Tuesday, June 28, 2016

प्यानल होइन, व्यक्तिलाई मत, युवाप्रति आशा, आर्थिक मुद्दामा जोड

नेपाली कांग्रेस १३औं महाधिवेशन: नेपाल मत सर्वेक्षण


  • रामबहादुर रावल

    नेपाली कांग्रेसको १३औँ महाधिवेशनका प्रतिनिधिहरूको चयन लगभग सकिएको तालिका हेरफेर नभएमा २० फागुनमा उद्घाटन हुने महाधिवेशनमा मुलुकभरका तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् महाधिवेशनमा सहभागी हुन तम्तयार प्रतिनिधिहरूको विचार बुझ्ने कोसिस गरेको , नेपालले  
    वैज्ञानिक विधिमा आधारित भई मुलुकभरबाट छानिएका प्रतिनिधिहरूले सर्वेक्षणमार्फत धेरै हदसम्म आफ्ना धारणा खुलेर राखेका छन् त्यसैले यो कांग्रेसप्रति आस्थावान् नेताकार्यकर्ताहरूकै नजरमा स्वयं कांग्रेस कस्तो देखिन्छ भन्ने प्रश्नको जवाफको खोजी पनि हो यस अभिमत सर्वेक्षणले त्यस पार्टीको सांगठनिक स्वास्थ्य राष्ट्रिय राजनीतिमा अवस्थितिबारे मूल्यांकन एवं भावी कार्यदिशा प्रस्तुत गरेको  

    मूलत: कांग्रेस प्रतिनिधिहरू आधारभूत अधिकारको वकालत, व्यवस्था परिवर्तनको संघर्ष संविधान निर्माणको सकस सकिएपछि अब आर्थिक उन्नतिको बाटोमा मुलुकलाई हिँडाउने परिकल्पना व्यवहारमा अनुवाद गर्न सक्ने नेतृत्व अनि कार्यक्रमको खोजीमा छन् राजनीतिक मुद्दाहरूमा धेरै अल्झिँदा विकास पछि परेको महसुस सबैजसो कांग्रेसजनलाई भएको उनीहरू चाहन्छन्, ताजा, गतिशील प्रणालीमा आधारित संगठन होस् अद्यावधिक विचार युवा पुस्ताका नवीन आकांक्षाहरूलाई बोक्न सक्ने नेतृत्व होस् संस्थापक बीपी कोइरालाको विचार पूरै नत्यागियोस् सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्था रहोस् लोककल्याणकारी व्यवस्थासहितका आर्थिक कार्यक्रम लागू गर्न सक्ने सरकार बनोस्  

    कांग्रेसको संगठनमा बीपीकै विचारको गहिरो छाप त्यसैले बहुमत कांग्रेसजनको झुकाव अझै बीपीको लोकतान्त्रिक समाजवादप्रति नै देखिन्छ पुँजीवादी लोकतन्त्रमा झुकाव राख्नेहरूले समेत समाजवादी विशेषतासहितको व्यवस्थाकै पक्षमा उभ्याएका छन् विशुद्ध उदारवादी/पुँजीवादी लोकतन्त्रको पक्षमा जुन झीनो मत देखिएको , त्यही हाराहारीका कांग्रेसजन पार्टी वैचारिक अस्पष्टतामा रुमलिएको ठान्छन् अझ पार्टीभित्र परम्परागत लोकतन्त्र, समाजवाद यी दुवैको मिश्रित स्वरूपभन्दा भिन्न नयाँ विचारको पक्षमा बहस अंकुराउन खोजेको संकेत उल्लेखनीय  

    राजनीतिक संघर्ष व्यवस्था परिवर्तनमा लामो समय खर्चिइएकाले आर्थिक मुद्दा ओझेलमा परेकोप्रति नयाँपुराना सबै कांग्रेस कार्यकर्तामा चिन्ता अब कोरा राजनीतिक मुद्दामा अल्झिने होइन, आर्थिक कार्यक्रममा पार्टी केन्द्रित हुनुपर्छ भन्नेमा बलियो मत देखिन्छ आर्थिक विकासमा फड्को मार्नुपर्ने आकांक्षा हुँदाहुँदै सामाजिक न्याय कल्याणकारी राज्यका विशेषतालाई बिर्सन नहुनेतर्फ उनीहरूले सचेत गराएका छन् गरिबी, बेरोजगारी रोजीरोटीको खोजीमा ठूलो युवाशक्ति विदेशिनुपरेको कारण पनि कांग्रेसले आर्थिक विकासमा केन्द्रित कार्यक्रममा जोड दिएको उनीहरूले नेपाललाई बताएका छन्

