Monday, February 20, 2017

पप–रकमा शान्तिको स्वर

काठमाडौँ । पत्रकार अनुप ओझाले मुलुकले बेहोरेको द्वन्द्व र अशान्तिबारे एक कार्यक्रमको अनौपचारिक सत्रमा गाएको गीत लोकप्रिय बनेको छ (हेर्नुहोस् भिडियोमा )। उनले यस गीतमा द्वन्द्वले के पायौँ भनेर प्रश्न गरेका छन् । आफन्तहरु गुमाउनुपर्दा र शान्तिको खोजी गर्दा आफ्नो नामै भुलेको मार्मिक प्रसंग पनि गीतमा समावेश गरेका छन् ।
निकट भविष्यमा छुट्टै एल्बम ल्याउने तयारी गरिरहेका उनी यो गीत लोकप्रिय भएपछि आफू उत्साहित भएको बताउँछन् ।
कान्तिपुर मिडिया ग्रुपको द काठमाण्डू पोस्टमा कार्यरत ओझा भन्छन्, “गायन मेरो पेसा होइन । सोख मात्र हो । मन पराइदिनुहुने सबैप्रति कृतज्ञ छु ।”

No comments:

Post a Comment