Wednesday, February 1, 2017

नयाँ शक्तिका पुराना खेलाडी : बाबुराम भट्टराई

१० वर्ष सशस्त्र संघर्ष अनि थप १० वर्ष शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका निभाएका एमाओवादीका पूर्वनेता बाबुराम भट्टराईले संविधान जारी भएसँगै संसद् सदस्यता र पार्टी परित्याग मात्रै गरेनन्, माओवादी विचार नै त्यागेको घोषणा गरे । र, वैकल्पिक राजनीतिक विचारधाराका रूपमा नयाँ शक्ति निर्माणको बहस प्रारम्भ गरे । एमाओवादीकै नेतृत्व लिएर त्यसलाई नयाँ शक्तिमा रूपान्तरित गर्ने प्रयासमा सफल नभएपछि उनी छुट्टै संगठन निर्माणमा जुटेका हुन् । तर, संविधान निर्माणमा द्वैध भूमिकाका कारण उनी आलोचित रहे ।

असन्तुष्ट राजनीतिक पक्षसँग वार्ता गर्ने र संविधानका विवादित विषयमा सहमति जुटाउने अभिभारा पाएको संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले परिभाषित भूमिकाभन्दा ठीक उल्टो रूपमा प्रस्तुत भए । एमाओवादी आन्दोलनमा छँदा मात्र होइन, १६ बुँदे सहमतिपछि पनि उनको भूमिका द्वैध रह्यो । संविधानको पहिलो मस्यौदामाथि संविधानसभामा छलफल भइरहँदा उनले एमाओवादीका जातीय संगठनहरूलाई आन्दोलन गर्न सल्लाह दिइरहे । आफैँले सही गरेको संविधान जारी हुँदा पनि उनले त्यसप्रति अपनत्व देखाएनन् । बरू, संविधान जारी हुँदा रमाउने नेपालीजनलाई उल्टै उत्सव नमनाउन सल्लाह दिए ।

http://nepal.ekantipur.com/news/2016-04-17/20160417150853.html

वर्षव्यक्ति- २०७२ : केपी शर्मा ओली


  • रामबहादुर रावल

वर्ष २०७२ को सुरुमै बारपाक, गोर्खा केन्द्रविन्दु भएर आएको ७.६ रेक्टर स्केलको भूकम्पसँगै राष्ट्रिय राजनीति पनि नयाँ रूपमा ध्रुवीकृत भयो । र, त्यसपछिका प्राय: राजनीतिक घटनाहरूको ‘इपिसेन्टर’ बन्यो, बालकोट, भक्तपुरस्थित केपी शर्मा ओलीको निवास । बालकोट केन्द्रविन्दु भई आएका राजनीतिक कम्पनहरूले मुलुकको आन्तरिक र बाह्य शक्ति सन्तुलनमा व्यापक उथलपुथल ल्याए ।

वर्ष २०७२ को सुरुमै बारपाक, गोर्खा केन्द्रविन्दु भएर आएको ७.६ रेक्टर स्केलको भूकम्पसँगै राष्ट्रिय राजनीति पनि नयाँ रूपमा ध्रुवीकृत भयो । र, त्यसपछिका प्राय: राजनीतिक घटनाहरूको ‘इपिसेन्टर’ बन्यो, बालकोट, भक्तपुरस्थित केपी शर्मा ओलीको निवास । बालकोट केन्द्रविन्दु भई आएका राजनीतिक कम्पनहरूले मुलुकको आन्तरिक र बाह्य शक्ति सन्तुलनमा व्यापक उथलपुथल ल्याए ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिको अवरोधका बाबजुद ओली, तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त सहकार्यमा संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक काम भयो (हेर्नूस्, संविधानका सारथि) । यो सहकार्यले सात वर्षदेखि मिल्न नसकेका संविधानका महत्त्वपूर्ण विवादमा सहमति जुटाउँदै २५ जेठमा १६ बुँदे सम्झौता गरायो, जुन संविधानको आधार दस्तावेज बन्न पुग्यो । फलत: ३ असोजमा संविधान घोषणा भएसँगै आफ्नै प्रतिनिधिबाट संविधान निर्माण गर्ने नेपाली जनताको ६ दशकदेखिको सपनाले साकार रूप लियो । र, पछिल्लो एक दशक लामो राजनीतिक संक्रमण र शान्ति प्रक्रियामा समेत वैधानिक पूर्णविराम लाग्यो ।

पायोनियर परिवार

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, इन्जिनियर राममनोहर श्रेष्ठ र डा पुकारचन्द्र श्रेष्ठ

तीन फरक विधामा एकाघरका दाजुभाइको उम्दा उपस्थिति

ललितपुर, कुपन्डोल हाइटको भित्री गल्लीबाट उकालोतिर अघि बढ्न खोज्दा ठोक्किन आइपुग्छ, पुरानोजस्तो लाग्ने एउटा फलामे द्वार । त्यहीँभित्र छन्, करिब डेढ रोपनीमा फैलिएको जग्गामा तीनवटा घर, रूखबिरुवा, गमला र लहराहरू, जुन यस क्षेत्रका अरू आवासीय घरआँगनभन्दा खासै भिन्न छैनन् । बाहिरबाट सामान्यजनकै जस्तो देखिए पनि यस परिसरभित्रको उपस्थिति भने भव्य छ, जहाँ देश–विदेशमा ख्याति कमाएका तीन उम्दा प्रतिभाको बास छ । र, तीनै भिन्न विधाका प्रतिभा एउटै बा–आमाका सन्तान हुन् ।