    वैचारिक निष्ठा मापनमा कांग्रेस नेतृत्व निकै कमजोर देखिएको सरकार, सरकारमा जाने नेता, तिनले ल्याउने कार्यक्रम व्यवहारहरूप्रति सन्तोष व्यक्त गर्नेहरू २० प्रतिशतभन्दा कम छन् बाँकी ८० प्रतिशत प्रतिनिधिको गुनासोचाहिँ पार्टीमा व्यक्तिको मनोमानी बढेको, वैचारिक स्पष्टताको खडेरी परेको, नेताहरू सिद्धान्तबाट विमुख भएको उनीहरूको विचार व्यवहारबीच तालमेल नभएकामा केन्द्रित  

    स्थानीय एकाइदेखि विभिन्न तह हुँदै केन्द्रसम्मको नेतृत्व चयन गर्ने परिपाटी अधिकांश कांग्रेसजनको दृष्टिमा सन्तोषजनक यति हुँदाहुँदै पनि यसमा पर्याप्त सुधारका पक्षहरू उनीहरूले औँल्याएका छन् निर्वाचनका क्रममा हुने आर्थिक चलखेल एकातिर, जरैसम्म पुगेको गुटगत विभाजन अर्कोतिर परिवारवाद वंशवादले प्रश्रय पाउँदा, नाता कृपाका आधारमा अवसर भूमिका दिइँदा इमानदार क्षमतावान् नेताकार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएकामा उनीहरूको चित्त दुखाइ त्यसैले परिवारनातागोता पोस्ने भागशान्ति गर्ने परिपाटीबाट मुक्ति खोजेका छन्

    गुटउपगुटका कारण कांग्रेसको समग्र शक्ति प्रभावकारितामा क्षति पुगेको निष्कर्ष कार्यकर्ताको उनीहरूले पार्टीभित्रका तमाम विकृति विसंगतिहरूको जड गुटबन्दीलाई मानेका छन् स्वस्थ प्रतिस्पर्धा क्षमतावान् नेतृत्व स्थापित गर्न सबै क्रियाशील सदस्यहरूले प्रत्यक्ष मतदान गरी नेतृत्व चयन गर्नुपर्ने मत निकै बलियो देखिएको , हाल कायम रहेको मनोनयनको व्यवस्था पूरै हटाउनुपर्ने आवाज उत्तिकै जोडदार रूपमा उठेको

    ००७ देखि ०१७ सालको बीचमा राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूकै हातमा पार्टी रहिरहँदा युवालाई मात्र होइन, उमेर ढल्केका पाका नेताकार्यकर्तामा समेत विरक्तिको भावना देखिन्छ विकल्पमा उनीहरूले युवाप्रति आशा प्रकट गरेका छन् उमेरको हदबन्दी, नेतृत्वको कार्यकालमा सीमा तोकेर भए पनि नयाँपन ताजापन दिनुपर्ने मत बलियो अनि, युवालाई नेतृत्वमा पुर्याउने नाममा योग्यता परिपक्वतामा सम्झौता गर्न नहुनेतर्फ पनि उनीहरूले सचेत गराएका छन् बरू नेतृत्वमा युवा पुग्ने प्रणालीगत व्यवस्था हुनुपर्ने पक्ष जोडदार रूपमा प्रकट भएको

    सर्वेक्षणले कुल प्रतिनिधिको ४४ प्रतिशत हिस्सा नयाँ भएको खुलासा गरेको यसले कांग्रेस नेतृत्व संगठनमा ताजापनको संकेत गर्छ नै, यिनको आकांक्षा उत्साहले पनि परम्परागत विचार, संगठन नेतृत्वमा आधारभूत परिवर्तन खोजेको मान्न सकिन्छ यसबाट यो पनि प्रस्ट भएको कि कांग्रेस प्रतिनिधिहरूको औसत उमेर ४९ वर्षभन्दा कम यो सक्रियता परिपक्वता दुवै गुण विद्यमान रहने उमेर हो त्यसमाथि ८३ प्रतिशत प्रतिनिधिको एसएलसीमाथिको शैक्षिक योग्यता १८ प्रतिशत स्नातकोत्तर मात्रै छन् उनीहरूमा नवीन विश्वको जानकारी उत्साहको आवेग अवश्य तर, कांग्रेसमा प्रणालीगत सुधार वैचारिक हस्तक्षेपको सामथ्र्य भने महाधिवेशनमै प्रदर्शन गर्नुपर्नेछ  


