार्य शमीम भन्छन्, “जान्ने विद्यार्थीको थप क्षमता विकास हुन्छ भने कमजोर विद्यार्थीले नि:संकोच प्रश्न सोध्न सक्छन् ।”



अभिभावक भेटघाटलाई नियमित बनाउन र सुझाव संकलन गर्न शनिबार अभिभावक दिवस मनाउने गरिन्छ । कक्षापिच्छे फरक–फरक कार्यक्रम हुन्छन् । त्यहाँ केही बेर विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्छन् । त्यसपछि अभिभावकले शिक्षकसँग छलफल गर्छन् । यस्तो अभ्यासले विद्यालयलाई निरन्तर अभिभावकको निगरानीमा राखेको अनुभूति गराउँछ । विद्यार्थी पनि पथविचलित हुन पाउँदैनन् । आफ्नो लक्ष्यप्रति सजग भइरहन्छन् । प्राज्ञिक रूपमा मात्र नभई विद्यार्थीको रुचि र क्षमता अनुसार भविष्यमा जुनसुकै क्षेत्रमा पुग्न सक्ने गरी सक्षम नागरिक तयार गर्न प्रयत्नशील रहेको बताउँछन्, महाविद्यालयमा सम्पर्क अधिकृत रहेका नेपाली सेनाका कर्णेल जीवन थापा । उनका अनुसार अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिइन्छ, जहाँ वर्षमा अतिरिक्त क्रियाकलापका ३६ वटा कार्यक्रम हुन्छन् । 



५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट


बानेश्वर, काठमाडौँ



अनुशासन प्रमुखका नाममा डीआई छैनन् । बरू मनोवैज्ञानिक परामर्शका माध्यमबाट विद्यार्थीको मनोवृत्तिमा परिवर्तन ल्याइन्छ । मनोविमर्शकर्ता पनि महिला मात्र छन् । “पहिला अनुशासनहीन गतिविधिलाई निरुत्साहित गर्न दण्ड दिन्थ्यौँ । कतिपयलाई निष्कासितसमेत गथ्र्यौं । अचेल निष्कासित गर्नुपर्ने अवस्था आएको छैन,” प्राचार्य खगेन्द्रप्रसाद ओझा भन्छन् ।



शिक्षकमा प्राज्ञिक गुणस्तर कायम गर्न प्रतिभावान् शिक्षक छनोट गरेर मात्र पुग्दैन, उनीहरूको वृत्तिविकासलाई समेत ध्यान दिनुपर्ने मान्यता कलेजको रहेको प्राचार्य ओझाको कथन छ । उनका अनुसार कलेजमा विषयवस्तुसँग सम्बन्धित नियमित हाजिरीजवाफ, प्रस्तुतीकरण र रचनात्मक प्रतियोगिताहरू आयोजना गरिन्छन्, जसले विद्यार्थीमा प्रतिस्पर्धाको भावना जागृत गराउनुका साथै विषयवस्तुको ज्ञान र बोधलाई पनि अमिट बनाइदिन्छ ।



शिक्षक, कर्मचारी र विद्यार्थीले आफ्ना लागि आफँै आचारसंहिता बनाउँछन् । संसद्ले विधेयक पारित गरेको शैलीमा दफावार छलफल हुन्छ तर संसद्ले जस्तो कार्यान्वयनको जिम्मा अरूलाई दिइँदैन । जसले पारित गर्छ, उसैले कार्यान्वयन गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुपर्छ । कुनै व्यक्तिविशेषको स्वामित्व नहुने पब्लिक लिमिटेड कम्पनीको यो मोडल शैक्षिक क्षेत्रमा उपयोगी र प्रभावकारी रहेको विभिन्न निकायका अनुगमनले देखाएका छन् । “विश्वविद्यालय अनुदान आयोगले समेत शैक्षिक संस्थाहरू यो मोडलबाट सञ्चालित हुनुपर्ने सुझाव समेटेर यही कलेजलाई उदाहरणका रूपमा पेस गरेको छ,” ओझा भन्छन् । 



यहाँ वर्षमा दुईपटक विद्यार्थीले शिक्षकको मूल्यांकन गर्छन् । विद्यार्थीबाट प्राप्त अंक नै शिक्षकको वृत्तिविकासको आधार बन्छ । नियमित रूपमा परीक्षित हुनुपर्ने भएकाले पनि शिक्षकले शैक्षिक गुणस्तरमा सम्झौता वा हेलचेक्र्याइँ गर्ने ठाउँ रहँदैन । ओझा भन्छन्, “मुलुककै एउटा विशिष्ट र नमुना शैक्षिक प्रतिष्ठान बन्ने यात्रामा हामी सफल हुँदै गएका छौँ ।”



६. काठमाडौँ मोडल उच्च मावि


बागबजार, काठमाडौँ



उच्च विद्यार्थी भर्ना र उच्च उत्तीर्णदर रहेको काठमाडौँ मोडल उच्च माविबाट विज्ञान र व्यवस्थापन समूहका प्रतिवर्ष एक हजारभन्दा बढी विद्यार्थी हुन्छन् । यहाँ सबभन्दा पहिला शिक्षक–विद्यार्थीलाई उच्च माध्यमिक तह अध्ययनकालकै ‘ट्रान्जिट’ रहेको बुझाइन्छ, जसभित्र उमेरगत विशेषता, शारीरिक र मानसिक संवेगात्मक पक्षका संवेदनशीलता र विद्यार्थीको भावी शैक्षिक वृत्तिलगायत पक्ष पर्छन् । अनुशासनको दायरामा रहेर यस अवधिलाई उपलब्धिमूलक बनाउन शिक्षक–विद्यार्थीलाई अभिमुख गराइन्छ । “हामी अनुशासनका मामिलामा रत्तिभर सम्झौता गर्दैनौँ,” निर्देशक धु्रव भट्टराई भन्छन्, “हाम्रो सफलताको मुख्य कडी यही हो ।”



शिक्षक र विद्यार्थीबीचको दूरी कम गर्न हरेक विषयका छुट्टाछुट्टै विभाग बनाइएको छ, जहाँ विद्यार्थीलाई सघाउन कोही न कोही शिक्षक जुनसुकै बेला तयार रहनुपर्छ । अनुभवी, तालिमप्राप्त र विषयवस्तुको उच्च समझ रहेका शिक्षक रहेकाले पनि उत्कृष्ट नतिजा हासिल गर्न सकिएको निर्देशक भट्टराई बताउँछन् । 



नयाँ शिक्षक भर्ना गर्दा अन्तिम टुंगो विद्यार्थीले नै लगाउँछन् ।  निर्देशक भट्टराईका अनुसार छात्रवृत्तिको मापक आन्तरिक परीक्षा भएकाले एकपटक सुविधा पाउनेहरू वर्षभरका लागि दंग परेर बस्दैनन्, बरू त्यसलाई कायम गर्न निरन्तर मिहिनेतमा जुट्छन् । कक्षा सुरु हुँदादेखि नै चिकित्सा, इन्जिनियरिङ र चार्टर्ड एकाउन्टेन्सीका प्रवेश परीक्षाको तयारीलाई समेत सघाउ पुग्ने गरी अध्यापन गरिनाले भावी शैक्षिक गन्तव्यमा पुग्न आफ्ना विद्यार्थीलाई सहज भएको निर्देशक भट्टराईको दाबी छ । ११ वटा भवनमा सञ्चालन भइरहेको कलेजले आगामी १० वर्षभित्र विश्वविद्यालय संरचनामा पुग्ने लक्ष्य राखेको छ ।



७. जेभियर एकेडेमी उच्च मावि


लाजिम्पाट, काठमाडौँ



कम विद्यार्थी, उच्च गुणस्तर भन्ने नारा नै बनाएको छ, जेभियर एकेडेमीले । अन्तर–क्रियात्मक शिक्षण पद्धतिमा जोड दिने यस उच्च माविले नियमित रूपमा कक्षाकोठामा विद्यार्थीका प्रस्तुति, स्थलगत भ्रमण र समूह अभ्यास गराउँछ । “हामीले केवल उत्कृष्ट वातावरण तयार गरिदिन्छौँ । विद्यार्थीको मिहिनेत नै प्रधान कुरा हो,” प्रशासन प्रमुख प्रकाश श्रेष्ठ उत्कृष्ट नतिजाको कारणबारे भन्छन्, “जबरजस्ती कडा नियम लाद् नुभन्दा पनि शिक्षक–विद्यार्थी घनिष्टता कायम गर्नु उत्कृष्ट सिकाइ वातावरण हो ।” 



