पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ बजारमा आएको छ ।
देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका बेला उनले यो पुस्तकको सिर्जना गरेकी हुन्। उनले आफ्ना नातिलाई समर्पित गरेको यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ ।
दुर्गा सुवेदी प्रकाशक रहेको यो पुस्तक पढ्न, पढाउन र पढेर सुनाउन उपयोगी रहेको छ । यो पुस्तक विभिन्न चाडपर्व, जन्मदिन वा अन्य विशेष अवसरमा उपहार दिन सकिन्छ । रोचक शैलीमा बुनिएको कथा, सरल अंग्रेजी भाषा र रमाइला चित्र यसका विशेष आकर्षण हुन् ।
बालबालिका तथा किशोर किशोरीलाई मोबाइल तथा अन्य ग्याजेटका स्क्रिनबाट टाढा राख्न र पढ्ने बानीको विकास गर्न यस पुस्तकले मद्दत गर्ने विश्वास लिइएको छ ।
चराचुरुंगी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ । कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको छ । यसले बालबालिकामा कल्पनाशीलता र संवेगात्मक पक्षको विकास गर्न पनि मद्दत गर्नेछ ।
कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन् । यसबाहेक उनी ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद) की पनि लेखक हुन् ।
पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि अमूल्य उपहारका रूपमा आएको बताउनुभएको छ । १६८ पृष्ठ रहेको यो रंगीन पुस्तकको मूल्य ५५६ रूपैयाँ रहेको छ ।
पुस्तक मगाउन सम्पर्क : 9704902235

.jpeg)
No comments:
Post a Comment