Thursday, October 8, 2015

कसले भन्छ, यो संविधान असमावेशी ?


संविधानसभाको चुनावमा ७८ प्रतिशत मतदाताले भाग लिए । जबकि, आमनिर्वाचनमा संसारभरको औसत प्रवृत्ति भनेको ५५ प्रतिशत हो । 

संविधानसभाका ५९८ सभासदमध्ये ५३७ जनाले संविधान जारी गर्ने प्रक्रियामा सहभागिता जनाएका छन्, जुन ८९.७९ प्रतिशत हो । ६० जनाले मात्र संविधानमा हस्ताक्षर गरेका छैनन्, जुन कुल सभासद संख्याको ११.१७ प्रतिशत मात्र हो । १५४ जना महिला सभासदको हस्ताक्षर संविधानमा परेको छ, जुन २५.७९ प्रतिशत हो ।

संविधानमा हस्ताक्षर गर्नेमध्ये २४१ जना खस–आर्य समुदायका छन् । जनजाति १६९, मधेसी ९१ र दलित ३६ जनाले संविधानमा हस्ताक्षर गरेका छन् । ४.२८ प्रतिशत थारु र २ प्रतिशत मुस्लिमले संविधानमा सही गरेका छन् । खसआर्य समुदायका ८ जनाले संविधानमा हस्ताक्षर गरेनन् ।

सिंगो संविधानसभाको संरचनाकै कुरा गर्दा करिब एक तिहाई अर्थात् २९.४८ प्रतिशत महिला छन् । १३० जना (२१.८ प्रतिशत) मधेसी, १३ जना (६.२ प्रतिशत) मुस्लिम र ३७ जना दलित छन् ।

आदिवासी जनजाति सभासद १८१ अर्थात् ३०.३१ प्रतिशत छन् । थारु सभासद ३२ जना (५.९५) प्रतिशत छन् । संविधान प्रमाणीकरण गर्ने सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्छन् भने संविधान जारी गर्ने राष्ट्रपति रामवरण यादव मधेसी समुदायका हुन् । 

No comments:

Post a Comment