Thursday, June 16, 2011

बोल्ने कि नबोल्ने ?

  • राम
    बहादुर रावल
सुडान प्रकरणमा राजनीतिक तथा प्रशासनिक नेतृत्वको भूमिकाबारे प्रश्न कायमै

"तपाईंहरू सूर्यनाथ उपाध्यायका पालाको जस्तो अख्तियार खोज्नुहुन्छ। त्यस्तो अहिले कहाँ छ र ? प्रमुख आयुक्त नभएको पाँच वर्ष भयो। १८ महिनादेखि आयुक्तहरूको कुर्सी खाली छ। अनि, अख्तियारले यो गरेन, त्यो गरेन, यो पुगेन, त्यो पुगेन भन्नुहुन्छ। हामीले जति गरेका छौँ, त्यो साहस र निर्भीकताका साथ गरेका छौँ।"

नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका सामरकि तथा बन्दोबस्तीका सामान खरदिमा भएको घोटालासम्बन्धी अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा दायर गरिएको भोलिपल्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरी पौडेलले यस्तै भने। अख्तियारको अनुसन्धानले राजनीतिक र प्रशासनिक नेतृत्वलाई छुन नसकेको, अभियुक्तलाई पक्रेर अदालतमा अभियोगपत्रसँगै पेस नगरेको समेतका कोणबाट आलोचना भएपछि त्यसको बचाउ गर्दै थिए, प्रवक्ता पौडेल। औपचारकि भाषण सकेर एक साक्षात्कार कार्यक्रमको मञ्चबाट ओर्लिसकेपछि पनि पत्रकारहरूले नछाडेपछि वास्तविकता बुझिदिन आग्रहको शैलीमा पौडेल प्रस्तुत भएका थिए।

अख्तियारले नेपाल प्रहरीका तीन पूर्वप्रमुखलगायत ३४ प्रहरी अधिकारी र दुई ठेकेदार सुडान प्रकरणमा दोषी देखिएको भन्दै मुद्दा दायर गरेपछि विशेष अदालतले ती सबैका नाममा १५ दिने म्याद जारी गरसिकेको छ। विभिन्न मितिमा भुक्तानी भएको जम्मा ४० लाख ९२ हजार १ सय ६७ अमेरिकि डलर अर्थात् भुक्तानी दिनकै विनिमय दरमा २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपियाँ भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको छ ।

तर, यस मुद्दामा मुछिन सक्ने राजनीतिक नेतृत्व र प्रशासनिक क्षेत्रका तत्कालीन अधिकारीहरूसम्म अनुसन्धान किन पुग्न सकेन, तिनको संलग्नता थियो कि थिएन, थियो भने कसको कुन रूपमा थियो भन्ने प्रश्न अनुत्तरति छन्। अख्तियारले कुनै पनि प्रकारको दबाब नआएको प्रस्टीकरण दिए पनि यस प्रकरण सम्बन्धमा गठित संसदीय छानबिन समितिका संयोजक प्रदीप ज्ञवालीले आफूहरूले ठूलै दबाब, धम्की र अवरोधका बीच अनुसन्धान गरेको खुलासा गरेर कर्मचारीको भरमा चलेको अख्तियारमाथि दबाब नपरेको भन्ने अभिव्यक्तिलाई शंकास्पद बनाइदिएका छन्।

सभासद् ज्ञवालीको संकेत र अख्तियार प्रवक्ता पौडेलको अभिव्यक्तिलाई एकै ठाउँमा राखेर हेर्ने हो भने यस मुद्दामा प्रहरीको नेतृत्वबाहेक पनि ठूलै शक्तिकेन्द्र जोडिएको आशंकाले बल पाउँछ। त्यतिबेलाको राजनीतिक र प्रशासनिक नेतृत्वलाई पर्याप्त प्रमाणका आधारमा मुद्दा चलाउन नसकिए पनि सफाइ पनि नदिइसकिएको अख्तियारका कार्यवाहक प्रमुख भगवतीप्रसाद काफ्लेको भनाइ छ। थप प्रमाण फेला पर्दा वा कुनै अभियुक्तले अन्य व्यक्तिको संलग्नताको पोल खोल्दा अनुसन्धान ब्यूँताउन सकिने अख्तियारका अधिकारीहरूले बताएका छन्। यसले धेरैको ध्यान विशेष अदालतमा हुने अभियुक्तहरूको बयानमा केन्दि्रत भएको छ। खास गरी खरदिमा संलग्न दुई पक्षका प्रमुख व्यक्तिले गर्ने बयानले यो मुद्दा कतातिर सोझिन्छ भन्ने कुरा निर्भर गर्नेछ।

अनुसन्धानमा संलग्न अख्तियारका एक अधिकारीका भनाइमा, खरदि सम्झौता गर्दाका प्रहरी प्रमुख ओमविक्रम राणा र ठेकेदारले नै यसको वास्तविकता खोल्नुपर्ने हुन्छ। प्रहरीका एक बहालवाला उच्च अधिकारी पनि यी दुईबाहेक अरू कसैलाई पनि यथार्थ र विस्तृत जानकारी नभएको बताउँछन्। "ठेकेदारलाई बाध्य पार्न नसकिए पनि राज्यको महत्त्वपूर्ण अंगमा बसेका कारणले पूर्वआईजीपी राणा यसबारे बोल्न बाध्य हुन्छन्," ती अधिकारी भन्छन्, "नबोल्ने हो भने अनुसन्धानमा असहयोग गरेको ठहर्छ।"

राणा नै किन बोल्नुपर्छ ?

यस विषयको उठान ओमविक्रम राणा महानिरीक्षक छँदा भएको हो। ०६३ वैशाखदेखि ०६५ असोजसम्म उनी महानिरीक्षक थिए। मन्त्रिपरिषद्ले १० भदौ ०६४ मा सुडानको डार्फरमा प्रहरीको शान्ति मिसन टोली खटाउने निर्णय गरेको थियो। त्यसका लागि आवश्यक सामान खरदि गरी पठाउन तत्कालीन प्रहरी अतिरक्त महानिरीक्षक -एआईजीपी) दीपकसिंह थाङदेनको संयोजकत्वमा योजना तथा लागत अनुमान समिति गठन भयो। राणाकै पालामा १० असोज ०६४ मा खरदि सम्झौता भयो र उनकै पालामा नौपटक उक्त सम्झौतामा संशोधन गरयिो। ती सबैपटकका संशोधनमा ठेकेदारलाई नै सजिलो हुने प्रावधान राखिएको छ। सुरुमा 'क' वर्गको अन्तर्राष्ट्रिय बैँकमा एलसी खाता खोल्ने, ४० प्रतिशत रकम पेस्की दिने, बिलभर्पाइ र सामान आइसकेको दुई वर्षभित्र बाँकी रकम भुक्तानी दिने, सीमा नाघेको १५ महिनासम्म पनि भुक्तानी हुन नसके बाँकी रकमको सात प्रतिशत ब्याज लाग्ने सर्तहरू थिए। यसबाट प्रहरीले किनेका सामानको गुणस्तर र अवस्था हेरेर रकम भुक्तानी गर्न सकिने हुन्थ्यो। तर, ती प्रावधानमा बारम्बार संशोधन गरी छिटो भुक्तानी दिइएको छ।

