Tuesday, April 19, 2016

कानुनी पत्रकारिता पुरस्कार रावल र दुलाललाई

- कान्तिपुर संवाददाता, काठमाडौं

वैशाख ७, २०७३- नेपाल बार एसोसिएसनले यस वर्षको कानुनी पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका रामबहादुर रावललाई प्रदान गरेको छ ।

मंगलबार राजधानीमा आयोजित वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रममा रावललाई सम्मानपत्र र दोसल्लाका साथ नगद पुरस्कार बारका निवर्तमान कार्यवाहक अध्यक्ष राजेन्द्र साउद र उपाध्यक्ष टीकाराम भट्टराईले प्रदान गरे ।

न्याय र कानुनको क्षेत्रका समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवम् प्रक्रियाको पक्षमा जनतालाई सुसूचित तुल्याएको भन्दै बारले सम्मानपत्र साथ पुरस्कार प्रदान गरेको हो ।

यसैगरी, नागरिक दैनिकका दुर्गा दुलाल पनि सम्मानित भए ।मंगलबार नै बारको नवनिर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ ।

वैशाख ७, २०७३ इकान्तिपुरमा प्रकाशित





No comments:

Post a Comment