Showing posts with label Media. Show all posts
Showing posts with label Media. Show all posts

Sunday, April 19, 2015

हामी हिमाली पत्रकार


  • रामबहादुर रावल
पत्रकारको पहिचान पत्रकारबाहेक अरू के हुन्छ ? पत्रकारमाझ एकले अर्कोसँग के कुराले जोड्छ ? अखबारकारतिाको बेफुर्सदिलो दैनिकीमा बितेका १२ वर्षमा मैले सोचेकै रहेनछु। नयाँ दिल्लीमा आयोजित दक्षिण एसियाली पत्रकारहरूको भेलामा नजानिँदो ढंगले हाम्रो एउटा समूह बन्यो। एकले बोलेका कुरा अर्कोसँग त्यसै  त्यसै मिल्थे। एकअर्काका कुरामा सही थाप्थ्यौँ। एकै दिनको भेटघाट र चिनजानले आखिर हामीलाई कुन तन्तुले जोड्यो ? कश्मीरी पत्रकार हक नवाज नेहरूले गुह्य खोले, "हामी हिमाली पत्रकार। हिमालले हामीलाई जोडेको छ। त्यसैले हाम्रो कुरा मिल्छ।"

कश्मीरी पत्रकारसँग हिमाली जीवन र सभ्यता मात्र होइन,  बन्दुकको छायाँमुनि बसेर समाचार लेखन र सम्प्रेषणको कठोर अनुभवले हामीलाई एकाकार गराउँथ्यो। भुटानी पत्रकारसँग जोड्ने कारण नेपाली भाषा र मिल्दो संस्कृति पनि थियो। राती अबेरसम्म कनट प्लेसका सडकहरू चहार्‍यौँ। एउटाको फर्माइसमा आएका खानेकुरा सबैले चाख्यौँ। अनुभव साँट्यौँ। छोटो बसाइमै  छुट्टनिुपर्दा निन्याउरा मुहारमा बिदाइका हात हल्लायौँ। दोस्रो भाषाका रूपमा नेपाली बोल्ने भुटानी पत्रकार चोनी जाङ्मोले भनिन्, "फेरि भेटौँला।"


चुनावमा पत्रकार

बाहिर दिल्ली विधानसभा निर्वाचनको सरगर्मी उत्कर्षमा पुग्दै थियो। नयाँ दिल्लीको मुटुमा रहेको सांगि्रला इरोज होटलमा भेला भएका दक्षिण एसियाका चार मुलुकका पाँच दर्जन पत्रकारका बीचमा कसिलो प्रश्न उठ्यो, 'चुनावका दौरानमा कुनै पत्रकारले आफ्नो व्यक्तिगत फेसबुक वा ट्वीटर टाइमलाइनमा स्टाटस ले ख्यो। अब भन्नूस्, त्यो विचार व्यक्तिगत हुन्छ कि सम्पादकीय लाइन? अथवा, ऊसम्बद्ध हाउसको विचार हुन्छ ?'

पक्ष र विपक्षमा थुप्रै तर्क आए। कतिले आफ्नो मिडिया हाउसले त्यस्ता विषयमा स्टाटस लेख्न निषेध गरेको कुरा खोले। कतिले व्यक्तिगत स्वतन्त्रताको कुरा उठाए भने केहीले सम्पादकीय र हाउसकै लाइनबाट प्रभावित हुने विचार राखे।

चुनाववरपिरकिा पत्रकारका ट्वीट र फेसबुक स्टाटस हेर्ने हो भने कुन पत्रकार वा उसले काम गर्ने संस्था कतापट्ट िढल्किएको छ भनेर अनुमान लगाउन सकिने टिप्पणी धेरैले राखे। सर्वसम्मति केमा देखियो भने यस्ता स्टाटसले पत्रकार र उसको संस्थाको विश्वसनीयता र व्यावसायिकतामा पहिरो जान्छ। हफिङटन पोस्ट  इन्डियाका के स्रुथिजिथले ठीकै भने, 'विधिविधानमा पत्रकारलाई ठ्याक्कै यसरी बाँध्नुपर्छ भन्नुभन्दा यो स्वतन्त्र माध्यम हो, स्वतन्त्र नै छाडिदिनुपर्छ। पाठकको विश्वासले बाँच्ने बाँच्छन्, अरूले पत्याउन छाडेपछि आफैँ मर्छन्।'


