Wednesday, August 15, 2018

तारबारभित्रको दैनिकी



खैरापुर बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रभित्रबाट घाँस संकलन गरेर फर्कंदै स्थानीय । लोपोन्मुख कृष्णसारका लागि बनाइएको संरक्षण क्षेत्रका रैथाने बासिन्दा भने धेरै अप्ठेरोमा परेका छन् । १ सय ४२ घरधुरी संरक्षण क्षेत्रभित्रै पर्ने भएकाले उनीहरु तारबारभित्र बन्दीजस्तै बस्नुपरेको छ । ०२८ देखि बसोबास गरिरहेका भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएका छैनन् ।

घर, बाटोघाटो र ढल बनाउन पनि संरक्षण क्षेत्रकै कारण रोकिएको छ । कृष्णसार संरक्षण हुने र आफ्नो पनि दैनिक जीवन सहज हुने विकल्पको माग स्थानीयले गरिरहेका छन् । आफ्ना वस्तुभाउलाई आवश्यक घाँसपात पनि चाहेको समयमा संकलन गर्न पाउँदैनन् ।


संरक्षण क्षेत्र कार्यालयले दुबोबाहेकको घाँस संकलन गर्न सीमित अवधिका लागि फुकुवा गरेपछि घाँस काट्नेको लस्कर देखिएको हो ।

प्रथमपटक प्रकाशित : नेपाल, १८ साउन २०७५

No comments:

Post a Comment