आपूर्तिकर्ता कम्पनी अस्योर्ड रस्िक लिमिटेडलाई सहज हुने किसिमले मूल सम्झौतामा संशोधन गरिएको छ। सबैभन्दा खतरनाक प्रावधान २७ कात्तिक ०६४ मा घुसाइयो, जसमा एकचोटि तयार गरिएको कागजका आधारमा जेजस्तो सामान आए पनि पैसा तिर्नुपर्ने व्यवस्थासहितको यूसीपी-६०० नामक अन्तर्राष्ट्रिय नियम लागू हुने भनिएको छ। यस अनुसार पूर्वनिर्धारति मितिमा प्रतीतपत्रको खाताबाट बैँकले स्वत: आपूर्तिकर्ताको खातामा पैसा पठाउँछ। यसमा बैँकले कागज हेर्छ, सामानसँग मतलब राख्दैन। जस्तो: आम्र्ड पर्सनल क्यारयिर -एपीसी)को सट्टा भूस नै आएको भए पनि मतलब नहुने स्थिति थियो।

नौपटक समझदारी संशोधन गर्नुपर्नाको स्पष्ट कारण कुनै पनि प्रहरी अधिकारीले बयानका क्रममा खोलेका छैनन्। तत्कालीन प्रशासन विभाग प्रमुख एवं कल्याणकारी कोष सञ्चालक समिति अध्यक्ष श्यामसिंह थापाले महानिरीक्षक राणाले भनेका कम्पनीलाई एपीसीलगायत सामानको दरभाउ पेस गर्न पत्राचार गरेको, महँगो भएको जानकारी गराउँदा समेत तिनै सामान लिन दबाब दिएको र सबै भुक्तानी कार्य विशेषज्ञहरूबाट जाँचै नगराई राणाको आदेशबाट भुक्तानी दिइएको बयान दिएका छन्। राणालाई यसरी दबाब दिनुपर्ने परििस्थति किन आइपर्‍यो भन्ने जवाफले पनि धेरै कुरा खुल्ने प्रहरी अधिकारीहरू बताउँछन्। "सिंगो प्रहरी संगठन बदनाम भइरहेको छ। यस्तो अवस्थामा संगठनलाई जोगाउनु पनि पूर्वप्रहरी प्रमुखको दायित्व हो। त्यसैले सत्य कुरा बोल्ने आँट राणाले गर्नुपर्छ," बहालवाला एक अतिरक्त महानिरीक्षक भन्छन्।

बोल्दा के हुन्छ ?

अदालतले बयानका लागि बोलाएका कुनै पनि व्यक्तिले यस प्रकरणमा जिम्मेवार अरू व्यक्तिको नाम लिएमा नाम लिइएकालाई समेत अदालतले झिकाएर थप बुझ्न सक्छ। अदालतले आफँै बुझ्दा पनि पोलिएका व्यक्ति दोषी पाइए सजायको भागीदार हुन सक्छ। मुद्दामा विपक्षी नबनाइएका तर दोषी देखिन सक्ने आधार देखेमा अदालतले अख्तियारलाई पुन: अनुसन्धानका लागि आदेश गर्न पनि सक्छ। यसरी आदेश गर्दा हालको मुद्दाको सुनुवाइ जारी राख्ने वा नराख्ने भन्ने पनि अदालतकै तजबिजमा भर पर्छ। अदालतमा बयान हुँदा पोलिएका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी नयाँ मुद्दाका रूपमा अघि बढाउनुपर्ने अवस्था आउन सक्ने भन्दै अख्तियारका अधिकारीहरूले त्यसतर्फ आफूहरू तयार रहेको समेत बताएका छन्।

सुरुदेखिकै घटनाक्रममा तत्कालीन महानिरीक्षक राणा संलग्न रहेको, उनलाई नै धेरै कुराको जानकारी भएको र संगठन प्रमुखको हैसियतले उनले बोलेका कुरा नै बढी आधिकारकि हुने हुनाले अख्तियारको अनुसन्धान टोलीका सदस्यहरूसमेत राणाले बोल्नुपर्ने दाबी गर्छन्। आफूहरूले बयानका लागि कुनै प्रकारको दबाब या यातनाको प्रयोग गर्न नसकेको, लिखित रूपमा बयान लिइएकाले कुनै पनि अधिकारी र ठेकेदारले राजनीतिक र प्रशासनिक नेतृत्वलाई नपोलेको हुन सक्ने उनीहरूको भनाइ छ। "राजनीतिक र प्रशासनिक नेतृत्वकर्ताको जानकारी, आवश्यक निर्देशन र नियन्त्रणबिना यस्ता कार्य हुनै सक्दैनन्," अनुसन्धान टोलीका एक सदस्य भन्छन्, "तर, जानकारी भएका व्यक्तिहरू बचाउनतिर लागे, कागजी प्रमाणहरू फेला परेनन्।"

के हो सुडान घोटाला ?

संयुक्त राष्ट्रसंघको आवश्यकता र अनुरोधमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि खटिएका मिसनमा नेपाल प्रहरीबाट पनि सहभागिता रहँदै आएको छ। सुडानको डार्फरमा फम्र्ड पुलिस युनिट -एफपीयू)का रूपमा नेपाल प्रहरीको सहभागिता छ। त्यहाँ जाने प्रहरी एकाइलाई उपकरण तथा हातहतियारसहित पठाउनुपर्छ। पछि राष्ट्रसंघले त्यसको शोधभर्ना गर्छ। हाल खटिएको एकाइका लागि किनिएका एपीसीलगायत सामान कामै नलाग्ने अवस्थामा त्यहाँ पुगे। कम्तीमा २५ वर्ष आयु हुने अनुमानका आधारमा राष्ट्रसंघले मापदण्ड निर्धारण गरेको छ। तर, ती सामान सुरुदेखि नै काम नलाग्ने अवस्थाका भएपछि यसमा अनियमितता भएको आशंका सुरु भएको हो। संसद्को राज्यव्यवस्था समिति, गृह मन्त्रालय, मन्त्रिपरिषद् र प्रहरीकै आन्तरकि छानबिनबाट समेत अनियमितता भएको निष्कर्ष निकालियो। तर, कहाँनिर कसरी अनियमितता भयो, यस घोटालामा कोको संलग्न छन् भन्ने अहिलेसम्म यकिन भएको छैन।

