समाचार निर्माता २०७१
मुख्यसचिव, नेपाल सरकार
सिंहदरबारका वातानुकूलित कक्षमा बसेर जागिर निर्वाह गर्ने र निवृत्तिका दिन नजिकिन थालेपछि अर्को पद हत्याउन सम्पूर्ण शक्ति खर्च गर्ने शासक/प्रशासक कति आए, गए। तर, उनी यस्ता प्रशासक हुन्, जसले आफ्नो परभिाषित जिम्मेवारीबाहेक पनि राष्ट्रिय सरोकार र सामाजिक समस्या सम्बोधनको पहलकदमी लिन सकिन्छ भन्ने उदाहरण स् थापित गरे। आफ्नो कार्यालयका काम प्रभावित नहुने गरी नेपाली सभ्यता, संस्कृति र सहरी जीवनसँग अभिन्न रूपले गाँसिएको वाग्मती नदी सफाइ अभियानको नेतृत्व गरे। राज्य संयन्त्र मात्र होइन, गैरसरकारी, निजी क्षेत्र र समुदायलाई समेत परचिालन गरे।