Tuesday, December 20, 2011

पर्यटनमा भागाभाग



ठूलै तामझामका साथ सुरु गरिएको नेपाल पर्यटन वर्ष २०११ को रौनक अहिले छैन । होस पनि कसरी ? पर्यटन वर्ष अभियानको मुख्य जिम्मेवार संस्थाभित्रै कर्मचारीको भागभाग चलेपछि। पर्यटन वर्ष सचिवालयकी सदस्य-सचिव नन्दिनी थापा एकाएक गायब भएकी छन्। स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएर उनी सम्पर्कविहीन भएपछि पर्यटन वर्ष कार्यक्रम नै अलपत्र परेको छ। पर्यटन बोर्डकी निर्देशकसमेत रहेकी उनी अहिले कहाँ कुन अवस्थामा छन् भन्नेबारे बोर्डकै अधिकारीहरू अनभिज्ञ छन्। कतिपयले थापा भारत जान्छु भनेर हिँडेको बताएका छन् भने केहीले अमेरिका हान्निएको आशंका गरेका छन्।

सचिवालय स्थापना हुँदा बोर्डका निर्देशक सुवास निरौला सदस्य-सचिव नियुक्त भएका थिए। उनी करबि डेढ वर्ष त्यस ठाउँमा रहे। पछि अर्का निर्देशक आदित्य बराललाई सदस्य-सचिवमा नियुक्त गरयिो। उनी दुई महिनाभन्दा बढी त्यहाँ रहेनन्। स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिए। अहिले त्यही शैलीमा थापा भागेपछि बोर्डभित्रै भन्न थालिएको छ, "पर्यटन वर्ष सचिवालय आफैँमा रोग त होइन, जो गयो त्यही बिरामी पर्ने।" नेपाल पर्यटन वर्ष कार्यक्रम कार्यान्वयन समिति सदस्य राजु कार्की भन्छन्, "सुवास निरौलाबाहेक अरूलाई नफाप्ने रोगजस्तो भएको छ।"

सदस्य-सचिव नियुक्त हुनुअघि थापाले भनेकी थिइन्, "वरष्िठतामा अगाडि, जनजाति, महिला भएका कारणले मैले नै यो संस्था हाँक्न सक्छु।" तर, सचिवालयमा गएपछि उनले एक साताभन्दा बढी समय कार्यालयमा अनुहार नदेखाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार निरौ ला सदस्य-सचिव छँदा भएका अनियमिततामा आफू मुछिने डरले एकपछि अर्को कर्मचारी त्यहाँबाट भाग्ने गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिले अनियमितताबारे छानबिन गररिहेका छन्।
http://www.ekantipur.com/nepal/article/?id=2789

No comments:

Post a Comment