Tuesday, December 20, 2011

नेता : घुम्दै ठिक्क

रामबहादुर रावल

केही दिनअघि राष्ट्रपति रामवरण यादवसँगको भेटमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भनेछन्, "जनआन्दोलनपछि हाम्रा नेताहरू यति धेरै घुमिसके कि अब चन्द्रमामा पुग्न मात्रै बाँकी छ ।" नेम्वाङको यो अभिव्यक्ति कुनै हाँसोमजाक थिएन, बरु संविधान निर्माण र शान्ति प्रक्रियाको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले विदेश भ्रमणका नाममा अति गर्न थालेपछिको तीतो थियो त्यो । भेटमा सभाध्यक्ष नेम्वाङले विदेशमोह त्याग्नका लागि नेताहरूलाई भनिदिन राष्ट्रपतिलाई अनुरोधसमेत गरेका थिए ।

हुन पनि मुलुकका महत्त्वपूर्ण नेताहरू बेला न कुबेला विदेश हुइँकिने प्रवृत्तिले देशभित्रका प्रमुख मुद्दामा कुनै काम हुन सकिरहेको छैन । जस्तो ः सेना समायोजन विशेष समितिका सदस्य एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रसंग यहाँ उल्लेखनीय छ । उनी २ कात्तिकमै अमेरकिा हान्निए । नागरकि-सेना सम्बन्ध र द्वन्द्व रूपान्तरणबारे 'शिक्षा दिन' अमेरकिाको मन्टेरी युनिभर्सिटीद्वारा १३ देखि १८ कात्तिकका लागि तय गरएिको कार्यक्रमका लागि पोखरेल ११ दिनअघि नै अमेरकिातिर लागेका हुन् । तिहार पनि उतै बिताउने उद्देश्यले महासचिव पोखरेलले श्रीमती मीरा ध्वजूलाई पनि सँगै लगेका छन् । तीन सातापछि मात्रै उनी स्वदेश फर्किने छन् । सोही कार्यक्रमका लागि लडाकू समायोजन विशेष समितिका सदस्यद्वय कांग्रेसका रामशरण महत र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देव पनि अमेरकिा उड्ने तयारीमा छन् ।

शान्ति प्रक्रिया र संविधान निर्माणको गाँठो फुक्नै लागेको र दलहरू सहमतिनजिक पुगेको खबर आइरहेका बेला शान्ति प्रक्रियासम्बन्धी प्रमुख संयन्त्रका महत्त्वपूर्ण पात्रहरू तिहार बिदा मनाउन अमेरकिा जानुले नेताहरू मुलुकलाई निकास दिन कति गम्भीर छन् भन्ने कुरा स्पष्ट हुन्छ । संविधानसभा अध्यक्ष नेम्वाङदेखि राष्ट्रपति यादवसम्मले पटकपटक विदेश भ्रमणमा नलागी मुलुकभित्रका समस्या समाधानमा गम्भीर हुन नेताहरूलाई आग्रह गर्दा पनि एकपछि अर्को गरी हूलका हूल नेताहरू विदेश घुम्नेे होडमा लागेका छन् ।
http://www.ekantipur.com/nepal/article/?id=2884
हुन पनि मुलुकमा पार्टी र राज्यका महत्त्वपूर्ण ओहोदामा पुगिसेकका नेताहरूसमेत आफ्नो भूमिका र मर्यादालाई ख्यालै नगरी विदेश जान तँछाडमछाड गररिहेका छन् । स-साना गैरसरकारी संस्थाले गर्ने अध्ययन, तालिमजस्ता भ्रमणदेखि असम्बन्धित विषयका कार्यक्रममा समेत उच्च तहका नेता र सभासद्हरू पुग्ने गरेका छन् । जस्तो कि, पूर्वप्रधानमन्त्री एवं एमालेका वरष्िठ नेता माधवकुमार नेपाल, कांग्रेस नेता रामशरण महत र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू भारत र जापानको विकास साझेदारीसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट टिप्पणी गर्न पुगे । १७ भदौमा त्यसतर्फ प्रस्थान गरेको त्यस टोलीमा माओवादी सभासद् खिमलाल देवकोटा, कांग्रेसका गगन थापा, एमाले विदेश विभाग सदस्य राजन भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटासमेत थिए ।

संविधानको एकीकृत मस्यौदा निर्माणको जिम्मा पाएको संवैधानिक समिति सदस्यसमेत रहेका एमाले नेता नेपालले त सात दिन जापानमा बिताएर फर्किनेबित्तिकै चीन भ्रमणको निम्तो पाए । लगत्तै चीनतिरै दौडिए । चीनको सियानमा आयोजित जलवायु परविर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेका उनले त्यहाँ एक साता बिताए । 'युरो-एसिया इकोनोमिक फोरम' अन्तर्गतको 'युरो-एसिया इको सेफ्टी कन्फरेन्स' नाम दिइएको उक्त कार्यक्रम 'क्लाइमेट चेन्ज कमिटी अफ क्याप्डी' नामको संस्थाले आयोजन गरेको थियो । त्यहाँबाट फर्किनेबित्तिकै नेता नेपाल फेर िजापानतिर लागे । जापानमा पुनः एक साता बिताएर १९ असोजमा उनी स्वदेश फर्किए । त्यतिखेर उनी जापानको इमि विश्वविद्यालयद्वारा आयोजित नेपालको विकाससम्बन्धी कार्यक्रममा गएको उनको निजी वेबसाइटमा उल्लेख छ ।

