Monday, August 29, 2011

गोयलको 'टि्रट' काइदा



१३ साउनमा व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिमा सभासद् र नेपाल टेलिकमका महाप्रबन्धक विश्वनाथ गोयलबीच छाडा वार्ता चल्यो । बैठकको संवाद सुन्दा यस्तो लाग्थ्यो, संवादको रेकर्डका आधारमा कोही न कोही कारबाहीको भागीदार हुनेछ ।
तर, यसो भएन । बरु संसदीय समितिमा तातेको पारो घटाउन महाप्रबन्धक गोयलले १६ साउन साँझ लेखा समितिका सभापति रामकृष्ण यादवसहित केही सभासद्हरूलाई एकमुष्ट रात्रिभोज दिए । उक्त जमघटमा सभासद्हरू धनराज गुरुङ, रवीन्द्र अधिकारीलगायत सहभागी थिए । महाप्रबन्धक गोयलले लेखा समितिका सदस्यहरूलाई 'आवश्यक टि्रट' दिएपछि वातावरण सहज बनेको स्रोतको भनाइ छ । त्यही सहजीकरणको परण्िाति हुनुपर्छ, भोलिपल्ट बसेको लेखा समितिको बैठकले टेलिकमका नाममा एउटा अस्पष्ट निर्देशन जारी गर्‍यो, जसलाई टेलिकम व्यवस्थानले आफ्नो सुविधा अनुसार व्याख्या गर्न सक्छ ।

स्रोतका अनुसार पछिल्लो निर्देशनपछि पनि लेखा समितिका सदस्यहरूले गोयलकै निम्तोमा टेलिकम मुख्यालयको भ्रमण गरेका थिए । तर, त्यसरी भ्रमण गर्ने औपचारकि निर्णय भने समितिले गरेको थिएन । समितिले टेलिकमको बि्रजिङ् प्रोजेक्ट खुला, प्रतिस्पर्धात्मक र पारदर्शी रूपमा द्रूत कार्यविधिबाट बोलपत्र आह्वान गरेर किन्न निर्देशन दिने निर्णय गरेको थियो । तर, यो अहिलेको विवादास्पद प्रोजेक्टको सन्दर्भमा दिइएको निर्देशन हो या पछिका लागि हो भन्ने खुलाइएको छैन । टेलिकमले 'बि्रजिङ् प्रोजेक्ट'का रूपमा १५ लाख ५२ हजार जीएसएम र चार लाख सीडीएमए किन्ने तयारी गररिहेको छ । १ अर्ब ५३ करोड १२ लाख रुपियाँ बराबर लागत अनुमान रहेको यस प्रोजेक्टको सम्झौता तथा खरदि प्रक्रियाबारे लेखा समितिले एक महिनादेखि छलफल गरेको थियो ।सभासद्हरूकै कारण विश्वास आर्जन गर्न नसकेको टिप्पणी भनेर सिंहदरबारभित्रको अदालतका नाममा परििचत सार्वजनिक लेखा समितिको आलोचना पनि हुँदै आएको छ । यसअघि मेसिन रडिेबल पासपोर्ट -एमआरपी) प्रकरण लेखा समितिमा विचाराधीन रहेकै अवस्थामा तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले सभापति रामकृष्ण यादवलाई विदेश भ्रमणमा लैजाँदा पनि यस्तै आलोचना भएको थियो ।

हेलो ! मध्यमवर्ग



नेपालमा मध्यमवर्गको अपत्यारिलो विस्तार
  • रामबहादुर रावल

२५ वैशाख २०६७ मा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजधानीमा आयोजित जनसभामा बुद्धिजीवी तथा काठमाडौँमा बस्ने सुकिला-मुकिलाहरूले माओवादीलाई हेपेको आरोप लगाउँदै हिसाबकिताब लिने चेतावनी दिए । उनले प्रयोग गरेको विम्बको निहितार्थ के थियो भन्नेबारे बेग्लै बहस हुनसक्ला । तर, प्रचण्डले त्यस अभिव्यक्तिको मूल्य तत्काल चुकाउनुपर्‍यो ।

काठमाडौँको सचेत वर्गले प्रचण्डको त्यस अभिव्यक्तिको मौखिक प्रतिवाद मात्रै गरेन, माओवादीको सहरी आन्दोलनको प्रयासका रूपमा लिइएको आन्दोलनलाई समेत तुहाइदियो, शान्ति जुलुस र सभा गरेर । कहलिएका बुद्धिजीवी, प्रतिष्ठित कलाकार, जागिरे र आईटी -सूचनाप्रविधि) पुस्ता शान्ति जुलुसमा सहभागी थिए । यो त्यही वर्ग हो, जसको आफ्नै आर्जन छ र पहिरन सुकिलै लगाउँछ, तीव्र आर्थिक र पेसागत महफ्वाकांक्षा बोक्छ । त्यसकारण एकदिन काममा बाधा भएको हेर्न चाहन्न ।

यस्तो सचेत, बौद्धिक, महफ्वाकांक्षी, सक्रिय अनि राम्रै आम्दानी भएको नेपाली जमात यसरी सुदृढ र विस्तारित हुँदैछ कि यसलाई लाञ्छित, नियन्त्रण र उपेक्षा गर्न कसैले सक्ने अवस्था छैन । यसलाई छल्ने र भुलभुलैयामा राख्न सक्ने अवस्था पनि अब रहेन । शासकले गरेका वाचा पूरा नगर्दा ऊ सडकमा आउँछ । गैरजिम्मेवारीपनमाथि प्रश्न गर्छ । नेताका भाषणमा थपडी मात्रै बजाउँदैन । मुलुकमा मध्यमवर्गको आकार बढ्दो छ र त्यसले आधुनिकतामा नयाँ आयाम थप्दैछ ।

सहरबजारमा डिपार्टमेन्टल स्टोर, सपिङ् सेन्टर, होटल, रेस्टुराँ र क्लबहरू पर्याप्त छन् । निजी क्षेत्रका शैक्षिक संस्थाको वृद्धिले एकातिर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्दै छ भने अर्कोतिर ठूलो समूहलाई रोजगारी दिएको छ । चेतना र स्वआर्जनका दृष्टिले शक्तिशाली बन्दै गएको यही वर्गको विस्तारले आज उपभोक्तावाद अपत्यारिलो तरिकाले उकालो लागेको छ ।

उद्योगधन्दाको विकास एकदमै निराशाजनक छ भने पनि वाषिर्क करिब डेढ सय नयाँ उद्योगहरू विदेशी तथा संयुक्त लगानीमा स्थापित हुन्छन् । करिब साढे दुई सय अन्तर्राष्ट्रिय र ३० हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्थाले समाजमा कुनै न कुनै रूपमा सचेतना र आर्थिक वृद्धिमा मद्दत पुर्‍याइरहेकै छन् । पर्यटन क्षेत्रबाट गत वर्ष २८ अर्बभन्दा बढी रुपियाँ बराबर वैदेशिक मुद्रा आर्जन भएको थियो । सबैभन्दा बढी वेतन पाउने भनिएको बैँकिङ् क्षेत्रको विस्तार पनि मध्यमवर्गकै विस्तारको सूचक हो । देशभर ३ सय ८ वटा बैँक तथा वित्तीय संस्थाहरू सञ्चालित छन् । तीमध्ये ३१ वाणिज्य बैँक, ८७ विकास बैँक र ८० वित्त कम्पनी छन्, जसका शाखा मात्रै देशभर ३ हजार १ सय ७८ वटा छन् । वैदेशिक रोजगारीमा रहेका १९ लाख ६४ हजार ३ सय ८३ जना युवाले मुलुकमा रेमिट्यान्स पठाइरहेका छन् । यसले पनि ठूलो ग्रामीण समुदायलाई सहरसम्म पुर्‍याएको छ । त्यो समुदाय छानीछानी शिक्षा, स्वास्थ्य र खानपानको सुविधा लिन सक्ने बनेको छ । प्रस्तुत छ, अहिलेसम्म खासै अध्ययनको विषय नबनेको नेपाली मध्यमवर्गको सामाजिक, राजनीतिक र आर्थिक चरित्र, प्रवृत्ति र चुनौतीबारे विशेष सामग्री ।


लगातार हुर्कंदै

  • प्रा डिल्लीराम दाहाल
कार्ल माक्र्सजस्ता विद्वान्हरूले धेरैअघि अर्थात् १९औँ शताब्दीदेखि नै समाजका वर्ग, त्यसभित्रका संरचना र अन्तरनिहित सम्बन्धहरू चर्चामा ल्याएका विषय हुन्। माक्र्सले 'सामन्ती' र 'सर्वहारा' भनेर समाजका दुई वर्गलाई आर्थिक घेराभित्र राखेर विश्लेषण गरे भने म्याक्स बेवरले आर्थिक शक्ति र इज्जतजस्ता विषयहरूलाई सँगसँगै राखेर वर्गको व्याख्यालाई झन् जटिल बनाए। तर, दुई वर्गभित्र तेस्रो वा मध्यमवर्गीय परिवार र उनीहरूको चासोका बारेमा रोबर्ट बेल्लाह र उनका साथीहरूले ह्याबिट्स् अफ द हर्ट -१९८५) पुस्तकमा अमेरिकि मध्यमवर्गीय परिवारको चित्रण गरे। त्यसपछि मध्यमवर्गीय परिवारबारे संसारभरिका विद्वान्हरूमा चासो बढ्न थाल्यो।

नेपालमा भने मध्यमवर्गीय परिवारबारे खासै लेखाजोखा भएको छैन। हिजोसम्मै नेपाली समाज गरबि र धनीबीच विभक्त रहेको कुरा मात्रै चर्चा गरिन्थियो। समाजका आयाम पनि यसै अनुरूप केलाइन्थ्यो र दुई वर्गबीच विभक्त समाजका रूपमा नेपाली समाज परििचत थियो। अमेरिकि मानवशास्त्री मार्क लिचीले सन् २००३ मा काठमाडौँ उपत्यकामा आधुनिकीकरणउन्मुख मध्यमवर्गीय परिवारको 'उपभोक्तावाद' प्रवाह र 'इज्जत'सँगै राखेर चर्चा गरेपछि नेपालमा मध्यमवर्गीय परिवारको स्वरूप, समस्या र चुनौतीबारे अन्य अनुसन्धानकर्ताको चासो पनि बढ्न थालेको हो।

एसियाली विकास बैँकको प्रतिवेदन -२०१०)ले कमाइका आधारमा नेपालमा ६१ लाख ३० हजार अर्थात् कुल जनसंख्याको २३ दशमलव ४ प्रतिशत मध्यमवर्गीय परिवार रहेको देखाएको छ। यस प्रतिवेदनले दैनिक १ सय ५० देखि १ हजार ५ सय रुपियाँसम्म कमाउने व्यक्तिलाई मध्यमवर्गीय भनी उल्लेख गरेको छ। मध्यमवर्ग लाई पनि आम्दानीकै आधारमा तीन तहमा छुट्याएर राखेको छ -हेर्नूस्, बक्स)।

