छेउमा शव लडिरहेको छ । गलफत्ती गर्ने परिस्थिति रहेन । अस्पतालको दबाबसामु हाम्रो केही लागेन ।
अस्पतालको ‘ब्ल्याकमेल’
यस वर्ष लगालग दुई जना आफन्तलाई अस्पतालबाट घर फर्काउन सकिएन । काठमाडौँका धेरै अस्पताल र क्लिनिक चहारियो । धेरै डाक्टरहरूको साक्षात्कार गरियो । निर्दयी मृत्युलाई पराजित गर्न सकिएन । तर, अस्पताल र स्वास्थ्यकर्मीहरूका केही व्यवहार भने चर्चायोग्य लाग्यो ।
पछिल्लोपल्ट हाम्रो एउटा बिरामीको ज्यान गयो, जावलाखेल, ललितपुरको नेसनल क्यान्सर अस्पतालमा । बिरामीको मृत्युपछि अस्पतालको व्यवहार भने अनौठो लाग्यो ।
अस्पताल प्रशासनले जिम्मेवार व्यक्तिलाई बिरामीको प्रकृति, उपचारका प्रयास, त्यस क्रममा भएका खर्चको हिसाब बुझाउन आवश्यक ठानेन । बरू, एकैपटक केही कागजातमा कुरुवालाई सही गर्न दबाब दियो । खाली कागज देखेपछि हामी अलमलियौँ । प्रश्न गर्यौँ, ‘किन खाली कागजमा सही गर्नुपर्ने ?’ अस्पताल कर्मचारीको जवाफ थियो, ‘हामीले भनेपछि गर्नूस् न !’ हामीले अडान लियौँ, खाली कागजमा सही गर्दैनौँ । एकछिनको नोकझोँकपछि विषय सेलायो ।