    पहिचान समाजवाद
    उत्तरदाताहरूमध्ये ५० प्रतिशत महाधिवेशन प्रतिनिधि कांग्रेस बीपी कोइरालाकै विचारलाई हुबहु लागू गरेको पार्टी ठान्छन् ५१ देखि ६० को उमेर समूहमा यो धारणा अझ प्रबल (५३. प्रतिशत) २५ देखि ४० को उमेर समूहमा पनि बहुमत जमात यही विश्वास गर्छ  

    ६१ वर्षमाथिको पाको पुस्ताचाहिँ बीपीको विचार कमजोर हुँदै पुँजीवादतर्फ ढल्किएको (५१ प्रतिशत) ठान्छ शैक्षिक स्तर बढ्दै जाँदा पनि कांग्रेसमा बीपीको समाजवादी विचारको अभाव खड्किएको महसुस गर्ने जमात पनि बढेको देखिन्छ जस्तो कि, स्नातकभन्दा मुनिको शैक्षिक स्तर भएकाहरूमा बीपीको विचार विद्यमान रहेको ठान्नेको बहुमत भने स्नातकोत्तर गरिसकेकाहरूले कांग्रेसलाई मिश्रित विचार भएको पार्टीका रूपमा बुझेका छन्


    सिद्धान्त एकातिर, व्यवहार अर्कैतिर
    कांग्रेसको नेतृत्व, सरकार सरकारमा सहभागी हुने नेताहरू आधारभूत विचार सिद्धान्तको कसीमा खरो उत्रन सकेनन् राणाशाही पञ्चायतकालीन कठोर व्यवस्थाविरुद्ध संघर्ष गरेको, जेलनेल भोग्न तयार भएर त्यागी छवि बनाएको नेतृत्व क्रमश: सत्ता शक्तिमा आशक्त हुँदै गएपछि कांग्रेसजनमा निराशा देखिएको कार्यकर्ताले त्यही निष्ठावान्, त्यागी आदर्श नेतृत्वको अपेक्षा गरिरहेका छन्
    ८० प्रतिशतभन्दा बढी कार्यकर्ताको ठम्याइ , कांग्रेसको नेतृत्व विचार सिद्धान्त अनुसार चल्न सकेको छैन पार्टीको नीति, सिद्धान्त कार्यक्रमलाई तामेलीमा राखेर व्यक्तिहरू मनोमानी रूपमा चलेका छन् भन्ने सर्वाधिक ठूलो जनमत (४३. प्रतिशत) विचार एकातिर, व्यवहार अर्कैतिर भएको भन्दै नेतृत्वको वैचारिक निष्ठामा प्रश्न उठाउनेको हिस्सा ३०. प्रतिशत  
    ५० वर्षमुनिका कांग्रेस प्रतिनिधिमा २५ प्रतिशतले सन्तोष व्यक्त गरे पनि ५१ वर्षमाथिको उमेर समूह सबैभन्दा बढी (८९ प्रतिशत) असन्तुष्ट शैक्षिक हिसाबले पनि जतिजति माथि गयो, उति नै नेतृत्वले विचार सिद्धान्तप्रति घात गरिरहेको ठान्छ स्नातकोत्तरहरूमध्ये . प्रतिशतले मात्र कांग्रेस नेतृत्व, उसको सरकार सरकारमा जाने नेताहरूका क्रियाकलापमा सन्तोष व्यक्त गरेको पाइएको जबकि, स्नातकोत्तरभन्दा माथिको शैक्षिक योग्यता भएका १८. प्रतिशत कांग्रेस प्रतिनिधिहरू सर्वेक्षणमा सहभागी थिए  