दैनिक प्रतिव्यक्ति आम्दानी -रुपियाँमा) मध्यमवर्गीय तह जनसंख्या

१५०-३०० तल्लो -७३.१ प्रतिशत)
३०१-७५० बीचको -२३.८ प्रतिशत)
७५१-१५०० माथिल्लो -३.२० प्रतिशत)

तर, नेपालजस्तो सांस्कृतिक विविधता भएको मुलुकमा कुन जातिभित्र मध्यमवर्गीय परिवार बढी छन्, कुन जातिभित्र कम छन् भन्ने पहिचान भएको छैन। तैपनि, नोकरी र विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू मध्यम वर्गीयभित्र पर्छन् भनी सजिलै अनुमान गर्न सकिन्छ। मासिक पाँच हजार रुपियाँ कमाउने तल्लो मध्यमवर्गीय व्यक्ति हो।
कृषिमा आधारति मुलुक भएकाले जग्गाको स्वामित्वलाई पुँजीका रूपमा परविर्तन गर्ने हो भने यहाँ मध्यमवर्गीयको संख्या अझ बढी देखिन सक्छ। जागिरे र व्यवसाय गर्नेको मात्रै आय गणनाका आधारमा मध्यमवर्गको आकार निर्धारण गरिएका आँकडा अहिले छन्। जग्गा र अन्य भौतिक सम्पत्तिका आधारमा मूल्यांकन गर्दा नेपालमा मध्यमवर्गीय जनसंख्या एक करोड नाघ्न सक्छ। अहिले कुन आकारमा छ भन्ने ठ्याक्कै यकिन गर्न नसकिए पनि मध्यमवर्गीयको संख्या नेपालमा बढ्दै गइरहेको छ । मध्यमवर्गीयको विस्तार हुनुमा बढ्दो सहरीकरणबाहेक अरू तीन कुराले प्रमुख भूमिका निर्वाह गरेका छन्। पहिलो, बढ्दो विदेशी सहयोग, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको वृद्धि। दोस्रो, शिक्षा र पर्यटनको विकास र तेस्रो, वैदेशिक रोजगारमा जाने युवाको संख्यामा उल्लेखनीय वृद्धि र तिनले भित्र्याउने रेमिट्यान्स। हिजोसम्म ५८ वटा नगरपालिका थिए। आज त्यो संख्या एक सय पुग्न लागेको छ। सहरी क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगार र अन्य सुविधा बढ्दै छन्। त्यसैले गाउँका मानिस पनि सहरी क्षेत्रमा गई आफ्नो सामाजिक र आर्थिक स्थिति सुधार्न चाहन्छन्। आज नेपालमा साक्षरता प्रतिशत ७० पुगेको छ। सहरमा यो प्रतिशत ८५ भन्दा पनि बढी छ। शैक्षिक आँकडामा वृद्धि भनेको स्कुल र कलेजको संख्यामा वृद्धि मात्रै होइन, रोजगारको वृद्धि पनि हो। आज आठ हजारभन्दा बढी निजी स्कुलहरू सञ्चालित छन्। सरकारी स्कुलहरूको संख्या ३० हजारभन्दा बढी छ। स्कुल बढ्दै जाँदा रोजगार पनि बढ्छ। यो भनेको आम्दानीमा वृद्धि पनि हो।

गैरसरकारी संघसंस्थाको वृद्धिले नेपालका तीनदेखि चार लाख मानिसले विभिन्न तहको नोकरी पाएका छन् र उल्लेख्य रूपमा आम्दानीको वृद्धि पनि भएको छ। आर्थिक वर्ष २०६६/६७ मा मात्रै २ खर्ब ३१ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको तथ्यांक छ। यो आम्दानी धेरैजसो मध्यमवर्गीय परिवारको आम्दानी हो।
मध्यमवर्गीय परिवारको आम्दानी वृद्धि भनेको 'उपभोग'को वृद्धि पनि हो। आज मध्यमवर्गीय परिवारलाई ध्यानमा राखेर पचासौँको संख्यामा डिपार्टमेन्टल स्टोर खुलेका छन्। यस्ता स्टोरमा गच्छे अनुसार आफूलाई चाहिने सामान किन्न मध्यमवर्गीय परिवार नै अगाडि देखिन्छ। आज मध्यमवर्गीय परिवारको घरमा टेलिभिजन, कम्प्युटर र इन्टरनेट हुनुपर्छ भन्ने मान्यता बढ्दो छ।

मध्यमवर्गीय विशेषता खालि आर्थिक रूपमा मात्रै गाँसिएको छैन। यो वर्ग आफूलाई 'इज्जत'सँगै बाँधेर राख्न चाहन्छ। यो वर्गको व्यक्ति आफूलाई अपठित देखाउन चाहँदैन, आफ्नो काम, लुगाफाटा भाषामा 'काँठे' वा 'पाखे' समूहभन्दा अलग्गै राख्न चाहन्छ। ऊ खानपान, आवास, भाषा, शिक्षा र इज्जतसँग जोडिएको व्यक्ति पनि हो। एउटा मध्यमवर्गीय परिवार आफ्ना सन्तानलाई सकेसम्म राम्रो निजी वा अंग्रेजी माध्यमको स्कुल वा शैक्षिक संस्थाहरूमा भर्ना गर्न चाहन्छ। आफ्ना बच्चाहरूलाई बढी शिक्षा, पोसाक र खानपानमा सुविधा खोज्नुपर्ने कारणले मध्यमवर्गीय परिवार आर्थिक रूपले बढी पीडित पनि देखिन्छ। ऊ तल्लो तहमा र्झन पनि चाहँदैन र माथिल्लो वर्गको देखासिखी पनि गर्न चाहन्छ। यो हेर्दाखेरी ऊ 'ह्याङ्गिङ् पोजिसन'मा देखिन्छ।

आमाबाबुहरूको बढी लगानीले गर्दा यस्ता मध्यमवर्गीय परिवारका सन्तानहरू घरको कम चासो दिने र बढी सुविधामुखी हुँदै गइरहेका पाइन्छन्। त्यसले भोलि नयाँ समस्याहरू बढाउँदै लैजाने कुरा निश्चित छ। आज काम र इज्जतका लागि मध्यमवर्गीय परिवारमा मोटरसाइकल वा गाडी हुनुपर्ने बाध्यता बढ्दै गएको छ। ऊ दैनिक र साप्ताहिक अखबारहरूको पाठक पनि हो। उसले नेपाल र विश्वको ज्ञान अद्यावधिक गर्छ।

मध्यमवर्गीय परिवारलाई ध्यानमा राखेर आज सहरी क्षेत्रमा सयौँको संख्यामा रेस्टुराँ खुलेका छन्। रेस्टुराँले यस्ता ग्राहकलाई ध्यानमा राखी सस्तो/महँगो खाना दिन्छन्। उनीहरू त्यस्ता होटल र रेस्टुराँमा खान जानुलाई खुसी र प्रतिष्ठाका रूपमा लिन्छन्। रेस्टुराँमा गएर महिनामा एक-दुईचोटि खाना खाने चलन आज मध्यमवर्गीय परिवारको संस्कारका रूपमा विकसित भइरहेको छ।

सहरी क्षेत्रमा जग्गाको भाउको वृद्धिसँगै देशका विभिन्न भागमा सयौँको संख्यामा नयाँ आवासगृहहरू निर्माण भइरहेका छन्। ती सबै मध्यमवर्गीय परिवारलाई ध्यानमा राखेर बनाइएका हुन्। किनभने, उच्च वर्गका लागि यो आवश्यक नै छैन भने गरबि वर्गले आँटै गर्दैनन्। त्यसैले बन्दै गरेका ठूल्ठूला नव-आवासगृहहरू नै मध्यमवर्गीय परिवारका बासस्थान हुने छन् र सबै मिलेर बस्ने संस्कृतिको निर्माण नहोला भन्न सकिन्न।

मध्यमवर्गीय परिवार र उनको आम्दानीलाई ध्यानमा राखेर नै नयाँनयाँ पोसाकहरू, खासगरी पश्चिमा लुगा, जुत्ताहरू र शृंगारका सामानहरूको खपत बढेको पाइन्छ। 'फेसन'मा निकै चासो बढेकाले काठमाडौँ तथा अन्य सहरी क्षेत्रहरूमा 'ब्युटीपार्लर'का पसलहरू दिनहुँ बढिरहेका छन्। आज मध्यमवर्गीय परिवारका युवकयुवतीका लागि फेसन सार्वजनिक जीवनको एउटा अभिन्न अंग बनेको छ।

राजनीतिलाई ध्यानमा राख्ने हो भने आज र भोलि पनि मध्यमवर्गीय परिवारको व्यक्तिको संख्या नै बढी हुने कुरा निश्चित छ। भोलिको राजनीतिको सक्रिय कार्यकर्ता वा नेता नै मध्यमवर्गीय परिवारका छोरा र छोरी हो। ऊ जुझारु रूपमा परिवारमा हुर्किएकाले ऊ खट्न सक्छ, बोल्न सक्छ र आफूलाई सक्षम कार्यकर्ताका रूपमा अगाडि लैजान्छ। धनी वा उच्च वर्ग प्रतिस्पर्धाको राजनीतिमा जानै चाहँदैन, गरबिले आँटै गर्न सक्दैन।

तर, मध्यमवर्गीय परिवारको वृद्धिसँगै नेपालमा परिवारको ढाँचामा पनि परविर्तन हुन थालेको छ। हिजोको घरपरिवार संयुक्त परिवार थियो भने आज एकल सानो परिवार -लोग्ने, स्वास्नी र एक-दुई जना अविवाहित छोराछोरीहरू)को संख्या बढ्दो छ। आफ्ना आवश्यकता पूरा गर्न आज मध्यमवर्गीय परिवारका लोग्ने-स्वास्नी नै नोकरीमा जान थालेका छन्। त्यसको फलस्वरूप केटाकेटीहरू आफूलाई क्रमश: एउटा स्वतन्त्र व्यक्तिका रूपमा प्रस्तुत गर्छन् र व्यक्तिवादी सोच बढ्दै गएकाले मध्यमवर्गीय परिवारको अर्को चिन्ताको विषय बनेको छ। बाबुआमाहरू कहिलेकाहीँ भेट गर्ने व्यक्तिका रूपमा प्रस्तुत हुँदैछन्। बच्चाहरू परिवारबाट छुट्टनिे क्रम बढ्दै जाँदा बाबुआमा एक्लै बस्ने, परिवार क्रमश: बढ्ने र सामाजिक सुरक्षाको समस्या झन् जटिल हुने निश्चित छ।