नेपाल एजुकेसन फाउन्डेसन अन्तर्गतका ६ वटा शैक्षिक संस्थाबीच हुने प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलापहरूमा जेभियर एकेडेमीका विद्यार्थी पनि समाहित हुन्छन्, जसले विद्यार्थीको प्रतिस्पर्धी क्षमतालाई बढाउने र फराकिलो दायरामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर जुटाइदिन्छ । “विद्यार्थीको शैक्षिक मात्र होइन, व्यक्तित्वका अन्य पक्ष पनि विकास गर्न यो मञ्च उपयोगी बनेको छ,” श्रेष्ठ भन्छन् ।



विज्ञान र व्यवस्थापन गरी दुई समूह अध्यापन हुने यस उच्च माविमा प्लस टु तहलाई व्यावसायिक जीवनको जगका रूपमा लिएर अध्यापन अगाडि बढाइन्छ । कुनै बेला विदेश अध्ययनको उद्देश्य बोकेर जाने विद्यार्थीको रोजाइ बनेको जेभियर एकेडेमीमा पछिल्ला वर्षमा नेपालमै भावी शैक्षिक वृत्ति खोज्नेहरूको उपस्थिति पनि उत्तिकै हुन थालेको छ । तुलनात्मक रूपमा यहाँ प्लस टु अध्ययन महँगो पनि छ ।




८. एनसीसीएस उच्च मावि


पकनाजोल, काठमाडौँ



एनसीसीएसको पूरा रूप नेसनल कलेज अफ कम्प्युटर स्टडिज रहे पनि अब यसको परिचय कम्प्युटर शिक्षासँगै होटल म्यानजमेन्टमा समेत फैलिएको छ । दुवै व्यावसायिक र प्राविधिक शिक्षा भएकाले यहाँ प्रयोगात्मक कक्षामा जोड दिइन्छ । यसका लागि प्रयोगशालालाई सुविधासम्पन्न बनाइएको छ । कम्प्युटर प्रयोगशालामा मात्र करिब एक सय कम्प्युटर छन् । होटल म्यानेजमेन्टतर्फ कलेजभित्रै आधुनिक रेस्टुराँ, किचेन, बेकरी, बुफे छन् । हाउस किपिङका लागि तारे होटलसँग मिल्दा तीनवटा कोठा छुट्याइएका छन् ।



परीक्षामा मात्र पढ्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आकस्मिक परीक्षा लिइन्छ, जुन विद्यालाई निरन्तर पढाइप्रति प्रेरित गर्ने गजबको उपाय बनेको उच्च माविका कार्यक्रम निर्देशक प्रज्ज्वल बानियाँ क्षत्री बताउँछन् । भन्छन्, “हर समय विद्यार्थी सप्राइज टेस्टका लागि तयारी अवस्थामा हुन्छन् ।”



यहाँ अतिरिक्त क्रियाकलापमा भन्दा पनि विद्यार्थीलाई कक्षाभित्रैका गतिविधिमा बढी संलग्न गराइन्छ । व्यवस्थापन मात्र पढाइ हुने भएकाले कलेज व्यवस्थापकहरू धेरैतिर ध्यान दिनुपर्ने बोझबाट मुक्त छन् । यहाँ पाँच वर्ष पढाइसकेका शिक्षक धेरै छन् । शिक्षकको स्थिरताले पनि शैक्षिक गुणस्तर कायम राख्न सहज भएको क्षत्री बताउँछन् । प्रतिवर्ष करिब पाँच सय विद्यार्थीलाई दीक्षित गर्दै आएको यस उच्च माविको पछिल्ला चार वर्षका कुनै पनि परीक्षामा ९२ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्णदर छैन । मध्यम प्रकारको शुल्कका कारण बढीजसो न्यून मध्यम आयस्तर भएका परिवारका विद्यार्थीको रोजाइ बनेको छ । साथै, यस उच्च माविमा काठमाडौँ उपत्यकाभित्रैका विद्यार्थीको बाहुल्य छ ।




९. मोडर्न बोर्डिङ उच्च मावि


दधिकोट, भक्तपुर



व रपर आँखाले नभ्याउने खेतका फाँट छन् । र, केही टाढा अग्ला ठाउँमा गुचुमुच्च बस्ती छन् । खेतका बीचबीचमा ठडिँदै गरेका पक्की घरहरूले नगरोन्मुख गाउँको झल्को दिन्छन् । यही क्षेत्रमा २२ वर्षअघि नेपाल बैंकको जागिर छाडेर स्कुल खोल्छु भन्दा बाबुकाजी कसपाल व्यंग्यका पात्र बनेका थिए । तर, स्कुल खोलेर दुई जना विद्यार्थी भर्ना गरे । कैयौँ दिनसम्म तिनै दुई विद्यार्थीलाई पढाएर बसे । गाउँलेले उनलाई खिसीटिउरी गरिरहे । तर, उनमा एउटा क्षमता थियो, अध्यापन । त्यसैले बिस्तारै विद्यार्थी संख्या बढ्दै गयो । ०६५ सालबाट उनले प्लस टुसम्म विस्तारित गरे । अहिले व्यवस्थापन अध्ययनका लागि मोडर्न बोर्डिङ उच्च मावि यस क्षेत्रका विद्यार्थी र अभिभावकका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्ला चार वर्षमा यस विद्यालयका ११ र १२ कक्षाका नियमित परीक्षामा ९३ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । “सहरबजारमा त जति पनि स्कुल/कलेज छन् । जहाँ अँध्यारो छ, त्यहीँ बत्ती बाल्नुपर्छ भनेर हामीले यो एकान्त ठाउँ रोजेका हौँ,” संस्थापक कसपाल भन्छन्, “फूल फुलेपछि मौरी जहाँबाट पनि आउने रहेछन् । आधाजसो विद्यार्थी उपत्यकाबाहिरका छन् ।”



वार्षिक पाठयोजनालाई कडाइपूर्वक पालना गर्ने, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था गर्ने र नयाँ शिक्षक भर्ना गरेपछि केही समय अनुभवी शिक्षकको निगरानीमा मात्र अध्यापन गर्न लगाउने गर्नाले उत्कृष्ट नतिजा हासिल गर्न सकिएको प्राचार्य अनिल कसपाल बताउँछन् । भन्छन्, “किताबी ज्ञानबाहेक पढेका कुरा समाजमा उपयोग गर्ने तरिका र समाजप्रतिको दायित्वबोध पनि शिक्षकले गराउनैपर्ने मान्यतामा हामी चलेका छौँ । ग्रामीण परिवेश, कम शुल्क र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताले नै हामीलाई यो ठाउँसम्म पुर्‍याएको हुनुपर्छ ।”



१०. लिटिल एन्जेल्स उच्च मावि


हात्तीवन, ललितपुर 



शिक्षक, कर्मचारी सबैले विद्यालयमा स्थापित निश्चित प्रणालीमा रहेर काम गर्छन् । यस्तो सामूहिक प्रयासले लिटिल एन्जेल्सले स्थापनाको दुई दशकनजिक पुग्दासम्म आफूलाई अब्बल उच्च माविमा निरन्तर उभ्याउन सफल छ । यो उच्च माविले शिक्षक छनोटमै विशेष सतर्कता अपनाउँछ । विज्ञ टोलीले प्रि–अन्तर्वार्ता र अन्तर्वार्ता लिन्छ । कक्षामा उपस्थित गराएर पढाउन लगाउँछ । कक्षामा केही दिन प्रस्तुति हेरेपछि मात्रै शिक्षक छनोट हुन्छ, जो अनिवार्य पूर्णकालीन शिक्षक बन्नुपर्छ । “सैद्धान्तिक ज्ञान मात्रै होइन, हामी शिक्षकले ज्ञान बाँड्न सक्ने क्षमताको समेत परीक्षण गर्छौं,” निमित्त प्राचार्य पदमबहादुर चौहान भन्छन् । 



विद्यार्थीलाई अध्ययनमा हरदम तयार राख्न र उसभित्रको विशेष खुबी पहिचान गर्न अध्ययन तथा करिअर परामर्शको व्यवस्था छ । आवधिक परीक्षा मात्रै होइन, निरन्तर मूल्यांकन विधिद्वारा विद्यार्थीलाई योग्यताको कसीमा राखिन्छ । यसका लागि एकाइगत परीक्षा निरन्तर लिइन्छ भने तीनवटा त्रैमासिक परीक्षा हुन्छन् । यी परीक्षामा कमजोर विद्यार्थीलाई फेरि परीक्षा लिइन्छ । अतिरिक्त क्रियाकलापलाई समेत कलेजले पढाइको महत्त्वपूर्ण हिस्सा मान्छ । 



दुर्गम र पिछडिएका क्षेत्रबाट आएका विद्यार्थीको मनोबल उच्च राख्न विशेष ख्याल राखिन्छ । विद्यार्थी, अभिभावक र शिक्षकबीच नियमित सम्पर्क स्थापित गर्ने प्रणाली बसालेको छ, लिटिल एन्जेल्सले । “राम्रो कलेजमा पढाएको छु भनेर कोही ढुक्क हुनुहुँदैन । किनभने, कलेज उमेरमा बाटो बिराउने जोखिमसमेत उत्तिकै हुन्छ,” निमित्त प्राचार्य चौहान भन्छन्, “त्यसैले हामी शिक्षक, अभिभावक र विद्यार्थी तीनवटै पक्षबीच निरन्तर अन्तरक्रिया गराउँछौँ ।”