    नछाड बीपीपथ
    अधिकांश प्रतिनिधिले आफूलाई सामाजिक उत्तरदायित्वसहितको बलियो राज्यको पक्षमा उभ्याएका छन् कांग्रेसले समाजवादी वैचारिक पथ त्याग्न नहुने बहुमत (५३. प्रतिशत) प्रतिनिधिको सुझाव त्यसो समाजवाद पुँजीवाद दुवैका विशेषतालाई ग्रहण गरी मिश्रित व्यवस्था अपनाउनुपर्ने मत पनि उल्लेख्य (२५. प्रतिशत) तर, उदारवाद/पुँजीवादप्रतिको लगाव भने कांग्रेस कार्यकर्ताहरूमा निकै कमजोर (१०. प्रतिशत) देखिएको
    कांग्रेसका सरकार सरकारमा सहभागी हुने नेताहरूले सिद्धान्त अनुरूपका कार्यक्रम ल्याउन नसकेकामा असन्तुष्टि जाहेर गर्नुको कारणसँग यो धारणालाई केलाउँदा उदारवाद/पुँजीवादलाई बढावा दिने प्रकृतिका कार्यक्रम नरुचाएको मान्न सकिन्छ समाजवादप्रतिको रुझान पछिल्लो पुस्तामा भने केही घट्दो देखिन्छ तर, त्यसको विकल्पमा उनीहरूले उदारवाद नभई मिश्रित विचारलाई सुझाएका छन्

    ६१ वर्षमाथिका प्रतिनिधिमा ५८. प्रतिशतले अब समाजवादी विचार अपनाउनुपर्ने भनेका छन् भने २५ देखि ४० को उमेर समूहमा यस्तो विचार राख्ने ४९. प्रतिशत छन् यही समूहमा उदारवादको पक्षमा ११. प्रतिशत प्रतिनिधि छन् भने मिश्रित व्यवस्थाको पक्षमा ३०. प्रतिशत ४१ देखि ५० को उमेर समूहमा १२. प्रतिशतले नयाँ विचारको पक्षमा मत व्यक्त गरेका छन्  


    शैक्षिक स्तर अनुसार उत्तरोत्तर समाजवादप्रतिको झुकाव कम भएको देखिन्छ उदारवादको पक्षमा सबैभन्दा बढी लगाव भएको समूह स्नातकोत्तर त्यसभन्दा माथि पढेको (१८ प्रतिशत) , जुन समूहमा समाजवादको पक्षमा ४४. प्रतिशतले मत व्यक्त गरेका छन् तर, यो समूहमा पनि समाजवादको विकल्पमा उदारवादभन्दा मिश्रित व्यवस्था भन्ने नै ठूलो हिस्सा (२६. प्रतिशत) देखिन्छ मिश्रित व्यवस्था रोज्नेमा पुराना महाधिवेशन प्रतिनिधि (२१.) को तुलनामा नयाँ प्रतिनिधि (२९.) अगाडि छन् तर, उदारवाद पक्षको मत भने पुराना नयाँबीच खासै अन्तर छैन

    अब आर्थिक एजेन्डा




    पटकपटक राजनीतिक संघर्ष भए व्यवस्थाहरू परिवर्तनका लागि पनि धेरै समय बित्यो संविधान निर्माण शान्ति प्रक्रियामै दशक बित्यो अब कांग्रेस कार्यकर्ताहरू यस्ता राजनीतिक मुद्दामा धेरै समय खर्च नहोस् भन्ने पक्षमा छन् यसलाई नयाँ संविधानका व्यवस्थाप्रतिको सन्तुष्टिका रूपमा पनि लिन सकिन्छ उनीहरू (५७. प्रतिशत) आर्थिक विकासप्रति अधैर्य छन् यसैका पक्षमा आफ्नो मत जाहेर गरेका छन् यसमा नयाँ पुराना महाधिवेशन प्रतिनिधिको मत करिब समान

    अब कांग्रेसले राजनीतिक प्रणालीको सुधारमा केन्द्रित कार्यक्रम ल्याउनुपर्छ भन्ने (१६.) जनमतचाहिँ राजनीति सप्रियो भने सबै कुरा ठीकठाक हुन्छ भन्ने विश्वास गर्छ , करिब यही आकारको जनमत (१५ प्रतिशत) , समाजिक मुद्दाहरूको सम्बोधनलाई कांग्रेसले मूल एजेन्डा बनाउनुपर्छ भन्ने समाजमा पछि परेको क्षेत्र, समुदाय जातिको मूलप्रवाहीकरणको आकांक्षा यसमा निहित किनभने आदिवासी जनजाति (१५.), मधेसी (१७.) मुस्लिम (५३.) समुदायबाट यो मत मुखर भएको यद्यपि, यी समुदायको प्रमुख जोडचाहिँ आर्थिक मुद्दामै