संविधानसभा सचिवालयको अभिलेख अनुसार १२ भदौमा संविधानसभाको म्याद थप्ने निर्णय भएयता मात्रै ४० जना सभासद्ले विदेश जाने प्रयोजनका लागि पासपोर्ट र भिसा सिफारसि गराएका छन् । यो भारत र चीनजस्ता नेपालीका लागि प्रवेशाज्ञाका लागि कडा प्रावधान नभएका मुलुक जाने सभासद्हरूको मात्रै अभिलेख हो । नेपालस्िथत दूताबास र दातृ निकायको अनुरोधमा विदेश घुम्ने सभासद्हरूले समेत यसरी सिफारसि लिँदैनन् । त्यसैले सचिवालयको औपचारकि सिफारसि र स्वीकृतिबेगर पनि त्यत्तिकै संख्यामा सभासद्हरू विदेश घुम्ने गरेको सचिवालयका अधिकारीहरू बताउँछन् । राजनीतिक दलका धेरैजसो नेता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकाय, प्रवासी नेपालीका संगठनको संयोजनमा विदेश डुल्छन् ।

स्वदेशमा छँदा शान्ति र संविधानका विवादित विषय मिलाउन आयोजन गरनिे बैठक र भेलाहरूमा अनुपस्िथत हुनु शीर्ष नेताहरूको पुरानै बानी हो । तर, सुइँको पाउनेबित्तिकै विदेश हान्निनु पनि उनीहरूको विशेषता नै बनेको छ । नगई नहुने र राष्ट्रले नै केही गुमाउने अवस्थामा अर्कै कुरा हो । मामुली कार्यक्रममा दर्जनौँ नेता लर्को लागेर विदेश जान तयार हुन्छन् । प्रमुख ठूला तीन दल र अन्य साना दलका गरी करबि दुई दर्जन नेताले कम्बोडियाको राजधानी नोमपेन्हमा हुने एसियाली राजनीतिक दलहरूको संगठन -आईक्याप)को कार्यक्रममा जान अन्तिम समयसम्मै मरहित्ते गरे । कार्यक्रममा एमाले, माओवादी र कांगे्रसबाट शीर्ष नेताकै नेतृत्वमा पाँच/पाँच जना र अन्य साना दलका तर्फबाट दुईदेखि तीन जना सहभागी हुने तय थियो ।

नेपालको द्वन्द्व रूपान्तरण र सेना समायोजनका सन्दर्भमा कम्बोडियाको अनुभवबारे छलफल हुने भनिएको उक्त कार्यक्रममा प्रमुख दलका प्रमुख नेताहरू नै जान तम्सिएपछि सभाध्यक्षदेखि राष्ट्रपतिसम्मले आलोचना गरेका थिए । सभाध्यक्ष नेम्वाङले त उक्त जम्बो टोलीको भ्रमण रोक्नका लागि बैठक नै डाकेर सचेतकहरूको ध्यानाकर्षण गराएका थिए । नेताहरूलाई एक्लाएक्लै भेटेर समेत विदेश नजान उनले पटकपटक अनुरोध गरेका थिए । त्यति मात्रै होइन, दसैँ र तिहारका अवसरमा आयोजित चियापान कार्यक्रमहरूमा समेत भेटिएजति सबै नेतालाई मुखै फोरेर 'विदेश जाने कार्यक्रम रोक्नूस्' भनेका थिए । त्यसपछि मात्रै बानेश्वरस्िथत संविधानसभा भवनमा तीन दलका नेताहरूले छलफल गरी शान्ति र संविधान निर्माणका काम प्रभावित हुने गरी महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू कम्बोडिया नजाने निर्णय गरेका हुन् ।

कम्बोडियोको कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष अशोक राई, स्थायी समिति सदस्य केपी शर्मा ओली, केन्द्रीय सदस्य भीम रावल र विदेश विभाग सदस्य भेषराज अधिकारी, एकीकृत नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्ष मोहन वैद्य, विदेश विभाग सदस्य कृष्णबहादुर महरालगायतको सहभागिता रहने तय भएको थियो । नेपाली कांगे्रसका सभापति सुशील कोइरालाले मात्रै उक्त कार्यक्रममा नजाने बताएका थिए भने सुजाता कोइरालालगायतका नेताहरू जाने भनिएको थियो । सबैभन्दा कम विदेश भ्रमण गर्ने नेतामा सभापति कोइराला पनि एक हुन् । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतले भने कार्यक्रम रद्द गरसिकेका छैनन् ।

