Tuesday, June 21, 2011

नोटबुक : रामबहादुर रावल




सर्वस्व गुम्ने चिन्ता

ढोरपाटनको मुटु कमाउने जाडोमा एकाबिहानै बोवाङ-७, बाग्लुङका भूपाल कामी आफ्नी पत्नी धनीका साथ होसहवासमै हिँडिरहेका थिए। पुरानो प्लास्िटकको पोको हातमा थियो। अलि सुकिलो पहिरनको मान्छे भेट्नेबित्तिकै त्यो पोको खोल्थे, कागजका टुक्रा देखाउँथे। केहीबेरमा मलिन अनुहार लगाएर ती टुक्रालाई पुन: प्लास्िटकमै लट्पटाउँथे।
प्रहरी जवानलाई केही कुरा सोधे, तिनबाट उत्साहजनक जवाफ पाएनन्। दौडँदै उनी ढोरपाटन मैदानको उत्तरपश्चिम कुनातिर लागे। एक-डेढ घन्टापछि त्यहाँबाट पनि निराशै अनुहार लिएर फर्किए। हामी भुजी भन्ने बस्ती घुम्न जाँदै थियौँ। उनी पनि भुजी क्षेत्रकै जान्नेमान्नेलाई ती कागज देखाउन गएका रहेछन्। उनले आफ्नो समस्याको पोको हामीसँग बीच बाटोमै फुकाए। कुरा के रहेछ भने उनीहरूको नागरकिता र लालपुर्जालाई मुसाले बिगारििदएछ। ती सरकारी कागज फेर िपाइन्छ कि पाइँदैन भन्ने सुर्ताले उनीहरूका ओठतालु सुकेका रहेछन्। तर, हामीसँग त्यसको स्पष्ट जवाफ हुने कुरा पनि थिएन। त्यस दम्पतीको निर्दोषपना र सरलता देखेर मनभित्रैदेखि सहानुभूति उर्लेर आयो तर आफूले सहयोग गर्न नसकेकामा थकथक लाग्यो। हामीसँग डुल्न हिँडेका एक दलित सामाजिक कार्यकर्ताले 'निराश नहुनू, म सहयोग गरुँला' भनेपछि उनलाई केही राहत त भयो। तर, सरकारी कागज नभएकामा सर्वस्व गुम्ने हो कि भन्ने चिन्ता स्वयं उनको अनुहारले व्यक्त गररिहेकै थियो।

'फोटो पठाइदिनू’
ढोरपाटन क्षेत्रको जनजीवनलाई वैदेशिक रोजगारको लहरले राम्रैसँग छोएको रहेछ, भलै त्यसले परम्प
रागत जीवनस्तरमा खासै असर गरेको छैन। प्राय: परिवारको एक सदस्य खाडी क्षेत्रमा पुगेकै छन्। कुनै परिवारमा त दुई-तीन जना पनि विदेशिएका पाइए। यस्तै दुई छोरा विदेश भएका एक जोडी बा-आमाले क्यामराअघि उभिएर फोटो खिचिदिन हत्ते गरे। खिचिसकेपछि फोटो छोराहरूकहाँ पठाइदिन अनुरोध गरे। बोवाङ-५ का इन्द्रमान र लालसरी विकले साउदी अरबमा रहेका छोरा यमबहादुर विक, ३६, र कतारमा रहेका जितबहादुर विक, ३०, लाई आफ्ना फोटोहरू जसरी पनि पठाइदिन भने। उनीहरूको प्रस्तुति यस्तो थियो, मानौँ कतार र साउदी अरब काठमाडौँभित्रकै कुनै गल्लीमा पर्छन्।
हुन त आजको सञ्चार प्रविधिको युगमा एउटा फोटो विश्वको कुनै ठाउँमा पुर्‍याउनु गाह्रो कुरा होइन। तर, ती अशिक्षित बा-आमासँग छोराहरूसम्म फोटो पुर्‍याउन सकिने विद्युतीय (इमेल) ठेगाना थिएन। जेहोस्, उनका छोराहरूले यो फोटो हेर्न पाए भने म आफैँलाई धन्य ठान्नेछु किनभने छ वर्षदेखि परदेशमा रहेका छोराहरूसम्म पुग्ने बा-आमाको इच्छा पूरा गर्न म एउटा माध्यम हुनेछु।