    एकातिर समाजवादप्रतिको रुझान, अर्कोतिर आर्थिक विकासको हतारो भएका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको सन्देश बुझ्न गाह्रो छैन, उनीहरूले आर्थिक विकासका नाममा ठूलठूला सपना साँचेका छैनन् ठूला महल, महँगा गाडी, विलासी विकल्पहरूमा आमकांग्रेसजनमा चिन्ता छैन सबैका आधारभूत आवश्यकता पूरा हुने व्यवस्थामा उनीहरूको जोड त्यसकारण सामाजिक न्याय समावेशी विकासको पक्षमा छन् उनीहरू यसो भन्नेमा पनि ५० वर्षमुनिका प्रतिनिधिको आधिक्य (६० प्रतिशत) एसएलसीमाथिको जनमत आर्थिक एजेन्डाको पक्षमा अझ सशक्त रोजीरोटीका लागि विदेशिनु नपरोस् आफ्नै मुलुकमा रोजगारीको वातावरण होस् भन्ने युवा उत्तरदाताको भनाइ , आमनेपालीको समकालीन स्वर पनि सायद यही नै हो


    नेतृत्व संगठन
    कांग्रेसको नेतृत्व चयन प्रक्रियाप्रति अधिकांश प्रतिनिधि (५६ प्रतिशत) सन्तुष्ट छन् तैपनि, निर्वाचनको क्रममा देखिएका विकृतिविसंगतिप्रति उल्लेख्य हिस्साले असहमति राखेको ६१ वर्षमाथिका महाधिवेशन प्रतिनिधिमध्ये आधा हिस्साले मौजुदा प्रक्रिया चित्त बुझाउन सकेको छैन २५ देखि ४० वर्षको उमेर समूहमा पनि बेठीक भन्ने जमात उपेक्षा गर्न नमिल्ने (४४. प्रतिशत) देखिन्छ  


    त्यसै गरी शैक्षिकस्तरका आधारमा हेर्दा १२ कक्षासम्म पढेकाहरू नेतृत्व चयन प्रक्रियामा सन्तुष्ट (५० देखि ७५ प्रतिशत) भए पनि प्राज्ञिक स्तर बढ्दै जाँदा असन्तुष्टिको पारो पनि बढेको

    स्नातक पढेकामध्ये ४८. प्रतिशतले मात्र सन्तुष्टि व्यक्त गरेका छन् भने त्यसभन्दा बढी पढेकामा ५५. प्रतिशत प्रतिनिधि निर्वाचन प्रक्रिया सुधार्नुपर्ने ठान्छन् त्यसै गरी पुराना प्रतिनिधिमध्ये अधिकांश (६०. प्रतिशत) अहिलेकै प्रक्रियाको निरन्तरताको पक्षमा छन् भने नयाँ मतदाताको आधा हिस्सा (५०. प्रतिशत)ले मात्र सन्तुष्टि जनाएको  


    नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि राख्नेमध्ये सबभन्दा ठूलो हिस्सा (२८. प्रतिशत) मौजुदा प्रक्रियाले पार्टीमा गुटगत विभाजन बलियो भएको ठान्छ यसै गरी, इमानदार क्षमतावान्हरू पाखा लाग्ने स्थिति पनि यही कारण बनेको ठान्नेहरू उल्लेख्य (२४ प्रतिशत) छन्  

    कांग्रेस कार्यकर्तामा यो प्रक्रियाप्रति वितृष्णा पैदा गर्ने तेस्रो ठूलो (१६. प्रतिशत) कारण बन्न पुगेको , निर्वाचनका क्रममा हुने आर्थिक चलखेल विचार मुद्दा ओझेल पर्दा (१३. प्रतिशत, परिवारवाद वंशवादले प्रश्रय पाउँदा (११. प्रतिशत) पनि नेताकार्यकर्तामा खिन्नता पैदा गरेको



    निर्वाचन प्रक्रियामै असन्तुष्टमध्ये ठूलो हिस्सा (४३. प्रतिशत) क्रियाशील सदस्यले प्रत्यक्ष रूपमा मतदान गर्न पाउनुपर्ने ठान्छ सांगठनिक संरचनामा हुर्किएका विकारबाट मुक्ति दिलाउने उपायका रूपमा उल्लेख्य जनमत (१९. प्रतिशत)ले विद्यमान मनोनयनको व्यवस्था हटाउन सुझाव दिएको  