संक्षेपमा, हिजो मध्यमवर्गीय परिवारलाई एउटा तपसिलको श्रेणीमा राखेर चित्रण गरिन्थियो भने आज मध्यमवर्गीय परिवार नै वास्तविकता बनेको छ। मध्यमवर्गीय परिवार विकासको सूचक हो। मध्यमवर्ग सामाजिक यथार्थ र सामाजिक तथ्य बनेको छ। सांस्कृतिक प्रक्रिया बनेको छ, मध्यमवर्ग। समय र ठाउँ अनुसार यो सक्रिय, लचक र प्रतिस्पर्धी हुन्छ। त्यसैले, मध्यमवर्गीय परिवारको स्वरूप, आकार र समस्याहरू नबुझी नेपाली समाज बुझिन्न भन्ने धारणा बढ्दै गएको पाइन्छ।

सामाजिक र आर्थिक मध्यमवर्ग
हामीकहाँ सामाजिक र आर्थिक मध्यमवर्गबीच गहिरो खाडल छ। आर्थिक मध्यमवर्ग पैसाले मात्रै निर्धारण गर्छ। पैसा त जोसुकैसँग पनि हुन्छ। जुनसुकै उपायबाट पनि पैसा कमाइएको हुनसक्छ। भ्रष्टाचार, तस्करी, दलाली गरेर पनि कमाइएको हुन्छ। शरीर बेचेर वा सामाजिक रूपमा अमान्य कतिपय पेसा गरेर पनि मान्छेले पैसा कमाउन सक्छ। उसको आर्थिक हैसियत बढ्न सक्छ। तर, त्यही अनुसार उसले सामाजिक इज्जत कमाउन सक्दैन। त्यसैले त्यो सामाजिक मध्यमवर्ग पनि बन्न सक्दैन।

प्रशस्त पैसा कमाउने तर आफ्नो साँचो पेसा वा नाम, घर-समाजमा बताउन नसक्ने अवस्थाको मान्छेले सामाजिक मध्यमवर्गको दर्जा पाउँदैन। समाजमा इज्जतसँग बाँच्नका लागि अहिले सन्तानलाई राम्रो स्कुलमा पढाउनुपर्छ, लवाइखवाइ, बोलीवचनमा सुधार गर्छ मध्यमवर्गले।

जातीय रूपमा विभाजित समाजमा तल्लो, माथिल्लो र मध्यम जातको भनेर पनि सामाजिक वर्ग निर्धारति भएको पाइन्छ। हामीकहाँ पनि छ। तर, त्यसमा पनि आर्थिक पक्षको थोरबहुत भूमिका हुन्छ। पैसा भएपछि धेरै कुरा फरक पर्छ। दलितले खान नपुगेर नै अरूको घरमा जानुपर्ने बाध्यता हुन्छ। आफँै खान पुग्छ भने अरूको दैला चहार्नु पर्दैनथ्यो। शिक्षा र चेतनाको विस्तारसँगै आर्थिक सशक्तीकरणका माध्यमबाट यस खालको वर्गीय दूरी घट्दै छ।

प्रभावको हिसाबले पनि सामाजिक मध्यमवर्गले आफूलाई ठूलो ठान्छ। तर, देखिने हिसाबले भने आर्थिक मध्यमवर्गकै दबदबा छ। कसले कसरी सम्पत्ति आर्जन गरेको छ भन्ने कुराले पनि मानिसको प्रतिष्ठामा फरक पर्छ। त्यसैले, सामाजिक र कानुनी रूपमा मान्यता प्राप्त पारदर्शी पेसा-व्यवसायबाट बनेको मध्यमवर्गकै भविष्य सुरक्षित छ। पैसा कमाउनका लागि जेसुकै गर्ने परपिाटीलाई निरुत्साहित नै गर्नुपर्छ।


दिशा निर्धारक तर अवसरवादी

  • प्रा कृष्ण खनाल
प्रवास छाडेर नेपाल आइसकेपछि बीपी कोइरालाले विभिन्न मानिससँग सम्पर्क र सम्बन्ध बढाए। आफ्ना कार्यकर्ता र समर्थकबीच मात्रै होइन, उद्यमी, व्यवसायी, पूर्वप्रशासक, कानुन व्यवसायी, पत्रकार, शिक्षकहरूसँग सम्बन्ध बनाए। आस्था नमिल्ने मान्छेसँग पनि उनले खोजीखोजी भेटेका थिए। खुला वातावरण र उदार आर्थिक नीतिका लागि जनमतलाई प्रभाव पार्न सक्ने सबै मानिससँग पहुँच बढाए।

त्यही कुरा पछि एमाले नेता मनमोहन अधिकारीमा पनि देखियो। हुँदाहुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू प्रधानमन्त्री भएपछि 'पुँजीवाद तीन सय वर्ष चल्छ' भने। यसको अर्थ थियो, 'अहिले नै धेरै आर्थिक-सामाजिक परविर्तन हुन सक्दैन।' उनको यो अभिव्यक्ति मध्यमवर्गलाई आश्वस्त पार्नका लागि आएको थियो। दलहरूले यस वर्गलाई जतिखेर पनि आफू अनुकूल राख्न चाहन्छन् भन्ने कुराका दृष्टान्त पनि हुन् यी।

मध्यमवर्गको समर्थन पुगेन भने राजनीतिमा टिक्न र स्थापित हुन गाह्रो छ भन्नेमा माओवादी स्पष्ट छ। यही कारण हिजो दरबारसँग सम्पर्क भएका कैयौँ मान्छेलाई माओवादीले खोजीखोजी पार्टीमा भित्र्याएको छ, संविधानसभामा पठाएको छ। तिनको प्रतीकात्मक महत्त्व छ। आलंकारकि महत्त्व छ। तिनैलाई देखाएर मुलुकको एउटा सिंगै वर्गलाई आश्वस्त पाररिहेको छ, माओवादीले। आफ्नो नम्र छवि देखाउन, अतिवादी कम्युनिस्ट होइनौँ भनेर आमसमाजलाई सन्देश दिन खोजेको छ, माओवादीले। सर्वहारापक्षीय नारा र सिद्धान्त बोकेका पार्टीहरूसमेत समाजको अर्को वर्गलाई आफूसँगै राख्न किन यति मरहित्ते गर्न पुग्छन् ? आखिर यस वर्गमा त्यस्तो शक्ति के छ ? मध्यमवर्गकै साथ चाहिने हो भने किन तल्लो वर्गको पक्षमा मात्रै नारा लगाउँछन् पार्टीहरूले ?

खासमा मध्यमवर्ग अर्थ-राजनीतिक अवधारणा हो। युरोपमा सामन्ती समाजलाई उद्योगप्रधान समाजले विस्थापन गर्न थाल्यो। परम्परागत कृषिमा मात्रै आधारति रहेको समाज उद्योगको विकासतिर लाग्यो। त्यसपछि अनेक पेसा, व्यवसाय, दृष्टिकोणहरू आए। वैज्ञानिक सोचको खोजी हुन थाल्यो। त्यसले एउटा नयाँ वर्ग जन्मायो, नयाँ विचार, नयाँ अवसरहरू को खोजी गर्ने र आफूले हासिल गरेका उपलब्धिका आधारमा अघि बढ्ने वर्ग।

यस वर्गले विस्तारै पुँजीको विकास गर्‍यो। आफ्नो पुँजी सानाठूला उद्योगमा लगानी गर्न थाल्यो। लगानीमा सुरक्षा खोज्न थाल्यो। लगानी सुरक्षाका लागि कानुनी सुनिश्चितता चाह्यो। कानुनी सुनिश्चितताका लागि त्यसले राज्यमा प्रतिनिधित्व खोज्न थाल्यो। यसरी उदारवादी लोकतन्त्रको अवधारणा पनि विकास गर्‍यो। पछि यसले विस्तारै व्यापक परविर्तन ल्यायो। त्यसको लहर विश्वव्यापी बन्यो। परम्परागत वा पैतृक पुँजीगत आधारमा होइन, आफ्नै बलबुताले आर्जेको ज्ञान, सीप, प्रविधि र पुँजीका भरमा हुर्कने वर्ग हो, मध्यमवर्ग। जब उद्योगधन्दाको सुरुवात हुन थाल्यो, साथै शिक्षा, पेसा-व्यवसायका कुरा आए, मध्यमवर्गको सिर्जना भयो।

तर, हामीकहाँ अझै यो बलियो वर्गका रूपमा स्थापित भइसकेको छैन। पश्चिममा र हामीकहाँ मध्यमवर्गको अवधारणामा पनि केही फरक छ। हामीकहाँ मध्यमवर्गलाई भने अलि तल्लोमा गन्छौँ। पश्चिममा भने यो सम्पन्न वर्ग हो, केही हदसम्म पुँजी भएको। सामन्ती व्यवस्था परम्पराको निरन्तरतामै रमाउने व्यवस्था हो। सामन्ती वा पुँजीपति वर्ग पनि परम्परागत वा पैतृक सम्पत्तिमै चलेको हुन्छ। त्यसैले यस वर्गले नयाँ विचार, अवसर र उपलब्धि खोज्ने झन्झट गर्दैन।

विश्वव्यापी रूपमा लोकतन्त्रको लहर नेपालमा पनि आउँदै थियो। ०४६ सालको परविर्तनपछि उदारवाद र निजीकरणको प्रक्रियाले व्यापकता पायो। बाहिरी लगानीका लागि वातावरण बन्यो। बहुराष्ट्रिय कम्पनी आउन थाले। अहिले पेसा-व्यवसायको क्षेत्र यति व्यापक बनेको छ कि कलकारखाना मात्रै होइन, सञ्चारप्रविधिको क्षेत्रले ठूलो रोजगार दिएको छ। राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि ठूलै जनशक्ति खपत गरेका छन्, स्रोतसाधन परचिालन गरेका छन्। प्रतिस्पर्धाको क्षेत्र बढेको छ। त्यसैले गैरराज्यको तहमा जुन रूपमा आर्थिक र सामाजिक क्रियाकलाप भइरहेका छन्, त्यो नै अहिलेको र भोलिको मध्यमवर्गको क्षेत्र हो। त्यहीँबाट मध्यमवर्ग हुर्किरहेको छ।

मध्यमवर्ग आर्थिक मात्रै होइन, वैचारकि पनि हुन्छ। यसले जनमतलाई प्रभाव पार्छ। आफू अनुकूलको मान्छे टिप्ने, राख्ने गररिाख्छ। मध्यमवर्गबिना पार्टीहरूको जनमत नै बन्दैन। यस वर्गले पत्रपत्रिकामा विचार लेखेर, सडकमा उभिएर खबरदार भनेर प्रभाव पार्न सक्छ। आर्थिक नीतिमा कुनै न कुनै किसिमले प्रभाव पार्छ। खासमा मध्यमवर्ग क्रान्तिकारी परविर्तनको विपक्षमा देखिन्छ। तर, कतिपय सन्दर्भमा यसले निर्णायक परविर्तनलाई सघाएको पनि छ। उदारवादी लोकतन्त्रभित्र पनि निर्णायक परविर्तन सम्भव छ भन्ने देखाएको छ। समाजका गलत प्रवृत्ति विस्तारै सुधि्रन्छ भनेर पर्खिराख्ने प्रवृत्ति यहाँको मध्यमवर्गले कतिपय सन्दर्भमा त्याग्यो।