११ सगरमाथा उच्च मावि, पोखरा, कास्की



नयाँबजार, पोखरामा अवस्थित यस विद्यालयका सञ्चालक नै नियमित रूपमा पढाउन खटिन्छन् । अनुशासन र नैतिक शिक्षामा जोड दिने भएकाले शैक्षिक वातावरण उम्दा बनेको प्रिन्सिपल धनबहादुर थापा बताउँछन् । भन्छन्, “संस्थापकहरू नै विषयविज्ञ भएकाले पनि उत्कृष्ट नतिजा सम्भव भएको हो ।” विद्यार्थीमैत्री शिक्षण विधि, कमजोर विद्यार्थीलाई परामर्श र अतिरिक्त कक्षाको व्यवस्था अनि प्रविधिको प्रयोग यहाँका थप विशेषता हुन् । यसपालि पनि सगरमाथाले गत वर्षकै ११औँ स्थान सुरक्षित गरेको छ । 



सिट : विज्ञान १२०, व्यवस्थापन २००, मासिक शुल्क : विज्ञान २,७७५, व्यवस्थापन २,३५०




१२ युनाइटेड एकेडेमी उच्च मावि, कुमारीपाटी, ललितपुर



धेरै विद्यार्थी भर्ना गरेर पनि राम्रो नतिजा ल्याउनेमा पर्छ, युनाइटेड एकेडेमी । कडा अनुशासन, धेरै परीक्षा र विद्यार्थीका समस्या सुन्न र क्षमता पहिल्याउन शैक्षिक परामर्श टोलीको व्यवस्था यस उच्च माविका थप विशेषता हुन् । प्रत्येक विषयका विभागले उच्च माध्यमिक शिक्षा परिषद्को निर्देशिकामा आधारित सामूहिक तवरबाट शिक्षण विधि, विषयवस्तु र समयतालिका निर्धारण गर्छन् । संयोजक वसन्त नेपालीका अनुसार कुशल प्रशासन, अनुभवी शिक्षक र चुस्त व्यवस्थापनको सामूहिक प्रयत्नले उत्कृष्ट नतिजा सम्भव भएको हो ।



सिट : मानविकी ३५, विज्ञान ६००, व्यवस्थापन ६००, मासिक शुल्क : मानविकी ३,९००, विज्ञान ४,५००, व्यवस्थापन ३,९००




१३ गोर्खा इन्टरनेसनल पब्लिक उच्च मावि, घोराही, दाङ



०६१ देखि प्लस टुमा विज्ञान र व्यवस्थापन समूहका कक्षाहरू सञ्चालन गर्दै आएको यो उच्च मावि मुलुकभरका उत्कृष्ट कलेजको सूचीमा १३औँ र मध्य तथा सुदूरपश्चिम क्षेत्रमा पहिलो बनेको छ । टिमको सही परिचालन र शिक्षकहरूको सामूहिक मिहिनेतका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालय व्यवस्थापन समिति सदस्य तथा संयोजक उत्तम घिमिरे बताउँछन्  । दक्ष शिक्षण समूह, नियमित गृहकार्य परीक्षण र निरन्तर अभिभावकसँगको अन्तरक्रिया यस उच्च माविका थप विशेषता हुन् ।



सिट : विज्ञान १६०, व्यवस्थापन २२०, मासिक शुल्क : विज्ञान १,९५०, व्यवस्थापन १,२००




१४ एम्बिसन एकेडेमी उच्च मावि, बानेश्वर, काठमाडौँ 



दबाबमा होइन, सहज वातावरणमा अध्यापन यस उच्च माविको मूल मन्त्र हो । अध्ययनबाट विचलित हुन नदिन हरेक शनिबार परीक्षा हुन्छ, जसले एकातिर विद्यार्थीलाई फुर्सदिलो हुनबाट जोगाउँछ भने अर्कोतिर शुल्क तिरेर बाहिर ट्युसन पढ्नुपर्ने बाध्यता रहँदैन । निरन्तरको मूल्यांकनले शिक्षक र विद्यार्थी दुवैलाई सबलीकरण प्रदान गर्छ । शिक्षक मात्र होइन, संस्थापक नै अभिभावक र विद्यार्थीसँगको निर न्तर र सहज सम्पर्कमा रहने भएकाले पनि नतिजामा उत्कृष्टता हासिल गर्न सम्भव भएको निर्देशक देवीप्रसाद घिमिरे बताउँछन् । 



सिट : मानविकी ४०, विज्ञान ३००, व्यवस्थापन ३००, मासिक शुल्क : मानविकी १,५००, विज्ञान ३,५००, व्यवस्थापन २,०००



१५ रिलायन्स इन्टरनेसनल एकेडेमी, सरस्वतीनगर, काठमाडौँ



यहाँ भर्नाको समयमै अभिभावक, शिक्षक र विद्यार्थीबीच विभिन्न चरणमा छलफल गरेर विद्यार्थीको चाहना र क्षमताको मूल्यांकन गरिन्छ । यसले कक्षाभित्र प्रवेश गरिसकेपछि अब्बल र कमजोर विद्यार्थी भन्दै विभेद हुने सम्भावना रहँदैन । बरू कमजोर विद्यार्थीलाई नियमित काउन्सिलिङ गर्दै त्यसका आधारमा अतिरिक्त कक्षा सञ्चालन गरिन्छ । प्राचार्य रवीन्द्रजंग थापा भन्छन्, “विद्यार्थी शिक्षकसँग अन्तरक्रिया गर्न हिचकिचाउँदैनन् ।” कलेजको १२ वर्षे इतिहासमा अहिलेसम्म व्यवस्थापनमा टुटफुट नआउनु र अनुभवी शिक्षकको बाहुल्य हुनुलाई समेत सबल पक्ष ठान्छन्, प्राचार्य थापा । 



सिट : मानविकी ४०, विज्ञान २००, व्यवस्थापन ४४०, मासिक शुल्क : मानविकी १,५००, विज्ञान २,८००, व्यवस्थापन २,१५०




१६मदरल्यान्ड उच्च मावि, पोखरा, कास्की



०५१ मा पाँच जना शिक्षासेवीको पहलमा स्थापना भएको पोखराको मासबारस्थित मदरल्यान्ड उच्च मावि अहिले यस क्षेत्रमै अग्रणी बनेको छ । विद्यालयका निर्देशक त्रिभुवन शर्माका अनुसार विद्यार्थीलाई कुनै पनि दण्ड नदिई पढाइन्छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्रत्येक दिन अतिरिक्त क्रियाकलाप गराइन्छ । संगीत, गायन, नृत्य, चित्रकला, हस्तकलाजस्ता गतिविधि नियमित आयोजना गरिन्छ । १० वटा भवन रहेको विद्यालयमा पाँचवटा विज्ञान र चारवटा कम्प्युटर प्रयोगशाला छन् ।



सिट : विज्ञान १२०, व्यवस्थापन १२०, मासिक शुल्क : विज्ञान ३,५००, व्यवस्थापन २,७००



१७ काठमाडौँ बर्नहार्ट उच्च मावि, बल्खु, काठमाडौँ



हरेक साता परीक्षा लिने र विद्यालयको परीक्षा समितिले औँल्याएका पक्षलाई आत्मसात् गर्दै अध्यापन गराउने शैली यहाँ प्रभावकारी बनेको छ, जसलाई सफलताको मूल आधार ठान्छन्, सहप्राचार्य पुरुषोत्तम विष्ट । कमजोर विद्यार्थीको पढाइ उकास्ने उपाय पनि समितिले नै सुझाउँछ र शिक्षकले त्यसको कार्यान्वयन गर्छन् । विज्ञहरू बोलाएर विद्यालयमै तालिम दिने व्यवस्था गरिन्छ । कुनै शिक्षक अनुपस्थित भएमा अर्को विषयगत शिक्षकले कक्षा लिन्छन् । गृहकार्य जाँच्न रुटिनमै छुट्टै पिरियड व्यवस्था गरिएको छ । यिनै कारणले सामान्य विद्यार्थीलाई पनि उत्कृष्ट हैसियतमा पुर्‍याउन सफल रहँदै आएको विष्ट बताउँछन् ।