अख्तियारले बयान र लिखित कागजातका आधारमा खरदि प्रक्रियामा संलग्न प्रहरी अधिकारीहरूलाई दोषी ठहर गरेको छ। तर, सामान्य हवल्दार सरुवा र स-साना ठेक्कापट्टामा समेत गृह मन्त्रालयका अधिकारीहरूको हस्तक्षेप हुने पुराना दृष्टान्तका आधारमा अख्तियारले देखाएका दोषी मात्रै यसमा जिम्मेवार छैनन् भन्ने गृह प्रशासनका अनुभवी तथा जानकारहरू बताउँछन्। रोलक्रम मिचेर ल्याइएका तत्कालीन प्रहरी महानिरीक्षक राणाले त झन् स-साना प्रशासनिक मामिलामा समेत राजनीतिक नेतृत्वको सल्लाहमा काम गर्ने गरेको उनकै सहकर्मीहरू बताउँछन्। राजनीतिक नेतृत्वलाई नै रिझाउने र दबाब शिरोपर गर्ने क्रममा महानिरीक्षक राणाले आपूर्तिकर्तालाई सजिलो हुने गरी सम्झौता फेर्न, थप सामान खरदि गर्न र मातहत कर्मचारीले महँगो भएको थाहा दिँदासमेत तिनै सामान खरदि गर्नुपर्ने जिद्दी लिएको हुन सक्ने अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन्। संसद्को राज्यव्यवस्था समितिको छानबिन समतिले तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वले उन्मुक्ति पाउन नसक्ने भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने ठहर गरेको थियो।

४ असोज ०६५ देखि डार्फरमा नेपाल प्रहरीको टोली क्रियाशील छ। संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ७ असार ०६४ मा सुडानमा नेपाल प्रहरीको एफपीयू राख्ने निर्णय गरेको थियो। त्यही वर्ष ९ माघमा राष्ट्रसंघबाट एफपीयूका लागि आवश्यक सामानको विवरण प्राप्त भयो। नेपाल प्रहरीका तर्फबाट तत्कालीन अतिरक्त महानिरीक्षक दीपकसिंह थाङदेन नेतृत्वको टोलीले मिसनस्थलको रेकी भ्रमण गर्‍यो। उनकै नेतृत्वमा एफपीयू मिसनको तयारी समिति गठन गरयिो, ५ भदौ ०६५ मा। थाङदेनको अध्यक्षतामा गठित नौ सदस्यीय बोर्डले सुरक्षासँग सम्बन्धित र अन्य गरी दुई समूहमा सामानको वर्गीकरण गरेको थियो। सुरक्षासँग सम्बन्धित सामानहरू प्रहरी मुख्यालयमा सूचीकृत भएका र्फमहरूमध्येबाट र अन्य सामान बोलपत्र तथा दरभाउ -कोटेसन)बाट खरदि गर्नु उपयुक्त हुने राय पनि उक्त बोर्डले दियो।

यीमध्ये प्रहरी मुख्यालयकै भण्डार शाखाबाट १ करोड ११ लाख ६५ हजार रुपियाँ बराबरका सामान पाइए। सञ्चार महाशाखाबाट २४ लाख ९५ हजार रुपियाँ बराबरका सामान मिल्ने भए। डीआईजी दीपककुमार श्रेष्ठको नेतृत्वमा गठित खरदि बोर्डले थाङदेन समितिको राय र तत्कालीन महानिरीक्षकको निर्देशनमा सूचीकृत कम्पनीबाट २८ करोड ६२ लाख ३२ हजार, बोलपत्र प्रक्रियाबाट ५ करोड ५७ लाख ११ हजार र सिलबन्दी दरभाउ एवं विविध प्रक्रियाबाट ६ करोड ३४ लाख ३२ हजार गरी जम्मा ४० करोड ५३ लाख ७६ हजार रुपियाँका सामान खरदि गर्‍यो। यसरी खरदि गर्नुपूर्व प्रहरी मुख्यालयले १४ भदौ ०६४ मा गृह मन्त्रालयको समेत स्वीकृति लिएको थियो।

पि्रफेब हाउस गाडी, खाद्य सामग्री, औषधी, खानेपानी ट्यांकर, हातहतियारलगायत सामान काठमाडौँमै संकलन गरिएका थिए। ती सामान राष्ट्रसंघको निरीक्षण टोलीले हेरेपछि ५ मंसिर ०६४ मा राष्ट्रसंघकै सिपिङ् एजेन्टलाई जिम्मा दिइयो। त्यसको पर्सिपल्ट सुडान पठाइए। वीरगन्ज पुगेपछि भारतले ढुवानीमा अवरोध गर्‍यो र ती सामान प्रहरी मुख्यालय फिर्ता भए। हतियारलाई अलग गरेर बाँकी सामान मात्रै पठाइएपछि भारतको कोलकाता बन्दरगाहबाट ७ माघ ०६४ मा छुटे। ५ फागुन ०६४ मा सुडान बन्दरगाह पुगे। त्यहाँबाट मिसनस्थल नायलामा पुग्न अरू नौ महिना लाग्यो। ढुवानीको जिम्मा राष्ट्रसंघले नै लिए पनि सुडान पुग्दा यी सामान सद्दे थिएनन्। त्यसको क्षतिपूर्तिका लागि नेपाल प्रहरीले राष्ट्रसंघ मुख्यालयमा दाबी गरेको छ। तर, राष्ट्रसंघले कुनै निर्णय लिइसकेको छैन।

सूचीकृत र्फमहरूबाट खरदि गरिएका एपीसीलगायत सामानहरूको भने क्याटलग -परचिय पुस्ितका) मात्रै हेरेर निर्णय लिइएको देखिन्छ। यति मात्रै नभई, एपीसीको गुणस्तर र अन्य सर्तनामा बीचमै परविर्तन गरिएको छ। सुरुमा सामान बुझेको एक वर्षसम्म वारेन्टी रहने, आईएसओ गुणस्तरको हुनुपर्ने, राष्ट्रसंघको मापदण्डभन्दा कम गुणस्तरको भए आपूर्तिकर्ताले आफ्नै खर्चमा बदली गर्नेसमेतका सर्तमा सझौता भए पनि पछि तिनलाई खुकुलो पारयिो । हतियारबिनाका एपीसी गाडी मात्र ढुवानी भए । झिकिएका हतियारहरू अहिलेसम्म कहाँ छन् भन्नेबारे सबै पक्ष अनभिज्ञ छन् । १९ भदौ ०६५ मा सुडान बन्दरगाहमा एपीसी त पुगे तर ती सबै पुराना एपीसीलाई मर्मत गरी पठाइएका थिए । यस अवधिमा प्रतीतपत्र संशोधन गरी आईएसओ गुणस्तरको प्रावधानसमेत हटाइएको छ । १९ साउन ०६६ मा मात्र आठवटा एपीसी नेपाल मिसन रहेको स्थान न्याला पुगे । त्यहाँ निरीक्षण हुँदा नकारात्मक रपिोर्ट आयो । त्यतिन्जेल प्रहरी कल्याण कोषले छुट्याएको सबै रकम आपूर्तिकर्ता कम्पनीको खातामा जम्मा भइसकेको थियो । ठेक्का सम्झौता भएको तीन महिनामै 'पर्फर्मेन्स बन्ड'बापतको रकम फुत्किइसकेको थियो । सामान गन्तव्यमा पुग्न ढिलाइ हुँदा त्यसलाई प्रहरीका तर्फबाट आफ्नो अनुकूल हुने गरी सुधार गर्नेतर्फ पहल पनि भएन । प्रहरी कर्मचारीको गाँस कटाएर जम्मा गरिएको कल्याण कोषको पैसा मात्रै डुबेन, सुडानमा खटिएका प्रहरीले समेत स्रोत-साधनविहीन अवस्थामा जोखिमपूर्ण तवरले काममा खट्नुपरेको छ ।