अतिवाद विरोधी
०४६ को आन्दोलनवरपिर िएमाले नेताहरूका अभिव्यक्ति र व्यवहार कति चर्का थिए ? ०५१ को सत्तारोहणपछि केही संयम भए। अहिले हेर्ने हो भने एमालेले कुनै पनि प्रकारले संसदीय प्रणाली र सुधारवादी राजनीतिको प्रतिरक्षामा कांग्रेसभन्दा कम वकालत गररिहेको पाइँदैन। अहिले नै ठोकुवा गर्नु चाँडै होला तर माओवादी यतिखेर त्यही रफ्तारमा एमालेकरण भइरहेको भन्न गाह्रो मान्नुपर्ने अवस्था छैन। संसदीय व्यवस्था र लोकतन्त्रको अभ्यासका क्रममा क्रान्तिकारी पार्टी र नेताहरूमा क्रमिक परविर्तन आउँछ।

नेपालको सन्दर्भमा वर्गीय विस्तार आर्थिक कोणबाटै हेर्ने हो भने पनि उद्योगधन्दाले केही विकास गरेको होला, लगानीका क्षेत्र बढेका छन्। यत्रो ठूलो अन्तर्राष्ट्रिय लगानी र सहायता क्षेत्र छ। त्यसले रोजगार पनि बढाएको छ। काम गर्नेहरूको राम्रै आम्दानी छ। यसले एउटा नयाँ वर्ग निर्माण गररिहेको छ। राम्रै हुनेखाने वर्ग विस्तार गररिहेको छ।

राजनीतिमा दुईवटा विचार हुन्छन्। एउटालाई हामी अतिवाद भन्छौँ। अतिवाद वामपन्थी वा दक्षिणपन्थी दुवै हुनसक्छ। अत्यन्त एकपक्षीय सोच राख्नुलाई अतिवाद भनिन्छ। मध्यमवर्गले अतिवाद बोक्दैन। यो सुधारोन्मुख हुन्छ। संघर्ष, क्रान्तिका ठूल्ठूला नारा लगाइरहे पनि यथार्थमा ऊ सुधारवादीमा रूपान्तरति हुन्छ। त्यसले एउटा प्रणालीगत रूपबाट सुधार खोज्छ, सुनिश्चितता खोज्छ। वर्ग मात्रै मध्यम होइन, उसका काम र व्यवहारहरू मध्यमार्गी हुन्छन्।


मध्यमार्गी राजनीतिमा जहिले पनि मध्य धरातल हुन्छ। एकले अर्कालाई सिध्याएर विजय हासिल गर्न खोज्नेको विरोध गर्छ। कुरीतिका विरुद्ध कडा हुनसक्छ तर कुनै विचारकै विरुद्ध हुन सक्दैन। आमसमुदायका विरुद्ध हुन सक्दैन। राजनीतिमा सबै दृष्टिकोणको मिलन विन्दु खोज्न सकिन्छ।

आरोह-अवरोह
००७ सालको परविर्तनतमा मध्यमवर्ग नेतृत्व तहमा थियो। प्रजा परिषद् वा कम्युनिस्ट पार्टीको स्थापना पनि मध्यमवर्गीयले नै गरेका थिए। कांग्रेस संस्थापनामा केही कुलीन राणा पनि आएका छन्। सुवर्णशमशेरले आर्थिक लगानी पनि गरे, पार्टी र आन्दोलनका लागि। शासकीय रोलक्रममा नपरेका 'ग' वर्गका राणाहरू पनि आन्दोलनमा मिसिएका थिए। उनीहरूसँग पुँजी थियो। भारतमा व्यापार गर्थे। त्यो पुँजीको प्रयोग आन्दोलनमा पनि भयो। तर, वैचारकि नेतृत्व मध्यमवर्गले गर्‍यो।

मध्यमवर्गले आफ्नो पुँजीको सुरक्षा खोज्छ। त्यस्तो सुरक्षा लोकतन्त्रमा देख्यो। समग्रमा, ००७ सालमा नितान्त सानो मध्यमवर्गीयको चेतना र राणाशासनबाट प्रभावित केही कुलीन परिवारको अग्र भूमिकाले नै परविर्तन सम्भव भयो। कांग्रेसले सशस्त्र क्रान्तिको प्रयास गरेको भए पनि आमनागरकि परचिालित थिएनन्।

०४६ सालमा आउँदा चेतना अलि विस्तार भयो। आन्दोलनमा कुलीन वर्गको खासै सहभागिता थिएन। मध्यमवर्गीय र युवा, निम्न र निम्नमध्यम वर्ग पनि परविर्तनका लागि आन्दोलनमा सक्रिय भए। जसले दुई-चार अक्षर पढेका थिए, जोसँग राजनीतिक चेतना थियो, तिनले लोकतन्त्र चाहिन्छ भनेर आन्दोलन गरे।

तैपनि, त्यो आन्दोलन सहरबजार केन्दि्रत थियो। काठमाडौँमा पनि चक्रपथभन्दा बाहिर आन्दोलन थिएन, सहरको मुख्य भागमा केन्दि्रत थियो। कीर्तिपुर र पाटनका केही जुलुसले पनि केन्द्रभागकै आन्दोलनलाई सघाएको हो। ७५ वटै जिल्लामा पनि होइन, तराईका केही जिल्ला र काठमाडौँमा आन्दोलनको उभार थियो।

०६३ मा चक्रपथबाहिर पनि आन्दोलनका केन्द्रस्थल बने। अलिकति मात्रै मान्छे जम्मा हुने स-साना बजार र इलाकामा समेत आन्दोलन भयो। ती सबै ठाउँमा दुई-चार झन्डा कांग्रेस र कम्युनिस्टका गाडेकै देखिन्थे। यो आमस्तरको आन्दोलन थियो। यसमा मध्यमवर्ग वा कसले नेतृत्व गर्‍यो भन्न गाह्रो छ। तर, त्यहाँ मध्यमवर्गको सशक्त उपस्थिति थियो।

०६३ को आन्दोलनमा मध्यमवर्गको भूमिका र सहभागिता खोज्ने क्रममा माओवादीको पनि विशेष विश्लेषण गर्नुपर्ने हुन्छ। माओवादीको नेतृत्व संरचना हेरौँ। उनीहरूको सोच मध्यमवर्गीय नहोला, सर्वहारा नै होला तर आर्थिक-सामाजिक पृष्ठभूमि, पढाइलेखाइ हेर्दा मध्यमवर्गीय चरत्रिसँगै धेरैजसो मिल्छ। लेनिनले त भनेका पनि छन्, सर्वहारा भने पनि आन्दोलनको नेतृत्व क्रान्तिकारी बौद्धिक वर्गले नै गर्छ। अग्रपंक्तिमा, विचारले परपिोषण गर्ने तिनै व्यक्ति हुन्छन्, जो बौद्धिक छन्, जसले पढ्न, लेख्न जानेका छन्। पढ्न, लेख्न जान्ने भनेका तिनै हुन्, जसको सामाजिक-आर्थिक पृष्ठभूमि सर्वहाराको भन्दा भिन्नै हुन्छ। बाबुराम भट्टराई, मोहन वैद्यजस्ता विचार र दर्शनका धनी बौद्धिकहरू माक्र्सले भनेजस्ता केही पनि नभएका सर्वहारा हुन् त ? व्यक्तिगत रूपमा पनि उनीहरूमा मध्यमवर्गकै चरत्रि भेटिन्छन्।

राजनीतिक झुकाव
नेपालको मतदान प्रवृत्ति, पार्टी संगठन सबै हेर्दा वर्गीय आधारमा दलहरूको विश्लेषण गर्ने वैज्ञानिक आधार देखिँदैन। मनोगत रूपमा गर्ने बेग्लै कुुरा हो। कम्युनिस्ट गरबिको पार्टी, कांग्रेस पुँजीपतिको भन्ने एकअर्कालाई आरोप गर्ने शब्दावली मात्रै हुन सक्छन्। यी शब्दावलीले क्षणिक प्रभाव परेका पनि हुन सक्लान्। माओवादीकै कतिपय नारा र विद्रोहका कुराले गरबि, किसान, युवा, पिछडिएका वर्ग उत्साहित भए होलान्। तर, खासै फरक छैन भन्ने विस्तारै महसुस हुँदैछ।

०४८ सालमा कांग्रेसले पहिलो निर्वाचित सरकारमार्फत लिएका नीतिहरू कैयौँ सरकार फेरँिदा पनि आजसम्म कायम छन्। उदारीकरणको नीति आउँदा निजी हवाई कम्पनी आए। यत्रो ठूलो लगानीको क्षेत्र खुल्यो। लोकतन्त्र आएको छ, अब हामी लगानी गर्न सक्छौँ भनेर कैयौँ विदेशी लगानीकर्ता भित्रिए। यस्तो नीतिले मध्यमवर्गको विस्तारमा भूमिका निर्वाह गर्‍यो।

वर्गीय सोच होला तर चरत्रिका आधारमा नेपालका पार्टी र मतदाता छुट्याउन सकिँदैन। गरबि मतदाताले कांग्रेसलाई भोट हालेको पनि देखिन्छ, एकदमै सामन्त भन्न मिल्ने व्यक्तिले कम्युनिस्ट पार्टीको नेतृत्व गरेर हिँडेको पनि देखिएको छ। आमरूपमा कांग्रेस संगठन मध्यमवर्ग र निम्नमध्यम वर्गमा केन्दि्रत देखिन्छ भने अलि पर निम्नवर्गको पहुँचमा कम्युनिस्ट पार्टी देखिन्छन्। भोटमा अलिअलि प्रभाव पार्नेबाहेक त्यसको खासै महत्त्व छैन।

०१५ सालको निर्वाचनमा कांग्रेसको पकड तराई र पूर्वी पहाडमा अत्यन्त बलियो देखिन्छ। काठमाडौँ वरपिर िपनि राम्रै भोट पायो। ०४८ मा आउँदा पश्चिमको थारू समुदायमा कांग्रेसको पकड रहेन, कैलालीमा बाहेक। तराईका 'माथिल्लो' जातीय समूह झा, मिश्र, यादव आदिमा सीमित भयो। 'तल्लो' जातीय समूह दलित, साह, तेलीहरूको बीचमा एमाले प्रवेश गर्‍यो। केही ठाउँहरूमा सद्भावना देखियो।