न्याय सेवामा सक्रिय जीवन बिताएका कुलबहादुर श्रेष्ठ, ८५, को बिडो मात्रै थामेनन्, माइला छोरा कल्याण श्रेष्ठ, ६३, ले । ०७२ को समापनसँगै ४० वर्ष ९ महिनाको जागिर–वृत्तिलाई बिसाउँदै गर्दा औसत जागिरे मात्र भएर पनि निस्कँदै छैनन् उनी । इतिहासको आँखीझ् यालमा औसत न्यायकर्मीको कदभन्दा निकै अग्ला देखिनेछन् । प्रधानन्यायाधीशका रूपमा उनको नौ महिने कार्यकाल मात्रै होइन, पछिल्लो एक दशकमा सर्वोच्च अदालतको इजलासमा बसेर नेपालको विधिशास्त्र, न्याय प्रणाली र सुशासनमा पुर्‍याएको योगदानका कारण पनि उनले बेग्लै चिनारी बनाएका छन् ।

क्रिस्चियन नाताले माओवादीप्रति पश्चिमाको समर्थन जुटाएँ : केबी रोकाया


ऊर्जा इन्जिनियर एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका पूर्वप्रमुख केबी रोकाया राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन् । क्रिस्चियन समुदायका अगुवा/प्रचारकको हैसियतमा उनले द्वन्द्वकालमा माओवादीप्रति युरोप र अमेरिकी सहानभूति जुटाउन पनि भूमिका खेलेका थिए । उनीसँग समसामयिक विषयमा रामबहादुर रावलले गरेको संवाद :

भारत र युरोपेली संघ (ईयू)को सम्मेलनपछि जारी संयुक्त वक्तव्यलाई कसरी लिनुभएको छ ?
यो नयाँ कुरै होइन । उनीहरूले भन्दै आएको कुरा हो । आफूले गर्नुपर्ने काम नगरेर आशंका धेरै गर्ने र चर्को प्रतिक्रिया जनाउने हाम्रो बानीका कारण चर्चा भएको हो । केही दिनमा त्यसै सेलाउँछ ।

हाम्रो समस्यामाथि बाहिरी शक्तिले आ–आफ्नै तरिकाले बोल्ने, दबाब दिने कुरालाई जायज भन्ने त ?
आन्तरिक व्यवस्थापन चुस्त बनाऔँ, अरूलाई बोल्ने ठाउँ नदिऊँ भइहाल्यो नि † दबाब नै दिन थाले भने कस्तो प्रतिक्रिया जनाउने भन्नेमा हामी स्वतन्त्र छँदै छौँ । अहिले उनीहरू नेपाल मामिलामा सहमत भएको कुरा मात्र आएको छ ।

हाम्रो अनुभव त संविधान जारी गर्दा तिनै शक्तिले रोक्न खोज्ने, खासखास मुद्दामा दबाब दिने खालको छ नि ?
हाम्रा हरेक निर्णय बाहिरकै प्रभावमा हुँदै आएका छन् । नेपालीले नै हाम्रो काम गर्ने भए दुई वर्षमा संविधान बन्थ्यो । अरू दुई वर्ष थप्दा पनि पहिलो संविधानसभाले संविधान लेखेन । बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सीमै रहेर ‘नेपालको साँचो बाहिर छ’ भन्दा कसले खण्डन गर्‍यो ? उहाँलाई कठघरामा उभ्याउने आँट कसले गर्‍यो ?

Tuesday, January 24, 2017

किन हतारियो विशेष अदालत ?


पुराना भ्रष्टाचार मुद्दा जहाँका तहीँ, ल्हारक्याल लामालाई चाहिँ सफाइ दिन हतारो
  • रामबहादुर रावल


काठमाडौँ । करिब ९ करोड ४४ लाख रुपियाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विशेष अदालतले ६ महिनामै टुंग्यायो ।  ३० वैशाख ०७३ मा दायर मुद्दा ३० कात्तिकमै किनारा लाग्यो । जब कि, चार वर्ष पुराना साढे दुई सयभन्दा बढी मुद्दा त्यही अदालतमा विचाराधीन छन् । 

लामाले विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलाबाट सफाइ पाए । अख्तियारले अवैध दाबी गरेको उनको सबै सम्पत्ति  वैध ठहरियो । विशेष अदालत ऐन, २०५९ को दफा १६ अनुसार मुद्दा दायर भएको ६ महिनाभित्र भ्रष्टाचार मुद्दाको टुंगो गरिसक्नुपर्छ । ठीक ६ महिना पुगेकै दिन उनको मुद्दा फैसला हुँदा ऐनको प्रावधान त पालना भयो तर विशेष अदालतमै चार वर्षदेखि धाइरहेका अन्य मुद्दा पक्षहरूले भने लामाको फैसलाप्रति जिब्रो टोके । कारण थियो, हत्पत्ति कानुनले तोकेको म्यादभित्र मुद्दा नछिन्ने विशेष अदालत सांसद लामाको मुद्दा भने समयमै छिनिएको थियो ।