धेरै समयपछिको चर्चा, बहस, अनुसन्धानपछि अन्तत: अख्तियारले ३६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । नांगो आँखाले हेर्दा पनि सुडान प्रकरणमा व्यापक अनियमितता भएको देखिन्छ । तर, यति ठूलो घोटालामा राजनीतिक र प्रशासनिक नेतृत्व भने कतै संलग्न नभएको भन्ने कुरा पत्यारलिो लाग्दैन । पूर्वमहानिरीक्षक राणा वा अरू अभियुक्तहरूले रहस्यको यो गुत्थी फुकाउन कति सहयोग गर्छन्, हेर्नैपर्छ । त्यसमाथि अदालतले यसबारेमा कस्तो विवेक गर्छ भन्ने महत्त्वपूर्ण छ ।



Saturday, June 11, 2011

खनालको दिनगन्ती सुरु







प्रधानमन्त्री खनाललाई आफ्नै पार्टीभित्रबाट दबाब





संविधानसभा भवन नयाँबानेश्वरमा १४ जेठ राती पाँचबुँदे सहमति गर्दा विपक्षी दलका नेताहरूलाई उछिनेर एमाले नेताहरूले नै प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागे। प्रमुख विपक्षी दल कांग्रेस छ महिना संविधानसभाको म्याद थप्ने र प्रधानमन्त्रीको राजीनामाको सर्त त्याग्ने स्थितिमा पुगेपछि पनि एमालेका केपी ओली, माधव नेपाल, भीम रावललगायत नेताहरू त्यो मान्न तयार भएनन्। उनीहरू एकाएक संविधानसभाबाट बाहिरिए र र्फकंदा सहमतिका लागि अर्को मस्यौदा तेस्र्याए। त्यसमा प्रधानमन्त्रीको राजीनामालाई प्रमुख सर्तका रूपमा राखिएको थियो। मधेसवादी दलहरूसँग मिलेर पूरा हुनै नसक्ने सर्त ल्याएको भन्दै माओवादी र एमाले संस्थापन पक्षका नेताहरू एकछिन त आक्रोशित पनि भए। तर, पछि उक्त वार्ता पाँचबुँदे सहमतिमा टुंगियो। त्यसमा 'प्रधानमन्त्रीले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्ने' वाक्यांश पनि पर्‍यो।



संविधानसभा भवन नयाँबानेश्वरमा १४ जेठ राती पाँचबुँदे सहमति गर्दा विपक्षी दलका नेताहरूलाई उछिनेर एमाले नेताहरूले नै प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागे। प्रमुख विपक्षी दल कांग्रेस छ महिना संविधानसभाको म्याद थप्ने र प्रधानमन्त्रीको राजीनामाको सर्त त्याग्ने स्थितिमा पुगेपछि पनि एमालेका केपी ओली, माधव नेपाल, भीम रावललगायत नेताहरू त्यो मान्न तयार भएनन्। उनीहरू एकाएक संविधानसभाबाट बाहिरिए र र्फकंदा सहमतिका लागि अर्को मस्यौदा तेस्र्याए। त्यसमा प्रधानमन्त्रीको राजीनामालाई प्रमुख सर्तका रूपमा राखिएको थियो। मधेसवादी दलहरूसँग मिलेर पूरा हुनै नसक्ने सर्त ल्याएको भन्दै माओवादी र एमाले संस्थापन पक्षका नेताहरू एकछिन त आक्रोशित पनि भए। तर, पछि उक्त वार्ता पाँचबुँदे सहमतिमा टुंगियो। त्यसमा 'प्रधानमन्त्रीले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्ने' वाक्यांश पनि पर्‍यो।


यही प्रसंग पर्याप्त छ, एमालेको संस्थापनविरोधी खेमा प्रधानमन्त्री खनाललाई बालुवाटारबाट फिर्ता बोलाउन कति आतुर छ भन्ने देखाउन। केपी-माधव पक्षधर नेताहरूले १७ जेठदेखि बल्खुमा चलेको केन्द्रीय समिति बैठकमा खनालकै राजीनामालाई जोडतोडका साथ उठाए। प्रधानमन्त्री आफैँले राजीनामा दिने सहमतिपत्रमा हस्ताक्षर गरसिकेकाले एकछिन पनि पदमा बस्न उपयुक्त नहुने र तुरुन्त राजीनामा गर्नुपर्ने तर्क उनीहरूले गरेका थिए। तर, खनालले विकल्प तयार भएपछि मात्रै राजीनामा दिने बताउँदै आएका छन्। पाँचबुँदे सहमतिबारे एमाले केन्द्रीय कमिटीमा तीन दिनसम्म छलफल चलेको थियो। अन्त्यमा राजनीतिक रूपले यो सरकार कामचलाउ भइसकेको र राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री बाधक नबन्ने निष्कर्षमा एमाले पुगेको छ।


केपी-माधव खेमा जेठ महिनाभित्र प्रधानमन्त्रीको राजीनामाका लागि पर्खने भएको छ। त्यतिञ्जेल राजीनामा नआए पुन: बल्खु तताउने रणनीतिमा यो खेमा रहेको छ। असार दोस्रो सातासम्म नयाँ सरकार बनिसक्ने अनुमानका साथ १७ असारदेखि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। त्यसमा खनाल र नेपालको नेतृत्वमा बनेका सरकारको समीक्षा हुने भनिएको छ। यसबीचमा प्रधानमन्त्री खनालले कुनै पनि बहानामा राजीनामा गर्न ढिलाइ गरे उक्त समीक्षा बैठकमा खनाललाई नंग्याउने योजनामा केपी-माधव पक्ष रहेको छ। यस खेमाका केन्द्रीय सदस्य कर्णबहादुर थापा भन्छन्, "प्रधानमन्त्रीले राजीनामा गरेसरह हो ठान्नूस् भनेर बैठकलाई विश्वास दिलाउनुभएको छ। कुनै पनि बहानामा राजीनामा गर्न आलटाल गरी माओवादीको डिजाइनमा चल्न खोजे त्यो उहाँका लागि ठूलो भूल हुनेछ।" त्यसो त कांग्रेसले देशव्यापी जागरण अभियान चलाइरहेका बेला अघि सारेको १० बुँदे सर्तमध्ये एक थियो, प्रधानमन्त्रीको राजीनामा। त्यसलाई केपी-माधव पक्षले नै एमालेभित्र प्रवेश गराएको थियो। यही पक्षको जोडमा संविधानसभाको तीनवर्षे म्याद गुजि्रनुभन्दा चार दिनअघि मात्रै एमाले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निर्णय पारति भएको थियो। गत वर्ष माओवादी र एमाले संस्थापनको आवाज मिलेपछि संविधानसभाको म्याद थप्ने सर्तमा तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई 'अविलम्ब राजीनामा गरी मार्गप्रशस्त गर्ने' बुँदामा सहमत गराइएको थियो। यसपालि केपी-माधव पक्षले खनाललाई सत्ताबहिर्गमन गराउन त्यही सूत्र अपनाएको छ।


