Tuesday, December 20, 2011

मन्त्रीपत्नीको सात करोडको काण्ड



त्यसो त उनी अहिले मात्र विवादमा आएकी होइनन्। सहकर्मीसमेत रहेकी सभासद्को खाताबाट रकम निकालेको, ठेक्कापट्टा आफू अनुकूल व्यक्तिहरूलाई दिन दबाब दिएको, काठमाडौँ खानेपानी बोर्डमा रहँदा अनुचित निर्णय गराएको, मादक पदार्थ सेवन गरेर दिउ ँसै बुटवलमा तमासा देखाएको, एकैपटकमा एक लाख रुपियाँभन्दा बढीको सौन्दर्य प्रसाधन खरदि गरेको लगायत विवादमा पटक-पटक तानिएकै थिइन्। तर, अहिले भने उनले ठूलै काण्ड मच्चाएकी छन्। उनी हुन्, स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीकी हालसम्म कायम पत्नी योगमाया कँडेल 'सीमा'।

उनले मच्चाएको ताजा हंगामा रायमाझीसँग विवाह गरेको २३ वर्षपछि बुटवलका रामबहादुर कार्कीसँग औपचारकि रूपमा दोस्रो विवाह गरेकामा मात्र सीमित छैन, सात करोडभन्दा बढी रुपियाँ चप्काएको खबर यतिबेला माओवादी वृत्तमा गर्माएको छ। माओ वादीको अवध राज्य समिति स्रोतका अनुसार योगमायाले दोस्रो विवाहसँगै विभिन्न स्रोतबाट उठाइएको सात करोड रुपियाँभन्दा बढी रकम पनि लगेकी छन्, जसको हिसाबकिताबको खोजी भर्खरै सुरु भएको छ। यस काण्डलगत्तै उनलाई पार्टीले निष्कासन गरसिके को छ।

त्यति ठूलो धनराशि कहाँबाट कसरी उठाइएको थियो र उनले लैजान भ्याइन् भन्नेचाहिँ खुलेको छैन। योगमायाले उक्त रकम भारतको नयाँदिल्लीस्थित विभिन्न बैँकमा राखेको हुनसक्ने अवध राज्य समितिका एक सचिवालय सदस्य दाबी गर्छन्। दोस्रो विवाह गरेको औपचारकि घोषणा गर्नुअघिसम्म योगमाया पनि अवध राज्य समितिको सचिवालय सदस्य थिइन्। "उनले करोडौँ रुपियाँ लगेको सत्य हो। त्यति धेरै रुपियाँ कसरी उठाइन् र कहाँ राखेकी छन् भन्नेबारे छानबिन थालिएको छ," ती सचिवालय सदस्य भन्छन्। उनले दोस्रो पति भनेर घोषणा गरएिका कार्की पनि यङ् कम्युनिस्ट लिग -वाईसीएल) बुटवल नगर समितिका सदस्य थिए। वाईसीएल नगर सदस्य भए पनि बुटवलमा कार्की जग्गा कारोबारीका रूपमा परििचत छन्। कार्कीको पनि यो दोस्रो विवाह हो।

हुन त योगमायाले दोस्रो श्रीमान् मानिएका कार्कीले कुटपिट गरेकाले अंश दिलाइपाउ“m भनेर मुद्दा हालेकी छन्। तर, माओवादी स्रोतका दाबीमा पार्टीपंक्तिबाट उन्मुक्ति पाउन र लगिएको रकम पचाउन कार्कीको मिलेमतोमै मुद्दा हालेकी हुन्। योगमायाले आफूले भदौ अन्तिम साता नै कार्कीसँग विवाह गरेको बताएकी छन्। तर, दसँैपछिसम्म पनि उनी पुल्चोकस्थित मन्त्री निवासमै रहेकी स्रोतको भनाइ छ। यसबारेमा बुझ्न योगमायासँग सम्पर्क गर्दा उनी बोल्न चाहिनन्। आफूलाई योगमायाकी बहिनी र नाम मञ्जु बताउने एक महिलाले फोनमा भनिन्, "दिदी अहिले बिरामी हुनुहुन्छ र हामीले उहाँलाई बोल्न दिइरहेका छैनौँ। म पनि यहाँभन्दा बढी बोल्न सक्ने अवस्थामा छैन, बाँकी कुरा पछि गराँैला।"
http://www.ekantipur.com/nepal/article/?id=2912

No comments:

Post a Comment