एमाले नेता केपी ओली आईक्यापको १६औँ स्थायी कमिटी बैठकमा सहभागिता जनाउन कोरयिा जाने भएका छन् । दुई दिनसम्म चल्ने आईक्यापको स्थायी कमिटी बैठकमा कम्बोडियामा भएको अन्तरक्रियाका निष्कर्षहरू र आईक्यापको अर्को अधिवेशनका एजेन्डाहरूमा छलफल गर्न आयोजित बैठकमा उनी त्यसतर्फ जाने तय भएको छ । कम्बोडियाको कार्यक्रम सकेर दक्षिण कोरयिा जाने पूर्वनिर्धारति कार्यक्रम थियो । कम्बोडिया सम्मेलन अन्योलमा परे पनि कोरयिा भ्रमण स्थगित गरसिकेका छैनन् उनले । यसअघि आईक्यापकै बैठकमा भाग लिन उनी १६ भदौमा पत्नी राधिका शाक्य र अर्का एमाले नेता भरतमोहन अधिकारी दम्पतीसहित चीन गएका थिए । ओली आईक्यापको सचिवालय सदस्य हुन् ।

प्रधानमन्त्री बाबुराम भट्टराई पनि पाँच मन्त्रीसहित तीनदिने भारत भ्रमणमा छन् । यसअघि उनी संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गएका थिए । यी दुवै भ्रमणलाई असान्दर्भिक भन्नेहरूको कमी छैन । सुरुमा उनले शान्ति र संविधानका मूलभूत मुद्दामा ठोस प्रगति नहुन्जेल विदेश भ्रमण नगर्ने बताएका थिए ।

नेताहरू एकपछि अर्को विदेश भ्रमणमा व्यस्त हुन थालेपछि आजित भएका सभाध्यक्ष नेम्वाङले आफँै सहभागी हुने अन्तर-विधायिकी संगठन

-आईपीयू)को सम्मेलनमा जाने कार्यक्रम पनि रद्द गरे । र, अरूलाई पनि विदेश भ्रमणको मोह त्याग्न सार्वजनिक रूपमै आग्रह गर्दै आएका छन् । सभाध्यक्ष नेम्वाङ भन्छन्, "हाम्रा नेताहरूले साढे पाँच वर्षको अवधिमा सारा संसारको अनुभव हासिल गरसिकेका छन् । संसारका सबै द्वन्द्व व्यवस्थापन र संविधान निर्माणका प्रक्रियाको अध्ययन गरसिकेका छन् । त्यसलाई सदुपयोग गर्ने बेला हो यो, अध्ययन भ्रमण गर्ने बेला होइन ।"



संविधानसभाको तेस्रोपल्ट म्याद थपिएपछि विदेश घुम्न सिफारिस लिएका सभासद्हरू

सभासद् देश मिति

सपना प्रधान मल्ल कोरिया १२ भदौ रुस २७ भदौ

गगन थापा जापान १२ भदौ न्युजिल्यान्ड २६ असोज

रमेश लेखक नेदरल्यान्ड १२ भदौ

प्रदीप ज्ञवाली नेदरल्यान्ड १५ भदौ

उर्मिला थापा बेलायत २७ भदौ

कृष्णकुमारी परियार इटाली ३ असोज

देव गुरुङ स्वीट्जरल्यान्ड १२ असोज

सेवकीदेवी दास स्वीट्जरल्यान्ड १२ असोज

भीम आचार्य स्वीट्जरल्यान्ड १२ असोज

लक्ष्मणप्रसाद घिमिरे स्वीट्जरल्यान्ड १२ असोज

कुन्तीकुमारी शाही स्वीट्जरल्यान्ड १२ असोज

सुभाषचन्द्र नेम्वाङ स्वीट्जरल्यान्ड १२ असोज

अभिषेकप्रताप साह बंगलादेश २३ असोज

जयपुरी घर्ती बंगलादेश २३ असोज

विष्णु रिमाल बंगलादेश २५ असोज

रामकृष्ण चित्रकार बेलायत २६ असोज

ईश्वरी न्यौपाने बंगलादेश २६ असोज

रामशरण महत अमेरिका २६ असोज

विनोद चौधरी भारत १३ भदौ

अजयकुमार द्विवेदी फिलिपिन्स १९ भदौ

कल्पना सोव थाइल्यान्ड १९ भदौ

हीरा गुरुङ थाइल्यान्ड २३ भदौ

अर्जुन राई थाइल्यान्ड २६ भदौ

पुरुषोत्तम बस्नेत थाइल्यान्ड २७ भदौ

राधेश्याम अधिकारी रुस २७ भदौ

लक्ष्मणलाल कर्ण रुस २८ भदौ

पुष्पा भुसाल रुस १ असोज

खिमलाल देवकोटा रुस २ असोज

तीर्थराम डंगोल बेलायत ८ असोज
स्रोतः संविधानसभा सचिवालय
http://www.ekantipur.com/nepal/article/?id=2884

No comments:

Post a Comment