    त्यसो सबै साधारण सदस्यले मतदान गर्न पाउनुपर्ने आवाज पनि झीनो रूपमा (. प्रतिशत) देखिन्छ यी तीनै सुझाव कांग्रेसको नेतृत्व चयन प्रक्रियालाई अझ फराकिलो थप सहभागितामूलक बनाउनुपर्ने कोणबाट प्रस्तुत भएका छन् बहुमत (५१. प्रतिशत) नयाँ प्रतिनिधि प्रत्यक्ष मतदानकै पक्षमा छन्


    देशको सबैभन्दा पुरानो ठूलो राजनीतिक दल नेपाली कांग्रेसभित्र नेतृत्वको कार्यकालका विषयमा पनि बेलाबेला चर्चापरिचर्चा हुँदै आइरहेको संगठनभित्र गति ऊर्जा कायम गरिरहने सन्दर्भसँग जोडेर पनि यस्तो बहस हुने गर्छ  

    त्यसैलेनेतृत्वको कार्यकाल बढीमा कति हुनुपर्ला ?’ भन्ने प्रश्नमा सहभागीमध्ये अधिकले दुईपटकसम्म तोक्नु ठीक हुने मत दिएका छन् ७४. प्रतिशत उत्तरदाताले दुईपटक, १०. प्रतिशतले एकपटक १५ प्रतिशतले नेतृत्वको कार्यकाल तोक्नु हुँदैन भनेका छन्


    प्यानल होइन, व्यक्तिलाई मत

    पार्टीभित्र वैचारिक बहसलाई नै ओझेल पार्ने गरी झाँगिएको गुटबन्दीप्रति आमप्रतिनिधिहरूमा ठूलो असन्तोष पाइएको  

    ७८. प्रतिशत प्रतिनिधिले व्यक्ति हेरी मतदान गर्ने बताएका छन् भने प्यानललाई नै मत हाल्ने जम्मा १६. प्रतिशत छन् प्यानललाई आधार मानी मतदान गर्नेमध्ये ५१ देखि ६० वर्ष उमेरका उल्लेख्य (२३. प्रतिशत) छन्  

    शैक्षिकस्तरमा पनि उत्तरोत्तर व्यक्तिको योग्यता क्षमता हेरी मतदान गर्नुपर्ने पक्षको मत बढ्दो  

    स्नातकोत्तर गरेकामध्ये ८८. प्रतिशतले व्यक्ति हेरी मतदान गर्ने बताएका छन् यो धारणा पुराना नयाँ मतदातामा पनि करिब समान (७८. ७७. प्रतिशत)

    व्यक्ति हेरी मतदान गर्नेमध्ये सबैभन्दा बढी (६९. प्रतिशत)ले क्षमतावान् नेतृत्व स्थापित गर्ने दोस्रो ठूलो संख्या (२५. प्रतिशत)ले गुटको भावना अन्त्य गर्नुपर्ने कारण दर्शाएका छन्  

    गुटबन्दी भागबन्डाका कारण पार्टीमा विकृति बढेको, इमानदार क्षमतावान् पाखा लागेको ठान्नेहरूसँगै यो मत पनि राखेर हेर्ने हो भने अबको कार्यसमितिमा संस्थापन वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको मिश्रित उपस्थिति हुने अनुमान गर्न सकिन्छ


    प्यानललाई नै आधार मानेर मतदान गर्ने (१६. प्रतिशत)मध्येले चाहिँ एउटै टिमको हुँदा नेतृत्व प्रभावकारी हुने प्रमुख कारण (७५. प्रतिशत) दर्शाएका छन् भने पहुँच अवसर सहज हुने भएकाले प्यानलमा मतदान गर्नेहरूचाहिँ १४. प्रतिशत छन् अर्को प्यानल सक्षम छैन भन्नेहरू . प्रतिशत देखिए, जसले कार्यकर्ता तहमा रहेको समूहसमूहबीचको प्रतिद्वन्द्वितालाई इंगित गर्छ  



    युवामा सम्भावना
    कांग्रेसभित्र युवाहरूको स्थानबारे उहिल्यैदेखि बहस भइरहेको त्यसैले महाधिवेशन प्रतिनिधिहरूलाई सोधिएको थियो, ‘पार्टीभित्र युवाहरूलाई दिइएको भूमिका पर्याप्त ?’ 