०५१ सालमा आइपुग्दा सबै ठाउँमा कम्युनिस्टहरू कांग्रेससँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुगे। तराईमा एकछत्र भएको कांग्रेस ०५१ सालमा कमजोर भयो। ०५६ साल हुँदै संविधानसभाको चुनावसम्म आइपुग्दा पश्चिमका सबै थारू र जनजाति समुदायमा माओवादीको वर्चस्व रह्यो। मध्यम र उच्च मध्यमवर्गलाई मधेसी दलले लिए। एमालेको तल्लो वर्गमा रहेको पकड पनि खुस्केर माओवादीकहाँ पुग्यो। कांग्रेस र एमालेमा धक्का लाग्यो।

पहिला आर्थिक-सामाजिक सम्बन्ध र निर्भरताका कारणले पनि माथिल्लो वर्गको भोट प्याटर्नले तल्लो वर्गको भोटलाई प्रभावित पाथ्र्यो। एउटा यादवले एमालेलाई भोट दिनुपर्छ भन्दा अरू मध्यम र तल्लो वर्ग प्रभावित हुन्थे। पछि त्यो पनि रहेन। पार्टीको संरचना नै परविर्तन हुन थाल्यो। यसले के स्पष्ट पार्छ भने वर्गप्रधान राजनीति चल्दैन। मध्यमवर्गको विस्तारलाई कसैले रोक्न सक्दैन। संविधान बन्यो, प्रणाली बस्यो, राम्रोसँग यसले काम गर्न थाल्यो भने वर्गप्रधानताका कुराहरू स्वत: कमजोर हुन्छन्।

अबको भूमिका
लोकतन्त्रसँग मध्यमवर्गको चरत्रिसँग मिल्छ। उन्नतिका लागि उसले स्वतन्त्रता चाहन्छ। स्वतन्त्रताबिना प्रतिस्पर्धा सम्भव हुँदैन। निजी प्रतिभा, शिक्षा, व्यवसायको विकासका लागि स्वतन्त्रता आवश्यक छ। त्यो राज्यले सुनिश्चित गर्नुपर्छ, जुन लोकतन्त्रमा मात्रै सम्भव छ। लोकतन्त्रले मात्रै व्यक्तिलाई स्वतन्त्रता दिन्छ। सम्पत्तिको अधिकार दिन्छ। जबरजस्ती कब्जा गर्ने वा जफत गर्ने अधिकार लोकतन्त्रमा हुँदैन।

अहिले मूल्य पद्धतिहरूसँग जोडिएर जुन परविर्तन र विकास भइरहेको छ, त्यो नै लोकतन्त्रको सबल पक्ष हो। भोलि थपडी बजाउने मात्रै जमात जम्मा भए भने त्यस्तो जमातबाट आएको नेतृत्व र सत्ता एकाधिकारवादी हुन्छ। सचेत जमातले आफ्नै भोट हालेको पार्टी भए पनि प्रश्न गर्छ, खबरदारी गर्छ, असहमति राख्छ। लेख्छ, बोल्छ। 'हाम्रो महान् पार्टी' भन्नेहरू मात्रै पछि लागे त अधिनायकवाद जन्मिइहाल्छ। त्यसैले अधिनायकवादलाई पनि चुनौती दिने र सन्तुलन गर्ने वर्ग निस्िकएको छ नेपालमा। त्यो मध्यमवर्ग नै हो।

कुनै बेला सुधारवादीहरूले राजतन्त्रलाई आफ्नो सुरक्षा कवचका रूपमा पनि प्रयोग गरे। राजाबाट कम्तीमा व्यक्तिगत सम्पत्तिको सुरक्षा त पाइन्छ भन्ने थियो। तर, ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन गर्दा पहिलो आक्रमण नेपाली मध्यमवर्गले बेहोर्‍यो। शाहीकालमा सूचनाप्रविधिमाथि गरिएको आक्रमणको पहिलो क्षति मध्यमवर्गले बेहोरेको थियो। टेलिफोन, इन्टरनेट बन्द हुनेबित्तिकै प्रविधिसँग जोडिएको व्यवसाय प्रभावित भयो। सञ्चारगृह प्रभावित भए। निजी क्षेत्र प्रभावित भयो। त्यसले के देखायो भने राजाले पनि त सम्पत्तिको सुरक्षा दिन सक्दो रहेनछ। आर्जन गर्ने बाटो नै जान लाग्यो। तीन महिना बन्द हुँदा त एउटा उदाउँदो मध्यमवर्ग खत्तमै हुन्थ्यो। भोलिका लागि मध्यमवर्गको सम्भावना बोकेका सबैको भविष्य जान्थ्यो।

राज्यको कुनै प्रतीकका रूपमा राष्ट्राध्यक्षलाई जोडेर हेर्नुपर्दैन। गणतन्त्र हुँदैमा राष्ट्रपतिसँग आफ्नो सुरक्षा कसैले जोड्नुपर्दैन। समग्र राज्यसँग जोड्ने हो। सिंगै राज्य संरचना, नीतिले कति सुरक्षा दिन्छ, त्यसलाई हेर्ने हो। हिजो राणालाई बक्साएर केही पाउने वर्ग थियो तर बढी कमाएपछि तिनै राणाले जफत गर्थे। पछि पञ्च आएपछि राजसंस्थासँग त्यसै गर्ने पनि निस्िकए। अब त्यो पारिवारकि चरत्रि बन्द हुन्छ, हुनुपर्छ।

संघीयताको राजनीतिक पक्षतिर नजाऔँ। एकपटक अमेरिकाको संघीयता हेरौँ। त्यहाँका संघहरूलाई केही चीजले जोडेको छ भने त्यो व्यापार-व्यवसाय नै हो। तिनलाई एकअर्कामा जोड्ने भनेको आर्थिक स्वार्थले नै हो। अर्थात्, मध्यमवर्गले नै जोड्ने हो।

अहिलेका व्यापारकि घरानाहरूको व्यापार संघीयता हुनेबित्तिकै एउटा प्रदेशमा मात्रै सीमित हुने छैन। त्यसले त पहिला ग्यारेन्टी खोज्नेछ। एउटा प्रदेशको उद्योगले अर्को प्रदेशमा उत्पादन पुर्‍याउनका लागि राज्यलाई नै भन्नेछ। मानौँ, केही गरी हामीमा नकारात्मक सोच विकास भएर एक प्रदेशको उत्पादनलाई अर्को प्रदेशमा प्रवेश गर्न नदिने, कर लगाउने भयौँ, राजनीति गर्नेले पनि त्यस्तै कुरालाई प्रयोग गर्न थाले भने मध्यमवर्गले नै त्यसको विरोध गर्नेछ। र, व्यवसाय र अर्थतन्त्रको विस्तारका माध्यमबाट संघीयतालाई उन्नत र सफल बनाउन सघाउनेछ। त्यसकारण मध्यमवर्ग संघीयकरणकै सन्दर्भमा एउटा कडी हुन्छ। त्यसले हामीलाई जोड्न सक्छ।

उद्योगपतिको मात्रै कुरा होइन, दूरदराजका जेहेन्दार छात्रछात्राहरू राम्रो मेडिकल कलेजमा पढ्न पाउने कि नपाउने ? पढिसकेपछि ती प्रतिभाले जुनसुकै ठाउँमा क्षमता देखाउन पाउने कि कुनै प्रदेशविशेषमा सीमित हुनुपर्ने ? हरेक दक्ष जनशक्तिले देशव्यापी रूपमा आफूलाई स्थापित गर्न खोज्नेछ। त्यसैले संघीयताको सन्दर्भमा अहिले आएका नकारात्मक कुराहरूलाई विस्तारति हुँदो मध्यमवर्गले नै कमजोर पार्नेछ। संकीर्ण कुरालाई सके विफल बनाउँछ, आवश्यक परे विद्रोह पनि गर्छ, सहेर बस्दैन।

अवसरवाद पनि
मध्यमवर्ग अवसरवादी चरत्रि हो, जता फाइदा भयो त्यतै लाग्छ भनिन्छ। कतिपय सन्दर्भमा त हामीकहाँ अवसरवादी मात्रै छन्, मध्यमवर्गीय नै छैनन् भनिन्छ। यस्तो धारणाका पछाडि उसका कमी-कमजोरी छन्। समाजले निर्णायक परविर्तन खोजेका बेला मध्यमवर्गले तत्काल निर्णय लिन सक्दैन। निर्णय गनुअघि उसले आफ्नो फाइदा हेर्छ, सुरक्षा हेर्छ। सकेसम्म यसले सुधारवादी बाटो लिन्छ, आमूल परविर्तनको बाटो लिँदैन। समाजले खोजिरहेको सम्भव परविर्तनलाई पनि रोक्छ।

मध्यमवर्ग बाठो छ। उसले जनमतलाई पनि प्रभाव पार्छ। सञ्चार माध्यमलाई प्रभाव पार्छ। राजनीतिकर्मीलाई प्रभाव पार्छ। भोटबाट, चन्दाबाट प्रभाव पार्छ। मध्यमवर्गको हरेक दल, सत्ता र शक्तिसँग सम्पर्क हुन्छ। विपक्षीसँगै सम्पर्क राख्नु भनेको पनि राज्यका नीतिमा प्रभाव पार्नु हो। मन्त्री कुन पार्टीका छन् भन्ने मात्रै होइन। आफू सरकारमा नहुँदा पनि पार्टीले राज्यका नीतिमा प्रभाव पार्न सक्छ।

मध्यमवर्गले हरेक क्षेत्रमा स्वार्थका केही सञ्जालहरू बनाएको हुन्छ। उसको स्वार्थ प्रतिकूल कुनै सुधार गर्नुपर्‍यो भने यसले रोक्छ। राज्यले लिने कतिपय नियन्त्रणकारी कदममा यस वर्गले अनावश्यक शंका गर्छ, असहयोग गर्छ। जस्तो कि निजीकरणका नाममा भइरहेको चर्को व्यापारीकरण रोक्न द्वैध शिक्षा प्रणाली अन्त्यको नीति ल्याउने हो भने यो वर्ग विपक्षमा उभिन्छ। किनभने, शैक्षिक क्षेत्रको नाफाबाट एउटै अलग्गै वर्ग सिर्जना भएको छ। त्यसको प्रभाव हरेक दलमा छ। त्यस्तै भोलि अरू व्यवसायमा गर्लान्। बेलाबेला राष्ट्र बैँक र निजी बैँकबीच चल्ने स्वार्थको द्वन्द्वले यही संकेत गर्छन्। यस्तै, घरजग्गा कारोबार र बैँकिङ् क्षेत्रको विचलन रोक्न खोज्दा व्यवधान खडा भए। यसरी सुधारका लागि व्यवधान खडा गर्ने प्रवृत्तिका कारण पनि मध्यमवर्ग आलोचित छ।