अनलाइन: सबैतिर उही रोग

पाठकको ध्यान खिच्न अनलाइन पत्रकारतिा र तिनको प्रचार गर्ने सामाजिक सञ्जाल पोर्नोग्राफीमा परण्िात भएकामा धेरैको चिन्ता थियो। सबैजसोले उठाएको एउटै विषय थियो, यौनको अप्रासंगिक, अनियन्त्रित र अश्लील प्रयोगले डिजिटल पत्रकारतिालाई नै हलुका बनाएको छ। जसले जे लेख्यो, त्यही पोस्ट हुन्छ। भाषिक  शुद्धता र स्पष्टतामा ख्याल नगर्ने भएकाले अनलाइन गल्तीहरूको खात भएको छ। यहाँ सम्पादक छैनन्। सम्पादक भए पनि सम्पादनको काम गर्दैनन्। सम्पादकलाई खालि आफ्नो अनलाइन हिट बढाउने, अश्लील सामग्री पस्कने हतारो हुन्छ। हिन्दी र अरू स्थानीय भाषामा मसला पेज अगाडि आउन थालेका छन्। हुँदाहुँदा  अब पत्रकारतिाको पर्यायवाची पोर्नाेग्राफी पो हुने हो कि भन्ने खालका चिन्ता व्यक्त भएको सुनेपछि लाग्यो, यो रोग नेपालमा मात्र होइन रहेछ।


सोसल मिडियाले समाज बदल्छ ?

सोसल मिडियाबाट सामाजिक परविर्तन सम्भव छ ? यस प्रश्नको जवाफ खोज्ने क्रममा निकै पेचिला सवाल उठाइए। खास गरी भारतीय पत्रकार पंकज पचौरीको भनाइ थियो, 'हामीले जुन तहलाई सशक्त बनाउन खोजेका छौँ, त्यहाँ मिडिया पुगेकै छैन। जहाँ पुगेको छ, त्यो वर्ग आफैँमा सशक्त छ।' यो विरोधाभासलाई  उनले अझ यसरी प्रस्ट्याए, '७० प्रतिशत भारतीय इन्टरनेटको पहुँचमा छन्। त्यो समूह पढ््नलेख्न जान्ने र अरू माध्यमबाट पनि सूचना लिन सक्ने वर्ग हो। बाँकी ३० प्रतिशतलाई हामीले सशक्त बनाउनुपर्ने र उठाउनुपर्नेछ तर त्यो इन्टरनेटको पहुँचमै छैन।'

इन्टरनेट साक्षरता र सशक्तीकरणको खाडल उनले बताइदिएपछि धेरैले जिब्रो टोकेका थिए। उनले फेर िचुनावकै प्रसंग जोड्दै घोषणा गरििदए, 'यो राजनीतिक परविर्तनको प्लेटर्फम होला, जसरी इजिप्टमा सरकार नै परविर्तन गर्‍यो। तर, सामाजिक परविर्तनको हुन सक्दैन।' हाम्रो सन्दर्भमा पनि डा गोविन्द केसीको सत्याग्रह सफल हुनु तर बोक्सी र बलात्कारविरुद्धका प्रयास असफल हुनु यसैका दृष्टान्त हुन् कि !