    सर्वेक्षणमा सहभागीमध्ये ६२. प्रतिशतलेयुवाको भूमिका पर्याप्त छैनभन्ने जवाफ दिए जबकि, जम्मा ३५. प्रतिशतले मात्र युवालाई दिइएको भूमिका पर्याप्त भएको बताए


    सबैभन्दा रमाइलो पक्ष के भने सर्वेक्षणमा समाविष्ट ६१ वर्षभन्दा माथिका ५२. प्रतिशत सहभागीले समेत पार्टीले युवाहरूलाई भूमिका सिर्जना गर्न नसकेको अभिव्यक्ति दिएका छन्

    २५ देखि ४० वर्ष समूहको ६५. प्रतिशत, ४१ देखि ५० वर्ष समूहको ६६. प्रतिशत ५१ देखि ६० वर्ष समूहको ५९. प्रतिशतले युवाहरूको भूमिको पक्षमा आवाज उठाएको

    शिक्षित समूहले पनि युवाहरूलाई दिइएको स्थानप्रति असन्तुष्टि व्यक्त गरेको एसएलसी (उत्तीर्ण ५१. प्रतिशत), प्रवीणता प्रमाणपत्र तह (६१. प्रतिशत), स्नातक ७०. प्रतिशत स्नातकोत्तर उत्तीर्ण (७३. प्रतिशत) सहभागीले युवालाई पार्टीले स्थान दिनुपर्नेमा मत दिएका छन् यसले के देखाउँछ भने शिक्षित वर्ग युवा नेतृत्वको पक्षमा

    युवाहरूलाई पर्याप्त भूमिका नदिइएको भन्ने पक्षमा मत अभिव्यक्त गर्नेहरूले कांग्रेसभित्रको संगठनात्मक ढाँचा, पद्धति प्रणाली सुधारमा जोड दिएका छन् यदि युवालाई पार्टीभित्र पर्याप्त भूमिका छैन भने के गर्नु पर्ला ?’ भन्ने प्रश्नमा अधिक सहभागीले युवालाई नेतृत्वमा लैजाने प्रणाली बनाउनुपर्नेमा आफ्नो राय सुझाएका छन् सर्वेक्षणमा सहभागीमध्ये ५९. प्रतिशतको प्रणाली तय गर्नुपर्नेमा मत भने १९. प्रतिशतको युवालाई नेतृत्वमा निर्वाचित गर्नुपर्नेमा त्यसै गरी प्रतिभावान् युवालाई सभापतिले सोझै मनोनीत गर्नुपर्छ भन्ने पक्षमा चाहिँ जम्मा ११. प्रतिशत मात्रै


    यसले के देखाउँछ भने कांग्रेसमा युवाहरूलाई नेतृत्वमा लैजानुपर्छ, त्यो पनि प्रक्रिया अवलम्बन गरेर भन्ने जमात ठूलो यसको आशय सीधै नेतृत्वमा युवालाई लैजाने भन्दा पनि प्रणाली बनाएर उनीहरूलाई पर्याप्त राजनीतिक अवसर दिइनुपर्छ भन्ने हो मनोनीत गर्ने या सीधै स्थान दिने परम्परा आफैँमा अलोकतान्त्रिक हो भन्नेमा अधिक सहभागीहरू सहमत देखिए हिमाल, पहाड तराई मात्र होइन, अशिक्षित शिक्षित समूहभित्रको अधिक हिस्साले समेत युवाहरूलाई प्रणाली बनाएर केन्द्रीय नेतृत्वमा पुर्याउने सपना साँचेको बुझिन्छ

    युवा नेताहरूप्रति अधिक महाधिवेशन प्रतिनिधिले राजनीतिक रूपमा गहिरो आशा भरोसा राखेको पाइएको हाल देखिएका युवा नेताहरूको क्षमताप्रति तपाईंको धारणा के ?’ भन्ने प्रश्नमा ६६. प्रतिशत सहभागीलेआशाजनकभनेर जवाफ दिएका छन् जबकि, युवा नेताहरू निराशाजनक रहेको भन्ने हिस्सा जम्मा . प्रतिशत मात्र युवा नेताहरू औसत छन् भन्ने १४. प्रतिशत, उत्कृष्ट छन् भन्ने . प्रतिशत थाहा छैन भन्ने . प्रतिशत छन्