कहिलेकाहीँ मध्यमवर्ग अवसरवादी भएर निस्िकन्छ। हिजो मध्यमार्गी भनेर राजालाई पनि खुसी पार्ने र अर्कोलाई पनि राखौँ भन्ने एउटा राजनीतिक समूह थियो। परविर्तनका लागि इच्छाशक्ति नभएकाहरूले आफूलाई मध्यमार्गीका रूपमा प्रस्तुत गरेका थिए। त्यो अवसरवादी प्रवृत्ति थियो। पछि त्यो विफल भयो, लोकतन्त्र/गणतन्त्र आइछाड्यो।

खासमा अवसरवाद वर्गीय चरत्रि होइन, व्यक्तिको चरत्रि हो। अझ भन्दा मानवीय चरत्रि नै हो। कुनै पनि व्यक्तिले अवसरलाई आफ्नो निजी भलाइका लागि उपयोग गर्न खोज्छ। त्यसलाई व्यवस्थित गर्ने काम त कानुनको हो, विधिको हो।

नेतृत्वमा पुग्नेहरूले नमुना स्थापना गर्नुपर्छ। संसारका सबै मानिसहरू आदर्शवादी भएर जन्मिँदैनन्। सबैको नैतिक स्तर एउटै हुँदैन। मानिसमा स्वार्थको मात्रा हुन्छ। लोभलालच हुन्छ। आफ्नो मात्रै फाइदा हेर्ने। यो मानवीय कमजोरी हो। दुई-तीन हजार वर्षदेखिका समाज र राजनीतिक विकासको क्रम हेर्दा पनि पनि यो भेटिन्छ। नत्र किन प्लेटोले आजभन्दा २२-२३ सय वर्षअघि नै शासन गर्नेहरूको व्यक्तिगत सम्पत्ति र परिवार हुनुहुँदैन भने ? स्वार्थमा जान्छ भनेर नै हो। आदिम साम्यवाद भनिने त्यस युगदेखि नै मानवको यो चरत्रि रहेछ। अर्का पश्चिमका दार्शनिक हब्सले त्यही भने, 'मानिसको जातै लोभी-पापी हुन्छ, पाएसम्म अरूको लुट्छ।' जोन लकले भने 'मानिससँग विवेक पनि भएकाले अरू प्राणीभन्दा भिन्न छ। उसले आफ्ना खराबीलाई हटाउन सक्छ' भने। मानिस जन्मजातै खराब होइन, वातावरण र परििस्थतिले लोभीपापी बनाउँछ भन्दै उनले वातावरण बदल्नका लागि क्रान्तिको आवश्यकता दर्शाए।

मानिस आफ्नै स्वार्थमा अघि बढ्छ भन्ने सबभन्दा बढी हाम्रो राजनीतिमा देखिन्छ। पञ्चायतमा यस्तो प्रवृत्ति सीमित थियो। लोकतन्त्रको प्रारम्भपछि विस्तार भयो। कार्यकर्तालाई प्रत्यक्ष धन्दामा लगाएका छन्। राम्रो पनि होइन, निकृष्ट तरिकाले, नियतवश, गलत बाटोबाट राज्यको शक्ति, स्रोत, साधन र प्रभावलाई प्रयोग गरेर आफ्नै आर्थिक उन्नतिको काम गरेका छन्। यो पार्टी, त्यो पार्टी भन्ने छैन। तल्लो तहदेखि नै यो प्रवृत्ति बढेर आएको छ।

रचनात्मक पनि उपभोगी पनि

  • रामेश्वरप्रसाद खनाल
रूपन्देहीको मणिग्रामस्थित डि्रमल्यान्ड रसिोर्टको फराकिलो पार्किङ् लटमा टिलिक्क चम्काइएको खैरो रंगको हुन्डाईर् आई-१० कार रफ्तारले आएर घचक्क रोकियो। असारको महिना साँझ ५ बजेको भए पनि काठमाडौँबाट एक दिनअघि मात्र बुटवल पुगेकाले मलाई अचाक्ली नै गर्मी लागेको थियो। गाडीका ढोका खुल्नुअघि मेरा आँखा गाडीका झ्यालहरूमा परे। झ्यालका सिसाहरू पूरै माथि तानिएका थिए। मैले अनुमान गरेँ, गाडी वातानुकूलित होला। नत्र त झ्यालका सिसाहरू तल झारिएका हुन्थे। गाडीबाट चार जना ओर्लिए, हेर्दै एउटा परिवारजस्ता लाग्थे। दम्पती, एक छोरा र एक छोरी। उनीहरू दायाँबायाँ नहेरी सीधै रसिोर्टको रेस्टुराँमा छिरे। भर्खरै माथि उठ्दै गरेको, पूरै आत्मविश्वास आर्जन नगरसिकेको व्यक्तिले यताउति हेर्छ। आफ्नो स्थितिलाई अरूसँग मनमनै तुलना गर्छ र सम्हालिएर हिँड्छ। आफू वरपिरकिो वातावरणप्रति पूरै बेखबर भएर आफ्नो लक्ष्यतिर बढ्नु आत्मविश्वासी मनोविज्ञानको सूचक हो।

आसन्न बजेटका बारेमा चितवनको एउटा एफएम रेडियोलाई अन्तर्वार्ता दिन म मोबाइलमा नेटवर्कको सुनिश्चितताका लागि रेस्टुराँको चिसो कोठा छोडेर बाहिर निस्केको थिएँ। अन्तर्वार्ता दिँदै गर्दा रसिोर्टबाट बाहिरिएका एक युवक कार स्टार्ट गरेर बसिरहेका थिए। किन कुरेका होलान् ? मैले सोचेँ, कोही आउन बाँकी होला। मेरो ध्यान अन्तर्वार्तामै थियो। आधा घन्टा लामो कुरा सकेर जसै म रेस्टुराँतिर जान खोज्दै थिएँ, ती युवक गाडीबाट ओर्लिएर मेरो नाम लिँदै, तपाइर्ं फलाना हो भनेर सोधे। मैले 'हो' भनेपछि एकछिन उनले मेरोबारेमा चलेका चर्चाको कुरा गरे। उनी स्थायी आवासको अनुमति पाएर चेकोस्लोभाकियामै बसेका रहेछन्। त्यहाँ उनी पाहुनाका लागि कोठा हेर्न आएका रहेछन्। कुरा सकियो, उनी गाडी चढे। रेस्टुराँ छिर्दै गर्दा मैले सोचेँ, आफ्नै घरमा पाहुनालाई नराखेर होटलका कोठा खोज्न किन आए होलान्! घरमा राख्न नमिल्ने पाहुना पनि हुन सक्लान् वा घरमा ठाउँ नहुन पनि सक्ला !

रेस्टुराँभित्र बुटवल-मणिग्राम क्षेत्रका युवा उद्यमीहरूको एउटा सानो समूह मलाई कुरेर बसिरहेको थियो। उनीहरू चिसो पिइरहेका थिए। मैले हट-लेमन र शाकाहारी स्न्याक्स अर्डर गरेँ। अघिको परिवार अर्को कुनाको टेबुलमा रहेछ। श्रीमान् बियर र अरूहरू जुस-ककटेल पिउँदै थिए। सानो छोरो सोनीको पोर्टेबल प्लेस्टेसनमा गेम खेल्दै रहेछ, छोरी मोबाइलमा सन्देश टाइप गर्दै थिइन्। साँझको खाना खान रसिोर्ट छिरेको त्यो स्थानीय परिवार देखेपछि मेरो सोचाइ फेरीबाहिर भेटेको युवकतिर गयो। मैले सोचेँ, घरमा कोठा नभएर त्यो युवक पाहुनाका लागि रसिोर्टको कोठा बुक गर्न आएको होइन। यो बढ्दो सम्पन्नताको सूचक हो। पाहुनाले पारिवारकि वातावरण बिथोल्न चाहेनन् होला, उनले पनि पाहुनालाई एकान्तमा रमाउने अवसर दिन खोजे होलान्। केही वर्ष वा दशकअघिसम्म यस्तो सोच्न पनि सकिन्नथ्यो। घरमै ठाउँ नपुगे बैठक कोठामा लहरै पाहुना सुताउनु अनौठो मानिँदैनथ्यो। बुटवलको सहरी इलाकाभन्दा बाहिरका गाउँहरूको जीवनशैलीमा आमूल परविर्तन देखिन्छ। पाँच वर्षअघिसम्म छिटपुट मोटरसाइकलसम्म देखिन्थ्यो भने अहिले सिद्धार्थ लोकमार्गको बुटवलदेखि भैरहवासम्मको खण्डमा यात्रा गर्दा दायाँबायाँ देखिने घरका आँगनमा थरीथरीका निजी कारहरू देखिन्छन्। बाटाको वरपिर िमात्रै होइन, भित्री गाउँका घरहरूमा पनि यस्तै दृश्य देख्न पाइन्छ।

बुटवलमा खुलेका बारसहितका आधुनिक क्लब र रेस्टुराँमा साँझमा रमाइलो गर्न आउने परिवार र युवा जमातले नवसम्पन्नताको झल्को दिन्छन्। उनीहरूमा देखिने आत्मविश्वासको छनकले यो सम्पन्नता मिहिनेतले प्राप्त गरेको र दिनभरको थकान मेट्न आएको सहजै अनुभूति गर्न सकिन्छ। शुक्रबारका दिन सेरोफेरोका रसिोर्टमा रात बिताउने र शनिबार रमाइलो गरेर र्फकने चलन बढेको बताउँछन्, बुटवलका एक स्थानीय पत्रकार।

आधुनिक र खर्चिलो जीवनशैली मात्र होइन, शिक्षा र स्वास्थ्य सेवाको स्तरमा पनि बुटवलमा सुधार आएको छ। स्नातकोत्तरका विभिन्न विधामा अध्यापन गराउने कलेजको संख्या तीन छ भने स्नातक तहको अध्यापन गराउने कलेजहरूको संख्या बुटवल र सेरोफेरोमा मात्रै १५ वटा छन्। सरकारी र निजी गरेर ५३ वटा माध्यमिक विद्यालय छन्। कलेजहरूको भौतिक पूर्वाधार, पुस्तकालय र आधुनिक प्रविधिको प्रयोग काठमाडौँलाई माथ गर्ने खालको देखिन्छ।

बुटवलमा अचाक्ली धनी -सुपर-रचि) भेटिँदैनन्, त्यसैगरी असाध्य विपन्नहरू देख्न पनि मुस्िकलै पर्छ। बुटवल मध्यमवर्गीय परिवारहरूको एउटा गतिशील सहर हो भनेर निष्कर्ष निकाल्न सकिन्छ। त्यहाँ रहेका स्थानीय र राष्ट्रियस्तरका बैँकका ५१ वटा शाखाले बुटवलको आर्थिक गतिविधिको स्तर र परमिाणलाई संकेत गर्छन्। नेपालका धेरै सहरहरूको आर्थिक गतिविधि र समुन्नतिमा सरकारी निकायहरूको उपस्थिति र सदरमुकामको लाभले धेरै हदसम्म योगदान गरेको छ। तर, बुटवललाई यो लाभ खासै प्राप्त भएन। बुटवलको आर्थिक समुन्नति र सम्भ्रान्त जीवनशैलीको विकासका पछाडि गुल्मी, अर्घाखाँची, स्याङ्जा र पाल्पाबाट झरेका उद्यमशील मनोवृत्तिका परिवारहरूको ठूलो हात छ।