 नेपाल, प्रकाशित: वैशाख ६, २०७२

Friday, February 13, 2015

रेडियो क्रान्ति

रामबहादुर रावल

  • के तपाईंलाई बोका आवश्यक परेको छ ? यदि छ भने घरमै आएर हेर्न सक्नुहुन्छ । अथवा, हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो ठेगाना रहेको छ, राज डंगोल, थाक्रे, धादिङ । (सुन्नुहोस्)  
  • के तपाईं पराल किन्न खोजिरहनुभएको त छैन ? यदि हुनुहुन्छ भने खेतसम्मै गाडी पुग्ने व्यवस्थासहित लगभग सय भारी पराल बिक्रीमा छ । तुरुन्तै सम्पर्क गर्नुहोला । सम्पर्कका लागि सीताराम रिजाल, फोन नं ०१६२०२१२६ । 
  •   (पृष्ठभूमिमा गाई कराएको आवाज) मलाई कम्तीमा छाकमा पाँच माना दूध दिने गाई चाहिएको छ । यदि तपाईंसँग छ भने फोन गरिहाल्नूस् है । फोन नं ९८४११२४६२५ ।
नौबीसे-१, धार्के, धादिङ अवस्थित कृषि रेडियोबाट प्रसारति विज्ञापन हुन् यी। सुन्नेबित्तिकै थाहा हुन्छ, यी कुनै बहुराष्ट्रिय कम्पनीका प्रचार होइनन्। गाउँका सामान्य आय भएका, असंगठित व्यक्ति र त्यसमा पनि खेतीकिसानी गर्नेका कुरा हुन्। गाउँलेहरू कुनै वस्तु बेच्नुपर्‍यो भने रेडियो सम्झन्छन्। र, आफूलाई केही चाहिँदा पनि रेडियोमै कान थाप्छन्। नौबीसे र आसपासका गाउँभरकिा किसानका सूचना, जानकारी, आवश्यकता र समस्या त्यही रेडियोले सबैका कानमा पुर्‍याइदिन्छ।

आफ्ना सरोकारका कुरा आफ्नै भाषा र लबजमा सुनिने भएकाले पनि यस क्षेत्रका गाउँले किसानहरूको दैनिकीको अभिन्न अंग बनेको छ, रेडियो। कृषि रेडियोका स्टेसन म्यानेजर सरोज पौडेल भन्छन्, "हामी नेताका भाषण र हिन्दी गीत बजाउँदैनौँ। रासायनिक मल, विषादी र बहुराष्ट्रिय कम्पनीका उत्पादनका प्रचार गर्दैनौँ। किसानका कुरा मात्र बजाउँछौँ।"

कुनै बेला रोल्पाको होलेरीमा देशविदेशका खबर सुन्ने माध्यम रेडियो नेपाल मात्रै थियो। रोजगारका सिलसिलामा भारत पुग्नेहरू रेडियो सेट बोकेर आउँथे अनि नजिकका छिमेकीले साँझपख समाचार र गीतसंगीत सुन्न पाउँथे। समाचार बज्थे तर सबै टाढाटाढाका मात्रै। रोल्पाका समाचार सुन्न पाइँदैनथ्यो। अहिले होलेरी आसपासका बासिन्दा आफ्नो सेरोफेरोमै रेडियो स्टेसन देखेर दंग छन्। रेडियो सुनछहारी एफएमले गाउँघरका खबरहरू बजाउन थालेपछि सर्वसाधारणले दैनिक कामकाजको समयमा पनि रेडियो सुनिरहेका हुन्छन्। "फलाम पिट्दा पनि रेडियो सुन्छु म त," खलंगा-९, बूढाचौर, प्यूठानका मनवीर विक भन्छन्, "खेतका आलीमा रेडियो राखेर काम गर्न मिल्छ। नजिकै स्टेसन भएपछि जस्तोसुकै रेडियोमा पनि प्रस्टै आवाज सुनिन्छ।"

विकले भनेजस्तै काम गर्दागर्दै रेडियो सुन्न मिल्छ। कम साक्षरता, अर्थतन्त्रको सानो आकार, बजार व्यवस्थापनका सीमाजस्ता कारणले टेलिभिजन र अखबार आममान्छेमा पुग्न अझै समय लाग्ने देखिन्छ। तर, रेडियो भरयिाले भारीमाथि राखेर पनि सुन्छ। साइकलमा झुन्ड्याएर पनि सुन्छ। अहिले त हातहातमा पुगेका मोबाइलमै रेडियो बज्छन् र ती कमिजका खल्ती, चोलाका भित्री भागमा पनि अडिन्छन्। त्यसैले एफएम रेडियोहरू सहरका भान्छादेखि गाउँघरका कुनाकाप्चासम्म पुगेका छन्। रेडियोप्रतिको आकर्षण बढेको छ। समाजलाई पहिलो सूचना र सन्देश रेडियोले नै दिएका छन्।