
आत्मकथा, आत्मवृत्तान्त, संस्मरणजस्ता आत्मकेन्द्रित विधामा पुस्तक प्रकाशनको लहर चलेको छ। आफू ओहोदामा रहँदा भएगरेका कामकारबाहीको प्रचार गर्ने, कुनै विवादमा आफ्नो प्रस्टीकरण दिनेलगायत उद्देश्यले यस्ता पुस्तक लेख्ने चलन छ। कतिपयले विरोधीमाथि प्रहार गर्ने र आफ्नो वैचारकि स्थापनाको औजारका रूपमा पनि यस विधालाई भरपूर उपयोग गरेका छन्। तर, धेरै विवादमा नआएका र विभिन्न सार्वजनिक ओहोदामा रहेर नीति निर्माणका काम गरेका मोहनमान सैँजूले फरक धारमा रहेर आत्मकेन्दि्रत पुस्तक लेखेका छन्, बुधबारेदेखि चाकुपाटसम्म। र, आफैँले विधागत नाम दिएका छन्, संस्मरण।प्रकाशक माधुरी सैँजूले सुरुमै भनेकी छन्, बुधबारेदेखि चाकुपाटसम्म लामो यात्रा हो तर यो कुनै आत्मवृत्तान्त वा व्यक्तिगत गाथा होइन। पुस्तक पढ्दै जाँदा प्रकाशकको यो उक्ति बारम्बार सम्भिmइन्छ। वास्तवमा लेखकले आफ्नो व्यक्तिगत विवरण र अहम् प्रदर्शन हुन्छ कि भनेर एकदमै होसियारी अपनाएका छन्। उनले बढीभन्दा बढी कामको कुरा गर्न खोजेका छन्। व्यावसायिक जीवनमा भोगाइलाई केन्द्रमा राखेका छन्। यसमा पनि उनी आफ्नो तोकिएको काममा मात्र केन्दि्रत भएका छन्। नित्तान्त व्यक्तिगत र अनौपचारकि प्रसंगलाई सकेसम्म पुस्तकमा पर्न दिएका छैनन्।