सिट : विज्ञान ५००, व्यवस्थापन ३००, मासिक शुल्क : विज्ञान ३,२५०, व्यवस्थापन २,२५०



१८ जेभियर इन्टरनेसनल उच्च मावि, कालोपुल, काठमाडौँ



नतिजा राम्रो हुनका लागि निरन्तर अभ्यासको आवश्यकता पर्छ । अभ्यास गर्ने बानी बसाल्नका लागि विद्यार्थीको क्षमता र समस्यालाई नजिकबाट बुझ्न सक्नुपर्छ । गृहकार्य र एकाइ परीक्षा विद्यार्थी मूल्यांकनका प्रमुख साधन हुन् । यिनै सूत्रबाट निर्देशित छन्, जेभियर इन्टरनेसनलका शैक्षणिक गतिविधि । कलेजका सहायक प्रिन्सिपल सुधन बस्नेत भन्छन्, “समग्र प्रतिशत हेरेर विद्यार्थीलाई चिन्न सकिँदैन । त्यसैले सूक्ष्म रूपले विद्यार्थीको मूल्यांकन गर्छौं र समस्या पहिचान गर्छौँ ।” सुरुमा ए लेभलबाट परिचित यो विद्यालय प्लस टुमा पनि स्थिर नतिजाका कारण उत्कृष्टको सूचीमा पर्दै आएको छ ।



सिट : मानविकी ८०, विज्ञान ५००, व्यवस्थापन ५००, मासिक शुल्क : मानविकी ३,३००, विज्ञान ३,७००, व्यवस्थापन २,३००



१९ मुनलाइट उच्च मावि, कुमारीपाटी, ललितपुर



विद्यालयमा मात्रै नभएर उमेरगत विशेषतालाई ख्याल गरी पार्क, मन्दिरजस्ता सार्वजनिक स्थलमा समेत विद्यार्थीको निगरानी शिक्षकले नै गर्छन् । शिक्षक–विद्यार्थीबीच मैत्रीपूर्ण सम्बन्धमा जोड दिइन्छ । विद्यार्थीको क्षमता अनुसार शिक्षकले सहजकर्ताको भूमिका खेल्छन् । प्राचार्य ईश्वर गुरुङका अनुसार आन्तरिक परीक्षामा कमजोर देखिएका विद्यार्थीलाई छुट्टै कक्षामा राखेर पढाइन्छ । यस उच्च माविले गत वर्षकै १९औँ स्थान सुरक्षित गरेको छ, जसको पछिल्ला चार वर्षको औसत नतिजा ८७.२४ रहेको छ । 



सिट : मानविकी ३०, विज्ञान ३००, व्यवस्थापन ३००, मासिक शुल्क : मानविकी ३,०००, विज्ञान ३,५००, व्यवस्थापन ३,०००



२० सगरमाथा मल्टिपल कलेज, डिल्लीबजार, काठमाडौँ 



एसएलसीमा औसत नतिजा ल्याएका, मध्यमस्तरको आय भएका र धेरैजसो उपत्यकाबाहिरका विद्यार्थीको रोजाइ बन्दै आएको छ, यो कलेज । विद्यार्थीमा आत्मविश्वास बढाउन र सहज रूपमा समस्या समाधान गर्न शिक्षक–विद्यार्थी सम्बन्ध प्रगाढ बनाइन्छ । अनिवार्य गृहकार्य र आकस्मिक परीक्षाले विद्यार्थीमा अध्ययनप्रति सजग गराइरहन्छ । “त्यसैले हाम्रा विद्यार्थीले अंक मात्रै धेरै ल्याएका छैनन्, भावी शैक्षिक क्षेत्रमा समेत उत्कृष्ट अवसर र उपलब्धि हासिल गरेका छन्,” प्रबन्ध निर्देशक आरडी जोशी भन्छन् ।



सिट : मानविकी ३०, विज्ञान १४०, व्यवस्थापन २००, मासिक शुल्क : मानविकी १,६००, विज्ञान २,६००, व्यवस्थापन १,८००



२१ भीएस निकेतन उच्च मावि, आलोकनगर, काठमाडौँ



पर्याप्त आफ्नै भौतिक पूर्वाधार रहेका थोरै उच्च माविमा पर्छ, भीएस निकेतन । अत्याधुनिक विज्ञान प्रयोगशाला र सूचनाप्रविधिको प्रयोग यहाँका थप विशेषता हुन् । विद्यालय शिक्षादेखि नै उम्दा नतिजाका कारण परिचित यस कलेजमा मध्यम शुल्कका कारण उपत्यकाबाहिरका कम आय भएका विद्यार्थीको पनि आकर्षण रहेको छ । विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप र पाठ्यक्रमलाई सँगसँगै अगाडि बढाउने गरिएको संस्थापक प्राचार्य बाबुराम पोखरेल बताउँछन् ।



सिट : विज्ञान ३२०, व्यवस्थापन २००, मासिक शुल्क : विज्ञान ३,१५०, व्यवस्थापन २,२५०



२२ नोबेल एकेडेमी उच्च मावि, नयाँ बानेश्वर, काठमाडौँ



०५४ सालमा प्लस टु कार्यक्रम सुरु गरेको नोबेल एकेडेमी पहिलोपल्ट नेपालको उत्कृष्ट उच्च माविको सूचीमा प्रवेश गरेको हो । विद्यार्थीको नियमित हाजिरी, गृहकार्य जाँच, आकस्मिक परीक्षा र अभिभावकसँगको निरन्तर सम्पर्कमा रहनेलगायत उपाय यहाँ शैक्षिक वातावरण कायम राख्ने उपाय हुन् । नियमित पठनपाठनबाहेक विद्यार्थीको चरित्र निर्माणका लागि अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिने गरिएको संस्थापक निर्देशक रविन दाहाल बताउँछन् ।



सिट : विज्ञान ४००, व्यवस्थापन ३००, मासिक शुल्क : विज्ञान ३,५००, व्यवस्थापन ३,०००



२३ सेन्ट लरेन्स उच्च मावि, चाबहिल, काठमाडौँ



पाठ्यक्रममा आधारित अध्यापनका अतिरिक्त जीवनका लागि उपयोगी अन्य सीप र व्यावहारिक पक्षको भूमिकासमेत बोध गराउने, पाठयोजनालाई कडाइपूर्वक पछ्याउने र परीक्षा नतिजाका आधारमा योजना अद्यावधिक र परिमार्जन गर्नु यस उच्च माविका प्रमुख विशेषता हुन् । “यिनै विशेषताका कारण विद्यार्थी मौलिक क्षमतासहित भावी अध्ययन र करिअरमा सिर्जनशील बन्न सक्छन्,” शैक्षिक विभाग निर्देशक तारा सुवेदी भन्छन् ।



सिट : मानविकी २५, विज्ञान २५०, व्यवस्थापन ३००, मासिक शुल्क : मानविकी १,२००, विज्ञान ३,०००, व्यवस्थापन २,०००




२४ ख्वप: उच्च मावि डेकोचा, भक्तपुर



भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: उच्च मावि कम शुल्क, धेरै विद्यार्थी संख्या र मानविकीजस्ता विषयगत समूहको अध्यापनबाट पनि उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ । प्रतिवर्ष १ हजार १ सयभन्दा बढी विद्यार्थी भर्ना लिने यस उच्च माविले पछिल्ला चार वर्षमा ८५.५३ प्रतिशत औसत नतिजा हासिल गरेको छ । समुदायको निरन्तरको निगरानी, पहल र चासोका कारण विद्यालय उत्कृष्ट सूचीमा पर्न सफल भएको प्राचार्य प्रकाश श्रेष्ठ बताउँछन् ।



सिट : मानविकी ७०, विज्ञान ४५२, व्यवस्थापन ५८०, मासिक शुल्क : मानविकी ९७५, विज्ञान १,५७५, व्यवस्थापन ९७५



२५ एस उच्च मावि, नयाँ बानेश्वर, काठमाडाँै 



एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट अन्तर्गतको यस कलेजमा पाठ्यक्रम र अतिरिक्त क्रियाकलापलाई सँगसँगै लगिन्छ । व्यवस्थापन मात्र पढाइ हुने कलेज भएकाले यसमा व्यवस्थापकीय क्षेत्रको करिअरमा अब्बल हुनका लागि आवश्यक पक्षमा विशेष जोड दिइन्छ । विद्यार्थीमा आत्मविश्वास बढाउने र व्यक्तित्व विकास गर्ने उद्देश्यले विभिन्न क्लब गठन गरिएका छन्, जसले प्रतियोगितात्मक कार्यक्रम गर्छन् । तुलनात्मक रूपमा महँगो शुल्क भएकाले यहाँ उच्च मध्यम आर्थिकस्तर भएका विद्यार्थीको बाहुल्य छ । 