माओवादीको एउटा धार अहिलेकै सरकारको निरन्तरतामा जोड दिइरहेकाले एमालेको खनालविरोधी खेमा प्रधानमन्त्रीले वैकल्पिक सत्ता समीकरणमा मन नलगाउने आशंका पालिरहेकै छ। माओवादी र कांग्रेसबीच सरकारको नेतृत्व र शक्ति बाँडफाँटमा कुरा मिल्न हम्मे पर्ने भएकाले पनि खनालको बालुवाटार बसाइँ लम्बिन सक्छ। दुवै दलले आ-आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत थालिसकेका छन्। रोचक पक्ष के भने कांग्रेस र माओवादी दुवै दलमा प्रधानमन्त्रीका आकांक्षी दुई नेताबीच चर्कै होड चलेको छ। सत्ताको दौडमा चलेका यी आन्तरकि र बाह्य कसरतले खनालको सत्तायात्रा लम्बिन सक्ने सम्भावना पनि त्यत्तिकै छ। अझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वमा सरकार निर्माण नबनुन्जेल खनाल सरकारकै निरन्तरतामा चित्त बुझाउन सक्ने र यसबाट खनालको बल्खु फिर्तीको तिथि झन् टाढिन सक्नेछ। तीन महिनाको छोटो म्यादभित्र संविधानसभा, संसद्, शान्ति प्रक्रिया र सरकार निर्माणका काम एउटै रफ्तारमा अघि बढ्लान् भन्नेमा ठोकुवा गर्ने आधार पनि कमै छन्।


कदाचित् यही बाटोमा राष्ट्रिय राजनीति अघि बढ्ने हो भने प्रतिनिधि परिषद्मा केपी-माधव पक्षको प्रस्तुति थप कडा बन्नेछ। एमाले स्रोतका अनुसार ओलीले एमाले मुख्यालयमा दर्ता गराएको नौबुँदे प्रस्ताव त्यसैको पृष्ठभूमि पनि हो। एमाले विधान अनुसार महाधिवेशनबाट चुनिएका कुनै पनि पदाधिकारीलाई हटाउन सक्ने अधिकार प्रतिनिधि परिषद्लाई छ। अब प्रतिनिधि परिषद् बैठक र समीक्षा बैठकका एजेन्डाबारे आन्तरकि बहस चलाउने क्रममा नेपाल-ओली पक्षले तीनै नौ बुँदालाई आधारपत्र बनाउने भएको छ। गोप्य रूपले माओवादीसँग सातबुँदे सहमति गरेको, पार्टीको निर्णयविपरीत गृह मन्त्रालय माओवादीलाई दिएको, प्रधानमन्त्री खनालले आफ्नै प्रतिबद्धताविपरीत विष्णु पौडेललाई गृह मन्त्रालय नदिएको, माओवादीको गोटी बनेर एमाले र लोकतन्त्र पक्षधरलाई घात गरेको लगायत आरोपहरू खनालले एमालेभित्रैबाट बेहोर्दै आएका छन्। पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेमार्फत संस्थापनले दिन खोजेको 'काउन्टर' प्रयास असफल भएपछि अर्को धक्का पुगेको छ। ११ सदस्यीय स्थायी कमिटीमा निणर्ायक ठानिएका महासचिव ईश्वर पोखरेलले संस्थापनविरोधी कित्तामा हाम फालेपछि केपी-माधव समूहको स्वर झन् चर्को बन्दै छ। तर, केन्द्रीय सदस्य अजम्बर काङमाङ राई भन्छन्, "उनीहरू बहुमत पुर्‍याएर अध्यक्षलाई कारबाही गर्ने अवस्था हुन्थ्यो भने कुनै तिथि कुर्नेवाला थिएनन्।" राई पार्टीभित्रका संस्थापनविरोधीहरू संविधानसभाका पनि विरोधी भएको टिप्पणी गर्दै भन्छन्, "अब थपिएको म्यादभित्र समझदारी नबनाउन यिनको भूमिका हुनेछ र राजनीतिक शून्यतामा आफ्नो भूमिका खोज्नेछन्। यस्तो दृष्टिकोण र गठबन्धनसँग जुध्न शान्ति प्रक्रिया र संविधान निर्माणको काम टुंग्याउनैपर्छ।"


एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली भने जेठभित्र प्रधानमन्त्रीले राजीनामा दिने, असार दोस्रो साताभित्र शान्ति प्रक्रियामा ठोस प्रगति देखिने र तीन महिनाभित्र संविधानको पहिलो मस्यौदा निर्माण हुनेमा आशावादी छन्। "असार पहिलो साताभित्र सरकार निर्माण र शान्ति प्रक्रियाको स्पष्ट टुंगो लाग्न सकेन भने दलहरूबीच अविश्वास बढ्दै जान्छ, झन् अप्ठ्यारोमा फस्छौँ भन्ने कुरा सबै पार्टीका नेताहरूले बुझेका छन्। प्रचण्ड पनि अरूबेलाभन्दा बढी गम्भीर देखिन्छन्। त्यसैले आशावादी हुने ठाउँ यसपालि बढी छ। http://www.ekantipur.com/nepal/article/?id=2407

Friday, June 3, 2011

ढोरपाटन : जिउँदो संग्रहालय


सुखदु:ख जे भए पनि ढोरपाटनले नै दिएको छ । अहिलेसम्म हाम्रा लागि ढोरपाटन दु:ख बिसाउने थलो भएको छ । नांगै, भोकै, प्यासै भए पनि ढोरपाटन छोडेर कहीँ जाने ठाउँ छैन हाम्रो । अब यही ठाउँलाई हाम्रो जीवन सुधार्ने आधार बनाउन चाहन्छौँ ।

बोवाङ गाविसका पूर्वउपाध्यक्ष भद्रमणि सुनारको यही अभिव्यक्तिले बताइरहेको छ, ढोरपाटनसँग त्यहाँको जनजीवन कसरी जोडिएको छ भनेर। ढोरपाटन अर्थात् पश्चिम नेपालको बाग्लुङ, रुकुम र म्याग्दी जिल्लाको बीचमा रहेको उच्च पहाडी भूखण्ड। चारैतिर पहाडले घेरिएको, बीचमा समथर मैदान, मैदानको बीचमा सदाबहार बग्ने उत्तरगंगा। समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथि रहेको यो लेकाली उपत्यका जेठ-वैशाखमा पनि कट्कटी कमाउने सिरेटोले भरन्िछ। जाडो याममा त चार-पाँच फिटसम्म हिउँ थुपि्रन्छ। तैपनि, मान्छे र घरेलु पशुपक्षीको गुन्जायस कहिल्यै शून्य हुँदैन त्यहाँ। सुनारले त्यसै भनेका होइनन्, "ढोरपाटनबाहेक जाने ठाउँ कहीँ छैन। जे गर्छ, ढोरपाटनले गर्छ।"