    रोचक के भने उमेरका हिसाबले वृद्ध महाधिवेशन प्रतिनिधिहरूले पनि युवाको क्षमताप्रति विश्वास गरेका छन् ६१ भन्दा बढी उमेरका ६४. प्रतिशले, ५० देखि ६० उमेरका ७२. प्रतिशतले ४१ देखि ५० उमेरका ६२. प्रतिशत उत्तरदाताले मौजुदा युवा नेताप्रति आशावादी रहेको बताएका छन् शैक्षिक पृष्ठभूमिका आधारमा वर्गीकृत साक्षर निरक्षर समूहमा पनि युवाप्रतिको विश्वास बलियो देखिएको विद्यालय शिक्षा लिएका, ७७. प्रतिशत, एसएलसी उत्तीर्ण ६६. प्रतिशत, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण ६९. प्रतिशत, स्नातक तह उत्तीर्ण ६६ प्रतिशत स्नातकोत्तर उत्तीर्ण ६३. प्रतिशत सहभागीले युवाप्रति आशा प्रकट गरेका छन्

    पहिलोपटक महाधिवेशन प्रतिनिधि बनेका ७० प्रतिशतले मौजुदा युवाहरूलाई आशाजनक भनेका छन् भने ११. प्रतिशतले औसत . प्रतिशतले उत्कृष्ट ठहर्याएका छन् त्यसै गरी यसअघि पनि महाधिवेशन प्रनिनिधि भइसकेका ६३. प्रतिशतले युवा नेताहरूप्रति आशावादी भएको बताएका छन् त्यसै गरी चुनावी प्रक्रियामा प्यानलमा विश्वास गर्नेमध्येका ६६. प्रतिशत व्यक्तिको क्षमतामा विश्वास गर्नेमध्येका ६५. प्रतिशतले पनि युवाहरूको क्षमता आशाजनक भन्नेमा मत दिएका छन्



    यस्तो थियो मत सर्वेक्षण विधि 

    नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन लागेका महाधिवेशन प्रतिनिधिहरूको विचार/धारणा मापनका लागि गरिएको नेपाल मत सर्वेक्षणमा ११ फागुनसम्म निर्वाचित भएका  हजार  सय ७२ मध्ये  सय ३४ प्रतिनिधिलाई नमुनाका रूपमा छनोट गरिएको थियो  यो नमुना सिस्टमेटिक र्यान्डम विधि अनुसार छनोट गरिएको थियो, जसमध्ये पूर्वाञ्चलबाट १९., मध्यमाञ्चलबाट ३०., पश्चिमाञ्चलबाट २८., मध्यपश्चिमाञ्चलबाट १४.  सुदूरपश्चिमाञ्चलबाट . प्रतिशत प्रतिनिधि छन्  त्यसै गरी हिमालबाट ., पहाडबाट ४८.  तराईबाट ४१. प्रतिशत छनोटमा परेका छन्  लैंगिक आधारमा हेर्दा ८०. प्रतिशत पुरुष  १९. प्रतिशत महिला समावेश छन्  उमेर अनुसार २५४० वर्षका २०., ४०५० बीचका ३६., ५१६० बीचका २७.  ६० वर्षमाथिका १५. प्रतिशत छन्  

    नमुनामा छनोट भएका उत्तरदातालाई टेलिफोनबाट प्रश्न गरिएको थियो शत प्रतिशत नमुनाबाट उत्तर प्राप्त भएको थियो ती उत्तरहरूलाईकोडिङगरी प्रशोधन गरिएको थियो यस सर्वेक्षणका क्रममा केही जिल्लामा भने प्रतिनिधि छनोटको काम सकिएको थिएन तर, मुलुकभरका सय ४० निर्वाचन क्षेत्रमध्ये करिब ९७ प्रतिशतबाट नमुना छनोट गरिएकाले यसको नतिजालाई सामान्यीकरण गर्न सकिन्छ ९५ प्रतिशतकन्फिडेन्स इन्टरभलमा पाँच प्रतिशतमार्जिन इरररहेको  

    (सर्वेक्षणका क्रममा — बालकृष्ण खड्काले नमुना छनोट नतिजा प्रशोधनमा विज्ञका रूपमा योगदान गरेका छन् )
    सर्वेक्षणमा के देखियो ? पेपरमा हेर्नुहोस् 
    नेपालप्रकाशित: फाल्गुन १६, २०७२



No comments:

Post a Comment