सिट : व्यवस्थापन २८०, मासिक शुल्क : ६,०००

नेपाल | अंक ६५१ | २०७२ असार ६


धरापमा कलेजहरू

ठूलो लगानीका निजी कलेजहरूका लगानीकर्ताबीचको बेमेलको भित्री पाटो

सुविधानगरस्थित मेरील्यान्ड कलेजको नाम परविर्तन गरी तीन वर्षअघि काठमाडौँ बार्सा इन्टरनेसनल कलेज बनाइयो। तीनकुनेको मूल सडकछेउको सिसाजडित भवनका दुईवटा तला भाडामा लिइयो, मासिक ६ लाख रुपियाँ तिर्ने गरी। तलब र अरू सञ्चालन खर्च मासिक १० लाख हुने भयो। ठूलठूला होर्डिङ बोर्ड र अरू विज्ञापनबापत १ करोड २० लाख रुपियाँको बिल कलेजमा आयो। सुरुकै वर्ष ९ सय ९६ विद्यार्थी भर्ना भए। त्रिभुवन विश्वविद्यालय, राजधानीका निजी कलेज र ट्युसन सेन्टरहरूबाट शिक्षक जम्मा पारयिो। तीनवटा छात्रावास पनि चलाउन ठिक्क पारयिो।

कलेज सञ्चालनमा गएको सुरुकै दिनबाट सञ्चालकबीच मनोमालिन्य सुरु भयो। सञ्चालकमध्ये एक नरेन्द्र सिंहले आफँैलाई प्रमुख कार्यकारी अधिकृत घोषणा गरी १ लाख ६ हजार तलब प्रस्ताव गरे। उनको तलब बहुमतका आधारमा पारति गरयिो। अल्पमत पक्ष निर्णय पुस्तिकामा सही नै नगरी हिँड्यो। भर्ना र मासिक शुल्कबाट उठ्ने रकमदेखि विद्यार्थीको पोसाक सिलाउने टेलरङिबाट आउने कमिसनसम्ममा सञ्चालकहरूबीच कचमच भयो।

कुरा नमिलेपछि एउटा समूहले अर्कोलाई थाहै नदिई वाषिर्क साधारणसभा मात्रै गरेन, पुँजी वृद्धि गरी आफ्नो सेयर बढी देखाउने निर्णय गर्‍यो। अर्को समूह त्यो निर्णय कार्यान्वयन हुन नदिनेतर्फ लाग्यो। कलेज कब्जा गर्न डनहरूसमेत प्रयोग गरएि। सुरुमा भर्ना भएका कतिपय विद्यार्थी लाखापाखा लागे। अर्को वर्ष ११ कक्षामा भर्ना हुने विद्यार्थीको संख्या ८२ मा झर्‍यो। अहिले कलेजसँग प्लस टुका विद्यार्थी छैनन्। स्नातक तहको तेस्रो वर्षका २५ विद्यार्थी घरमै पढेर जाँच दिने भन्दै बसेका छन्। सञ्चालकहरूबीचको लगानी विवाद अझै टुंगिएको छैन।

राजधानीमा यस्ता धेरै कलेज छन्, जो व्यवस्थापनमा आन्तरकि किचलो, सुशासनको अभाव, वित्तीय रूपमा धराशयी र शैक्षिक गुणस्तरमा खस्किँदो अवस्थाका कारण संकटग्रस्त बन्न पुगेका छन्। कतिपय सञ्चालक कलेज नै बेचेर हिँड्न खोजिरहेका छन् भने कतिपयले भौतिक सम्पत्ति बेचबिखन गरी शैक्षिक क्षेत्रबाटै हात झिक्दै छन्। कतिपय कलेजको उद्धार गर्नुपरेको छ भने कतिपय सञ्चालक राज्यको कर, बैंकको ऋण, ब्याज र घरभाडा लामो समयदेखि भुक्तान गर्न नसकेका कारण भूमिगत बन्नुपरेको छ।

केही वर्षअघि निकै तामझामका साथ सुरु गरएिका, सहरका प्रमुख व्यापारकि केन्द्रहरूमा ठूलठूला सिसावाला बिल्डिङ भाडामा लिएर अंग्रेजी नाम राखिएका कलेजहरू जर्जर अवस्थामा पुगेका छन्। पुराना नाम चलेका कतिपय कलेज विभाजन र द्वन्द्वका सिकार भएका छन्। एकै वर्षमा एक हजारको हाराहारी विद्यार्थी भर्ना गरेका कलेजहरू अहिले दुई-तीन सय विद्यार्थीमा सीमित भएका छन्। राम्रा शिक्षकहरूले विद्यालय नै छाडेका छन्। बैंकहरूको लगानीसमेत जोखिममा छ। केही भने आफ्नो लगानी जोगाउन आपराधिक पृष्ठभूमि र अवैध आर्जन भएकाहरूको शरणमा परेका छन्। सहकारी र मिटर ब्याज भनिने चक्रीय ब्याजको जोखिमसमेत उठाएर कलेजमा लगानी गरेका छन्। यसको नकारात्मक असर शैक्षिक गुणस्तरमा पररिहेको छ।



कोही मालामाल, कोही कंगाल

लामो समय जापान बसेर फर्किएका सिद्धेश्वर-४, भोजपुरका शेषराज खड्का र गुप्तेश्वर-४, भोजपुरका पुष्पराज श्रेष्ठ राजधानीमै सानोतिनो लगानीमा व्यवसाय गर्ने सोचमा थिए। त्यही क्रममा तत्कालीन एफडब्लू टेलर म्यानेजमेन्ट कलेजका प्राचार्य प्रह्लाद बानियाँको सम्पर्कमा पुगे, ०६३ मा। उक्त कलेजको मूल्यांकन गरी ७२ लाख रुपियाँ बराबरको पुँजी संरचना कायम भयो। त्यसमध्ये खड्का र श्रेष्ठले क्रमशः १७ दशमलव ५ र १२ दशमलव ५ गरी ३० प्रतिशत अर्थात् २१ लाख ६० हजार रुपियाँ लगानी गरे। कलेजभित्र प्रवेश गरसिकेपछि उनीहरूले देखे, जथाभावी व्यक्तिगत खर्च गर्ने, शिक्षकले समयमा तलब नपाउने, घरभाडा लामो समयदेखि तिर्न नसकेको, जताततै ऋणैऋण, उधारैउधारो र सञ्चालकबीच चरम द्वन्द्व। कतिसम्म भने कलेजकै केही सञ्चालकलाई थाहै नदिई नक्कली निर्णयपुस्तिका तयार गरी गोरखा विकास बैंकबाट १० लाख रुपियाँ लिनसमेत भ्याएको पाइयो।

त्यसपछि उक्त कलेज बेचेर भए पनि लगानी असुल गर्नुपर्ने निर्णयमा सबै सञ्चालक पुगे। १ करोड २५ लाख रुपियाँ मूल्य कायम भयो। खास कारोबारचाहिँ १ करोड २० लाखमा भयो। बेचिएपछि गोल्डेनगेट इन्टरनेसनल कलेजमा रूपान्तरति भयो। लेखापरीक्षणबाट कम्पनीले तिर्नुपर्ने दायित्व ९७ लाख ३२ हजार ९ सय ५९ रुपियाँ देखियो, जुन तिरोभरो गर्ने जिम्मा सञ्चालक राजन खतिवडाले पाए। प्राचार्य बानियाँले ३४ लाख १३ हजार ३ सय १७ रुपियाँ अनियमित खर्च गरेको चार्टर्ड एकाउन्टेन्टको प्रतिवेदनले देखायो। त्यस कारण बानियाँकै लगानी र पारश्रिमिक त्यसमा कटाइयो। राजन खतिवडा र रोहित पौडेल गोल्डेनगेटकै सेयरधनी बनेर गए।

अर्का लगानीकर्ता प्रशान्त थापाले अमेरकिा जाने भनेर आफ्नो हकहिस्साको रकम पहिल्यै लिइसकेका थिए। बाँकी खड्का र श्रेष्ठ अहिलेसम्म सेयरबापतको लगानी फिर्ता पाउनुपर्ने भन्दै लडिरहेका छन्। "उजुरी लिएर कहाँ जाऊँ ? जाने ठाउँ नै पाएका छैनौँ," खड्का भन्छन्, "हामीले पाउनुपर्ने रकम, सबैतिर तिरोभरो गरेर बचेको हिसाब र अपारदर्शी खर्च गरी करबि ४७ लाख रुपियाँ गडबड गरेको देखिन्छ।" तर, खतिवडा भने आठ वर्षअघि नै सबै हिसाब राफसाफ भइसकेको बताउँछन्। भन्छन्, "कम्पनी घाटामा गएको र धेरैतिर तिर्नुपर्ने मात्र देखिएको लेखापरीक्षण प्रतिवेदन आयो। त्यसै अनुसार हामीले तिरतार गरेका हौँ। अब कसैप्रति कुनै दायित्व बाँकी छैन।"