हुन पनि ढोरपाटन पहाडी भूबनोटको एउटा रहस्यमय नमुनाजस्तै लाग्छ। अझ त्यो विकट भूगोलसँग जोडिएको जनजीवनको कहर नेपाली आदिम सभ्यताको जिउँदो संग्रहालयजस्तो देखिन्छ। ढोरपाटन क्षेत्रको जनजीवन अहिले पनि फिरन्ते युगका धेरैजसो विशेषताका साथ बाँचिरहेको छ। मानव विकासको एक स्थितिविशेष हो, फिरन्ते युग। मानवशास्त्रीहरू मान्छे खेतीपातीको युगमा प्रवेश गर्नुभन्दा अघि फिरन्ते युगमा रहेको विश्वास गर्छन्। अहिले ढोरपाटन क्षेत्रको जीवनशैलीमा परविर्तन चाहने पुस्ताले त्यहाँको समृद्धिको माध्यम पर्यटनलाई देखेको छ। अनि, तम्सिएको छ, बाहिरी दुनियाँका घुमन्तेहरूलाई भित्र्याउन।

अहिले ढोरपाटन क्षेत्रका पढालेखा युवाहरूको पहलमा साढे तीन दशकदेखि बन्द विमानस्थल पुन:सञ्चालन हुन लागेको छ। स्थानीयबासीको चर्को दबाबपछि नागरकि उड्डयन प्राधिकरणले विमानस्थल पुन:निर्माणका लागि ठेक्का लगाइसकेको छ। असार दोस्रो सातासम्म निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यही आर्थिक वर्षभित्र ढोरपाटन काठमाडौँसँग सीधा हवाईमार्गबाट जोडिनेछ। अहिले भूमार्गबाट काठमाडौँबाट ढोरपाटन पुग्न प्रतियात्रु औसत पाँच हजार रुपियाँ खर्च हुन्छ। हवाई सम्पर्क स्थापित भएपछि त्यसमा एक-डेढ हजार रुपियाँ थप्दा पुग्ने स्थानीयबासीको विश्वास छ। काठमाडौँ-ढोरपाटन जहाज चल्न थालेपछि स्थानीयबासीलाई राजधानी आउजाउ गर्न, बिरामी हुँदा सुविधासम्पन्न अस्पताल पुग्न मात्रै सुविधा हुने छैन, पर्यटकको ओहोरदोहोर पनि बढ्नेछ। अझ, आफ्नै घरआँगनमा बाहिरी दुनियाँसँग हेलमेल गर्न पाउनेछ, त्यो विकट बस्तीले।

ढोरपाटनलाई नै आफ्नो सुख र समृद्धिको मियो ठानेका यस क्षेत्रका बासिन्दाले पर्यटनको माध्यमबाट आफ्नो जीवन फेरनिे आशा लिएका छन्। यो आशा भर्ने काम पनि सहरसँग साइनो स्थापित गरसिकेका पढालेखाहरूले गरेका हुन्। त्यसमा सरकारी निकायहरूले पनि ढिलोचाँडो साथ दिने तत्परता देखाएको स्थानीय राजनीतिक अगुवाहरूको भनाइ छ।

हवाई मैदान सुचारु हुन लागेको सुखद खबर त छँदै छ, ढोरपाटन क्षेत्रको पर्यटन विकास र जनजीवनलाई सहज बनाउन केही पूर्वाधारहरू निकट भविष्यमै पुग्दै छन्। यसले ढोरपाटनबासीको आशा र उत्साहको पारो झनै बढेको छ। चारतिरबाट ढोरपाटनलाई मोटरबाटोले छुनै लागेको छ। म्याग्दीको दरबाङ हुँदै बाग्लुङको जलजला पुग्ने मोटरबाटो निर्माण कार्य भइरहेको छ। जलजला ढोरपाटननजिकैको बस्ती हो। रुकुमको टकसेराबाट पनि ढोरपाटनतर्फ आउने मोटरबाटो निर्माण भइरहेको छ। उता, ढोरपाटननजिकैको अर्को गाउँ निसी हुँदै रुकुम जोड्ने सडकले पनि ढोरपाटनको चहपहललाई अवश्य बढाउनेछ। ढोरपाटन पुग्ने मुख्य बाटो बुर्तिबाङ-फल्लेघर निर्माणाधीन सडकको तन्किँदै गरेको आकारले बढी आश जगाएको छ। भुजीखोलाको किनारैकिनार खनिएको उक्त बाटोले अब करबि चार घन्टाको पैदल दूरी छिचोल्न बाँकी छ। यो बाटो ढोरपाटनको प्रवेशद्वार देउरालीसम्म पुर्‍याउने योजना छ। यस सडकले बुटवल, पाल्पा, गुल्मी, काठमाडौँ, पोखरा, पर्वत क्षेत्रका स्वदेशी पर्यटकलाई सजिलै ढोरपाटन पुर्‍याउनेछ। कामविशेषले त्यहाँका प्रमुख बजारहरू बाग्लुङ, बुर्तिबाङ वा खर्बाङ पुग्नेहरूलाई एकपटक ढोरपाटन घुमेर आउन प्रोत्साहित गर्नेछ।

ढोरपाटन क्षेत्रकै १० अलगअलग बस्तीका १०-१० घर छानेर पर्यटकका लागि बस्न मिल्ने गरी 'होम स्टे'का रूपमा तयार गर्ने काम थालिएको छ। ती घरहरूलाई होम स्टेका रूपमा विकास गर्न आवश्यक तालिम र पूर्वाधारका लागि पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखाले गृहकार्य सुरु गरसिकेको छ। यस योजना अनुसार एक घरमा औसत पाँच पर्यटकलाई बस्न मिल्ने गरी कम्तीमा पाँच सय पर्यटकलाई बसोबासको व्यवस्था गर्न सकिने स्थानीयबासीको भनाइ छ।

ढोरपाटनमा पर्यटकको प्रवाह बढाउन नेपाल पर्यटन बोर्डले ट्रेकिङ् ट्रेल सञ्चालनका लागि उपयुक्त गन्तव्यका रूपमा सूचीकृत गरेको छ। पर्यटन व्यवसायी, पर्यटन बोर्ड, स्थानीय संघसंस्थाहरूसँगको समन्वयमा ढोरपाटनलाई केन्द्रविन्दु बनाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने ट्रेकिङ् रुटहरू पहिल्याउने काम पनि भइरहेको स्थानीय युवा शैलेश घर्तीमगर बताउँछन्। उनका अनुसार, ढोरपाटनदेखि डोल्पाको से फोक्सुन्डो ताल र धौलागिर िहिमालको आधार शिविरसम्मका ट्रेकिङ् रुटहरू अन्तर्राष्ट्रिय पहिचान भएका पर्यटकीय गन्तव्यसँग सम्बन्धित भएकाले खर्चिला र साहसिक पर्यटकहरूका लागि उपयुक्त हुनेछन्। यी रुटहरूमा कम्तीमा साता दिन खर्च हुन्छ। धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण स्थान रुद्रतालसम्म पुग्नका लागि बोवाङ गाविसको पल्लेघरदेखि अर्को छोटो पदमार्ग निर्माणका लागि पनि स्थानीयस्तरमै प्रयास थालिएको छ। गुल्मी जिल्लाको प्रसिद्ध तीर्थस्थल रुद्रवेनीको मुहान भएकाले रुद्रताल धार्मिक दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिन्छ। यसको संरक्षण र पर्यटकीय विकासका लागि स्थानीय बासिन्दाले नै समिति गठन गरी संगठित पहल थालेका छन्।