बुटवल मात्रै पौरखी मध्यमवर्गीय परिवारको बलमा समृद्ध बन्दै गइरहेको सहर होइन, पूर्वको इटहरीको चरत्रि पनि यस्तै हो। कुनै बेला किनमेल र व्यापारकि उद्देश्यका लागि विराटनगर जाने इटहरीबासीले पछिल्ला केही वर्षमा विराटनगरबासीलाई नै पछि पारेका छन्। आधुनिक किनमेल र जीवनशैलीका लागि विराटनगरबासी इटहरी आउँछन्।

मध्यमवर्गीय परिवारको बलमा उठेका यी दुई सहरको सडक पूर्वाधार, सार्वजनिक पार्क तथा उद्यानहरूको उन्नत अवस्थाले जीवनशैलीको बदलिँदो सोचको प्रतिनिधित्व गर्छन्। यी पूर्वाधारमा स्थानीय समुदायको आर्थिक योगदान उल्लेखनीय छ। सरकारी लगानीले मात्रै बनेका होइनन्, यी। सचेत मध्यमवर्गीय समाज रहेकाले यी सहरमा नगरपालिकाको काम पनि अरू सहरको तुलनामा स्तरीय देखिन्छ। बुटवल सहरका भित्री सडकहरूको यात्रा गरेर काठमाडौँ फर्की मध्य-सहर ज्ञानेश्वरका बाटोमा गाडी हाँक्दा राजधानी भन्न दिक्क लाग्छ।

मध्यमवर्गीय परिवारहरूको संख्या उल्लेख्य रहेको ठूलो सहर पोखरा हो। तर, अहिले महेन्द्रनगर, धनगढी, भरतपुर, लहान, धरान र उर्लाबारी पनि बुटवल र इटहरीकै जस्तो समृद्धिका बाटोमा बढेको प्रतीत हुन्छ। धरानको चरत्रि अलि भिन्न र सुस्त गतिको देखिन्छ। तथापि, यो पनि गतिशील मध्यमवर्गीय परिवारको बाहुल्य भएको सहर हो।

सहर मात्रै होइन, गाउँहरू र पहाडी सदरमुकामहरूमा पनि मध्यमवर्गीय परिवारको एउटा ठूलै जमात तयार हुँदैछ। बाराको डुमरवाना गाउँमा रहेको ब्युटीपार्लर, बाग्लुङको दगान्तुडाँडामा देखेको फ्रेसहाउस र मोटरसाइकल वर्कसप, पाल्पाको रामपुर गाउँका बाटोमा छिनछिनमा युवाले गुडाउने मोटरसाइकल, बुडरको रसिोर्टमा डडेल्धुराबाट आफ्नो गाडीमा तल ओर्लंदै गर्दा बियर पिउन रोकिएका युवा, जस्ता दृश्यले मध्यमवर्गीय परिवारको संख्यात्मक विस्तार भइरहेको स्पष्ट दर्शाउँछन्।

पाल्पाको हुँगी गाउँमा सडकछेउको चमेनागृहमा भात पकाउने अर्डर गरेर स्थानीय विद्यालयका एक शिक्षकसँग नेपाली समाजको विकासका बारेमा कुरा गरयिो। ती शिक्षकले गाउँ तथा गाउँसरहका परिवारहरूको विपन्नताबाट मध्यमवर्गीय सम्पन्नतामा रूपान्तरणका क्रममा देखिने एउटा विशेषताको यसरी वर्णन गरे। दुई दशकअघिसम्म खोल्सा-खोल्सी र खोला किनार, रूख वा ढुंगाको कापमा लुकेर नित्य शौच गर्ने परिवारले त्यसको केही वर्षपछि घरको अलि पर कान्लाछेउमा बाँसको टाटी वा बोराले घेरेको शौचालय बनाए। त्यसपछिको अवधिमा आँगनको छेउ वा करेसाबारीनिर अर्धपक्की शौचालय बन्यो। अलि पछि घरसँगै टाँसिएका तर मूल ढोकाबाहिर शौचालय सर्‍यो। पारिवारकि सम्पन्नता बढ्दै गएपछि शौचालय घरको मूल ढोकाभित्र छिर्‍यो। मूल ढोकाभित्र छिरेको शौचालय अहिले शयनकक्षभित्र छिर्दैछ। उनले भने, "मूल ढोकाभित्र शौचालय लगेको परिवार मध्यमवर्गीय हो र शयनकक्षभित्र शौचालय राख्ने हैसियत भएको परिवार उच्च मध्यमवर्गीय हो।" उनले कालीगण्डकी पार िमाथि डाँडाको गल्याङलाई देखाउँदै त्यहाँको परविर्तन यसैगरी भएको छ भने। अलि पर वालिङमा त्यो परविर्तन अझ बढी छ। राम्दीदेखि रामपुरसम्मका गाउँहरूमा पनि यस्तो परविर्तन हुँदैछ। विदेशी पर्यटक बाटो बिराएर यदाकदा पुग्ने पाल्पाको रामपुरमा खुलेका होटलमा एट्याच-बाथरुम छन्। स्थानीय रुचि र खोजी नभएको भए यस्तो हुँदैनथ्यो। ०५४ सालसम्म स्िलपिङ् ब्याग भए भात खाएको होटलको आँटीमा सुत्नसम्म पाइने साँफेबगरमा अहिले एट्याच-बाथरुमसहितका होटल कोठाहरू भेटिन्छन्। खानेपानीको घरघरमा आपूर्ति भएका घरहरूमा यो रूपान्तरण सबैतिर देख्न सकिन्छ। मध्यमवर्गीय परिवारको रुचिको चरणबद्ध परविर्तनको यो एउटा सटीक उदाहरण हो।

मध्यमवर्गीय परिवारले आन्तरकि पर्यटनको पनि एउटा नयाँ लहर ल्याउँदैछ। एक दशकअघिसम्म घान्द्रुक, घोडेपानीको यात्रामा रेस्टुराँ र होटलमा रमाउँदै गरेका शतप्रतिशत पर्यटक विदेशी हुन्थे। गएको पाँच वर्षमा घोडेपानीको यात्रामा छिनछिनमा ब्याकप्याक बोकेका नेपाली युवा जोडीहरूदेखि अधबैँसे दम्पतीहरू भेटिनु अनौठो लाग्दैन। मनकामना केवलकार चढ्न जति निजी गाडीहरूको ताँती काठमाडौँबाट जान्छ, त्यत्तिकै संख्यामा पोखरा र भरतपुरबाट पनि आउँछन्, कसरी भयो त यो मध्यमवर्गको उदय ?

दम्पती रोजगार परिवार : तीन दशकअगाडि सरकारी जागिरका लागि सहर छिरेका युवकले आफ्नी पत्नीलाई जागिर खुवाउने वा कुनै व्यवसायमा लगाउने सोच बनाउँदैन थिए। त्यो समय र त्यसभन्दा अगाडि ग्रामीण र अर्धसहरी समाजमा छोरी-बुहारीलाई जागिरमा लगाउनु त्यति निको मानिँदैन थियो। रोजगार वा उद्यमका निमित्त होइन कि राम्रो ठाउँमा बिहे गराउन छोरीलाई पढाउने चलन थियो। राजधानी सहरमा पनि यो संकीर्ण मानसिकता हावी थियो। समयकालमा यसमा परविर्तन भयो। अहिले मध्यमवर्गीय परिवारको बाहुल्य रहेका सहरी क्षेत्र र गाउँमा दम्पती जागिरे वा एउटा जागिरे अर्को कुनै व्यवसाय समातेको परिवार बढी भेटिन्छ।

अधिकांश परिवारमा त बुबा, छोरा र बुहारी तीन जना वा त्यसभन्दा पनि बढी कुनै न कुनै आयआर्जनमा लागेका भेटिन्छन्। बाबु पैदल वा कार्यालयको गाडीमा कार्यालय जाने, छोरा आफ्नो गाडीमा नोकरीमा जाने र बुहारी स्कुटीमा कुनै बैँक वा विद्यालयको नोकरीका निमित्त आ-आफ्नो समयमा घरबाट निस्कने परिवारको संख्या काठमाडौँमा जुन अनुपातमा भेटिन्छन्, त्यसभन्दा बढी अनुपातमा महेन्द्रनगर, धनगढी, बुटवल, पोखरा, इटहरी, धरान, विराटनगर र अरू जिल्ला सदरमुकामहरूमा भेटिन्छ। गैरसरकारी संस्थाहरू, सहकारी, बैँक शाखाहरू, निजी विद्यालयहरू, महाविद्यालयहरू, नर्सिङ् होमहरू र अन्य सेवा व्यवसायको विस्तारले शिक्षित परिवारहरूलाई थप रोजगारको अवसर जुरायो। त्यसको उपयोग जसले गरे, ती परिवारले आफूलाई एकै दशकमा मध्यमवर्गीय परिवारको दर्जामा पुर्‍याएका छन्। आफ्नो उमेरमा रोजगार वा कुनै व्यवसायमा नछिरेका शिक्षित प्रौढ महिलाहरू पनि उमेरको छैटौँ दशकमा आएर गैरसरकारी संस्था वा अन्य स्वरोजगारमा लागेका भेटिन्छन्।

ग्रामीण सडकले बजार पहुँच दिएका गाउँका परिवार : ०४८ सालपछि गाउँको पूर्वाधार विकासमा उल्लेखनीय काम भयो। अझै ०५२ सालदेखि ग्रामीणस्तरमा सीधै आर्थिक स्रोत प्रवाह हुन थालेपछि ग्रामीण सडक पूर्वाधारमा एउटा क्रान्तिकारी लहर नै आयो। सडकहरू पिच भएर आवागमनको राम्रो सुविधा भएपछि बजारको लाभ लिन त्यस्ता गाउँमा कृषिको विविधीकरणले तीव्रता पायो। त्यसैको परिणाम हो- काठमाडौँ, पोखरा, विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज र राजमार्ग वरपरका सबैतिरका गाउँहरूका बासिन्दाको आयस्तरमा राम्रो वृद्धि हुनु। यस्ता गाउँहरूमा मध्यमवर्गीय परिवारको जीवनशैली उदीयमान सहरहरूको भन्दा कम छैन। सञ्चार सुविधा र खासगरी टेलिभिजनको व्यापक विस्तारले आधुनिक जीवनशैली अनुकरण गर्न सजिलो तुल्यायो।