कुशासन, कमिसन र ठगी

बानेश्वरस्थित हिमालयन ह्वाइट हाउस कलेजका संस्थापकमध्ये एक रमेश सिलवाल तत्कालीन सञ्चालक समितिका दुई सदस्य तेजप्रसाद ढकाल र नरेन्द्र बज्राचार्यसँगै ०६३ मा बाहिरएि। ह्वाइटहाउसमा भएको आर्थिक बेथितिप्रति असहमति जनाउँदै बाहिरएिको उक्त समूहले कलेज संस्थापनलाई लगाएका आरोप थिए, खुमलटारमा बनाउन लागिएको १५ करोड रुपियाँ लागतको ह्वाइट हाउस कलेजका लागि जग्गा खरदि र भवन निर्माणमा अनियमितता भएको, सुबोध युनिर्फमबाट प्रतिविद्यार्थी १ हजार ५ सयका दरले आउने कमिसनको हिसाब नदेखाएको आदि। त्यसका लागि प्रमुख जिम्मेवार युवराज शर्मालाई ठहर्‍याइएको थियो। रोचक के छ भने त्यतिखेर शर्मामाथि जुन आरोप लगाएर बाहिरएिका थिए, अहिले त्यही आरोप सिलवाल खेपिरहेका छन्।

५० जना लगानीकर्ता भएको गोल्डेनगेटबाट चार वर्षअघि आठ जना बाहिरएि। उनीहरूको ७७ हजार कित्ता सेयरबापतको करबि सात करोड रुपियाँ कम्पनीबाट तिरयिो। तर, सेयर भने सबै लगानीकर्तालाई समानुपातिक रूपमा वितरण नगरी आफँैले राखेको भन्दै असन्तुष्ट सेयरधनीहरूले कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका छन्। यति मात्र होइन, चप्पलकारखानास्थित काठमाडौँ भ्याली स्कुल किन्दा पनि पारदर्शी हिसाब नदेखाएको, डिल्लीबजार, चारखालस्थित ४७ आना जग्गा किन्दाचाहिँ १८ लाख प्रतिआनामा किनेर २५ लाखको हिसाब देखाएको, बेच्दा करबि दुई करोड कमिसन लिएको आरोप छ। पछिल्लोपल्ट बत्तीसपुतलीमा कलेजका लागि १ सय ३४ आना जग्गा प्रतिआना १९ लाख ५० हजारमा खरदि गरेर २३ लाखको हिसाब देखाएको र यसमा पाँच करोड रुपियाँ घोटाला गरेको भन्दै कलेजका सेयरधनीहरू समीरमणि दीक्षित, योगराज गौतम, रञ्जनकुमार उप्रेती, त्रिलोचन पोखरेललगायत बाहिरनिे प्रक्रियामा छन्। दीक्षित भन्छन्, "अपारदर्शिता, मनोमानी र शिक्षाका नाममा अरू नै धन्दा गर्नेहरू रहेछन्। मेरो २० लाख रुपियाँ त डुब्यो नै, इज्जत-प्रतिष्ठा पनि बाँकी रहलाजस्तो लाग्दैन।"



अनेक असन्तुष्टि

गोल्डेनगेट इन्टरनेसनलप्रसादी एकेडेमीबाट दुई समूह भएर आएका २१ जना लगानीकर्ताले संयुक्त रूपमा ०६८ मा नयाँ बानेश्वरस्थित काठमाडौँ डनबस्को कलेजको भौतिक पूर्वाधार र विशालनगरमा दर्ता रहेको क्षितिज उच्च माविको सम्बन्धन किनेर सञ्चालन गर्ने निर्णय गरे, लिभरपुल इन्टरनेसनल कलेज। करबि २० करोड लगानी रहेको उक्त कलेजले १३ करोड रुपियाँ भौतिक पूर्वाधारमा मात्र खर्च गर्‍यो। ठूलो संख्याका लगानीकर्तामध्ये केहीले मात्र महत्त्वपूर्ण पद प्राप्त गरेको, त्यसबापत आकर्षक तलबसुविधा लिएको र हरेक सानाठूला खरदिमा पनि अस्वाभाविक बिलभर्पाई पेस गरी नाजायज लाभ लिएको भन्दै सुरु भएको विवाद अन्ततः १ जेठ ०७१ मा प्रबन्ध निर्देशक गोविन्द घिमिरेको राजीनामासम्म पुग्यो। घिमिरे भन्छन्, "म संस्था थप ड्यामेज नहोस्, लगानी नडुबोस् र विद्यार्थीको भविष्य खतरामा नपरोस् भनेर मौन बसेँ।"

बैंकले कस्दै लैजानु, समयमा तलबसुविधा दिन नसक्दा शिक्षक-कर्मचारीमा असन्तुष्टि बढ्दै जानुको समस्या एकातिर छ, अर्कोतिर सरसापट गरी चलाउनुपर्‍यो भन्दै सञ्चालकहरूले नै एउटा संस्थाबाट कम ब्याजमा ऋण लिएर ३६ प्रतिशतसम्म ब्याजमा कलेजमै लगानी गर्न थालेपछि विवादले चर्को रूप लिएको छ। अहिले जयराम थापा प्रबन्ध निर्देशक, विद्या अधिकारी प्राचार्य र कृष्ण पन्थी अध्यक्ष छन्। क्यान्टिन, आवासगृह, विज्ञापन, उपत्यकाबाहिर भएका प्रदर्शनीहरू, उच्च माध्यमिक शिक्षा परष्िाद्का कर्मचारी, एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीका नाममा गरएिको खर्च पनि अपारदर्शी र अस्वाभाविक रहेको भन्दै दुई समूहबीच आरोप-प्रत्यारोप चलिरहेको छ। परीक्षा र नतिजाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रको छानबिनकै विषय बनेपछि यसको असर शैक्षिक गुणस्तर र कलेजको सार्वजनिक छविमा परेको छ। पछिल्ला वर्षहरूमा कलेजको विद्यार्थी भर्ना र उत्तीर्णदर दुवै खस्कँदो अवस्थामा छ।



मन्त्रीदेखि डनसम्म

पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझा, एमाले नेता राजेन्द्र पाण्डेका छोरा प्रकाश पाण्डे र विवादास्पद छवि भएका एमाले कार्यकर्ता टेन्डी शेर्पालगायत २७ जना साझेदार मिलेर १५ लाख रुपियाँका दरले लगानी गरी सुरु गरएिको वसुन्धरास्थित मोर्गन इन्टरनेसनल कलेज स्थापनाकालदेखि नै व्यवस्थापनमा बेमेल र द्वन्द्वको भुमरीमा फस्यो। निर्णय प्रक्रिया र खर्चमा कुनै पारदर्शिता र जवाफदेहिता भएन। दैनिक प्रयोगमा आउने र सबैले थाहा पाउने सामानको बजार मूल्यभन्दा कैयौँ गुना बढीको बिल लेखा शाखामा पेस गरएिका हुन्थे।

महत्त्वपूर्ण पद हत्याउन अनेक हत्कण्डा अपनाउने, आफ्नो तलब अत्यधिक तोक्ने, तोकिएको जिम्मेवारी पूरा नगर्ने र वास्तविक रूपमा खट्ने शिक्षक-कर्मचारी मर्कामा पर्ने भएपछि तनाव झन् बढ्दै गयो। यतिसम्म कि हालका प्राचार्य दीपेन्द्र भण्डारी र पूर्वमन्त्री ओझाको समूहबीच हात हालाहाल र बाहुबल प्रयोगको स्थितिसम्म पुग्यो। प्रमुख सञ्चालकमध्ये एक प्रकाश पाण्डे भन्छन्, "चिनेजानेकै साथीभाइबीच आरोप-प्रत्यारोप र बाझाबाझ गर्नुभन्दा बाहिरनिु नै उचित लाग्यो।"

ओझा र पाण्डेको समूह अलग भए पनि मोर्गनमा अझै भण्डारीको पक्ष र विपक्षमा विभाजन, आरोप-प्रत्यारोप जारी छ। "मोर्गनको अनुभवलाई बिर्साएर अलि मीठो बनाउन सकिन्छ कि भनेर टाइम्स इन्टरनेसनल कलेजमा पनि लगानी गरयिो तर त्यसमा पनि केही व्यक्तिको उस्तै रवैयाका कारण संस्था धराशयी भयो। सीमित व्यक्ति मोटाए," प्रकाश पाण्डे भन्छन्, "कम्पनी कानुन र उच्च माध्यमिक शिक्षासम्बन्धी प्रावधानबीच तालमेल नहुँदा यस खालको समस्या देखिएको हो। सशक्त अनुगमनकारी निकाय र एकीकृत कानुन नभएसम्म यो क्षेत्र यस्तै तरल रहन्छ।"