'चिया छैन, सिया खानूस्’
"ल हजुर, नास्ता !" ढोरपाटनबाट तल झर्ने क्रममा बोवाङ गाविसको सप्राङ भन्ने ठाउँमा एक पसले घोक्रो चिरनिे गरी कराउँदै थिए। चिया-खाजा नपाएर भोकले झन्डै दोबि्रएलाजस्तो भएको पेट बोकेर हिँडिरहेका हामीलाई यति सुनेपछि के चाहियो ? आवाज आएतिर लाग्यौँ। सोध्यौँ, "चियाखाजा के छ ?" मासु, अन्डा, चाउचाउसँगै पसले कमल विकले रक्सीको विज्ञापन पनि एक सासमा गर्न भ्याए। उनको लवज सुन्दा लाग्थ्यो, त्यहाँ खाजा भनेकै रक्सी हो र रक्सी निल्ने साथी मासु, अन्डा वा चाउचाउ।
फल्लेघरदेखि चिया सोध्दै आएका हामी त्यसपछि अवाक् भयौँ। त्यसअघि ढोरपाटन उक्लँदा पनि भरयिाका डोकादेखि पाइलैपिच्छेका पसलमा रक्सी देखेका थियौँ। अरू खाजा नभेटेर एक ठाउँमा बिस्कुट किन्यौँ। बिस्कुट केसँग खाने भन्दा समेत एक पसल्नीले रक्सी नै सिफारसि गरेकी थिइन्। यसपल्ट खाजाकै पर्याय रक्सी बनेपछि बिहान ५ बजेदेखि हिँड्न थालेको ज्यानले ९ बजेसम्म पनि पानीबाहेक केही पाएन। गजबै रहेछ, रक्सीको कारोबार !


जलविद्युत्को जिल्ला
काठमाडौँमा बत्ती तिखेर आउला भनेर घडीपला गन्नुपर्ने अभ्यस्त दैनिकी बाग्लुङको ग्रामीण बजार बुर्तिबाङ पुगेपछि भंग भयो। त्यहाँ त बिजुली फालाफाल रहेछ। उत्पादित बिजुली सबै उपभोग हुँदोरहेनछ। अझ, रोचक कुरा त के भने एउटै घट्टेखोलामा आठवटासम्म जलविद्युत् उत्पादन केन्द्र बनेका रहेछन्। बुर्तिबाङमा मात्रै ३०-३० किलोवाटका दुइटा विद्युत्गृह रहेछन्। त्यसमाथि जुरीदेखि फल्लेघरबीचमा ३० देखि ६० किलोवाटसम्म क्षमताका विद्युत्गृह एकपछि अर्को देखिन्छन्। कतिपय सञ्चालनमा आइसकेका त कतिपय निर्माण कार्य अन्तिम चरणमा पुगिसकेका।
भुजीखोलाकै सिरानतिर फल्लेघरमा १७ किलोवाट र ढोरपाटनको उत्तरगंगामा ४० किलोवाट क्षमताको बिजुली उत्पादन गर्ने तयारी भइरहेको रहेछ। अरू गाउँमा पनि दर्जनौँ साना विद्युत् आयोजना बनेकाले बाग्लुङलाई जलविद्युत्को जिल्ला भन्न थालिएको रहेछ। कुनै बेला झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बाग्लुङको यो बदलिँदो परचिय तपाईंलाई कस्तो लाग्यो ?

No comments:

Post a Comment