स्थानीयबासीका अनुसार, पर्यटन व्यवसायीहरूले पनि ढोरपाटनलाई लक्षित गरी आफ्ना गतिविधि केन्दि्रत गर्न उत्सुकता देखाएका छन्। त्यहाँ होटल, सिसोर्ट खोल्न, पर्यटकका लागि घुम्ने गन्तव्य र गतिविधिको प्याकेज तयार गर्न, पर्यटनसम्बन्धी स्थानीयलाई तालिम दिन सघाउने वचन विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरूले दिएका छन्।

ढोरपाटनका आकर्षण
नेपालको एक मात्रै सिकार आरक्ष भएकाले पनि ढोरपाटनले प्रशस्तै पर्यटकीय सम्भावना बोकेको छ । आरक्षको मुख्य आकर्षण नाउर अर्थात् जंगली भेडा हो । पूर्वमा चुरेन हिमालदेखि पश्चिममा कुल्टा भन्ज्याङसम्मको हिमालय शृंखलाको चट्टाने क्षेत्रमा नाउरको बासस्थान रहेको छ । यसको सिकारका लागि लाखौँ खर्च गरेर स्वदेशी र विदेशी पर्यटकहरू ढोरपाटन पुग्छन् । बर्सेनि २६ वटासम्म नाउरको सिकार हुने गरेको छ । त्यसबाहेक झारललगायतका मृगको सिकार पनि ढोरपाटनका थप आकर्षण हुन् । ३२ प्रजातिका स्तनधारी र ३ सय १७ प्रजातिका चरा, दुर्लभ जडीबुटी र वनस्पतिहरू यस क्षेत्रमा पाइने हुँदा पर्यावरणीय अध्ययन-अनुसन्धानका लागि पनि उपयुक्त थलोका रूपमा विकास गर्न सकिने अगुवाहरूले देखेका छन् । अहिलेसम्मको अध्ययनमा यस क्षेत्रले १४ प्रकारका इकोसिस्टम -पारििस्थतिकीय प्रणाली)को प्रतिनिधित्व गर्छ । विश्वकर्मा, मगर, नौथर, छन्त्यालजस्ता पिछडिएका नेपाली समुदाय र तिब्बती शरणार्थीको जीवनशैली मात्रै होइन, अलगअलग र सामूहिक सांस्कृतिक गतिविधि झन् हेर्नलायक विषय हुन् ।

यसअघि माल भएर चाल नपाएको अनुभव गरेका स्थानीय बासिन्दाले राज्यका तर्फबाट पर्यटकीय विकासका लागि कुनै पहल नगरििदएको भन्दै उपेक्षाको महसुस गरेका छन् । तर, अहिले उनीहरू राज्यलाई घच्घच्याउन आफैँ कस्सिएका छन् । अहिले उनीहरू ढोरपाटनको सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकीय समग्र क्षेत्रको एकमुष्ट विकासका लागि गुरुयोजनाको माग गररिहेका छन् । १-४ जेठसम्म आयोजित ढोरपाटन महोत्सवमा पनि उनीहरूले गुरुयोजनाको मागलाई जोडतोडका साथ उठाए । आयोजक समितिका संयोजक शैलेश घर्तीमगर भन्छन्, "अहिलेसम्म ढोरपाटनलाई सौताको व्यवहार गरयिो । अब हामी कस्सिएका छौँ । हाम्रो प्रयासलाई मूर्त रूप दिन राज्यले पनि सहयोग गर्नुपर्छ ।"

सूचना बेचेर मालामाल कर्मचारीहरू


मुलुकलाई संविधानसभा कति उपलब्धिमूलक भयो/भएन भन्नेमा बहस हुन सक्ला। तर, संविधानसभाका उच्च प्रशासकहरूलाई भने संविधानसभा निकै फापेको छ। उनीहरू कतै विज्ञको हैसियतमा कार्यपत्र पेस गर्ने त कतै संविधानसभाका महत्त्वपूर्ण सूचनाहरू एनजीओ, आईएनजीओ तथा वैदेशिक सहयोगमा सञ्चालित परयिोजनाहरूमा पुर्‍याउने काममा व्यस्त छन्। कतिसम्म भने संविधानसभा सचिवालयका प्रशासकहरूको सदाशयताका कारण संविधानसभामा सार्वजनिक गर्न वर्जित सूचनासमेत विदेशी परयिोजनाहरूमा सहजै पुग्ने गरेका छन्।

संविधानसभामा दलहरूबीचका विवाद सल्टाउन गठित विभिन्न संयन्त्रले गरेका निर्णयहरू तिनै प्रशासकहरूमार्फत हुबहु स्वदेशी/विदेशी गैरसरकारी संस्था तथा परयिोजना कार्यालयहरूमा पुग्ने गरेका छन्। जबकि, संविधानसभामा प्रतिनिधित्व गर्ने २७ संसदीय दलका नेताहरू सम्मिलित कार्यदल र संवैधानिक समितिको विवाद समाधान उपसमितिका निर्णयहरू अहिले सार्वजनिक नगर्ने नियम बनाइएको छ। यी दुवै संयन्त्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा गठन गरिएका थिए। ती संयन्त्रको कार्यविधिमा संवैधानिक समितिको बैठकले औपचारकि निर्णय गरेर मात्र ती निर्णय सार्वजनिक गरनिे, त्यसअघि गोप्य रहने उल्लेख छ।
संविधानसभाका पदाधिकारी र प्रशासकहरू यही नियमलाई देखाएर त्यस्ता कागजात दिन अस्वीकार गर्छन्। संविधानसभाका प्रवक्ता मुकुन्दप्रसाद शर्मा र सहसचिव एवं कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाको एउटै जवाफ छ, "यी कागजात दिन कार्यविधिले रोकेको छ।" तर, संविधानसभाका प्रशासकहरू संलग्न बाहिरी संस्थाहरू नेपाल कानुन समाज, इन्टरनेसनल आइडिया, संवैधानिक संवाद केन्द्र -सीसीडी)लगायतमा भने यी कागजात उपलब्ध छन्। यति मात्र होइन, ती संस्थाहरूले यस्ता कागजात सार्वजनिक जानकारीका लागि भन्दै बाँड्ने गरेका छन्। अझ रोचक त के भने संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराई ती बाहिरी संस्थाका दुईवटा परयिोजनामा स्टेयरङि् कमिटी सदस्य छन्। सीसीडीको त वैधानिक हैसियत नै स्पष्ट छैन। संविधानसभाभित्र पनि पटकपटक यसको वैधानिक हैसियतबारे प्रश्न उठेको थियो।