एकपछि अर्को तनाव

मध्यपश्चिम विश्वविद्यालय, इन्जिनियरङि संकायका डीन छँदा भ्रष्टाचार मुद्दा लागेका रामचन्द्र अर्याललगायत ३६ जना साझेदार रहेको ताल्छीखेल, ललितपुरको अरनिको एकेडेमीलाई सञ्चालकबीचको द्वन्द्व र हानथाप अनि शिक्षक-कर्मचारीको आन्दोलनले लामो समय गाँज्यो। लगानीकर्ता भित्रिने र बाहिरनिे क्रममा अर्याललगायत ३४ जनाले एकैपटक हात झिके। तिनको ठाउँमा तीनकुने, सुविधानगरस्थित ह्वाइटगोल्डका पूर्वसञ्चालक दीपक निरौला र विकास लामिछाने प्रवेश गर्न खोजे। सेयर हस्तान्तरणको प्रक्रिया चलिरहेकै बेला त्यसैमा मिसिन पुगे, कृष्णराज गौतम, सुन्दर बराल, राजु खड्का र गोविन्द घिमिरे। क्यारििबयन कलेज, जावलाखेललिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वरबाट गएको उक्त समूहले सेयर पाउने सर्तमा प्रतिव्यक्ति १२ लाखका दरले ४८ लाख रुपियाँ लगानी गरे। त्यसबाहेक ४० लाख रुपियाँ सहकारीबाट ऋण लिएर कलेजका निर्माण र व्यवस्थापनका काम गरे। तर, लामिछानेले सेयर एकलौटी रूपमा आफ्नो नाममा राखेको, अन्य लगानीकर्तालाई दिन नमानेको भन्दै केही महिनापछि झगडा सुरु भयो।

झगडाले उग्र रूप लिएपछि कलेजमै गुन्डा परचिालनका घटनासमेत भयो। सेयर नपाएको दाबी गर्ने समूह प्रहरी र प्रशासनसम्म पुग्यो। पटकपटक लामिछानेलाई प्रहरीले नियन्त्रणमा पनि लियो। तर, अर्को पक्षले अहिलेसम्म रकम फिर्ता नपाएको दाबी गरेको छ। पछिल्लो समय लामिछानेलाई पनि अलग गराई आस्टि्रच व्यवसायी तिलक कँडेलले कलेज सञ्चालनको जिम्मा सम्हालेका छन्। कँडेलले नै अन्य लगानीकर्ताको रकम फिर्ता गर्ने वचन दिएको पूर्वप्राचार्य खड्का बताउँछन्।



हाइफाई व्यवस्थापन असफल

०५७ सालपछि निजी क्षेत्रका प्लस टु कलेजहरू सहरबजारमा ह्वात्तै बढे। तीमध्ये प्रायःले विद्यार्थी आकषिर्त गर्न समान प्रकृतिको शैली अपनाए। शिक्षकहरूको सामूहिक लगानी, आधुनिक व्यवस्थापनका नाममा प्रमुख कार्यकारी अधिकृतलगायत महँगो तलब सुविधा लिने पद र विदेशी नाम तिनका विशेषता बने। कहिल्यै कक्षामा नपस्ने तर ख्यातिप्राप्त व्यक्तिका नाम परचिय पुस्तिकामा छाप्ने, विश्वविद्यालयका पूर्वउपकूलपति, पूर्वराजदूतजस्ता आक्कलझुक्कल कलेजमा देखिने हाई प्रोफाइल व्यक्तिलाई प्राचार्यका रूपमा प्रचार गर्ने होडबाजी चल्यो। शैक्षिक क्षेत्रमा हाइफाई व्यवस्थापनका नामले चिनिने यो अभ्यास सुरु भएको थियो, काठमाडौँ डनबस्को, नोबेल एकेडेमी र हिमालयन ह्वाइटहाउस कलेजबाट। यीमध्ये अहिले डनबस्को कलेज अस्तित्वमै छैन। नोबेल एकेडेमी पनि सञ्चालकबीचको द्वन्द्वबाट माथि उठ्न सकेको छैन।

ह्वाइटहाउसका सञ्चालक एवं निजी उच्च माविहरूको संगठन -हिसान)का महासचिव युवराज शर्मा हालै कलेज कारोबारकै क्रममा हिरासत बसेर फर्केका छन्। उनले सुविधानगरस्थित ह्वाइटगोल्ड कलेजलाई सुरुमा ६ करोड ४० लाख रुपियाँमा किन्ने कागजातमा हस्ताक्षर गरेको र कबुल गरेको म्यादभित्र किस्ता चुक्ता नगरेको भन्दै अर्को पक्षले उजुरी दिएपछि शर्मा पक्राउ परेका थिए। स्रोतका अनुसार पछिल्लोपल्ट शर्माले एक निजी क्षेत्रको व्यापारकि साझेदारलाई २५ प्रतिशत सेयर दिने गरी भित्र्याउने तयारी गररिहेका छन्। आर्थिक संकटका कारण ह्वाइटहाउसले समयमा शिक्षक-कर्मचारीको तलबसमेत चुक्ता गर्न सकिरहेको छैन।

यति मात्र होइन, निस्कन चाहने लगानीकर्तालाई महँगो रकम चुक्ता गर्नेमा पनि ह्वाइटहाउस नै पर्छ। हाल गोल्डेनगेटका सञ्चालक रहेका रमेश सिलवालले चार लाख लगानी गरेर पाँच वर्षको अन्तरमा १५ लाख फिर्ता पाएका थिए। ह्वाइटहाउसबाट सोझै र त्यसबाट फुटेर अर्को संस्था खडा गरी पुनः अलग भएका समूहले पटकपटक कलेज स्थापना गरेका छन्। ती सबैजसो कलेजले ह्वाइटहाउसका प्रायः विशेषता अन्यत्र जाँदा पनि लिएर गए। एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सहुलियत र सुविधा दिएर भित्र्याउने, राम्रो नतिजा ल्याउन परीक्षा केन्द्रदेखि जाँचकी र सम्परीक्षणसम्ममा सेटिङ मिलाउनेजस्ता विकृतिले अहिलेको निजी शैक्षिक क्षेत्रलाई गाँजेको छ, जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रका अनुसन्धानले समेत पुष्टि गरसिकेका छन्। गोल्डेनगेटबाट छुट्टएिको लिभरपुल इन्टरनेसनल, जेभियर इन्टरनेसनल कलेजबाट छुट्टएिको टि्रनिटी इन्टरनेसनल कलेजले आफूलाई स्थापित हुन यस्ता गतिविधि गरेको अनुसन्धानले देखाएको छ।



अस्थिरताको कारक

पुराना सम्बन्धन किनेर होस् या नयाँ लिएर, केही व्यक्ति मिलेर कलेज स्थापना गरहिाल्ने र सञ्चालनमा गएको केही समयमै आपसी कलहबाट छुट्टनिे क्रमले राजधानीको निजी शैक्षिक क्षेत्रलाई अस्थिर बनाइदिएको छ। कलेजहरू किनबेच र लगानीकर्ताहरू बाहिरनिे-भित्रिने क्रम तीव्र बनेको छ। हरेक शैक्षिक सत्रको सुरुमा कलेज फुटाएर मिल्दाजुल्दा नाम राख्ने, समान शैलीमा विज्ञापन गर्ने र पुरानो कलेजको पदको प्रचार गरी नयाँलाई स्थापित गर्न खोज्ने प्रवृत्ति छ।

ह्वाइटहाउसबाट छुट्टएिर एउटा समूहले गोल्डेनगेट बनायो। गोल्डेनगेटबाट असन्तुष्ट समूह बाहिरएिर लिभरपुल स्थापना गर्‍यो। ह्वाइटहाउसबाटै निस्किएको अर्को समूहले सुरुमा तीनकुनेमा पेन्टागन इन्टरनेसनल कलेज स्थापना गर्‍यो। पेन्टागनका लगानीकर्ताहरू तीन वर्ष पनि सँगै बस्न सकेनन्। त्यहाँबाट विभिन्न समयमा निस्किएका समूहले नासा र काठमाडौँ बार्सा कलेज खोले। नासाबाट फुटेको एउटा समूहले पिंगलास्थानमा गुरुकुल नेसनल उच्च मावि चलायो, जसका सञ्चालकद्वय सुजित सिंह र सरोज रानामगर कलेजका नाममा १ करोड ९५ लाख रुपियाँबराबर ठगी गरेको अभियोगमा अहिले थुनामा छन्।

सेयर दिने आश्वासन दिएर पारश्रिमिकसमेत नदिने कलेजका पीडितहरू जताततै भेट्न सकिन्छ। कलेज घाटामा गएको देखाएर सानाठूला लगानीकर्ता साझेदारको रकम फिर्ता नगर्नेहरू विभिन्न नाममा कलेजका सञ्चालक, प्राचार्य वा कार्यकारी प्रमुखको हैसियतमै बसेका छन्। आफूसँग भएभरको रकम कलेजमा लगानी गर्ने, त्यसबाहेक बैंक, वित्तीय संस्था र व्यक्तिगत ऋण लिएर लगानी गर्ने अनि दैनिक गुजाराका लागि कलेजकै भर पर्ने तर तुरुन्त प्रतिफल दिन नसक्ने हुँदा ९० प्रतिशत निजी क्षेत्रका शैक्षिक संस्था आर्थिक कारणले धराशयी बन्ने क्रममा रहेको बताउँछन्, लिभरपुलका पूर्वप्रबन्ध निर्देशक गोविन्द घिमिरे। भन्छन्, "सम्पूर्ण लगानी निजी क्षेत्रले गरेर कलेज सञ्चालन गर्न दिनु नै राज्यको नीतिको प्रमुख कमजोरी हो। लगानीकर्ताबीच कहिल्यै मेल नहुनुको मूल कारण हो, हौसिएर लगानी गर्नु र तुरुन्त नाफा खोज्नु।"