सहरी र मोफसल क्षेत्रका जग्गाको मूल्यवृद्धिले उदय भएको मध्यमवर्ग : ०४६ सालको लोकतान्त्रिक परविर्तनपछि काठमाडौँमा घरजग्गाको कारोबारले गति पायो। पछि त्यो अलि केही सुस्त भयो। सशस्त्र द्वन्द्व चर्कंदै गएपछि गाउँबाट मानिसहरू सुरक्षा र अवसरको खोजीमा सहर पस्न थाले। उनीहरूको घडेरी र घरको चाहनाले गर्दा सहरी क्षेत्र र मोफसलमा जग्गाको मूल्य चर्कंदै गयो। यसलाई उत्कर्षमा पुर्‍यायो, बैँकिङ् क्षेत्रले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेर। महेन्द्रनगर, धनगढी, बुटवल, शंकरनगर, मणिग्राम, भैरहवा, पोखरा, भरतपुर, टाँडी, भण्डारा, हेटाँैडा, लहान, इटहरी, उर्लाबारी, दमक, काँकडभिट्टा र अन्य सुगम सदरमुकामहरूमा जग्गा बिक्री गर्ने र जग्गाको कारोबार गर्नेले छोटो समयमै आफ्नो आर्थिक स्थितिमा आमूल परविर्तन देखे। काठमाडौँबाहिर व्यक्तिगत वा पारिवारकि प्रयोगका लागि वातानुकूलित कार वा जिप खरदि गर्ने वर्ग यही हो। यस्ता सहरमा यो वर्ग अहिले सेलाएर बसेको छैन। उच्च नाफा गरेर बेलैमा बजारबाट निस्कने जग्गा कारोबारीको त्यस वर्गले आफ्नो पुँजी नाफामूलक आधुनिक र दिगो व्यवसायमा लगाएको छ। धनगढी, बुटवल, मणिग्राम, शंकरनगर, पोखरा र इटहरीमा यो स्पष्ट देख्न सकिन्छ।

कर्जाको पहुँच बढेकाले आफ्नो भावी आम्दानीलाई अहिले नै पुँजीकृत गरेर सम्पन्नताको उपभोग गर्न तम्सिएको वर्ग : ०३४ सालताका राष्ट्रिय वाणिज्य बैँकका शाखाको ढोकाभित्र छिर्दा एउटा पोस्टर टाँसेको भेटिन्थ्यो। लेखिएको सन्देश थियो, "तपाईंसँग सीप छ भने हामीसँग आउनूस्, हामी पुँजी दिन्छाँै।" यो भनेको के हो, बैँकका कर्मचारीलाई नै थाहा थिएन। उनीहरू सीपवाला उद्यमीहरू खोजेर हिँड्दैनथे। सीपवाला उद्यमीहरू त्यसरी कर्जा पाइएला भनेर बैँक पनि छिर्दैनथे। परकिल्पनाकारले किन त्यस्तो परकिल्पना गर्‍यो, कसैले चर्चा गर्दैनथे। ०४२ सालयता वित्तीय क्षेत्रको उदारीकरणपछि सीमित सहरी क्षेत्रमा कर्जाको पहुँच परम्परागत सामन्ती-पुँजीपतिको घेराभन्दा बाहिर पनि गयो। तर, उपभोक्ता कर्जाको प्रबन्ध थिएन। वित्तीय क्षेत्र उदारीकरणको व्यापक प्रभाव भने ०५० सालपछि मात्र देखा पर्न थाल्यो। बैँक तथा वित्तीय संस्थाहरूको विस्तार र प्रतिस्पर्धाले नयाँनयाँ कर्जा उपकरणहरू बजारमा आए र उद्यमीहरूले आफ्नो उद्यमको सोच व्यवहारमा रूपान्तरण गर्ने अवसर पाए। यसले नयाँ मध्यमवर्ग जन्मायो।

मासिक स्थिर आम्दानी भएका वर्गले क्रमैसँग बचत गर्दै धेरै वर्षपछि एउटा मोटरसाइकल खरदि गर्न सक्षम हुन्थे भने उपभोक्ता कर्जाको प्रबन्धले मासिक बचतबाट किस्ता तिर्ने गरी स्थिर आम्दानी गर्न सुरु गरेकै अवस्थामा त्यस्ता सम्पत्ति जोड्न पाए। यसले उनीहरूको सम्पन्नता देखिन थालेको मात्रै होइन, उत्पादकत्व पनि बढ्यो र ऋण तिर्न सक्षम हुन थप काम गर्न बाध्य पार्‍यो। सुलभ कर्जाको सुन्दरता यही हो। भविष्यको आम्दानीलाई पनि अगाडि सारेर सम्पन्नताको स्तर बढाउन सकिन्छ। देखिनेगरी माथि उठेको मध्यमवर्गको उदयमा कर्जाको ठूलो हात छ।

उदारवादी, प्रतिस्पर्धात्मक र बजारमुखी अर्थतन्त्र : ०४२ सालमा यस अवधारणालाई अगाडि बढाउने प्रयास गरयिो। तर, बैँकिङ् क्षेत्रमा केही काम भए पनि अरू क्षेत्र, खासगरी, साना तथा मझौला उद्यम, शिक्षा, तालिम, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा उदारवादी सोचको व्यापक प्रभाव ०४७ सालपछि मात्र देखा पर्न थाल्यो। त्यसपछि खुलेका बैँक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा, शैक्षिक तथा प्राविधिक तालिम संस्थानहरू, सञ्चारगृहहरू, गैरसरकारी संस्थाहरू, कार्पेट तथा गार्मेन्ट उद्योगहरू, साना तथा मझौला उद्योग-व्यवसाय र अन्य सेवा व्यवसायमा लागेकाहरूको पारिवारकि आर्थिक जीवनमा त कायापलट नै भयो। उनीहरूले रोजगार दिएकाहरू पनि मध्यमवर्गीय परिवारको हैसियतमा पुगेका छन्।

उदारवादी सोचले आर्थिक गतिविधिमा ल्याएको सकारात्मक तरंगले सहरी जीवनलाई मात्र समृद्ध बनाएको होइन, गाउँको जीवनलाई पनि उत्तिकै सकारात्मक प्रभाव परेको छ। निजी विद्यालय तथा स्वास्थ्य संस्थाहरूको विस्तार साना सहरमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि भएको छ। गैरसरकारी संस्थाहरूको ग्रामीण क्षेत्रमा व्यापक रूपमा विस्तार भएको छ, जसले गर्दा धेरै शिक्षित परिवारहरूका लागि बहुल रोजगारको अवसर मात्रै मिलेन, साना सेवा व्यवसाय तथा व्यापार, निर्माण, साना उद्योगधन्दाहरूको विस्तार भयो। मध्यमवर्गीय परिवारहरूको संख्यात्मक विस्तारमा उदारवादी आर्थिक सोचको अत्यन्तै ठूलो प्रभाव रहेको छ।

रेमिट्यान्स : आर्थिक वर्ष ०५६/५७ पछि प्रत्येक वर्ष तीव्र गतिले बढ्दै गएको रेमिट्यान्सले धेरै ग्रामीण परिवारहरूलाई गरबिीको दुष्चक्रबाट छुटकारा दिएको छ। यसको दिगोपनामा प्रश्न छ। तर, लामो अवधि विदेशमा काम गरेर पैसा पठाएकाहरूको परिवारले गरेको उपभोगले स्थानीय व्यवसायको आकार बढाएको छ। ग्रामीण क्षेत्रमा उद्यमको पनि विस्तार गरेको छ। गएका तीन वर्षमा वैदेशिक रोजगारलाई विश्राम दिएर देशमै केही गर्नुपर्छ भनेर र्फकेकाहरूले कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र नयाँ व्यवसाय सुरु गरेका छन्। यो नयाँ लहर धेरै विश्लेषकको नजरमा परेको छैन तर यो निश्चित रूपमा अर्को चरणको आर्थिक रूपान्तरणमा सहयोगी हुने किसिमले बढ्दै गएको देखिन्छ। रेमिट्यान्सले गरबिीबाट छुटकारा दिलाउन मद्दत पुगेको मात्रै होइन, यसले नयाँ मध्यमवर्गको उदयमा पनि त्यत्तिकै सहयोग पुर्‍याएको छ।

मध्यमवर्गको उदयको अर्को सकारात्मक गतिशीलता पनि देखिएको छ, यिनीहरूको उपभोगवादी र खर्चिलो जीवनपद्धति, जसले गर्दा सिर्जना भएका कामका अवसरले गरबिीको रेखामुनि रहेका धेरै परिवारलाई पनि गरबिीको दुष्चक्रबाट मुक्ति मिलेको संकेत देखिन्छ। पछिल्लो जीवनस्तर मापन सर्वेक्षणको प्रतिवेदन आइसकेको छैन। यसअघि गरबिी ३३ प्रतिशतबाट २५ प्रतिशतमा झरेको प्रारम्भिक विवरण प्राप्त भएको थियो। तर, अब नयाँ तथ्यांक आउँदा परम्परागत मापनबाट गरबिीको संख्या १५ प्रतिशतभन्दा कममा झर्‍यो भनेर सुन्नुपर्‍यो भने आश्चर्य मान्नुपर्ने छैन।

मध्यमवर्गीय परिवारको उदयसँगै केही नराम्रा विशेषताहरू पनि देखिएका छन्। यिनीहरूको उपभोगवादी प्रवृत्तिले आयात ह्वात्तै बढेको छ। खासगरी विगत पाँच वर्षमा मात्र पेट्रोलियम पदार्थको आयात बढेको छ। चुल्होका लागि एलपी ग्यास खोज्ने प्रवृत्तिले विदेशी मुद्राको माग तीव्र गतिमा बढेको छ। यदि आन्तरकि उत्पादन बढाउन सकिएन र वस्तु र सेवाको निर्यात बढाउन सकिएन भने मध्यमवर्गीय उपभोगवादी संस्कार नै आर्थिक अस्थिरताको कारक बन्न सक्छ।

मध्यमवर्गले आफ्ना छोराछोरीलाई विशिष्ट शिक्षा दिन चाहने प्रवृत्तिले सामुदायिक विद्यालयहरू भनेका गरबि तथा निम्न मध्यमवर्गीय परिवारका बालबालिकाको अध्ययन थलोमा रूपान्तरण हुन गए। वर्ग नै अलग्गिएर बसिदिँदा त्यसै पनि अति राजनीतीकरणले गुणस्तर गुमाउँदै गएका सामुदायिक विद्यालयहरूको गुणस्तर झनै खस्कँदै गयो। आधारभूत शिक्षामा देखिएको विभेदले भोलि समाजमा अर्को द्वन्द्वको स्थिति निम्त्याउन सक्छ। मध्यमवर्गीय परिवारहरू नै यी समस्याको समाधानका प्रणेता हुन सक्छन्। अब यिनको आफ्नै भविष्यका लागि पनि आन्तरकि उत्पादन बढाउन यिनको लगानी आवश्यक छ। आधारभूत शिक्षा सबैका लागि समान र गुणस्तरयुक्त तुल्याउने अभिभारा पनि यिनै परिवारमा छ।