उता, कानुन समाज र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इन्टरनेसनल आइडियाले सबै पार्टीका सभासद्हरूलाई नै सहभागी गराएर संविधानको छुट्टै मस्यौदा नै तयार गरेको छ। संविधानसभाकै विषयगत समिति र अन्य कार्यदलहरूका अवधारणापत्र र प्रतिवेदनहरूलाई आधार मानेर बनाइएको उक्त मस्यौदा निर्माणका लागि गठित स्टेयरङि् कमिटीमा समेत महासचिव भट्टराई थिए। ती संस्थाका कार्यक्रममा संविधानसभाका सचिव कृष्णप्रसाद पाण्डे -हालै निवृत्त), सहसचिव मुकुन्दप्रसाद शर्मा, टेकप्रसाद ढुंगानासमेत नियमित भाग लिने गरेका छन्।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक कानुनविद् संविधानसभाका कर्मचारी सरकारी साधन हुन् र सरकारी साधन बाहिरी संस्थाबाट प्रयोग हुनु दुरुपयोग हो भन्छन्। उनको थप भनाइ छ, "दुरुपयोग रोक्नु सभाध्यक्षको दायित्व हो।" जेहोस्, कर्मचारीहरूका लागि संविधानसभा फापेको छ।

सहमति आशा र आशंका



"राष्ट्रिय सहमतिको संयुक्त सरकारका लागि विकल्प जहिले तयार हुन्छ, त्यतिखेर म राजीनामा दिन्छु," व्यवस्थापिका-संसद्ले संविधानसभाको म्याद तीन महिना थपेपछि प्रधानमन्त्री झलनाथ खनालले संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिए। त्यसअघि संविधानसभाको दैलोमै उभिएर कांग्रेस महामन्त्री कृष्ण सिटौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने सहमति भएको बताएका थिए। यसबाट स्पष्ट हुन्छ, दलहरूले सहमतिको व्याख्या आफूअनुकूल गर्न थालिसकेका छन्। कतिञ्जेल यो क्रम चल्छ भन्न गाह्रो छ। गत वर्ष एक सातामा राजीनामा दिने भद्र सहमति भएको भनिएका तत्कालीन प्रधानमन्त्री माधव नेपालले डेढ महिनापछि मात्रै राजीनामा दिएका थिए। शान्ति प्रक्रियासम्बन्धी भएका सहमतिमा पनि यस्तै विलम्ब भएको थियो। तर, गत वर्षजस्तो फराकिलो समय यसपालि छैन। जनताको असन्तोषको तह झन् बढेको छ। समयको चेपसँगै दलहरूमाथि सक्षमता र इमानदारीका प्रश्नकै दबाबले कहाँसम्म पुर्‍याउँछ, प्रतीक्षाको विषय छ।

पाँचबुँदे सम्झौताको पहिलो बुँदामा तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने उल्लेख छ। तर, यसबारे स्पष्ट कार्ययोजनामा खासै सहमति भएको छैन। माओवादीले पेस गरेको कार्ययोजनालाई सहमतिको अंग बनाउने प्रयत्न अन्य पक्षले गर्न सकेनन्। यसले गर्दा शान्ति प्रक्रियाका केके कामलाई मूलभूत मान्ने भन्नेमा विवाद हुनसक्छ। सेना समायोजन विशेष समितिका सचिवालय सदस्य दीपकप्रकाश भट्ट भने तीन महिनामा इमानदारीका साथ लाग्ने हो भने माओवादी लडाकूका शिविर खाली गर्ने चरणसम्म पुग्न सकिने बताउँछन्। भन्छन्, "लडाकू समायोजन वा पुन:स्थापन के चाहन्छन् भनेर राय बुझ्ने, पुन:स्थापन चाहनेलाई आवश्यक प्याकेजसहित बिदाइ गर्ने र समायोजन चाहनेलाई सुरक्षा निकायको जिम्मा लगाउने कामसम्म गर्न सकिन्छ।" यतिलाई नै शान्ति प्रक्रियाको मूलभूत काम भन्नुपर्ने उनको धारणा छ। तर, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वाला भने कुन चरणसम्मलाई मूलभूत काम भन्नेबारे ठोस कुरा नभएको बताउँछन्।

तीन महिनाभित्र संविधानसभाबाट संविधानको पहिलो मस्यौदा तयार गर्ने दोस्रो बुँदामा भनिएको छ। यो काममा पनि इमानदारीपूर्वक लाग्ने हो भने असम्भव छैन -हेर्नूस्, साँघुरिंदै विवादहरू)। सहमतिको तेस्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउनेलगायत मधेसी मोर्चासँग विगतमा भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ भने चौथो बुँदामा तीन महिना संविधानसभाको म्याद थप्ने उल्लेख छ। अन्तिम बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त गर्ने उल्लेख भए पनि प्रधानमन्त्रीले कुन मितिमा राजीनामा गर्ने भन्नेमा दलहरूले स्पष्ट पारेका छैनन्। कांग्रेस महामन्त्री कृष्ण सिटौला तत्काल राजीनामा दिनु प्रधानमन्त्रीको नैतिक बाध्यता हुने भएकाले समयसीमा नतोकेको बताउँछन्।

छलफलमा सहभागी ने
तारूका भनाइमा कांग्रेसले प्रधानमन्त्रीको राजीनामाभन्दा पनि माओवादीलाई गलाउने गरी तीन महिनामा शान्ति र संविधानमा ठोस प्रगति गर्ने सर्तनामा गराउन सक्नुमै सफलता ठानेको छ। सहमति गर्दै जाने तर आफ्नो जिम्मेवारीका बुँदा कार्यान्वयन नगर्ने आरोप लगाउँदै एको कांग्रेस माओवादीसँग अहिले पनि उधारै सहमति गर्न बाध्य भएको छ, संविधानसभाको म्यादबाहेक। हतियार र लडाकू समायोजनका लागि माओवादीले आवश्यक भनेको समयसीमालाई नै संविधानसभाको सीमा तोक्नुपर्ने कांग्रेस अडानमा हस्ताक्षर भएको देखिन्छ।

यो सम्झौता माओवादीका लागि लडाकू समायोजन र व्यवस्थापनमै केन्दि्रत भएर लाग्नका लागि सहुलियतसमेत मानिएको छ। २० जेठसम्म माओवादी नेताको दोहोरो सुरक्षा हटाउने, बाँकी १० दिनभित्र लडाकूको पुन: वर्गीकरण थाल्ने, पुन:स्थापन चाहने लडाकूलाई प्रतिव्यक्ति सात लाख रुपियाँ प्याकेज दिने मौखिक समझदारी तीन दलबीच भएको छ । लडाकूको पुन:वर्गीकरण, समायोजनका लागि संख्या र मापदण्ड निर्धारण, हतियार सरकारी नियन्त्रणमा लिनेजस्ता काम तीन महिनाभित्र सम्पन्न गर्ने, माओवादीलाई हतियार र लडाकूविहीन पार्टी बनाउने अनि संविधानको एकीकृत मस्यौदा जारी गर्ने योजनाका साथ यो सहमति भएको देखिन्छ। यति काम भएपछि संविधानसभाको म्याद थप तीन महिना थपिने नेताहरूले बताएका छन्।