कलेज र समस्या
लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर, काठमाडौँ
लगानीकर्ताका दुई समूहबीच आर्थिक कारोबारबारे विवादहुनुका साथै पद र सुविधाका लागि संघर्षछ ।

पि्रन्सटन इन्टरनेसनल उच्च मावि शान्तिनगर, काठमाडौँ
लगानीकर्ताबीच द्वन्द्व रहेका कारण एउटा समूह बाहिरिन खोजिरहेको छ। तर, आफ्नो लगानी फिर्ता पाउन सकेको छैन। आर्थिक समस्याका कारण शिक्षक-कर्मचारीको तलब अनियमित छ।

एलायन्स एकेडेमी उच्च मावि, मध्य बानेश्वर काठमाडौँ
प्रमुख लगानीकर्ता गोविन्द थापा क्यानाडा गएपछि त्यसको सम्पूर्ण जिम्मेवारी अनिता दुलालले लिइन्। उनले उक्त कलेजलाई बानेश्वरकै एम्बिसन एकेडेमीमा गाभिन्। अन्य लगानीकर्ताको साढे तीन करोड डुब्यो।

नासा इन्टरनेसनल कलेज, गैरीगाउँ, काठमाडौँ
नयाँनयाँ लगानीकर्ता भित्रिने र पुराना बाहिरिने क्रमले व्यवस्थापन अस्थिर छ। पछिल्लोपल्ट एउटा समूह बाहिरिएको छ भने पेन्टागन कलेजको अर्को ठूलो समूह नयाँ लगानीकर्ताका रुपमा भित्रिएको छ।

पेन्टागन इन्टरनेसनल कलेज, तीनकुने, काठमाडौँ
हिमालयन ह्वाइट हाउस कलेज फुटेर बनेको यस कलेजका २६ मध्ये १९ जना लगानीकर्ता हालै मात्र बाहिरिएका छन्। आर्थिक समस्या बढेको छ।

मोर्गन इन्टरनेसनल कलेज, वसुन्धरा, काठमाडौँ
आर्थिक अपारदर्शिता, सञ्चालकहरू पटकपटक परिवर्तन, विवादास्पद पृष्ठभूमिका लगानीकर्ता, व्यवस्थापन समूहमा विभाजनका कारण बेलाबेला बाहुबल प्रदर्शन यसका विशेषता बनेका छन् । 

टाइम्स इन्टरनेसनल कलेज, चारखाल, डिल्लीबजार, काठमाडौँ
वैधानिक रुपमा नवनिधि पन्त, टीकाराम सापकोटा, रामहरि सिलवाल र डिल्लीराम भण्डारी मात्र कलेजका लगानीकर्ता देखिन्छन्। २१ जना सञ्चालकमध्ये १७ जना सेयर प्रमाणपत्रका लागि लडिरहेका छन्।

हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, सुविधानगर, काठमाडौँ
यस कलेजका सञ्चालक युवराज शर्माले पटकपटक साझेदार गुमाउनुपर्‍यो। खुमलटारको भौतिक संरचना न्यूनतम मूल्यमा बेचेपछि साँघुरिएको उनको क्षेत्र पछिल्लोपल्ट ह्वाइटगोल्डको पूर्वाधार खरिद प्रकरणमा लेनदेन नमिल्दा प्रहरी हिरासतमा समेत बस्नुपर्‍यो। आर्थिक समस्याका कारण शर्मा नयाँ लगानीकर्ताको खोजीमा छन्।

गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतली, काठमाडौँ
साझेदार परिवर्तन भइरहने, सस्तो मूल्यमा जग्गा किनेर महँगोमा बेचेको, एउटै व्यक्तिको हालीमुहाली चलेको लगायत कारण जनाउँदै केही साझेदारले उजुरी दिएपछि कम्पनी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको छ।
क्यारिबियन कलेज, मानभवन, जावलाखेल, ललितपुर
क्यास्पियन भ्याली कलेजलगायत विभिन्न संस्थाबाट भेला भएका लगानीकर्ताहरू क्यारिबियनमा पुगे। तीमध्ये केही बाहिरिएपछि घरजग्गा व्यवसायीको लगानी यसमा केन्दि्रत भयो। लगानीकर्ता भित्रिने-बाहिरिने क्रमले व्यवस्थापन अस्थिर छ।

क्यास्पियन भ्याली कलेज, कुमारीपाटी, ललितपुर
कुनै बेला सर्वोत्कृष्ट कलेजको सूचीमा पर्ने क्यास्पियन वर्षैपिच्छे सञ्चालक र शिक्षक समूह फेरिने कारणले चर्चित छ। यसको असर विद्यार्थी भर्ना र नतिजामा परेको छ। पछिल्लोपल्ट अरनिको छाडेर पुरानै लगानीकर्ताको समूह फर्केको छ। 

एभरेस्ट फ्लोरिडा उच्च मावि, शान्तिनगर, काठमाडौँ पि्रमियर कलेज फुटाएर आएका विनोद जोशी यस कलेजको प्रमुख कार्यकारी अधिकृत भए । तर, गत वर्ष बाहिरिए । त्यसपछि यहाँको अर्को ठूलो लगानीकर्ताको समूह पि्रन्सटन उच्च मावि पुग्यो। व्यवस्थापन आर्थिक समस्याले ग्रस्त छ।

पि्रमियर कलेज, नयाँ बानेश्वर, काठमाडौँ
स्थापनाको छोटो समयमै तीनपल्ट किनबेच र पटकपटक टुटफुटमा परेको यस कलेजलाई पछिल्लोपल्ट चौधरी ग्रुपले ग्रहण गरेको छ।

काठमाडौँ बार्सा कलेज, सुविधानगर
स्थापनाकालदेखि नै लगानीकर्ताबीच द्वन्द्व चर्केपछि कलेज नै बन्द हुने अवस्था छ। लगानीकर्ताहरू एकअर्कालाई दोषारोपण गरिरहेका छन्।

ह्वाइट गोल्ड इन्टरनेसनल कलेज, सुविधानगर, काठमाडौँ
लगानीकर्ताबीचको बेमेल, अपारदर्शी कारोबार र घट्दो विद्यार्थी आकर्षणका कारण कलेज बन्द। भौतिक पूर्वाधार हिमालयन ह्वाइट हाउसलाई बिक्री।

सौर्य इन्टरनेसनल कलेज, गैरीधारा, काठमाडौँ
निकै तामझामका साथ प्रचार गरेर विद्यार्थी भर्ना गरिए पनि स्थापनाको पहिलो वर्षमै उच्च माध्यमिक शिक्षा परिषद्ले सम्बन्धन नदिएको सूचना निकाल्यो। साझेदारहरु छिन्नभिन्न भए।

खारेज गर्न सक्छौँ :
चैतन्य शर्मा
उपाध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषद्

सम्बन्धन दिनेदेखि अनुगमन र कारबाही गर्नेसम्मका प्रक्रियामा हामीले धेरै सुधार गर्नुपर्नेछ। कानुनी, नीतिगत र मापदण्डमा रहेका अस्पष्टताका कारण पनि विभिन्न प्रकारका समस्या देखिएका छन्। विगतमा यस पक्षबाट कुनै कामै नभएका होइनन् तर ती पूर्ण छैनन्।
 त्यस कारण कमीकमजोरी औँल्याएर सम्पूर्णतामै समाधान गर्नका लागि आवश्यक सुझाव दिन हामीले समिति बनाएर अध्ययन गरिरहेका छौँ। राज्यका नीति, नियम र सार्वजनिक हितभन्दा बाहिर गएर कोही चल्न सक्दैन। सबै कारबाहीको दायरामा आउनुपर्छ र आउँछन्। अवस्था हेरी हामी सुधि्रने मौका दिनेदेखि सम्बन्धन नै खारेजी गर्न सक्छौँ।
http://www.ekantipur.com/nepal/2071/12/30/full-story/8319.html
 

Wednesday, June 17, 2015

लिपुलेक प्रकरण : बोल्यो संसद्, बोलेनन् दल

  • लिपुलेक समझदारीबारे सरकारी पत्राचारप्रति दुवै छिमेकी प्रतिक्रियाविहीन


रामबहादुर रावल