Friday, April 17, 2009

Rawal Note Book

कोइरालाको राष्ट्रपति को ?
संविधानसभाको निर्वाचनको नतिजा सार्वजनिक नहुन्जेल धेरैले गिरजिाप्रसाद कोइरालालाई गणतन्त्र नेपालका प्रथम सम्भावित राष्ट्रपतिका रूपमा हेरेका थिए । कोइराला आफैँले पनि त्यो सपना बुन्नु अनौठो भएन । तर, परििस्थतिले कसरी कोल्टे फेर्‍यो भने सहमतीय राजनीतिको मियोका रूपमा आफूलाई उभ्याएका कोइरालाले राष्ट्रपति चयनको अन्तिम घडीमा प्रतिस्पर्धात्मक राजनीतिको सामना गर्नुपर्‍यो । त्यसमा पनि राष्ट्रपतिको टिकट अर्कैलाई दिनुपर्ने स्थितिमा कोइराला पुगे । रामवरण यादव राष्ट्रपति चुनिए पनि । सिंगो राष्ट्रले राष्ट्राध्यक्ष स्वीकार गरसिके पनि कोइरालाई भने स्वीकार्न धौधौ परेजस्तो छ । राष्ट्रपति चयन भइसकेपछि यादवलाई अहिलेसम्म एक दिन पनि भेट्न नपुग्नु यसको एउटा उदाहरण हो । राष्ट्रपति चुनिएपछि यादवले पार्टी सदस्यबाट राजीनामा दिन कोइरालानिवासमै पुगेको घटनाले पनि कोइरालाले मर्यादाक्रममा आफूलाई नै माथि ठानेको हुन सक्ने विश्लेषण राजनीतिक वृत्तमा भयो । जेहोस्, राष्ट्रपति यादवप्रति कोइरालाका व्यवहारलाई हेर्दा लाग्छ, उनमा राष्ट्रपति हुन नपाएको कुण्ठा अझै बाँकी छ । निश्चित उमेरपछि राजनीतिबाट पनि अवकाश लिनुपर्ने विषयमा बहस चलिरहेका बेला '९० को दशकनजिक पुगेका कोइरालाले पदप्रति यतिबिघ्न आशक्ति देखाउनु हुन्नथ्यो कि ?

No comments:

Post a Comment