रामबहादुर रावल
आफ्ना सरोकारका कुरा आफ्नै भाषा र लबजमा सुनिने भएकाले पनि यस क्षेत्रका गाउँले किसानहरूको दैनिकीको अभिन्न अंग बनेको छ, रेडियो। कृषि रेडियोका स्टेसन म्यानेजर सरोज पौडेल भन्छन्, "हामी नेताका भाषण र हिन्दी गीत बजाउँदैनौँ। रासायनिक मल, विषादी र बहुराष्ट्रिय कम्पनीका उत्पादनका प्रचार गर्दैनौँ। किसानका कुरा मात्र बजाउँछौँ।"
कुनै बेला रोल्पाको होलेरीमा देशविदेशका खबर सुन्ने माध्यम रेडियो नेपाल मात्रै थियो। रोजगारका सिलसिलामा भारत पुग्नेहरू रेडियो सेट बोकेर आउँथे अनि नजिकका छिमेकीले साँझपख समाचार र गीतसंगीत सुन्न पाउँथे। समाचार बज्थे तर सबै टाढाटाढाका मात्रै। रोल्पाका समाचार सुन्न पाइँदैनथ्यो। अहिले होलेरी आसपासका बासिन्दा आफ्नो सेरोफेरोमै रेडियो स्टेसन देखेर दंग छन्। रेडियो सुनछहारी एफएमले गाउँघरका खबरहरू बजाउन थालेपछि सर्वसाधारणले दैनिक कामकाजको समयमा पनि रेडियो सुनिरहेका हुन्छन्। "फलाम पिट्दा पनि रेडियो सुन्छु म त," खलंगा-९, बूढाचौर, प्यूठानका मनवीर विक भन्छन्, "खेतका आलीमा रेडियो राखेर काम गर्न मिल्छ। नजिकै स्टेसन भएपछि जस्तोसुकै रेडियोमा पनि प्रस्टै आवाज सुनिन्छ।"
विकले भनेजस्तै काम गर्दागर्दै रेडियो सुन्न मिल्छ। कम साक्षरता, अर्थतन्त्रको सानो आकार, बजार व्यवस्थापनका सीमाजस्ता कारणले टेलिभिजन र अखबार आममान्छेमा पुग्न अझै समय लाग्ने देखिन्छ। तर, रेडियो भरयिाले भारीमाथि राखेर पनि सुन्छ। साइकलमा झुन्ड्याएर पनि सुन्छ। अहिले त हातहातमा पुगेका मोबाइलमै रेडियो बज्छन् र ती कमिजका खल्ती, चोलाका भित्री भागमा पनि अडिन्छन्। त्यसैले एफएम रेडियोहरू सहरका भान्छादेखि गाउँघरका कुनाकाप्चासम्म पुगेका छन्। रेडियोप्रतिको आकर्षण बढेको छ। समाजलाई पहिलो सूचना र सन्देश रेडियोले नै दिएका छन्।
- के तपाईंलाई बोका आवश्यक परेको छ ? यदि छ भने घरमै आएर हेर्न सक्नुहुन्छ । अथवा, हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो ठेगाना रहेको छ, राज डंगोल, थाक्रे, धादिङ । (सुन्नुहोस्)
- के तपाईं पराल किन्न खोजिरहनुभएको त छैन ? यदि हुनुहुन्छ भने खेतसम्मै गाडी पुग्ने व्यवस्थासहित लगभग सय भारी पराल बिक्रीमा छ । तुरुन्तै सम्पर्क गर्नुहोला । सम्पर्कका लागि सीताराम रिजाल, फोन नं ०१६२०२१२६ ।
- (पृष्ठभूमिमा गाई कराएको आवाज) मलाई कम्तीमा छाकमा पाँच माना दूध दिने गाई चाहिएको छ । यदि तपाईंसँग छ भने फोन गरिहाल्नूस् है । फोन नं ९८४११२४६२५ ।